"सत्य, सेवा सुरक्षणम्"
काठमाडौं, मानव बेचबिखनमा संलग्न फरार प्रतिवादी सिन्धुपाल्चोक पाँचपोखरी थङपाल गाउँपालिका-७ खोङ्गे ठेगाना भएका ६७ वर्षीय चमारे भन्ने चमार तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई उनकै घर वतनबाट पक्राउ गरेको हो । चमार तामाङ समेतले काठमाडौं चाबाहिलस्थित गलैचा बुन्ने कारखानामा काम गर्ने पीडितलाई यो काम गर्दा टिबी रोग लाग्छ, हङकङमा गएर सुनको व्यापार गरौ, तिमी जस्तो केटीले बढी सुन ल्याउन सक्छौ भनी विश्वास दिलाई २०४४ पुस १९ गते काठमाडौंबाट दिल्ली हुँदै मुम्बईस्थित रिता तामाङ नाम गरेकी नेपाली महिलाले सञ्चालन गरेको कोठीमा पुर्याई भारतीय ८० हजार रूपैयाँमा बेचबिखन गरी उक्त वेश्यालयमा जबरजस्ती ७ वर्ष सम्म वेश्यावृत्तिको काममा लगाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै पीडितले २०५२ फागुन १ गते जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा तामाङ विरूद्ध जाहेरी दिएकोमा प्रारम्भिक अनुसन्धान सम्पन्न पश्चात अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएकोमा २०५२ फागुन ८ गते जिल्ला प्रहरी परिसर काठमाडौंमा मुद्दा दर्ता भई थप अनुसन्धानको लागि २०७७ असोज २० गते मानव बेचबिखन अनुसन्धान ब्यूरोमा सक्कल मिसिल प्राप्त भएको थियो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं, मानव बेचबिखनमा संलग्न फरार प्रतिवादी काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने ओखलढुंगा चम्पादेवी गाउँपालिका-१ घर भएका ३० वर्षीय आशिष परियार नेपाली भन्ने आशिष नेपालीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।पीडित बालिकालाई २०७० फागुन ११ गते चीनको खासास्थित छिरिङ डान्सबारमा लगि १८ हजार रूपैयाँमा बेचबिखन गरेको घटनामा संलग्न रही वारदात मिति देखि फरार रहेका आशिषलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं बबरमहलबाट पक्राउ गरेको हो ।उनी उपर काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं, मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी काठमाडौं टोखा नगरपालिका-९ बस्ने इलाम माई नगरपालिका-७ घर भएकी २८ वर्षीया चिनि माया लिम्बु भन्ने चिन माया लामा लिम्बुलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंको गत मंसिर ५ गतेको फैसलाले उक्त मुद्दामा १० वर्ष कैद सजाय र ५० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई मानव बेचबिखन ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले टोखा नगरपालिका-९ दिपज्योति मार्गबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं पठाइएको छ ।
काठमाडौं, बालिकालाई वेश्यावृतिमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ बालाजुस्थित पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्टका संचालक गोरखा पालुङटार नगरपालिका- ६ घर भएका ४५ वर्षीय शम्भुलाल मल्ललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उक्त गेष्ट हाउस एण्ड रेष्टुरेन्टमा शम्भु लालले आर्थिक लाभ लिई बालिकाहरूलाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले उक्त गेष्ट हाउसबाट २ जना बालिकाहरूको उद्दार गरी सुरक्षित आवासको लागि सेल्टरहोममा पठाएको छ । उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं, घरेलु काममा आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याई मानवबेचबिखन गरेको अभियोगमा नुवाकोट तारकेश्वर गाउँपालिका-५ घर भएका ३४ वर्षीय हिरा तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । हिरा तामाङ समेतले इराकमा घरेलु काममा आकर्षक तलबको प्रलोभन देखाई दुवई हुँदै इराकमा पुर्याई विभिन्न व्यक्तिहरूको घरमा पठाई चरम श्रम शोषण गरी शारीरिक यातना समेत दिई बन्धक बनाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनी उपर मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
पर्सा, मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका-१६ बस्ने ४५ वर्षीय गिनीलाल गुप्ता र भारत बिहार पूर्वी चम्पारण थाना नकरदेही ग्राम भवानीपुर-६ बस्ने ४० वर्षीय जय प्रकाश साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका-१५ स्थित सञ्चालनमा रहेका होटलहरूमा जाँच गर्ने क्रममा राम्रो आम्दानी हुने काममा लगाईदिने प्रलोभनमा पारी होटलमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाई वेश्याबृत्तिमा लगाउने कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले ४ जना महिलाको उद्धार समेत गरेको छ । उनीहरू उपर मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसुरमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।
काठमाडौं, बालक अपहरण गरी बन्धक बनाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने भियतनाम चाईवाङ सिटी घर भएका भियतनामी नागरिक Mai Hoang Kinh Laun लाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर पाटनबाट ४ वर्षीय बालक बिहीबार राति देखि हराएको भनी पीडितको आमाले उजुरी दिएपश्चात काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले खोजतलास गर्ने क्रममा काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित इलाम मेची गेष्ट हाउसको कोठा नम्बर १०७ मा बालकलाई अपहरण गरी बन्धक बनाई राखेको अवस्थामा फेला पारी अपहरण कार्यमा संलग्न रहेका Mai Hoang Kinh Laun लाई पक्राउ गरेको हो । साथै प्रहरीले उनको साथबाट भियतनामी मुद्रा २० हजार, मोबाइल ३ थान, ल्यापटप १ थान, नक्कली भारतीय आधारकार्ड २ थान, बसको टिकट १ थान र चक्कु १ थान समेत बरामद गरेको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।
पर्सा, मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत विहार राज्य छपरा थाना मडहौरा ग्राम पञ्चायत बरदहिया-११ बस्ने ३५ वर्षीय मनेजर राय, महोत्तरी भंगहा नगरपालिका-२ टिकुलिया बस्ने ३२ वर्षीया सुक्राती चौधरी, ओखलढुंगा घर भएका ३३ वर्षीय दिपेश राई र बारा जीतपुरसिमरा उपमहानगरपालिका-१४ बस्ने ३८ वर्षीया मिरा कुमारी महतो रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्सा तथा प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको संयुक्त टोलीले वीरगंज महानगरपालिका-१६ स्थित सञ्चालनमा रहेका होटलहरूमा जाँच गर्ने क्रममा राम्रो आम्दानी हुने काममा लगाईदिने प्रलोभनमा पारी होटलमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाई वेश्याबृत्तिमा लगाउने कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले २ जना महिलाको उद्धार समेत गरेको छ । उनीहरू उपर मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसुरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौं, मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी बर्दिया बढैयाताल गाउँपालिका-२ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने बिनौद पौडेल पक्राउ परेका छन् । एनसिबि अबु मस्कट ओमानको समन्वयमा ओमानमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ पुस १२ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।उनलाई सम्बन्धित कसुर बमोजिम कानूनी कारवाहीको लागि मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटि आएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।
