प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
समाचार : डकैती
धारिलो हतियार देखाई लुटपाटमा संलग्न रहेको अभियोगमा पाँच जना पक्राउ
२०८१-०४-२९

कास्की, धारिलो हतियार देखाई सुनको सिक्री र नगद लुटपाटमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१८ बस्ने ३७ वर्षीय देवन गुरूङ, सोही ठाउँ बस्ने १९ वर्षीय आजित रूचाल भन्ने हितमान सार्की, सोही महानगरपालिका-५ बस्ने तनहुँ ब्यास नगरपालिका-३ घर भएका १८ वर्षीय किशोर, पोखरा महानगरपालिका-४ गणेशटोलस्थित बिकास सुनचाँदी पसलका संचालक नारायण प्रसाद विक र एसपि मान्मा ज्वलेर्सका संचालक प्रशान्त मान्मा रहेका छन् । पोखरा महानगरपालिका-६ लेकसाईडस्थित बाटोमा हिँडिरहेकी २० वर्षीया महिलाको २ तोला बराबरको सुनको सिक्री १ थान, नगद १२ हजार रूपैयाँ र ज्याकेट आइतबार स्कुटर र मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूले चक्कु देखाई डर त्रासमा पारी लुटी फरार रहेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले घटनामा संलग्न आजित, हितमान र १८ वर्षीय किशोरलाई सिक्री बेचेर आएको नगद १ लाख ३ हजार ५ सय रूपैयाँ, घटनामा प्रयोग भएको ग.८ प ६९२४ नम्बरको स्कुटर र ग.११ प ९८२७ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा नारायण प्रसाद र  प्रशान्तले सुनको सिक्री खरिद गरेको खुल्न आएपछि उनीहरूलाई समेत प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लुटपाटमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
२०८१-०४-२९

सर्लाही, नगद लुपाटमा संलग्न रहेको अभियोगमा बागमती नगरपालिका-४ जिरायत बस्ने ४० वर्षीय राम बहादुर थिङ समेत ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । सिन्धुली भिमानबाट बर्दिबासतर्फ जाँदै गरेको ना.३ ख २८७६ नम्बरको बसमा सवार महोत्तरी बर्दिबास नगरपालिका-३ बस्ने ७० वर्षीय पुरूषको साथमा रहेको नगद ४ लाख ७० हजार रूपैयाँ सोही बसमा सवार अज्ञात समूहले महोत्तरी बर्दिबास नगरपालिका-३ कालापानीमा चोरी गरी बर्दिबासमा ओर्लिई धरानबाट नारायणघाटतर्फ जाँदै गरेको हाल अल्फाबेट नखुलेको ३३७७ नम्बरको बसमा चढी भागेको  भन्ने सूचनाको आधारमा खोजी गर्ने क्रममा इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरीले सर्लाही बागमती नगरपालिका-१२ पुतलीचोकस्थित कालिका होटलबाट लुटपाटमा संलग्न उनीहरूलाई नगद २ लाख २८ हजार ५ सय रूपैयाँ सहित पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि इलाका प्रहरी कार्यालय बर्दिवास महोत्तरी पठाइएको छ । 

गोदामबाट सामान चोरी गरेको अभियोगमा तीन जना पक्राउ
२०८१-०२-३१

काठमाडौं महानगरपालिका-३२ कोटेश्वर फुलवारीमार्गस्थित आहाना ईन्टरप्राईजेज प्रालिको गोदामबाट २० लाख २४ हजार रुपैयाँ बराबरको सामान चोरी गरेको अभियोगमा ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं नरदेवी बस्ने सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका-६ घर भएका २७ वर्षीय सोनु गदाल, भक्तपुर ठिमी नगरपालिका-१ लोकन्थली बस्ने २८ वर्षीय अनिश थापा र भक्तपुर मध्यपुर ठिमी बस्ने नवलपरासी रामनगर सुनौल नगरपालिका-१ घर भएकी ४६ वर्षीया ममता घले रहेका छन् । उक्त गोदामबाट शिशु अनुगामी पावडर ब्राण्डका सामानहरू गत वैशाख ३१ गते दिउँसो चोरी भएको घटना अनुसन्धानको क्रममा सोही गोदाममा काम गर्ने उनीहरूको संलग्नता रहेको भन्ने खुल्न आएपश्‍चात काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई कोटेश्वरबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।  

अवैध सुन, चाँदी र स्रोत नखुलेको नगदसहित एक जना पक्राउ
२०८०-०८-१९

काभ्रे, बनेपा नगरपालिका-७ वकुटोल डेरा गरी बस्ने भारत महाराष्ट्र साङली घर भएका ३९ वर्षीय सचिन बिभुते अवैध सुन, चाँदी र नगदसहित पक्राउ परेका छन् । सचिनले आफ्नो कोठामा अवैध रूपमा सुन तथा चाँदी गाली बिक्री वितरण गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनलाई सोमबार बेलुकी पक्राउ गरेको हो । उनको कोठाबाट बिल नभएको सुन जस्तो देखिने धातु २ सय ३५ ग्राम ९ मिलिग्राम तथा चाँदी जस्तो देखिने धातु १ केजी ९ सय १ ग्राम २६ मिलिग्राम र स्रोत नखुलेको नगद ५ लाख ७६ हजार १ सय ३५ नेपाली तथा २२ हजार भारतीय रूपैयाँ बरामद भएको छ । साथै डिजिटल तराजु, २ सय ग्रामको ढक, माटोको बोचा १० थान, सुनको आकार दिने फलामको ढाला, माटोको मट्टी २ थान, मोबाइल २ थान, बैंक चेक २ थान लगायतका सामान समेत बरामद भएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

२० केजी चाँदीसहित दुई जना पक्राउ
२०८०-०५-१२

सिन्धुली, गोलन्जोर गाउँपालिका-५ खनियाखर्क बजारबाट करिब २० केजी चाँदीसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको  छ ।पक्राउ पर्नेहरूमा मोरङ विराटनगर महानगरपालिका-५ बस्ने रोहित कुमार यादव र सप्तरी राजविराज नगरपालिका-८ घर भई मोरङ विराटनगर महानगरपालिका-४ बस्ने ३७ वर्षीय शेचन मानन्धर रहेका छन् ।  प्रहरी चौकी गढीबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१-०२५ च १०६९ नम्बरको कारलाई जाँच गर्ने क्रममा चालक पछाडिको सिट मुनि ४ वटा प्लाष्टिकमा लुकाई छिपाई राखेको उक्त परिमाणको चाँदी फेला पारी चालक रोहितकुमार र कारमा सवार शेचनलाई पक्राउ गरेको हो । उनीहरूलाई थप आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको छ । 

