प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
समाचार : अवैध व्यापार
अवैध रूपमा भन्सार छली लैजान लागेको सामानसहित दुई जना पक्राउ
२०८१-०१-१३

काठमाडौं, भन्सार छली लैजान लागेको ५० ग्राम बराबरको सुन जस्तो देखिने पहेंलो धातुको सिक्री २ थान, आइफोन ३ थान  र विभिन्न भेपको लिक्युडसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका-९ घर भएका ४२ वर्षीय जगदिश श्रेष्ठ र नवलपरासी कावासोती नगरपालिका-३ घर भएका ४३ वर्षीय राज कुमार श्रेष्ठ रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन पार्किङ एरियामा उनीहरूले बाह्य मुलुकबाट नेपाल आएका यात्रुहरूलाई भन्सार छली गर्न लगाई उक्त सामानहरू अवैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्‍यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।  

राजस्व छलीका मोबाइलहरू सहित एक जना पक्राउ
२०८०-१२-१८

ललितपुर, ललितपुर महानगरपालिका-८ बालकुमारीस्थित ट्रेन्डिङ मोबाइल हबबाट करिब १५ लाख रूपैयाँ मूल्य बराबरका भन्सार छली चोरी पैठारी गरी ल्याएका ३५ थान मोबाइलसहित हबको संचालक सोही ठाउँ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-२ घर भएका २२ वर्षीय सरोज योञ्जनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  ललितपुरको बालकुमारी एरियामा विभिन्न कम्पनीका मोबाइलहरू राजस्व/भन्सार छली चोरी पैठारी गरी ल्याई बिक्री वितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।  

बिल नभएको सुन जस्तो देखिने धातुसहित दुई जना पक्राउ
२०८०-०९-०४

दाङ, तुलसीपुर उपमहानगरपालिका-५ बिरेन्द्र चोकस्थित बजारबाट बिल कागजातहरु नभएको सुन जस्तो देखिने पहेलो धातु १ तोला २.५ लालसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-३ डाडाकुटी बस्ने २१ वर्षीय शेर बहादुर बिश्वकर्मा र १९ वर्षीय रुप लाल बिश्वकर्मा रहेका छन्  । उक्त बजारमा केही व्यक्तिहरूले बिल कागजातहरु नभएका अवैध सुनका गरगहनाहरु बिक्री गरिरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूको साथबाट सुन जस्तो देखिने पहेलो धातुबाट बनेका हाईड्रोलकेट ६ थान, टिकटकमाला ८ थान, बेबी साईडहार ६ थान र औठी २४  थान गरी जम्मा उक्त तौलको धातु फेला पारी पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाइएको छ । 

अवैध हिरासहित एक जना भारतीय नागरिक पक्राउ
२०८०-०८-२६

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट करिब ३ लाख २७ हजार ३ सय ३९ रूपैयाँ बराबरको अवैध हिरासहित काठमाडौं सुन्धारा बस्ने भारत पश्चिम बंगाल घर भएका ४४ वर्षीय संजय मैतीलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।  वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ५४७७ नम्बरको सुमोलाई फर्पिङ चेकपोष्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई बिल नभएको भन्सार छली ल्याएको हिराजस्तो देखिने धातुसहित फेला पारेको र उक्त धातु सुनचाँदी व्यवसायी संघबाट परीक्षण गर्दा हिरा भएको पुष्टी भएको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध अमेरिकी डलरसहित एक जना पक्राउ
२०८०-०८-१८

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित रिपब्लिक अफ पोल्याण्डकी नागरिक ३७ वर्षीया पाउलिना गाब्रेला माडेजलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।फ्लाई दुबईको उडानद्वारा दुबई हुँदै पोल्याण्ड जान लागेकी उनलाई विमानस्थलमा जाँच गर्ने क्रममा १ सय दरको १ सय १३ थान, ५० दरको ३८ थान र २० दरको १५ थान गरी जम्मा १३ हजार ५ सय अमेरिकी डलरसहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ । 

अनलाइनमार्फत सट्टाबाजी खेल खेलाउने छ जना पक्राउ
२०८०-०८-०५

काठमाडौं,अनलाइनमार्फत सट्टाबाजी खेल खेलाएको अभियोगमा ६ जनालाई आइतबार दिउँसो प्रहरीले ललितपुरको विभिन्न स्थानबाट पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा धनकुटा धनकुटा नगरपालिका-७ घर भई ललितपुर नख्खिपोट बस्ने ३० वर्षीय अंकित श्रेष्ठ, सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका-२ घर भई ललितपुर कुसुन्ती बस्ने २२ वर्षीय आमोश राई, उदयपुर चौदण्डीगढी नगरपालिका-३ घर भई ललितपुर थेचो बस्ने २० वर्षीया निका राई, सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-७ घर भई ललितपुर भैसेपाटी बस्ने २९ वर्षीय विजय थापा, बाग्लुङ बरेङ गाउँपालिका-४ घर भई ललितपुर खुमलटार बस्ने २७ वर्षीय पर्वत पुन र सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका-२ घर भई ललितपुर कुसुन्ती बस्ने २७ वर्षीय डेकर राई रहेका छन् ।उनीहरूले अनलाइन ग्यामबलीङ तथा अनलाइन क्यासिनो खेलहरूमा अनलाईन मार्फत बाजी राख्दा जितिन्छ भन्ने बिश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको वाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने गरेको भन्ने सूचना प्राप्त भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले विभिन्न सामाजिक संजाल लगायत विभिन्न अनलाइन ग्यामबलिङ प्लेटफर्म प्रयोग गरी अनलाईन मार्फत् रकमको वाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ । उनीहरूको साथबाट ल्याप्टप ६ थान, राउटर २ थान, कम्प्युटर ३ थान, मोनिटर २ थान, सिपीयू १ थान र मोबाइल १४ थान प्रहरीले बरामद गरेको छ ।उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

नक्कली रूपैयाँसहित दुई जना पक्राउ
२०८०-०८-०५

नक्कली रूपैयाँसहित दुई जना पक्राउ काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फार्पिङ बसपार्कबाट नक्कली नेपाली रूपैयाँसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-२ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ बस्ने ६२ वर्षीय किरण लामा र सिन्धुपाल्चोक कुभुण्डे गाउँपालिका-३ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ बस्ने ६८ वर्षीय गोकर्ण बहादुर थापा रहेका छन् । उनीहरूको साथबाट एक हजार दरका ३ लाख ४९ हजार नक्कली रूपैयाँ बरामद भएको छ ।ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ७२०१ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनीहरूलाई उक्त नक्कली रुपैयाँसहित पक्राउ गेरको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सुनजस्तो देखिने पहेंलो धातुसहित पक्राउ
२०८०-०८-०५

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट अवैध रुपमा भन्सार छली लैजान लागेको सुनजस्तो देखिने पहेलो धातु करिब २७२.३७ ग्रामसहित काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-८ घर भएका ३९ वर्षीय राम सुन्दर श्रेष्ठलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त गेटमा जाँच गर्ने क्रममा ३ थान बेरूवा औंठीको रूपमा ल्याएको ५४.९७ ग्राम र पेन्टीभित्र फल्स बटमा बनाई प्लाष्टिकले बेरेको ल्याएको सुन जस्तो देखिने पहेँलो रंगको अर्धठोस वस्तु करिब २१७.४० ग्रामसहित उनलाई पक्राउ गरेको हो । बरामद सुनसहित उनलाई भंसार कार्यालय सिनामंगल बुझाइने छ । रसुवा, गोसाईकुण्ड गाउँपालिका-२ रसुवागढीबाट करिब १३ लाख ८८ हजार ४ सय रुपैयाँ बराबरको १२ तोला तौलको सुनजस्तो देखिने पहेंलो धातुसहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गेरको छ । पक्राउ पर्नेहरूमा आमाछोदिङ्मो गाउँपालिका-५ गोङ्गाङ बस्ने २९ वर्षीय सुरेश तामाङ, सोही गाउँपालिका-५ तातोपानी बस्ने ३७ वर्षीय निमा टासी तामाङ र गोसाइकुण्ड गाउँपालिका-३ ब्रिदीम बस्ने २३ वर्षीय ड्वाङ लोप्साङ तामाङ रहेका छन् । सोही ठाउँस्थित नेपाल-चीन सीमानाको रसुवागढी नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा भन्सार कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले चीनबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई ३ थान बेरूवा औंठीको रूपमा ल्याएको उक्त धातुसहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नक्कली नोटसहित दुई जना महिला पक्राउ
२०८०-०८-०५

काठमाडौं, नक्कली नेपाली रूपैयाँसहित दुई जना महिला काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका-७ कोलागाल डेरा गरी बस्ने सिन्धुपालचोक जलविरेकी ४९ वर्षीया सिर्जना थापा र बुढानिलकण्ठ नगरपालिका-१२ कपन डेरा गरी बस्ने ओखलढुंगा कुईवीर गाउँपालिका-४ की ४१ वर्षीया मैया कुमारी घिमिरे रहेका छन् । सिर्जनाको साथबाट १ हजार दरको १ सय ४० थान र कुमारीको साथबाट १ हजार दरको २१  थान नक्कली नोट बरामद भएको छ । सिर्जना र कुमारीले नक्कली नोटको कारोबार गर्ने गरेको भन्ने सूचनाको आधरमा प्रहरी प्रभाग साँखु र प्रहरी प्रभाग कपनको प्रहरीले शंखरापुर नगरपालिका-७ कोलागालबाट सिर्जनालाई सोमबार राति र प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले  कुमारीलाई बुढानिलकण्ठ नगरपालिका-१२ कपन निलोमाईक्रो पार्क नजिकबाट सोमबार साँझ पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब १४ लाख रुपैयाँ बराबरको सुनजस्तो देखिने पहेंलो धातुसहित तीन जना पक्राउ
२०८०-०८-०४

रसुवा, गोसाईकुण्ड गाउँपालिका-२ रसुवागढीबाट करिब १४ लाख ९१ हजार ६ सय ८२ रुपैयाँ बराबरको १२ तोला ९१ लाल तौलको सुनजस्तो देखिने पहेंलो धातुसहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गेरको छ ।  पक्राउ पर्नेहरूमा आमाछोदिङ्मो गाउँपालिका-१ हाकु बस्ने ४४ वर्षीय सिने वाङ्दी तमाङ, सोही गाउँपालिका-५ चिलिमे बस्ने १६ वर्षीया किशोरी र सोही गाउँपालिका-४ बस्ने २३ वर्षीय लक्ष्मी तामाङ रहेका छन् । सोही ठाउँस्थित नेपाल-चीन सीमानाको रसुवागढी नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा भन्सार कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले चीनबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई ५ थान बेरूवा औंठीको रूपमा ल्याएको उक्त धातुसहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

एक केजी ९५० ग्राम चाँदीसहित एक जना किशोर पक्राउ
२०८०-०७-२३

सर्लाही, कम्मरमा लुकाई ल्याएको करिब १ केजी ९ सय ५० ग्राम चाँदी लगायतका विभिन्न सामानसहित भारत सितामढी बसतपुर ग्राम पंचायत-७ बस्ने १९ वर्षीय लभ दासलाई मलंगवा नगरपालिका-८ लचकाबाट बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।भारतबाट साइकलमा नेपालतर्फ आउँदै गरेका उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त सामानसहित फेला पारी पक्राउ गरेको हो । उनको साथबाट चाँदीको सिक्का २० थान, हनुमानी १ थान, औंठी ८ थान, पायल-४ जोर, ब्रासलेट १ जोर, प्लेट २ थान, गणेश र लक्ष्मीको मूर्ती ११ थान, सिक्री ३७ थान गरी उक्त तौलको चाँदीका सामान बरामद भएको हो ।    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध रूपमा बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित पक्राउ
२०८०-०७-०२

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा बाह्‍य मुलुकतर्फ लैजान लागेको ९ हजार ५ सय अमेरिकी डलर र ८ हजार भारतीय रुपैयाँसहित भुटानी नागरिक ६५ वर्षीया यशी चोडेनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । ड्रुक एयरको उडानद्वारा काठमाडौंबाट पारो जान लागेकी उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको साथबाट लुकाई लैजान लागेको उक्त विदेशी मुद्रासहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ । 

नक्कली नोट तथा नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित दुई जना पक्राउ
२०८०-०६-२५

नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ फलफुल चोकस्थित विनय रेष्टुरेन्टबाट नेपाली १ हजार दरको १ सय ३९ थान नक्कली नोट, नक्कली नोट बनाउन प्रयोग हुने सामानहरुसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व बुलिङटार गाउँपालिका-६ ठिमुरे बस्ने ३० वर्षीय कृष्ण बहादुर बिक र तनहुँ ऋषिङ गाउँपालिका-३ दानश्री बस्ने २५ वर्षीय सुरज बिक रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनीहरू बसेको उक्त रेष्टुरेन्टको कोठामा तलासी गर्दा नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग हुने स्ट्याम्प प्याड ३ थान, चम्किलो स्टिकर टेप ६ थान, ग्लु १० थान, मसी, ब्रस, फलामे स्केल, कैची लगायतका विभिन्न सामानसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  छ ।

राजश्च छलिका विभिन्न ८० थान मोबाइलसहित एक जना पक्राउ
२०८०-०६-१६

काठमाडौं महानगरपालिका-२२ न्यूरोडबाट राजश्व छलिका विभिन्न कम्पनिको ८० थान मोबाइलसहित काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-७ बस्ने रामेछाप लिखु गाउँपालिका-६ घर भएका २९ वर्षीय मिलन श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  न्यूरोड क्षेत्रमा राजश्व छलिका मोबाइल लुकाई राखेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले श्रेष्ठलाई उक्त मोबाइल र बा.१९ च ५०९४ नम्बरको गाडीसहित पक्राउ गरेको हो । उनलाई आवश्यक कार्वाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको   छ । 

संरक्षित वन्यजन्तु चितुवाको छाला जस्तो आखेटोपहारसहित पाँच जना पक्राउ
२०८०-०६-१६

काठमाडौं, संरक्षित वन्यजन्तु चितुवाको छाला जस्तो आखेटोपहार १ थानसहित ५ जनालाई ललितपुर महानगरपालिका-१५ बोधिग्राम टोलबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा भोजपुर आमचोक गाउँपालिका-४ बस्ने ३९ वर्षीय लक्ष्मण विश्वकर्मा, सोही गाउँपालिका-४ बस्ने २० वर्षीय बिनोद कालिकोटे, रामेछाप जिल्ला रामेछाप नगरपालिका-४ बस्ने ३४ वर्षीय दल बहादुर आले मगर, धादिङ गल्छी गाउँपालिका-८ बस्ने २८ वर्षीय उमेश दुधराज र सोही गाउँपालिका-८ बस्ने २० वर्षीय प्रेम बहादुर बिक रहेका छन् । उक्त स्थानमा संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रूपमा ओसारपसार तथा खरिद बिक्री गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त चितुवाको छाला जस्तो आखेटोपहारसहित पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीवन ललितपुरमा बुझाइएको छ । 

सालकको खपेटासहित चार जना पक्राउ
२०८०-०६-१०

काठमाडौं, काठमाडौं महानगरपालिका-२६ सामाखुशीबाट दुर्लभ वन्यजन्तु सालकको खपेटा ९ सय ग्राम १२ मिलिग्रामसहित सिन्धुपाल्चोक साँगाचोक नगरपालिका-१० घर भई भक्तपुर सूर्यविनायक बस्ने ३३ वर्षीय तिले तामाङसमेत ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सामाखुशीस्थित कल्पना खाजा घरमा दुर्लभ वन्यजन्तु सालकको खपेटा लुकाई लिई बसेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले खोजी तथा जाँच गर्ने क्रममा तामाङको झोलामा लुकाई राखेको उक्त खपेटासहित उनीहरूलाई पक्राउ गरेको   हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सुन जस्तो धातु देखाई ठगी गर्ने चार जना पक्राउ
२०८०-०५-३१

काठमाडौं, सुन जस्तो धातु देखाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई YUEPENG GOLD 1 KILO Fine GOLD 999.9 Y185270 लेखिएको सुन जस्तो देखिने धातु सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-१ घर भई काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-७ बस्ने ३१ वर्षीय विशुराम थपलिया, दोलखा बिगु गाउँपालिका-५ घर भई भक्तपुर नयाँ ठिमी बस्ने ३० वर्षीय भिमसेन बिक, काठमाडौं महानगरपालिका-३ लाजिम्पाट मिलन मार्ग बस्ने ३२ वर्षीय निरज महर्जन र सप्तरी सितापुर गाउँपालिका-८ इटहरुवा घर भई काठमाडौं जोरपाटी बस्ने ३४ वर्षीय दिलिप कुमार चौधरी रहेका छन् । काठमाडौं महानगरपालिका-१६ बालाजु क्षेत्रमा सुन जस्तो धातु देखाई ठगी भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बालाजुबाट उक्त धातुसहित उनीहरूलाई पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक कारवाहीका लागि प्रहरी वृत्त बालाजु पठइएको छ ।

भन्सार छलि अवैध रूपमा लुकाई छिपाई ल्याएको सुनसहित तीन जना पक्राउ
२०८०-०५-२६

काठमाडौं, भन्सार छलि लुकाई छिपाई ल्याएको ९ सय ६० ग्राम तौलको अवैध सुन जस्तो देखिने पहेंलो धातु बरामद भएको घटनाको अनुसन्धानको क्रममा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काभ्रे खानीखोला गाउँपालिका-३ घर भई पनौती नगरपालिका-५ बस्ने २८ वर्षीय बाबुलाल दोङ, काभ्रे रोशी गाउँपालिका-३ घट्टेखोला बस्ने ३३ वर्षीय जगत लामा र काभ्रे महाभारत गाउँपालिका-३ सानो पोखरा घर भई हाल बनेपा बस्ने ३६ वर्षीय मिङमा दोर्जे स्यान्तान रहेका छन् । हिमालयन एयरलाईन्सद्वारा सोमबार बिहान दुबईबाट नेपाल आएका बाबुलालले भन्सार छलि अवैध सुन लुकाई छिपाई ल्याएको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं महानगरपलिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर सार्वजनिक सडक पेटीमा हिँड्दै गरेका बाबुलाललाई मलद्वारमा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको धातुसहित तत्काल फेला पारी पक्राउ गरेको थियो ।  थप सोधुपछ एवम् अनुसन्धानको क्रममा जगत लामा र दोर्जे स्यान्तानलाई समेत काठमाडौं महानगरपालिका-१५ ढल्कुस्थित बिगमार्टको पार्किङबाट मंगलबार प्रहरीले पक्राउ गरेको हो । उनीहरूले प्रयोग गरेको बागमती प्रदेश ०१-२७ च ९९६० नम्बरको गाडी र बागमती प्रदेश ०२-०३० प ८५१७ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।  उनीहरूलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौचर पठाइएको छ ।

लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको मुद्रासहित चिनियाँ नागरिक पक्राउ
२०८०-०४-१७

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको १ सय दरको १ हजार थान गरी जम्मा १ लाख चिनियाँ युआनसहित चिनियाँ नागरिक ५८ वर्षीय होङग होङगलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  एयर चाईनाको उडानद्वारा काठमाडौंबाट चीनको छेन्दु प्रस्थान गर्न लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको झोलाबाट उक्त चिनियाँ युआन फेला परेको हो ।  उनलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाईएको छ ।

सुन जस्तो देखिने पहेँलो धातुसहित पक्राउ
२०८०-०४-११

काठमाडौं, काठमाडौं महानगरपालिका-९ अन्तर्राष्ट्रिय विमास्थलबाट अवैध रुपमा भन्सार छलि लैजान लागेको सुन जस्तो देखिने करिब ५८ ग्राम पहेँलो धातुको ब्रासलेट १ थानसहित भारतीय नागरिक ३० वर्षीय इमरान सिराजलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । हिमालय एयरलाईन्सको उडानद्वारा दोहा कतारबाट काठमाडौं आएका सिराजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्रममा लुकाई छिपाई लैजान लागेको अवस्थामा उक्त ब्रासलेटसहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ । 

स्रोत नखुलेको नेपली रूपैयाँसहित एक जना पक्राउ
२०८०-०३-०४

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्‍याण्ड व्यागेज चेकिङ एरियाबाट स्रोत नखुलेको तथा भन्सार उद्‍घोष नगरेको नेपाली ५३ लाख ८ हजार ५ सय रूपैयाँसहित पर्वत घर भएकी ७० वर्षीया बीबी कुमारी गुरुङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट भैरहवा जान लागेकी गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्‍याण्ड व्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उनको साथमा रहेको झोलाभित्र उक्त नगद फेला परेको हो ।  उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं टेकु पठाइएको छ । 

