प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
चारित्रिक प्रमाणपत्र

नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।


चालचलन प्रमाणपत्र सम्बन्धी थप जानकारी

Mission Statement

"कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धान एवं कानुन कार्यान्वयनद्धारा समाजमा शान्ति, सुव्यवस्था एवं सुरक्षा स्थापना गर्न प्रतिवद्ध, राष्ट्रप्रति समर्पित, स्वच्छ एवं व्यवसायिक प्रहरी"

लागूऔषध दुर्व्यसन रहित घर अभियान शुभारम्भ
२०८२-०३-१२

ललितपुर, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको प्रमुख आतिथ्यता एवम् प्रहरी महानिरीक्षक दिपक थापाको समुपस्थितिमा ललितपुर सानेपामा बिहीबार आयोजित विशेष समारोहबीच लागूऔषध दुर्व्यसन रहित घर अभियान, २०८२ शुभारम्भ भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुर, ललितपुर महानगरपालिका, जिल्ला प्रहरी परिसर ललितपुर र सामुदायिक सेवा केन्द्र सानेपाको संयुक्त आयोजनामा लागूऔषध दुरूपयोग एवम् ओसारपसार विरूद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा उक्त अभियान शुभारम्भ भएको हो ।  सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङबीच लागूऔषध दुर्व्यसन रहित घर अभियान, २०८२ सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको छ । सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, प्रहरी महानिरीक्षक दिपक थापा, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले लागूऔषध दुरूपयोग एवम् ओसारपसार विरूद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित अन्तर विद्यालय स्तरीय फुटसल प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गर्नुभयो । साथै सोही अवसरमा अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक गोबिन्द थापा र ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले चित्रकला र निबन्ध प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गर्नुभयो । समारोहमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले समाजमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध रोकथाम, नियन्त्रण एवम् अनुसन्धान लगायत हरेक क्रियाकलापमा नेपाल प्रहरीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । आज शुभारम्भ भएको यस अभियानलाई सफल बनाउन ललितपुर महानगरपालिकाले सबै सरोकारवाला पक्षहरूसँग सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । समारोहमा प्रहरी महानिरीक्षक थापाले कानूनको प्रभावकारी कार्यान्वयनको साथसाथै समाजमा घटित हुने हरतरहका अपराधको नियन्त्रण, रोकथाम र अनुसन्धानको प्रमुख जिम्मेवारी नेपाल प्रहरीले प्राप्त गरेको उल्लेख गर्दै सुरक्षित, स्वस्थ र लागूऔषध रहित समाज निर्माणमा नेपाल प्रहरी सदैव कटिवद्ध रहँदै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । लागूऔषध दुर्व्यसन र कारोबारमा देखिएका प्रवृत्ति र प्रभावलाई निस्तेज पार्न प्रहरी कर्मचारीहरूलाई थप दक्ष, नविनतम् प्रविधि र स्रोतसाधन युक्त बनाउँदै लैजाने उल्लेख गर्दै उहाँले लागूऔषध विरूद्धको अभियानमा निर्ममतापूर्वक अगाडि बढ्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । समारोहमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य, ललितपुर महानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजेश कुमार महर्जन र सामुदायिक सेवा केन्द्र सानेपाका सचिव सुरेन्द्र खड्काले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।  ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा नेपाल प्रहरी संगीत विद्यालयले लागूऔषध दुर्व्यसन विरूद्ध सचेतनामूलक नाटक प्रस्तुती एवम् समुदाय-प्रहरी साझेदारी सम्बन्धी नृत्य प्रस्तुत गरेको थियो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, ललितपुर महानगरपालिकाका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, विभिन्न विद्यालयका विद्यार्थीहरू लगायतको उपस्थिति रहेको   थियो । 

  • अवैध लागूऔषध सहित चार जना पक्राउ
    २०८२-०३-१९

    कास्की, माछापुच्छ्रे गाउँपालिका-८ लुम्रे पुलबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ५ सय ग्राम सहित सोही महानगरपालिका-२५ हेम्जा बस्ने म्याग्दी घर भएका २१ वर्षीय योगेश रोका समेत २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको  छ । अस्थायी प्रहरी पोष्ट भेडाबारीबाट खटिएको प्रहरीले लु.प्र.०१-००६ प ०८३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ ग्राम ४ सय  मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-२ बस्ने २३ वर्षीय सिशिर भट्टराईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  उदयपुर, बेलका नगरपालिका-१ आम्बासीबाट अवैध लागूऔषध गाँजा ५ किलोग्राम सहित सोही नगरपालिका-९ बस्ने ३० वर्षीय युबराज राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट आम्बासीबाट खटिएको प्रहरीले रामपुरबाट कञ्चनपुरतर्फ जाँदै गरेको स.२ प ८२११ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    [ विस्तृतमा ]
  • स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ
    २०८२-०३-१९

    धनुषा, शहीदनगर नगरपालिका-३ यदुकूहाबाट स्रोत नखुलेको नगद ८ लाख ५० हजार रूपैयाँ सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार मधुवनी बासोपट्टी ग्राम पंचायत बस्ने ४१ वर्षीय श्रवण महतो र ३२ वर्षीय महेश कुमार झा रहेका छन् ।इलाका प्रहरी कार्यालय यदुकूहाबाट खटिएको प्रहरीले बीआर ३२ वाई ९२६८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    [ विस्तृतमा ]
  • अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
    २०८२-०३-१९

