प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
समाचार : साइबर अपराध
सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८१-१२-२२

काठमाडौं, सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-९ सिनामंगल डेरा गरी बस्ने सिराहा धनगढी नगरपालिका-७ गोलबजार घर भएका २७ वर्षीय राम बिहारी साफीलाई बुधबार प्रहरीले पक्राउ गरेको  छ । प्रेम सम्बन्धमा रहँदाका अन्तरङ्गसँग सम्बन्धित तस्विर/भिडियो सम्बन्ध बिग्रिए पश्चात सामाजिक सञ्जालमा पोष्ट गरिदिने र पीडितका आफन्तलाई पठाइदिने भनि धम्काउने, दुख हैरानी दिएको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सामाजिक सञ्जालको दुरूपयोग गरी युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ
२०८१-१०-०५

काठमाडौं, सामाजिक सञ्जालको दुरूपयोग गरी युवतीको चरित्रहत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१७ हाँडीगाउँ बस्ने २७ वर्षीय अभिनाश प्रधानलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । अभिनाशले पीडित युवतीसँग फेसबुकमा साथी बनी प्रेम सम्बन्ध भएको र सम्बन्ध बिग्रिए पश्चात् पीडितको अनुहारमा नग्न महिलाको तस्विर जोडी अपशब्द लेखि गालीगलौज गरी पीडितको म्यासेन्जरमा पठाई चरित्र हत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गर्ने तीन जना पक्राउ
२०८१-०८-२२

  काठमाडौं, सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा ३ जनालाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट चन्द्रपुर नगरपालिका जुडीवेला घर भएका ३९ वर्षीय कृष्ण प्रसाद अधिकारी भन्ने बिहानी बहादुर अधिकारी, चितवन भरतपुर महानगरपालिका-१२ घर भएका ३७ वर्षीय रूपक शर्मा पौडेल र सप्तरी बोदेबरसाइन नगरपालिका-६ फुल्काई घर भएका २४ वर्षीय लक्ष्मण यादव भन्ने जगदिश प्रसाद यादव रहेका छन् । पक्राउ मध्ये कृष्ण प्रसाद भन्ने बिहानी बहादुरले फेसबुकमा साथी बनी कुराकानीको क्रममा आदान प्रदान गरिएका गोप्य तस्विरहरू रेकर्ड गरी राखेर पीडितका आफन्त तथा साथीहरूको म्यासेन्जरमा पठाई चरित्र हत्या गरी दुःख हैरानी दिएको र रूपक शर्माले सामाजिक सञ्जालमा चिनजान भई प्रेम सम्बन्धमा रहँदा आदान प्रदान गरिएका गोप्य तस्विरहरू पीडकले अश्लिल शब्दहरू लेखी पीडितको सम्पर्क नम्बर सहित ह्वाट्स एप ग्रुपमा सेयर गरी दुःख हैरानी दिएको खुल्न आएको छ । यसैगरी लक्ष्मण यादव भन्ने जगदिश प्रसादले फेसबुक मार्फत चिनजान भई निकट सम्बन्धमा रहँदा खिचिएका तस्विर तथा रेकर्ड गरिएका भिडियोहरू आफन्त तथा साथीहरूका म्यासेन्जरमा पठाई चरित्र हत्या गरी दु:ख हैरानी दिएको घटनामा साइबर ब्यूरोमा मुद्दा दर्ता भई फरार रहेका उनलाई वैदेशिक रोजागरीको क्रममा कतारमा रही नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरको समन्वयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । कृष्ण प्रसाद भन्ने बिहानी बहादुर र रूपक शर्मा उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको र लक्ष्मण यादव भन्ने जगदिश प्रसादलाई आइतबार जिल्ला अदालत काठमाडौंमा पेश गरिने साइबर ब्यूरोले जनाएको छ ।

सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गर्ने फरार प्रतिवादी पक्राउ
२०८१-०६-१६

काठमाडौं, सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गर्ने फरार प्रतिवादी सुर्खेत गुर्भाकोट नगरपालिका-५ घर भएका २९ वर्षीय खगेन्द्र यरीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा साथी बनी कुराकानीका क्रममा म्यासेञ्जर मार्फत गोप्य तस्विर साटासाट भएको र सामाजिक सञ्जालमा फेक आईडी बनाई उक्त आईडी मार्फत आफन्त तथा साथीलाई ती गोप्य तस्विरहरू पठाई चरित्रहत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा साईबर ब्यूरोबाट खटिएको प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरसँगको समन्वयमा उनलाई वैदेशिक रोजगारीबाट नेपाल फर्कने क्रममा पक्राउ गरेको हो ।  वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहँदा खगेन्द्रले महिलाको चरित्र हत्या गरेको खुल्न आएको र उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा २०७९ वैशाख २३ गते साईबर ब्यूरोमा मुद्दा दर्ता भई फरारको सूचिमा रहेको तथा उनलाई इन्टरपोलद्वारा रेड नोटिस समेत जारी भएको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
२०८१-०१-२८

काठमाडौं, सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा मकवानपुर छतिवन बकैया गाउँपालिका-७ चुलुङ्गा घर भई काठमाडौं महानगरपालिका-३२ जडिबुटी बस्ने पीडितकै श्रीमान् २४ वर्षीय पुरूषलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा रहँदा वाट्स एपमा कुराकानी गर्ने क्रममा श्रीमान/श्रीमती बिचमा आदान प्रदान भएका गोप्य अङ्ग देखिने तस्विर/भिडियो सामाजिक सञ्जालमा फेक एकाउन्ट बनाई अपलोड गरी पीडितको साथीहरूले प्रयोग गर्ने सामाजिक सञ्जालहरूमा समेत पठाई चरित्र हत्या गरेको भन्ने उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा ती पुरूषको संलग्नता खुल्न आएपछि उनलाई पक्राउ गरेको हो । उनी उपर विद्युतिय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
२०८१-०१-२६