राजश्व छलि ल्याउँदै गरेका सामानसहित दुई जना पक्राउ
२०८०-०२-२२

ललितपुर, ललितपुर महानगरपालिका-२६ चिवहालबाट राजश्व छलि ल्याउँदै गरेका करिब २० लाख ७३ हजार ५ सय ९० रूपैयाँ बराबरको विभिन्न अवैध सामानसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका-१४ डुम्बरवाना बस्ने ३४ वर्षीय दिपक प्रसाद लामिछाने र भारत बिहार राज्य मोतिहारी छतौनी ग्राम पञ्चायत-११ बस्ने २८ वर्षीय सचिन कुमार चौरासिया रहेका छन् । प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले बागमती प्रदेश ०१-०२६ च ८९८० नम्बरको गाडीलाई जाँच गर्ने क्रममा बिल तथा कागजात नभएका रजनीगन्धा, तुलसी, पासपास, खैनी, गुड्खाहरु र कत्था गरी उक्त रुपैयाँ बराबरको सामान, अन्य ब्यक्तिको नामको म्याद गुज्रिएको प्रेस पास ३ थान र उक्त गाडीसहित उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई बरामद सामानसहित आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय हरिहर भवन पुल्चोक पठाइएको छ ।

गैंडाको खागसहित तीन जना पक्राउ
२०८०-०२-०३

ललितपुर, ललितपुर महानगरपालिका-४ स्टिलटावर चोक नजिकबाट २ सय ९७ मिलिग्राम तौल भएको गैंडाको खाग(ओखेटोपहार)सहित ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका-५ भवानीपुर घर भई ललितपुर एकान्तकुना बस्ने २८ वर्षीय रोशन घिमिरे, २४ वर्षीय युवराज घिमिरे र धादिङ बेनिघाट रोराङ गाउँपालिका-२ घर भई काठमाडौं नयाँबजार बस्ने २८ वर्षीय वीरेन्द्र तामाङ रहेका छन् । उक्त चोक नजिक गैंडाको खाग खरिद बिक्री गर्दै गरेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरूलाई उक्त खागसहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय गोदावरी ललिपुरमा पठाइएको छ । 

कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०२-०१

काठमाडौं,  कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-१ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-३ माकलबारी बस्ने २९ वर्षीय सिद्धार्थ तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । तामाङ समेतले २ जनालाई वैदेशिक रोजगारीको लागि कम्बोडिया पठाई क्यासिनोमा १ लाख रूपैयाँ भन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी १६ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई गोकर्णेश्वर नगरपालिका शिवचोकबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ । 

बैंक खाताको पासवर्ड ह्याक गरी पैसा निकाल्ने ब्यक्ति पक्राउ
२०८०-०२-०१

मोरङ, सुन्दरहरैचा नगरपालिका बिराटचोकमा रहेका २ वटा बैंकबाट खाताको पासवर्ड ह्याक गरी पैसा निकालेको अभियोगमा  सोही ठाउँ बस्ने ३६ वर्षीय देबराज सिक्देललाई प्रहरीले पक्राउ गरेको छ ।  सुन्दरहरैचा नगरपालिका-४ दुलारीस्थित आरए भिजन एकाउन्टेन सोलुसन प्रालि फर्मका एकाउन्टेन्ट समेत रहेका उनले सोही फर्मका संचालकको नबिल बैंक शाखा कार्यालय बिराटचोकमा रहेको बैंक खाताको पासवर्ड ह्राक गरी विभिन्न मितिमा २८ हजार १ सय रूपैयाँ र सोही फर्मका संचालकका काकाको माछापुच्छ्रे बैंक शाखा कार्यालय बिराटचौकमा रहेको खाताबाट बिभिन्न मितिमा ६६ हजार ८ सय रुपैयाँ निकालेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।उनी उपर ईलाका प्रहरी कार्यालय बेलवारीबाट थप अनुसन्धान भइरहेको छ ।   

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
२०८०-०१-२७

पर्सा, बिन्दबासीनी गाउँपालिका-५ प्रसौनिभाठ्ठा पुलस्थित सडकबाट स्रोत नखुलेको १२ लाख नेपाली रूपैयाँसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत पूर्वी चमपारण ग्राम पञ्चायत भेलाही बस्ने ४० वर्षीय धनन्जय कुमार गुप्ता र २६ वर्षीय मुसाहेब आलम रहेका छन् । प्रहरी चौकी प्रसौनीभठ्ठाबाट खटिएको प्रहरीले वीरगंजबाट प्रसौनिभाटातर्फ जाँदै गरेको बिआर ०५ एस ४७०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

भन्सार छलि ल्याउँदै गरेको मोबाइलसहित चिनियाँ नागरिक पक्राउ
२०८०-०१-२५

रसुवा, गोसाईकुण्ड गाउँपालिका-२ टिमुरेबाट भन्सार छलि ल्याउँदै गरेको विभिन्न कम्पनीको मोबाइल ३ थान र आइफोनको लोगो भएको आइफोनको ब्याट्री १५ थानसहित राहदानी नम्बर इइ ७७७५४३३ बाहक २७ वर्षीय CHEN JUNSHAN लाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको प्रहरीले पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा भन्सार छलि ल्याएको करिब ४ लाख ७३ हजार रुपैयाँ बराबरको उक्त सामानसहित फेला पारी पक्राउ गरेको हो । बरामद सामानसहित उनलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय टिमुरे रसुवामा बुझाइएको छ । 

अवैध सुन तथा चाँदीका जस्तो देखिने धातुका विभिन्न गहनासहित तीन जना पक्राउ
२०८०-०१-२४

 मोरङ, बिराटनगर महानगरपालिका-१५ बाट अवैध सुन तथा चाँदी जस्तो देखिने धातुका विभिन्न गरगहना सहित ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही महानगरपालिका-२ का ५२ बर्षीय बिमल कामत, भारत बिहार कटिहारका ६१ बर्षीय बिनोद कुमार मुरारका र उनकै श्रीमती ५६ बर्षीया पुष्पा मुरारका रहेका छन ।  कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले बिराटनगरबाट रानीतर्फ जादै गरेको को.२ च १४९५ नम्वरको भेनलाई जाँच गर्ने क्रममा सुन तथा चाँदी जस्तो देखिने धातुबाट बनेका बिभिन्न प्रकारका  गरगहना, उक्त नम्बरको भ्यान र  बिभिन्न दरका ७ लाख ९५ हजार २ सय ८९ भारतीय रुपैयाँसमेत गरी जम्मा ९० लाख रुपैयाँ बराबरको सामग्रीसहित उनीहरूलाई पक्राउ गरेको हो । बरामद सामग्रीसहित उनीहरूलाई आवश्‍यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय रानीमार्फत जिल्ला प्रहरी कार्यालय मोरङमा पठाइएको छ । 

कम्बोडीया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०१-१९

काठमाडौं, वैदेशिक रोजगारीका लागि कम्बोडीया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चितवन राप्ती नगरपालिका-९ लालपुर घर भई भक्तपुर जगाती बस्ने ३१ वर्षीय राजु श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  श्रेष्ठले एक जना व्यक्तिलाई वैदेशिक रोजगारका लागि कम्बोडिया पठाइ आरएफसि सेक्युरिटि गार्डमा १ लाख रुपैयाँ भन्दा बढी तलबमा काम  लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ७ लाख रुपैयाँ लिई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

अखाद्य वस्तु मिसावट गरी अवैध रूपमा मह उत्पादन गर्ने व्यक्ति पक्राउ
२०८०-०१-१९

काठमाडौं, अखाद्य वस्तु मिसावट गरी अवैध रूपमा मह उत्पादन गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-२ बस्ने ५७ वर्षीय पवन सत्याललई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  बूढानीलकण्ठ नगरपालिका-२ स्थित पवनले संचालन गरेको गार्डेन अपिएरि उद्योग प्रालिमा अखाद्य मिसावट गरी अबैध रुपमा मह उत्पादन गरी बजारमा बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अखाद्य वस्तु मिसावट गरिएको तयारी मह र मह बनाउन प्रयोग हुने कच्चा पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो । उक्त उद्योगबाट तयारी मह करिब ७ सय बट्टा र कच्चा पदार्थ ४० बाल्टिन प्रहरीले बरामद गरेको छ ।  कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ बमोजिम प्रहरी वृत्त महाराजगंजबाट थप अनुसन्धान भइरहेको छ । 

भन्सार छलि ल्याउँदै गरेका सुनका विभिन्न गहनासहित दुई जना पक्राउ
२०८०-०१-०१

उदयपुर, भन्सार छलि ल्याउँदै गरेको सुन जस्तो देखिने पहेंलो धातुका विभिन्न गहना करिब १०१ ग्राम १५० मिलिग्रामसहित बेलका नगरपालिका-४ बस्ने २९ वर्षीय खोमीराज बिकसमेत २ जनालाई त्रियुगा नगरपालिका-६ बाट बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।प्रहरी चौकी लालपत्ताबाट खटिएको  प्रहरीले कदमाबाट गाईघाटतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा भन्सार छलि लुकाई ल्याउँदै गरेको उक्त धातुका गहनासहित फेला पारी पक्राउ गरेको हो ।बरामद सामानसहित उनीहरूलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाइएको छ ।

बिमाबापतको रकम ठगी गर्ने गिरोहमा संलग्न थप दुई जना पक्राउ
२०७९-१२-२६

काठमाडौं,  वैदेशिक रोजगारीको शिलशिलामा मृत्यु भएका तथा बिदामा नेपाल आउँदा मृत्यु भएका नेपालीहरुले बिमाबापत पाउने बिमा रकम ठगी गर्ने गिरोहमा संलग्न रहेको अभियोगमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्घाखाँची छत्रदेव गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-२६ रानीबारी बस्ने  वैदेशिक रोजगार बोर्डमा कार्यरत नायव सुब्बा ३६ वर्षीय पशुपती अधिकारी र भक्तपुर चाँगुनारायण नगरपालिका-४ बुढाथोकीगाउँ बस्ने सूर्यज्योति जिवन बिमा कम्पनीमा कार्यरत जुनियर अधिकृत ३० वर्षीय उमेश बुढाथोकी रहेका छन् । मृत्यु भएका नेपालीहरूले प्राप्त गर्ने बिमा बापतको रकम मृतक आफन्तहरूलाई दिलाई दिन्छु भन्दै बिमाबापत प्राप्त हुने रकमको केही रकम मात्र आफन्तलाई दिई बाँकी रकम लिई ठगी गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न रहेका राम बहादुर तामाङसमेत ६ जनालाई चैत २३ गते काठमाडौं गोगंबुबाट विभिन्न मृतक व्यक्तिहरूको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्यु दर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस बीमा कम्पनिको लेटरप्याड लगायतका महत्वपूर्ण अन्य विविध कागजातहरु सहित फेला पक्राउ गरेको थियो । घटनाको थप अनुसन्धान तथा संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा उक्त कार्यमा संलग्न अधिकारीलाई शुक्रबार काठमाडौं महानगरपालिका-११ बाट र  बुढाथोकीलाई शनिबार भक्तपुर,भक्तपुर नगरपालिका-१० कमलविनायकबाट पक्राउ गरेको हो । उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।        

औषधिको अवैध कारोबारमा संलग्न व्यक्ति पक्राउ
२०७९-११-१७

भक्तपुर, औषधि पसल दर्ता नगरी औषधिको अवैध कारोबारमा संलग्न रहेको अभियोगमा रौतहट देवाहिबोनाही नगरपालिका-१ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका-५ निकोशेरास्थित औषधि पसल संचालन गरी बस्ने २७ वर्षीय अरूण कुमार शाहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  लागूऔषध प्रयोगकर्ताले विकल्पको रूपमा प्रयोग गर्ने गरेको विभिन्न औषधिहरू अवैध रूपमा बिक्री भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले मध्यपुर ठिमी नगरपालिका-५ निकोसेरास्थित दर्ता नगरेको औषधि पसल खोली संचालन गर्ने उनलाई विभिन्न औषधिसहित पक्राउ गरेको हो ।  उनलाई आवश्यक कारवाहीका लागि औषधि विभाग काठमाडौं पठाइएको छ ।   

प्रतिबन्धित भारतीय रुपैयाँसहित पक्राउ
२०७९-११-०४

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्डव्यागेज चेकिङ एरियाबाट नेपालमा प्रतिबन्धित २ हजार दरको २ लाख ४० हजार भारतीय रुपैयाँ सहित भारतीय नागरिक ४६ वर्षीय टुकाराम मल्हारी गडधेलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  एयर इन्डियाको उडानद्वारा काठमाडौंबाट भारतको कलकत्ता प्रस्थान गर्न लागेका उनलाई जाँच गर्ने क्रममा उक्त भारतीय रुपैयाँ बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।  बरामद भारतीय रुपैयाँ सहित उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ । 

चितुवाको छाला सहित दुई जना पक्राउ
२०७९-११-०२

धादिङ, थाक्रे गाउँपालिका-२ बाट संरक्षित वन्यजन्तु चितुवाको छाला १ थान सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका-१ चापाखर्क बस्ने ३० वर्षीय दिपक मोक्तान र ४५ वर्षीय सुविन्द्र मोक्तान रहेका छन् ।  उक्त ठाउँमा बाघको छालाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट समेत खटिएको प्रहरीले शिरदेखि पुच्छरसम्मको चितुवाको छाला सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक कानुनी कारवाहीको लागि डिभिजन वन कार्यालय धादिङमा बुझाइएको । 

स्रोत नखुलेको १७ लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
२०७९-११-०२

महोत्तरी, मटिहानी नगरपालिका-८ मस्जिद टोलबाट स्रोत नखुलेको १७ लाख भारतीय रुपैयाँ सहित सोही ठाउँ बस्ने २९ वर्षीय महेश यादवलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको महेश सवार ज.०६ प ६६६४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको ट्याङ्कीभित्र लुकाई राखेको ५ सय दरको १००/१०० थानका ३४ बन्डल गरी उक्त भारतीय रूपैयाँ र मोटरसाइकल सहित उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

स्लोभाकिया पठाइदिन्छु भन्दै नगद ठगी गर्ने पक्राउ
२०७९-१०-२५

काठमाडौं, वैदेशिक रोजगारीको लागि स्लोभाकिया पठाइदिन्छु भन्दै नगद ८ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा लमजुङ मर्स्याङ्दी गाउँपालिका-९ सिम्पानी घर भई काठमाडौं महानगरपालिका-४ सुकेधारा बस्ने ३९ वर्षीया मधु माया थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  वैदेशिक रोजगारीको लागि स्लोभाकियाको प्रतिष्ठित कम्पनीमा पठाईदिन्छु भन्दै पीडितहरूबाट पटकपटक गरी उक्त नगद ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-४ सुकेधाराबाट पक्राउ गरेको हो ।  उनलाई  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाइएको छ ।

सिङ्गापुर, अफगानिस्तान र घाना पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०७९-१०-२४

काठमाडौं, सिङ्गापुर, अफगानिस्तान र घानामा वैदेशिक रोजगारीका लागि पठाइदिन्छु भन्दै नगद ५७ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा टोखा नगरपालिका-३ बस्ने सोलुखुम्बु सोलु दुधकुण्ड नगरपालिका-७ घर भएका ३० वर्षीय अनिल श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  अनिल श्रेष्ठले विभिन्न ७ जना व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि सिङ्गापुर, अफगानिस्तान तथा घाना जानको लागि प्रतिव्यक्ति १० लाख रुपैयाँ लाग्छ, सम्बन्धित देशहरूमा पुगेपछि पानीजहाज लगायतका कम्पनीहरूमा काम लगाइदिन्छु र मासिक १ लाख रूपैयाँ भन्दा बढी तलव हुन्छ भनी प्रलोभनमा पारी पीडितहरूबाट पटक-पटक गरी उक्त रुपैयाँ ठगी गरेको खुल्न आएपछी उनलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ गोंगबुबाट पक्राउ गरेको    हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।  

स्रोत नखुलेको नगद सहित पक्राउ
२०७९-१०-२०

काठमाडौं,  पर्सा, वीरगञ्ज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद २० लाख रूपैयाँ सहित बारा बिश्रामपुर गाउँपालिका-४ बस्ने २७ वर्षीय श्याम किशोर प्रसाद साहलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले प्रदेश २-०३-०११ प ६३४३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक साहको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो । उनी उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । कपिलवस्तु, कपिलवस्तु नगरपालिका-२ जमुवारपुल चोकबाट स्रोत नखुलेको भारतीय नगद २१ लाख ७ हजार १ सय रूपैयाँ सहित भारत घर भई कपिलवस्तु मायादेवी गाउँपालिका-१ ईमिलिया बस्ने २८ वर्षीय हमिद मुसलमान समेत ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले भैरहवाबाट तौलिहवातर्फ आउँदै गरेको युपि ५५ एएम ०४५९ नम्बरको कार जाँच गर्ने क्रममा उक्त नगद फेला पारी कारका चालक मुसलमान समेत ३ जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सुन तथा चाँदी जस्तो देखिने धातु सहित पक्राउ
२०७९-१०-०९

कपिलवस्तु, यशोधरा गाउँपालिका-६ रंगपुर गाउँबाट सुन जस्तो देखिने पहेलो धातु ११ ग्राम ५४ मिलिग्राम, चाँदी जस्तो देखिने सेतो धातु ६ सय २६ ग्राम, सुन तौल गर्ने काटा १ थान र नगद ६ हजार २ सय १० भारतीय रुपैयाँ सहित भारत सिद्धार्थनगर बजाहा गाउँ बस्ने २९ वर्षीय महेन्द्र बिश्वकर्मालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  भारतबाट नेपालतर्फ आउदै गरेको नम्बर प्लेट नभएको मोटरसाइकललाई प्रहरी चौकी रंगपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बिश्वकर्माले ज्याकेटको खल्तीमा लुकाई छिपाई राखेको अवस्थामा उक्त सामानहरु फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

साउदी रियाल सहित एक जना पक्राउ
२०७९-१०-०५

 काठमाडौं, काठमाडौं महानगरपालिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट साउदी रियाल १४ हजार ४ सय सहित धनुषा धनुषाधाम  नगरपालिका-३ स्थायी वतन भएका ४५ वर्षीय एमडि नजिमलाई  बुधबार राति प्रहरीले पक्राउ गरेको छ । कतार एअरवेजद्वारा दोहा हुँदै साउदी जान लागेका उनलाई अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍यान्ड ब्यागेज चेकिङ एरियामा तलासी गर्ने क्रममा लुकाई लैजान लागेको ५ सय दरको २४ थान र २ सय दरको १२ थान गरी जम्मा १४ हजार ४ सय  साउदी रियाल फेला पारी उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ
२०७९-१०-०५

सर्लाही,  गोडैता नगरपालिका-१२ मधुवनीगाउँबाट स्रोत नखुलेको नगद १० लाख ३३ हजार रुपैयाँ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका-२ बस्ने ४६ वर्षीय तारा निधि पन्थ र काभ्रे पाँचखाल नगरपालिका-१३ बस्ने ३४ वर्षीय श्रवण त्रिपाठी रहेका छन् । ईलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको प्रहरीले मधुवनी बजारबाट भारततर्फ पदैल जाँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा पन्थको साथबाट श्रोत नखुलेको २ लाख १० हजार रुपैयाँ र त्रिपाठीको साथबाट ८ लाख २३ हजार रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सिम डुप्लिकेसन गरी ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०७९-१०-०४

काठमाडौं, सिम डुप्किकेसन गरी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा कालिकोट सान्नी त्रिवेणी गाउँपालिका-४ घर भई काठमाडौं गंगोवु बस्ने २६ वर्षीय पुर्ण योगी भन्ने पुर्णनाथ योगीलाई प्रहरीले पक्राउ गरेको छ । योगीले सामाजिक संजाल फेसबुक, ह्वाट्स एप, ईमो जस्ता एपको दुरूपयोग गरी आकर्षक तलब सुबिधामा फ्रान्स, स्विजरल्याण्ड जस्ता विकसित देशहरूमा रोजगारीको अवसर रहेको भन्दै विज्ञापन राखी भिसा प्रोसेसिङको लागि सम्पर्कमा आएका व्यक्तिको सक्कल कागजात मागेका थिए । तत्पश्चात भिसा प्रोसेसिङको लागि बैंक खातामा रकम जम्मा गर्न लगाउनुको साथै पीडितहरूले पेश गरेको नागरिकता तथा राहदानी समेतका प्रतिलिपिहरू मोबाइल सेवा प्रदायक कम्पनीहरूमा पेश गरी पीडितहरूको नामबाट सिम निकाली डुप्लिकेशनको माध्यमबाट पीडितहरूको मोबाइल बैंकिङमा पहुँच पुर्‍याई  पीडितहरूको खातामा रहेको रकम अन्यत्र ट्रान्सफर गरी ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  उनलाई आवश्यक कारबाहीका लागि जिल्ला परिसर काठमाडौं पठाइएको छ । 