काठमाडौं, घरेलु काममा लगाइदिने प्रलोभनमा पारी कुवेत पुर्याई मानव बेचबिखन गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-६ बस्ने २६ वर्षीय धर्म तामाङ र ३९ वर्षीय माईला लामा पाख्रिन भन्ने टिकाराम तामाङ रहेका छन् । पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले धर्मलाई लम्जुङ मर्स्याङदी गाउँपालिका-३ बाट बिहीबार र टिकारामलाई कास्की पोखरा महानगरपालिका-१६ लामाचौरबाट शुक्रबार पक्राउ गरेको हो । उनीहरूले पीडितलाई फ्रि भिषा फ्रि टिकटमा कुवेतमा मासिक १ सय २० केडी कमाई हुने घरेलु काममा लगाइदिने प्रलोभनमा पारी २०८० साउन ४ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दुबई पुर्याई, दुबईबाट कुवेतको अलजारा भन्ने ठाउँमा पुर्याई कुवेती घर मालिकलाई ९ सय केडीमा बेचबिखन गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं, फ्रि भिषा फ्रि टिकटमा घरेलु काममा लगाइदिने प्रलोभनमा पारी कुवेत पुर्याई मानव बेचबिखन गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट तादी गाउँपालिका-५ घर भएकी ३२ वर्षीय कुसुम कँडेल र सिन्धुपाल्चोक चौतारा नगरपालिका-६ घर भएका ५० वर्षीय सकुलाल भन्ने माईला लामा तामाङ रहेका छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले माईलालाई बिहीबार र कुसुमलाई शुक्रबार काठमाडौं महानगरपालिका-९ बाट पक्राउ गरेको हो । उनीहरूले पीडितलाई मासिक १ सय २० कुवेती दिनार तलबमा काममा लगाइदिने भनि प्रलोभन देखाई ९ सय कुवेती दिनार लिई २०८० साउन ४ गते नेपालबाट दुबई हुँदै कुवेतको अलजारा पुर्याई बेचबिखन गरेको अनुसन्धानबाट खुल्न आएको छ ।उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं, ग्रीन कार्डको प्रलोभनमा पारी मौरिसस पुर्याई मानब बेचबिखन गरेको अभियोगमा झापा कमल गाउँपालिका-१ घर भएका ५४ वर्षीय बुद्धिराज न्यौपानेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पीडित गत असार २० गते नेपाल फर्किई उजुरी दिएपश्चात मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ गौरीघाटबाट पक्राउ गरेको हो । न्यौपानेले मासिक ७० हजार रूपैयाँ तलबमा कुकको काममा लगाइदिने तथा काम गरेको केही समयपछि ग्रिन कार्ड समेत पाइने भनि प्रलोभन देखाई २ लाख ५० हजार रूपैयाँ लिई २०८० मंसिर १३ गते नेपालबाट भारतको नयाँ दिल्ली हुँदै मौरिसस पुर्याई मौरिसियन नागरिकको जिम्मा लगाई दैनिक १७/१८ घण्टा घरको काम लगाई समयमा खाना खान र तलब समेत नदिई चरम श्रम शोषण तथा यौन शोषण गरेको अनुसन्धानबाट खुल्न आएको छ । उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं, भिजिट भिसामा एक जना पीडितलाई कुवेत पुर्याई मानव बेचबिखन गरेको अभियोगमा मोरङ रंगेली नगरपालिका-३ ठेगाना भएका ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्र कुमार अधिकारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-२४ बाट पक्राउ गरेको हो । अधिकारीले पीडितलाई दुबईको कम्पनीमा मासिक तलव ४० हजार रूपैयाँ सम्म हुने काममा लगाइदिने प्रलोभन देखाई २ लाख रूपैयाँ नगद लिई दुबईमा रहेका अर्का अभियुक्तसँग मिलेमतो गरी अन्तर्वार्ता लिएको, भिजिट भिसामा २०७९ जेठ १६ गते युएईको दुबई पुर्याई दुबईमा रहेका अर्का अभियुक्तले रिसिभ गरी आफु बस्ने फ्ल्याटमा लगि बन्धक बनाई घरेलु काममा लगाई चरम श्रम शोषण गरी यौन शोषण गरी जबरजस्ती गर्भपतन समेत गराएको, युएईमा भन्दा कुवेतमा राम्रो तलव हुन्छ, अफिसमा क्लिनरको काम हो भनि प्रलोभन देखाई २०८० वैशाख २८ गते दुबईबाट कुवेत पुर्याई एजेन्ट अफिसलाई जिम्मा लगाएको र एजेन्ट अफिसले पीडितलाई बन्धक बनाई चरम श्रम शोषण गरी यौन शोषण समेत गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । पीडितले नेपाल फर्काइदिन अनुरोध गर्दा ६ लाख ७५ हजार रूपैयाँ रकम बुझाउन भनेपछि आफन्त मार्फत उक्त रकम बुझाई २०८० मंसिर ३ गते नेपाल फर्कन सफल भएका थिए । उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं, भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखन गरेको अभियोगमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-३ बस्ने ३२ वर्षीय ङेमा लामालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ बाट पक्राउ गरेको हो । लामाले आफ्नो श्रीमती समेत कुवेतमा रहेकोले वर्किङ भिसामा क्लीनरको काममा लगाई दिने प्रलोभन देखाई पीडितबाट ९५ हजार रूपैयाँ लिई २०८० कात्तिक ५ गते भिजिट भिसामा कुवेत पुर्याएको, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र कुवेतको एयरपोर्टमा देखाउने कागजातहरू समेत झुठ्ठा र फरक-फरक बनाई पठाएको, कुवेतको एयरपोर्टमा पुगे पश्चात पीडितलाई लामाको श्रीमतीले रिसिभ गरी कुवेती नागरिकको घरमा १ हजार १ सय ५० कुवेती दिनारमा बेचबिखन गरेको र कुवेती नागरिकले पीडितलाई बन्धक बनाई घरेलु कामदारको रूपमा राखी पारिश्रमिक समेत नदिई यौन शोषण तथा चरम श्रम शोषण गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं, नाबालिकाहरूलाई बेश्याबृत्तिमा लगाएको अभियोगमा २ जनालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुली हरिहरपुर गाउँपालिका-१ घर भएका ३३ वर्षीय बीर बहादुर सिंतान र २५ वर्षीय सुबिलाल सिंतान रहेका छन् ।उनीहरूले भक्तपुर मध्यपुर थिमि नगरपालिका-१ मनोहरा-जडिबुटीमा सञ्चालन गरेको सिन्धुली होटल ढिडो सर्भिस् एण्ड गेष्ट हाउसमा बालिकाहरूलाई राम्रो आम्दानी हुने काममा लगाईदिने प्रलोभनमा पारी गेष्ट हाउसमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाई बेश्याबृत्तिमा लगाएको अनुसन्धानबाट खुल्न आएको छ । साथै प्रहरीले उक्त गेष्ट हाउसबाट ३ जना बालिकाहरूलाई उद्दार गरेको छ ।उनीहरूलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।