सहकारी संस्थाबाट नगद तथा ल्यापटप चोरी गरेको अभियोगमा तीन जना पक्राउ
२०८०-०५-११

मोरङ, धनपालथान गाउँपालिका-२ कुशमाहस्थित युवा विकास बहुउद्देश्यीय सहकारी संस्थाबाट नगद ५० हजार रूपैयाँ  र २ थान ल्यापटप चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनपालथान गाउँपालिका-१ नोचा बस्ने २१ वर्षीय पारस मण्डल, सोही गाउँपालिका-७ कदमाहा बस्ने २४  वर्षीय रोशन मण्डल र २० वर्षीय बिशाल कुमार सिंह रहेका छन् । उक्त सहकारी संस्थाबाट गत साउन ३२ गते राति चोरी भएको घटनाको अनुसन्धानको क्रममा उनीहरूको संलग्नता रहेको खुलेपछि ईलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी अमाही बरियातिबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत मोरङबाट ५ दिन म्याद अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

१२ थान चोरीको मोटरसाइकलसहित सात जना पक्राउ
२०८०-०४-११

बारा, विभिन्न मिति  र स्थानहरुबाट चोरी भएका १२ थान मोटरसाइकलसहित  चोरीमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जितपुर सिमरा उपमहानगरपालिका-१६ बस्ने १९ वर्षीय विर्धोज वाईवा, सोही उपमहानगरपालिका-१६ बस्ने १९ वर्षीय सुदर्शन बोम्जन, कलैया उपमहानगरपालिका-२० बस्ने २० वर्षीय दिपेन्द्र कुमार महतो, १९ वर्षीय राधेश्याम महतो, २१ वर्षीय सतेन्द्र कुमार गुप्ता, महागढीमाई नगरपालिका-९ बस्ने २० वर्षीय राजिनन्द महतो र रौतहट चन्द्रनिगाहपुर नगरपालिका-२ बस्ने २६ वर्षीय पंचालाल बलोन रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा विभिन्न ठाउँबाट चोरी भएका बा.२६ प ७७५३, ज.११ प ८४९५, ना.५१ प २७९०, ना.५२ प ७१३२, बीआर०५ एफ ०६०३, बीआर ०५ ए ९०६२, ना. ४१ प ८४६८, बा.९० प ५००८, मधेश प्रदेश ०३-०२६ प ९९५६, बा.६४ प ४६८४ र २ ‘अन टेस्ट’ लेखिएका मोटरसाइकलसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु उपर चोरी तथा डाँका सम्बन्धी मुद्दामा जिल्ला अदालत बाराबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको   छ ।  

डाँका चोरी गरेको अभियोगमा दुई जना पक्राउ
२०८०-०२-०१

तनहुँ, डाँका चोरी गरेको अभियोगमा म्याग्दे गाउँपालिका-१ पाचधारे घर भई ब्यास नगरपालिका-५ बरबोटे बस्ने २४ वर्षीय समिर थापा मगर र म्याग्दे गाउँपालिका-१ दमुङ रुमादी बस्ने २३ वर्षीय दुर्ग बहादुर बिकलाई  प्रहरीले पक्राउ गरेको छ । वैशाख २९ गते राति म्याग्दे गाउँपालिका-१ रुमादी बस्ने ७५ वर्षीय शिव कुमार श्रेष्ठको घरबाट विभिन्न सामान तथा सोही गाउँपालिका-१ ठुलोढापमा बस्ने ६९ वर्षीय लक्ष्मण तामाङलाई धारिलो हतियार देखाई कुटपिट गरी नगद ४६ हजार ६० रुपैयाँ डाँका चोरी गर्ने कार्यमा उनीहरूलाई चोरी गरेको विभिन्न सामान र नगदसहित फेला पारी पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमती लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा पाँच जना पक्राउ
२०८०-०२-०१

मोरङ जिल्लाका विभिन्न स्थानबाट को.३० प ७६९२, को.२५ प १३२६ र को.३७ प १३२३ नम्बरको मोटरसाइकल चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कटहरी गाउँपालिका-६ बस्ने १९ वर्षीय प्रकाश सरदार, धनपालथान गाउँपालिका-५ बस्ने २० वर्षीय दिपेश कुमार सरदार, सोही गाउँपालिका-६ बस्ने २१ वर्षीय विजय सहनी, २५ वर्षीय जितेन कुमार राय र बिराटनगर महानगरपालिका-८ बस्ने २० वर्षीय रोहित चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरु उपर जिल्ला अदालत मोरङबाट चोरी कसूरमा ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

मोटरसाइकल चोरी गरेको अभियोगमा दुई जना पक्राउ
२०८०-०१-१९

काठमाडौं, मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ धार्पा घर भई ललितपुर भैँसेपाटी बस्ने २५ वर्षीय विजय भन्ने लोकबहादुर पाख्रिन र काभ्रे तिमाल गाउँपालिका-७ धुल्खु घर भई काठमाडौं बौद्ध नयाँवस्ती बस्ने २८ वर्षीय हेमा भन्ने सुजन तामाङ रहेका छन् ।  काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुबाट मोटरसाइकलहरू चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले लोक बहादुरलाई बाग्मती प्रदेश ०२-०२८ प ४४४८ नम्बरको मोटारसाईकल सहित पक्राउ गरी सोधपुछ गर्ने क्रममा उक्त मोटरसाइकल सुजनले दिएको भन्ने खुल्न आएपछि वास्तविक बा.प्र.०२ ०२१ प ४१७२ नम्बर भएको उक्त मोटरसाइकलसहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । उनीहरूलाई मोरसाइकलसहित थप अनुसन्धानको लागि प्रहरी वृत चापागाउँ पठाइएको छ ।

मुस्ताङमा चोरी गरी फरार रहेका व्यक्ति भक्तपुरबाट पक्राउ
२०८०-०१-१९

काठमाडौं, मुस्ताङ वारागुङ गाउँपालिका-१  स्थित छिरिङ खाजाघरबाट नगद ५ लाख रूपैयाँ चोरी गरेको अभियोगमा रामेछाप सुनापती गाउँपालिका-२ लामाटोल ठेगाना भएका ३२ वर्षीय राजकुमार मोक्तानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त खाजाघरको झ्यालबाट प्रवेश गरी गत पुस १२ गते उक्त नगद चोरी गरी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका-५ जगातिबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङ पठाइएको छ ।