स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ
२०७९-१०-०४

पर्सा, वीरगंज महानगरपालिका-८ घण्टाघरबाट स्रोत नखुलेको नगद २२ लाख ५० हजार रुपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१६ नगवा बस्ने ३४ वर्षीय बिकाश साह र सोही महानगरपालिका-१८ ईनर्वा मनियारी टोल बस्ने १७ वर्षीय किशोर रहेका छन् । वडा प्रहरी कार्यालय विर्ता र अस्थाई प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरीले बीआर ०५ एई ९३४३ नम्बरको स्कटुरलाई जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी स्कुटर चालक बिकाश र स्कुटरमा सवार किशोरलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

भरूवा बन्दुक सहित पक्राउ तथा विभिन्न हातहतियार बरामद
२०७९-०९-०८

काठमाडौं, नुवाकोट, म्यागाङ गाउँपालिका-४ किम्ताङ बस्ने २० वर्षीय ईमान तामाङलाई १ थान  भरुवा बन्दुक सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त बन्दुक लोड गरी जंगलमा सिकार गर्न हिँडेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी किम्ताङबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो ।  काठमाडौं,  तारकेश्वर नगरपालिका-४ लोलाङ्ग हरियाली बस्ती बस्ने एक व्यक्तिको घरको कोठाबाट  चाइनिज पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान र गोली १३ राउण्ड बिहीबार साँझ प्रहरीले बरामद गरेको छ । उक्त कोठामा एकिन नाम, थर, वतन नखुलेको सचिन भैंया भन्ने ब्यक्ति भाडामा बस्दै आएकोमा उनी सम्पर्कमा नआएपछि उक्त कोठा तलासी गर्दा बक्स पलङ्गभित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त हतियार फेला पारी प्रहरीले बरामद गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

‘वन एक्स बेट’ मार्फत सट्टाबाजी गराउने दुई जना पक्राउ
२०७९-०९-०४

काठमाडौं,  ‘वन एक्स बेट’ लगायतका बेटिङ एप्लिकेसनमार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने गराउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर, भक्तपुर नगरपालिका-१६ घर भई चाँगुनारायण नगरपालिका-९ ताथली बस्ने ३१ वर्षीय सुनिल चौगुठी र भक्तपुर नगरपालिका-१२ घर भई सूर्यबिनायक नगरपालिका-८ आदर्शटोल बस्ने २५ वर्षीय अजय भेले रहेका छन् ।फिफा बिश्वकप २०२२ लगायत विभिन्न खेल तथा गतिविधिहरुमा सट्टाबाजी गर्ने प्रयोग हुने बेटिङ एपमार्फत सट्टेबाजी लगाउन रकम संकलन गर्ने गराउने कार्यमा एजेन्टहरु सक्रिय रहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ‘वन एक्स बेट’का एजेन्टको रुपमा सक्रिय रहेका उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले बिभिन्न प्रलोभन देखाई एजेन्ट बन्नका लागि प्रोत्साहित गर्ने गरेको, एजेन्टको रुपमा १ वर्षदेखि कार्य गर्न थालेको, ‘रिडि’ नामक एप्लिकेसन बनाई कारोबार गर्ने गरेको र बढी रकम संकलन तथा भुक्तानी गर्ने एजेन्टहरु प्रोत्साहित हुने गरेको तथ्य खुलेको छ । साथै सुनिलको २३ वटा बैंकमा रहेका २५ वटा खाताहरुमध्ये ७ वटा बैंक खाताहरुबाट करिब १ वर्षको अवधिमा २ करोड ४५ लाख ७१ हजार ८ सय ९९ रूपैयाँ र अजयको विभिन्न १९ वटा बैंक खाताहरूमध्ये ५ वटा बैंक खाताहरुबाट करिब ६ महिनाको अवधिमा ६० लाख २९ हजार  ९ सय १५ रुपैयाँ बराबरको कारोबार भएको अनुसन्धानबाट खुल्न आएको छ ।उनीहरूलाई सट्टाबाजी गर्न गराउन नहुने कसूर अन्तर्गत थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ । 

सट्टाबाजी गराउने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०७९-०८-२९

काठमाडौं, बेटिङ एप्लिकेसन वन एक्स बेट लगायतका एप्समार्फत सट्टाबाजी गराई रकम संकलन गर्ने गराउने कार्यमा संलग्न लमजुङ सुन्दरबजार नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-२ टोखा चण्डेश्वरी बस्ने २६ वर्षीय सुजन गौलीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  फिफा विश्वकप २०२२ लगायतका अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा उक्त एप्समार्फत सट्टाबाजी गराई रकम संलग्न गर्ने गराउने कार्यमा एजेन्टहरू सक्रिय रहेको भन्ने सूचानको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले वन एक्स बेटका एजेन्टको रूपमा सक्रिय रहेका उनलाई काठमाडौं महानगरपालिका-२८ कमलपोखरीबाट पक्राउ गरेको हो ।  उनले वन एक्स बेटमा एजेन्टको रूपमा कार्य गर्ने गरेको, बढी रकम संकलन र भुक्तानीको लोभमा विभिन्न व्यक्तिको नाममा वन एक्स बेटको खाता खोली कारोबार गर्ने गरेको र इसेवा, आएमई पेए र खलती एप्स तथा विभिन्न बैंकिङ प्रणाली मार्फत २ करोड ३६ लाख ३३ हजार १ सय ३८ रुपैयाँ ३ पैसा तथा अन्य विभिन्न २६ वटा डिजिटल वालेट तथा बैंकिङ प्रणाली मार्फत ७ करोड ७२ लाख ८९ हजार ४६ रुपैयाँ २ पैसा बराबरको करोबार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।  उनलाई सट्टाबाजी गर्न गराउन नहुने कसूर अन्तर्गत थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

सट्टाबाजी गराउने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०७९-०८-२८

काठमाडौं, ‘रसियन बेटिङ एप्लिकेसन वन एक्स बेट’मार्फत सट्टाबाजी गराउने कार्यमा संलग्न रहेको अभियोगमा महोत्तरी, महोत्तरी गाउँपालिका-१ घर भई ललितपुर, ललितपुर महानगरपालिका-२ सानेपा बस्ने २० वर्षीय आदर्श ठाकुरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । फिफा विश्वकप २०२२ लगायत विश्वमा संचालन हुने खेल तथा गतिविधिहरुमा सट्टाबाजी गर्न प्रयोग हुने उक्त एप्लिकेसनमार्फत सट्टाबाजी लगाउने रकम संकलन गर्ने गराउने कार्यमा एजेन्टहरू सक्रिय रहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  उनले विगत ८ महिनादेखि सट्टाबाजी गर्ने गरेको, बढी रकम संकलन र भुक्तानीको लोभमा विभिन्न व्यक्तिको नाममा डिजिटल वालेट एकाउन्ट कारोबार गरेको, विभिन्न व्यक्तिका नागरिकताको प्रतिलिपि समेत खरिद गरी सोबाट विभिन्न सेवा प्रदायकहरुको सिमकार्ड समेत खरिद गरेको, वालेटमा संकलन गरेको रकम आफ्नो खाता रहेको विभिन्न बैंकमा रकमान्तर गरेको र उनले नविल, सिद्दार्थ र एन.आई.सी. एसिया बैंकमा क्रमश ६९ लाख ६ हजार ७ सय ७० रुपैयाँ, ४५ लाख ५३ हजार ५ सय २३ रुपैयाँ र ८८ लाख २४ हजार १ सय ५५ रुपैयाँ गरी जम्मा २ करोड २ लाख ८४ हजार ४ सय ४८ रुपैयाँ वालेटबाट रकमान्तरण गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।  उनलाई सट्टाबाजी गर्न गराउन नहुने कसूर अन्तर्गत थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ । 

अनलाईन मार्फत सट्टाबाजी गर्ने दुई जना पक्राउ
२०७९-०८-२६

काठमाडौं, अनलाईन मार्फत सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका नरदेवी बस्ने भारत राजस्थान प्रदेश चुरू सृजनगढ ठाना घर भएका ३२ वर्षीय पवन कुमार शर्मा र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ कपन बस्ने पाल्पा रैनादेवी छहरा गाउँपालिका-४ घर भएका ३७ वर्षीय रूद्र प्रसाद पोखरेल रहेका छन् ।काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी अनलाईन सट्टाबाजी भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रुद्र प्रसाद पोखरेललाई काठमाडौं महानगरपालिका-१ जमलबाट शनिबार र पवन कुमार शर्मालाई काठमाडौं महानगरपालिका नरदेवीबाट आइतबार विभिन्न गेमहरुमा अनलाईन सट्टाबाजी गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।उनीहरूलाई सट्टाबाजी गर्न गराउन नहुने कसुर अन्तर्गत थप अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ । 

संरक्षित वन्यजन्तु चितुवाको छाला जस्तो आखेटोपहार सहित पक्राउ
२०७९-०८-२३

काठमाडौं, टोखा नगरपालिका-८ ग्रीनल्याण्ड एरियाबाट संरक्षित वन्यजन्तु चितुवाको छाला जस्तो आखेटोपहार १ थान सहित उदयपुर ताप्ली गाउँपालिका-२ बस्ने ५० वर्षीय मदन बहादुर श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा खरिद बिक्री गर्न लागेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्युरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई उक्त आखेटोपहार सहित फेला पारी पक्राउ गरेको हो ।  उनलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा बुझाइएको छ ।   

पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गर्ने पक्राउ
२०७९-०८-२०

काठमाडौं, पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा झापा कन्काई नगरपालिका-७ घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने ३८ वर्षीय सञ्जिव आचार्यलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पोर्चुगल पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लगाइदिन्छु प्रतिव्यक्ति १२ लाख रूपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितहरूबाट २७ लाख रूपैयाँ ठगी गरी सम्पर्क विहीन भएका आचार्यलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले भक्तपुर गठ्ठाघरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ । 

भन्सार छलि ल्याउँदै गरेका विभिन्न ब्राण्डका अवैध मदिरा सहित पक्राउ
२०७९-०८-०६

 झापा, अवैध रूपमा भारतबाट भन्सार छलि ल्याउँदै गरेको करिब ५ लाख ६५ हजार रुपैयाँ बराबरको बिभिन्न ब्राण्डका मदिरा सहित बिर्तामोड नगरपालिका-३ घर भएका २६ वर्षीय जिवन दाहाललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।  बिभिन्न प्रकारका ब्राण्डेड मदिरा अवैध रुपमा भारतबाट भन्सार छली कोठामा ल्याई बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मदिरा जेडी २१ थान, डबल बल्याक २१ थान , भोडका १८ थान र जेगा मास्टर १७ थान सहित फेला पारी उनलाई पक्राउ गरेको हो  ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गारिरहेको छ ।

बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
२०७९-०८-०२

काठमाडौं, बेलायत पठाइदिन्छु भनि नगद ११ लाख २० हजार रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं मैतिदेवी बस्ने सोलुखुम्बु थुलुङ गाउँपालिका-२ ठेगाना भएका ३३ वर्षीय तिलक बहादुर बस्नेतलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं पुतलीसडकस्थित रेडजोन फाउन्डेसन कन्सलटेन्सीका संचालक समेत रहेका बस्नेतले पीडितहरूलाई अमेरिका, बेलायत लगायतका देशमा भिषा उपलब्ध गराउने भन्दै प्रलोभन देखाई पटक पटक गरी उक्त रुपैयाँ ठगी गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उक्त कन्सलटेन्सी शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाबाट अनुमति समेत नलिई संचालन गरेको पाइएपछि उनलाई काठमाडौं पुतलीसडकबाट पक्राउ गरेको हो । उनी उपर ठगी सम्बन्धि कसूरमा आवश्यक अनुसन्धान कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।

नक्कली सुन धितो राखेर कर्जा लिई ठगी गरेको अभियोगमा एक जना पक्राउ
२०७९-०७-२८

कास्की, विभिन्न मितिमा विभिन्न खालका नक्कली सुनका गहनाहरू धितो राखेर २४ लाख ५ हजार रुपैयाँ कर्जा लिई ठगी गरेको अभियोगमा पर्वत कुश्मा नगरपालिका-३ घर भई पोखरा महानगरपालिका-१८ सराङकोट बस्ने २५ वर्षीय अभिसेक सुनारलाई प्रहरीले पक्राउ गरेको छ । सुनारले राष्ट्रिय वाणिज्य बैंकको पोखरा महानगरपालिका-१७ बिरौटा शाखाबाट १६ लाख ६० हजार रुपैयाँ र सोही महानगरपालिका-८ पृथ्वीचोक शाखाबाट ७ लाख ४५ हजार रुपैयाँ गरी जम्मा २४ लाख ५ हजार रुपैयाँ कर्जा लिई लामो समयसम्म कर्जाको साँवाव्याज बुझाउन नआएपछि धितोको गहना जाँच गर्दा कमसल सुन प्रयोग गरी तयार गरिएको खुल्न आएपश्चात जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै धितो राखेका उक्त गहनाहरू नक्कली सुनबाट तयार गरिएको अनुसन्धानबाट खुल्न आएको छ । उनी उपर जिल्ला अदालत कास्कीबाट ठगी, आपराधिक विश्वास घात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

भन्सार छलि चोरी पैठारी गरी ल्याएको सवारी साधन सहित पक्राउ
२०७९-०७-२५

काठमाडौं, भन्सार छलि चोरी पैठारी गरी ल्याएको २ थान सवारी साधन सहित भक्तपुर सूर्यविनायक नगरपालिका-९ पलासे ठेगाना भएका २६ वर्षीय रविन ओझालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  काठमाण्डौं उपत्यकाको विभिन्न स्थानहरुमा भन्सार छलि चोरी पैठारी गरी ल्याएका सवारी साधन बिक्रि गर्ने उद्देश्यले राखिएको छ भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सोही नगरपालिका-९ पलासेबाट टोएटा कम्पनीको कार १ थान र सोही नगरपालिका-८ आदर्शचोकबाट फोर्ड कम्पनीको जिप १ थान  सहित उनलाई पक्राउ गरेको हो ।  उनलाई बरामद सवारी साधन सहित आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौं पठाइएको छ ।   

दुर्लभ बन्यजन्तु सालकको खपेटा सहित दुई जना पक्राउ
२०७९-०७-२३

काठमाडौं, काठमाडौं महानगरपालिका-२६ गोंगबु चोकबाट १० केजी ५ सय ग्राम तौल भएको दुर्लभ वन्यजन्तु सालकको खपेटा सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा रामेछाप दोरम्बा गाउँपालिका-७ थापागाँउ घर भएका ३८ वर्षीय प्रेम बहादुर बिक र खोटाङ अर्खल गाउँपालिका-९ घर भएका २१ वर्षीय अर्जुन मगर रहेका छन् । उनीहरूले सालकको खपेटा बोकी हिँडिरहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उक्त तौलको सालकको खपेटा फेला पारी पक्राउ गरेको हो । साथै प्रेम बहादुर बिक सवार बा.५८ प ८३३७ नम्बरको मोटरसाइकल र अर्जुन मगर सवार बा.प्र ०२-०२८ प ७६७२ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

भन्सार छलि अवैध रूपमा लैजान लागेको सुन सहित पक्राउ
२०७९-०७-२३

काठमाडौं, काठमाडौं महानगरपालिका-९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध रूपमा लुकाई छिपाई भन्सार छलि लैजान लागेको अन्दाजी ६५ ग्राम तौलको सुन जस्तो देखिने पहेंलो धातुको बेरूवा औंठी ३ थान सहित काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-४ घर भएका ३१ वर्षीय सुरेश तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  हिमालय एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका तामाङको गतिविधि शंकास्पद देखिएकोले उनलाई अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा उक्त परिमाणको धातु भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।   उनलाई आवश्‍यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।  

भन्सार छलि ल्याएको सुन सहित पक्राउ
२०७९-०७-०५

काठमाडौं,  काठमाडौं महानगरपालिका-९ स्थित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वागत गेटबाट भन्सार छलि ल्याएको सुन करिब ७० ग्राम सहित दाङ तुल्सीपुर उपमहानगरपालिका-४ बस्ने ३८ वर्षीय दल बहादुर डाँगीलाई  शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । कतार एयरवेजको उडानद्वारा कतारबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उक्त सुन सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । यसैगरी काठमाडौं, महानगरपालिका-९ स्थित त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलको स्वागत गेटबाट भन्सार छलि ल्याएको सुन करिब २ सय ग्राम सहित रोल्पा सुनिल स्मृति गाउँपालिका-१ बस्ने ३५ बर्षीय हरि प्रसाद समेत ४ जनालाई  शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इन्टर स्काइको उडानद्वारा कतार दोहाबाट अवुदावी हुँदै काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उक्त सुन फेला पारी प्रहरीले पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, महानगरपालिका-९ स्थित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वागत गेटबाट भन्साल छलि ल्याएको सुन करिब १ सय ५० ग्राम सहित महोत्तरी जलेश्वर नगरपालिका-७ का ३३ वर्षीय जमुना महतो समेत ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ओमन मस्कटबाट सलाम एयरको उडानद्वारा काठमाडौं आएका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त सुन सहित फेला पारी पक्राउ गरेको हो ।  उनीहरुलाई आवश्यक कार्वाहीका लागि भन्सार कार्यालय बुझाइएको छ । 

अवैध रुपमा लैजान लागेको अमेरिकी तथा अष्ट्रेलियन डलर सहित पक्राउ
२०७९-०६-०९

काठमाडौं, काठमाडौं महानगरपालिका-९ त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट अवैध रुपमा लुकाई लैजान लागेका अमेरिकी डलर १ सय  दरको १ सय ५७ थान र अस्ट्रेलियन डलर १ सय दरको ५ सय ८४ थान सहित थाइल्याण्ड नागरिक राहदानी ३८ वर्षीय  PONGPHOJ SINSUWAN लाई शनिबार राति पक्राउ गरेको छ ।   फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उनले बोकी आएको ह्‍याण्ड ब्यागभित्र उक्त नगद फेला पारी प्रहरीले पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कानूनी कारवाहीका लागि प्रहरी वृत्त गौशालामा पठाएको छ । 

अवैध रुपमा भन्सारी छली ल्याउँदै गरेको सुन सहित तीन जना पक्राउ
२०७९-०६-०५

 काठमाडौं महानगरपालिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको १ सय ग्राम सुन सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा मोरङ सुन्दर हरैचा नगरपालिका-९ स्थायी वतन भएका २४ वर्षीय हिमाल पौडेल, सुर्खेत बिरेन्द्रनगर नगरपालिका-१ स्थायी वतन भएका १९ वर्षीय कविन्द्र विश्‍वकर्मा र कालिकोट पलाता गाउँपालिका-७ स्थायी वतन भएका २५ वर्षीय जिवराज बम रहेका छन् । हिमालय एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका हिमाल र कविन्द्रलाई  विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्रममा उनीहरुबाट भन्सार छली ल्याएको १/१ थान सिक्री र १/१ थान औंठी गरी उक्त परिमाणको सुन फेला पारी पक्राउ गरेको र सोधपुछको क्रममा उक्त सुन जिवराजले भन्सार छली ल्याउन लगाएको खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।  उनीहरुलाई आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाइएको छ ।

भन्सार छलि ल्याइएका मोबाइलहरू सहित पक्राउ
२०७९-०५-२०

काठमाडौं, भन्सार छलि चोरी पैठारी गरी ल्याइएका ६ थान आइफोन मोबाइलहरू सहित २ जनालाई काठमाडौं महानगरपालिका-१४ बल्खुबाट शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका-६ बस्ने २६ वर्षीय सबिन छेंगुतला र स्याङ्जा बिरूवा गाउँपालिका-४ घर भई हाल काठमाडौं ठमेल बस्ने २२ वर्षीय कृष्ण बहादुर थापा रहेका छन् ।  काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा भन्सार छलि चोरी पैठारी गरी ल्याइएका मोबाइलहरू बिक्रि भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त मोबाइलहरू सहित फेला पारी पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरणमा पठाइएको छ ।

संरक्षित वन्यजन्तु सालकको खपेटा जस्तो देखिने वस्तु सहित तीन जना पक्राउ
२०७९-०५-०९

काठमाडौं, संरक्षित वन्यजन्तु सालकको खपेटा (आखेटोपहार) जस्तो देखिने ९ किलोग्राम तौल भएको बस्तु सहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-७ बस्ने ४९ वर्षीय गोबिन्द सिन्चुरी, काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका-७ बस्ने २५ वर्षीय बिमान स्याङ्तान र काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-४ बस्ने २६ वर्षीय सुरज झेडीमगर रहेका छन् ।   विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय बनेपा काभ्रेपलाञ्चोक समेतको सहयोगमा काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-६ अठ्ठाईस किलोबाट उनीहरूलाई उक्त वस्तु सहित पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा बुझाइएको छ ।   