काठमाडौं, झुक्यानमा पारी बेचबिखन गर्ने उद्देश्यले एक नाबालिकालाई भारततर्फ लैजान खोजेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट दुप्चेश्वर गाउँपालिका-६ घर भई काठमाडौं तारकेश्वर नगरपालिका-७ बस्ने ३९ वर्षीय सम्बर बहादुर तामाङ र नुवाकोट तादी गाउँपालिका-२ घर भई काठमाडौं टोखा नगरपालिका-२ बस्ने ३३ वर्षीया इन्दिरा कटुवाल (तामाङ) रहेका छन् । नाबालिकालाई बेचबिखन गर्ने उद्देश्यले काठमाडौंबाट मकवानपुर हुँदै भारततर्फ लैजान काठमाडौं फुटुङबाट ललितपुरको सुनाकोठी पुर्याएको भन्ने सूचनाको आधारमा मानब बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले प्रहरी वृत्त चापागाउँसँगको समन्वयमा ललितपुर सुनाकोठीबाट पीडितको उद्दार गरी सम्बर बहादुरलाई शनिबार पक्राउ गरेको थियो । साथै उक्त घटनामा संलग्न इन्दिरालाई आइतबार काठमाडौं टोखा नगरपालिका-२ बाट प्रहरीले पक्राउ गरेको हो । उनीहरूले पीडितलाई होटलमा वेट्रेसको काममा २० हजार रूपैयाँ तलब दिने र पछि तलब बढाउँदै लैजाने प्रलोभन देखाएको, कोही कसैले सोधेमा आफ्नो वास्तविक नाम, थर, ठेगाना नबताउनु व्यक्तिगत परिचय खुल्ने कागजात देखाउनु परेमा अर्कै ब्यक्तिको नागरिकता प्रयोग गर्नु भनी सिकाई ललितपुर सुनाकोठीसम्म पुर्याएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । पक्राउमध्ये सम्बर बहादुर यस अघि पनि मानब बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परी १० वर्ष कैद सजाय भुक्तान गरी २०८० वैशाखमा थुनामुक्त भएको खुल्न आएको छ । उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
काठमाडौं, नाबालिकालाई यौन क्रियाकलापमा लगाएको अभियोगमा नुवाकोट ककनी गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-१६ बसन्तनगर बस्ने २९ वर्षीया रश्मी लामालाई प्रहरीले पक्राउ गरेको छ ।लामाले प्रलोभन देखाई विभिन्न होटल तथा गेष्ट हाउसहरूमा नाबालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३२ नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । साथै प्रहरीले पीडितलाई उद्दार समेत गरेको छ ।उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
काठमाडौं, विवाहको वहानामा चीन पुर्याई मानव बेचबिखन गरेको अभियोगमा नुवाकोट किस्पाङ्ग गाउँपालिका-१ ठेगाना भई चीनको Heilongjiang province को Harbin City मा बसोबास गर्ने ४३ वर्षीया मनमाया घलेलाई प्रहरीले पक्राउ गरेको छ । पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२७ ठमेलबाट पक्राउ गरेको हो । मनमायाले पीडितलाई चिनियाँ नागरिकसँग विवाह गरेमा ५ वर्षपछि ग्रिनकार्ड बनाउन सकिने भन्दै ललाई फकाई प्रलोभनमा पारेर चिनियाँ नागरिकसँगको मिलेमतोमा जिल्ला अदालत काठमाडौंमा लगि २०७९ चैत १३ गते चिनियाँ नागरिकसँग कोर्ट म्यारिज गराई २०८० वैशाख १ गते चीनमा पुर्याएर यौन शोषण एवम् वेश्यावृत्तिमा लगाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । मनमायाले पीडितलाई नेपाली ५ लाख रूपैयाँमा बेचबिखन गरेको समेत खुल्न आएको छ । पीडितलाई वेश्यावृत्तिमा लगाई राखेको अवस्थामा चीनस्थित नेपाली दुतावाससगँको समन्वयमा २०८० असार १ गते नेपाल फर्कन सफल भएका थिए । उनी उपर मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरूको समेत प्रहरीले खोजी गरिरहेको छ ।
काठमाडौं, वैदेशिक रोजगारीमा ओमान पठाईदिने प्रलोभन देखाई भिजिट भिसामा ओमान पुर्याई मानव बेचबिखन गरेको अभियोगमा रूपन्देही रोहिणी गाउँपालिका-४ ठेगाना भएका ५१ वर्षीय समसुद्दिन खाँ पठानलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पीडितको आफन्तको उजुरीको आधारमा आमानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टोखा नगरपालिका-९ शिबचोकबाट पक्राउ गरेको हो । पठानले फ्रि भिसा र फ्रि टिकटमा ओमानमा मासिक ४० हजार रूपैयाँ पारिश्रमिक हुने प्रलोभन देखाएको, ओमान पठाईदिने भनि काठमाडौंबाट भारत पुर्याई भारतको मुम्बईबाट पीडितलाई २०७९ चैत ९ गते भिजिट भिसामा ओमान पुर्याएको र ओमान पुगेपछि ओमानी नागरिकको घरमा पुर्याई बेचबिखन गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उक्त ब्यूरोको पहलमा पीडितलाई वैशाख १८ गते नेपाल फिर्ता ल्याइएको छ । उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी गरिरहेको छ ।
काठमाडौं, भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखन तथा ओसार पसारमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दैलेख नारायण नगरपालिका-९ घर भई काठमाडौं तार्केश्वर नगरपालिका लोलाङ बस्ने २४ वर्षीय राकेश सुनार भन्ने गोपाल सुनार र गोरखा पालुङटार नगरपालिका-८ घर भई काठमाडौं टोखा नगरपालिका-६ बस्ने २५ वर्षीय आयुष भन्ने आकाश बाबु विक रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका-६ बौद्ध पिपलबोटबाट पक्राउ गरेको हो । उनीहरूले युएइ दुबईमा सेल्स रिप्रिजेन्टेटिभमा काम लगाउने भनी कुवेत पुर्याई पीडितलाई घरेलु काममा लगाउनुको साथै शारीरिक तथा मानसिक यातना दिई बन्धक बनाएको खुल्न आएको छ । पीडितको आफन्तबाट प्राप्त उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट कुवेतस्थित नेपाली राजदुतावाससँगको समन्वयमा पीडितलाई वैशाख २७ गते नेपाल फिर्ता ल्याइएको थियो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि मावन बेचबिखन अनुसन्धान व्यूरो बबरमहल पठाइएको तथा घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत प्रहरीले खोजी गरिरहेको छ ।
काठमाडौं, मानव तस्करीमा संलग्न रहेको अभियोगमा कैलाली गौरीगंगा नगरपालिका-२ घर भई ललितपुर, ललितपुर महानगरपालिका-७ झम्सिखेल बस्ने ४१ वर्षीय तेज राम चौधरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर झम्सिखेलबाट पक्राउ गरेको हो । चौधरीले अमेरिका पठाइदिन्छु केही समय ब्राजिलमा गएर काम गर्नुपर्ने र फिलिपिन्स हुँदै जानु पर्छ भनि भन्दै ४ जना पीडितहरूबाट पटक पटक गरी जम्मा १ करोड १८ लाख ५९ हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै पीडितहरूलाई ब्राजिलको वर्किङ भिसामा लगाई श्रम स्वीकृति समेत निकाली फिलिपिन्स पुर्याएकोमा त्यहाँको अध्यागमनले नक्कली कागजात भनि फिर्ता पठाएको, पीडितहरू नेपाल फर्केपछि पुन: दिल्ली पुर्याई होटलमा बन्धक बनाएको र पीडितहरूले ३९ लाख रूपैयाँ बुझाएपछि होटलबाट मुक्त भएको समेत खुल्न आएको छ ।उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
काठमाडौं, वैदेशिक रोजगारका लागि कुवेत पठाईदिन्छु भनि कुवेत पुर्याई मानवबेचबिखन गरेको अभियोगमा धादिङ बेनिघाट रोराङ गाउँपालिका-३ बस्ने ४७ वर्षीय श्याम बाबु बराकोटीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङ समेतको समन्वयमा मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई धादिङ बेनिघाट रोराङ गाउँपालिका-३ बाट पक्राउ गरेको हो । श्याम बाबु समेतले पीडितलाई नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा कुवेत पठाईदिने भनि झुक्याई २०७९ माघ २५ गते भिजिट भिसामा कुवेत पुर्याएको, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र कुवेतको एअरपोर्टमा देखाउने कागजातहरू समेत फरक-फरक बनाई पठाएको, कुवेतको एअरपोर्टमा पुगे पश्चात जाहेरवालाको सक्कल नेपाली राहदानी लगायतका कागजातहरू नियन्त्रणमा लिई श्रीलंकन मुलको एजेन्टलाई जिम्मा लगाएको र कुवेती नागरिकको घरमा पुर्याई बेचबिखन गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै पीडितले कुवेतमा काम नगर्ने नेपाल फिर्ता गरिदिन भनि आग्रह गर्दा ५ लाख रकम माग गरेको र नेपालमा रहेका आफन्तलाई सम्पर्क गरी श्याम बाबु समेतले उपलब्ध गराएको खातामा ३ लाख रकम जम्मा गरे पश्चात पीडित कुवेतबाट २०७९ फागुन २१ गते नेपाल फर्कन सफल भएका थि ए । उनी उपर मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरूको समेत प्रहरीले खोजी गरिरहेको छ ।
