प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
समाचार : संगठनात्मक कार्यक्रम
आन्तरिक खेलकुद प्रतियोगिता समापन कार्यक्रम सम्पन्न
२०८२-०३-०९

काठमाडौं, लागूऔषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आसरा सुधार केन्द्र रानीबारीमा आयोजित आन्तरिक खेलकुद प्रतियोगिता समापन कार्यक्रम सम्पन्न भएको छ । प्रतियोगिता समापनका अवसरमा सोमबार केन्द्रमा आयोजित कार्यक्रममा सोही केन्द्रकी अध्यक्ष श्रीमती रूपा थापाले प्रतियोगिता अन्तर्गत बास्केटबल, क्यारिम बोर्ड, बुसे, संगीत, नृत्य, लेख रचना, टेबल टेनिस र चेसतर्फ विजयी हुने केन्द्रमा उपचाररत सदस्यहरूलाई पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा केन्द्रकी अध्यक्ष थापाले केन्द्रमा उपचाररत सदस्यहरू बीच आपसी भाइचारा तथा सदभाव कायम गरी मनोबल उच्च राख्न स्वस्थ प्रतिस्पर्धा गराई संचालन गरिएको आन्तरिक खेलकुद प्रतियोगितामा आफ्नो प्रतिभा देखाई विजयी भएका उपचाररत सदस्य खेलाडीहरूलाई बधाई दिनुभयो । केन्द्रकी अध्यक्ष थापाले ‘स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिवद्धता, लागूऔषध दुरूपयोग विरूद्ध ऐक्यवद्धता’ भन्ने राष्ट्रिय नारालाई नारामा मात्र सीमित नराखी व्यवहारमा लागू गर्नुपर्ने आवश्कता रहेको बताउनुभयो । लागूऔषधको असर र यसको प्रभावबारे आम जनसमुदायमा अभियानमूलक सचेतना विकास गर्नु र वास्तविकतबारे सबैलाई जानकारी गराई लागूऔषध  नियन्त्रणमा समुदायको भूमिकालाई बढाउन अहिलेको आवश्यकता रहेको उहाँले बताउनुभयो ।  केन्द्रकी सचिव श्रीमती शामिला पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा केन्द्रमा उपचाररत सदस्यहरूद्वारा गीत संगीत, नृत्य एवम् कविता वाचन लगायत विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, केन्द्रका पदाधिकारीहरू, परामर्शदाताहरू, प्रहरी अधिकृतहरू समेतको उपस्थिति रहेको थियो । 

नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयको निरीक्षण
२०८२-०२-३०

काठमाडौं, ३० जेठ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन तथा प्राधिकरण सिंहदरबारका कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्टले शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय, नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीको निरीक्षण भ्रमण गर्नुभयो । निरीक्षण भ्रमणका क्रममा भट्टले विपद् उद्दार सामाग्री भण्डार, Police Disaster Response Team र विशिष्टिकृत उद्दारकर्ता समूहको अवलोकन गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिनुभयो । सो अवसरमा भट्टले विपद्को समयमा नेपाल प्रहरीले खेलेको भूमिका सह्रानीय रहेको चर्चा गर्दै विपद्‍को समयमा आम नागरिकको उद्दार तथा राहत कार्यमा अग्रसर एवम् क्रियाशील भई कार्य गर्नुपर्ने बताउनुभयो । विपद् व्यवस्थापन कार्यमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन तथा प्राधिकरणले थप सहयोग र समन्वय गर्ने उहाँले उल्लेख गर्नुभयो ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन तथा प्राधिकरणका सहसचिव बन्धु प्रसाद बास्तोलाले विपद्का सम्बन्धमा आफ्नो मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै नेपाल प्रहरीमा विपद् व्यवस्थापन कार्यालयको स्थापना तथा उद्देश्य सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभयो । निरीक्षण कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन तथा प्राधिकरणका सहसचिव रोशनी कुमारी श्रेष्ठ, उपसचिव सुरेश सुनार, उपसचिव निशान राज गौतम लगायतका प्राधिकरणका पदाधिकारीहरू एवम् वरिष्ठ प्रहरी अधिकृत लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

१६ जना प्रहरी कर्मचारीहरूलाई हेभी ईक्युप्मेन्ट ड्राइभिङ तालिम प्रदान
२०८२-०२-२७

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले १६ जना प्रहरी कर्मचारीहरूलाई हेभी ईक्युप्मेन्ट ड्राइभिङ तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित हेभी ईक्युप्मेन्ट ड्राइभिङ तालिम पाँचौ समूह अन्तर्गत उनीहरूलाई तालिम प्रदान गरिएको हो ।    तालिम समापनका अवसरमा सोही महाशाखामा मंगलबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक अभिनारायण काफ्लेले प्रशिक्षक तथा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले तालिमबाट प्राप्त गरेका ज्ञान, सीप र दक्षतालाई कार्यक्षेत्रमा प्रभावकारी ढंगबाट प्रयोग गर्नुपर्ने बताउनुभयो ।      कार्यक्रममा प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्य अवधिको उक्त तालिममा प्रहरी सहायक निरीक्षक ६ जना, प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार ५ जना र प्रहरी जवान २ जना गरी जम्मा १६ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

