प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ

२०८१-०३-३१

  • A
  • A-
  • A+
Share

मोरङ, बिराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित दुई जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सुन्दर हरैचा नगरपालिका-४ बस्ने २१ वर्षीय मनिष चौधरी र २५ वर्षीय अशोक ऋसिदेव रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध गाँजा १०२ किलोग्राम सहित तीन जना पक्राउ
२०८१-०३-३१

मोरङ, बिराटनगर महानगरपालिका-४ ईक्राहिस्थित सडकबाट अवैध लागूऔषध गाँजा १ सय २ किलोग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा केराबारी गाउँपालिका-५ बस्ने ३६ वर्षीय सुरेश लिम्बु, धनकुटा सागुरिगडि गाउँपालिका-२ बस्ने ३४ वर्षीय सुभाष नोयोहाङ र सुनसरी धरान उपमहानगरपालिका-१३ बस्ने ४२ वर्षीया लक्ष्मी राई विक रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले बा.६ च ४६८९ नम्बरको कारलाई जाँच गर्न क्रममा डिकीमा उक्त गाँजा फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध ब्राउनसुगर सहित तीन जना पक्राउ
२०८१-०३-३०

बर्दिया, बाँसगढी नगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेरूमा सोही ठाउँ बस्ने २९ वर्षीय बेण्ड कुमार थारू र १९ वर्षीय सरोज कुमार थारू रहेका छन् । बेण्ड कुमारको घरमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । कैलाली, घोडाघोडी नगरपालिका-१० पहलवानपुर बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पर्दाथ १ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय प्रकाश सिंह महतोलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८१-०३-३०

काठमाडौं महानगरपालिका-२६ ठमेल भगवतीमार्गस्थित काठमाडौं सिटी होटलबाट अवैध लागूऔषध कोकिन जस्तो देखिने पदार्थ ५ किलो ८ सय २० ग्राम सहित मलेसियन नागरिक ४७ वर्षीया Bathumalai Vadivaloo लाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उक्त होटलको कोठा नम्बर १०३ मा बसेकी उनलाई ६ वटा झोलामा लुकाई छिपाई राखेको उक्त लागूऔषध सहित पक्राउ गरेको हो । जुम्ला, चन्दनाथ नगरपालिका-६ स्थित बसपार्क डेरा गरी बस्ने तातोपानी गाउँपालिका-६ बस्ने २३ वर्षीय हस्त खड्कालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ ।  जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।कैलाली, भजनी नगरपालिका-३ कुसमघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ३० मिलिग्राम सहित टिकापुर नगरपालिका-१३ बस्ने २४ वर्षीय बिकास सेरचनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।झापा, मेचिनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम ३ सय मिलिग्राम सहित भारत दार्जिलिङ खोरीबारी पानीटंकी बस्ने ३६ वर्षीय बब्लु रायलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ड्ब्लुबि ७४ वाई २१४१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित प्रक्राउ गरेको हो । धनकुटा, सहिदभुमि गाउँपालिका-३ छिन्ताङ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ बस्ने २८ वर्षीय हिरालाल राई र २८ वर्षीय नितेश राई रहेका छन् । इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरीले छिन्ताङबाट ज्यामिरेतर्फ जाँदै गरेको को.३८ प ६५६७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ कृष्णनगर भंसार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय १० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णनगर नगरपालिका-२ गल्लामण्डी बस्ने २६ वर्षीय अनिल  कुमार मिश्रा र सोही नगरपालिका-५ डबरा बस्ने २२ वर्षीय आशिष पाण्डे रहेका छन् । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कञ्चनपुर, भिमदत्त नगरपालिका-३ भासी बस्ने जिवन शर्मालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ४० मिलिग्राम र  स्पास्मो ५ क्याप्सुल सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  मोरङ, बेलबारी नगरपालिका-४ काकुम बस्ने २५ वर्षीय हन्डु राईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८१-०३-२९

