प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ

२०८१-०२-३१

  • A
  • A-
  • A+
Share

मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले सुनसरी दुहबी नगरपालिका-४ बस्ने २० वर्षीय पारस चौधरी र झापा गौरादह नगरपालिका-२ बस्ने ३५ वर्षीय संजिव खड्कालाई २ ग्राम ५३ मिलिग्राम तथा मोरङ सुन्दर हरैचा नगरपालिका-४ बस्ने २१ वर्षीय मदन चौधरी र भोजपुर अरुण गाउँपालिका-१ बस्ने २० वर्षीय बिनोद सिवा परियारलाई ४१ ग्राम ३३ मिलिग्रामसहित पक्राउ गरेको हो ।

बाँके, नेपालगञ्ज उपमहानगरपालिका-६ रामनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२२ पुरैनी बस्ने २७ वर्षीय पम्पु धोबी र ४० वर्षीय सुकरेत रावत रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-७ बाबाथानबाट अवैध लागूऔषध चरेश १५ ग्राम ३ मिलिग्रामसहित सोही ठाउँ बस्ने २७ वर्षीय सुरज सुनारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै सोधपुछको क्रममा उक्त चरेश सोही नगरपालिका-२ पूर्णा टोल बस्ने ५० वर्षीय गणेश सिंह साउदबाट खरिद गरी ल्याएको खुल्न आएपछि गणेशको सोही ठाउँस्थित पसलबाट ६० ग्राम चरेश फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८१-०३-१२

काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित सारङ्गी छहारी गेष्टहाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ ७ ग्राम, ल्यापटप १ थान, मोबाइल ५ थान, ५६ हजार नेपाली रूपैयाँ, २ हजार ५ सय भारतीय रूपैयाँसहित ईलाम चुलाचुली गाउँपालिका-३ घर भएका २४ वर्षीय राज राईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनले लागूऔषध विक्री गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-८ तिलगंगा बस्ने झापा गौरादह नगरपालिका-७ घर भएकी ३२ बर्षीया सम्झना कुमारी बजगाईलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ४ पत्ता, गाँजा २ सय २० ग्राम र नगद ५१ हजार २ सय ५० रूपैयाँसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट पशुपती र प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनको डेरा कोठा तलासी उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१५ शर्मा गल्ली नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्रामसहित कोहलपुर नगरपालिका-८ गोल्छा बस्ने १९ वर्षीय  भुवन थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाहा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै  गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१२ मुक्तिपुर बस्ने बर्दिया गेडुवा गाउँपालिका-३ घर भएका ३० वर्षीय रवी थापालाई अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ ३० मिलिग्रामसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । दाङ, तुलसीपुर उपमहानगरपालिका-८ शुभबिहानी टोलबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ १३ किलोसहित रूकुमपश्चिम आठ्बिस नगरपालिका-३ बस्ने ४० वर्षीय टेक बहादुर बोहरासमेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले सोही ठाउँ डेरा गरी बस्ने रूकुम पश्चिम आठ्बिस नगरपालिका-३ घर भएकी ३३ वर्षीया लक्ष्मी बोहराको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । हाल फरार लक्ष्मीको प्रहरीले खोजी गरिरहेको छ ।कञ्चनपुर, पुनर्वास नगरपालिका-११ भिमबस्तीस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्रामसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-३ बोराडाडी बस्ने १९ वर्षीय आशिष बहादुर धानुक र सोही उपमहानगरपालिका-२ मिलनचोक बस्ने १९  वर्षीय छत्र बहादुर सिंह रहेका छन् । इलाका प्रहरी कार्यालय त्रिभूवनबस्तीबाट खटिएको प्रहरीले बेलौरीबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र.०१-०१० प ६४७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । कैलाली, गोदावरी नगरपालिका-२ तेघरीस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ६० मिलिग्रामसहित सोही नगरपालिका-२ बस्ने २४ वर्षीय अमित शोवलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित चार जना पक्राउ
२०८१-०३-११

  झापा, गौरिगञ्ज गाउँपालिका-१ कुञ्जिबारीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ  ६ ग्राम ७ सय ३० मिलिग्रामसहित सकमल गाउँपालिका-१ बस्ने ३० वर्षीय उद्धव भट्टराईसमेत २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महाभाराबाट खटिएको प्रहरी उनीहरूलाई पक्राउ गरेको हो ।  बर्दिया, बारबर्दिया नगरपालिका-३ लक्ष्मणपुरबाट अवैध लागूऔषध जस्तो देखिने खैरो पदार्थ १० ग्राम ८ सय ८० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद १२ हजार ९ सय ६० रूपैयाँसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको    छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय उमेश खत्री र उनकै श्रीमती २५ वर्षीया अनिता खत्री रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज, जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको संयुक्त प्रहरीले खत्रीको घर तलासी गर्दा उक्त पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८१-०३-१०