ट्राफिक प्रहरीद्वारा २२ वटा दुईपाङग्रे सवारी साधन हस्तान्तरण
२०८२-०२-२५

काठमाडौं, विभिन्न मितिमा चोरी भएका २२ वटा दुई पाङग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले १० वटा मोटरसाइकल र १२ वटा स्कुटर गरी २२ वटा सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो । विभिन्न मितिमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यकाको हात्तीसार, बौद्ध, जम्बुडाँडा, सुकेधारा, गोकर्णेश्‍वर, कपन, मुड्खु, स्वयम्भु, ईमाडोल, लुभु, गठ्ठाघर र बालकोट लगायतका स्थानबाट ती सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो ।

मकालु हिमालमा फहराइएको ट्राफिक सन्देशमूलक ब्यानर हस्तान्तरण
२०८२-०२-२२

काठमाडौं, विश्वको पाँचौं सर्वोच्च शिखर मकालु हिमालमा फहराइएको “ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट आफू बचौं र अरूलाई पनि बचाऔं” भन्ने नारा अंकित सन्देशमूलक ब्यानर काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई मकालु हिमाल आरोही दोलखा गौरीशङ्कर गाउँपालिका-९ बस्ने दाबुटी शेर्पाले उक्त ब्यानर हस्तान्तरण गर्नुभएको हो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले मकालु हिमालको सफतलापूर्वक आरोहण गरी सडक सुरक्षा र ट्राफिक नियमको पालना सम्बन्धी सन्देश विश्व सामु पुर्‍याउनु भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । यस्ता प्रयासले सडक सुरक्षाको महत्वलाई प्रचार गर्नुका साथै ट्राफिक नियमको पालना गर्न र दुर्घटना न्यूनीकरण गर्न सहयोग पुर्‍याउने विचार उहाँले व्यक्त गर्नुभयो ।सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक तामाङ लगायत उपस्थित प्रहरी अधिकृतहरूले आरोही दाबुटीलाई खादा ओढाई सम्मान समेत गर्नुभएको थियो ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा आरोही दाबुटी शेर्पाले आरोहणका क्रममा भोगेका अनुभव सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा आरोही दाबुटीको जिवनी र हिमाल आरोहण सम्बन्धी वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रदान गरेको उक्त सन्देशमूलक ब्यानर शेर्पाले सन् २०२५ मे २९ मा मकालु हिमालको सफलतापूर्वक आरोहरण गरी शिखरमा फहराउनु भएको थियो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवान एवम् सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।   

नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी नायव महानिरीक्षक विनोद घिमिरे
२०८२-०२-२२

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ ।नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले बिहीबार जनाएको छ ।प्रहरी नायव महानिरीक्षक घिमिरेलाई ९८५१२९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने छ ।  साथै सोही सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापालाई सह-प्रहरी प्रवक्ता तथा सूचना अधिकारी तोकिएको उक्त सचिवालयले जनाएको छ । 

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८२-०२-११

 काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम आइतबार सम्पन्न भएको छ ।    काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संचालित लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत टोखा नगरपालिका, सामुदायिक सेवा केन्द्र गोंगबु र सामुदायिक प्रहरी सेवा केन्द्र गोंगबुको संयुक्त आयोजना तथा नेपाल औषधी व्यवसायी संघ काठमाडौं जिल्ला शाखाको सहकार्यमा सौगात पार्टी प्यालेसमा उक्त सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।  सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारीबीच लागूऔषध विरूद्ध आपसी सहयोग, समन्वय र सहकार्य सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको थियो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले लागूऔषध नियन्त्रण तथा न्यूनीकरण गर्न जनचेतनाको ठुलो महत्व रहेको चर्चा गर्दै लागूऔषध रहित समाज निर्माण गर्न प्रहरी, स्थानीय निकाय, नागरिक समाज र अन्य सरोकारवाला निकायहरूले समन्वय, सहकार्य तथा दायित्व बोध गरी अगाडी बढ्नुपर्ने बताउनुभयो ।  कार्यक्रममा टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारीले दुर्व्यसनमुक्त टोखा नगरपालिका बनाउन महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, साउथ वेस्ट्रन स्टेट कलेजका प्रमुख डा. राजेन्द्र केसी, शिक्षाविद् डा. विद्यानाथ कोईराला, नेपाल औषधी व्यवसायी संघ काठमाडौंका जिल्ला शाखाका अध्यक्ष शंकर महर्जन र टोखा नगरपालिकाका बाल अधिकार समितिका सदस्य डा. कृष्ण सुबेदीले लगायतका महानुभावहरूले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।  टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बिसीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लागूऔषधको परिचय, वर्गीकरण, असरहरू, लागूऔषध ओसारपसार र सेवनको तथ्याङ्क, कानूनी प्रावधान लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । लागूऔषध सम्बन्धी सचेतनामूलक भिडियो प्रस्तुतीकरण गरिएको उक्त कार्यक्रममा लागूऔषध दुर्वयसन रहित घर अभियानको स्टिकर समेत सार्वजनिक गरिएको थियो ।   कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि तथा पदाधिकारीहरू, सामुदायिक तथा संस्थागत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरू, शिक्षक तथा विद्यार्थीहरू, अभिभावकहरू, समाजसेवीहरू, स्वास्थ्यकर्मीहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, यातायात व्यवसायीहरू, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८२-०२-०९