काठमाडौं, सामाजिक सञ्जाल फेसबुकमार्फत नाबालिकाको चरित्रहत्या गरेको अभियोगमा भक्तपुर, भक्तपुर नगरपालिका-४ काहालान्च घर भएका २८ वर्षीय पुरूषलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । नाबालिकाले फेसबुकमा पोष्ट गरेका तस्विरलाई अश्‍लिल तस्विरमा अनुहार जोडी अश्‍लिल गतिविधि युक्त कन्टेन्ट लेखेर फेक फेसबुक आईडीमा पोष्ट गरी चरित्र हत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा निजी विद्यालयका शिक्षक खुल्न आएका ती पुरूषको संलग्नता पुष्टि भएपछि उनलाई भक्तपुरबाट पक्राउ गरेको हो । उनी उपर काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद अनुमति लिई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा  प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

अश्लिल गतिविधि सार्वजनिक गरीदिने भनि ब्ल्याकमेल गर्ने व्यक्ति पक्राउ
२०८१-०१-१०

काठमाडौं, अश्लिल गतिविधि सार्वजनिक गरीदिने भनि ब्ल्याकमेल गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सिन्धुली तीनपाटन गाउँपालिका- ८ ठेगाना भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बस्ने ३६ वर्षीय कमल प्रसाद अधिकारीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।पाथीभरा माता नाम गरेको फेक फेसबुक मार्फत रोजगारीका लागि फिजिकल फिटनेसको जाँच गर्नुपर्ने भन्दै माग गरेको नग्न फोटो तथा भिडियो सामाजिक संजालमा सार्वजनिक गरीदिने भनेर ब्ल्याकमेल गरी दु:ख हैरानी दिएको उजुरीको आधारमा साईबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा उक्त कार्यमा अधिकारीको संलग्नता खुल्न आएपछि उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । उनीउपर विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

अनलाईनमार्फत ठगी गर्ने तीन जना चिनियाँ नागरिक पक्राउ
२०८०-१२-१८

पर्सा, अनलाईनमार्फत ठगी गरेको अभियोगमा ३ जना चिनियाँ नागरिकहरूलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चिन हुनान ठेगाना भएका ३३ वर्षीय LIU GUI CAI तथा चिन हुवेई ठेगाना भएका २६ वर्षीय WANG BOHAN र ३६ वर्षीय XIANG XIAO रहेका छन् । अनलाईन लटरी, सपिङ जस्ता विभिन्न प्रकारको प्रलोभन देखाई नेपाली तथा विदेशीहरूबाट सर्वसाधारण नेपाली तथा विदेशी व्यक्तिहरूलाई ठगी गर्ने गिरोह सक्रिय रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले निगरानी गर्ने क्रममा उनीहरूलाई पर्साका विभिन्न ठाउँबाट पक्राउ गरेको हो । साथै वीरगंज महानगरपालिका-१५ स्थित उनीहरूले भाडामा लिएको घरबाट कम्प्युटर सीपीयु १ सय २० थान, मनिटर १ सय १८ थान, राहदानी ३ थान, मोबाइल ३५ थान, भारतीय Geo Sim card १३ थान, ल्यापटप ४ थान, प्रिन्टर १ थान,  बैंक एटीएम कार्ड ३ थान, किबोर्ड २६ थान, इन्टरनेट स्वीच ५ थान, वाईफाई राउटर २ थान, मिनी इनभर्टर २ थान, गाडी १ थान, मोटरसाइकल १ थान र मलेशियन मुद्रा ३७ रिंगिट, ४३ हजार नेपाली रूपैयाँ र कम्बोडियन मुद्रा ३ हजार ५ सय प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अनलाइन क्यासिनो गेम खेलाउने ४ जना पक्राउ
२०८०-१२-०६

काठमाडौं, क्यास एप लगायतका एप्लिकेसन मार्फत हारजीत हुनेगरी अनलाइन क्यासिनो गेम खेलाएको अभियोगमा ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-७ चावहिल मनमैजु बस्ने काभ्रे मण्डनदेउपुर नगरपालिका-१० घर भएकी २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोक थाङपाल गाउँपालिका-८ घर भएकी २५ वर्षीया सारङ्गा गुरुङ, काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ वेशीगाउँ बस्ने खोटाङ बाहुनीडाँडा गाउँपालिका-६ घर भएकी २३ वर्षीया पुर्णीमा राई र काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ नामगेल बस्ने नुवाकोट शिवपुर गाउँपालिका-१ घर भएका २८ वर्षीय तेम्बा लामा रहेका छन् । विभिन्न खेलहरूमा अनलाईन मार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजीत हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन समेतबाट खटिएका प्रहरीले उनीहरूलाई अनलाइन गेम खेलाउन प्रयोग भएका ल्यापटप  ५ थान र मोबाइल ११ थानसहित उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ । 

सामाजिक संजालमार्फत नाबालिकाको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ
२०८०-११-२०

  काठमाडौं, सामाजिक संजाल फेसबुकमार्फत नाबालिकाको चरित्रहत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ गोल्खुपाखा बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-६ घर भएका २२ वर्षीय सुमन खत्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसवुकमा नाबालिकाले पोष्ट गरेका फोटो डाउनलोड गरी विभिन्न फेक आईडी खोली ती आईडीबाट नाबालिकाको फोटो प्रयोग गरी अश्लिल क्याप्सन लेख्ने साथै निज नाबालिका तथा उनकी दिदी र साथीहरूलाई अश्लिल तस्विर, भिडियो फेसबुक म्यासेन्जरमा पठाई दु:ख, हैरानीका साथै चरित्र हत्या समेत गरेको भन्ने पीडितको उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा सुमनको संलग्नता खुल्न आएपछि उनलाई ठमेलबाट पक्राउ गरेको हो । उनी उपर काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद अनुमति लिई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा  प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