अमेरिकी डलर देखाई श्रृङ्खलाबद्ध रुपमा ठगी गर्ने पक्राउ
२०७९-०५-०७

काठमाडौं,सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभनमा पारी उपत्यकाका विभिन्न स्थानमा श्रङ्खलाबद्ध रुपमा ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ थला डाँडा घर भई काठमाडौं बौद्ध आरुबारी बस्ने समिर भन्ने ३२ वर्षीय संजय तामाङ र ललितपुर धापासीहाइट बस्ने ३१ वर्षीय विष्णु तामाङ रहेका छन् । उक्त घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले १५ लाख रुपैयाँ बराबरको अमेरिकि डलर साट्न लागेको अवस्थामा फेला पारी काठमाडौं टोखा नगरपालिकास्थित युनिक कोलोनीबाट उनीहरूलाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा उनीहरूले पीडित व्यक्तिहरूलाई पटकपटक फोन मार्फत सम्पर्क गरी अवैध अमेरिकी डलर रहेको र सस्तो दररेटमा साटिदिन प्रलोभनमा पार्ने गरेको, १ र ५० दरका अमेरिकि डलर देखाई विश्वासमा पारी सटही गर्ने बहानामा पैसा लिएर उपत्यकाका बिभिन्न स्थानमा बोलाई लाखौं रुपैयाँ लुटपाट गरेको खुल्न आएको छ ।   उनीहरूलाई ठगी एवं विदेशी विनियम ऐन अन्तर्गत मुद्दामा थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।  

अवैध रुपमा भन्सार छलि ल्याएको सुन सहित पक्राउ
२०७९-०५-०७

काठमाडौं, अवैध रुपमा भन्सार छलि ल्याएको ७ सय ७७ ग्राम सुन जस्तो देखिने पहेंलो धातु सहित भारत दिल्लीका ३४ वर्षीय बिकाश महाजनलाई काठमाडौं महानगरपालिका-९ सिनामंगल गोल्डेन गेटस्थित पार्किङबाट सोमबार प्रहरीले पक्राउ गरेको छ । महाजन समेतका व्यक्तिहरूले भन्सार छली  अबैध रूपमा सुन ल्याई कारोबार गर्न लागेको घटनाको अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त पार्किङस्थलमा शंकास्पद अवस्थामा फेला पारी जाँच गर्ने क्रममा महाजनले सेण्डो र अण्डरवेयरमा पेष्ट गरेको उक्त धातुको साथै १९ हजार ५ सय भारतीय रूपैयाँ र ४ सय २० युएई दिराम सहित उनलाई पक्राउ गरेको हो । उनले उक्त धातु दुवईबाट भारततर्फ लैजाने लागेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । उक्त धातु सहित उनलाई भन्सार छली सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारवाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको छ । 

अनलाईन गेमिङमार्फत सट्टाबाजी खेल खेलाउने कार्यमा संलग्न चार जना पक्राउ
२०७९-०५-०६

झापा, दमक नगरपालिकाका विभिन्न स्थानमा अनधिकृत रुपमा अनलाईन गेमिङ मार्फत नेपालमा प्रतिबन्धित वनएक्स बेट एप्लिकेसनद्वारा पैसाको हारजित हुने गरी सट्टाबाजी खेल खेल्ने र खेलाउने कार्यमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको  छ ।  पक्राउ पर्नेहरूमा पद्मा ईन्टरनेशनल कन्सल्टेन्सीका संचालकहरू दमक नगरपालिका-८ ठेगाना भएका २५ वर्षीय सत प्रकाश साह, सोही नगरपालिका-७ ठेगाना भएका २७ वर्षीय राजु श्रेष्ठ, योर्स कम्युनिकेशन एण्ड फोटो स्टुडियो संचालक कमल गाउँपालिका-२ ठेगाना भएका ३० वर्षीय अरूण कार्की र ब्रिटिस आर्मी ट्रेनिङ सेन्टर दमकका संचालक दमक नगरपालिका-८ ठेगाना भएका ३३ वर्षीय राजु लिम्बु रहेका छन् । वनएक्स बेट एप्लिकेसनद्वारा पैसाको हारजित हुने गरी खेल खेल्ने र उक्त खेल खेलाउन अनधिकृत रुपमा अन्य व्यक्तिहरुको नागरिकताबाट एनसेलको सिम प्रयोग गरी आवश्यक पर्ने रकम प्राप्त गर्न ईसेवामार्फत कारोबार गर्ने र कन्सल्टेन्सीमा आउने विद्यार्थीहरुको प्रयोगको लागि विभिन्न सरकारी कार्यालय तथा जनप्रतिनिधिहरुको छाप प्रयोग गरी सरकारी कार्यालयको नक्कली पत्र र एसईईको प्राप्ताङ्क समेत परिवर्तन गर्ने गरिएको भन्ने सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर आरआईटि शाखा, जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त टोलीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीमध्ये सत प्रकाश साहको साथबाट २ सय ४४ थान एनसेलका सिमहरु, विभिन्न कम्पनीका ९ थान मोबाइल, २ थान ल्यापटप, राजु श्रेष्ठको साथबाट ८० थान एनसेलका सिमहरु, १ थान मोवाइल, १ थान सिपियु, १ थान ल्यापटप, ४ थान स्ट्याम्प बरामद गरेको छ भने अरूण कार्कीको फोटो स्टुडियोबाट बिभिन्न कम्पनिका ९ थान मोबाइल, १ थान ल्यापटप तथा ५ थान स्ट्याम्प प्रहरीले बरामद गरेको छ ।  उनीहरू उपर सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर र लिखत सम्बन्धित कसूर अन्तर्गत जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला अदालत झापाबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको छ । 

नक्कली पैसा दिई नगद ठगी गरेको अभियोगमा तीन जना पक्राउ
२०७९-०५-०१

काठमाडौं, काठमाडौं महानगरपालिका-२६ गोंगबु नयाँबसपार्कमा नक्कली पैसा दिई नगद १२ हजार रुपैयाँ लिइ ठगी गरेको अभियोगमा काठमाडौं गोंगबु बस्ने ३२ गुल्मी इस्मा गाउँपालिका-६ घर भएका ३२ वर्षीय लक्ष्मण कुमाल सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । रुपन्देही सुद्धोधन गाउँपालिका-१ मुर्गिया घर भएका २२ वर्षीय पुरूषलाई बिभिन्न बहाना बनाई कागजको नक्कली रुपैयाँ दिई नगद ठगी गरी भाग्दै गरेको अवस्थामा प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले नगद ३९ हजार रुपैयाँ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

दुर्लभ वन्यजन्तु सालकको खपेटा जस्तो देखिने वस्तु सहित पक्राउ
२०७९-०५-०१

काठमाडौं, काठमाडौं महानगरपालिका-२६ कपुरधारास्थित सार्वजनिक यात्रु प्रतिक्षालयबाट दुर्लभ वन्यजन्तु सालकको खपेटा जस्तो देखिने वस्तु २ केजी सहित काठमाडौं महानगरपालिका-७ चावहिल बस्ने धादिङ धुनिवेशी नगरपालिका-९ घर भएका २३ वर्षीय विजय तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  उक्त स्थानमा दुर्लभ वन्यजन्तुको कारोवार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले तलासी गर्ने क्रममा उक्त परिमाणको खपेटा फेला पारी उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

हुण्डीको कारोबारमा संलग्न तीन जना पक्राउ
२०७९-०४-२४

काठमाडौं, काठमाडौं महानगरपालिका-१८ नरदेवीबाट हुण्डीको कारोबारमा संलग्न रहेको अभियोगमा स्रोत नखुलेको नगद ७४ लाख रुपैयाँ र विभिन्न व्यक्तिको नाममा काटिएको २६ लाख ३२ हजार ८ सय ५० रुपैयाँ बराबरको विभिन्न वित्तिय संस्थाका ९ थान चेक सहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बबरमहल बस्ने भारत राजस्थान शिखर देवथला घर भएका ६४ वर्षीय राजु अग्रवाल, काठमाडौं जोरपाटी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-४ घर भएका २० वर्षीय रामहरि दुलाल र काठमाडौं चावहिल बस्ने रौतहट चन्द्रपुर नगरपालिका-४ घर भएका २४ वर्षीय सुदिप आचार्य रहेका छन् । उक्त क्षेत्रमा गैरकानुनी रुपमा हुण्डीको कारोबार हुने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त नेपाली रुपैँया र चेक सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान एवं कारवाहीको लागि राजश्व अनुसन्धान बिभाग हरिहर भवन ललितपुर पठाइएको छ ।   

भन्सार छलि ल्याउँदै गरेको विभिन्न सामान सहित पक्राउ
२०७९-०४-२४

सर्लाही, बलरा नगरपालिका-१ सेढवामा भारतबाट भन्सार छलि ल्याउँदै गरेको एलईडी ३५ थान र हटकेश २८ थान गरी करिब ७ लाख ९८ हजार ८ सय रुपैयाँ बराबरको सामान सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सितामढी  ग्राम पंचायत मनिहारी-१३ बस्ने २१ वर्षीय कबि कुमार बनिया र भारत रामनगरा- १० बस्ने २० वर्षीय सुनिल कुमार साह रहेका छन् ।  बीआर ३० पीए ३४०८ नम्बरको टेम्पुलाई ईलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त सामानहरू फेला पारी टेम्पु चालक कबि कुमार र सुनिल कुमारलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बाघको छाला सहित चार जना पक्राउ
२०७९-०४-२०

कैलाली, गोदावरी नगरपालिका-२ तेघरी खानेपानी ट्याङ्की नजिकबाट संरक्षित बन्यजन्तु बाघको १ थान छाला र करिब २ किलोग्राम हड्डीहरू सहित चार जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा डोटी जोरायल गाउँपालिका-२ बस्ने समिर ओली, कैलाली चुरे गाउपालिका-६ बस्ने टेक बहादुर रावत, सोही ठाउँ बस्ने धिरेन्द्र रावत र बैतडी डिलासैन गाउँपालिका-२ बस्ने राजेन्द्र सिंह भण्डारी रहेका छन् ।  अवैध किसिमको बाघको छला ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेती समेतबाट खटिएको प्रहरीले बुडरबाट धनगढीतर्फ आउँदै गरेको सु.प.प्र.०४-००१ च ०००६ नम्बरको बोलेरोलाई रोक्न खोज्दा नरोकेपछि समिर ओलीले चलाएको उक्त बोलेरोको पिछा गर्दै जाँदा बोलेरोको सिटमा लुकाई ल्याएको उक्त छाला र हड्डीहरू फेला पारी प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । समिरले बुडरबाट बोलेरो जिप चलाई ल्याई फल्टुडेमा बाघको छाला र हड्डी सहित टेक बहादुर र धिरेन्द्रले उक्त सवारी साधन प्रयोग गरी राजेन्द्र सिंह समेतको मिलेमतोमा अत्तरियातर्फ बिक्री गर्ने उद्देश्यले उनीहरूले ओसारपसार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।  उनीहरूलाई जिल्ला वन कार्यालय कैलालीमा पठाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०७९-०४-२०

काठमाडौं, क्यानडा पठाइदिन्छु भन्दै नगद ७ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-६ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-१ घर भएका ४७ वर्षीया छिरिङ डोमा शेर्पालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  छिरिङ डोमाले एक पुरूषलाई वर्किङ भिषामा क्यानडा जानको लागि  १४ लाख रुपैयाँ लाग्छ भन्दै  क्यानडा पुगेपश्चात् प्रतिष्ठित कम्पनीमा काममा लगाई दिने २ लाख भन्दा बढी तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी नगद ७ लाख रुपैयाँ लिई सम्पर्क विहीन भई ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं गोकर्णेश्वर अत्तरखेलबाट पक्राउ गरेको हो ।  उनलाई  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाईएको छ ।     

अवैध रुपमा भन्सार छलि ल्याएको मोबाइल सहित पक्राउ
२०७९-०४-२०

काठमाडौं, भारतबाट भन्सार छलि ल्याएको विभिन्न कम्पनीको मोबाइल सहित काठमाडौं गौशाला बस्ने भारतको पंजावस्थित जालंधर नगर सैदाँ गेट घर भएका ३५ वर्षीय संदीप अहुजालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  अहुजाले भारतबाट भन्सार छलि चोरी पैठारी गरी ल्याई मोवाईल बिक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले गौशालास्थित होटेल कल्चर इनको कोठा नम्बर २०३ मा भन्सार छलि चोरी पैठारी गरी ल्याई बिक्री गर्न उद्धेश्यले राखेका विभिन्न कम्पनीका १२ थान मोबाइल सहित फेला पारी उनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहिको लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय गौचरण काठमाडौं पठाइएको छ ।                 

राजस्व छलि ल्याएको सुर्तीजन्य पदार्थ भण्डारण गरी कारोबार गर्ने चार जना पक्राउ
२०७९-०४-१९

काठमाडौं, भारतबाट कच्चा सुर्ती राजस्व छलि ल्याई भण्डारण गरी कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने सिन्धुली तिनपाटन गाउँपालिका-६ घर भएका ५६ वर्षीय पोष्टराज गौतम, ललितपुर महानगरपालिका-३ धोवीघाट बस्ने मोरङ विराटनगर महानगरपालिका-१२ घर भएका ५३ वर्षीय सुरेश पोख्रेल, काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने सर्लाही बिष्णु गाउँपालिका-३ घर भएका ४४ वर्षीय दिनेश चौधरी र काठमाडौं सिनामंगल घर भएका ३८ वर्षीय अरबिन्द अग्रवाल रहेका छन् । काठमाडौं उपत्यकाभित्र केही व्यक्तिहरूले गैरकानूनी रूपमा भारतबाट कच्चा सुर्ती राजस्व छली गरी ल्याई भण्डारण गरी कारोबार गर्ने गरेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न पोष्टराजलाई काठमाडौं पेप्ससीकोला र दिनेशलाई काठमाडौ कुलेश्वरबाट पक्राउ गरेको हो । थप अनुसन्धानका क्रममा उनीहरूले भारतबाट राजस्व छली गरी ल्याएको सुर्ती जन्य कच्चा पदार्थ अरबिन्द र सुरेशले संचालन गरेको ललितपुर महानगरपालिका-२१ खोकनास्थित न्यू शुभ लक्ष्मी सुर्ती उद्योग तथा उपत्यकाका बिभिन्न स्थानमा भण्डारण गरी राखेको भन्ने खुल्न आएपछि राजश्व अनुसन्धान बिभाग हरिहर भवन ललितपुर तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको संयुक्त टोलीले उक्त उद्योग, नख्खुस्थित फुलबारी मार्ग, भैँसेपाटीस्थित पञ्चकन्या मार्गमा रहेको २ वटा गोदाम र अफिस तलासी गर्दा राजश्व छली गरी राखेका सुर्ती बनाउन प्रयोग हुने कच्चा सुर्ती करिब २० हजार २ सय केजी र तयारी सुर्ती करिब ८ हजार केजी भण्डारण गरी राखेको अवस्थामा फेला पारेको हो । उक्त गोदाम राजस्व अनुसन्धान विभाग र स्थानीय जनप्रतिनिधिको रोहवरमा सिल गरिएको छ ।  पक्राउ परेका सवै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ । 

विमा रकम ठगी सम्बन्धी कसूरमा संलग्न छ जना पक्राउ
२०७९-०४-१३

काठमाडौं, सवारी दुर्घटनामा मृत्यु भएका बाँके कोहलपुर नगरपालिका-११ बस्ने २१ वर्षीय सर्जन बिकको नाममा गरिएको सावधिक जीवन बिमा र म्यादी जीवन बिमा बापतको नगद २ करोड ५० लाख रूपैयाँ ठगी सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा बाँके कोहलपुर नगरपालिका-२ बस्ने २१ वर्षीया सपना मल्ल, स्याङ्जा वालिङ नगरपालिका-६ वतन भई हाल बाँके कोहलपुर नगरपालिका-११ बस्ने ३१ वर्षीय सञ्जिव अर्याल, कोहलपुर नगरपालिका-१५ बस्ने ३२ वर्षीय सरदार अहमद खाँ, बाँके बैजनाथ गाउँपालिका-८ वतन भएका ३३ वर्षीय टोप बहादुर राना क्षेत्री, कोहलपुर नगरपालिका-११ वतन भएका ३८ वर्षीय दिपक केसी र कोहलपुर नगरपालिका-१ वतन भएकी  आरती भन्ने २१ वर्षीया ललिता सापकोटा रहेका छन् ।  बैजनाथ गाउँपालिका-६ लालपुरस्थित भित्री सडकमा टोप बहादुरले चलाएको भे.१ ख २४९१ नम्बरको मिनी बसको ठक्करबाट गम्भीर घाइते भएका भे.१० प १७२७ नम्बरको मोटरसाइकलमा सवार सर्जनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा २०७८ वैशाख २ गते मृत्यु भएको थियो । मृतकको बीमा बापतको रकम रिलायन्स लाइफ ईन्स्योरेन्स कम्पनीबाट मृतककी श्रीमती सपना मल्लले बुझि कामना सेवा बिकास बैंक कोहलपुरमा रहेको आफ्नो बैंक खातामा जम्मा गरेको र उक्त रकम बाडफाड समेत गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । सर्जन विकको सवारी दुर्घटनामा भएको मृत्यु शंकास्पद देखिएकोले सत्यतथ्य अनुसन्धान गरिपाउँ भन्ने नेपाल पुर्नबिमा कम्पनीबाट पत्राचार भएपछि सुक्ष्म अनुसन्धानको क्रममा विभिन्न भूमिका सहित उनीहरू ठगीमा संलग्न भएको खुल्न आएपछि केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले सपनालाई दिल्ली हुँदै जापान जाने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सोमबार तथा सन्जीव, सरदार अहमद, टोप बहादुर, दिपक र ललितालाई बाँके कोहलपुरबाट बुधबार पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

२३ ओटा छत कछुवा सहित दुई जना पक्राउ
२०७९-०४-१३

काठमाडौं, काठमाडौं महानगरपालिका-६ बौद्ध सिद्धार्थ ओरालो नजिकबाट २३ ओटा छत कछुवा(Roofed Turtle) सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-३ टोखा घर भएका २१ वर्षीय रमेश डंगोल र टोखा बस्ने सुनसरी बह्राक्षेत्र नगरपालिका-९ प्रकाशपुर घर भएका २१ वर्षीय अनुराग मगर रहेका छन् । उक्त स्थानमा छत कछुवा बिक्री हुँदै गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा जिबितै कछुवा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चितुवाको छाला जस्तो देखिने वस्तु सहित दुई जना पक्राउ
२०७९-०४-१२

कञ्चनपुर, कृष्णपुर नगरपालिका-३ देखतभुलीबाट चितुवाको छाला जस्तो देखिने २ थान वस्तु सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा डडेल्धुरा अमरगढी नगरपालिका-३ काडे घर भएकी ४० वर्षीया मालती मल्ल (सेठ्ठी) र सोही नगरपालिका-२ जोसिना घर भएका २९ वर्षीय मोहन सार्की रहेका छन् । विशेष सूचनाको आधारमा सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको संयुक्त टोलीले कृष्णपुर नगरपालिका-३ देखतभुलीस्थित धानबारीमा उनीहरूले उक्त छाला जस्तो देखिने वस्तु लुकाई छिपाई राखेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध रूपमा लैजान लागेको सुनजस्तो देखिने पहेंलो वस्तु सहित पक्राउ
२०७९-०४-११

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपामा भन्सार छलि लैजान लागेको १ किलो ६ सय १० ग्राम सुन जस्तो देखिने पहेंलो अर्धठोस वस्तु सहित भारतीय नागरिक राहदानी नम्बर एम ४९५०८९५ वाहक ४२ वर्षीय यूसुफ हारोनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  फ्लाई दुबईको उडानद्वारा दुवईबाट काठमाडौं आएका उनलाई विमानस्थलमा खटिएको प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटमा जाँच गर्ने क्रममा भित्री वस्त्रमा प्लाष्टिकभित्र लुकाई ल्याई भन्सार छलि लैजान लागेको उक्त वस्तु सहित फेला पारी पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको छ । 

अवैध यार्सागुम्बा र कस्तुरीको विना जस्तो देखिने वस्तु सहित पक्राउ
२०७९-०४-१०

दार्जुला, महाकाली नगरपालिका-८ अशिगडास्थित सडकबाट १ किलो ६ सय ग्राम अवैध जडीबुटी यार्सागुम्बा र १ थान कस्तुरीको विना जस्तो देखिने वस्तु सहित ब्याँस गाँउपालिका-४ सुनसेरा बस्ने ३३ वर्षीय कम्मान सिंह बिष्टलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  दार्चुलाबाट महेन्द्रनगरतर्फ गईरहेको ना. ७ ख ६३७२ नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई झोलामा लुकाई राखेको उक्त यार्सागुम्बा र वस्तु सहित फेला पारी पक्राउ गरेको हो । बरामद उक्त यार्सागुम्बा र वस्तु सहित आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय दार्चुलामा बुझाइएको छ ।