मोटरसाइकल चोरी गरेको अभियोगमा दुई जना पक्राउ
२०७९-११-०८

सुनसरी, इटहरी उपमहानगरपालिका-२ मा पार्किङ गरी राखेको प्रदेश १-०२-०४० प ३३१८ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका-२ का दुर्गेस चौधरी र धनकुटा धनकुटा नगरपालिका-१ का सौगात थापा रहेका छन् । गत माघ २५ गते इटहरी उपमहानगरपालिका-२ का बिक्रम खडकाको उक्त मोटरसाइकल चोरी भएको घटनाको थप अनुसन्धानको क्रममा उनीहरू मोटरसाइकल चोरीमा संलग्न रहेको खुल्न आएपछि बिराटनगर महानगरपालिका-११ बाट दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु उपर जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ । 

लुटपाटमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ
२०७९-११-०३

काठमाडौं, काठमाडौं महानगरपालिका-२६ गोंगबु नयाँबसपार्कस्थित लोत्से महलमा सञ्चालित मोबाइल पसलहरूमा प्रवेश गरी मोबाईल, चार्जर, रिचार्ज कार्ड, एयरफोन लगायतका सामानहरु लुटपाट गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दैलेख भगवती गाउँपालिका-३ घर भई काठमाडौँ तारकेश्वर बस्ने २४ वर्षीय चिरन रेग्मी, काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने ३५ वर्षीय नविन खड्गी, रुपन्देही खैरेनी नगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने २२ वर्षीय सुजन खत्री र झापा शिवसताक्षी नगरपालिका-४ घर भई काठमाडौँ महानगरपालिका-१५ स्वयम्भू बस्ने १८ वर्षीय किशोर रहेका छन् । काठमाडौं महानगरपालिका-२६ गोंगबु नयाँबसपार्कस्थित ट्राफिक प्रहरीले ट्राफिक जरिवाना बढाएकोमा घटाउनुपर्ने, माईक्रोबस व्यवस्थापन लगाएतको माग राखी विभिन्न यातायात मजदुर संगठनहरुले गरेको आन्दोलनको क्रममा सोही ठाउँस्थित लोत्से महलमा प्रवेश गरी अर्जुन चालिसेको एसिडिसी मोबाईल प्रालि, डायमण्ड मोबाईल प्रालि तथा गजेन्द्र न्यौपानेको काठमाडौँ सुपर मार्केटमा तोडफोड गरी पसलभित्र रहेका मोबाईल, चार्जर, रिचार्ज कार्ड, एयरफोन लगायतका सामानहरु लुटपाट गरेको घटनाको थप अनुसन्धानको लागि प्रहरी वृत्त महाराजगंज र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै उनीहरुबाट घडी, घडीको चार्जर, एयरफोन, मल्टिप्लग, मोबाइल २ थान, ४ हजार रुपैयाँ बराबरको एनटिसि र एनसिएलको रिचार्ड कार्ड लगायतका सामानहरू प्रहरीले बरामद गरेको छ । उनीहरु उपर चोरी तथा डाँका सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौं ४ दिनको म्याद थप अनुमती प्राप्त गरी आवश्यक अनुसन्धान भइरहेको छ । साथै घटनामा संलग्न अन्य व्यक्तिहरुलाई नियन्त्रणमा लिई थप स्क्रिनिङ्ग गर्ने कार्य भइरहेको छ । 

चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
२०७९-१०-२४

काठमाडौं, काठमाडौं महानगरपालिका-२६ सामाखुसी टाउन प्लानिङ बस्ने रबिन गुरूङको घरबाट नगद ९ लाख रुपैयाँ चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-११ भण्डारीटोल बस्नेहरू सुनसरी इटहरी उपमहानगरपालिका-१८ पकली घर भएका २० वर्षीय इकरामुल मिया र सुनसरी इनरुवा नगरपालिका-१० जलपापुर घर भएका १९ वर्षीय सेहेबुब आलम रहेका छन् । गुरूङको घरबाट माघ २३ गते नगद चोरी भएको घटनाको थप अनुसन्धानको क्रममा उनीहरूको संलग्नता रहेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यायल मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ सामाखुशी टाउन प्लानिङबाट चोरी भएको नगदमध्ये ४ लाख ५० हजार रूपैयाँ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत महाराजगंज पठाइएको छ । 

मोटरसाइकल चारी गरेको अभियोगमा पक्राउ
२०७९-०९-१२

पर्सा, मोटरसाइकल चोरी गरेको अभियोगमा ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका-२६ ठेगाना भएका २० वर्षीय राम प्रवेश पटेल, २६ वर्षीय अशोक पटेल, भारत बिहार पुर्वी चम्पारण रतनपुर ठेगाना भएका १९ वर्षीय शिवम पाण्डे र वीरगंज महानगरपालिका-२४ ठेगाना भएका २० वर्षीय आकाश तिवारी रहेका छन् । वीरगंज महानगरपालिका-८ स्थित पार्कीङ गरी राखेको धोबिनी गाउँपालिका-४ लंगडी बस्ने रामबाबु कुमार गुप्ताको प्र.२-०३-००७ प १७६६ नम्बरको मोटरसाइकलमा मास्टर साँचोको प्रयोग गरी राम प्रवेशले चोरी गरी लाँदै गरेको अवस्थामा  वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उनीहरूले बिभिन्न मिति र स्थानबाट अन्य मोटरसाइकलहरू समेत चोरी गरेको खुल्न आएपछि उनीहरूले चोरी गरेको ना.५२ प ५०२४, ना.२७ प ७८४७, ना.११ प ११२१, ना.५३ प ७१०६, ना.३७ प ९८१८, ना.४६ प ८६२७ र प्र.०३-००८ प ७१८६ नम्बरको मोटरसाइकलहरू बरामद गरी उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर चोरी सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ । सप्तरी, राजबिराज नगरपालिका-११ बस्ने शुभ नारायण शर्माको को.३० प ८११२ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा सोही नगरपालिका-४ बस्ने २२ वर्षीय सोनु सेखलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पुस ६ गते राति उनको मोटरसाइकल हराएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा  नम्बर प्लेट परिवर्तन गरी ल्याएको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ
२०७९-०९-०६