सामाजिक संजालमार्फत महिलाको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ
२०८०-११-१०

काठमाडौं, सामाजिक संजालमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा नुवाकोट शिवपुरी गाउँपालिका-४ घर भई काठमाडौं टोखा नगरपालिका-११ बानियाटार बस्ने २७ वर्षीय किरण थापालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुक म्यासेन्जर मार्फत गोप्य फोटो तथा भिडियो सामाग्री एक आपसमा साटासाट भएको र सम्बन्ध विग्रिएपछि पीडकले उक्त फोटो एवम् भिडियो पीडितका आफन्त तथा परिवारजनमा पठाई चरित्रहत्या समेत गरेको भन्ने पीडित महिलाको उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा थापाको संलग्नता खुल्न आएपछि उनलाई काठमाडौं गोंगबुबाट पक्राउ गरेको हो । उनीलाई आवश्यक कारबाहीको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ । 

सामाजिक संजालमार्फत महिलाको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ
२०८०-१०-१६

काठमाडौं, सामाजिक संजाल यु-ट्युवमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा कीर्तिपुर नगरपालिका-४ आँगाटार बस्ने सिरहा लहान नगरपालिका-२४ स्थायी वतन भएका ३६ वर्षीय मनोज मानव भन्ने मनोज कुमार महतोलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । व्यक्तिगत तथा सामाजिक जीवनमा असर पार्ने विषयमा झूटो विवरणसहित भिडियो बनाई सामाजिक संजाल यु-ट्युवमार्फत प्रसारण गरी अनावश्यक दुःख, हैरानीका साथै चरित्रहत्या समेत गरेको भन्ने पीडित महिलाको उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा मनोजको संलग्नता खुल्न आएपछि उनलाई कीर्तिपुरबाट पक्राउ गरेको हो । उनी उपर काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद अनुमति लिई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कसूरमा  प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका थप २ जना पक्राउ
२०८०-०८-१८

काठमाडौं, सामाजिक सञ्जालको प्रयोग गरी अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गरेको अभियोगमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका लाजिम्पाट बस्ने काभ्रेपलाञ्चोक भुमलु घर भएका २७ वर्षीय सुरेश कुमार श्रेष्ठ र काठमाडौं महानगरपालिका-१४ घर भई कलंकी बस्ने २७ वर्षीय सुरज खड्का रहेका छन् । उनीहरूलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।  यसअघि आइतबार सोही अभियोगमा काठमाडौंका विभिन्न स्थानबाट ५ जनालाई प्रहरीले पक्राउ गरी कानुनी कारवाही प्रकृया अगाडि बढाएको थियो । 

अनलाईनमार्फत ठगी गरेको अभियोगमा एक जना पक्राउ
२०८०-०८-११

काठमाडौं, अनलाइनमार्फत १ लाख ३५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-३ ईमाडोल बस्ने सप्तरी कञ्चनरूप नगरपालिका-९ घर भएकी २७ वर्षीया सुजता चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  चौधरीले आफू टर्किको नागरिक हो भनि फेसबुकमार्फत साथी बनाएकालाई कुरियरबाट मोबाइल, घडि, जुत्ता, सुनका गहना, मेकअप लगायतका सामानहरू पठाएको र उक्त सामान काठमाडौं एयरपोर्टमा आइपुगेकोले सामानको कस्टम, डेलीभरी र इन्सुरेन्स वापतको रकम तिर्नुपर्छ भन्दै विभिन्न व्यक्तिहरुको नामको बैंक खातामा रकम जम्मा गर्न लगाई ठगी गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।   उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ । 

हुण्डी तथा अनलाईन गेम्बलिङ संचालन गर्ने श्रेष्ठ पक्राउ
२०८०-०८-०७

काठमाडौंहुण्डी, अनलाईन गेम्बलिङ, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबार गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२८ बागबजार बस्ने ४८ वर्षीय रूपेश श्रेष्ठ बुधबार दिउँसो पक्राउ परेका छन् । काठमाडौंका विभिन्न स्थानमा केही व्यक्तिहरुले आपराधिक समूह बनाई नेपाल राष्ट्र बैंकबाट अनुमति नलिइ अवैध रूपमा हुण्डी कारोबार गरेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न श्रेष्ठलाई पक्राउ गरेको हो । श्रेष्ठले नेपाल राष्ट्र बैंकसँग इजाजतपत्र नलिई विद्युतिय माध्यम क्यासएप जस्ता मोबाइल एप्स प्रयोग गरी हुण्डी, अनलाइन गेम्बलिङ, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबार गरेको खुल्न आएको छ । साथै उनको घरबाट ८९ लाख ६९ हजार नेपाली रूपैयाँ, अमेरिकी डलर ७ हजार २६, ल्यापटप ३ थान, सिपियु ६ थान, टेलर मेसिन १ थान, सिसिटिभि एनभिआर १ थान, मोबाइल ८ थान, राहदानी २ थान, नागरिकता १ थान र विभिन्न मिति तथा व्यक्तिको नाममा काटिएका बैंक चेक ६४ थान बरामद भएको   छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अनलाईनमार्फत ठगी गरेको अभियोगमा नौ जना पक्राउ
२०८०-०८-०७