काठमाडौं, क्यानडा पठाईदिन्छु भनि दुवई पुर्याई मानवबेचबिखन गरेको अभियोगमा बारा सिम्रौनगढ नगरपालिका-३ ठेगाना भई काठमाडौं नागर्जुन नगरपालिका-१ बस्ने फिरोज खाँन भन्ने २६ वर्षीय फरमान हवारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । टिकटकको माध्यमबाट चिनजान भएका हवारीले धेरै मानिसहरूलाई क्यानडा पठाईसकेको भनि प्रलोभन देखाउँदै पीडितलाई दुवई पुर्याई बन्धक बनाई राखेको अवस्थामा पीडितको आफन्तको सहयोगमा नेपाल फिर्ता हुन सफल भएका थिए । घटनामा संलग्न रही फरार रहेका हवारीलाई मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनसँगको समन्वयमा काठमाडौं नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । हवारीले क्यानडा जानको लागि ३० लाख रूपैयाँ लाग्ने बताएको, पीडितलाई बिहे गर्ने सम्म प्रलोभन देखाई नेपालमै पटक पटक यौन शोषण गरेको र विभिन्न समयमा ११ लाख २८ हजार रूपैयाँ रकम समेत ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनी उपर मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरूको समेत प्रहरीले खोजी गरिरहेको छ ।
काठमाडौं,अढाई वर्षकी बालिकालाई बेचबिखन गरेको अभियोगमा ललितपुर गोदावरी नगरपालिका-१३ घर भई काठमाडौं जडिबुटी बस्ने उर्मिला भन्ने ४३ वर्षीय कल्पना विश्वकर्मालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । विश्वकर्माले मकवानपुरको एक परिवारकी बालिकालाई होस्टेलमा राखि पढाई दिने प्रलोभन देखाई काठमाडौंस्थित आफ्नै घरमा राखेको र झापाको काकरभिट्टा पुर्याई भारत सिलगुडीबाट आएकी उनकै साथीलाई सुम्पिएको भन्ने सूचनाको आधारमा प्रहरी, राष्ट्रिय बालबालिका खोजतलास केन्द्र तथा राष्ट्रिय बाल अधिकार परिषद्को पहलमा सोमबार ती बालिकाको उद्दार गरि हाल सुरक्षित आवासगृहमा राखिएको छ । मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न विश्वकर्मालाई काठमाडौं भृकुटीमण्डपबाट पक्राउ गरेको हो । उनी उपर मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं, ओमन पुर्याई जबरजस्ती वेश्यावृत्तिमा लगाएको अभियोगमा पाल्पा तिनाउ गाउँपालिका-५ ठेगाना भई काठमाडौं तारकेश्वर नगरपालिका-६ बस्ने ४० वर्षीय बिष्णु बहादुर रानालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । ओमनमा आकर्षक तलब हुने घरेलु काममा पठाईदिने लगायत विभिन्न प्रलोभन देखाई पीडितलाई २०८० भदौ २६ गते काठमाडौंबाट भिजिट भिषामा ओमनको मस्कट शहरमा पुर्याएर जबरजस्ती वेश्यावृत्तिमा लगाई शारीरिक तथा मानसिक यातना दिई राखेको अवस्थामा पीडितले आफूलाई नेपाल फिर्ता गरिदिन अनुरोध गर्दा एजेन्टहरूले २ लाख ५० हजार माग गरेकोमा पीडितको आफन्तले उक्त रकम दिई पीडित नेपाल फर्कन सफल भएको समेत प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा वारदात पश्चात फरार रहेका रानालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं बालाजुबाट पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य अभियुक्तहरूको समेत प्रहरीले खोजी गरिरहेको छ ।
काठमाडौं, मानव अंग मृगौला बेचबिखन गर्ने कार्यमा संलग्न रही फरार रहेका अभियुक्त नुवाकोट बेलकोटगढी नागरपालिका-१३ ठेगाना भएका ४३ वर्षीय हरी नेपाली भन्ने हरी दर्जीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पीडितलाई भारत कलकत्तामा मःम पसलमा मासिक ३० हजार भारतीय रूपैयाँ तलबमा काममा लगाईदिने भन्ने प्रलोभन देखाई नुवाकोटबाट काकडभिट्टा हुँदै भारत कलकत्ता पुर्याई पीडितलाई झुक्याई अस्पताल लगि बेहोस पारी मानव अंग मृगौला झिकी अर्कै व्यक्तिलाई प्रत्यारोपण गरेको घटनामा संलग्न रही फरार रहेका दर्जीलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।
काठमाडौं, नाबालिकाहरूलाई यौन क्रियाकलापमा लगाएको अभियोगमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काठमाडौं नयाँ बसपार्क बस्ने तनहुँ भिमाद घर भएकी २५ वर्षीया सपना तामाङ भन्ने पुजा राना रहेकी छन् । नयाँ बसपार्क तथा कलंकीका विभिन्न होटल तथा गेष्ट हाउसहरूमा नाबालिकाहरुलाई विभिन्न प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने गरेको सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई नयाँ बसपार्कबाट बिहीबार पक्राउ गरेको हो । साथै उक्त व्यूरो र मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा कार्यरत संस्था समेतको संयुक्त टोलीले कलंकीबाट १ जना र नयाँ बसपार्कबाट २ जना गरी ३ जना नाबालिकाको उद्दारसमेत गरेको छ । अभियुक्तले नाबालिकाहरुलाई विभिन्न काममा लगाई दिने, आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारि बोलाई आफ्नो तथा अन्य होटल र गेष्टहाउसहरूमा समेत पठाई विगत १० महिनादेखि जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य पारेको अनुसन्धानबाट खुल्न आएको छ । उनीउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।
काठमाडौं, सामाजिक सञ्जालको प्रयोग गरी अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौंको दरबारमार्ग, नयाँ बसपार्क, तिलिङ्गेटार, बानेश्वर लगायतका ठाउँबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा रामेछाप दोरम्बा घर भएका २७ वर्षीय छत्र बहादुर रोक्का, ओखलढुङ्गा लिखु घर भएका ३३ वर्षीय गोपाल थापा, सिन्धुली सुनकोसी घर भएका ४४ वर्षीय सेते कार्की, सल्यान कपुरकोट घर भएका २५ वर्षीय शिवराज परियार र नुवाकोट विदुर घर भएका ३० वर्षीय अमृत रोक्का रहेका छन् । उनीहरू हाल काठमाडौं र ललितपुर बस्दै आएका थिए । उनीहरूलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
सप्तरी, मानवबेचबिखन तथा ओसार पसार कसूरमा राजविराज नगरपालिका-३ स्थित लक्ष्मी गेष्ट हाउसका संचालक समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गेष्ट हाउसका संचालक राजविराज नगरपालिका-६ बस्ने ५७ वर्षीय अरुण चन्द्र मिश्र र गेष्ट हाउसका प्रबन्धक महादेवा गाउँपालिका-२ बस्ने ४१ वर्षीय राम प्रकाश मण्डल रहेका छन् । उक्त गेष्ट हाउसमा वेश्यावृती भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले गेष्ट हाउसमा महिलाहरूलाई विभिन्न प्रलोभन देखाई जबरजस्ती वेश्यावृती गराउने कार्य भइरहेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । उनीहरू उपर मानवबेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गतको कसूरमा सप्तरी जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं, भारतको आसाम पुर्याई नाबालिका बेचबिखन गरेको अभियोगमा म्याग्दी रघुगंगा गाउँपालिका-३ बस्ने ३० वर्षीया अप्सरा भन्ने एलिना खत्रीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौंमा बस्ने आफ्न्तकोमा जान्छु भनि नुवाकोटबाट बसमा जाने क्रममा ती नाबालिकालाई बसमा सँगै रहेका पुरूषले खानेकुरा तथा पानीमा बेहोश हुने औषधि मिसावट गरी खुवाई बेहोश बनाई भारत आसामको कछर सिल्चर भन्ने स्थानको रेड लाइट एरियाको कोठीमा पुर्याई बेचबिखन गरी जबरजस्ती वेश्यावृत्तिमा लगाई राखेको अवस्थामा नेपाल प्रहरी, भारतीय प्रहरी र माईती नेपालको सहयोगमा ती नाबालिकाको उद्दार गरिएको थियो । थप अनुसन्धानको क्रममा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा उक्त कार्यमा संलग्न एलिना खत्रीलाई झापाबाट पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ भने कसूरमा संलग्न अन्य फरार प्रतिवादीहरूको समेत खोजी भइरहेको छ ।