बाँके, कोहलपुर नगरपालिका-६ फरेनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्रामहित सोही नगरपालिका-२ बस्ने २१ वर्षीय अनिल कार्कीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बारा, जितपुरसिमरा उपमहानगरपालिका-२ सिमरा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ७ सय ६० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका-३२ बस्ने ३० वर्षीय मुन्नी लाल प्रसाद रौनियार र पर्सा पोखरिया नगरपालिका-२ बस्ने १९ वर्षीय दिपेन्द्र शर्मा रहेका छन् । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले वीरगंजबाट नारायणगढतर्फ जाँदै गरेको ना.६ ख ६०५९ नम्बरको बसलाई जाँच गर्दा बस चालकको सिट मुनी लुकाई छिपाई राखेको उक्त पदार्थ फेला पारी चालक मुन्नी लाल र सह-चालक दिपेन्द्रलाई पक्राउ गरेको हो । सुनसरी, कोशी गाउँपालिका-१ लौकहीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४४ मिलिग्रामसहित इटहरी उपमहानगरपालिका-१७ पकली बस्ने १९ वर्षीय रिजान खाँनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कञ्चनपुर, भिमदत्त नगरपालिका-११ गडडा चौकीको होल्डिङ सेन्टरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६३ मिलिग्रामसहित भिमदत्त नगरपालिका-२ बस्ने २९ वर्षीय पुरूषोत्तम जोशीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुर, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुर र इलाका प्रहरी कार्यालय गडडाचौकीबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-१६ भन्सारको मेन गेटबाट अवैध लागूऔषध गाँजा १० किलो ७ सय ग्रामसहित भारत बिहार राज्य मोतिहारी घोडासहान-६ बस्ने ४० वर्षीय गुलाब हसनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वा र सशस्त्र प्रहरी बल नेपाल सिमा प्रस्तावित सुरक्षा गुल्म वीरंगज पर्साबाट खटिएको संयुक्त टोलीले वीरंगजदेखि भारतको रक्सौलतर्फ पैदल जाँदै गरेका उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यसैगरी पर्सा, जिराभवानी गाउँपालिका-१ माहादेवपट्टी खोलास्थित सडकबाट अवैध लागूऔषध गाँजा ४ किलोग्रामसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत युपी राज्य राजस्थान गंगा नगर बस्ने ४४ वर्षीय कृष्ण लाल पाण्डे र पर्सा जगरनाथपुर गाउँपालिका-१ पिपडारी बस्ने ४२ वर्षीय शम्भु राम रहेका छन् । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले आरजे १३ एसओ २१८१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी मोटरसाइकलमा सवार दुवै जनालाई पक्राउ गरेको हो । बर्दिया, मधुवन नगरपालिका-७ दशरथबस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम २० मिलिग्रामसहित सोही नगरपालिका-७ ताराताल बस्ने ३२ वर्षीय धिरज कुमार चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध ब्राउनसुगरसित दुई जना पक्राउ
२०८१-०३-१०

काठमाडौं, टोखा नगरपालिका-८ बानियाटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २४ ग्राम ९१ मिलिग्राम, मोबाइल ५ थान, १९ हजार नेपाली रूपैयाँ, १ हजार भारतीय रूपैयाँसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्नेहरू बर्दिया गेरूवा गाउँपालिका-६ घर भएका १९ वर्षीय भरत बोहोरा र मोरङ कानेपोखरी गाउँपालिका-३ घर भएका २६ वर्षीय तुलाराम चौधरी रहेका छन् । उनीहरूले लागूऔषध खरिद बिक्री गरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर टेकु र प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । साथै प्रहरीले भरत बोहोराले प्रयोग गरेको बा.९० प ४२९१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित तीन जना पक्राउ
२०८१-०३-०९

मोरङ, बेलबारी नगरपालिका-१० भाउन्नेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्रामसहित झापा दमक नगरपालिका-८ बस्ने २४ वर्षीय भोला मण्डललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी डाँगिहाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । रूपन्देही,  गैडहवा गाउँपालिका-८ कोत्रहवास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ७० मिलिग्राम, मोबाइल २ थान र नगद ७७ हजार ९ सय रूपैयाँसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-४ मिमिहवा बस्ने २१ वर्षीय रबिन्द्र लोध र २३ वर्षीय लालमोहन लोध रहेका छन् । इलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले लु.२१ प ३२५३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित दुई जना पक्राउ
२०८१-०३-०९

कास्की, पोखरा महानगरपालिका-१७ छोरेपाटनबाट नियन्त्रित लागूऔषध डाईजापाम ७३ एम्पुल, फेनेरागन ७४ एम्पुल, बुर्फिन ६८ एम्पुलसहित अन्नपूर्ण गाउँपालिका-३ काडे बस्ने ४१ वर्षीय बिरेन्द्र तुलाचनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको     छ । जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम र लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय पोखराबाट खटिएको संयुक्त टोलीले लु.१ ख ४९५० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । बारा, बिश्रामपुर गाउँपालिका-३ बरैनिया चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्रामसहित भारत बिहार मोतिहारी नकरदेही थाना टोल बस्ने २९ वर्षीय प्रेम सहनीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।