कैलाली, अनलाईनमार्फत ठगी गरेको अभियोगमा धनगढी उपमहानरपालिका-५ तारानगरबाट ५ जना नेपाली नागरिक र ४ जना भारतीय नागरिक गरी जम्मा ९ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा डोटी सिखर नगरपालिका-१० बस्ने २१ वर्षीय प्रशान्त बलायर, कञ्चनपुर पुर्नवास नगरपालिका-६ बस्ने २९ वर्षीय मिन बहादुर सुनार, बेलडाडी गाउँपालिका-२ बस्ने ३० वर्षीय विशाल सुनार, सोही ठाउँ बस्ने २८ वर्षीय कमल सुनार, २२ वर्षीय जयराम सुनार, भारत दिल्ली पालङ्गा बस्ने ३२ वर्षीय अमित कुमार, भारत उत्तमनगर दिल्ली बस्ने २६ वर्षीय कुनाल शर्मा, भारत करोलबाग दिल्ली बस्ने २४ वर्षीय निखिल कुमार र भारत दिल्ली बस्ने १९ वर्षीय प्रियंसु टापु रहेका छन् ।  धनगढी उपमहानरपालिका-५ तारानगरस्थित शिवदत्त पाण्डेयको घरमा सुनार समेतले अबैध रुपमा आईटी सेक्टर सञ्चालन गरी विभिन्न बहानामा मनी लाउण्डरिङ, दुर्घटना बिमा लगायत विषयमा प्रलोभनमा पारी विशेष गरी पोल्याण्ड लगायतका नागरिकहरुलाई अनलाईन ठगी गर्ने गरेको भन्ने सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद २९ लाख ३२ हजार ३ सय भारतीय रूपैयाँ, ल्यापटप ११ थान, मोबाइल १० थान, वाईफाई राउटर १, हेडफोन १२ थान र किबोर्ड १ थानसहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गर्ने महतो पक्राउ
२०८०-०७-२३

काठमाडौं, सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गरेको अभियोगमा सिरहा लहान नगरपालिका-२४ घर भई हाल काठमाडौं बस्ने ३६ वर्षीय मनोज मानव भन्ने मनोज कुमार महतोलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । टिकटक र फेसबुकमार्फत पीडित महिलाको तस्बिर तथा श्रव्यदृश्य सामग्री दुरुपयोग गरी चरित्रहत्या गर्ने उद्देश्यले क्याप्सन समेत लेखी सामाजिक सञ्जालमा प्रकाशन तथा प्रसारण गरेको भन्ने उजुरीको आधारमा साईबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा उक्त कार्यमा महतोको संलग्नता खुल्न आएपछि उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । उनीउपर विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट  आवश्यक अनुसन्धान भइरहेको छ ।

क्यानडा पठाई दिने भनी अनलाईन मार्फत ठगी गर्ने दुई जना पक्राउ
२०८०-०५-१९

काठमाडौं, सामाजिक सञ्जाल इन्स्ट्राग्रामको टाइमलाइन स्टोरीमा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारको लागि क्यानडा पठाई दिने भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की माछापुच्छ्रे गाउँपालिका-६ ठेगाना भएका ३० वर्षीय लक्ष्मण नेपाली र सप्तरी राजविराज नगरपालिका-४ ठेगाना भएका ३५ वर्षीय महावीर प्रसाद साह रहेका छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । क्यानडाको वर्क परमिट भिसा पाइने भन्दै सामाजिक सञ्जालमा नक्कली बिज्ञापन पोष्ट गरी सम्पर्कमा आएका पीडितलाई क्यासियरको काम लगाइदिन्छु, मासिक ५ लाख ४५ हजार रूपैयाँ तलव हुन्छ, प्रोसेसिङको लागि आवश्यक कागजातहरु पठाउन रकम तिर्नुपर्छ भन्दै विभिन्न व्यक्तिहरूका नामको खाताहरुमा पटक-पटक गरी जम्मा ३४ लाख ५७ हजार ७ सय १० रूपैयाँ रकम पठाउन लगाई उनीहरुले ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरूलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ । 

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
२०८०-०५-१३

भक्तपुर, सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राखी चरित्रहत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका-१४ ठेगाना भएका २५ वर्षीय सुसन चौगुठीलाई प्रहरीले पक्राउ गरेको छ । फेसबुकमा केटी साथीहरूसँग नजिक भई प्रेम जालमा पारी विभिन्न बहानामा खिचिएका अश्लिल फोटो तथा भिडियोहरूको दुरूपयोग गरी नक्कली फेसबुक आइडी बनाई उक्त भिडियोहरू पीडितको आफन्तहरूलाई समेत पठाई  चरित्र हत्या गरेको घटनामा संलग्न चौगुठीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि नेपाल प्रहरी प्रधान कार्यालय, साईबर ब्यूरो भोटाहिटी पठाइएको छ । 

सामाजिक सञ्जालमार्फत रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ
२०८०-०५-०७

काठमाडौं, विभिन्न सामाजिक सञ्जालमार्फत रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सा बहुदामाई नगरपालिका-८ बस्ने ३० वर्षीय राज कुमार पण्डीत र रौतहट कटहरीया नगरपालिका-१ बस्ने २१ वर्षीय उमेश कुमार यादव रहेका छन् । सामाजिक सञ्जाल टिकटक, फेसबुक, ह्वाट्सएपमा जमजम ईलेक्ट्रोनिक्स मार्फत लक्की ड्रमा आईफोन जितेको र कस्टम क्लियरेन्सको लागि पैसा पठाउनु पर्छ भन्दै पीडित महिलालाई विभिन्न बैंक खातामा रकम जम्मा गर्न लगाई ठगी गरेको उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा उनीहरुको संलग्नता रहेको खुल्न आएपछि उनीहरुलाई ललितपुर, कुपण्डोल गुसिङ्गालबाट पक्राउ गरेको हो । उनीहरुबाट नगद ४९ लाख ९५ हजार रुपैयाँ, मोबाईल ७ थान, सिम १ सय ८३ थान, एटिएम कार्ड १२ थान र राउटर १ थान प्रहरीले बरामद गरेको छ । उनीहरु उपर विद्युतीय माध्यम सम्बद्ध ठगी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा पक्राउ
२०८०-०५-०५

