प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चारित्रिक प्रमाणपत्र

नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।

 


 

चालचलन प्रमाणपत्र सम्बन्धी थप जानकारी

 

Mission Statement

"कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धान एवं कानुन कार्यान्वयनद्धारा समाजमा शान्ति, सुव्यवस्था एवं सुरक्षा स्थापना गर्न प्रतिवद्ध, राष्ट्रप्रति समर्पित, स्वच्छ एवं व्यवसायिक प्रहरी"

नवनियुक्त प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
नवनियुक्त प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८३-०५-१५

काठमाडौं, खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नवनियुक्त भएकामध्ये विभागीयतर्फका १६ जना प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रममा उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।  २०८२ मंसिर २६ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताको २०८३ भदौ ६ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ १६ र खुलातर्फ १३ जना गरी कुल २९ जना प्रहरी निरीक्षकहरू उत्तीर्ण हुनुभएको छ । नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८३ भदौ ९ गतेको निर्णयले भदौ १५ गतेदेखि लागू हुने गरी उहाँहरू प्रहरी निरीक्षक पदमा नियुक्त हुनुभएको हो । साथै उहाँले खुलातर्फका १३ जना  प्रहरी निरीक्षकहरूलाई नियुक्तिपत्र समेत प्रदान गर्नुभयो । दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रहरी महानिरीक्षक कार्कीले नवनियुक्त भएका प्रहरी अधिकृतहरूलाई बधाई दिनुका साथै नवप्रवेशी प्रहरी निरीक्षकहरूलाई प्रहरी संगठनमा स्वागत समेत गर्नुभयो । नवनियुक्त प्रहरी निरीक्षकहरूले प्रदर्शन गरेको समर्पण भाव, अथक परिश्रम र मेहनतको प्रतिफल स्वरूप यो सफलता हासिल भएको चर्चा गर्दै आगामी दिनमा विभागीय नीति, निर्देशन र संगठनको मूल्य मान्यता एवम् आदर्शलाई आत्मसात् गरी नागरिकलाई केन्द्रबिन्दुमा राखेर उच्च व्यावसायिकता, इमानदारीता र जिम्मेवारी बोधका साथ संगठनको श्रीवृद्धिमा योगदान पुग्ने गरी जिम्मेवारी वहन गर्न निर्देशन दिनुभयो ।  प्रहरी महानिरीक्षक कार्कीले बदलिँदो परिवेशमा देखा परेका सुरक्षा चुनौती, बहुआयामिक र तीव्र गतिमा परिवर्तनशील रहेको संगठित अपराध, साइबर अपराध, आर्थिक अपराध, प्रविधिको दुरूपयोगबाट सिर्जित अपराध लगायतका चुनौतीलाई सम्बोधन गर्न व्यक्तिगत ज्ञान, सिप, व्यावसायिक दक्षता तथा उच्च नैतिक आचरणका साथ कार्यसम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । साथै विपद् व्यवस्थापनमा देखा परेका समस्या एवम् चुनौतीहरूको उचित सम्बोधन गर्दै नागरिकको अपेक्षा अनुरूप जिम्मेवारी बोधका साथ कार्य गर्न समेत उहाँले निर्देशन दिनुभयो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू तथा प्रहरी अधिकृत एवम् जवानहरूको उपस्थिति रहेको थियो ।

  • अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
    २०८३-०५-१९

     झापा, झापा गाउँपालिका-४ सुकुमबासी बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २६ मिलिग्राम सहित बाह्रदर्शी गाउँपालिका-७ बस्ने २७ वर्षीय सन्तोष क्षेत्रीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।  यसैगरी झापा, दमक नगरपालिका-५ यलम्बर चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ३० मिलिग्राम सहित इलाम चुलाचुली गाउँपालिका-५ बस्ने ३५ वर्षीय हिरालाल विश्वकर्मालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१३ गंगापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खजुरा गाउँपालिका-१ सैनिक बस्ने २६ वर्षीय रस्मित थापा, बर्दिया बढैयाताल नगरपालिका-८ शितलाबजार बस्ने २९ वर्षीय पबन उपाध्याय र  सोही नगरपालिका-९ मैनापोखर बस्ने २७ वर्षीय शिशिर पौडेल रहेका छन् । प्रहरी चौकी तेलियपुर खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले रस्मितले प्रयोग गरेको भे.५ प २७२५ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  नवलपरासी पश्‍चिम, रामग्राम नगरपालिका-४ जितपुरबाट नियन्त्रित लागूऔषध डाईजेपाम २० एम्पुल, बुप्रेनोर्फिन २० एम्पुल र फेनारगन २० एम्पुल सहित रूपन्देही बुटवल उपमहानगरपालिका-२ पाखापानी बस्ने ३६ वर्षीय अमन राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गेर्मी समेतबाट खटिएको प्रहरीले लु.प्र.०१-००१ ह २७५० नम्बरको ई-रिक्सालाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी ई-रिक्सामा सवार अमनलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार ई-रिक्सा चालकको खोजी गरिरहेको छ ।  सुनसरी, देवानगंज गाउँपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित सोही गाउँपालिका-१ मेहता टोल बस्ने २० वर्षीय सन्दिप कुमार मेहतालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कप्तानगञ्जबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२५ प ७८९७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-२० बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय ९० ट्याब्लेट सहित दुहवी नगरपालिका-२ बस्ने २० वर्षीय मो.दिलकस समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय धरान समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, रामधुनी नगरपालिका-५ बसपार्कस्थित चाम्लिङ होटल एण्ड लजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम २ सय २० मिलिग्राम सहित हरिनगर गाउँपालिका-७ बस्ने ५२ वर्षीय मोजामिल अन्सारी समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उक्त होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-८ कान्तिपुर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ६० मिलिग्राम सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-८ बस्ने १९ वर्षीय प्रबत चौधरी, कैलारी गाउँपालिका-५ बस्ने २० वर्षीय सुजित चौधरी र ४२ वर्षीय श्याम बहादुर चौधरी रहेका   छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ मोतिचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८०  मिलिग्राम सहित सोही उपमहानगरपालिका-१५ बस्ने २२ वर्षीय राधेश्याम चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९ ग्राम ५ सय १० मिलिग्राम सहित सोही नगरपालिका-५ चिसापानी बस्ने ३२ वर्षीय दिपेन्द्र बैगार समेत ४ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले क.प्र.०२-००१ च ०८७६ नम्बरको स्कारपियो गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   सर्लाही, लालबन्दी नगरपालिका-८ गुम्बाटोलबाट अवैध लागूऔषध गाँजा करिब ७ सय ८५ ग्राम, नियन्त्रित लागूऔषध स्पास्मो १६ ट्याब्लेट र नाइट्राजेपाम ४ सय १० टयाब्लेट सहित सोही ठाउँ बस्ने ५६ वर्षीया दिल कुमारी गोलेलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    [ विस्तृतमा ]
  • भरूवा बन्दुक सहित एक जना पक्राउ
    २०८३-०५-१९

    अछाम, मेल्लेख गाउँपालिका-६  सिमसेली बस्ने ३३ वर्षीय भिम बहादुर खत्रीलाई भरूवा बन्दुक १ थान सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले भिम बहादुरको गोठ तलासी गर्दा उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

    [ विस्तृतमा ]
  • भोटेकोशी बाढी अपडेट : १ हजार २ सय ९३ जनाको शव फेला
    २०८३-०५-१९

    काठमाडौं, रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार १४:०० बजे सम्म १ हजार २ सय ९३ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १ सय ४० जना, नुवाकोटमा १ सय ८६ जना, धादिङमा ६५ जना, चितवनमा ३ सय ५९ जना, गोरखामा ७२ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय २१ जना र नवलपरासी पश्‍चिम १ सय ९४ जना र भारतमा भेटिएको (नवलपरासी पश्‍चिममा बुझाएको) १८ गरी १ हजार २ सय ९३ जनाको शव फेला परेको हो ।  फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म २ सय २२ महिला, ३ सय ५५ पुरूष र ४ सय ५३ नखुलेको गरी जम्मा १ हजार ३० वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २ सय ६० र आफन्तका ८ सय ४६ गरी कुल २ हजार १ सय ६ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार २ सय ६३ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।  बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय १२ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ८ सय ९८ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा ३ हजार ६ सय ५५ जना व्यक्तिहरूलाई राखिएको छ ।  प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।    

    [ विस्तृतमा ]
प्रकाशित मिति शीर्षक कार्यहरु
२०८३-०४-०८ जनपद प्रहरी समूहतर्फको प्रहरी निरीक्षक पदको माग पद संख्या थप गरिएको सम्बन्धी सूचना (२०८३-०४-०८) ।
२०८२-१२-२० जनपद प्रहरी समूहतर्फको प्रहरी जवान पदको माग पद संख्या थप गरिएको सम्बन्धी सूचना (२०८२-१२-२०) ।
२०८२-१२-२० प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त प्रा.प्र.ना.उ.,प्रा.प्र.नि.,प्रा.प्र.ना.नि.,प्रा.प्र.स.नि. र प्रा.प्र.ज. पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८२-१२-२०) ।
२०८२-१२-२० दरखास्त फाराम (२०८२-१२-२०)
२०८२-०८-२५ जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८२-०८-२६)
२०८२-०६-१० जनपद प्रहरी समूहतर्फ प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८२-०६-१०)
नेपाल प्रहरी
सामाजिक सञ्जालमा

विभिन्न सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीसँग सम्बन्धित ताजा समाचार, सूचना र घटनाहरूको साथ सुचित रहनुहोस्।

प्रहरी अनुरोध कार्यक्रम
रेडियो कार्यक्रम
रेडियो कार्यक्रम (२०८३-०५-११)
रेडियो कार्यक्रम (२०८३-०५-०८)
रेडियो कार्यक्रम (२०८३-०५-०४)

नेपाल प्रहरी मोबाईल एप्स

Google Play र Apple app store मा उपलव्ध छ ।

App Preview