काईनेटिक ढुङ्गा जस्तो देखिने वस्तु सहित पक्राउ
२०७९-०४-०९

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ समावेशी टोलबाट १६ क्विन्टल ९१ किलो ७ सय ग्राम कालो सेतो रंगको खनिज पदार्थ (काईनेटिक ढुङ्गा) जस्तो देखिने वस्तु सहित सोही ठाउँ बस्ने ३२ वर्षीय दिपक बहादुर बस्नेतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा काईनेटिक ढुङ्गाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले अवैध उत्खनन गरी दिपकको घरमा लुकाई छिपाई राखिएको उक्त वस्तु फेला पारी उनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि खानी तथा भूगर्भ कार्यालय सुर्खेतमा बुझाइएको छ । 

युरेनियम जस्तो देखिने पदार्थ सहित १५ जना पक्राउ
२०७९-०४-०४

मोरङ, विराटनगर महानगरपालिका-९ स्थित ठुलदाइको होटल र सोही महानगरपालिका-३ दुधफारमबाट युरेनियम जस्तो देखिने पदार्थ सहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूमध्ये होटलबाट ८ जनालाई १ केजी ८७.३ ग्राम सहित आइतबार र दुधफारमबाट ७ जनालाई ९७८.६ ग्राम मंगलबार उक्त पदार्थ सहित प्रहरीले पक्राउ गरेको हो ।   उक्त होटलबाट पक्राउ पर्नेहरूमा मोरङ धनपालथान गाउँपालिका-७ बस्ने ४१ वर्षीय शिव शंकर पासवान, ४३ वर्षीय प्रदिप पुरी, ४४ वर्षीय लक्ष्मण शर्मा, सोही गाउँपालिका-४ बस्ने ३७ वर्षीय मुकेश कुमार साह, कटहरी गाउँपालिका-२ बस्ने ४० वर्षीय दिलिप कुमार शर्मा, विराटनगर महानगरपलिका-१२ बस्ने ४६ वर्षीय फटिक कुमार कार्की, सोलुखुम्बु माग्पे गाउँपालिका-७ बस्ने ३५ वर्षीय गोपाल मगर र खोटाङ हलेसी नगरपालिका-९ बस्ने ३२ वर्षीय किरन राई रहेका छन् । यसैगरी उक्त दुधफारमबाट पक्राउ पर्नेहरूमा गोरखा गण्डकी गाउँपालिका-८ बस्ने ४५ वर्षीय जिवन गुरुङ, महोत्तरी मङ्हा नगरपालिका-६ बस्ने ४२ वर्षीय अब्दुल गनी खान, बर्दिबास नगरपालिका-१२ बस्ने ३० वर्षीय चन्दन कुमार महतो, मोरङ ग्रामथान गाउँपालिका-३ बस्ने ५५ वर्षीय रबिन्द्र गच्छेदार, मकवानपुर बागमती गाउँपालिका-५ बस्ने ३६ वर्षीय दिपक बहादुर भ्लोन, मोहत्तरी मनराषिशवा नगरपालिका-३ बस्ने ४९ वर्षीय उमेश प्रसाद यादव र सिन्धुली कमलामाई नगरपालिका-५ बस्ने २८ वर्षीय श्याम घिमिरे रहेका छन् ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

स्रोत नखुलेको नगद सहित पक्राउ
२०७९-०४-०४

पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद ४१ लाख ५५ हजार रुपैयाँ सहित भारत विहार पूर्वी चम्पारण थाना रक्सौल-११ बस्ने २५ वर्षीय राकेश कुमारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।भारतको रक्सौलबाट वीरगंजतर्फ बीआर ०५ एन ०२३८ नम्बरको मोटरसाईकललाई प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलको सिटमुनी तथा ट्याङ्कीमा लुकाई राखेको अवस्थामा उक्त नगद फेला पारी पक्राउ गरेको हो ।  उनी उपर बैंक तथा वित्तीय संस्था ऐन, २०७३ विरूद्धको कसूरमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । 

दुबई पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा पक्राउ
२०७९-०३-३०

काठमाडौं, दुबई पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-७ चावहिल बस्ने धादिङ धुनिबेँसी गाउँपालिका-९ घर भएका २७ वर्षीय विकास थापालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । दुबई जानका लागि प्रतिव्यक्ति ६ लाख रूपैयाँ लाग्ने र उता मासिक १ लाख रूपैयाँ भन्दा बढी तलबमा प्रतिष्ठित होटलमा बाउन्सर र सेक्युरिटी गार्डको काममा लगाईदिने प्रलोभन देखाई दुई जना पीडितबाट ११ लाख रूपैयाँ रकम लिई सम्पर्क विहिन भएका उनलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट भएको पत्राचारको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३ वसुन्धाराबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि बैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको छ । 

हात्तीको दाह्रा ओसारपसार तथा बेचबिखन कसूरका फरार व्यक्ति पक्राउ
२०७९-०३-३०

काठमाडौं, सरंक्षित वन्यजन्तु हात्तीको दाह्रा ओसारपसार तथा वेचबिखन कसूरमा संलग्न रही फरार रहेका झापा अर्जुनधारा नगरपालिका-३ खुदुनावारी बस्ने ईलाम झरनाचोक घर भएका २५ वर्षीय रमेश राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-३ चक्रपथस्थित होटेल ओदानमा संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा २०७८ फागुन २७ गते केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले १५ किलो ६८ ग्राम हात्तीको दाह्रा सहित ३ जनालाई पक्राउ गरी आवश्यक कानुनी कारवाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा पठाएको थियो । अनुसन्धानको क्रममा सोही कसूरमा संलग्न रहेको खुल्न आई फरार रहेका रमेशलाई सोही व्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा झापा खुदुनावारीबाट पक्राउ गरेको हो । रमेशलाई समेत आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाडौंमा पठाइएको छ । 

डरधम्की दिई फिरौती रकम माग गर्ने दुई जना पक्राउ
२०७९-०३-१८

मोरङ, विराटनगर महानगरपालिका-३ बस्ने एक व्यक्तिलाई डरधम्की दिई फिरौती रकम माग गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-४  कञ्चनबारी बस्ने पथरीशनिश्चरे नगरपालिका-६ घर भएका ३९ वर्षीय गणेश कुमार कार्की र पथरीशनिश्चरे नगरपालिका-६ बस्ने २६ वर्षीय विशाल ऋषिदेव रहेका छन् । कार्कीले गत जेठ ३१ गते चिठ्ठी र फोन मार्फत पटक-पटक डरधम्की दिई फिरौती माग गर्ने गरेको र पीडितले शुक्रबार आएमईमार्फत पठाएको २५ हजार रुपैयाँ सहित विशाललाई थरीशनिश्चरे नगरपालिका-६ हसन्दहस्थित आएमइबाट प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।

संरक्षित वन्यजन्तु हिउँ चितुवाको छाला सहित तीन जना पक्राउ
२०७९-०३-०३

काठमाडौं, टोखा नगरपालिका-१० गोंगबुबाट संरक्षित वन्यजन्तु हिउँ चितुवाको जस्तो देखिने छाला सहित ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा धादिङ खानियाबास गाउँपालिका-२ झार्लुङ ठेगाना भएका ४८ वर्षीय खार्पा तामाङ, धादिङ गंगाजमुना गाउँपालिका-६ आरुबोटे ठेगाना भएका ३९ वर्षीय सुक बहादुर घले र सोही गाउँपालिका-६ बस्ने ४१ वर्षीय सूर्य बहादुर घले रहेका छन् ।   गोंगबु एरियामा अवैध रुपमा संरक्षित वन्यजन्तुको आखेटोपहार ओसारपसार गरी खरिद बिक्री गर्न ल्याएको भन्ने सूचनाको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले जाँच तथा खानतलासी गर्दा खार्पाले बोकेको झोलाभित्र लुकाई छिपाई बेरेर राखेको अवस्थामा उक्त छाला फेला पारी पक्राउ गरेको हो ।  उनीहरूलाई बरामद छाला सहित आवश्यक करवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ । 

एक सय १३ गोटा वन्यजन्तु कछुवा सहित पक्राउ
२०७९-०२-३०

पर्सा, वीरगञ्ज महानगरपालिका-१६ ईनर्वागाउँस्थित सडकबाट भारतबाट अवैध रुपमा ल्याउँदै गरेको १ सय १३ गोटा वन्यपशुपन्क्षी कछुवा सहित बारा कलैया उपमहानगरपालिका-७ बस्ने ४५ वर्षीय आनन्दलाल टेमानीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ अवैध रुपमा कछुवा ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट ईनर्वागाउँबाट खटिएको प्रहरीले बीआर ०५ एएफ ०५८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार आनन्दलाललाई झोलामा लुकाइ डिक्कीभित्र ल्याउँदै गरेको उक्त कछुवा सहित फेला पारी पक्राउ गरेको हो । आनन्दलाललाई उक्त कछुवा र मोटरसाइकल सहित आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय वीरगञ्जमा बुझाइएको छ । 

दश वटा जीवित कछुवाको बच्चा सहित दुई जना पक्राउ
२०७९-०२-३०

काठमाडौं, काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वरबाट १० वटा जीवित वन्यजन्तु कछुवाको बच्चा (आखेटोपहार) सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका-१ घर भएका २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउला रहेका छन् । कोटेश्वरस्थित पोर्टोबेल्लो क्याफे हाउसमा शंकाष्पद रुपमा बसिरहेका उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा झोलामा राखेको अवस्थामा उक्त कछुवाको बच्चाहरू सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको बा.९९ प ४९४४ नम्बरको मोटरसाइकल र ३ थान मोबाइल समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हुण्डीको कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ
२०७९-०२-२३

काठमाडौं, हुण्डीको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१३ कालिमाटी बस्ने बारा पचरौता नगरपालिका- ७ घर भएका ५४ वर्षीय जय कमल साह कलवारलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको टंकेश्वर कालीमाटी एरियाबाट गैरकानुनी रुपमा हुण्डीको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले कलवारलाई स्रोत नखुलेको १७ लाख ६६ हजार ३ सय नेपाली रूपैयाँ र १२ लाख ८ हजार ७ सय भारतीय रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान एवं कारवाहीको लागि राजश्व अनुसन्धान बिभाग हरिहर भवन ललितपुर पठाइएको छ । 

सुनौलो रंगको कछुवा सहित पक्राउ
२०७९-०१-२२

काठमाडौं,  काठमाडौं महानगरपालिका-७ चावहिलस्थित खोटाङ हलेसी गेष्ठ हाउसबाट १ थान सुनौलो रंगको कछुवा सहित काठमाडौं शंखरापुर साखु बस्ने कीर्तिपुर नगरपालिका-८ घर भएका २३ वर्षीय आशिष थापा घर्तीलाई प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं चावहिल एरियामा दुर्लभ वन्यजन्तु खैरो रंगको कछुवा अबैध रुपमा बिक्री तथा ओसारपसार गरी ल्याई नगद  २० लाख रुपैयाँमा कारोबार हुँदै छ भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा घर्तीको साथमा रहेको झोलाबाट उक्त कछुवा फेला पारी उनलाई पक्राउ गरेको हो ।  उनलाई आवश्यक कारबाहीको लागि जिल्ला बन कार्यालय हात्तिसार काठमाडौं पठाइएको छ ।

एक राउण्ड गोली र सालकको खपटा (आखेटोपहार) सहित पक्राउ
२०७९-०१-२२

काठमाडौं, काठमाडौं महानगरपालिका-१२ टेकुबाट पेस्तोलमा प्रयोग हुने १ राउण्ड गोली र ९५ ग्राम सालकको खपटा जस्तो देखिने वस्तु सहित सोही ठाउँ बस्ने धनकुटा पाख्रिबास नगरपालिका-८ घर भएका ५७ वर्षीय मण्डल गिरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले कोठा जाँच गर्ने क्रममा लुकाई राखेको अवस्थामा उक्त गोली र वस्तु सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यसैगरी काठमाडौं, काठमाडौं महानगरपालिका-३१ शान्तिनगरस्थित युनिभर्सल लन्च एण्ड बार होटलबाट करिब ४ किलो ५ सय ग्राम सालकको खपटा (अखेटोपहार) सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं चाबहिल बस्ने सर्लाही बाग्मती नगरपालिका-३ घर भएका ३२ वर्षीय सुबिलाल सिङ्तान र काठमाडौं थलि बस्ने ओखलढुङ्गा सुनकोशी गाउँपालिका-२ घर भएका २१ वर्षीय सुवास बिष्ट रहेका छन् । उक्त होटलमा अवैध रुपमा दुर्लभ वन्यजन्तु सालकको खपटा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त नयाबाँनेश्वरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त खपटा सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

रेडपाण्डाको छाला सहित पक्राउ
२०७९-०१-०९

काठमाडौं महानगरपालिका-१ महेन्द्रशालीकस्थित होटल मिर्चीबाट रेडपाण्डाको छाला जस्तो देखिने वस्तु १ थान सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा दोलखा मेलुङ गाउँपालिका-४ भेड्पु घर भएका २९ वर्षीय तुलसाङ दोर्जे गोले र काभ्रे पाँचखाल नगरपालिका-२ घर भएका ३८  वर्षीय राम कुमार श्रेष्ठ रहेका छन् । रेडपाण्डाको छाला बिक्री बितरण गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरीले उक्त होटलको कोठामा जाँच गर्ने क्रममा उक्त वस्तु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ३ जना पक्राउ
२०७९-०१-०६

काठमाडौं, प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टे बस्ने झापा बिर्तामोड नगरपालिका-९ ठेगाना भएका २२ वर्षीय अनुप मिश्र, काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटी बस्ने काभ्रेपलाञ्चोक पनौति नगरपालिका-१ ठेगाना भएका २४ वर्षीय दिपेश थापा र काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने २७ वर्षीय राहुल चचान रहेका छन् ।  राष्ट्र बैंकले बैंक तथा बित्तिय कारोबार गर्न जारी गरेको नियम बिनिमय, निर्देशन, आदेश बिपरीत उपत्यकामा केही व्यक्तिहरु क्रिप्टोकरेन्सीको बित्तिय कारोवारमा सक्रिय रहेको भन्ने सूचनाका आधारमा उक्त कार्यालयबाट खटिएको प्रहरीले नेपालमा प्रतिबन्धित रहेको क्रिप्टोकरेन्सीहरु बिटक्वाइन लगायतका बिभिन्न करेन्सीहरुको अवैध कारोबारमा सक्रिय रहेका उनीहरूलाई आइतबार र सोमबार काठमाडौंको महाबौद्ध, न्यूरोड र कलंकीबाट क्रिप्टोको कारोबार गर्न प्रयोग गर्दै आएको विद्युतीय उपकरण सहित पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले हालसम्म जम्मा ६६ करोड ७९ लाख ७९ हजार ९ सय ८३ रूपैयाँ रकम बराबरको क्रिप्टोकरेन्सीको कारोबार गरेको खुल्न आएको छ ।  उनीहरूलाई उपर बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन,२०७३ बमोजिम आवश्यक कारबाही एवं थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ । 

दुर्लभ बन्यजन्तु चितुवाको छाला सहित ३ जना पक्राउ
२०७९-०१-०३

काठमाडौं महानगरपालिका-२६ मित्रनगरबाट १ थान दुर्लभ बन्यजन्तु चितुवाको छाला सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं गुर्जुधारा बस्ने २३ वर्षीय अर्जुन थिङ, मकवानपुर थाहा नगरपालिका-१२ बस्ने २४ वर्षीय कालदेन वाइवा  र खोटाङ साकेला गाउँपालिका-३ बस्ने ४६ वर्षीय दिल बहादुर तामाङ रहेका छन् । उक्त स्थानमा दुर्लभ बन्यजन्तुको छाला ओसार पसार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई चितुवाको छाला सहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ ।

स्रोत नखुलेको भारतीय रुपैयाँ सहित पक्राउ
२०७८-१२-२९

मोरङ, बिराटनगर महानगरपालिका-१५ रानी सिमाबाट स्रोत नखुलेको ३ लाख ८ हजार ५ सय भारतीय रुपैयाँ सहित ४ जानलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा सुनसरी बर्जु गाउँपालिका-१ बस्ने ३८ वर्षीय सुरज ऋषिदेव, उनकै श्रीमती ३८ वर्षीया शिव कुमारी ऋषिदेव, भारत सहरसा मानगढ ग्राम पंचायत बस्ने २९ वर्षीय विसुनदेव मुखिया र सोही ठाउँ बस्ने २७ वर्षीय अविनाश मुखिया रहेका छन् । सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त स्रोत नखुलेको भारतीय रुपैँया सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

संरक्षित वन्यजन्तुको अखेटोपहार सहित पक्राउ
२०७८-१२-२२

काठमाडौं, भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ मनोहरा नयाँबस्तिबाट संरक्षित वन्यजन्तु कस्तुरीको विना जस्तो देखिने वास्नादार बस्तु ५ थान र भालुको पित्त जस्तो देखिने बस्तु ५ थान सहित ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ मनोहरा नयाँबस्ती बस्ने ४७ वर्षीय क्षत्र बहादुर बेगा, काठमाडौं कोटेश्वर बस्ने जुम्ला सिंजा गाउँपालिका-६ काडागाउँ घर भएका १८ वर्षीय किशोर र काठमाडौं जोरपाटी बस्ने पाँचथर याङवरक गाउँपालिका-२ तिनतिम्बो घर भएका ४६ वर्षीय लोकेन्द्र बेगा रहेका छन् ।  उक्त स्थानमा संरक्षित वन्यजन्तु कस्तुरीको विना र भालुको पित्तको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त कारोबारमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला डिभिजन वन कार्यालय भक्तपुर पठाइएको छ । 

भन्सार छली चोरी पैठारी गरी ल्याईएका मोवाइल सहित पक्राउ
२०७८-१२-१७

काठमाडौं, भन्सार छली चोरी पैठारी गरी ल्याईएका ३० थान मोवाइल सहित काठमाडौं नागार्जुन नगरपालिका-३ ईचंगुनारायण ठेगाना भएका २९ वर्षीय आशिक श्रेष्ठलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।              भारतबाट आशिक श्रेष्ठ समेतका व्यक्तिले मोवाइल लगायतका अन्य सामानहरु भन्सार छली चोरी पैठारी गरी ल्याई कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं नागार्जुन नगरपालिका-३ स्वयम्भू हलचोकस्थित आशिक श्रेष्ठको एएस मोवाइल स्टोरमा तलासी गर्दा भन्सार चोरी पैठारी गरी ल्याईएका विभिन्न कम्पनीका मोवाइल फेला पारी उनलाई पक्राउ गरेको हो ।  उनलाई आवश्यक कारवाहीको लागि अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको छ । 

बहुमूल्य धातु पुल्ली उत्खनन् गर्ने ५ जना पक्राउ
२०७८-१२-१४

खोटाङ, खोटेहाङ गाउँपालिका-३ सावाकटहरेस्थित बारीमा बहुमूल्य धातु पुल्ली उत्खनन् गरेको अभियोगमा ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाचँथर फिदिम नगरपालिका-९ बस्ने ५१ वर्षीय गोकुल आङ्दाङबे, २४ वर्षीय अशोक आङ्दाङबे, २६ वर्षीय झिलन आङ्दाङबे, ५७ वर्षीय डिल्ली आङ्दाङबे र झापा धाइजन गाउँपालिका-७ बस्ने ७३ वर्षीय सुन बहादुर चेम्जोङ रहेका छन् । बहुमूल्य धातु पुल्लीको उत्खनन् भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खोटाङबजारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट २ थान सेतो कालो पाटे पुलि, १ थान कालो भेडी सेतो, १ थान कालो टेका भेडी, २ थान रातो टेका माला, ६ थान खैरो टेका माला र ५ थान बेल्चा प्रहरीले बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बिक्री वितरणको लागी लैजाँदै गरेको दुई वटा हात्ती सहित पक्राउ
२०७८-१२-१३

पर्सा, नेपालबाट भारततर्फ बिक्री वितरणको लागि लैजाँदै गरेको २ वटा हात्ती सहित ३ जनालाई पकहामैनपुर गाउँपालिका-५ पोखरिया टोलबाट शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-१८ जितपुर बस्ने ६० वर्षीय बुदिराम महतो, सोही ठाउँ बस्ने ४० वर्षीय राजु कुमाल र पर्सा पकहामैनपुर गाउँपालिका-५ सबैठवा बस्ने ३५ वर्षीय सफरोज आलम रहेका छन् । उक्त स्थानमा बिक्री वितरणको लागि हात्तीहरू लैजाँदै गरेको सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पोखरिया पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारवाहीको लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाउने कार्य भइरहेको छ । 

अवैध रुपमा भन्सार छलि ल्याइको मोबाइलका विभिन्न पार्टपूर्जा र कपडा सहित पक्राउ
२०७८-१२-११

