प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कटुवा पेस्तोलसहित एक जना पक्राउ

२०८०-१०-२८

  • A
  • A-
  • A+
Share

सिरहा, सिरहा नगरपालिका-७ स्थितबाट कटुवा पेस्तोल १ थानसहित औरही गाउँपालिका-४ कमलपुर घर भएका २० वर्षीय सरोज कुमार यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

उक्त स्थानमा डेरा गरी बस्ने औरही गाउँपालिका-३ का २२ वर्षीय संजित कुमार यादवसमेत सँग विवाद भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले विवादमा संलग्न सरोजलाई नियन्त्रणमा लिई तलासी गर्दा उनको साथबाट उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
एक थान कटुवा पेस्तोल सहित दुई जना पक्राउ
२०८१-०३-३०

बारा, महागढीमाई नगरपालिका-११ बस्ने ४० वर्षीय राम कृपाल साह र २४ वर्षीय समसुदिन अंसारीलाई १ थान कटुवा पेस्तोल सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।उनीहरू बीच एकआपसमा झैंझगडा हुँदा दुवै पक्षलाई प्रहरी चौकी बरियापुरमा ल्याई छलफल गराउने क्रममा उनीहरूले महागढीमाई नगरपालिका-११ मधुरी गाउँ स्थित आँपको रूखमुनी कटुवा पेस्तोल गाडी राखेको खुल्न आए पश्चात प्रहरीले उक्त पेस्तोल बरामद गरेको हो । साथै अनुसन्धानको लागि समसुदिनको बुवालाई समेत प्रहीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

पेस्तोल सहित एक जना पक्राउ
२०८१-०३-१९

धनुषा, मुखियापट्टी मुसहरनिया गाउँपालिका-६ लक्ष्मिपुरबाट १ थान मेड इन युएसए लेखिएको पेस्तोल, गोली ६ राउण्ड र १ थान म्याग्जिन सहित भारत बिहार सितामढी ग्राम पन्चायत बैरगिनिया-५ बस्ने २७ वर्षीय महमद अनवर खानलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, इलाका प्रहरी कार्यालय फुलगामा र प्रहरी चौकी बहेडाबेलाबाट संयुक्त रूपमा खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको वीआर ०६ डीए ६०६३ नम्बरको सुजुकी भ्यान समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।