काठमाडौं, वैदेशिक रोजगारका लागि ओमन पुर्याई मानवबेचबिखन गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईलाम फाकफोकथुम गाउँपालिका-६ घर भई काठमाडौं गौरीघाट बस्ने ४० वर्षीय शुकराज लिम्बु र सिन्धुपाल्चोक बलेफी गाउँपालिका-६ घर भई ललितपुर महानगरपालिका भैसेपाटी बस्ने ४५ वर्षीय विष्णु तामाङ रहेका छन् । उनीहरुले पीडित व्यक्तिलाई वैदेशिक रोजगारको लागि ओमनमा फ्रि भिषा फ्रि टिकटमा पठाइदिन्छु भन्दै विभिन्न प्रलोभनमा पारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओमन पुर्याई ३५०० ओमनी रियलमा ओमनी घर मालिकलाई बिक्री गरेको र मालिकले शारिरीक तथा मानसिक यातना दिई आफ्नो घर तथा अफिसको काममा लगाई राखेको अवस्थामा अचानक बेहोश भई पुन: कम्पनीमा फिर्ता गरेकोमा कम्पनीको मालिकले आफ्नो घर तथा अफिसको काममा लगाई राखेको अनुसन्धानबाट खुल्न आएको छ । पीडित नेपाली राजदुतावासको सहयोगमा नेपाल फर्किएका छन् । उनीहरू उपर मानवबेचबिखन तथा ओसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
काठमाडौं, मानव बेचबिखन कसुरमा संलग्न रहेको अभियोगमा काठमाडौं सिनामंगलस्थित डिएचएन शुभयात्रा ट्राभल्स एण्ड टुरका सञ्चालक सिन्धुपाल्चोक पाचँपोखरी थङपाल गाउँपालिका-५ घर भएका चिरन्जी गिरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । कुवेतको रोयल रेष्टुरेन्टमा काममा लगाइ दिने र त्यहाँ राम्रो काम गरे युरोप तथा अमेरिका समेतका देशहरीमा पठाइ दिने प्रलोभन देखाई प्रतिवादी डिम्बर मगर भन्ने डम्बर बहादुर दर्लामी समतले पीडितलाई कुवेत पठाई कुवेतमा १ हजार ३ सय केडीमा बिक्री गरेको अवस्थामा मानवबेचबिखन व्यूरो अनुसन्धान व्यूरोको पहलमा कुवेतस्थित नेपाली राजदुतावास समेतको सहयोगमा पुस ४ गते पीडितको उद्दार गरिएको थियो । सोही घटनाको थप अनुसन्धानको क्रममा चिरन्जीले प्रतिवादीहरूसँग रकम लिई पीडितको भिषा, टिकट लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको बन्दोबस्त गरेको खुल्न आएपछि उक्त व्यूरोबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२६ पानीपोखरीबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौं, मानव बेचबिखनमा संलग्न फरार प्रतिवादी सिन्धुपाल्चोक गाउँपालिका-५ बस्ने कविता घिमिरेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत सिन्धुपाल्चोकको २०६९ मंसिर ११ गतेको फैसलाले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा समेत गरी १३ वर्ष ७ महिना २० दिन कैद र ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार भएकी उनलाई नेपाल प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३२ जडिबुट्टीबाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत सिन्धुपाल्चोक बुझउनका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक पठाइएको उक्त व्यूरोले जनाएको छ ।
काठमाडौं, मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलको पहलमा भारतको राजस्थान,जयपुर अन्तराष्ट्रिय विमानस्थलबाट ईथोपिया लैजानका लागी उक्त एयरपोर्टको अध्यागमन कार्यालयमा पुर्याइएको अवस्थामा मानव बेचबिखन ओसारपसारमा परेका १२ जना महिलाहरूको भारतबाट उद्दार गरिएको छ । नेपालका विभिन्न नाकाहरुबाट २०७९ सालको मंसिर र पुष महिनामा भारत पुर्याई दुवई हुदै भिजीट भिसामा ईथोपिया मा बैदेशिक रोजगारीको लागी लैजाने प्रलोभन देखाई नेपाली महिलाहरुलाई भारतको जयपुरमा लगी राखिएको र ती महिलाहरु मानव बेचबिखन ओसारपसार अपराधको उच्च जोखिममा रहेको भन्ने सूचनाको आधारमा उक्त व्यूरोबाट खटिएको प्रहरीले भारतको नयाँदिल्लीमा रहेको नेपाली राजदूतावास, भारतीय प्रहरी, भारतिय संस्था HELP TRUST CROSS INDIA र नेपालस्थित शान्ति पुनस्थार्पना गृहको सहकार्यमा उनीहरूको उद्दार गरिएको हो ।उनीहरुलाई नेपालबाट भारत पुर्याई भिजीट भिसामा दुवई हुदै ईथोपिया लैजाने कार्यमा नेपाली तथा भारतीय नागरिकहरुको संलग्नता रहेको पाइएकोमा नेपालबाट भारत लैजाने क्रममा जोगमनी, काँकडभिट्टा, जमुनाहा, सुनौली लगाएतका नाकाहरु प्रयोग हुने गरेको र मानव बेचबिखन ओसारपसार अपराधको जोखिममा रहेका पीडितबाट रकम नलिई पीडकलेनै खर्च गर्ने गरेको पाइएको छ । यसै गरी ईथोपिया लैजाने भनि भिजिट भिसामा दुबई लगी त्याँबाट घरायसी कामदारको रुपमा कार्य गर्ने गरी ओमान र कुवेतमा तस्करी गर्ने गरेको र विदेश जानको लागी राहदानी समेत पीडितहरुलेनै बनाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ । यसैगरी मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलको पहलमा मानवबेचबिखनमा परेकी १ जना बालिकाको भारतको रनहोला थानाको वडा एरिया अन्तरगतको मंगलबजार गल्ली नम्बर २ बापरुल्ला बिहार दिल्लीमा रहेको एक घरबाट मंगलबार उद्दार गरिएको छ । आफ्नो मामाघरबाट ती बालिका गत पुस १८ गते सम्पर्क विहीन भएको घटनाको थप अनुसन्धान गर्ने मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले ती बालिकलाई भारतको नयाँदिल्लीमा लगिएको खुल्न आएपछि उक्त व्यूरोको पहलमा नेपाली राजदूतावास, भारतिय प्रहरी, भारतिय संस्था KIN INDIA को समन्वय तथा सहकार्यमा खोजी गरी ती बालिकाको उद्दार गरिएको हो । पीडकले ती बालिकालाई मामाघरबाट ल्याई काठमाडौंमा बन्धक बनाई राखेपश्चात नेपाल भारत सिमा सुनौलि हुँदै भारतमा पुर्याएपछि भारतको विभिन्न स्थानमा रहेका ३ जना फरक तान्त्रिक बाबा समक्ष लगिएपछि बालिकालाई उक्त स्थानमा राखिएको अवस्थामा फेला पारी उद्दार गरिएको हो । साथै उक्त घटनामा संलग्न ६ जना प्रतिवादीहरूलाई पक्राउ गरी घटनाको थप अनुसन्धान कार्य भइरहेको छ ।
काठमाडौं, मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौं ठमेल बस्ने चिनियाँ नागरिकद्वय ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ३ जना नेपाली नागरिकलाई फ्रि भिसा र फ्रि टिकटमा लाओसमा अनलाइन सेल्स मार्केटिङको काममा लगाइदिने र महिनामा १ हजारदेखि १५ सय डलरसम्मको कमाइ हुन्छ भन्दै प्रलोभनमा पारी गत भदौ १७ गते काठमाडौंबाट भारत, थाइल्याण्ड हुँदै लाओस पुर्याएका थिए । त्यहाँ पुर्याएपछि बिट क्वाईनमा ईन्भेष्ट गराउने लगायतका गैरकानुनी काम लगाउनुको साथै २ महिना काम लगाई पीडितहरूबाट उल्टै ३ लाख ९० हजार रकम समेत लिई लाओसमा मानसिक यातना दिएको अवस्थामा आफन्तको सहयोगमा गत कात्तिक २५ गते उनीहरू नेपाल फर्किएका थिए । उक्त कार्यमा संलग्न मध्ये एक जनालाई काठमाडौं ठमेल र एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव बेचबिखन अनुसन्धान व्यूरोको प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई काठमाडौं जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा राख्न कारगार कार्यालय जगन्नाथदेवल सुनधारामा चलान गरिएको छ ।