काठमाडौं, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।    काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संचालित लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत चन्द्रागिरी नगरपालिकासँगको संयुक्त आयोजना एवम् नेपाल औषधी व्यवसायी संघ काठमाडौंको सहकार्यमा ग्रीनल्याण्ड बैंक्वेट थानकोटमा उक्त सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।  सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीबीच लागूऔषध विरूद्ध आपसी सहयोग, समन्वय र सहकार्य सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको थियो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले सुरक्षित उपत्यका बनाउन विभिन्न कार्यक्रम अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान संचालनमा ल्याइएको बताउनुभयो । लागूऔषधको बढ्दो प्रयोगले समाजमा आपराधिक  क्रियाकलापमा वृद्धि भएको उल्लेख गर्दै यस्ता आपराधिक क्रियाकलाप रोक्न नागरिक स्वयम सचेत हुनुपर्नेमा जोड दिनुभयो ।   कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले राजधानीको प्रमुख नाकाको रूपमा रहेको नागढुङ्गा नाका लागूपदार्थको ओसारपसारमा बढी प्रयोगमा रहेको उल्लेख गर्दै लागूऔषध ओसारपसार, दुर्व्यसन नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाले प्रहरीसँग थप संवेदनशील भई सहकार्य र समन्वय गर्ने बताउनुभयो । कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका उप-प्रमुख बसन्ती श्रेष्ठ, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी, नेपाल औषधी व्यवसायी संघ काठमाडौंका जिल्ला शाखाका अध्यक्ष शंकर महर्जन र कलाकार दिपक राज गिरीले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।   काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लागूऔषधको परिचय, वर्गीकरण, असरहरू, लागूऔषध ओसारपसार र सेवनको तथ्याङ्क, कानूनी प्रावधान लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका नगर प्रवक्ता कृष्ण प्रसाद खड्गीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । लागूऔषध सम्बन्धी सचेतनामूलक भिडियो प्रस्तुत गरिएको उक्त कार्यक्रममा लागूऔषध दुर्व्यसनरहित घर अभियानको स्टिकर समेत सार्वजनिक गरिएको थियो ।    कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि तथा पदाधिकारीहरू, शिक्षक तथा विद्यार्थीहरू, अभिभावकहरू, समाजसेवीहरू, स्वास्थ्यकर्मीहरू, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाद्वारा सञ्चारकर्मीहरूसँग साक्षात्कार
२०८२-०२-०९

