जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ
२०७८-१२-०३
- A
- A-
- A+
गोरखा, बारपाक सुलिकोट गाउँपालिका-३ सौरपानीबाट जुवातास खेलिरहेको अवस्थामा भिमसेन थापा गाउँपालिका-५ बस्ने ६० वर्षीय बुद्धि प्रसाद पोख्रेल समेत १९ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ९० हजार ८ सय ४० रूपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।