काठमाडौं, काठमाडौंका सडक पेटीमा आश्रित व्यक्तिहरुलाई विभिन्न प्रलोभनमा पारी मृगौला बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर ठिमी बस्ने रामेछाप मन्थली नगरपालिका-५ घर भएका बिधान, हिमाल श्रेष्ठ भन्ने २८ वर्षीय धन बहादुर रोका, काठमाडौं गौशाला बस्ने गुल्मी तम्घास नगरपालिका-२ घर भएका ३१ वर्षीय बिजय कुवँर, काठमाडौं कालोपुल बस्ने दैलेख चामुण्डा बिन्द्रासयनी नगरपालिका-६ घर भएका २८ वर्षीय धुपेन्द्र शाही, काठमाडौं चावहिल बस्ने दैलेख चामुण्डा बिन्द्रासयनी नगरपालिका-६ घर भएका ३२ वर्षीय बिमल बहादुर शाही र भक्तपुर ठिमी बस्ने झापा पृथ्वीनगर नगरपालिका-१ घर भएका छोटे भन्ने २१ वर्षीय आशिष तामाङ रहेका छन् । उनीहरूले सडक पेटीमा आश्रित व्यक्तिहरूसँग चिनजान गरी भारतको कलकत्ता गइ मृगौला बिक्री गर्दा ५ लाख रुपैयाँ कमाई हुने र नेपाल आउँदा ५० हजार पर्ने मोबाइल समेत पाइन्छ भन्दै २ जनालाई विश्वासमा पारी मृगौला दाताले गर्नुपर्ने शारीरिक जाँच गरी असार १५ गते भारतको कोलकत्ता लैजानका लागि तयारी अवस्थामा राखेको सूचाना प्राप्त हुनासाथ खटिएको प्रहरीले घटनामा संलग्न धुपेन्द्र, बिजय र बिमललाई पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा सोही घटनामा संलग्न रही फरार रहेका धन बहादुर र आशिषलाई असार २८ गते प्रहरीले पक्राउ गरेको हो । उनी उपर मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कारवाही हुने मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलले जनाएको छ ।
काठमाडौं, मानव बेचविखन तथा ओसारपसारमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर गोदावरी नगरपालिका-१० चापागाउँ बस्ने ४८ वर्षीय दौलत रोका, काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला स्थायी वतन भएकी २७ वर्षीया रेवती सुनार र काठमाडौं टोखा नगरपालिका-२ चण्डेश्वरी बस्ने रोल्पा त्रिवेणी गाउँपालिका-७ का ५२ वर्षीय भरतमणि घर्तिमगर रहेका छन् । दौलतलाई गत जेठ २४ गते ललितपुर जावलाखेलबाट, रेवतीलाई गत जेठ २० गते काठमाडौं बबरमहलबाट र भरतमणिलाई गत जेठ १३ गते काठमाडौं टोखाबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरूमध्ये दौलतले विभिन्न प्रलोभन तथा डरत्रास देखाई पीडितलाई ललितपुर ढोलाहिटीमा जबरजस्ती करणी गरी कुवेतमा मासिक ४०/५० हजार रूपैयाँसम्म कमाई हुने प्रलोभन देखाई भारतको नयाँदिल्ली हुँदै २०७८ चैत १६ गते कुवेतमा घरायसी कामका लागि बिक्री गरेको र घर मालिकले समेत बन्धक बनाई जबरजस्ती करणी गरेकोमा पीडितलाई मानव बेचविखन अनुसन्धान ब्यूरो बबरमहलको पहलमा कुवेतबाट उद्धार गरिएको थियो । साथै रेवतीले भारतमा डान्सको काममा लगाईदिने प्रलोभन देखाई पीडितलाई वीरगञ्जबाट भारतको रक्सौल सौनाबजार पुर्याई डर त्रास देखाई डान्स गर्न लगाएको अवस्थामा भारतीय प्रहरीले उद्धार गरी भारतको बालिका गृह मोतिहारीमा राखेकोमा माईती नेपालको सहयोगमा नेपाल फिर्ता ल्याइएको थियो । यसैगरी भरतमणिले दुबईमा कम्पनीको प्याकिङ सम्बन्धी काममा लगाईदिने भनि मासिक ४०/५० हजार रूपैयाँसम्म कमाई हुने प्रलोभनमा २०७९ वैशाख १६ गते काठमाडौं एयरपोर्टबाट दुबई भनी कुवेतको घर मालिकलाई ५ हजार कुवेत दिनारमा बिक्री गरेको खुल्न आएको छ । जिल्ला अदालत काठमाडौंको २०७९ असार २१ गतेको आदेशले दौलतलाई, २०७९ असार १५ गतेको आदेशले रेवतीलाई र २०७९ असार ८ गतेको आदेशले भरतमणिलाई मुद्दा पुर्पक्षको लागि कारागार कार्यालय पठाइएको छ ।
झापा, मानव बेचबिखन तथा ओसार पसार मुद्दाका ३ जना फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कमल गाउँपालिका-४ बस्ने ४४ वर्षीया सिता केरुङ सम्बाहाम्फे, ५० वर्षीय ईन्द्र सम्बाहाम्फे र ४३ वर्षीय हंशराज केरुङ रहेका छन् । सर्वोच्च अदालतको २०७४ असार २८ गतेको फैसला अनुसार उक्त मुद्दामा उनीहरूलाई जनही ७ वर्ष ६ महिना कैद तथा १ लाख रुपैयाँ जरिवाना र पीडितलाई जनही ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउनु पर्ने सजाय ठहर भएको थियो ।उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाउने कार्य भइरहेको छ ।
कास्की, जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले मानव बेचबिखन मुद्दामा संलग्न ३ जनालाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-७ मुस्ताङ चोक घर भई सोही महानगरपालिका-१७ रातोपहिरा बस्ने ३० वर्षीय नारायण पोखरेल, सिन्धुपाल्चोक चौतारा-६ ठूलीधारा स्थायी ठेगाना भई पोखरा महानगरपालिका-६ जरेबर बस्ने २२ वर्षीया पुजा थापा मगर र बाँके चिसापानी-९ स्थायी घर भई हाल पोखरा महानगरपालिका-६ जरेबर बस्ने २२ वर्षीय विशाल योगी रहेका छन् । पोखरा महानगरपालिका-६ लेकसाईडमा कोठा भाडामा लिई तथा फोन सम्पर्कको आधारमा विभिन्न होटेलहरूमा महिलाहरूलाई जबरजस्ती वेश्यावृत्ति कार्यमा संलग्न गराई रहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर मानव बेच-बिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत कास्कीबाट ८ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको छ ।
पर्सा, मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा अर्घाखाँची सन्धिखर्क नगरपालिका-७ घर भई हाल चितवन भरतपुर महानगरपालिका-१ पोखरा बसपार्क बस्ने २८ वर्षीय राजु अधिकारीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बैतडी घर भएकी १४ वर्षीया बालिका माघ ७ गतेदेखि घरबाट सम्पर्कबिहीन भएको घटनाको अनुसन्धान एवम् खोजतलास गर्ने क्रममा पर्सा वीरगंज महानगरपालिका-१६ स्थित शंकराचार्य गेट हुँदै भारततर्फ लैजान लागेको अवस्थामा बालिकालाई फेला पारी माइती नेपाल संस्थाको समन्वयमा प्रहरीले उद्धार गरेको थियो । साथै ती बालिकाको साथमा रहेका अधिकारीलाई तत्काल नियन्त्रणमा लिई अनुसन्धान गर्दा अधिकारीले बालिकासँग १ महिना अघिदेखि फोनमार्फत चिनजान गरी भेट्न बोलाई अर्घाखाँची लगि विवाह गर्ने भनी विभिन्न स्थान हुँदै झुक्याई वीरगंज बसपार्कसम्म ल्याई ईनर्वा नाका हुँदै भारततर्फ बेचबिखन गर्न लैजान लागेको खुल्न आएको हो । उनी उपर जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई मानव बेचबिखन तथा ओसारपसार कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