काठमाडौं, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता/सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार सञ्चारकर्मीहरूसँग साक्षात्कार गर्नुभएको छ । साक्षात्कारको क्रममा उहाँले सञ्चारकर्मीहरूसँग समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया समेत गर्नुभयो ।कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक थापाले आर्थिक वर्ष २०८१/०८२ को १० महिनाको अवधिमा नेपाल प्रहरीबाट सम्पादित प्रमुख कार्य तथा उपलब्धिहरू सम्बन्धी प्रस्तुतीकरण गर्नुभयो ।सो क्रममा उहाँले मानवस्रोत विकास तथा स्रोतसाधन व्यवस्थापनतर्फ प्रहरीको इकाईगत संख्या, अस्थायी प्रहरी पोष्टमा कार्यरत एवम् नयाँ स्थापना तथा स्तरवृद्धिको लागि माग भएका इकाईहरूको बारेमा संख्यागत विवरण प्रस्तुत गर्नुभयो । यसैगरी उक्त अवधिमा अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषणतर्फ कर्तव्य ज्यान, आत्महत्या, जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, बैंकिङ कसूर, लागूऔषध लगायतमा अपराध दर्ता संख्याको प्रदेशगत तुलनात्मक विवरण, साइबर अपराध, फैसला कार्यान्वयन, मानव बेचबिखन, बालबालिका खोजतलास सन्बन्धी तथ्याङ्क र घरेलु हिंसा सम्बन्धी तथ्याङ्क समेत उहाँले विश्लेषण गर्नुभयो ।प्रहरी वरिष्ठ उपरीक्षक थापाले अन्तर्राष्ट्रिय समन्वयतर्फ एनसिबि काठमाडौंले सम्पादन गरेका कार्यहरूको विवरण बारे जानकारी दिनुभयो । यसैगरी प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापनतर्फ सवारी दुर्घटना सम्बन्धी तथ्याङ्क, ट्राफिक कारवाही सम्बन्धी विवरण, विपद् व्यवस्थापन, राजस्वमा योगदान, नागरिकसँगको सम्बन्ध, सूचना प्रवाह र प्रहरी सेवा, नेपाल प्रहरी तथा अन्य निकायसँग भएका सम्मझदारीहरू, हासिल गरेका मुख्य उपलब्धिहरूको बारेमा समेत उहाँले उपस्थित सञ्चारकर्मीहरूलाई विस्तृत रूपमा जानकारी दिनुभयो । कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक थापाले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको निरूपण गर्दै जनचेतना, प्रहरीको सक्रियता तथा प्रहरी प्रतिको विश्वासमा अपराधको उजुरी दिने क्रम बढेको तथ्याङ्कले देखाएको बताउनुभयो । व्यवसायिकतालाई प्रवर्धन गर्ने उद्देश्य अनुरूप उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गर्दै प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्न नेपाल प्रहरी संगठन संवेदनशील रहेको उहाँले उल्लेख गर्नुभयो । संगठित अपराधमा संलग्न व्यक्तिहरूलाई कानूनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव कटिवद्ध रहेको उल्लेख गर्दै कुनै पनि व्यक्ति प्रहरी कार्यालयमा जाँदा उनीहरूको गुनासो सम्बोधनलाई प्राथमिकतामा राखेर प्रहरी सेवा प्रवाह हुने एवम् पीडितलाई न्याय दिलाई पीडकलाई कारवाहीको दायरामा ल्याउन प्रहरी थप संवेदनशील रहेको उहाँले बताउनुभयो । प्रहरी वरिष्ठ उपरीक्षक थापाले संगठनको हित एवम् सुदृढीकरण, प्रहरी कर्मचारीको व्यावसायिकता एवम् नागरिक प्रतिको जवाफदेहीताको लागि सञ्चारकर्मीहरूबाट प्राप्त उपयोगी राय सुझावप्रति आभार व्यक्त गर्दै प्रहरी र सञ्चारकर्मीहरू बिच सहकार्य र समन्वयलाई अझ राम्रो र प्रगाढ बनाउँदै लैजाने बताउनुभयो ।   विभिन्न समसामयिक विषयमा सञ्चारकर्मीहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा विभिन्न संचारमाध्यमका सञ्चारकर्मीहरू तथा प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।   

सर्वोच्च शिखर सगरमाथाको सफल आरोही कुन्जाङ छोपेल शेर्पालाई विशेष बढुवा
२०८२-०२-०८

काठमाडौं, विश्‍वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गर्नुभएका प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई प्रहरी नायव निरीक्षक पदमा पदोन्नति गरिएको छ ।  नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार प्रहरी महानिरीक्षक दिपक थापाको अध्यक्षतामा बसेको नीति निर्माण समिति (पिसिसि) बैठकको निर्णयले विश्‍वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी संगठनको गौरव बढाउन सफल शेर्पालाई विशेष बढुवा प्रदान गरी प्रहरी नायव निरीक्षक पदमा बढुवा गर्ने निर्णय गरिएको थियो । नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पाले २०८२ जेठ ५ गते सोमबार बिहान ०८:५६ बजे विश्‍वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा सहित नेपाल प्रहरी तथा लैंगिक हिंसा विरूद्धको नारा सहितको ब्यानर फहराउन सफल हुनुभएको थियो । 

सर्वोच्च शिखर सगरमाथाको सफल आरोही कुन्जाङ छोपेल शेर्पालाई स्वागत
२०८२-०२-०८

काठमाडौं, विश्‍वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गर्नुभएका प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।  नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा बुधबार एक कार्यक्रमबीच प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई हार्दिक स्वागत गर्नुभयो । सो अवसरमा उहाँले दोसल्ला ओढाई सम्मान समेत गर्नुभयो ।   कार्यक्रममा प्रहरी नायव निरीक्षक शेर्पालाई प्रहरी अधिकृत एवम् जवानहरू, परिवार तथा आफन्तजन लगायतले समेत हार्दिक स्वागत तथा सम्मान गर्नुभएको थियो ।

हेभी ईक्युप्मेन्ट ड्राईभिङ तालिम सूरू
२०८२-०२-०७

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा हेभी ईक्युप्मेन्ट ड्राइभिङ पाँचौ समूहको तालिम सुरू भएको छ । सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले बुधबार आयोजित कार्यक्रमबीच उक्त तालिमको उद्‌घाटन  गर्नुभयो । सो अवसरमा उहाँले हेभी ईक्युप्मेन्ट चलाउन, सामान्य मर्मत संभार गर्न, हेभी ईक्युप्मेन्ट चलाउँदा ध्यान दिनुपर्ने कुराहरूको बारेमा ज्ञान हासिल गर्ने लगायत सोसँग सम्बन्धित समस्याहरूलाई सरल एवम् सहज रूपमा समाधान गर्न योग्य र दक्ष हेभी ईक्युप्मेन्ट चालकको रूपमा जनशक्ति विकास गर्ने तालिमको उद्देश्य रहेको बताउनुभयो ।  कार्यक्रममा प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्य अवधिको उक्त तालिममा प्रहरी सहायक निरीक्षक ६ जना, प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार ५ जना र प्रहरी जवान २ जना गरी जम्मा १६ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पाद्वारा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण
२०८२-०२-०५

