जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८१-०३-२८
- A
- A-
- A+
खोटाङ, २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जन्तेढुङगा गाउँपालिका-६ बस्ने ६३ वर्षीय बलबिर राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
राईले ती महिलालाई बुधबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।