काठमाडौं, बुढानिलकण्ठ बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका घर भएका २८ वर्षीय वाङज लामालाई मोटरसाइकल चोरी गरेको अभियोगमा मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  ललितपुर, ललितपुर महानरगपालिका-१८ मगरगाउँबाट स.१० प १३ २७ नम्बरको मोटरसाइकल २०७८ कात्तिक २५ गते हराएको भन्ने उजुरीको आधारमा ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा वास्तविक नम्बर परिवर्तन गरी बा.९३ प ८७८ नम्बर प्रयोग गरी चलाइरहेको अवस्थामा उक्त मोटरसाइकल सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।  पक्राउ परेका लामालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुर पठाइएको छ । 

चोरी गर्दै गरेको अवस्थामा एक जना पक्राउ
२०७९-०८-२३

धनुषा, जनकपुर उपमहानगरपालिका-५ स्थित अंलंकार ज्वेलर्समा चोरी गर्दै गरेको अवस्थामा सोही उपमहानगरपालिका-१५ कुवारामपुर बस्ने २५ वर्षीय संजित कुमार दास बिहीबार दिउँसो पक्राउ परेका छन् ।  चोरी गर्दै गरेको अवस्थामा फेला पारी पसल संचालकले नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जनकपुरधामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले उनको झोलाबाट चाँदीको जस्तो देखिने सेतो धातुको ब्रासलेट १ थान, पाउजु १ जोर, सिक्री २ थान, नियन्त्रित लागूऔषध नाईट्राबेट ९ ट्याब्लेट, स्पास्मो प्रोक्सिभन प्लस १२ ट्याब्लेट, माईक्रो ल्याब्स ३ ट्याब्लेट  र कफि सेट १ थान फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

चोरीका गरगहना र नगद सहित एक जना पक्राउ
२०७९-०७-२७

दाङ, तुलसीपुर उपमहानगरपालिका-१० सुकौराबाट चोरीका विभिन्न १६ थान गरगहना र नगद ४४ हजार ३ सय १ रूपैयाँ सहित बाँके खजुरा गाउँपालिका-२ सि गाउँ बस्ने ४२ वर्षीय राजेन्द्र सुनारलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । शंकास्पद रूपमा बसिरहेका राजेन्द्रलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट झोलामा लुकाई राखेको उक्त गरगहना र नगद पारेको र अनुसन्धानको क्रममा उक्त धनमाल बाँके नेपालगंज पुष्पलाल चोकस्थित दुल्लु दरवार होटलबाट चोरी गरी ल्याएको खुल्न आएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

विभिन्न धनमाल चोरी गरेको अभियोगमा पक्राउ
२०७९-०६-२६

कास्की, पोखरा महानगरपालिका-१० अंमरसिंहचोकस्थित ईलान अलीको एप्पल केयर मोबाईल पसलबाट नगद तथा मोबाइल लगायतको सामान चोरी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१० नागिन टोल बस्ने २१ वर्षीय दिनेश परियार र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् । उक्त पसलको सटरको ताल्चा फोडी पसलभित्र रहेको भिभि मोबाइल २ थान, सामसुङ मोबाइल ३ थान,  नगद १२ हजार रुपैयाँ लगायतका सामानहरू गएराति चोरी गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरुलाई चोरी गरको विभिन्न सामान सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ
२०७९-०६-०६

दैलेख, गुराँस गाउँपालिका-१ पातल खोला बस्ने भुपेन्द्र बहादुर रामजाली र सोही ठाउँ बस्ने सेते बिकको घरमा राखिएको मोटरसाइकल चोरी गरेको अभियोगमा ४ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चामुन्डा बिन्द्रासैनी नगरपालिका-८ बस्ने २० वर्षीय बिनोद शाही, सोही ठाउँ बस्ने २० वर्षीय रितिक शाही, सोही ठाउँ बस्ने २५ वर्षीय दिनेश शाही र सोही नगरपालिका-४ बस्ने १६ वर्षीय किशोर रहेका छन् । भुपेन्द्र बहादुरको घरको बरण्डामा राखेको लु.८० प २०१८ नम्बरको मोटरसाइकल र सेतेको घरभित्र कोलियामा राखिएको क.प्र.०२-००१ प २०९ नम्बरको मोटरसाइकलको ह्यान्डिल लक तोडी तारहरु काटी डाईरेक्ट जडान गरि चोरी गर्दै गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी तल्लो ढुङ्गेश्वरबाट खटिएको प्रहरीले मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न बिनोदलाई पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा मोटरसाइकल चोरीमा संलग्न अन्य व्यक्ति फरार भएको खुल्न आएपछि ईलाका प्रहरी कार्यालय दुल्लुबाट खटिएको प्रहरीले फरार व्यक्तिहरूको खोजी गर्ने क्रममा रितिकलाई पैदल हिँडिरहेको अवस्थामा तथा किशोर र दिनेशलाई भे.४ प ८५८३ नम्बरको मोटरसाइकलमा आउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

युके पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०७९-०५-३०

काठमाडौं, युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सोलुखुम्बु दुधकोशी गाउँपालिका-२ घर भई काठमाडौं कागेश्वर मनोहरा नगरपालिका काडाघारी बस्ने ४३ वर्षीय बालकृष्ण कार्कीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । कार्कीले केही व्यक्तिहरुलाई वर्किङ भिषामा युके लगाएतका देशहरुमा रोजगारीको लागी पठाईदिन्छु भन्दै पीडितहरूबाट नगद १३ लाख ४६ हजार रुपैयाँ लिई सम्पर्क बिहीन भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-४ धुम्वाराहीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

प्रहरी हौं भन्दै लुटपाट गर्ने तीन जना पक्राउ
२०७९-०५-३०

काठमाडौं, प्रहरी हौं भन्दै नगद ३० लाख २३ हजार २ सय ८ रुपैयाँ लुटपाट गरेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोजपुर रामप्रसाद राई गाउँपालिका-१ घर भई भक्तपुर लोकन्थली बस्ने २९ वर्षीय योगेन्द्र तामाङ, सिन्धुली मरिन गाउँपालिका-३ घर भई काठमाडौं कपन बस्ने ३० वर्षीय देव लामा र रामेछाप सुनापाती गाउँपालिका-१ घर भई काठमाडौं कपन बस्ने २० वर्षीय मिन बहादुर तितुङ(रोहित) रहेका छन् । काठमाडौं ठमेलस्थित ओरियण्टल मनी एक्सचेन्ज बन्द गरी कोठा जाने क्रममा म्हैपी पानी ट्याङ्की नजिक ३ वटा मोटरसाईकलमा आएका ५ जना अपरिचित व्यक्तिहरूले भदौ २२ गते साँझ प्रहरी हौँ भन्दै पीडितलाई जबरजस्ती मोटरसाइकलमा राखी डल्लु पुर्‍याई उक्त नगद, मोबाइल, लाइसेन्स र ब्लुबुक समेत रहेको झोला लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनवभवनबाट खटिएको प्रहरीले उनीहरूलाई घटनामा प्रयोग भएको मोटरसाइकल सहित काठमाडौं कपनबाट पक्राउ गरको हो । घटनामा संलग्न अन्य व्यक्तिको खोजी गर्नुका साथै पक्राउ परेका उनीहरूलाई अपहरण तथा डाँका चोरी कसूर मुद्दामा थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी  परिसर टेकु पठाइएको छ ।