नवलपरासी(पूर्व), कावासोती नगरपालिका-१६ चालिसकिलो जंगलस्थित राजमार्ग लु.१ च ९७६० नम्बरको जिपमा अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको करिब १८ लाख १ हजार ७ सय २२ रुपैयाँ मूल्य बराबरको मोबाइलका बिभिन्न पार्टपूर्जा र कपडा सहित जिपमा सवार प्रतापपुर गाउँपालिका-६ बस्ने राजकुमार गुप्ता तेली समेत २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त जिप जाँच गर्ने क्रममा केराको पातले छोपी अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको अवस्थामा उक्त सामान फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।  बरामद सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय महेशपुर नवलपरासी (पश्‍चिम) पठाइएको छ । 

ठगी तथा आपराधिक बिश्वासघात कसूरमा संलग्न पक्राउ
२०७८-१२-०८

काठमाडौं,  ठगी तथा आपराधिक बिश्वासघात कसूरमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ घर भएकी ५४ वर्षीया बिमला श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।  पीडितको नवलपरासी जिल्लास्थित जग्गा/जमिन खण्डीकरण र बिक्री गरी सो बापत प्राप्त प्रतिफल बाडफाँड गर्ने लगायतको झुक्यानमा पारी जग्गा लिई पीडितलाई दिनुपर्ने नगद २ करोड ५६ लाख रूपैयाँ नदिई फरार रहेकी उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१६ बालाजुबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पठाइएको उक्त परिसरले जनाएको छ ।

अवैध रुपमा ल्याउँदै गरेको सुन जस्तो देखिने पहेंलो पदार्थ सहित पक्राउ
२०७८-१२-०६

काठमाडौं, अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको १ किलो २ सय ६८ ग्राम सुन जस्तो देखिने पहेंलो अर्धठोस पदार्थ सहित भारतीय नागरिक राहदानी नम्बर टी ७२६९०९१ वहाक ३८ वर्षीय सुबम मेहरालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका सुबमको गतिविधि संकास्पद देखिकोमा उनलाई उक्त विमानस्थलमा खटिएको प्रहरीले नियन्त्रणमा लिएर जाँच गर्ने क्रममा मलद्वारमा टेपले बेरी ल्याएको उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । बरामद उक्त पदार्थ सहित उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर बुझाइएको छ । 

जग्गा बैना गरी रकम ठगी गरेको अभियोगमा पक्राउ
२०७८-१२-०६

काठमाडौं, जग्गा बैना गरी रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-४ बस्ने ललितपुर महानगरपालिका-३ घर भएका ४९ वर्षीय ध्रुव प्रसाद घिमिरेलाई काठमाडौं महानगरपालिका-१ दरबारमार्गबाट शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।              काठमाडौं महानगरपालिका-३२ बस्ने मोरङ बेलबारी नगरपालिका-३ घर भएकी ४० वर्षीया महिलाले जग्गा खरिद गर्नको लागि खोजी गर्ने क्रममा घिमिरेले मालपोत कार्यालय भक्तपुरमा दर्ता श्रेस्ता रहेको भक्तपुर साविक दुवाकोट गाविस-१  मा रहेको जग्गा २१ लाख रुपैयाँ दरले ४ आना जग्गा नापजाँच गरी राजिनामा पास गरीदिने भनि विश्वास दिलाई विभिन्न बैंकको चेकबाट पटक पटक गरी  ४५ लाख ५० हजार रुपैयाँ लिई सम्पर्क विहिन भएको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा घिमिरेले ठगी गरेको खुल्न आएपछि उनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौँमा पठाइएको छ ।

रेडपाण्डाको २ थान छाला सहित पक्राउ
२०७८-१२-०६

बाँके, नेपालगंज उपमहानगरपालिका-१२ कोरियनपुरस्थित होटल अन्जना एण्ड लजको कोठा नम्बर १०५ बाट संरक्षित वन्यजन्तु रेडपाण्डाको २ थान छाला सहित डोल्पा त्रिपुरा सुन्दरी नगरपालिका-३ बस्ने ३६ वर्षीय हर्क बहादुर बिक लगायत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त लजमा संरक्षित वन्यजन्तुको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा प्लाष्टिकको थैलोमा लुकाई राखेको उक्त छाला फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध रुपमा लैजान लागेको विदेशी मुद्रा सहित पक्राउ
२०७८-१२-०६

काठमाडौं, काठमाडौं महानगरपालिका-८ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई लैजान लागेको १९ हजार ६ सय अष्ट्रेलियन डलर र ४२ अमेरिकी डलर सहित सोही महानगरपालिका-१३ बस्ने गोरखा बोर्लाङ-८ घर भएकी २३ वर्षीया रन्जिता श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कतार एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दोहा हुँदै अष्ट्रेलिया जान लागेकी श्रेष्ठले ल्याएको व्यागेज विमानस्थलमा खटिएको प्रहरीले एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उक्त मुद्रा फेला पारी उनलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सरकारी छाप किर्ते गर्ने कार्यमा संलग्न १२ जना पक्राउ
२०७८-१२-०२

काठमाडौं, काठमाडौं महानगरपालिका-१२ त्रिपुरेश्‍वरस्थित राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी छिटो पासपोर्ट बनाई दिने प्रलोभन देखाई ठगी गरेको अभियोगमा १२ जनालाई महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं गोंगबु मिलन टोल बस्ने रोल्पा माडी गाउँपालिका-१ घर भएका २९ वर्षीय अमृत थापा, सोही ठाउँ बस्ने रोल्पा माडी गाउँपालिका-४ घर भएका २४ वर्षीय प्रज्वल खड्का, काठमाडौं सामाखुशी बस्ने बाग्लुङ, बाग्लुङ नगरपालिका-८ घर भएका ३० वर्षीय रञ्जित कार्की, काठमाडौं मनमैजु बालाजु बस्ने म्याग्दी बेनि नगरपालिका-५ घर भएका ३३ वर्षीय रामजी परियार, काठमाडौं गोंगबु नयाँ बसपार्क बस्ने ललितपुर महांकाल घर भएकी ३६ वर्षीया गोमा बजगाई, काठमाडौं गोंगबु मिलन टोल बस्ने पाल्पा पूर्व खोला गाउँपालिका-५ घर भएका ३३ वर्षीय जिवन कुमार श्रेष्ठ, काठमाडौं गौशाला बस्ने रामेछाप गागल गाउँपालिका-८ घर भएका ३७ वर्षीय मिठे मगर, ललितपुर महाकाल गाउँपालिका-२ घर भएका रमेश बजगाई, काठमाडौं माछापोखरी बस्ने काभ्रेपलाञ्चोक कटुन्जेबेशी गाउँपालिका-४ घर भएका २५ वर्षीय सन्दिप मैनाली, काठमाडौं धुम्बाराही पिपलबोट बस्ने सिन्धुली दुधौली नगरपालिका-६ घर भएका २१ वर्षीय अभिषेक मगर, काठमाडौं सिनामंगल बस्ने दैलेख आठबीस नगरपालिका-३ घर भएका २२ वर्षीय निरञ्‍जन तिवारी र काठमाडौं कलंकी बस्ने धादिङ थाक्रे गाउँपालिका-४ घर भएका २४ वर्षीय मदन तामाङ रहेका छन् ।  प्रहरीले उनीहरूको साथबाट किर्ते गरिएका विभिन्न सरकारी कागजातहरू ४ थान, मोबाइल १४ थान तथा विभिन्न सरकारी एवम् निजी छाप २० थान समेत बरामद गरेको छ ।  उनीहरू उपर किर्ते गर्न नहुने कसूर मुद्दामा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट थप अनुसन्धान भइरहेको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-१२-०२

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका-१२ बस्ने काभ्रेपलाञ्चोक पनौती नगरपालिका-१२ घर भएका ५६ वर्षीय डल्ले कामीलाई  मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।               उच्च अदालत पाटन ललितपुरको २०७८ कात्तिक २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा नगद १८ लाख रुपैयाँ जरिवान, ५ दिन कैद र विगो रकम १८ लाख रुपैयाँ ठहर भई फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले गोकर्णेश्वर नगरपालिका जम्बुडाँडाबाट पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालत पठाईएको उक्त महाशाखाले जनाएको छ ।      

दक्षिण कोरिया पठाईदिन्छु भनि ठगी गर्ने कोरियन नागरिक पक्राउ
२०७८-१२-०१

काठमाडौं, दक्षिण कोरिया पठाईदिन्छु भनि ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-७ लाहुरेटोल चावहिल बस्ने राहदानी नम्बर एम८५५६६२२७ बाहक दक्षिण कोरियन नागरिक ७३ वर्षीय रे सि जङलाई काठमाडौं महानगरपालिका-३ महांकालबाट सोमबार प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं महानगरपालिका-७ चावहिलस्थित ओके कन्सल्टेन्सीको संचालक हुँ भनि वेल्डिङ ट्रेनिङ गराई दक्षिण कोरियामा रोजगारमा पठाईदिन्छु भनि पीडितबाट रकम लिएर नपठाई रकम ठगी गरेको भन्ने पीडितबाट प्राप्त जाहेरीको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  उनीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरिय प्रहरी वृत्त गौशाला काठमाडौं पठाइएको छ ।  

अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न ब्यक्ति पक्राउ
२०७८-१२-०१

काठमाडौं, सामाजिक संजाल वाट्सएप मार्फत पार्सल र चिठ्ठा परेको रकम पाउनको लागि ट्याक्स रकम तिर्नुपर्छ भनी २९ लाख ४० हजार रूपैयाँ ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुर ठिमी बस्ने काभ्रेपलाञ्चोक मन्डनदेउपुर गाउँपालिका- ४ घर भएका ३८ वर्षीय गान्दिप गौतमलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  आफूलाई बिदेशी नागरिक बताउने डा.जोहान लोरेन्स नामक ब्यक्तिले सामाजिक संजाल फेसबुक वाट्सएपको माध्यमबाट पीडितलाई ९० लाखको चिठ्ठा परेको छ, साथै सुनको सिक्री, २ लाख पाउण्ड भएको सुटकेश समेतको पार्सल पठाएको छु भनी म्यासेज पठाएको केही समयपछि प्रताप राना सिंह नाम बताउने व्यक्तिले पीडितलाई वाटसएप मार्फत फोन गरी पार्सल र चिठ्ठा परेको रकम पाउनको लागि ट्याक्स रकम तिर्नुपर्छ भनी भ्रमपूर्ण बिश्वासमा पारी बिभिन्न ब्यक्तिहरुको नाममा रहेको बैंक खाता नम्बर र आइएमईको माध्यमबाट उक्त रकम जम्मा गर्न लगाई ठगी गर्ने कार्यमा संलग्न गौतमलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  उनीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

संरक्षित वन्यजन्तु सालकको आखेटोपहार सहित १ जना पक्राउ
२०७८-११-२३

काठमाडौं, २३ फागुनकाठमाडौं महानगरपालिका-१३ सोल्टीदोबाटोबाट  २ थान संरक्षित वन्यजन्तु सालकको आखेटापार जस्तो देखिने बस्तु र १ थान  डिजिटल तराजु सहित काठमाडौं तारकेश्वर नगरपालिका-१० नेपालटार बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-३ घर भएका ४० वर्षीय गोपाल बानियाँलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा सालकको आखेटोपहार १२ लाख रुपैयाँमा बिक्री बितरण गर्न खोजिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त बस्तु र तराजु सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट थप अनुसन्धान भइरहेको छ । 

सालकको खपेटा सहित पक्राउ
२०७८-११-०९

धादिङ, गजुरी गाउँपालिका-१ गजुरीबजारबाट करिब १ केजी सालकको खपेटा सहित सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-२ बस्ने २४ वर्षी शेर बहादुर तामाङ र काठमाडौं शंखरापुर नगरपालिका-२ बस्ने १९ वर्षीय मान बहादुर तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । गजुरीबजारस्थित सडकमा आदमघाटबाट गजुरीतर्फ आउँदै गरेको ना.८ ख ८४२९ नम्बरको ट्रकलाई ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा ट्रकमा लुकाई राखेको अवस्थामा उक्त खपेटा फेला पारी ट्रक चालक शेर बहादुर र ट्रकमा सवार मान बहादुरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

रेडपाण्डाको जस्तो देखिने २ थान छाला सहित पक्राउ
२०७८-११-०९

ललितपुर, रेडपाण्डाको जस्तो देखिने २ थान छाला सहित रुकुम पश्चिम वाफिकोट गाउँपालिका-५ घर भई काठमाडौं नयाँ बसपार्क मञ्जुश्री मार्ग बस्ने २५ वर्षीय नवराज केसीलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-२ सानेपा हाईटमा रेडपाण्डाको छाला लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले बुझ्दा उक्त छाला बोकेको व्यक्ति नयाँ बसपार्क मन्जुश्रीमार्गमा भएको बुझिएपछि उनलाई सोही ठाउँबाट उक्त छाला सहित फेला पारी पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

चितुवाको छाला सहित पक्राउ
२०७८-११-०३

दाङ, लमही नगरपालिका-५ रातोडाँडाबाट १ थान चितुवाको छाला सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा राजपुर गाउँपालिका-५ महसेनीखोला बस्ने ४३ वर्षीय राज कुमार पुन र तुलसीपुर उपमहानगरपालिका-११ बेलगडारी बस्ने २६ वर्षीय कृण्ण चौधरी रहेका छन् । वडा प्रहरी कार्यालय लमही र लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई जाँच गर्दा उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो । दुवै जनालाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि डिभिजन वन कार्यालय लमहीमा बुझाइएको छ । 

संरक्षित वन्यजन्तु भालुको पित्त सहित पक्राउ
२०७८-१०-२८

काठमाडौं, टोखा नगरपालिका-९ आनन्द टोल नजिकबाट २ सय ४० ग्राम तौल भएको संरक्षित वन्यजन्तु भालुको पित्त (आखेटोपहार) जस्तो देखिने १ थान बस्तु सहित लमजुङ दोर्दी गाउँपालिका-८ खिन्चोक बस्ने ३५ वर्षीय मन बहादुर सिलुवाल क्षेत्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  टोखा नगरपालिका-९ क्षेत्रमा संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई उक्त बस्तु सहित फेला पारी पक्राउ गरेको  हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार  काठमाडौं पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

राजस्व छलीका सुर्तिजन्य पदार्थ तथा कस्मेटिक सामानहरू बरामद
२०७८-१०-१७

काठमाडौं महानगरपालिका-१६ नयाँबजार खुशिबुस्थित घर भाडामा लिई भण्डारण गरी राखेको करिब ५० लाख रुपैयाँ मूल्य बराबरको ठूलो परिमाणको राजस्व छलीका सामान सोमबार प्रहरीले बरामद गरेको छ ।  रेड लेबल लगायत विदेशी ब्राण्डका मदिराहरू राजस्व छली सम्बन्धी कसूरको अनुसन्धानको सिलसिलामा गत शुक्रबार पक्राउ परेका सन्तोष चन्द्र बख्रेलले राजस्व छली गरी अन्य व्यवसाय समेत गर्ने गरेको भन्ने सूचनाको आधारमा अनुसन्धान गर्नेक्रममा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले सुर्तिजन्य पदार्थहरू तथा सोको खाली प्याकेटहरू, विभिन्न कस्मेटिकका सामानहरू र विदेशी ब्राण्डका विभिन्न चुरोटहरू लगायत सामान बरामद गरेको हो ।  बरामद सामानहरूमा २ हजार ५ सय केजी सुर्तिको धुलो, ५ सय ८० केजी सुपरपावर सुर्तिको खोल, ब्रेस्टअप लेखेको १ कार्टुन, स्याम्पु तथा साबुनको ९७ कार्टुन, ओरिहेक्स प्लस तथा ओसिबि स्लिम लेखेको ३ बोरा, ७ सय ८५ बन्डल चुरोट र ३० पिस लेडिज कुर्ता सुरुवाल रहेका छन् ।   उक्त सामानहरू थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाईएको उक्त महाशाखाले जनाएको छ । 

वन्यजन्तु चितुवाको छाला, दाँत र विभिन्न हातहतियार सहित पक्राउ
२०७८-१०-०७

कास्की, पोखरा महानगरपालिका-२२ पुम्दि भुम्दी बस्ने २८ वर्षीय खो बहादुर थापालाई वन्यजन्तु चितुवाको जस्तो देखिने छाला, दाँत र विभिन्न हातहतियार सहित बुधबार प्रहरीले पक्राउ गरेको छ । थापाले अवैध रुपमा वन्यजन्तुको छाला घरमा लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा चितुवाको जस्तो देखिने छाल १ थान, २ वटा दाह्रा सहितको दाँतको भागको टुक्रा १ थान र दुई नाले कार्तुस बन्दुक १ थान , सोही बन्दुकमा लाग्ने प्रयोग भइसकेको खालि खोका ४५ थान, धातुका छर्रा १ सय ९१ थान, बारुद ३ सय १५ ग्राम, धातुका सानो छर्रा १ सय ५० ग्राम, छर्रा बनाउन प्रयोग हुने सिसाको धातुको विभिन्न आकारको डल्लो पदार्थ २ किलो ९ सय ५ ग्राम र सानो पटाका रहेको रातो रंगको पत्ता १ थान सहित फेला पारी उनलाई पक्राउ गरेको हो । उनीहरु उपर जिल्ला अदालत कास्कीबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

स्रोत नखुलेको नगद सहित पक्राउ
२०७८-१०-०५

सप्तरी, राजबिराज नगरपालिका-५ स्थित सडकबाट स्रोत नखुलेको नगद ९ लाख ९० हजार रुपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा डाक्नेश्वरी नगरपालिका-५ बस्ने ३० वर्षीय राजेश चौधरी र शम्भुनाथ नगरपालिका-१२ बस्ने २४ वर्षीय दिलिप मण्डल रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २-०१-००३ प ३४७८ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी मोटरसाइकल चालक राजेश र मोटरसाइकलमा सवार दिलिपलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

भन्सार छलि ल्याएको ११ केजी ५ सय ग्राम चाँदीका विभिन्न गहना सहित १ जना पक्राउ
२०७८-१०-०३

बारा,जितपुरसिमरा उपमहानगरपालिका-१ स्थित सडकबाट लुकाई छिपाई भन्सार छलि ल्याएको ११ केजी ५ सय ग्राम चाँदीका विभिन्न गहना सहित भारत बिहार मोतिहारी ढाका बस्ने २३ वर्षीय सुनिल गुप्तालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । वीरगंजबाट पथलैयातर्फ जाँदै गरेको ना.३३ प ८५२६ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलको तेलको ट्याङकीभित्र फल्स बटन बनाई भन्सार छली ल्याएको करिब १२ लाख ४२ हजार ९ सय ७३ रुपैयाँ मूल्य बराबरको चाँदीको तयारी पाउजु, बाला, चाबि रिङ, बुट्टी तथा कल्ली समेतका गहनाहरू फेला पारी चालक गुप्तालाई पक्राउ गरेको हो । उनलाई बरामद चाँदीका गहना सहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको  जिल्ला प्रहरी कार्यालय बाराले जनएको छ ।

अवैध चाँदीका गहना सहित पक्राउ
२०७८-०९-२८

धनुषा, जनकपुर उपमहानगरपालिका-५ बाट करिब ७ लाख ८३ हजार २ सय ९८ रुपैयाँ बराबरको ९ किलो ७ सय ६७ ग्राम अवैध चाँदीका गहना र नगद १ लाख १२ हजार ६ सय रुपैयाँ सहित सुनसरी ईटहरी उपमहानगरपालिका-५ शिवालय टोल बस्ने ३० वर्षीय कुमार खातीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।      प्रदेश नम्बर १-०२-०४५ प ८२७ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा खातीको पिठयूमा बोकेको झोलामा लुकाई राखेको अवस्थामा उक्त गहना सहित फेला पारी मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो ।     खातीलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुर पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

संरक्षित वन्यजन्तु सालकको खपेटा सहित २ जना पक्राउ
२०७८-०९-२१

काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट संरक्षित वन्यजन्तु सालकको खपेटा (आखेटोपहार) सहित २ जनालाई कोटेश्वर क्षेत्रबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोजपुर राम प्रसाद राई गाउँपालिका-४ लाखुरे बस्ने ४० वर्षीय रुक्मण बहादुर बुर्जामगर र पाँचथर मिक्लाजुङ गाउँपालिका-८ टोखा बस्ने २७ वर्षीय भबिन्द्र बहादुर मगर रहेका छन् । कोटेश्वर क्षेत्रमा संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई १ किलो ५ सय ग्राम तौल भएको उक्त खपेटा सहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कानुनी कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा पठाईएको उक्त ब्यूरोले जनाएको छ । 