काठमाडौं, नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोमा कार्यरत प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पाले २०८२ जेठ ५ गते सोमबार बिहान ०८:५६ बजे विश्‍वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी छिन् । उक्त अवसरमा आरोही शेर्पाले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा सहित नेपाल प्रहरी तथा लैंगिक हिंसा विरूद्धको नारा सहितको ब्यानर फहराउन सफल भएकी छिन् ।  प्रहरी महानिरीक्षक दिपक थापाबाट २०८१ चैत २५ गते आवश्यक निर्देशन तथा शुभकामना सहित उक्त झण्डाहरु हस्तान्तरण गरी प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पासहितको आरोहण दल २०८१ चैत २८ गते काठमाडौंबाट प्रस्थान गरेको थियो । यस अघि नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक प्रहरी वरिष्‍ठ नायव निरीक्षक पुरूषोत्तम नेपालीले २०८० जेठ २ गते मंगलबार बिहान १०:१५ बजे विश्‍वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका थिए ।  वि.सं. २०३१ सालमा नेपाल प्रहरीको ९ सदस्यीय टोलीले ६९२० मिटर उचाईको टुकुचे हिमाल सफलतापूर्वक आरोहण गरेको थियो । साथै २०३३ असोज १६ गते नेपाल प्रहरी कर्मचारीको २७ सदस्यीय टोली र २०४१ भदौ २६ गते नेपाल प्रहरी महिला दलको ३१ सदस्यीय टोलीले ६११९ मिटर उचाईको लोबुचे हिमाल सफलातापूर्वक आरोहण गरेका थिए । नेपाल प्रहरीले विगतमा सगरमाथाको सरसफाई अभियान तथा विभिन्न हिमालहरू आरोहण सफलतापूर्वक गरेको सन्दर्भमा यस्ता प्रेरणादायी एवम् साहसिक कार्यले भविष्यमा निरन्तरता पाउने विश्‍वास नेपाल प्रहरीले लिएको छ ।  

उच्च व्यावसायिकता प्रदर्शन गर्दै उत्कृष्ट कार्यसम्पादन गर्नुपर्ने- प्रहरी महानिरीक्षक दिपक थापा
२०८२-०२-०४

