प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुकसहित दुई जना पक्राउ

२०८१-०३-०७

  • A
  • A-
  • A+
Share

मुगु, छाँयानाथ रारा नगरपालिका-१४ लुम खोलाबाट भरूवा बन्दुक १ थानसहित सोही नगरपालिका-१४ बाम गाउँ बस्ने ५३ वर्षीय धन बहादुर बडुवाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

खोटाङ, रावाबेशी गाउँपालिका-६ राईसिंहे बस्ने ४५ वर्षीय दिल बहादुर राईलाई भरूवा बन्दुक १ थान र सोही बन्दुकमा प्रयोग हुने छर्रासहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जाल्पाबाट खटिएको प्रहरीले उनको गोठ तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा बन्दुक फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
पेस्तोल सहित एक जना पक्राउ
२०८१-०३-१९

धनुषा, मुखियापट्टी मुसहरनिया गाउँपालिका-६ लक्ष्मिपुरबाट १ थान मेड इन युएसए लेखिएको पेस्तोल, गोली ६ राउण्ड र १ थान म्याग्जिन सहित भारत बिहार सितामढी ग्राम पन्चायत बैरगिनिया-५ बस्ने २७ वर्षीय महमद अनवर खानलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, इलाका प्रहरी कार्यालय फुलगामा र प्रहरी चौकी बहेडाबेलाबाट संयुक्त रूपमा खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको वीआर ०६ डीए ६०६३ नम्बरको सुजुकी भ्यान समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

हातहतियारसहित तीन जना पक्राउ
२०८१-०३-१०

उदयपुर, त्रियुगा नगरपालिका-१२ बाट चाईनिज पेस्तोल जस्तो देखिने वस्तु १ थानसहित सोही नगरपालिका-३ भुल्के बस्ने २० वर्षीय जुलेस रायमाझीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोलसहित पक्राउ गरेको हो । ताप्लेजुङ, पाथीभरा याङबरक गाउँपालिका-४ डुम्रिसे बस्ने ४३ वर्षीय नरेश फुयाङ लिम्बुलाई भरूवा बन्दुक १ थान, सोही बन्दुकमा प्रयोग हुने बारूद, सिसाको टुक्रा र दाउ १ थानसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तेल्लोकबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियारसहित पक्राउ गरेको हो । सर्लाही, लालबन्दी नगरपालिका-१५ बोरे डाडा बस्ने ५० वर्षीय रामलाल मोक्तानलाई मेड इन युएसए लेखिएको रिभल्वर १ थानसहित गएराति प्रहरीले पक्राउ गरेको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर धनुषा र इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले मोक्तानको घर तलासी गर्दा उक्त रिभल्वर फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

भरूवा बन्दुकसहित पक्राउ
२०८१-०३-०८

पाल्पा, तिनाउँ गाउँपालिका-४ सत्यवती बस्ने ५१ वर्षीय कुल बहादुर कनौजेलाई एकनाले भरूवा बन्दुक १ थान, बन्दुकमा प्रयोग हुने केप ११ वटा, छर्रा ६ वटा र बारूद करिब २० ग्रामसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कुल बहादुरले बाँदर लखेट्नको लागि बन्दुक लिई खेतमा जाने क्रममा अचानक लड्दा निजले बोकेको बन्दुक पड्किँदा बन्दुकको छर्रा लागेर उनीसँगै रहेको सोही ठाउँ बस्ने ४१ वर्षीय लेक बहादुर घर्ती समेत ३ जना व्यक्तिहरू घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियारसहित पक्राउ गरेको हो । साथै घाइतेहरूलाई लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा लगिएकोमा थप उपचारको लागि त्रिबि शिक्षण अस्पताल महाराजगंज काठमाडौंतर्फ पठाइएको छ । सल्यान, बागचौर नगरपालिका-७ सुईयाछेरी बस्ने ३५ वर्षीय शेर बहादुर वलीलाई भरूवा बन्दुक २ थानसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।