बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०४-२८
- A
- A-
- A+
काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर गोदावरी नगरपालिका-५ बस्ने ५७ वर्षीय देव रमन डंगोललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-५ लगनखेल दक्षिणकाली चोकबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।