प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
ताजा अपडेट
चारित्रिक प्रमाणपत्र

नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।


चालचलन प्रमाणपत्र सम्बन्धी थप जानकारी

Mission Statement

"कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धान एवं कानुन कार्यान्वयनद्धारा समाजमा शान्ति, सुव्यवस्था एवं सुरक्षा स्थापना गर्न प्रतिवद्ध, राष्ट्रप्रति समर्पित, स्वच्छ एवं व्यवसायिक प्रहरी"

उच्च मनोबलका साथ प्रहरी परिचालन गर्नुपर्ने - प्रहरी महानिरीक्षक दिपक थापा
२०८१-१२-१६

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले शान्ति सुव्यवस्था कायम राख्नु र जीउ धनको सुरक्षा गर्नु नेपाल प्रहरीको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै जस्तो सुकै विषम परिस्थितमा पनि उच्च मनोबलका साथ उपलब्ध संयन्त्रको अधिकतम उपयोग गरी प्रहरी परिचालन गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायतका विषयमा शनिबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक थापाले उक्त कुरा बताउनुभएको हो ।प्रहरी महानिरीक्षक थापाले आ-आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनु पर्ने उल्लेख गर्दै आपराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषण गरी आवश्यक सुरक्षा रणनीति एवम् प्रभावकारी प्रहरी परिचालनमा कटिबद्ध हुन निर्देशन दिनुभयो । आ-आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।प्रहरी महानिरीक्षक थापाले सीमित स्रोतसाधनको अधिकतम् प्रयोग गरी धैर्यताका साथ थप संवेदनशील भएर प्रहरी कर्मचारीहरूले आफ्नो काम कारवाही गर्नुपर्ने उल्लेख गर्दै आम नागरिकको समस्यालाई समयमै सम्बोधन गर्ने गरी प्रहरी परिचालित हुनुपर्नेमा जोड दिनुभयो । अवैध हातहतियार ओसार पसार, विष्फोटक पदार्थ ओसार पसार, तस्करी एवम् गुण्डागर्दी लगायतका अराजक गतिविधि नियन्त्रणमा प्रहरी निर्मम ढंगले अगाडी बढ्नुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, सात वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू एवम् जिल्ला प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो । 

  • अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
    २०८१-१२-१७

    दाङ, तुलसीपुर उपमहानगरपालिका-९ चुलिसेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-९ बेलुवा बस्ने २० वर्षीय सागर सुनारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  महोत्तरी, एकडारा गाउँपालिका-४ चकवाबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ग्राम सहित मनरा शिसवा नगरपालिका-९ बस्ने १७ वर्षीय किशोरलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हल्खोरीबाट खटिएको प्रहरीले  म.प्र.०२-००५ प ८९६३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै प्रहरीले हाल फरार मोटरसाइकलमा सवार अन्य १ जनाको खोजी गरिरहेको छ ।  नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-१४ बुद्दबस्तिबाट नियन्त्रित लागूऔषध स्पास ६ क्याप्सुल सहित सोही नगरपालिका-४ बस्ने १९ वर्षीय साजिर हुसेनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले लु.१९ प ७८६४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त लागूऔषध प्रतापपुर गाउँपालिका-१ भिठ्ठाबाट ल्याएको खुल्न आएपश्चात प्रतापपुर नगरपालिका-१ भिठ्ठा बस्ने ४५ वर्षीया कमला ठकुरीको घरबाट स्पास १२ क्याप्सुल, ओरेक्स एक सय एमएलको ८ बोतल फेला पारी कमलालाई समेत प्रहरीले पक्राउ गरेको छ । साथै सोही ठाउँ बस्ने विनोद कहारको घरबाट नाईट्राफल्स २ सय ७० पिस, नाईट्राभेट २ सय २५ ट्याब्लेट, ओरेक्स एक सय एमएलको १८ बोतल र  स्पास ४ सय २० क्याप्सुल समेत प्रहरीले बरामद गरेको छ ।  उदयपुर, त्रियुगा नगरपालिका-१२ शनि मन्दिरस्थितबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट सहित सोही नगरपालिका-१२ बस्ने १९ वर्षीय रोहित झा समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    [ विस्तृतमा ]
  • जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
    २०८१-१२-१७

    मोरङ, बेलबारी नगरपालिका-१० भाउन्ने चोक बस्ने ४५ वर्षीय सन्तोष याखाले आफ्नै घरमा संचालन गरेको प्रशान्त होटलभित्र जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय विष्णु कुमार दर्जी समेत ८ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५ हजार ८० रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । लमजुङ, बेसिशहर नगरपालिका-७ गैरीधारा बस्ने नन्द प्रसाद गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने ६२ वर्षीय रण बहादुर गुरूङ समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १९ हजार ४५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

    [ विस्तृतमा ]
  • अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ
    २०८१-१२-१६

    कैलाली, धनगढी उपमहानगरपालिका-३ मिलनचोक नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय २० मिलिग्राम सहित गौरीगंगा नगरपालिका-६ वनवेहडा बस्ने २९ वर्षीय कृष्ण खड्कालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको सु.प.प्र.०१००९ प ७२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    [ विस्तृतमा ]
प्रकाशित मिति शीर्षक कार्यहरु
२०८१-१२-१५ प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहहरू तर्फ रिक्त प्रा.प्र.नि.,प्रा.प्र.ना.नि. र प्रा.प्र.स.नि. पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८१-१२-१५)
२०८१-०८-२१ जनपद प्रहरी समूह तर्फ प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८१-०८-२१)
२०८१-०८-२१ प्रहरी कार्यालय सहयोगी पदको विशिष्टीकृत कार्य क्षेत्र चयन फाराम (२०८१-०८-२१)
२०८१-०८-२१ दरखास्त फाराम (२०८१-०८-२१)
२०८१-०५-२८ जनपद प्रहरी समूह तर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८१-०५-२८)
२०८१-०४-२८ नेपाल प्रहरी अस्पतालको आवश्यकता सम्बन्धि सूचना
नेपाल प्रहरी
सामाजिक सञ्जालमा

विभिन्न सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीसँग सम्बन्धित ताजा समाचार, सूचना र घटनाहरूको साथ सुचित रहनुहोस्।

प्रहरी अनुरोध कार्यक्रम: प्रहरी समाचार
रेडियो कार्यक्रम
रेडियो कार्यक्रम (२०८१-१२-१४)
रेडियो कार्यक्रम (२०८१-१२-११)
रेडियो कार्यक्रम (२०८१-१२-०७)
रिपोर्ट तथा प्रकाशन
अपराध तथ्याङ्क

नेपाल प्रहरी मोबाईल एप्स

Google Play र Apple app store मा उपलव्ध छ ।