अनलाईन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०७९-०५-३०

   काठमाडौं, सामाजिक संजाल फेसबुकमा टि मोबाइल स्टोर पेज खोली उक्त पेजको दुरुपयोग गरी अनलाई ठगी गर्ने कार्याम संलग्न रहेको अभियोगमा सुनसरी इटहरी उपमहानगरपालिका-११ खनार बस्ने २३ वर्षीय प्रसिन चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।     चौधरीले उक्त पेजको दुरुपयोग गरी आईफोन १३ प्रो मोबाईल सेट सस्तो मूल्य १ लाख १५ हजार रुपैयाँ पर्छ भनी पीडितलाई भन्सार ट्याक्स, डेलिभरी चार्ज बापत बिभिन्न ब्यक्तिहरुको ईसेवा आईडी तथा बैंक खातामा रकम पठाउन लगाई ठगी गरेको घटनाको थप अनुसन्धानका लागि खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वरमा फेला पारी पक्राउ गरेको हो । उनलाई ठगी कसूरमा आवश्यक कारवाही एवं अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाईएको छ ।

चोरीका सामानहरू सहित पक्राउ
२०७९-०४-१५

काठमाडौं, ललितपुर बालकुमारीस्थित कवाड पसलका संचालक भारत मोतिहारी घोडासान घर भएका २९ वर्षीय सुनिल कुमार जैसवाललाई चोरी गरी खरिद गरेका विभिन्न सामानहरू सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१० बुद्ध नगरस्थित रोशन भण्डारीको कोठाबाट साउन ९ गते राति मोवाईल, ल्यापटप सहितका सामानहरु चोरी गरी लगेको घटना अनुसन्धानको सिलसिलामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा सुनिलले कवाडी संकलन गर्ने व्यक्तिहरूबाट चोरी गरेका सामान जानी जानी खरिद गरेको खुलेपश्चात उनलाई  पक्राउ गरेको हो । उनलाई बरामद भएका २ सय ९१ तोल चाँदीका विभिन्न गहना, ९ ग्राम सुनका गहना, ३ थान टिभी, पानी तान्ने पम्म, ब्याट्री लगायत बिभिन्न सामान सहित थप कानुनी कारबाहीका लागि प्रहरी वृत्त बानेश्वर पठाइएको छ । 

घुम्ती किराना पसलमा चोरी गर्दै गरेको अवस्थामा पक्राउ
२०७९-०३-१८

सर्लाही, कबिलासी नगरपालिका-१० चमेलीमाई बस्ने २४ वर्षीय सुजित पंडितको घुम्ती किराना पसलमा चोरी गर्दै गरेको अवस्थामा २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ सलेम्पुर बस्ने २५ वर्षीय राकेश राय र सोही ठाउँ बस्ने २६ वर्षीय सुजित राय रहेका छन् । उनीहरुले रडले घुम्ती पसल फोडी पसलभित्र रहेको रेडबुल, डिउ, बदामजुश, फुर्टी लगायतको सामानहरू चोरी गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

मोटरसाईकल चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
२०७९-०३-०६

पर्वत, मोदी गाउँपालिका-६ तिलाहार बस्ने याम बहादुर केसीको घर अगाडि पार्किङ गरी राखेको ध.१ प २४९२ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा कुश्मा नगरपालिका-११ बस्ने २८ वर्षीय सन्तोष बिक र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका    छन् । शुक्रबार बिहान पार्किङ गरी राखेको ठाउँबाट मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले मोटरसाइकल चोरीमा संलग्न उनीहरूलाई आफनै घर वतनमा लुकी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनीहरू उपर चोरी सम्बन्धी कसूरमा जिल्ला अदालत पर्वतबाट १० दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

इलेक्ट्रोनिक्सका सामान चोरी गरेको अभियोगमा ६ जना पक्राउ
२०७९-०३-०१

काठमाडौं, ललितपुर महानगरपालिका-८ च्यासलस्थित सौरभ इन्टरनेशनल कम्पनीको गोदामबाट विभिन्न ईलेक्ट्रोनिक्सका सामान चोरी गरेको अभियोगमा ६ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा स्याङजा आँधिखोला गाउँपालिका-२ घर भई ललितपुर बालकुमारी बस्ने १९ वर्षीय अंकित भुजेल, धादिङ थाक्रे गाउँपालिका-७ घर भई ललितपुर च्यासल बस्ने २४ वर्षीय सरोज खतिवडा, धादिङ थाक्रे गाउँपालिका-५ घर भई काठमाडौं कलंकी बस्ने २२ वर्षीय बिजय थापा, काभ्रे मण्डनदेउपुर नगरपालिका-१२ घर भई ललितपुर बालकुमारी बस्ने ४० वर्षीय बिनोद शाही, भारत बिहार मोतिहारी आदारपुर थाना घर भई धादिङ धुनिबेसी नगरपालिका-६ बस्ने ३२ वर्षीय किशोर कुमार साह र धादिङ गल्छी गाउँपालिका-७ घर भएका २६ वर्षीय राम पण्डित रहेका छन् ।  उक्त गोदामबाट टिभी, वासिङ मेसिन, एयर कन्डिस्नर, पङ्खा, ग्याँस चुलो, वाटर डिस्पेञ्चर, उफर लगायतका सामानहरू चोरी भएकोमा सोही गोदाममा सुरक्षा गार्डको रूपमा काम गर्ने अंकित भुजेल समेतका व्यक्तिहरुले गोदामको चाबी मिलाई सामानहरू चोरी उपत्यकाभित्र तथा उपत्यका बाहिरका स्थानहरूमा समेत बिक्री गरेको अनुसन्धानबाट खुल्न आएको छ । साथै उनीहरुबाट २० थान टिभि, ५ सेट एयर कण्डिस्नर, २ कार्टुन सिलिङ पङ्खा, ३ थान टेबल पङ्खा, २ कार्टुन उफर, १ थान वासिङ मेशिन र १ थान ग्याँस चुलो प्रहरीले बरामद गरेको छ ।  उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