काठमाडौं, पोखरा लैजान्छु भन्दै बेहोस बनाई महिलालाई भारतको कोठीमा पुर्याई बेचबिखन गरेको अभियोगमा नुवाकोट दुप्चेश्वर गाउँपालिका-५ ठेगाना भएकी २६ वर्षीया अनिशा तामाङ भन्ने फूलमाया तामाङलाई पुस ९ गते प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० कपनबाट पक्राउ गरेको हो । पोखराको होटलमा नाच्ने तथा बाँकी समय आफ्नै घरमा घरायसी काम गर्नुपर्ने, त्यस बापत राम्रो कमाई हुन्छ भन्दै फूलमायाले पीडित महिलालाई विभिन्न प्रलोभन देखाई २०७४ साउनमा काठमाडौं आकाशेधारास्थित होटलमा लगि चाउमिनमा वेहोश हुने औषधी मिलाई खुवाएर विभिन्न ठाउँ हुँदै भारतको बम्बई, ईलाबाद, कलकत्ता तथा कुचबिहारको कोठीहरुमा पुर्याई पटक पटक बेचबिखन गरी वेश्यावृत्तीमा लगाएको अवस्थामा भारतीय प्रहरीको समन्वयमा नेपाली राजदुताबास तथा नेपालस्थित विश्व सेवा बिस्तार संस्थाको सहयोगमा गत असोज २३ गते ती महिला नेपाल फर्किन सफल भएकी थिइन् ।उक्त मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेकी तामाङ उपर थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।
काठमाडौं, जिउ मास्ने बेच्ने कसूरका फरार प्रतिवादी नुवाकोट सूर्यगढी गाउँपालिका-२ ठेगाना भएका ५० वर्षीय टेक बहादुर लामिछानेलाई पुस ११ गते प्रहरीले काठमाडौं तारकेश्वर नगरपालिका-४ लोलाङ हाईटबाट पक्राउ गरेको छ । काठमाडौं नयाँबजार डेरा गरी बस्ने पीडित महिलाको श्रीमान बिरामी भई घरमा गएको मौकामा टेक बहादुरले ती महिलालाई श्रीमती बनाउँछु, दु:ख गर्नु पर्दैन भन्दै ललाई फकाई २०४९ जेठ ३० गते धनकुटा लैजाने भन्दै काकँडभिट्टा हुँदै भारतको नयाँदिल्ली पुर्याको र २ जना महिलालाई जिम्मा लगाई ३५ हजार भारतीय रुपैयाँमा बिक्री गरेको थाहा पाएपछि उनी बाटोबाटै भाग्न सफल भई २०४९ असार १६ गते नेपाल फर्केर २०४९ कात्तिक २६ गते टेक बहादुर विरुद्ध जिल्ला प्रहरी काठमाडौंमा मुद्दा दर्ता गराएकी थिइन् । सो मुद्दाको अनुसन्धानको क्रममा प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान व्यूरो ववरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी उपर थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।
काठमाडौं, मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ ठेगाना भएका ४२ वर्षीय कविराज कटुवाललाई गत मंसिर १६ गते प्रहरीले पक्राउ गरेको छ । कटुवालले वैदेशिक रोजगारीको सिलसिलामा माल बाहक पानी जाहजमा मासिक ९ सय अमेरिकी डलर तलब पाउने गरी सुरक्षा गार्डको काममा सिसेल्स देशमा लैजाने भनि विभिन्न प्रलोभनमा पारी पीडितलाई २०७८ बैशाख १२ गते दुबई हुँदै सोमालिया नजिकको समुन्द्री क्षेत्रमा पुर्याएकोमा पीडित बिरामी भई काम गर्न नसक्ने हुँदा कुनै प्रकारको उपचार नगराई पानी जाहजमानै राखेकोमा २०७८ असोज २ गते पीडितको मृत्यु भएको थियो । साथै मृतकको शव नेपाल झिकाउने सम्बन्धमा पीडितका परिवारले अनुरोध गर्दा समेत शव ल्याउनको लागि ४० लाख रुपैयाँ लाग्छ भनि मृतकको परिवारलाई क्षतिपुर्ति दिलाउने काममा समेत असहयोग गरेको घटनामा संलग्न कटुवाललाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ बाट पक्राउ गरेको हो ।यस सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको उक्त ब्यूरोले जनाएको छ ।
पर्सा, मानव वेचविखनमा परेका २ महिला तथा २ बालबालिकाको भारत, विहार राज्यस्थित छौँडादानो भन्ने स्थानबाट प्रहरीले बिहीबार उद्दार गरेको छ ।झापा जिल्लाबाट २ वर्ष अगाडि आ-आफ्नो एक-एक जना नाबालक छोराछोरी सहित हराएका १८ वर्षीया र १९ वर्षीया २ जना युवतीको खोजतलास गर्दै जाने क्रममा भारत, विहार राज्यस्थित छौँडादानो भन्ने स्थानमा आकर्षक काममा लगाइ दिने भनी झुक्याई प्रलोभनमा पारी वेचविखनमा परेको भन्ने खुल्न आए बमोजिम जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले माईती नेपाल पर्सा तथा भारतीय काउन्टरपार्ट्ससँग समन्वय गरी उनीहरुलाई उद्दार गरेको हो । मानव वेचविखन कसूरमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
काठमाडौं, बौद्ध भिक्षुको भेषमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न नवलपरासी देउचुली नगरपालिका-१७ ठेगाना भएका ३६ वर्षीय सन्त वीर लामालाई गत कात्तिक २९ गते प्रहरीले पक्राउ गरेको छ । काठमाडौं बौद्धस्थित सेतो गुम्बामा लामा पढाई गरिरहेका २ जनालाई सन्त वीरले आफू भारत कर्णाटक राज्यमा पर्ने मुडगोड लामा क्याम्प नम्बर १ स्यार गडेन मोनेष्ट्री गुम्बामा अध्ययन गरेको लामा गुरु भनि परिचय दिई कर्नाटकस्थित गुम्बामा गई लामा अध्ययन गर्यो भने राम्रो सुविधा पाईन्छ, नेपालको गुम्बामा पढाउने लामा (शिक्षक) पनि हुन पाईन्छ भन्ने जस्ता विभिन्न प्रलोभन देखाई दुबै जनालाई सिन्धुलीको वडा कार्यालयमा लगि सार गडेन बुद्धिस्ट कल्चर एसोसियसनको लेटरप्याडमा भारतको कर्णाटकमा लैजाने सिफारीस दिलाई पाउँ भनि पत्र लेखि पीडितहरूको जन्मदर्ता समेत बनाउने क्रममा उनको गतिविधि शंकास्पद भएको जानकारी हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनले हालसम्म नेपालका विभिन्न जिल्लाहरूबाट थुप्रै बालकहरूलाई लामा अध्ययन गर्न लैजाने बहानामा भारतमा लगि सकेको र उनले भारत लैजान काठमाडौं आरुवारीमा रहेको झुगो कदम्पा गुम्बामा अन्य तीन जना १० देखि १४ वर्ष सम्मका बालकहरूलाई राखेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । ती बालकहरूलाई प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उद्धार गरी बाल हेल्पलाईन सिविन रविभवन काठमाडौंको संरक्षणमा पठाई आवश्यक प्रकृया पश्चात मंसिर २ गते आफन्तको जिम्मा लगाएको छ । उनी उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भईरहेको मानव बेचविखन अनुसन्धान ब्यूरो बबरमहलले जनाएको छ ।
कास्की, मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका-८ जाल्पारोड बस्ने तनहुँ आबुखैरेनी गाउँपालिका-२ घर भएका २६ वर्षीय अर्जुन पन्त र पोखरा महानगरपालिका-१४ चाउथे बस्ने गोरखा गण्डकी गाउँपालिका-७ घ्यालचोक घर भएका २४ वर्षीय बिराज राना मगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका-८ जाल्पारोडस्थित संगिना खाजा घरमा महिलाहरूलाई ललाई फकाई प्रलोभनमा पारी तथा डर त्रास समेत देखाई बाध्य पारी यौन शोषण गर्न लगाउने गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले सोही खाजा घरका संचालक अर्जुन र बिराजले एक महिलालाई जबरजस्ती मोटरसाइकलमा लैजाँदै गरेको अवस्थामा फेला पारी महिलाको उद्दार गर्नुका साथै उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु उपर मानव बेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
