प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
चारित्रिक प्रमाणपत्र

नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।

 


 

चालचलन प्रमाणपत्र सम्बन्धी थप जानकारी

 

Mission Statement

"कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धान एवं कानुन कार्यान्वयनद्धारा समाजमा शान्ति, सुव्यवस्था एवं सुरक्षा स्थापना गर्न प्रतिवद्ध, राष्ट्रप्रति समर्पित, स्वच्छ एवं व्यवसायिक प्रहरी"

१६ जना प्रहरी उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८२-१०-०७

काठमाडौं, नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ माघ ६ गते निर्णयअनुसार प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति हुनुभएका १६ जना प्रहरी उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी उपरीक्षकहरूमा पुष्पराज मल्ल, धर्मराज भण्डारी, रबिन श्रेष्ठ, दिलिप कुमार गिरी, कुमार बिक्रम थापा, बुद्ध श्रेष्ठ, मान बहादुर राई, मोहन बहादुर खाँण, श्यामु अर्याल, भरत लामा, सागर बोहरा, राम कुमार दानी, छेदीलाल कामती, हरि बहादुर ओली, प्रदिप कुमार सिंह र दिपक भारती  रहनुभएको छ । दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । आफ्नो क्षमता, कार्यकुशलता र संगठन प्रति पुर्‍याएको योगदानको उचित मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै पदोन्नतिसँगै प्राप्त जिम्मेवारीमा अझ बढि सृजनशील र परिणाममूखी भई कार्यसम्पदान गर्न दर्ज्यानी चिन्हबाट सुशोभित प्रहरी अधिकृतहरूलाई उहाँले निर्देशन दिनुभयो । प्रहरी महानिरीक्षक कार्कीले आसन्न निर्वाचन एकदमै सन्निकटमा रहेको र यसले प्रहरीको भूमिका अन्य अवस्थाको भन्दा अझ बढेको उल्लेख गर्दै संगठनको साख बढाउने गरी सम्पूर्ण प्रहरी कर्मचारीहरूले प्राप्त जिम्मेवारीमा प्रखर रूपमा आफूलाई स्थापित गर्न निर्देशण दिनुभयो । समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै प्रहरी उपरीक्षक पुष्पराज मल्लले प्राप्त जिम्मेवारीलाई उत्प्रेरित भई थप व्यावसायिक निष्ठाका साथ उत्कृष्ट ढंगले निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।

  • अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
    २०८२-१०-१६

    काठमाडौं, कागेश्‍वरी मनोहरा नगरपालिका-८ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९ ग्राम ४ सय ४० मिलिग्राम र तराजु २ थान सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सुनसरी घर भएका २५ वर्षीया प्रमिला घिमिरे र ५३ वर्षीय प्रेम कुमार राय रहेका छन् । प्रहरी वृत्त बौद्दबाट खटिएको प्रहरीले प्रमिलाको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-१६ बालाजु सुकुम्बासी बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ ग्राम ७ सय १० मिलिग्राम सहित सोही महानगपालिका-१६ बालाजु बस्ने गोरखा घर भएका ३४ वर्षीय छिरिङ लामालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि अन्य ६ जना मानिसहरूलाई समेत नियन्त्रणमा लिएको छ ।  मोरङ, विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९ ग्राम ३ सय ५० मिलिग्राम सहित झापा दमक नगरपालिका-४ बस्ने २९ वर्षीय एलिस कार्कीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-८ नालाबेलिचोक बस्ने ३१ वर्षीय सरोज गुरूङलाई नियन्त्रित लागूऔषध नोर्फिन ३२ एम्पुल, डाइजेपाम २५ एम्पुल र फेनारगन ३३ एम्पुल सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ नमुनाचोक बस्ने २४ वर्षीय श्रीकृष्ण विकलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ट्याब्लेट सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   कञ्चनपुर, भीमदत्त नगरपालिका-१३ स्थित खाली झुपडीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम ३ सय ७० मिलिग्राम सहित भीमदत्त नगरपालिका-१३ बडैपुर बस्ने २४ वर्षीय प्रदिप लुहार समेत १० जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सिराहा, सिरहा नगरपालिका-७ ट्राफिक चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम २ सय २० मिलिग्राम सहित मिर्चैया नगरपालिका-५ बस्ने २७ वर्षीया मनिषा कुमारी मण्डललाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, दमक नगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-३ बस्ने २८ वर्षीय अरूष दासलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  बारा, परवानीपुर गाउँपालिका-३ बजार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम २ सय ६० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ बसमारी बस्ने २७ वर्षीय म्याक ढुङ्गाना र २६ वर्षीय सुदन रिमाल रहेका छन् । इलाका प्रहरी कार्यालय परवानीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    [ विस्तृतमा ]
  • हत्या गरेको अभियोगमा पक्राउ
    २०८२-१०-१६

    ललितपुर, आफ्नै श्रीमती २३ वर्षीया कोपिला नेपालीको हत्या गरेको अभियोगमा गोदावरी नगरपालिका-७ देउराली डाँडा बस्ने २७ वर्षीय बिनोद तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।बिनोदले बिबादको क्रममा कोपिलालाई चिरपट प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भनि प्रहरी चौकी टिकाभैरवमा गई जानकारी गराएपश्‍चात प्रहरीले बिनोदलाई नियन्त्रणमा लिएको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    [ विस्तृतमा ]
  • जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
    २०८२-१०-१६

    बाँके, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-६ एच गाउँ बस्ने खजुरा गाउँपालिका-७ घर भएका ३० वर्षीय अंगतराम अहिरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।अंगतरामले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    [ विस्तृतमा ]
प्रकाशित मिति शीर्षक कार्यहरु
२०८२-०८-२५ जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८२-०८-२६)
२०८२-०६-१० जनपद प्रहरी समूहतर्फ प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८२-०६-१०)
२०८२-०६-१० प्रहरी कार्यालय सहयोगी पदको विशिष्टीकृत कार्य क्षेत्र चयन फाराम (२०८२-०६-१०)
२०८२-०६-१० दरखास्त फाराम (२०८२-०६-१०)
२०८२-०३-०६ जनपद प्रहरी समूहतर्फको प्रहरी जवान पदको माग पद संख्या थप गरिएको सम्बन्धी सूचना (२०८२-०३-०६)
२०८२-०१-०५ प्रहरी कार्यालय सहयोगी (भान्छे र कुचीकार) पदको माग पद संख्या थप गरिएको सम्बन्धी सूचना (२०८२-०१-०५)
नेपाल प्रहरी
सामाजिक सञ्जालमा

विभिन्न सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीसँग सम्बन्धित ताजा समाचार, सूचना र घटनाहरूको साथ सुचित रहनुहोस्।

हाम्रो प्रहरी कार्यक्रम
रेडियो कार्यक्रम
रेडियो कार्यक्रम (२०८२-१०-१२)
रेडियो कार्यक्रम (२०८२-१०-०८)
रेडियो कार्यक्रम (२०८२-१०-०५)

नेपाल प्रहरी मोबाईल एप्स

Google Play र Apple app store मा उपलव्ध छ ।