मोटरसाइकल चोरी गरी किनबेच गर्ने सात जना पक्राउ
२०७९-०२-०३

मोरङ, विराटनगर महानगरपालिका-४ स्थित नोवेल अस्पताल अगाडि र सोही महानगरपालिका-५ तोदी भवन लगायत विभिन्न स्थानबाट मोटरसाईकल चोरी गरी किनबेच गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्रउ पर्नेहरुमा जहदा गाउँपालिका-१ बुधनगर बस्ने २० वर्षीय हरिओम मण्डल, सोही ठाउँ बस्ने २० वर्षीय पन्नलाल राजबंशी, सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, विराटनगर महानगरपालिका-४ कन्चनबारी बस्ने २२ वर्षीय प्रकाश राजबंशी, कटहरी गाउँपालिका-२ बस्ने २४ वर्षीय मनिष बस्नेत, धनकुटा साँगुरीगढी गाउँपालिका-९ बस्ने ३२ वर्षीय थाम बहादुर राई र सोही ठाउँ बस्ने ३५ वर्षीय मनकाजी राई रहेका छन् ।उनीहरुमध्ये हरिओम, पन्नलाल, प्रकाश, मनिष  र किशोर चोरी कार्यमा तथा  थाम बहादुर र मनकाजी किनबेच तथा व्यवस्थापन कार्यमा संलग्न रहेको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरुबाट प्रदेश १-०२-०४६ प ६४०१, प्रदेश १-०२-०४७ प ३९२४, को.१३ प ८२७५, बीआर ३८ डी ४५०४, प्रदेश १-०२-०४४ प २५७, को.८ प ६७५ र बीआर ३८ जेड ८९७२ नम्बरको मोटरसाइकल बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चोरीका ल्यापटप, क्यामेरा तथा मोवाइल सहित २ जना पक्राउ
२०७९-०१-२५

काठमाडौं,  काठमाडौंका बिभिन्न स्थानबाट ल्यापटप, क्यामेरा तथा मोबाइल लगायतका विद्युतीय सामग्रीहरु चोरी गरेको अभियोगमा २ जनालाई तारकेश्वर नगरपालिका-४ पुरानोगुहेश्वरीबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा तारकेश्वर नगरपालिका-४ पुरानोगुहेश्वरी बस्ने ३० वर्षीय सुर्य पुतुवार र तारकेश्वर नगरपालिका-४ सानोपुल बस्ने धादिङ गंगाजमुना गाउँपालिका-३ घर भएका १८ वर्षीय किशोर रहेका छन् । काठमाडौं जिल्लास्थित बिभिन्न स्थानबाट बिभिन्न बिद्युतीय सामग्रीहरु चोरी हुने क्रम बढेको जनगुनासो प्राप्‍त भएपश्‍चात प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरुलाई चोरी गरेको १ थान ल्यापटप, २ थान क्यामेरा र विभिन्न कम्पनीका २६ थान मोबाइल सहित पक्राउ गरेको हो ।  जिल्ला अदालत काठमाडौंबाट चोरी सम्बन्धी कसूरमा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

कास्की जिल्ला अदालतभित्र अनाधिकृत रूपमा प्रवेश गरी तोडफोड गर्ने व्यक्ति पक्राउ
२०७८-१२-१०

  कास्की, कास्की जिल्ला अदालतको परिसरभित्र अनाधिकृत प्रवेश गरी तोडफोड गरेको अभियोगमा पोखरा महानगरपालिका-१५ टुटुङ्गा बस्ने २७ वर्षीय अर्जुन परियार (दावा) लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका-६ बैदामस्थित उक्त अदालतमा बुधबार राति प्रवेश गरी १ नम्बर इजलास र ६ नम्बर इजलासको कोठाको ढोकामा लगाएको ताला फोडिएको अवस्थामा रहेको घटनामा संलग्न रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरीले पक्राउ गरेको हो । निज विगतमा समेत विभिन्न मुद्दामा संलग्न रहेको र लागूऔषध कसूरमा कारागारबाट गत फागुन २३ गते थुनामुक्त भएको अनुसन्धानबाट खुल्न आएको छ । उनलाई कास्की जिल्ला अदालतबाट नकबजनी चोरी उद्योग र आपराधिक उपद्रव मुद्दामा ८ दिन म्याद थप अनुमती लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

डाँका चोरीमा संलग्न २ जना पक्राउ
२०७८-१०-२९

बाँके, डाँका चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई १ थान कटुवा पेस्तोल सहित जानकी गाउँपालिका-५ बुढियागाउँबाट शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत रुपैडिहा निबिया घर बताउने २६ वर्षीय डब्लु मनिहार र भारत बाबागंज बाबाकुटी घर बताउने २८ वर्षीय निजामुद्दिन कवडिया रहेका छन् । बर्दिया बढैयाताल गाउँपालिका-८ सितबजार बस्ने पर्शुराम सार्कीको घरमा गत पुस २९ गते राति पेस्तोल देखाई करिब ३ लाख ३५ हजार रुपैयाँ बराबरको नगद र सुन लुटपाट भएको तथा माघ १७ गते बाँके खजुरा गाउँपालिका डि गाउँ बस्ने हरी प्रकास बिकको घरबाट नगद ५० हजार रुपैयाँ, साढे ३ तोला सुन र मोटरसाइकल चोरी भएको घटनामा संलग्न उनीहरुलाई ईलाका प्रहरी कार्यालय खुद्रा खजुराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । साथै चोरी भएको उक्त मोटरसाइकल माघ १८ गते बर्दिया बढैयाताल गाउँपालिका-५ बढैयाताल नजिकै रहेको पोखरीमा प्रहरीले फेला पारेको थियो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