काठमाडौं, मानव बेचविखनमा संलग्न रहेको अभियोगमा चितवन भरतपुर महानगरपालिका-१० बस्ने ५० वर्षीय बिश्वबन्धु घिमिरेलाई गत शनिबार भरतपुर महानगरपालिका-२ क्षेत्रपुरबाट प्रहरीले पक्राउ गरेको छ । घिमिरेले नृत्य सिक्ने क्रममा चिनजान भएकी १९ वर्षीया किशोरीलाई आफू कोरियोग्राफरको काम गर्ने तथा दुबईमा स्टेज शो मा महिनाको १ लाखदेखि ४ लाखसम्म कमाई हुने गरी लैजाने प्रलोभन देखाएकोमा उमेर नपुगेकोले जान नमिल्ने भन्दै २०७० फागुन ४ गते काकडभिट्टा हुँदै भारतको सिलगुढीबाट बैंगलौर पुर्याई चिफ ईन र सेनोरीता भन्ने रेष्टुरेन्टमा जबरजस्ती यौन व्यवसायमा लगाउने गरी बेचबिखन गरेको अवस्थामा किशोरीले आफन्तलाई जानकारी गराएपश्चार माईती नेपालको सहयोगमा उनलाई २०७१ वैशाख १५ गते उद्धार गरी नेपाल फिर्ता गरिएको थियो । नेपाल आएपश्चात पीडितको जाहेरीका आधारमा प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले घिमिरेलाई पक्राउ गरेको हो । घिमिरेले विगत ३० वर्षदेखि विभिन्न नृत्य केन्द्रहरूमा नृत्य प्रशिक्षकका रुपमा काम गर्ने गरेको खुल्न आएको छ । उनीउपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।
कास्की, मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका-१७ बिरौटा बस्ने ४२ वर्षीय सुरेश तामाङ र बारा कोल्बी नगरपालिका-१ कोल्बी बस्ने २६ वर्षीय ऋषि भट्टलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका-६ लेकसाईडस्थित होटल ड्रिमल्याण्डमा महिलाहरुलाई काममा लगाई दिन्छु भन्दै ललाई फकाई प्रलोभनमा पारी तथा डर त्रास समेत देखाई बाध्य पारी यौन शोषण गर्न लगाउने गरेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उक्त स्थानबाट उद्दार गरिएका पीडित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।उनीहरु उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
काठमाडौं, एक महिलालाई बेल्जियमा काम लगाईदिन्छु भन्दै बैंकक पुर्याई बेचविखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा बागलुङ गल्कोट नगरपालिका-४ घर भएका ४४ वर्षीय राजेन्द्र खड्कालाई काठमाडौं सिनामंगलबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ । खड्काले पीडित महिलालाई बेल्जियमको होटलमा काममा लगाई दिने, मासिक १ लाखदेखि डेढ लाख तलब हुन्छ भनी प्रलोभनमा पारी विभिन्न मितिमा ८ लाख ५४ हजार रुपैयाँ समेत लिई सन् २०१९ मे २२ मा भैरहवाबाट भारतको गोरखपुर, कलकत्ता हुदै थाईल्याण्ड र कम्बोडियासम्म पुर्याई थाईल्याण्डमा खड्काको कोठामा अर्का भारतीय अभियुक्त पर्विन्दर सिंह समेतले यौनशोषण गरी धम्की दिई मलेसिया लगि अलपत्र पारेकोमा आफन्तको सहयोगमा सन् २०२० मार्च १५ मा नेपाल फर्कन सफल भएकी पीडितको जाहेरीको आधारमा प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले हालसम्म फरार रहेका राजेन्द्रलाई सिनामंगलमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद अनुमति लिई मानब बेचविखन तथा ओसापसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गत आवश्यक अनुसन्धान कार्य भईरहेको उक्त व्यूरोले जनाएको छ ।
ललितपुर, अपहरण तथा शरीर बन्धक मुद्दाका २ जना अभियुक्तहरूलाई काठमाडौं ठमेल नर्सिङ चोकबाट गत मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाकिस्तानी नागरिकहरू राहदानी नम्बर बिटि५८४०९११ बाहक जिसान मुहम्मद र राहदानी नम्बर एएक्स७५९७९६२ बाहक ताज रिजवान रहेका छन् । गत सोमबार बेलुकी ललितपुर धापाखेलस्थित सिभिल होमको ४१७ नम्बर घरबाट पीडितले झ्यालबाट भागेर गुहार मागेपछि प्रहरी पुग्दा आफू अपहरणमा परेको जानकारी गराएपछि तत्काल महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले अनुसन्धान सुरु गरेको थियो । पीडित सोही दिन एयर अरेवियाको फ्लाईटबाट काठमाडौं हुँदै क्यानडा जान भनी एयरपोर्टमा आएकोमा एयरपोर्टमै लिन गएका उनीहरूले धापाखेल लगी सिभिल होममा राखी डोरीले बाधी उनी क्यानडा पुगिसकेको भनि घरबाट २५ हजार अमेरिकी डलर मागेपछि पीडितले मौका छोपी झ्यालबाट भागि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थलबाट डोरी, ब्लेड, रड लगायत सामग्रीहरु बरामद गरेको छ । उनीहरूउपर अपहरण तथा शरीर बन्धक सम्बन्धी मुद्दामा जिल्ला अदालत ललितपुरबाट १५ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परीसर ललितपुरले जनाएको छ ।
सुनसरी, कोशी गाउँपालिका-७ नेपाल भारत सिमा नजिकैबाट अपहरणमा परेका १३ वर्षीय बालकलाई प्रहरीले सकुशल उद्दार गरेको छ । साथै अपहरणमा संलग्न रहेको अभियोगमा भारत सुपौल ग्राम पंचायत बलबदैपुर-६ बैरयाकमाल बस्ने मुकुम मिँयालाई प्रहरीले पक्राउ गरेको छ । बालक अपहरणमा परेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले भारतीय प्रहरी समेतको सहयोगमा खोजी गर्ने क्रममा मिँयाले अपहरण गरी घरमा राखेको अवस्थामा फेला पारी ती बालकको उद्दार गरेको हो । मिँया नेपालबाट भारततर्फ नेपाली ज्याला मजदुरी गर्ने कामदारहरु लैजाने ठेक्दार रहेकोमा मिँयालाई नेपाली कामदारहरु १५/२० जनाको संख्यामा उपलब्ध गराई दिन्छु भनि नेपालतर्फ सुनसरी कोशी गाउँपालिका-७ बस्ने भुल्टन सदा लगाएत ५ जनाले अग्रिम २ लाख पैसा भुक्तानी लिई कामदार नपठाएपछि मिँया लगाएतको समूहले भुल्टन सदाको गाउँकै ती बालकलाई अपहरण गरी कुटपिट समेत गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । अपहरण मुक्त भएका ती बालकलाई अभिभावकको जिम्मा लगाउनुका साथै मिया उपर अपहरण तथा शरीरबन्धक शीर्षक अन्तर्गत थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।
काठमाडौं, २०७८ असोज १९ गते आफ्नै श्रीमतीलाई भारतमा लगि बेचबिखन गरेको अभियोगमा उनकै श्रीमान र नुवाकोट दुप्चेश्वर गाउँपालिका-१ बस्ने पासाङ तामाङलाई गत बुधबार प्रहरीले पक्राउ गरेको छ । पीडित महिलालाई उनकै श्रीमानले २०७१ सालमा १ लाख ६० हजार रुपैयाँ लिई पासाङको जिम्मा लगाएको, पासाङले बालाजुको होटलमा एक महिलाको जिम्मा लगाएको, महिलाले काम बापत मासिक १० हजार दिन्छु भनि भिनाजु पर्ने पुरुषको जिम्मा लगाएको, ती पुरुषले सुनौली हुँदै भारतको नयाँदिल्लीस्थित म्हेण्डो तामाङको घरमा पुर्याएको, म्हेण्डोले अर्कै मान्छेको जिम्मा लगाई आग्राको बेश्यालयमा ८ महिनासम्म जबरजस्ती बेश्याबृत्तिमा लगाएको, पुन: म्हेण्डोकै घरमा ल्याई ६४ नम्बरको गल्लीको कोठीमा राखी बेश्याबृत्तिमा लगाएकोमा नेपाली राजदूतावास र शक्ती समूहको सहयोगमा गत जेठ ३१ गते पीडित नेपाल फर्कन सफल भएकी थिइन् । पीडितले गत भदौ १ गते प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्यूरोमा उनीहरू विरुद्ध जाहेरी दिएपछि फरार रहेकामध्ये उनीहरूलाई ब्यूरोको प्रहरीले पक्राउ गरेको हो । उनीहरूउपर काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान भईरहेको र अन्य फरार रहेकाहरूको खोजी भइरहेको उक्त ब्यूरोले जनाएको छ ।
पर्वत, २०७८ असोज १५ गते मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा मोदी गाउँपालिका-५ बस्ने २४ वर्षीय सुर्यबहादुर भण्डारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।१४ वर्षीया किशोरीलाई असोज ६ गते भण्डारीले प्रेमको नाटक गरी विभिन्न प्रलोभनमा पारी नेपाल भारत सिमाना जोगबनी पुर्याएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई कुश्मा नगरपालिका-६ शिवालय चोकबाट पक्राउ गरेको हो ।उनी उपर मानव बेचबिखन तथा ओसारपोसार मुद्दामा जिल्ला अदालत पर्वतबाट १० दिन म्याद थप लिई आवश्यक अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।