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले हाल देखिएका सुरक्षा चुनौतिलाई अवसरको रूपमा बदल्नुपर्ने चर्चा गर्दै सबै प्रहरी कर्मचारीहरूले उच्च व्यावसायिकता प्रदर्शन गर्दै उत्कृष्ट कार्यसम्पादन गर्नुपर्ने बताउनुभएको छ । व्यावसायिक कार्यशैली, आन्तरिक सुदृढिकरण एवम् शुद्धिकरण, उत्तरदायी र जवाफदेही प्रहरी सेवा प्रवाह प्रहरी संगठनको प्राथमिकता रहेको बताउँदै नागरिकमैत्री सेवा प्रवाहमा कुनै पनि सम्झौता नगरी संगठनको नीति, निर्देशन र प्राथमिकतालाई मनन गरी व्यावसायिक निष्ठाका साथ कार्यसम्पादन गर्नुपर्ने उहाँले बताउनुभयो ।  काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा उक्त कार्यालय मातहत कार्यालयका प्रमुख एवम् कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आइतबार आयोजित कार्यक्रमबीच प्रहरी महानिरीक्षक थापाले निर्देशन सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो ।  प्रहरी महानिरीक्षक थापाले हालसम्म उपत्यकाको शान्ति सुव्यवस्था कायम राख्न सबै प्रहरी कर्मचारीहरूले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्दै उपत्यकामा हुने विविध गतिविधि तथा घटनाहरूप्रति थप संवेदनशील भई सुरक्षित उपत्यकाको अवधारणा अनुरूप कार्य गर्न निर्देशन दिनुभयो । सभ्य बोलीवचन र शिष्ट व्यवहारका साथ थप संयमित एवम् अनुशासित भई आफूलाई रोल मोडलको रूपमा प्रस्तुत गर्दै सामुहिक भावनामा केन्द्रित भएर प्राप्त जिम्मेवारीलाई नविनतम् ढंगले सम्पादन गर्न उहाँले निर्देशन दिनुभयो ।  प्रहरी महानिरीक्षक थापाले शान्ति सुव्यवस्था कायम राख्न सूचना संकलन तथा विश्लेषणमा थप सक्रिय हुनुपर्ने उल्लेख गर्दै अन्य सुरक्षा निकायसँग सहकार्य तथा समन्वय गर्दै कुनै पनि घटनाहरूको सूचना प्राप्त हुनासाथ तत्काल प्रहरी परिचालन गरी प्रभावकारी प्रहरी सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने बताउनुभयो । विरोध एवम् प्रदर्शन जस्ता गतिविधिलाई नियन्त्रण तथा व्यवस्थापन गर्न बल प्रयोगको सिद्धान्त अनुरूप थप संवेदनशील भई कार्य गर्नुपर्नेमा जोड दिँदै सम्भावित सुरक्षा चुनौतिहरूको सुक्ष्म विश्लेषण गरी उचित रणनीति तयार गरी मजबुद सुरक्षा व्यवस्थापनको लागि प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने उहाँले बताउनुभयो । चुनौतिका रूपमा देखिएका नयाँ प्रवृत्तिका अपराधका घटनाहरू नियन्त्रण तथा न्यूनीकरणमा विशेष ध्यान दिई प्रमाणमुखी अनुसन्धानलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उहाँले बताउनुभयो । हिरासत व्यवस्थापनमा विशेष संवेदनशील हुनुपर्ने बताउँदै फरार प्रतिवादी पक्राउ तथा फैसला कार्यान्वयनमा समेत थप सक्रिय हुनपर्ने एवम् ट्राफिक व्यवस्थापनमा देखिएका कमी कमजोरीहरूलाई सम्बोधन गर्दै निष्पक्ष सेवा प्रवाह गर्नुपर्ने उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक थापाले नागरिक केन्द्रित सेवा प्रवाहमा जोड दिँदै महिला, बालबालिका, ज्येष्ठ नागरिक, सिमान्तकृत, अल्पसंख्यक, पिछडिएका वर्गका समस्यालाई प्राथमिकतामा राखी जनपक्षीय प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । साथै नागरिकका समस्यालाई सम्बोधन गर्न स्थानीय तहका सबै सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै अगाडि बढ्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । प्रहरी कर्मचारीहरूको समस्या एवम् गुनासोलाई सम्बोधन गरी उच्च मनोबल सहित थप उत्प्रेरित बनाई प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने उहाँले बताउनुभयो । आ-आफ्नो कार्यक्षेत्रमा विपद् व्यवस्थापनको निम्ति स्थानीय तह, नागरिक एवम् अन्य सरोकारवाला निकायसँग समन्वयकारी भूमिका निर्वाह गर्दै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा उक्त कार्यालय मातहत प्रहरी कार्यालयका प्रमुख एवम् कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।  

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८२-०१-३०

काठमाडौं, ३१ वैशाख काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम बुधबार सम्पन्न भएको छ ।   काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संचालित लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत तारकेश्वर नगरपालिका र सामुदायिक प्रहरी सेवा केन्द्र बोहोराटार बालाजुको आयोजनामा तारकेश्वर नगरपालिकाको सभाहलमा उक्त सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनबीच लागूऔषध विरूद्ध आपसी सहयोग, समन्वय र सहकार्य सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको थियो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले देशैभरी समस्याको रूपमा देखिएको लागूऔषध दुर्व्यसनले शान्ति सुरक्षामा असर गर्नुका साथै विभिन्न आपराधिक क्रियाकलापहरू समेत वृद्धि भएको उल्लेख गर्दै यसको रोकथाम तथा नियन्त्रणको लागि सबै सरोकारवाला निकायहरूको समन्वय तथा सहकार्य आवश्यक रहेको बताउनुभयो ।  कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले लागूऔषध दुर्व्यसन नियन्त्रण तथा रोकथाम गर्न यस्ता सचेतनामूलक कार्यक्रमहरू अत्यन्तै फलदायी हुने उल्लेख गर्दे सबै सरोकारवाला निकायहरूले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।  कार्यक्रममा लागूऔषध नियन्त्रण व्यूरो काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक सुदर्शन प्रसाद कोइराला, प्राध्यापक डा. केशव राज खड्का र विशेषज्ञ प्राध्यापक डा. केदार नरसिंह केसीले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । तारकेश्वर नगरपालिकाका प्रशासकीय अधिकृत ईश्वर प्रसाद आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लागूऔषधको परिचय, वर्गीकरण, असरहरू, लागूऔषध ओसारपसार र सेवनको तथ्याङ्क, कानूनी प्रावधान लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा लागूऔषध सम्बन्धी सचेतनामूलक भिडियो समेत प्रस्तुत गरिएको थियो ।   कार्यक्रममा तारकेश्वर नगरपालिकाका जनप्रतिनिधि तथा पदाधिकारीहरू, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरू, शिक्षक तथा विद्यार्थीहरू, अभिभावकहरू, समाजसेवीहरू, स्वास्थ्यकर्मीहरू, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

