जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७९-०२-२२
- A
- A-
- A+
ललितपुर, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-१४ ठैब बस्ने रामेछाप खांडादेवी गाउँपालिका-१ लुभुघाट घर भएका २३ वर्षीय अनोज माझीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
गोदावरी नगरपालिका-१ दमैटारस्थित सडक किनारामा माझीले चलाउदै आएको प्रदेश ३ -०१-०२४ च ३५९७ नम्बरको हात्ती गाडीमा ती बालिकालाई ललाई फकाई जेठ ९ गते राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।