स्रोत नखुलेको नगद ५० लाख रुपैयाँ सहित पक्राउ
२०७८-०९-१८

काठमाडौं, काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको नगद ५० लाख रुपैयाँ सहित काठमाडौं सिनामंगल बस्ने मोरङ विराटनगर महानगरपालिका-४ घर भएकी ३३ वर्षीया रेशा शाक्य पोखरेललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिराटनगरबाट काठमाडौं जान लागेको सौर्य एयरलाईन्सको जहाजमा सोही एयरलाईन्सका बिराटनगर स्टेसन ईन्चार्ज प्रकाश पौडेलले सुरक्षा जाँच समेत नगरी झोला राखेको भन्ने सूचनाको आधारमा त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय गौचरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त झोला संकलन गर्ने सौर्य एयरलाइन्स काठमाडौंमा एसिसटेन्टको रुपमा कार्यरत पोखरेललाई श्रोत नखुलेको तथा भन्सार उदघोष समेत नगरेको १ हजार दरको ४ हजार ९ सय ५० थान र ५ सय दरको १ सय थान गरी जम्मा ५० लाख रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । वरामद नगद सहित पोखरेललाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको छ ।    

पेस्तोल तथा लागूऔषध बरामद
२०७८-०९-१६

  तनहुँ    शुक्लागण्डकी नगरपालिका-४ गाछेपानी घर भइ हाल सोही नगरपालिका-३ कार्कीडाँडा डेरा गरी बस्ने २६ वर्षीय निनु कुमार श्रेष्ठको कोठाबाट खाली म्याग्जिन सहितको १ थान इटालियन पेस्तोल तथा नियन्त्रित लागूऔषध स्पाम्सो प्रोक्सिभिन ५४ चक्की, नाईट्राभेट १ सय ९२ चक्की, डाईजेपाम १ सय ३३ एम्पुल, नुर्फिन १ सय ३४ एम्पुल, फेनारागन १ सय ३६ एम्पुल बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ । श्रेष्ठले हतियार तथा लागूऔषध लुकाई राखेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनको घरबाट उक्त वस्तु फेला पारी बरामद गरेको हो । हाल फरार रहेका निनुकुमारको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला सहित ४ जना पक्राउ
२०७८-०९-१५

काठमाडौं, दुर्लभ वन्यजन्तु रेडपाण्डाको सिंगो शरीर समेतको ४ थान छाला सहित ४ जनालाई काठमाडौं बसुन्धारास्थित द मयूर क्याफेबाट मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं गोंगबु बस्ने धादिङ गंगाजमुना गाउँपालिका-७ घर भएका ३९ वर्षीय निर बहादुर घले, काठमाडौं कलंकी बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी गाउँपालिका-१३ घर भएका २५ वर्षीय सुरेश गिरी, काठमाडौं टोखा बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-४ घर भएका ३१ वर्षीय कृष्ण बहादुर तामाङ र काठमाडौं स्वयम्भू बस्ने ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका-२ घर भएका २९ वर्षीय मोहनकर्ण कार्की रहेका छन् । बसुन्धारा क्षेत्रमा केही व्यक्तिहरुले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालाको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उक्त क्याफेबाट उनीहरूलाई उक्त छाला ३० लाख रुपैयाँमा मोलमोलाई गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई बरामद छालासहित आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ । 

विभिन्न हातहतियार सहित दुई जना पक्राउ
२०७८-०९-१३

सुनसरी कोशी गाउँपालिका-१ लौकहीस्थित बिएस होटलबाट २ थान अटोमेटिक पेस्तोल, ४ थान म्याग्जिन, ३ राउण्ड गोली,  २ हजार भारतिय रुपैँया, १ थान मोबाइल र बिआर ५० के ०१४९ नम्बरको मोटरसाइकल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत अररिया पञ्चायत बासमटिया-६ बिहार बस्ने ३५ वर्षीय  विधानन्द  राम र पञ्चायत बासमटिया-२ बस्ने ३१ वर्षीय हासिम अंसारी रहेका छन् । ईलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उक्त हातहतियार र उनीहरुले प्रयोग गरेको मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चाँदीका विभिन्न गहना सहित पक्राउ
२०७८-०९-०८

रुपन्देही, कोटहीमाई गाउँपालिका-५ दुईमुहानबाट करिब ४ किलो ९ सय ग्राम चाँदीका विभिन्न गहना सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सम्मरिमाइ गाउँपालिका-६ अशुरैना बस्ने ४० वर्षीय कुरेश सुनार र सोही ठाउँ बस्ने २४ वर्षीय अनिल बर्मा रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको लु.१९ प ५१५९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई अवैध रुपमा ल्याएको उक्त परिमाणको चाँदीका गहना सहित फेला पारी पक्राउ गरेको हो । बरामद गहना सहित उनीहरुलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बेलहिया पठाइएको छ ।

गैंडाको खाग सहित ६ जना पक्राउ
२०७८-०९-०५

काठमाडौं, संरक्षित वन्यजन्तु गैंडाको खाग जस्तो देखिने १ किलो १० ग्राम तौल भएको वस्तु सहित ६ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काभ्रे बेदान गाउँपालिका-४ बस्ने ४१ वर्षीय वीरमान तमाङ, काभ्रे पाँचखाल नगरपालिका-६ बस्ने ४२ वर्षीय बेद बहादुर दनुवार, पाँचखाल नगरपालिका-३ घर भई सोही नगरपालिका-४ बस्ने ३१ वर्षीय सोहन कार्की, पाँचखाल बस्ने २० वर्षीय नवराज गिरी, काठमाडौं बौद्ध बस्ने सिन्धुली घर भएका ४१ वर्षीय भिम बहुर थिङ, भक्तपुर तेजबिनायक गठ्ठाघर बस्ने काभ्रे खानिखोला गाउँपालिका-५ घर भएका ३२ वर्षीय भिम तमाङ रहेका छन् ।  गैंडाको खाग अवैध रुपमा बिक्री बितरण भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं बौद्धबाट उक्त वस्तु सहित फेला पारी पक्राउ गरेको हो ।  उनीहरूलाई थप अनुसन्धानका लागि सोमबार डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ । 

सुन जस्तो देखिने पहेंलो धातु सहित पक्राउ
२०७८-०९-०५

काठमाडौं, काठमाडौं महानगरपालिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई लैजाने लागेको करिब ३ सय ३३ ग्राम सुन जस्तो देखिन पहेंलो धातु सहित बंगलादेशी नागरिक राहदानी नम्बर ईएन ०९८७८१ बाहक ३५ वर्षीय अस्राफुल इजलामलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । हिमालयन एअरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौं हुँदै बंगलादेश जान लागेका उनलाई विमानास्थलमा खटिएको प्रहरीले ह्‍याण्ड व्यागेजमा जाँच गर्दा २ सय ३३ ग्राम सुन जस्तो देखिने पहेंलो रंगको धातुको बिस्कुट २ थान र १ सय ग्रामको चेनरोल १ थान गरी जम्मा उक्त परिमाणको धातु सहित फेला पारी उनलाई पक्राउ गरेको हो । उनी उपर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट आवश्यक अनुसन्धान एवं कारवाही भइरहेको अन्तर्राराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

नक्कली नेपाली रुपैयाँ सहित पक्राउ
२०७८-०९-०१

रौतहट, परोहा नगरपालिका-८ नरकटियाबाट ६९ हजार ५ सय नक्कली नेपाली रुपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहार मोतिहारी घर भएका २६ वर्षीय बिकाश जयसवाल र सोही ठाउँ बस्ने ३२ वर्षीय अजय प्रसाद रहेका छन् । बीआर ०५ के ३६३६ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी मोतिपुर नरकटियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा १ हजार दरको ६९ थान र ५ सय दरको १ थान गरी उक्त नक्कली रुपैयाँ सहित फेला पारी मोटरसाइकल चालक बिकाश र मोटरसाइकलमा सवार अजयलाई पक्राउ गरेको हो ।     यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सुन जस्तो देखिने पहेंलो अर्धठोस पदार्थ सहित पक्राउ
२०७८-०९-०१

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन एरियाबाट करिब ८ सय ११ ग्राम सुन जस्तो देखिने पहेंलो अर्धठोस पदार्थ सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतीय नागरिक ३५ वर्षीय इर्साद अहमद र ३२ वर्षीय मोहमद सइद इब्राहिम शेख रहेका छन् । दुबईबाट काठमाडौं आएका उनीहरुलाई विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा इर्सादले प्लाष्‍टिकले बेरी ल्याएको करिब ४ सय ४२ ग्राम र महोमदले मलद्वारभित्र लुकाई ल्याएको करिब ३ सय ७९ ग्राम सुन जस्तो देखिने पहेलो अर्धठोस पदार्थ सहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । उक्त पदार्थ सहित दुवै जनालाई आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको  छ ।

सुन जस्तो देखिने पहेंलो धातु सहित ५ जना बंगलादेशी नागरिक पक्राउ
२०७८-०८-२९

 काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई छिपाई लैजान लागेको १ हजार ३ सय ११ ग्राम सुन जस्तो देखिने पहेंलो धातुको बिष्‍कुट आकारको वस्तु, चेनरोल, औठी र चुरा सहित ५ जना बंगलादेशी नागरिकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बंगलादेशी नगरिकहरु राहदानी नम्बर ए ०१२४१४६९ बाहक ३० वर्षीय तौहिदुल तनविर, राहदानी नम्बर बीक्यू ०३९३२८८ बाहक ३० वर्षीय एमडि युनुस अलि, राहदानी नम्बर बीटी ०६९३५९९ बाहक ५० वर्षीय सोभान तालुकदार, राहदानी नम्बर ए ००१००८८५ बाहक २५ वर्षीय जाहिदुल ईस्लाम र राहदानी नम्बर इबी ००५२३४७ बाहक ३७ वर्षीय एमडि मिराजुल ईस्लाम रहेका छन् ।  पक्राउमध्ये तौहिदुलको साथबाट २ सय १६ ग्राम, युनुसको साथबाट २ सय ३३ ग्राम, सोभानको साथबाट १ सय ग्राम, जाहिलदुलको साथबाट ३ सय ३२ ग्राम र मिराजुलको साथबाट ४ सय ३० ग्राम सुन जस्तो धातु बरामद भएको हो । हिमालयन एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं हुँदै बंगलादेश जान लागेका उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय ह्‍याण्ड व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त परिमाणको धातु फेला परेको हो । उनीहरुलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

स्रोत नखुलेको १८ लाख रुपैयाँ सहित पक्राउ
२०७८-०८-२७

पर्सा, वीरगंज महानगरपालिका-८ घण्टाघरस्थित सडकबाट स्रोत नखुलेको नगद १८ लाख रुपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका-१० ठेगाना भएका २८ वर्षीय चन्दन कुमार साह र सोही ठाउँ ठेगाना भएका ४४ वर्षीय ओमप्रकाश गुप्ता रहेका छन् । घण्टाघरबाट आदर्शनगर जाँदै गरेको ना.१६ प ५४४६ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलामा बोकेको उक्त नगद सहित फेला पारी मोटरसाइकलमा सवार दुवै जनालाई पक्राउ गरेको हो । उनीहरु उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

संरक्षित वन्यजन्तु भालुको पित्त सहित ४ जना पक्राउ
२०७८-०८-२४

काठमाडौं, संरक्षित वन्यजन्तु भालुको पित्त (आखेटोपहार) जस्तो देखिने ६० ग्राम तौल भएको १ थान वस्तु सहित ४ जनालाई काठमाडौं महानगरपालिका-१५ चमतीबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा पाल्पा माथागढी गाउँपालिका-५ सत्यवती बस्ने २० वर्षीय विशाल सुनारी, रुकुम पश्चिम मुसीकोट नगरपालिका-१० खड्काटोल बस्ने ४६ वर्षीय हरि बहादुर खड्का, पाल्पा तानसेन नगरपालिका-१० गाबुडाँडा बस्ने ३२ वर्षीय टोप बहादुर राना र रौतहट चन्द्र निगाहापुर नगरपालिका-५ मंगलपुर दोभानटोल बस्ने २९ वर्षीय धन बहादुर विश्वकर्मा रहेका छन् ।  चमती क्षेत्रमा वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त वस्तु अवैध रुपमा ओसार पसार तथा बेचविखन गर्न ल्याएको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।  उनीहरूलाई बरामद वस्तु सहित आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको उक्त ब्यूरोले जनाएको छ । 

गैंडाको खाग सहित ३ जना पक्राउ
२०७८-०८-२३

रुपन्देही,   वुटवल उपमहानगरपालिका-५ स्थित हरियाली होटल एण्ड लजको ११८ नम्बरको कोठाबाट ४  ईन्च गोलाई र ४ ईन्च लम्बाई भएको गैंडाको खाग जस्तो देखिने वस्तु सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा अर्घाखाँची छत्रकोट गाउँपालिका-७ सूर्यथुम बस्ने ४८ वर्षीय नर बहादुर सुनार, ५८ वर्षीय पदम  सुनार र सोही गाउँपालिका-५ रानीचाप बस्ने २८ वर्षीय  सुमन न्यौपाने रहेका छन् ।     उक्त होटलको कोठामा गैंडाको खागको कारोवार गर्ने मानिसहरु छन् भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त वस्तु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।     यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ
२०७८-०८-२०

काठमाडौं, काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित बिइङ ह्‍युमन कपडा पसलबाट स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित सोही पसलका मनेजेर काठमाडौं सामाखुसी बस्ने सर्लाही बरथवा घर भएका २२ वर्षीय होरोसी खनाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।उक्त पसलमा श्रोत नखुलेको रकम ओसार पोसार तथा लुकाई राख्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त पसल तलासी गर्दा झोलामा राखिएको अवस्थामा १ हजार दरको ४९ लाख रुपैयाँ र ५ सय दरको २० लाख ५० हजार रुपैयाँ गरी उक्त रकम फेला पारी उनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि सम्पत्ती शुद्धिकरण बिभाग पुल्चोक ललितपुर पठाइएको छ । 

१ करोड २२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ
२०७८-०८-१७

काठमाडौं, १ करोड २२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कास्की पोखरा महानगरपालिका-१० ठेगाना भएका ४४ वर्षीय राजेन्द्र भण्डारी र काठमाडौं महानगरपालिका-१३ ताहाचल ठेगाना भएका २८ वर्षीय रोजन भुजेल रहेका छन् । उनीहरुमध्ये भुजेललाई बुधबार काठमाडौं कालिमाटी र भण्डारीलाई बिहीबार काठमाडौं महानगरपालिका-९ एयरपोर्टबाट महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  पीडितको सामाजिक सञ्जाल फेसबुकमा आफूलाई डा.बेन्जामिन फ्रान्कलिन भनेर चिनाउने विदेशी नागरिकले आफू प्लाष्टिक सर्जन डाक्टर भएको र कोर्सको लागि मलेसिया आएकोमा आफूसँग भएको सबै रकम लुटिएको भन्दै रकम पठाई सहयोग गरेमा बेलायत पुगेपछी सबै रकमको दोब्बर रकम फिर्ता दिन्छु भनि प्रलोभन देखाई भण्डारी र भुजेल समेतको बैंक खाता नम्बरहरू प्रयोग गरी बिभिन्न मितिमा भण्डारीको नामको गरिमा बिकास बैकको खातामा ७८ लाख रुपैयाँ, भुजेलको नामको नबिल बैंकको खातामा नगद ९ लाख ५० हजार रुपैयाँ र अन्य मानिहरुबाट थप रकम समेत गरी उक्त नगद पीडितलाई पठाउन लगाई ठगी गरेको खुल्न आएको छ ।  उनीहरुलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको उक्त महाशाखाले जनाएको  छ । 

४४ लिटर रक्तचन्दनको तेल सहित २ जना पक्राउ
२०७८-०८-१७

काठमाडौं, रक्तचन्दनको तेलको अवैध कारोबार गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-५ पञ्चकुमारी मन्दिर नजिकबाट ४४ लिटर रक्तचन्दनको तेल सहित २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा काठमाडौं बालाजु बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका-४ घर भएका २७ वर्षीय राम बहादुर खत्री र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-५ बस्ने कास्की लेखनाथ घर भएका ४० वर्षीय गंगा बहादुर पुन रहेका छन् ।  रक्तचन्दनको तेल प्रति लिटर नगद ५ लाख रुपैयाँको दरले अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त तेल सहित फेला पारी पक्राउ गरेको हो ।  उनीहरुलाई आवश्यक कारवाहीको लागि वन डिभिजन कार्यालय हात्तीसार पठाइएको उक्त महाशाखाले जनाएको छ । 

यूरेनियम जस्तो देखिने टल्किने पदार्थ सहित ३ जना पक्राउ
२०७८-०८-१६

काठमाडौं महानगरपालिका-१६ बालाजु बसन्तनगरस्थित गेष्ट हाउसबाट १ किलो २ सय ग्राम यूरेनियम जस्तो देखिने टल्किने पदार्थ सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं मनमैजु बस्ने नुवाकोट बिदुर नगरपालिका-६ घर भएका ३१ वर्षीय प्रदिप घिमिरे,  काठमाडौं मनमैजु बस्ने नुवाकोट बिदुर नगरपालिका-२ घर भएका ३१ वर्षीय राजेन्द्र परियार र काठमाडौं तारकेश्वर नगरपालिका फुटुङ बस्ने ३६ वर्षीय रंजित कार्की रहेका छन् । गेष्ट हाउसमा युरेनियम जस्तो देखिने टल्किने पदार्थको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । उक्त पदार्थ प्रति किलो २ करोडका दरले किनबेच हुन लागेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । उनीहरूलाई बरामद सामान सहित आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त बालाजु पठाइएको उक्त महाशाखाले जनाएको छ । 

दुर्लभ बन्यजन्तु चितुवाको छाला सहित ३ जना पक्राउ
२०७८-०८-१५

काठमाडौं महानगरपालिका-९ एयरपोर्टस्थित एयरपोर्ट सेकुवा कर्नरबाट दुर्लभ बन्यजन्तु चितुवाको करिब २ फिट २ ईन्च लम्बाई र ७ ईन्च चौडाई भएको १ थान छाला सहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका-३ बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-२ घर भएका २८ वर्षीय बिशाल तामाङ, गोकर्णेश्वर नगरपालिका-३ बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-२ घर भएका ३२ वर्षीय विनोद तामाङ र गोकर्णेश्वर नगरपालिका-३ बस्ने चितवन राप्ती नगरपालिका-१ बस्ने ४२ वर्षीय कामी सिंह स्याङ्तान रहेका छन् । काठमाडौं महानगरपालिका-९ एयरपोर्ट एरियामा केही व्यक्तिहरुले दुर्लभ चितुवाको छाला अबैध रुपमा विक्री वितरण गर्नको लागि लुकाई ल्याई राखेको छ भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त चितुवाको छाला सहित फेला पारी पक्राउ गरेको हो ।  उनीहरूलाई बरामद छाला सहित आवश्यक कारबाहीका लागि जिल्ला बन कार्यालय काठमाडौंमा पठाइएको उक्त महाशाखाले जनाएको छ । 

रक्तचन्दनको तेल जस्तो देखिने तरल पदार्थ सहित पक्राउ
२०७८-०८-१४

काठमाडौं महानगरपालिका-६ माहांकालबाट रक्तचन्दनको तेल जस्तो देखिने करिब ४ लिटर तरल पदार्थ सहित सोही महानगरपालिका-६ नयाँबस्ती बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-४ घर भएका ३० वर्षीय छिरिङ शर्पालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । शेर्पाले चलाई ल्याएको बा.७ च ४११०  नम्बरको कारमा उक्त पदार्थ ल्याइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बिट माहांकालबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

रक्तचन्दनको तेलको अवैध कारोबारमा संलग्न १० जना पक्राउ
२०७८-०८-१०

काठमाडौं, रक्तचन्दनको तेलको अबैध कारोबारमा संलग्न रहेको अभियोगमा १० जनालाई ३३ लिटर रक्तचन्दनको सुगन्धित तेल सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा काठमाडौं बानियाटार बस्ने सिन्धुली हरिहरपुर गाउँपालिका-४ घर भएका ५० वर्षीय हेम कुमार श्रेष्ठ, ललितपुर सानुगाउँ बस्ने मकवानपुर गढी गाउँपालिका-१ घर भएका नवीन भन्ने ३९ वर्षीय मंगल सिंह लो, काठमाडौं टोखा नगरपालिका-४ बस्ने ३७ वर्षीय ईक्रम श्रेष्ठ, भक्तपुर दुवाकोट बस्ने काभ्रे बनेपा नगरपालिका-४ घर भएका ३१ वर्षीय कार्साङ्ग लामा, काठमाडौं महाराजगंज बस्ने खोटाङ हलेसी नगरपालिका-६ घर भएका २३ वर्षीय घनश्याम आले मगर, काठमाडौं महानगरपालिका-८ तिलगंगा बस्ने ५१ वर्षीय मदन पोडे, काठमाडौं चावहिल बस्ने खोटाङ हलेसी नगरपालिका-९ घर भएका २० वर्षीय जीवन थापा, काठमाडौं सामाखुसी बस्ने तनँहु भानू नगरपालिका-६ घर भएका २५ वर्षीय सुदिप थडराई, काठमाडौं महानगरपालिका-१३ छाउनी घर भएका ५३  वर्षीय अनिल चरण श्रेष्ठ र सोही ठाउँ घर भएका ५१ वर्षीय अनुप कुमार श्रेष्ठ रहेका छन् ।     काठमाडौं महानगरपालिका-८ तिलगंगामा रक्तचन्दनको तेल प्रति लिटर नगद ५ लाख रुपैयाँको दरले अबैध कारोबार भईरहेको भन्ने सूचनाको आधारमा  महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त तेल सहित पक्राउ गरेको हो ।  उनीहरुलाई आवश्यक कारवाहीको लागि वन डिभिजन कार्यालय हात्तीसार काठमाडौंमा पठाइएको उक्त महाशाखाले जनाएको छ ।