मोरङ, पथरी शनिश्चरे नगरपालिका-९ जरायो टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३४ वर्षीय रबिन्द्रराज राई, २९ वर्षीय सनम मगर र ३२ वर्षीय बिरेन्द्र राई रहेका छन् । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध जस्तो देखिने खैरो पदार्थ ७ सय ७० मिलिग्राम सहित बैजनाथ गाउँपालिका-२ बिकाशनगर बस्ने कैलाली चुरे गाउँपालिका-५ घर भएका २० वर्षीय मोहन राना मगरलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-१६ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १४ हजार ९ सय १ क्याप्सुल, स्पाजमोल ७ हजार ४ सय ९६ ट्याब्लेट, कोलिवन १ हजार १ सय ५५ पिस र नगद ७६ हजार रूपैयाँ सहित सोही ठाउँ डेरा गरी बस्ने उदयपुर रामपुर घर भएकी १७ वर्षीया किशोरी समेत ५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले ती किशोरीको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । झापा, कमल गाउँपालिका-३ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम र नगद २० हजार रूपैयाँ सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-७ बस्ने ३५ वर्षीय उदय लिम्बु र सोही नगरपालिका-११ बस्ने ३३ वर्षीय जनम चेम्जूङ रहेका छन् । प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको प्रदेश.७-०२-०२३ प ३१६० नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवधै लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८१-०३-२८

काठमाडौं, इलाम, माई नगरपालिका-४ डाँडागाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय १० मिलिग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय सुजन मगर, सोही नगरपालिका गैरीगाउँ बस्ने २३ वर्षीय सेन्चु लिम्बु र सोही नगरपालिका सिंजालीटार बस्ने २० वर्षीय बिशाल थापा मगर रहेका छन् । प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।बाँके, नेपालगंज उपमहानगरपालिका-२ डायमण्ड होटेल नजिक सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम ३ सय ७० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१५ बस्ने २८ वर्षीय समसुदिन हलुवाई र सोही उपमहानगरपालिका-४ बस्ने २१ वर्षीय टिकाराम सुनार रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले भे.१ ह ५७७५ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक हलुवाई र अटोमा सवार सुनारलाई पक्राउ गरेको हो ।  झापा, अर्जुनधारा नगरपालिका-११ सुकुम्बासी टोल बस्ने २१ वर्षीय रोहन तामाङलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-७ भत्क्यापुल स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित बाँसगढी नगरपालिका-४ मदाह बस्ने २५ वर्षीय अजय चौधरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप सोधपुछको क्रममा उनलाई पर्खि बसेका सोही ठाउँ बस्ने ४० वर्षीय चित्र बहादुर थापालाई भे.१० प ४८१६ नम्बरको मोटरसाइकल सहित आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।  दाङ, घोराही उपमहानगरपालिका-१४ आर्मी ब्यारेक स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित घोराही उपमहानगरपालिका-१५ बिपि चोक बस्ने २४ वर्षीय प्रबिन पोख्रेल र सोही उपमहानगरपालिका-१८ बस्ने २९ वर्षीय राज कुमार कार्कीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८१-०३-२७

झापा, भद्रपुर नगरपालिका-५ भद्रपुर बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय मिलिग्राम सहित भारत बिहार किसनगंज कोचाधामन थाना पटकोईहाट पञ्चायत-५ बस्ने २२ वर्षीय आलिम आलमलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, दमक नगरपालिका-१ फाल्गुनन्द चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम र मोबाइल १ थान सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने ईलाम घर बताउने २५ वर्षीय सन्तोष कुमार एक्तेन लिम्बु र उनकी श्रीमती २४ वर्षीया सनिता राई रहेका छन् । इलाका प्रहरी कार्यालय दमक र अस्थाई प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरीले सन्तोषको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१९ शारदानगर हेल्थपोष्ट चोक स्थित सोफीकटेज एण्ड रेस्टुरेन्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम र नगद ४ हजार ५० रूपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३७ वर्षीय विश्व राना मगर र २६ वर्षीय देव गुरूङ रहेका छन् । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।