लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-०२-१२
- A
- A-
- A+
स्याङ्जा, लागूऔषध खैरो हेरोइन मुद्दाका फरार प्रतिवादी वालिङ नगरपालिका-११ भोर्ले बस्ने २४ वर्षीय राम भन्ने चोकेन्द्र बहादुर वहिकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पोखरा कास्कीको २०७९ चैत ८ गतेको फैसलाले उक्त मुद्दामा ३ वर्ष ३ महिना ७ दिन कैद र ५ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई वडा प्रहरी कार्यालय वालिङ स्याङ्जाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।