मोटरसाइकल चोरी गरिरहेको अवस्थामा ३ जना पक्राउ
२०७८-०९-२२

पर्सा, वीरगंज महानगरपालिका-१५ शिरोमणि टोल र सोही महानगरपालिका-१४ घण्टाघरबाट २ वटा मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका-१५ बस्ने २० वर्षीय अवधेश महतो, सोही ठाउँ बस्ने २१ वर्षीय सुवास तिवारी र बारा कोल्हबी नगरपालिका-९ बस्ने १९ वर्षीय सबिन चौधरी रहेका छन् । सोही महानगरपालिका-१५ शिरोमणि टोलमा डेरी बस्ने बारा सिम्रौनगढ नगरपालिका-४ घर भएका आर्यन गुप्ताले सोही ठाउँमा पार्किङ गरी राखेको प्रदेश २-०३-०१३ प २४५७ नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा महतो र तिवारीलाई मंगलबार राति तथा वीरगंज महानगरपालिका-१४ घण्टाघरस्थित सडक छेउमा सोही ठाउँ बस्ने दिलीप पाण्डेले पार्किङ गरी राखेको ना.२५ प ८६६९ नम्वरको मोटरसाइकल चोरी गरिरहेको अवस्थामा चौधरीलाई मंगलबार दिउँसो फेला पारी प्रहरीले पक्राउ गरेको हो ।     उनीहरु उपर जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको    छ ।

चोरीमा प्रयोग हुने विभिन्न औजार तथा हतियार सहित पक्राउ
२०७८-०९-२२

काठमाडौं, चन्द्रागिरी नगरपालिका-१५ स्थित सडकबाट चोरीमा प्रयोग हुने विभिन्न औजार तथा हतियार सहित अछाम मंगलसेन नगरपालिका-९ घर भएका १९ वर्षीय निरज खत्रीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । शंकास्पद रुपमा मध्य रातमा हिँडिरहेको अबस्थामा फेला पारी प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट चोरी गर्ने नियतले चोरी गर्न प्रयोग हुने औजार तथा हतियार बोकी हिँडिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो । उनको साथबाट ७ वटा  फलामे रड (डण्डी) १४ वटा तामाका फलामे कलश, मन्दिरका घण्टी ३ वटा, १/१ थान हँसिया,  हतौडा,  बेल्चा, पिलाश, रिन्च र भाँडा प्रहरीले बरामद गरेको छ ।     उनी उपर चोरी सम्बन्धी कसूर मुद्धा दर्ता गरी काठमाडौं जिल्ला अदालत काठमाडौंबाट म्याद थप  गरी आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

फेसबुक ह्‍याक गरी रकम ठगी गरेको अभियोगमा
२०७८-०९-२१

काठमाडौं, बिभिन्न व्यक्तिहरुको फेसबुक ह्‍याक गरी रकम मागी अनलाइन ठगी गरेको अभियोगमा भक्तपुर गठ्ठाघर बस्ने मोरङ पथरी शनिश्वरे नगरपालिका-१० मंगलबारे घर भएका १८ वर्षीय किशोरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।     सर्वसाधारण लगायत उच्चपदस्थ व्यक्तिहरुका फेसबुक आइडि ह्‍याक गरी आइडीको दुरुपयोग गरी आइडिमा भएका साथीहरुसँग विभिन्न बहाना बनाई विश्वास दिलाई विभिन्न खातामा पैसा पठाउन लगाई अनलाइन ठगी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।    उनी उपर ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ ।

चोरी गरेको मोबाइल र ल्यापटप सहित ४ जना पक्राउ
२०७८-०९-२१

काठमाडौं, चोरी गरेको २१ थान मोबाइल, २ थान ल्यापटप र ४ थान ल्यापटपको चार्जर सहित ४ जनालाई गोकर्णेश्वर नगरपालिका-८ आरुबारीबाट मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा काठमाडौं गोकर्णश्वर नगरपालिका-६ गोकर्ण बस्ने २० वर्षीय निशान डंगोल, काठमाडौं मुलपानी बस्ने सिन्धुपालाञ्चोक जुगल गाउँपालिका-३ घर भएका २५ वर्षीय फुर्बा लामा, काठमाडौं गोकर्णश्वर नगरपालिका-८ बेशिगाउँ बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-३ घर भएका २२ वर्षीय सुमन तामाङ र सोही ठाउँका २० वर्षीय कृष्ण तामाङ रहेका छन् ।चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुको साथबाट चोरी गरेको उक्त मोबाइल र ल्यापटप फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु उपर महानगरीय प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको   छ ।

मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ
२०७८-०८-२३

झापा, ईलाम रोङ गाउँपालिका-३ कुटिडांडा बस्ने रोहित राईको मे.९ प ५२१० नम्बरको मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा ईलाम पशुपति नगरपालिका-३ बस्ने २५ वर्षीय पासङ तामाङलाई उक्त मोटरसाइकल सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । राईले आफ्नै घरको आँगनमा पार्किङ गरी राखेको मोटरसाइकल मंगलबार राति चोरी भएको खबर प्राप्त हुनासाथ तत्कालै ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले झापा बुद्धशान्ति गाउँपालिका-३ स्थित बुद्ध चोकबाट तामाङले उक्त मोटरसाइकल डोर्‍याई रहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

चोरी गरेको मोटरसाइकल सहित ३ जना पक्राउ
२०७८-०८-२१

झापा,  झापा जिल्लाको विभिन्न स्थानबाट विभिन्न मिति र समयमा मोटरसाईकल चोरी गरेको अभियोगमा चोरी गरेका २ थान मोटरसाइकल सहित ३ जनालाई  बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा ईलाम सूर्योदय नगरपालिका-९ बस्ने २१ वर्षीय आशिष सुब्बा, सोही नगरपालिका-८ बस्ने २१ वर्षीय बिवेक घिमिरे र झापा बिर्तामोड नगरपालिका-३ बिर्ताबजार बस्ने २६ वर्षीय रंजित राजवंशी रहेका छन् । झापा जिल्लाबाट हराएका तथा चोरी भएका मोटरसाईकलहरुको खोजी गर्ने क्रमाम ईलाका प्रहरी कार्यालय अनारमनि झापाबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरुलाई चोरी गरेको मे.६ प २५०५ र मे.११ प ९७३५ नम्बरको मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो ।  उनीहरु उपर जिल्ला अदालत झापाबाट ७ दिन  म्याद थप गरी आवश्यक कानुनी कारवाहीको प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

