प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सहकारी संस्थामा तोडफोड गर्ने ९ जना पक्राउ

२०८१-०२-०९

  • A
  • A-
  • A+
Share

कास्की, पोखरा महानगरपालिका-३० शिसुवास्थित चक्रदेवी सहकारी संस्थामा तोडफोड गरेको अभियोगमा ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा माछापुच्छ्रे गाउँपालिका-५ रिवान बस्ने ३६ वर्षीय प्रकाश बिक, पोखरा महानगरपालिका-२७ लेखनाथ बस्नेहरू ४२ वर्षीय गणेश शाही, २९ वर्षीय समिन बिक, २७ वर्षीय संजिप सुनार, ५२ वर्षीय यम बहादुर चौरेली तथा ४९ वर्षीया कृष्ण कुमारी चौरेली, झापा भद्रपुर नगरपालिका-३ बस्ने ४० वर्षीय राजिव प्रसाई, रूपन्देही घर बताउने ४७ वर्षीया कमला चन्द र नवलपरासी घर बताउने ४२ वर्षीया बिष्णु बोहरा रहेका छन् । 

सहकारी संस्थामा तोडफोड भएको भन्ने सूचना प्राप्‍त हुनासाथ इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले सहकारीका कर्मचारीमाथि हातपात, कागजपत्र हिनामिना तथा टेलिफोन तथा नेटको तार समेतमा क्षति पुर्‍याएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
वैदेशिक रोजगारीमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८१-०३-११

काठमाडौं, वैदेशिक रोजगारीमा विभिन्न देशहरुमा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ बुढिगंगा गाउँपालिका-५ घर भई काठमाडौं अनामनगर बस्ने ३४ वर्षीया नर्वदा कुमारी खड्का र काठमाडौं नागार्जुन नगरपालिका-३ स्वयम्भू बस्ने ४० वर्षीय पासाङ लामा रहेका छन् । आकर्षक तलबको प्रलोभनमा पारी नर्वदाले क्यानडा पठाइदिन्छु भनी १ जना पीडितबाट ३ लाख ८५ हजार रूपैयाँ र पासाङले पोर्चुगल पठाइदिन्छु भनी २ जना पीडितहरूबाट ५ लाख २० हजार रूपैयाँ ठगी गरी सम्पर्कबिहीन भएका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

वैदेशिक रोजगारीको बहानामा दुवई पुर्‍याई मानव बेचबिखन गर्ने व्यक्ति पक्राउ
२०८१-०३-११

काठमाडौं, वैदेशिक रोजगारीको बहानामा दुवई पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा ललितपुर महानगरपालिका-८ बस्ने ४२ वर्षीय मनोज महर्जनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई गौशालाबाट पक्राउ गरेको हो । पीडितलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले सम्बन्धित निकायको समन्वय तथा सहकार्यमा दुवईबाट २०८० चैत १९ गते उद्दार गरे पश्‍चात थप अनुसन्धानको क्रममा महर्जनले पीडितलाई आकर्षक तलबमा दुबईको टिस्यु पेपर प्याक गर्ने कम्पनीमा पठाईदिने प्रलोभन देखाई २ लाख ९० हजार रूपैयाँ लिई २०८० फागुन ७ गते दुवई पुर्‍याई घरेलु कामदारहरू पठाउने एजेन्टको अफिसमा लगि बेचबिखन गरी शारीरिक तथा मानसिक यातना दिई विना पारिश्रमिक दैनिक १८ देखि २० घण्टासम्म घरायसी काममा लगाई चरम श्रम शोषण गरेको खुल्न आएको छ । महर्जनले यसअघि पनि वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दामा ७ वर्ष कैद सजाय भुक्तान गरिसकेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ । उनलाई मानव वेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट  ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०३-०९

काठमाडौं, वैदेशिक रोजगारमा माल्टा पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा कञ्चनपुर बेरौली नगरपालिका-१० घर भई काठमाडौं कीर्तिपुर नगरपालिका-५ बस्ने ३२ वर्षीय केशव राज जोशीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बबरमहलबाट पक्राउ गरेको हो । आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा माल्टा पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट रकम लिई सम्पर्क विहीन भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बबरमहलबाट पक्राउ गरेको हो । उनले पीडितहरुलाई माल्टा लैजाने भनी वर्किङ भिषा देखाई विश्वास दिलाई पीडितहरू कतार पुग्दा त्यहाँको अध्यागमनले नक्कली भिषा भनी जेल समेत पठाई डिपोट गरी नेपाल फर्काएको पनि अनुसन्धानको क्रममा खुल्न आएको छ । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं बुझाइएको छ ।

सालकको खपटा ओसारपसार मुद्दाका फरार व्यक्ति पक्राउ
२०८१-०३-०९

काठमाडौं, संरक्षित वन्यजन्तु सालकको खपटा (आखेटोपहार) ओसारपसार मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-५ घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका-४ बस्ने टासी भन्ने ४४ वर्षीय टसी तामाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । गौरीशंकर संरक्षण क्षेत्र, सम्पर्क कार्यालय दोलखाको २०७० मंसिर १७ गतेको फैसलाले ५ वर्ष कैद सजाय र ६२ हजार १ सय ७५ रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ नाम्गेल बसपार्कबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि गौरीशंकर संरक्षण क्षेत्र, सम्पर्क कार्यालय दोलखामा बुझाइएको छ ।