घरेलु हिंसा, बालविवाह, बहुविवाह सम्बन्धी सचेतिकरण कार्यक्रम सम्पन्न
२०८१-०२-१०
- A
- A-
- A+
प्युठान, सरूमारानी गाउँपालिका-६ बुढिचौरस्थित श्रमरानी माध्यामिक विद्यालयमा घरेलु हिंसा, बालविवाह, बहुविवाह सम्बन्धी सचेतिकरण कार्यक्रम, २०८१ बुधबार सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय प्युठान तथा सरूमारानी गाउँपालिका ६ नम्बर वडा कार्यालयको प्राविधिक सहयोग एवम् सरूमारानी गाउँपालिकाको आर्थिक सहयोगमा तिनकुने दह टोल विकास संस्था प्युठानले उक्त कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापाले घरेलु हिंसा, बालविवाह, बहुविवाह न्यूनीकरण गर्न अपनाउनु पर्ने उपायहरूबारे उल्लेख गर्दै यसका नकारात्मक पक्ष र कानूनी व्यवस्थाका बारेमा जानकारी दिनुभएको थियो ।
सो अवसरमा सरूमारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले हरेक अपराधको श्रृङ्खला सानो कुराबाट शुरू भई बिकाराल रूप लिने हुँदा साना-साना कुरामा ध्यान पुर्याउन सकेमा अपराध क्रमश: घटदै जाने बताउनुभयो ।
श्रमरानी माध्यामिक विद्यालयका प्रधानाध्यापक राम प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, विद्यार्थीहरू एवम् अभिभावकहरूको उपस्थिति रहेको थियो ।