सुन जस्तो देखिने पहेंलो धातु सहित पक्राउ
२०७८-०८-०९

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय २४ ग्रामको सुन जस्तो देखिने पहेंलो धातुको बाला १ थान र औँठी २ थान सहित ताप्लेजुङ लिङखिम-७ स्थायी वतन भएका २२ वर्षीय जिबन लिम्बुलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।नेपाल एयरलाइन्सको उडानद्वारा कतारको दोहाबाट काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय आगमनतर्फको भन्सार एक्सरेमा जाँच गर्ने क्रममा इमर्जेन्सी लाइटभित्र फल्स बटम बनाई उक्त धातु अबैध रुपमा लुकाई भन्सार छलि लैजान लागेको अवस्थामा फेला पारी भन्सार कार्यालय र विमानस्थल प्रहरीको टोलीले पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा बुझाएको अन्तर्राष्ट्रिय  विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ । 

अनलाईन मार्फत् ठगी गरेको अभियोगमा पक्राउ
२०७८-०७-२९

काठमाडौं, अनलाईन मार्फत् ठगी गरेको अभियोगमा काठमाडौं नेपालटार बस्ने रुकुम रन्मामैमकोट गाउँपालिका-३ वतन भएका २३ वर्षीय विकाश गुरुङलाई ठगी गरेको नगद १९ लाख ६० हजार रुपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विकाशले वाटस्एप प्रयोगकर्ताहरूको मोबाइलमा सम्पर्क गरी चिठ्ठा परेको, विदेशबाट सामान/पार्सल आएको भन्दै उक्त सामान लिन र चिठ्ठामा दावी भुक्तानी लिन कर तिर्नु पर्ने भनी झुट्टा बहाना बनाई कर बापतको रकम विभिन्न व्यक्तिको बैंक खातामा जम्मा गर्न लगाई ठगी गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं गैरीधाराबाट उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको उक्त महाशाखाले जनाएको छ । 

संरक्षित वन्यजन्तुको जस्तो देखिने छाला (आखेटोपहार) सहित एक जना पक्राउ
२०७८-०७-२८

काठमाडौं, महानगरपालिका-१४ बल्खुबाट संरक्षित वन्यजन्तुको जस्तो देखिने १ थान छाला (आखेटोपहार) र ४ थान छालाका टुक्रा सहित काठमाडौं महानगरपालिका-१४ बस्ने ललितपुर महांकाल गाउँपालिका-५ चन्दपुर घर भएका २८ वर्षीय दिपेश तिमल्सिनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा संरक्षित वन्यजन्तु कस्तुरीको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त आखेटोपहार अवैध रुपमा ओसार पसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो । दिपेशलाई बरामद आखेटोपहार सहित आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा बुझाइएको उक्त व्यूरोले जनाएको छ । 

स्रोत नखुलेको नगद २० लाख रुपैयाँ सहित पक्राउ
२०७८-०७-२३

पर्सा, वीरगंज महानगरपालिका-८ घण्टाघरबाट स्रोत नखुलेको नगद २० लाख रुपैयाँ सहित बारा बिश्रामपुर गाउँपालिका-५ नकटुवा बस्ने ३१ वर्षीय चन्दन कुमार साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । घण्टाघरबाट आदर्शनगरतर्फ जाँदै गरेको ना.४८ प ७६९१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । उनी उपर बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन, २०७३ विरुद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

संरक्षित वन्यजन्तु गैंडाको खाग जस्तो वस्तु सहित २ जना पक्राउ
२०७८-०७-१६

काठमाडौं, संरक्षित वन्यजन्तु गैंडाको खाग (आखेटोपहार) जस्तो ९ सय ग्राम तौल बराबरको १ थान वस्तु सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा तनहुँ शुक्लागण्डकी नगरपालिका-१० बस्ने ३४ वर्षीया फूलमाया बिक र काठमाडौं तार्केश्वर नगरपालिका-६, धर्मस्थली बस्ने २८ वर्षीय सुसन सुनार रहेका छन् ।  काठमाडौं महानगरपालिका-४ सुकेधारा क्षेत्रमा संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई गैंडाको खाग जस्तो देखिने उक्त बस्तु सहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई बरामद सामान सहित आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा बुझाइने उक्त ब्यूरोले जनाएको छ । 

पटाका बरामद
२०७८-०७-१६

मोरङ, सुनवर्षी नगरपालिका-६ खरेबारीमा अवैध रुपमा भारतबाट नेपालतर्फ मोटरसाइकलमा ल्याउँदै गरेको ३८ बण्डल नागिन पटाका, ७ बण्डल रकेट बम ५० प्याकेट फुलझरी, ५० प्याकेट ग्राउड चक्र र ७ प्याकेट बुलेट बम गरी करिब १ लाख रुपैयाँ मूल्य बराबरको पटाका मंगलबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी डाईनियाबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्ति उक्त पटाका छोडेर फरार भएपछि प्रहरीले बरामद गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह गाँउमा अवैध रुपमा भारतबाट भन्सार छली नेपालतर्फ ल्याएको करिब ६० हजार रुपैयाँ बराबरको चार कार्टुन पटाका मंगलबार बिहान प्रहरीले बरामद गरेको छ । वेवारिसे अवस्थामा रहेको उक्त पटाका जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले फेला पारी बरामद गरेको हो ।  मोरङ, बिराटनगर महानगरपालिका-१५ झमेली चोकमा अवैध रुपमा भारतबाट नेपालतर्फ लुकाई ल्याउँदै गरेको करिब १९ हजार रुपैयाँ मूल्य बराबरको विभिन्न किसिमका पटाका मंगलबार बिहान प्रहरीले बरामद गरेको छ । सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरीले उक्त पटाका फेला पारी बरामद गरेको हो ।  सर्लाही, पर्सा गाउँपालिका-२ स्थित बोर्डर नजिकबाट करिब १० हजार रुपैयाँ मूल्य बराबरको २ बोरा विभिन्न पटाका मंगलबार बिहान प्रहरीले बरामद गरेको छ । सिमा प्रहरी चौकी संग्रामपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्ति उक्त पटाका छोडेर फरार भएपछि प्रहरीले बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको औषधि सहित पक्राउ
२०७८-०७-१५

सिरहा, लहान नगरपालिका-१९ कटहा चोकमा भारतबाट अवैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको करिब ३ लाख ३९ हजार ८ सय ४० रुपैयाँ बराबरको २ सय २५ एमएलको १ हजार ६२ बोतल ‘लाइकोटोन’ औषधि सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लहान नगरपालिका-१ बस्ने २२ वर्षीय शत्रुधन राम र बरियारपट्टि गाउँपालिका-५ बस्ने १८ वर्षीय किशोर रहेका छन् । प्रदेश २-०१-००१ ह ०६७३ नम्बरको टेम्पुलाई ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त औषधि फेला पारी औषधि ल्याउने किशोरलाई  नगद ४३ हजार नेपाली रुपैयाँ र टेम्पु चालक शत्रुधनलाई ट्याम्पु सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चितुवाको छाला र हड्डी सहित ३ जना पक्राउ
२०७८-०७-१३

बाँके, कोहलपुर नगरपालिका-११ स्थित सागर गेष्ट हाउसको कोठा नम्बर २०५ बाट १ थान चितुवाको छाला र १ किलो ४० ग्राम हड्डी सहित ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा राप्ती सोनारी गाउँपालिका-९ ढकेरी बस्ने ३५ वर्षीय हिरासिह बिक, सुर्खेत पंचपुरी नगरपालिका-७ बस्ने २४ वर्षीय रमेश वयक र सोही ठाउँ बस्ने २८ वर्षीय बसन्त बिसी रहेका छन् । चितुवाको छाला ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले होटलमा बसेका उनीहरुलाई उक्त छाला र हड्डी सहित फेला पारी पक्राउ गरेको हो । उनीहरु उपर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

स्रोत नखुलेको ८ लाख २० हजार रुपैयाँ सहित पक्राउ
२०७८-०७-१२

मोरङ,  बिराटनगर महानगरपालिका-१८ भेडियारीबाट स्रोत नखुलेको नगद ८ लाख २० हजार रुपैयाँ सहित झापा बिर्तामोड नगरपालिका-३ बस्ने ३४ वर्षीय उमेश साहलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको को.२९ प ८६४० नम्बरको स्कुटरलाई अस्थाई प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरको डिकीमा लुकाई ल्याउँदै गरेको उक्त रुपैयाँ फेला पारी उनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान क्षेत्रीय कार्यालय ईटहरी सुनसरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

भारतीय रुपैयाँ सहित १ जना पक्राउ
२०७८-०७-०५

रौतहट, ईशनाथ नगरपालिका-१ बन्जरहाबाट १ लाख ८० हजार अवैध भारतीय रुपैयाँ सहित भारत बिहार राज्य शिवहर ग्राम पंचायत वेलवाघाट-५ बस्ने २२ वर्षीय सुशिल कुमार साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बन्जराहस्थित बकैया खोलाको बाँधमा सिमा प्रहरी चौकी बन्जरहाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका साहलाई अवैध रुपमा झोलामा बोकी हिँडेको उक्त भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । साहलाई बरामद भारतीय रुपैयाँ सहित थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

स्रोत नखुलेको रकम र सुन जस्तो देखिने धातु सहित पक्राउ
२०७८-०७-०५

सुनसरी,  धरान उपमहानगरपालिका-२ स्थित रत्न रोडबाट स्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँ र बिल भरपाई बिनाको करिब २ सय ५८ ग्राम ३ सय २० मिलिग्राम  सुनजस्तो देखिने ५ थान बाला सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-१५ सगरमाथा लाईन बस्ने ४८ वर्षीय रामबहादुर श्रेष्ठ र धनकुटा महालक्ष्मी नगरपालिका-२ बस्ने ३४ वर्षीय चन्द्र प्रसाद श्रेष्ठ रहेका छन् । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद र धातु सहित पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । 

स्रोत नखुलेको नगद सहित पक्राउ
२०७८-०७-०४

भक्तपुर,   मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीबाट स्रोत नखुलेको ८० लाख रूपैयाँ सहित काठमाडौं कोटेश्वर बस्ने बाग्लुङ गल्कोट नगरपालिका-१० पाण्डवखानी घर भएका ३६ वर्षीय चित्र बहादुर पुन मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । लोकन्थली मनहरा आँखा अस्पताल नजिक हुण्डीको कारोवार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले मगरलाई बा.४९ प ८५६५ नम्बरको स्कुटर र नगद ३० लाख रूपैयाँ सहित नियन्त्रणमा लिई अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप नगद ५० लाख रूपैयाँ फेला पारेको हो । उनलाई आवश्यक कारवाहीको लागि सम्पत्ति शुद्धिकरण बिभाग हरिहरभवन ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको विभिन्न कपडा सहित पक्राउ
२०७८-०६-२३

रुपन्देही, अवैध रुपमा भारतबाट नेपालतर्फ भन्सार छलि ल्याउँदै गरेको करिब ३ लाख ४० हजार रुपैयाँ मूल्य बराबरको विभिन्न कपडा सहित सोही गाउँपालिका ठर्खो बस्ने ३८ वर्षीय चन्द्रिका खरबिनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । मर्चवारी गाउँपालिका-६ फुलबरियास्थित सडकमा लु.१ ह १९५१ नम्बरको अटोलाई ईलाका प्रहरी कार्यालय मर्चवार र प्रहरी चौकी ठर्कीको संयुक्त प्रहरी टोलीले जाँच गर्नेक्रममा अटो चालक चन्द्रिकालाई उक्त सामान सहित फेला पारी पक्राउ गरेको हो । उनलाई बरामद सामान सहित आवश्यक कारबाहीको लागि बेलहिया भन्सार कार्यालय रुपन्देहीमा पठाइएको छ ।

भन्सार छलि ल्याउँदै गरेको विभिन्न कम्पनीको मोबिल आयल सहित १ जना पक्राउ
२०७८-०६-१९

नवलपरासी(पश्चिम), २०७८ असोज १९ गते सुस्ता गाउँपालिका-५ रतनगंजस्थित सडकबाट लु.१ च ४६२८ नम्बरको गाडीमा अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको करिब ४ लाख ६० हजार ४ सय रुपैयाँ मूल्य बराबरको विभिन्न कम्पनीको मोबिल आयल सहित गाडीका चालक सुस्ता गाउँपालिका-३ कुडिया बस्ने २५ वर्षीय पप्पु थारुलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त गाडीमा विभिन्न कम्पनीको मोबिल आयल लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा फेला पारी चालक थारुलाई पक्राउ गरेको हो । उनलाई बरामद मोबिल आयल र गाडी सहित आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय नवलपरासी पश्चिम पठाइएको छ । 

अवैध रुपमा पटाका, आतिषबाजीजन्य पदार्थको भण्डारण गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०७८-०६-१७

काठमाडौं, २०७८ असोज १७ गते अवैध रुपमा करिब २५ लाख रुपैयाँ मूल्य बराबरका पटाका, आतिषबाजीजन्य पदार्थको भण्डारण गर्ने कार्यमा संलग्न रहेको अभियोगमा कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटार जलविनायक चोक बस्ने सर्लाही रामनगर गाउँपालिका-१ घर भएका ३० वर्षीय कामेश्वर प्रसाद यादवलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।बिभिन्न मितिमा उपत्यका बाहिरबाट गैरकानुनी रुपमा पटाका, भुईचम्पा लगायतका आतिषबाजीजन्य विस्फोटक पदार्थहरु विजयादशमी र दिपावलीलाई लक्षित गरी भण्डारण गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले जलविनायक चोकस्थित उनकै कवाडी पसलको गोदाम तलासी गर्दा उक्त विस्फोटक पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।प्रहरीले उनको गोदामबाट २५ केजी गमला पटाका, ४ सय २० केजी स्पेशल फ्लावरकोन पटाका, ५४ केजी हाईड्रो फोईल्स पटाका, १ हजार ९२ केजी झ्यारझ्यारे पटाका, १५ केजी रोल क्यापस पटाका, १ सय २० केजी ग्राउण्ड चक्र पटाका, ९६ केजी स्पाइनर पटाका, ७५ केजी हाईड्रो बम पटाका, १ सय २० केजी अन्य विभिन्न किसिमको पटाका, नगद ९० हजार रुपैयाँ र १ थान मोबाइल बरामद गरेको छ ।उनलाई विस्फोटक पदार्थ सम्बन्धि कसूर अन्तर्गतको मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाईएको उक्त महाशाखाले जनाएको छ ।

श्रोत नखुलेको १५ लाख ५० हजार नेपाली रुपैयाँ सहित ३ जना पक्राउ
२०७८-०६-१६

पर्सा, २०७८ असोज १६ गते वीरगञ्ज महानगरपालिका-२५ सिर्सियाबाट श्रोत नखुलेको १५ लाख ५० हजार नेपाली रुपैयाँ सहित ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा पर्सा धोविनी गाउँपालिका-३ हरिहरपुर बस्ने २३ वर्षीय बलिराम पटेल, भारत पूर्वी चम्पारण थाना कंगेली-१ बसतपुर बस्ने २५ वर्षीय बिक्रम पटेल र भारत मोतिहारी थाना पलनवा भेलही बस्ने २९ वर्षीय मुकेश पटेल रहेका छन् । छप्कैया-सिर्सिया नाका हुँदै हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ३ वटा मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा हेल्मेटभित्र लुकाई ल्याएको उक्त श्रोत नखुलेको नगद फेला पारी पक्राउ गरेको हो । उनीहरुबाट ना.६० प ५९९८, ना.४१ प १०४८ र ना.६४ प ८३५९ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।उनीहरु उपर बैंक तथा वित्तिय ऐन सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

कस्तुरीको बिना सहित १ जना पक्राउ
२०७८-०६-१६

काठमाडौं, २०७८ असोज १६ गते चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट १९ ग्राम तौल भएको कस्तुरीको बिना सहित नुवाकोट किस्पाङ गाउँपालिका-८ बस्ने ५१ वर्षीय सार्की घलेलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।त्रिशुलीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३-०१-००६ ख ५९९ नम्बरको बसलाई नागढुङ्गास्थित चेक प्वाईन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार घलेलाई उक्त बिना सहित फेला पारी पक्राउ गरेको हो ।घलेलाई बरामद कस्तुरीको बिना सहित आवश्यक अनुसन्धानको लागि डिभिजन बन कार्यालय हात्तीसार काठमाडौंमा पठाइने महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

चितुवाको छाला सहित २ जना पक्राउ
२०७८-०६-१४

चितुवाको छाला सहित २ जना पक्राउगुल्मी, २०७८ असोज १४ गते छत्रकोट गाउँपालिका-३ लुम्छा बजारस्थित घिमिरे होटल एण्ड लजबाट २ थान चितुवाको छाला सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा सोही गाउँपालिका-२ भेडवा बस्ने २७ वर्षीय सुमन खनाल र सोही ठाउँ बस्ने ३१ वर्षीय हरि बहादुर सार्की रहेका छन् । उक्त होटल एण्ड लजमा चितुवाको छालाको अबैध कारोबार हुँदैछ भन्ने खबर प्राप्त हुनासाथ लुम्बिनी प्रदेश ब्यूरोबाट खटिएको प्रहरीले कोठा जाँच गर्ने क्रममा उक्त होटलको कोठामा लुकाई राखेको उक्त छाला सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कछुवाको खपेटा सहित ३ जना पक्राउ
२०७८-०६-१२

कछुवाको खपेटा सहित ३ जना पक्राउकास्की, २०७८ असोज १२ गते पोखरा महानगरपालिका-३२ मझुवास्थित सडकबाट १ थान कछुवाको खपेटा सहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा भारत घर भई स्याङ्जा गल्याङ बजार बस्ने १९ वर्षीय पिन्टु सहनी, २० वर्षीय देवनाथ सहनी र १८ वर्षीय किशोर रहेका छन् । रौतहटको गौरबाट पोखरातर्फ आउँदै गरेको ना.५ ख ४९९२ नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार उनीहरूलाई उक्त खपेटा सहित फेला पारी पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक कारबाहीका लागी डिभिजन वन कार्यालय कास्कीमा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सुन जस्तो देखिने पहेंलो धातु सहित पक्राउ तथा बरामद
२०७८-०६-१२

काठमाडौं, २०७८ असोज १२ गते  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट १ सय ४९ दशमलव ५ ग्राम सुन जस्तो देखिने पंहेलो रंगको धातुको बाला ३ थान सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर दुवाकोट बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-७ ठेगाना भएका ३३ वर्षीय समुन्द्र दंगाल र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१२ बस्ने संखुवासभा खाँदबारी नगरपालिका-११ ठेगाना भएका ४३ वर्षीय सन्त बिर राई रहेका छन् । समुन्द्रले सिंगापुर एयरलाइन्सको उडानद्वारा मलेसियाबाट सिंगापुर हुँदै काठमाडौं आएका यात्रुहरुलाई भन्सार छली गर्न उक्त परिमाणको धातु लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको थियो । थप सोधपुछको क्रममा उक्त कार्यमा राई समेतको संलग्नता रहेको भन्ने खुल्न आएपछि राईलाई समेत प्रहरीले पक्राउ गरेको हो ।यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ सय ५० ग्राम सुन जस्तो देखिने पंहेलो धातुको बाला १४ थान र सिक्री १ थान आइतबार प्रहरीले बरामद गरेको छ । सिंगापुर र मलेसियाबाट काठमाडौं आएका यात्रुहरुलाई सुन बोकाई भन्सार छली गर्न लगाई काठमाडौं विमानस्थलमा संकलन गर्न लागेको भन्ने सूचनाको आधारमा अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्दा १५ जना यात्रुहरुले ल्याएको उक्त धातुका बाला तथा सिक्री आफूहरुको नभई मलेसियाको विमानस्थल र आसपासबाट नामथर स्पष्ट नखुलाएका व्यक्तिहरुले दिई पठाएको र उक्त सामान काठमाडौं विमानस्थल आसपास तथा विभिन्न होटलहरुमा रिसिभ गर्न आउँने व्यक्तिलाई दिनु भनेर ल्याएको स्वघोषणा गरेपछि उक्त धातु बरामद गरेको हो ।बरामद सुन जस्तो देखिने धातु थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।