  काठमाडौं, सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा अर्घाखाँची भुमिकास्थान नगरपालिका-४ घर भई हाल ललितपुर महानगरपालिका-१९ कुमारिपाटी बस्ने २९ वर्षीय तुफान केसीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  फेसबुक म्यासेन्जरमा आएको भिडियो कल चिनजानकै व्यक्तिको भनि रिसिभ गर्दा अश्लीलता प्रदर्शन गरेको र यस्ता गतिविधि नगर्न आग्रह गर्दा पीडितकै फेसबुकमा पोष्ट गरेका तस्विरहरूमा अश्लील र अपमानजनक शब्दहरू प्रयोग गरी चरित्रहत्या गरेको उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा केसीको संलग्नता खुल्न आएपछि उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको छ ।

सामाजिक सञ्जालको दुरुपोग गरी ठगी गर्ने सात जना पक्राउ
२०८०-०३-२८

उदयपुर, सामाजिक सञ्जालको दुरूपयोग गरी रकम ठगी गरेको अभियोगमा झापा बिर्तामोड नगरपालिका-५ ईन्द्रटोल बस्ने भारत उत्तराखण्ड पौडी गढवाल भृगुखाल घर भएका २५ वर्षीय प्रविण भट्ट समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  उदयपुर कटारी नगरपालिका-४ बस्ने ३६ वर्षीया महिलालाई सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जर तथा ह्वाट्सएप मार्फत कुराकानी हुँदै जाँदा तपाईलाई सामान र अमेरीकी डलर ७० हजार पठाइदिएको छु भन्दै त्यसको ट्याक्स वापत १ लाख ३० हजार ६ सय २७ रुपैयाँ पठाउन लगाई ठगी गरेको खुल्न आएपछि उनीहरुलाई विभिन्न मिति र स्थानबाट प्रहरीले पक्राउ गरेको   हो । साथै उनीहरुले खोलेको संस्थाको खातामा एक वर्षमा १ अर्ब ९ करोड १ लाख ४२ हजार ३ सय ९३ रुपैयाँको कारोबार भएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।उनीहरुउपर मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) र संगठीत अपराध सम्बन्धी कसूरमा जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ । 

नक्कली प्रोफाइल बनाई चरित्रहत्या गर्ने व्यक्ति पक्राउ
२०८०-०२-३०

काठमाडौं, सामाजिक सञ्जालमा नक्कली प्रोफाइल बनाई चरित्रहत्या गरेको अभियोगमा पर्वत कुश्मा नगरपालिका-१४ स्थायी वतन भएका ४२ वर्षीय राम कुमार सुनारलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरूमा पीडितको तस्विर र नाम राखी नक्कली प्रोफाइल खोली अश्लील तस्विर तथा भिडियोहरूमा अनुहार जोडी दुःख, हैरानी तथा चरित्रहत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट सुनारको संलग्नता खुल्न आएपछि नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटी काठमाडौंबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा उनलाई पोखराबाट पक्राउ गरेको हो ।  उनीउपर विद्युतीय कारोबार ऐन, २०६३ अपराध अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट छ दिन म्याद थप भई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८०-०२-२४

काठमाडौं, अनलाइन ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा दोलखा कालिन्चोक गाउँपालिका-७ घर भई काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-६ मुलपानी बस्ने २२ वर्षीय अरूण सिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ ।  पीडितसँग चिनजान गरी ईसेवा तथा खल्ती वालेटहरुबाट हुने कारोबार तथा रकम ट्रान्सफर जस्ता कार्यहरु सिकाईदिने भन्दै फरक ब्यक्तिको फोटो राखी ईसेवा तथा खल्ती वालेटहरु खोली विभिन्न बहाना बनाई झुक्याई पीडितको बैंक खाता तथा मोबाइल बैंकिङमा पहुँच पुर्‍याई खाताबाट अन्यत्र बैंक खाता तथा वालेटहरुमा रकम ट्रान्सफर गरी अनलाईनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।

अनलाइनबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ
२०८०-०२-१०

काठमाडौं, अनलाइनबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-१९ पुरनचौर बस्ने २१ वर्षीय मनीष भुजेललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । भुजेलले सामाजिक सञ्जाल ईस्न्याप च्याट एवम् भाइबरमार्फत पीडित नाबालिकासँग कुराकानीकै क्रममा विभिन्न प्रलोभन देखाई, फकाई-फुल्याई अश्लील कुराकानी तथा भिडियो च्याट गरी सो कार्यको स्क्रिन रेकड गरेको, पीडितले त्यस्ता अवाञ्छित हर्कत गर्न नमानेपछि धम्कीपूर्ण म्यासेज पठाउनुका साथै पीडितकी आमालाई समेत विभिन्न अनर्गल कुराकानीहरू गरी म्यासेज पठाई पीडित नाबालिकालाई अनावश्यक मानसिक तनाव, दु:ख, हैरानी र बेइज्जत गर्नुका साथै चरित्रहत्या गरेको खुल्न आएपछि नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा उनलाई कास्की पोखराबाट पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गर्ने पक्राउ
२०७९-१२-२६

