प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८१-०२-११

  • A
  • A-
  • A+
Share

कास्की, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी अन्नपुर्ण गाउँपालिका-३ धारापानी बस्ने ३७ वर्षीय बिपिन भन्ने केशव सुनारलाई बिहिबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत कास्कीको २०७९ माघ १० गतेको फैसलाले ११ महिना ८ दिन कैद सजाय, १५ हजार रूपैयाँ जरिवाना र ४ सय रूपैयाँ पीडित राहत कोषमा जम्मा गर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले अन्नपूर्ण गाउँपालिका-१ नौडाँडाबाट पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक कानूनी प्रक्रिया अगाडि बढाएको छ । 



सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८१-०४-०४

  दाङ, ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-७ राजापुर बस्ने सल्यान त्रिबेणी गाउँपालिका-४ फालाबाङ घर भएका ३६ वर्षीय जगत रावतलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रावतले ती महिलालाई बुधबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  डडेल्धुरा, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्शुराम नगरपालिका-१ स्यालकोट बस्ने ३३ वर्षीय भिम बहादुर कठायतलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । कठायतले ती बालिकालाई आफ्नै घरमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको   हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।