चोरी भएका २२ वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण
२०८२-०१-३०

काठमाडौं, ३१ वैशाख विभिन्न मितिमा चोरी भएका २२ वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले बुधबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले १६ वटा मोटरसाइकल र ६ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो ।  विभिन्न मितिमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यकाको मुलपानी, माकलबारी, सुकेधारा, गौरीघाट, काँडाघारी, नयाँबसपार्क, सोह्रखुट्टे, स्वयम्भू, चौमती, स्युचाटार, दरबारमार्ग, भैंसेपाटी र थिमी लगायतका स्थानबाट ती सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो ।  

२५ जना प्रहरी कर्मचारीहरूलाई दमकल, वाटर क्यानन् चालक तथा अप्रेटर तालिम प्रदान
२०८२-०१-२८

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले २५ जना प्रहरी कर्मचारीहरूलाई ‘दमकल, वाटर क्यानन् चालक तथा अप्रेटर तालिम’ प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित दमकल, वाटर क्यानन् चालक तथा अप्रेटर तालिम दोस्रो समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।  तालिम समापनको अवसरमा सोही महाशाखामा आइतबार आयोजित कार्यक्रममा प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले प्रशिक्षार्थी तथा प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गर्दै तालिमबाट प्राप्त गरेका ज्ञान, सीप र दक्षतालाई आ-आफ्नो कार्य क्षेत्रमा जिम्मेवारी पूर्वक त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो ।  कार्यक्रममा प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक १ जना, प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हवल्दार ११ जना, प्रहरी सहायक हवल्दार ८ जना र प्रहरी जवान ४ जना गरी कूल २५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८२-०१-२४

काठमाडौं, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम बुधबार सम्पन्न भएको छ ।   काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संचालित लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत बुढानिलकण्ठ नगरपालिका, नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा काठमाडौं र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बुढानिलकण्ठको संयुक्त आयोजनामा बुढानिलकण्ठ नगरपालिकाको सभाहलमा उक्त सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीबीच लागूऔषध विरूद्ध आपसी सहयोग, समन्वय र सहकार्य सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको थियो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले प्रत्येक समाजको साझा समस्याको रूपमा देखिएको लागूऔषध दुर्व्यसनले शान्ति सुरक्षा र अमन चयनमा असर गर्नुका साथै विभिन्न आपराधिक घटना र दुर्घटनाहरू समेत वृद्धि भएको उल्लेख गर्दै यसको रोकथाम तथा नियन्त्रणको लागि प्रहरी अन्य सरोकारवाला निकाय र नागरिक समाजबीच समन्वय तथा सहकार्य गरी अगाडि बढ्नुपर्ने बताउनुभयो ।  कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले यस्ता सचेतनामूलक कार्यक्रमहरूले प्रहरी र नागरिकबीच घनिष्ठता बढ्नुका साथै लागूऔषध दुर्व्यसन नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने बताउनुभयो ।  बुढानिलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. चोपलाल भुषाल, नार्कोनन् नेपालका अध्यक्ष बसन्त राज कुवंर र नेपाल औषधी व्यवसायी संघ काठमाडौं जिल्ला शाखाका अध्यक्ष शंकर महर्जनले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लागूऔषधको परिचय, वर्गीकरण, असरहरू, लागूऔषध ओसारपसार र सेवनको तथ्याङ्क, कानूनी प्रावधान लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा लागूऔषध सम्बन्धी सचेतनामूलक गीति नाटक समेत प्रस्तुत गरिएको थियो ।   कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधि तथा पदाधिकारीहरू, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरू, शिक्षक तथा विद्यार्थीहरू, अभिभावकहरू, समाजसेवीहरू, स्वास्थ्यकर्मीहरू, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरू, मेडिकल संचालकहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा
२०८२-०१-२४

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापालाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ ।नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापालाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको सचिवालयले बुधबार जनाएको छ ।प्रहरी वरिष्ठ उपरीक्षक थापालाई ९८५१२९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने छ । 