काठमाडौं,सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा पर्वत मोदी गाउँपालिका-२ घर भएका २६ वर्षीय विश्व शर्मालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  सामाजिक सञ्जाल फेसवुकमा महिलाको नक्कली प्रोफाइल बनाई साथी बन्न सन्देश पठाएपछि उक्त अनुरोधलाई स्वीकार गरी वार्तालाप गर्दै जाँदा माया प्रेमको कुराकानी गर्नुका साथै विभिन्न बहाना बनाई पटक-पटक रकम माग गरेकोले विभिन्न बैङ्क खाताहरुबाट बैंङक खाताहरु तथा डिजिटल वालेटहरु मार्फत करिब ६० लाख रुपैयाँ पठाइ सक्दा समेत थप रकम माग गरेको भन्ने उजुरीको आधारमा साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले ठगीमा संलग्न उनलाई पर्वत मोदी गाउँपालिका-२ बाट पक्राउ गरेको हो । उनी उपर सामाजिक सञ्जाल दुरुपयोग गरी ठगी अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ । 

सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गर्ने व्यक्ति पक्राउ
२०७९-१०-१६

काठमाडौं, सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका-७ खड्काथोक बस्ने २४ वर्षीय अर्जुन खड्कालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा पीडित महिलासँग चिनजान भई म्यासेञ्जरमा कुराकानी गरी प्रेम सम्बन्ध स्थापित गर्ने, शारीरिक सम्बन्ध राखी उक्त सम्बन्धको अश्लिल फोटो तथा भिडियो बनाई पीडितको साथीको फेसबुक म्यासेञ्जरमा पठाएर पीडितलाई अनावश्यक दु:ख, हैरानी दिने, समाजमा पीडितको चरित्रहत्या, बदनाम, बेईज्जत हुने कार्य गरेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनी उपर विद्युतिय कारोवार ऐन, २०६३  अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान कार्य भइरहेको छ । 

टेलीग्राम च्याट ग्रुपमा अश्लिल भिडियो पोष्ट गरी आर्थिक लाभ लिने व्यक्ति पक्राउ
२०७९-०९-१५

काठमाडौं, टेलीग्राम च्याट ग्रुपमा अश्लील भिडियो पोष्ट गरी आर्थिक लाभ लिने कार्यमा संलग्न काठमाडौं बुढानिलकण्ठ नगरपालिका-९ उमंटोल बस्ने धादिङ थाक्रे गाउँपालिका-७ घर भएका १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।  ती किशोरीले सामाजिक सञ्जालको माध्यमद्वारा प्रेमी-प्रेमिकाको बहानामा अनलाईन अश्लील क्रियाकलाप गर्ने र उक्त क्रियाकलापको श्रव्यदृश्य तथा तस्विरहरू गोप्य रूपमा अभिलेखीकरण गर्ने त्यस पश्चात सामाजिक सञ्जाल टेलीग्राममा निर्माण गरिएका विभिन्न च्याटग्रुपहरुमा आर्थिक लाभका लागि सोही अश्लिल भिडियो तथा तस्वीरहरु प्रसारण गरी महिला तथा नावालिकाहरुको चरित्रहत्या गर्ने, दुःख हैरानी दिने कार्यमा संलग्न रहेकोले उनलाई नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
२०७९-०९-१४

काठमाडौं,  सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा भक्तपुर, भक्तपुर नगरपालिका-९ बस्ने २५ वर्षीय सुमन त्योछिनलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा कुराकानी गर्ने क्रममा पीडित महिलालाई अश्लिलता प्रदर्शन गर्न करकाप गरी अन्य महिलाको नग्न तस्वीरमा पीडितको टाउको जोडी पीडित लगायत पीडितका आफन्त तथा साथीहरुले प्रयोग गर्दै आएको फेसबुक म्यासेन्जरमा उक्त अश्लिल तस्वीर पठाई पीडितलाई मानसिक तनाव,  दु:ख हैरानी दिने कार्यमा संलग्न रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले भक्तपुरबाट पक्राउ गरेको हो ।  उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाएको अभियोगमा पक्राउ
२०७९-०८-२०

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाएको अभियोगमा चितवन रत्ननगर नगरपालिका-५ झुवानीटोल बस्ने १८ वर्षीय किशोरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । सर्वसाधारणलाई झुक्यानमा पारी ठगी गर्ने अभिप्रायले उक्त ब्यूरोको नक्कली फेसवुक पेज बनाउने कार्यमा संलग्न उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनी उपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

कम्प्यूटर सामाग्रीमा अनधिकृत पहुँच पुर्‍याई डाटा नष्ट गरी हानी नोक्सानी पुर्‍याउने व्यक्ति पक्राउ
२०७९-०५-२३

काठमाडौं, कम्पयूटर सामाग्रीमा अनधिकृत पहुँच पुर्‍याई डाटा नष्ट गरी हानी नोक्सानी पुर्‍याउने ललितपुर महानगरपालिका-२ झम्सिखेलस्थित Genese Solution Pvt. Ltd का संचालक काठमाडौं महानगरपालिका-९ बत्तिसपुतली बस्ने ५० वर्षीय प्रशन्न पोखरेललाई बुधबार प्रहरीले पक्राउ गरेको छ   सुन्दर ग्रुप अफ कम्पनीज प्रालि सञ्चालन गरी कम्प्यूटर तथा लेखा सम्बन्धी उपकरणहरुको कारोवार गर्ने, कम्प्यूटरको थोक व्यापार गर्ने, विविध वस्तुहरुको आयात निर्यात गर्ने लगायतका विविध सेवा प्रदान गर्दै आएकोमा सोही कम्पनीले आफ्नो र ग्राहकहरुको हितलाई लक्षित गरी निर्माण गरिएको वेब पोर्टल र डाटाहरुलाई होस्टिङ सर्भिस प्रोभाइडर Genese Solution Pvt. Ltd ले अनधिकृत रूपमा होस्टिङ एकाउन्टमा प्रवेश गरी बिना सूचना डाटाहरु नष्ट गरी क्षती पुर्‍याउने कार्यमा संलग्न प्रशन्नलाई प्रहरीले पक्राउ गरेको हो ।उनी उपर जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ । 

