प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पेस्तोलसहित दुई जना पक्राउ

२०८१-०२-१२

  • A
  • A-
  • A+
Share

सप्तरी, खडक नगरपालिका-८ भदियाबाट पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली २  राउण्ड र म्यागजिन २ थानसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सुरूङगा नगरपालिका-६ श्रीपुर बस्ने ४५ वर्षीय बिशेश्वर प्रसाद साह र काठमाडौं टोखा नगरपालिका-८ बस्ने ४२ वर्षीय बम बहादुर तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले बोदेबर्साईनबाट बिसनपुरतर्फ जाँदै गरेको स.६ प ५९०८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
भरूवा बन्दुक सहित एक जना पक्राउ
२०८१-०५-१३

धनकुटा, चौबिसे गाउँपालिका-५ बैकुण्ठे बस्ने ४५ वर्षीय प्रेम बहादुर जोगीलाई भरूवा बन्दुक १ थान, खुकुरी १ थान र चक्कु १ थान सहित बुधबार राती प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने ४४ वर्षीय भिम सुबेदीसँग बादबिवाद हुँदा मादक पदार्थ सेवन गरेका प्रेम बहादुरले आफ्नो घरमा गई  भरूवा बन्दुक ल्याई मारि दिन्छु भनी ताकेको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट मौनाबुधुक र इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियार सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।