जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७९-०५-०२
- A
- A-
- A+
बाजुरा, ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगाम स्वामीकार्तिक खापर गाउँपालिका-३ जुकोट करार वाडा बस्ने ४२ वर्षीय कर रावललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
रावलले ती महिलालाई घर नजिकै रहेको खेतमा घाँस काट्ने क्रममा जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय स्वामीकार्तिकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।