स्रोत नखुलेको नगद सहित पक्राउ
२०७९-०५-१९

पर्सा, वीरगञ्ज महानगरपालिका-१६ शंकराचार्य गेटस्थित सडकबाट स्रोत नखुलेको नगद ७ लाख रूपैयाँ सहित बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने ५० वर्षीय हरिनारायण प्रसाद कुर्मीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  भारत रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.२८ प २८९० नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलको सिटमुनी तथा ट्याङ्कीमा लुकाई ल्याएको उक्त नगद फेला पारी हरिनारायणलाई पक्राउ गरेको हो ।  उनी उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा अनुसन्धान भइरहेको छ । 

सामाजिक सञ्जाल मार्फत् दु:ख, हैरानी तथा अपमान गर्ने पक्राउ
२०७९-०५-१५

काठमाडौं,  सामाजिक सञ्जाल भाइबर मार्फत् नाबालिकालाई दु:ख, हैरानी तथा अपमान गरेको अभियोगमा भारत मोतिहारी चिरैया सेनवरिया घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने १९ वर्षीय मोहम्मद रमीज राजालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । राजाले नाबालिकाको तस्वीर ईडिट गरी बनाएको अश्लिल भिडियो भाइबर मार्फत् पठाई डर त्रास देखाई नाजायज फाईदा लिन खोजेको र उद्देश्य पुरा नहुने भएपछि उक्त भिडियो सार्वजनिक गरीदिने भनि नाबालिकालाई मानसिक यातना तथा दु:ख हैरानी दिएको खुल्न आएपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।  यसैगरी सामाजिक सञ्जाल ईन्सटाग्राम तथा बिगो मार्फत् महिलालाई ब्ल्याकमेल गरी मानसिक यातना तथा दु:ख हैरानी दिएको अभियोगमा ताप्लेजुङ फुङ्लिङ नगरपालिका-४ घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध भृकुटीचोक बस्ने ३२ वर्षीय जेम्स तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । ईन्सटाग्राम तथा बिगो मार्फत् ती महिलालाई विभिन्न प्रलोभन देखाई अश्लिलता प्रदर्शन गर्न बाध्य पारी सोको स्क्रिन सट लिई आर्थिक लाभका लागि सामाजिक सञ्जालमा प्रसारण गरीदेने भन्दै ब्ल्याकमेल, मानसिक यातना तथा दु:ख हैरानी दिने कार्यमा संलग्न जेम्सलाई प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ परेका उनीहरू उपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी आवश्यक अनुसन्धान भइरहेको छ  ।

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको अभियोगमा पक्राउ
२०७९-०४-०६

  काठमाडौं, सामाजिक सञ्जालमा तेश्रो लिङ्गीको तस्विर र महिलाको सम्पर्क विवरण समेत उल्लेख गरी चरित्र हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-५ स्थायी वतन भएका ईनड्राईभरका ट्याक्सी चालक २४ वर्षीय कर्म वाङ सिङ लामालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  प्रारम्भिक अनुसन्धानको क्रममा कर्मले सामाजिक सञ्जाल फेसबुकमा फेक एकाउन्टमार्फत पीडितको तस्विर अपलोड गरी पीडितका साथीहरूसँग पैसा समेत माग्ने र सामाजमा झुठा अफवाह फैलाउनुका साथै सोही फेक एकाउन्ट प्रयोग गरी स्टडी म्याटिरियल नामक म्यासेन्जर ग्रुपमा अर्की पीडित महिलाको पेशा देह व्यापार हो भन्ने आशयका शब्दहरू पोष्ट गरेको खुल्न आएको छ । साथै पीडित महिलाले ईनड्राईभर नामक राइडर एप्लिकेसन प्रयोग गर्ने क्रममा दिएको नाम, ठेगाना र मोवाइल नम्बर सहितको विवरणको दुरुपयोग गरी पोर्न साइटमा समेत पीडितको व्यक्तिगत विवरण सेयर गरेको खुल्न आएको छ । पीडितहरूलाई ब्यक्तिगत र सामाजिक रुपमा मानसिक तनाव, दु:ख, हैरानी दिई बदनाम गराई चरित्र हत्या गर्ने कार्यमा संलग्न कर्मलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनी उपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता भई जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।  

सामाजिक सञ्जाल मार्फत् नाबालिका तथा महिलाको चरित्र हत्या गरेको अभियोगमा पक्राउ
२०७९-०२-२७

काठमाडौं, सामाजिक सञ्जालमा नाबालिका तथा महिलाको भिडियो/तस्वीर सम्प्रेषण गरी चरित्र हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-६ चोच्छे बस्ने २० वर्षीय बिकेश सोजुँ र खोटाङ ऐसेलुखर्क गाउँपालिका-१ स्थायी वतन भई हाल काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने २० वर्षीया भोज कुमारी दाहाल रहेका छन् ।  अश्लिल भिडियो बनाई पीडित नाबालिकाको आफन्त तथा साथीभाइलाई सामाजिक सञ्जालमा पठाई चरित्र हत्या गरेकोले बिकेशलाई धुलिखेल नगरपालिका-६ बाट बुधबार र महिलाको तस्वीर दुरुपयोग गरी पीडितको चरित्र हत्या गरेकोले भोज कुमारीलाई बिहीबार विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।   उनीहरूउपर जिल्ला अदालत काठमाडौंको आदेशले ५ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको छ । 

