प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित पाँच जना पक्राउ

२०८१-०३-१९

  • A
  • A-
  • A+
Share

कैलाली, लम्कीचुहा नगरपालिका-३ चिसापनीस्थित अछाम होटेलबाट सोही ठाउँ बस्ने ३१ वर्षीया दीपा बिष्टलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१ अस्पताल लाईनस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१ बस्ने २४ वर्षीय पवन गुप्तालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

सुनसरी, धरान उपमहानगरपालिका-४ पत्रङबारीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार २ सय ८३ क्याप्सुल, स्पास्मो प्रोक्सिभन ३ क्याप्सुल, कोलिबान १ सय ४८ ट्याब्लेट र नगद ४६ हजार ५० रुपैयाँ सहित सोही ठाउँ बस्ने ३३ वर्षीय खेम रानामगरलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै धरान उपमहानगरपालिका-१५ देउराली पथ डेरा गरी बस्ने संखुवासभा मादी मुलखर्क घर भएका २६ वर्षीय सुरज देवानको कोठाबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम २ सय ९० ट्याब्लेट, ट्रामाडोल २ हजार २ सय ८० क्याप्सुल, स्पास्मो प्रोक्सिभन १ सय ४० क्याप्सुल र गाँजा २ केजी सहित देवान र उनका साथी धरान उपमहानगरपालिका-८ बस्ने २३ वर्षीय युनिसेस राईलाई गए राति प्रहरीले पक्राउ गरेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८१-०३-२०

मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँट स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २० मिलिग्राम सहित सोही महानगरपालिका-३ बस्ने २१ वर्षीय पदम कार्कीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।झापा, विर्तामोड नगरपालिका-५ किरात चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका-१ बस्ने २१ वर्षीय आकाश बिष्ट, २७ वर्षीय टिकाराम दाहाल र २५ वर्षीय चेतन पुलामी मगर रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८१-०३-१९

 काठमाडौं, कीर्तिपुर नगरपालिका-६ जाल्पादेवी मन्दिर एरियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३४ ग्राम ४० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इलाम घर भएका २१ वर्षीय राज कुमार सुनुवार र २१ वर्षीय मनिराज मुखिया रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त कीर्तिपुरबाट संयुक्त रूपमा खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।बर्दिया, बारबर्दिया नगरपालिका-६ स्थित सडकबाट अवैध लागूऔषध गाँजा ५ सय ३२ ग्राम सहित सोही ठाउँ बस्ने ३६ वर्षीय गणेश चपाईलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८१-०३-१८

मोरङ, कानेपोखरी गाउँपालिका-५ पुरानो भैसाबारी बस्ने ३२ वर्षीय भक्त बहादुर अधिकारी र उनकै श्रीमती ३० वर्षीया बिमला कार्कीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्रामसहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र प्रहरी चौकी रमाईलोबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १६ मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका-६ बस्ने २८ वर्षीय सन्दिप मगर र ३२ वर्षीय सबिन सुब्बा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित तीन जना पक्राउ
२०८१-०३-१८

कपिलवस्तु, बाणगंगा नगरपालिका-८ लौगाईस्थित बोड्गाउँ डिजि फेन्सीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय नबिन बेलबासेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  झापा, मेचिनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्रामसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विर्तामोड नगरपालिका-७ बस्ने ३३ वर्षीय सुरज लामा र विर्तामोड नगरपालिका-५ बस्ने २२ वर्षीय बिजय मगर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२५ प २४४५ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित ४ जना पक्राउ
२०८१-०३-१७

झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम १७ मिलिग्रामसहित सोही नगरपालिका-५ देबी बस्ती बस्ने ३६ वर्षीय सन्तोष राजवंशी समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।धनुषा, जनकपुर उपमहानगरपालिका-१४ कार्यालय गेट अगाडि सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४४ ग्राम ६ सय ६० मिलिग्रामसहित जनकपुर उपमहानगरपालिका-२० रूपैठा बस्ने २६ वर्षीय अमित कुमार झालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले बागमती प्रदेश ०३-००१ ख २५१४ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।मकवानपुर, भिमफेदी गाउँपालिका-७ दमार कोगटे बस्ने ६१ वर्षीय बद्री बहादुर घागा मगरलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ४ किलो ६ सय मिलिग्रामसहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरीले उनको घरबाट उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

१ किलो २ सय ४७ ग्राम ७६ मिलिग्राम कोकिनसहित दुई जना तानजेनियन नागरिक पक्राउ
२०८१-०३-१७

काठमाडौं महानगरपालिका-१६ स्थित होटल ग्यालेरीबाट अवैध लागूऔषध कोकिन १ किलो २ सय ४७ ग्राम ७६ मिलिग्रामसहित २ जना तानजेनियन नागरिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तानजेनियन नागरिकहरू ५२ वर्षीय RAMADHANI SIMBA MWABUMBA र ५६ वर्षीय TWALIB KIPEVU PASHUA रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उक्त होटलको कोठा नम्बर २०४ बाट RAMADHANI लाई जुसको बट्टाभित्र ३५ वटा क्याप्सुलमा रहेको ६ सय ६ ग्राम ५५ मिलिग्राम र सोही होटलको कोठा नम्बर २०५ बाट TWALIB लाई जुसको बट्टाभित्र ३७ वटा क्याप्सुलमा रहेको ६ सय ४१ ग्राम २१ मिलिग्राम कोकिनसहित पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।