    उदयपुर, त्रियुगा नगरपालिका-१ फूलजोरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ४ ट्याब्लेट सहित सोही नगरपालिका-१३ असारी बस्ने २२ वर्षीय सुंगम राई समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले धरानबाट गाईघाटतर्फ आउँदै गरेको प्र.१-०२-००१ ख ९९४४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ शिखरपानी र सोही उपमहानगरपालिका-८ औद्योगिक क्षेत्रबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ७ सय ७० ट्याब्लेट सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा  सोही उपमहानगरपालिका-१४ पदमपोखरी बस्ने ४० वर्षीय सोम स्याङ्तान, सोही उपमहानगरपालिका-१५ शिखरपानी बस्ने २४ वर्षीय महेश तामाङ र मकवानपुर भिमफेदी घर भई हेटौंडा उपमहानगरपालिका-९ प्रगति चोक बस्ने २७ वर्षीय कैलाश थापा मगर रहेका छन् । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको १ थान स्कुटर र १ थान मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।  यसैगरी मकवानपुर, कैलाश गाउँपालिका-९ बस्ने ५५  वर्षीय अर्जुन रूम्बालाई अवैध लागूऔषध गाँजा करिब १ सय ६८ किलो ३० ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको गोठमा गाँजा लुकाई छिपाई राखेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले गोठ तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।  कपिलवस्तु, कपिलवस्तु नगरपालिका-१ जिल्ला सामुदायिक भवनको एरियास्थित सार्वजनिक पार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४  मलसरवा बस्ने २५ वर्षीया बबिता कुर्मी र सोही नगरपालिका-१ आनन्दबाग बस्ने ४९ वर्षीय बिक्रम सिंह थापा रहेका छन् । वडा प्रहरी कार्यालय तौलिहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । बाँके, बैजनाथ गाउँपालिका-३ बस्ने २६ वर्षीय सन्जु आलेलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ  १० ग्राम ६ सय २० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनकटवा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।सर्लाही, बलरा नगरपालिका-८ गडहिया चोकबाट अवैध लागूऔषध गाँजा करिब ८ किलो ५ सय ग्राम सहित भारत सितामढी ग्राम नरहा बस्ने २१ वर्षीय रंजेश कुमारलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ०५ एस ९६८० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक रंजेशलाई पक्राउ गरेको हो । रूपन्देही, बुटवल उपमहानगरपालिका-७ दिपनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ७० मिलिग्राम, नियन्त्रित लागूऔषध फेनारगन ७ एम्पुल, सेरिज्याक ७ एम्पुल र आईपिपिएल ७ एम्पुल सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय आकाश गौतम र सोही ठाउँ डेरा गरी बस्ने नवलपरासी पश्चिम सुनवल नगरपालिका- ८ घर भएका २६ वर्षीय लाल बहादुर लुङछे रहेका छन् । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले आकाशको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९ मझिमटारबाट अवैध लागूऔषध गाँजा करिब ७ किलोग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिद्धलेख गाउँपालिका-१ बस्ने २६ वर्षीय रोसन भट्ट र निलकण्ठ नगरपालिका-७ बस्ने ३० वर्षीय प्रकास पोखरेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङ समेतबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ना.७ ख ४७४८ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    [ विस्तृतमा ]
प्रकाशित मिति शीर्षक कार्यहरु
२०८२-०३-१९ प्राचार्य नियुक्तिका लागि दरखास्त आह्वान सम्बन्धी सूचना (२०८२-०३-१९)
२०८२-०३-१९ बाटो अवरुद्ध भएको सम्बन्धी :- मिति २०८२/०३/१९ गते १७:०० बजे सम्म ।
२०८२-०३-१६ नेपाल पुलिस स्कुल, सामाखुसीको कक्षा ११ मा विधार्थी भर्ना सम्बन्धी सूचना
२०८२-०३-१६ जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको ।
२०८२-०३-१६ जनपद प्रहरी समूहतर्फ प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको ।
२०८२-०३-१५ प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूह तर्फका प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूको लिखित परीक्षा कार्यक्रम निर्धारण सम्बन्धी सूचना (२०८२-०३-१५)
प्रकाशित मिति शीर्षक कार्यहरु
२०८२-०३-०६ जनपद प्रहरी समूहतर्फको प्रहरी जवान पदको माग पद संख्या थप गरिएको सम्बन्धी सूचना (२०८२-०३-०६)
२०८२-०१-०५ प्रहरी कार्यालय सहयोगी (भान्छे र कुचीकार) पदको माग पद संख्या थप गरिएको सम्बन्धी सूचना (२०८२-०१-०५)
२०८१-१२-२९ प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहहरू तर्फ रिक्त प्राविधिक प्रहरी जवान पदको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८१-१२-२९)
२०८१-१२-१५ प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहहरू तर्फ रिक्त प्रा.प्र.नि.,प्रा.प्र.ना.नि. र प्रा.प्र.स.नि. पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८१-१२-१५)
२०८१-०८-२१ जनपद प्रहरी समूह तर्फ प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८१-०८-२१)
२०८१-०८-२१ प्रहरी कार्यालय सहयोगी पदको विशिष्टीकृत कार्य क्षेत्र चयन फाराम (२०८१-०८-२१)
हाईलाईटहरु
नेपाल प्रहरी
सामाजिक सञ्जालमा

विभिन्न सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीसँग सम्बन्धित ताजा समाचार, सूचना र घटनाहरूको साथ सुचित रहनुहोस्।

प्रहरी समाचार
रेडियो कार्यक्रम
रेडियो कार्यक्रम (२०८२-०३-१६)
रेडियो कार्यक्रम (२०८२-०३-१२)
रेडियो कार्यक्रम (२०८२-०३-०९)
रिपोर्ट तथा प्रकाशन
अपराध तथ्याङ्क

नेपाल प्रहरी मोबाईल एप्स

Google Play र Apple app store मा उपलव्ध छ ।