लुटपाटमा संलग्न रहेको अभियोगमा पक्राउ
२०७८-०७-१४

 बारा, धादिङबाट वीरगंजतर्फ जाँदै गरेको ना.५ ख.५३७२ नम्बरको बसका यात्रुको नगद १ लाख ५ हजार रूपैयाँ लुटपाट गरेको अभियोगमा सोही बसमा सवार काभ्रे घर भएका ३० वर्षीय राजु लामा सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बसमा सवार जितपुरसिमरा उपमहानगरपालिका-७ बस्ने ४५ वर्षीय पुरूषको साथबाट राजु लगायत ३ जनाले हातपात समेत गरी उक्त नगद लुटपाट गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले उनीहरूमध्ये २ जनालाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । हाल फरार १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।  नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका-१३ मौराटाडी बस्ने ५८ वर्षीया महिलाको ३ तोला ५० लाल बराबरको सुनको सिक्री लुटपाट गरेको अभियोगमा सुनवल नगरपालिका-१२ फरौली  बस्ने १९ वर्षीय देवराज यादव समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँमा पैदल हिँडिरहेको अवस्थामा लु.७४ प ४५०८ नम्बरको मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूले महिलाले लगाएको उक्त सिक्री लुटि फरार भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले रामग्राम नगरपालिका-५ बुद्धचोकबाट उनीहरूलाई उक्त मोटरसाइकल र सिक्री सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

लुटपाट गरेको अभियोगमा पक्राउ
२०७८-०७-०९

सल्यान, कपुरकोट गाउँपालिका-१ कालापातल भन्ने जंगलबाट व्यापारीको नगद ३ लाख रुपैयाँ र रा.१ ख २३९१ नम्बरको ट्रकको कागजपत्र, चाबी र मोबाइल लुटपाट गरेको अभियोगमा रोल्पा सुलिचौर बस्ने ३० वर्षीय तिलक विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नेपालगंजबाट तरकारी किन्न आएका तरकारी ब्यापारी सेराज हलुवाईलाई तिलक समेतका व्यक्तिहरुले उक्त जंगलमा खुकुरी देखाई ट्रक समेत तोडफोड गरी सेरोजको साथबाट नगद तथा ट्रकको कागजपत्र लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कपुरकोटबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा तिलकलाई पक्राउ गरेको हो । लुटपाटमा संलग्न हाल फरार अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

श्रृङ्खलाबद्ध चोरी कार्यमा संलग्न व्यक्तिहरु पक्राउ
२०७८-०७-०८

काठमाडौं,  काठमाडौं उपत्यकाका विभिन्न घर, सहकारी तथा वित्तिय संघसंस्था गरी ९ स्थानमा चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं कोटेश्वर बस्ने रामेछाप दोरम्बा गाउँपालिका-४ घर भएका ३१ वर्षीय कमल थापा मगर, ३० वर्षीय धनलाल थापा मगर र काठमाडौं कपन मिलनचोक बस्ने पाँचथर फाल्गुनन्द गाउँपालिका-५ घर भएका ३९ वर्षीय हरि प्रसाद रसाइली रहेका छन् । काठमाडौं उपत्यकाभित्र रातको समयमा बिभिन्न सहकारी तथा वित्तिय संघसंस्थाहरु र घरमा मानिसहरु नभएको मौका पारी ढोका फोडी नगद तथा सुन चाँदीका गहना चोरी कार्यमा संलग्नको खोजी गर्ने क्रममा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले चोरी गर्ने कार्यमा संलग्न कमल र धनलाल तथा चोरी गरेको सुन खरिद गर्ने हरि प्रसाद समेतलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ८२.६८ ग्राम सुनका विभिन्न गहना र मोबाइल २ थान समेत प्रहरीले बरामद गरेको छ । उनलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

चोरी गरेको अभियोगमा पक्राउ
२०७८-०७-०७

धनुषा,  धनुषाधाम नगरपालिका-४ चिरैयाटोल बस्ने उतिमलाल यादवको घरबाट धनमाल चोरी गरेको अभियोगमा लक्ष्मिनियाँ गाउँपालिका-३ बस्ने २२ वर्षीय शुशिल मलिकलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । मलिक लगाएत ५ जनाले यादवको घरबाट नगद, सुन तथा चाँदीका गहना र मोवाईल लगायतका सामान गरी करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी गरी भाग्ने क्रममा चोरीमा संलग्नमध्ये मलिकलाई स्थानीयले नियन्त्रणमा लिई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । चोरीमा संलग्न हाल फरार अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

श्रङ्खलाबद्ध चोरी कार्यमा संलग्न व्यक्ति पक्राउ
२०७८-०७-०५

काठमाडौं,  काठमाडौं उपत्यकाका विभिन्न ८ स्थानमा चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं कोटेश्वर बस्ने रामेछाप दोरम्बा गाउँपालिका-४ घर भएका ३१ वर्षीय कमल थापा मगरलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यकाभित्र रातको समयमा बिभिन्न सहकारी तथा वित्तिय संघसंस्थाहरु र मानिसहरु घरमा नभएको मौका पारी ढोका फोडी नगद तथा सुन चाँदीका गहना चोरी कार्यमा संलग्नको खोजी गर्ने क्रममा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले कमललाई नगद र ढोका फोड्न प्रयोग गर्ने फलामको रड सहित फेला पारी पक्राउ गरेको हो ।  उनलाई आवश्यक कारबाहीको लागी महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

मोटरसाइकल चोरी गरेको अभियोगमा २ जना पक्राउ
२०७८-०७-०२

पर्सा, वीरगंज महानगरपालिका-१५ बस्ने रामलखन साहको ना.१९ प ६३५५ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा कलैया उपमहानगरपालिका-३ ठेगाना भएका २३ वर्षीय मोहम्द आशिक र सोही ठाउँ ठेगाना भएका २३ वर्षीय आनिष हवारी रहेका छन् । सोही महानगरपालिका-१५ चालिस फिट्टे सडक अगाडिबाट असोज १३ गते उक्त मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले खोजी गर्ने क्रममा चोरी भएको उक्त मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरी ना.१७ प ८३१८ बनाई चलाइरहेको अवस्थामा वीरगंज महानगरपालिका-१६ बसपार्कमा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । साथै उनीहरुले नक्कली साँचो बनाई मोटरसाइकल चोरी गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।  उनीहरु उपर चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ
२०७८-०६-१९

स्याङ्जा, २०७८ असोज १९ गते विभिन्न मितिमा ७ थान मोटरसाइकल र २ थान स्कुटर चोरी भएको घटनामा संलग्न ४ जनालाई वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्याङ्जा भिरकोट नगरपालिका-२ बस्ने २० वर्षीय बिप्लब श्रेष्ठ, २० वर्षीय ज्ञान बहादुर गुरुङ, रुपन्देही बुटवल उपमहानगरपालिका-१२ बस्ने ३४ वर्षीय बिष्णु बहादुर नेपाली र सोही उपमहानगरपालिका-११ बस्ने २८ वर्षीय प्रकाश सिन्धौली (सार्की) रहेका छन् ।  उनीहरू उपर जिल्ला अदालत स्याङ्जाबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।