कम्प्यूटर स्रोत संकेत चोरी गरी वौद्धिक सम्पत्तिमा आघात पुर्‍याई हानी नोक्सानि पुर्‍याउने पक्राउ
२०७९-०२-१९

काठमाडौं, सोर्स कोड (कम्प्यूटर स्रोत संकेत) चोरी गरी वौद्धिक सम्पत्तिमा आघात पुर्‍याई हानी नोक्सानी पुर्‍याउने कार्यमा संलग्न रहेको अभियोगमा ललितपुर सानेपास्थित म्याट्रिक्स सफ्टेक प्रालिका संचालक तनहुँ भिमाद नगरपालिका-१ किहुं ठेगाना भएका ३५ वर्षीय सन्तोष सिग्देललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  “राजस्व व्यवस्थापन” नामक सफ्टवयेरको सोर्स कोडमा अनाधिकृत पहुँच पुर्‍याई चोरी गरी निवेदकको वौद्धिक सम्पत्तिमा आघात पुर्‍याई आर्थिक लाभ लिने मनसायले नेपालका केही स्थानीय तहहरूमा उक्त सफ्टवेयर बिक्री गर्ने कार्यमा संलग्न उनलाई नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  उनी उपर विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई थप आवश्यक अनुसन्धान भइरहेको  छ ।

सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको अभियोगमा पक्राउ
२०७८-०८-०३

काठमाडौं, सामाजिक सञ्जालहरु इन्स्टाग्राम तथा फेसबुक मार्फत नाबालिका र युवतीहरुको चरित्र हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१२ भोटेबहाल बस्ने २० वर्षीय लव खड्गीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । खड्गीले नाबालिका र युवतीलाई साथी बनाई डर, धाकधम्की देखाई नग्न तस्वीर तथा भिडियो पठाउन लगाइ दु:ख हैरानी दिई सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गर्ने कार्य गरेको पाइएपछि प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भईरहेको उक्त ब्यूरोले जनाएको छ । 

युट्युब च्यानलमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा पक्राउ
२०७८-०६-१३

युट्युब च्यानलमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा पक्राउकाठमाडौं, २०७८ असोज १३ गते महिलाको चरित्र हत्या गर्ने भिडियो, अन्तर्वार्ता तथा फोटो सहितको विवरण युट्युव च्यानलमार्फत प्रसारण गरेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा दैनिक खबर युट्युब च्यानलका संचालक काठमाडौं गोकर्णेश्वर बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका-१७ मिमुवा घर भएका २१ वर्षीय प्रदिप भण्डारी, हरेक पलको खबर युट्युव च्यानलका संचालक काठमाडौं नेपालटार बस्ने नुवाकोट सूर्यगढी गाउँपालिका-२ चोकदे घर भएका २७ वर्षीय शिशिर अधिकारी, साराचुलि मिडिया युट्युव च्यानलका संचालक काठमाडौं पेप्सिकोला बस्ने मोरङ वेलवारी नगरपालिका-९ घर भएका ३५ वर्षीया पिंकला कार्की र मोर्डन अनलाईन टिभि युट्युब च्यानलका संचालक काठमाडौं गोकर्णेश्वर बस्ने २४ वर्षीय रोधन तमाङ रहेका छन् ।विभिन्न युट्युव च्यानल संचालन गरी उक्त च्यानलहरुमार्फत पीडित महिलाको तस्बिर सहित चरित्र हत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पुर्‍याई नीजप्रति घृणा वा द्वेष फैलाउने सामग्रीहरुको प्रसारण गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसूर गरेको पाइएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।उनीहरु उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटहिटीले जनाएको छ ।

बेलायतको नागरिक भन्दै सामाजिक संजाल प्रयोग गरी ठगी गर्ने ब्यक्ति पक्राउ
२०७८-०६-१२

बेलायतको नागरिक भन्दै सामाजिक संजाल प्रयोग गरी ठगी गर्ने ब्यक्ति पक्राउकाठमाडौं, २०७८ असोज १२ गते आफूलाई बेलायतको नागरिक हुँ भन्दै सामाजिक संजाल प्रयोग गरी ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-१० चुनिखेल बस्ने भोजपुर साल्पासिलिछो गाउपालिका-४ लिम्खिया घर भएका ३१ वर्षीय केदार राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।केडि गोरखाली नामको फेसबुक आईडीबाट आफ्नै महिला साथीलाई आफू बेलायतको लाहुरे हुँ, बेलायत लैजान्छु, मेरो श्रीमती इटहरीमा सवारी दुर्घटनामा मृत्यु भएको हो, छोराछोरी लण्डलमा होस्टल राखेको छु, नेपालमा आमा हुनुहुन्छ भन्ने जस्ता म्यासेजन्जर मार्फत कुराकानी हुँदै गएकोमा गत भदौ १६ गते ग्राण्डी अस्पतालमा कलेजोको उपचाररत आमालाई केहि रकम आवश्यक परेको विश्वासमा पारी पटक पटक गरी १ लाख ६० ५ सय रुपैयाँ, सुनको बेरुवा औठी, सुनको लकेट सहितको सिक्री समेतको धनमाल ठगी गरेको भन्ने पीडितको सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।उनलाई ठगी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त बौद्धमा पठाईएको उक्त महाशाखाले जनाएको छ ।