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८२-०१-१८

काठमाडौं, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।   काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संचालित लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत कागेश्वरी मनोहरा नगरपालिका र सामुदायिक सेवा तथा विकास समाज एवम् सामुदायिक सेवा केन्द्र कोटेश्वरको संयुक्त आयोजनामा कागेश्वरी मनोहरा नगरपालिकाको सभाहलमा उक्त सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की बीच लागूऔषध विरूद्ध आपसी सहयोग, समन्वय र सहकार्य सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको थियो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले लागूऔषध रोकथाम तथा नियन्त्रण गर्नको लागि यस्ता कार्यक्रम अत्यन्तै महत्वपूर्ण हुने चर्चा गर्दै आगामी दिनमा अन्य सरोकारवाला निकायसँग समेत समन्वय र सहकार्य गर्दै जाने बताउनुभयो । सभ्य, सुरक्षित एवम् अपराधमुक्त समाज निर्माण गर्न प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने चर्चा गर्दै नागरिकको सहयोग, समन्वय, सहकार्य तथा ऐक्यवद्धता समेत हुनुपर्ने उहाँले बताउनुभयो ।  कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले लागूऔषध दुर्व्यसन नियन्त्रण तथा निर्मुल गरी सभ्य एवम् सुरक्षित समाज निर्माण गर्न प्रहरी र नागरिकको सहयोग, समन्वय र सहकार्यलाई थप सशक्त बनाउनु पर्नेमा जोड दिनुभयो ।  कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख शान्ता थापा, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी र कागेश्वरी मनोहरा नगरपालिका-३ का वडा अध्यक्ष राममणी पुडासैनीले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सामुदायिक सेवा तथा विकास समाज एवम् सामुदायिक सेवा केन्द्र कोटेश्वरका महासचिव पदम कुमार रेग्मीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लागूऔषधको परिचय, वर्गिकरण, असरहरू, लागूऔषध ओसारपसार र सेवनको तथ्याङ्क, कानूनी प्रावधान लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा लागूऔषध सम्बन्धी सचेतनामूलक गिती नाटक समेत प्रस्तुत गरिएको थियो ।   कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका पदाधिकारीहरू, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरू, सामुदायिक तथा संस्थागत विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, विद्यालयका प्राचार्यहरू, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

अवकाश प्राप्त प्रहरी महानिरीक्षक स्व. दुर्लभ कुमार थापाप्रति श्रद्धाञ्जली अर्पण
२०८२-०१-१०

काठमाडौं, ९७ वर्षको उमेरमा वैशाख ९ गते दिवंगत हुनुभएका अवकाश प्राप्त प्रहरी महानिरीक्षक दुर्लभ कुमार थापाको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित नेपाल प्रहरीद्वारा अन्तिम भावपूर्ण श्रद्धाञ्जली अर्पण समारोहको आयोजना गरियो । श्रद्धाञ्जली समारोहमा प्रहरी महानिरीक्षक दिपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू लगायतले स्व. थापाको पार्थिव शरीरमा फूलमाला चढाई अन्तिम भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो ।अवकाश प्राप्त प्रहरी महानिरीक्षक दुर्लभ कुमार थापाको पार्थिव शरीरलाई आज प्रहरी वृत्त गौशालाको प्राङ्गणमा राखी दिवंगत आत्माको चिर शान्तिको कामना सहित श्रद्धान्जली अर्पण गरी तत् पश्चात पशुपति आर्यघाटसम्म शवयात्रा गरिएको    थियो । प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी अधिकृतहरू, सिनियर प्रहरी अधिकृतहरू, अवकाश प्राप्त प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरू, प्रहरी हवल्दार तथा जवानहरू, नेपाल पूर्व प्रहरी संगठनका पदाधिकारीहरू एवम् स्व. थापाका आफन्तजनले समेत उहाँको पार्थिव शरीरमा फुलमाला चढाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभयो । अवकाश प्राप्त प्रहरी महानिरीक्षक स्व. दुर्लभ कुमार थापाले २०११ कार्तिक ३० गते नेपाल प्रहरीको जनपदतर्फ सुवेदार पदमा नियुक्त भई २०१२ भदौ १९ गते प्रहरी निरीक्षक पदमा बढुवा हुनुभएकोमा २०३५ साउन ३१ देखि २०३९ जेठ ३१ गतेसम्म प्रहरी महानिरीक्षकको जिम्मेवारीमा रही असल एवम् अनुकरणीय प्रहरी अधिकृतको रूपमा संगठनमा उच्च व्यवसायिक छवि निर्माण गर्नुभएको थियो ।  

३० जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान
२०८२-०१-०९

काठमाडौं, नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीले ३० जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही कार्यालयमा ३६औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । उक्त तालिम समापनका अवसरमा मंगलबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक तारा देवि थापाले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो । सो अवसरमा उहाँले विपद् उद्दारकर्मीको रूपमा खटिँदा संवेदनशील, साहसी र अग्रसर भई आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने उल्लेख गर्नुभयो ।कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक राम कुमार यादवले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत फागुन ११ गतेदेखि संचालित ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हवल्दार १ जना, प्रहरी सहायक हवल्दार ३ जना र प्रहरी जवान २५ जना गरी कुल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो । 

दमकल, वाटर क्यानन् चालक तथा अप्रेटर तालिम सुरू
२०८२-०१-०९

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालन हुने दोस्रो समूहको ‘दमकल, वाटर क्यानन् चालक तथा अप्रेटर तालिम’ सुरू भएको छ ।सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले मंगलबार आयोजित कार्यक्रमबीच उक्त तालिमको उद्‍घाटन गर्नुभयो ।  कार्यक्रममा प्रहरी निरीक्षक ई. अञ्जन राज खरेलले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक १ जना, प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हवल्दार ११ जना, प्रहरी सहायक हवल्दार ८ जना जना र प्रहरी जवान ४ जना गरी कूल २५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

३७ जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक उन्नत तालिम प्रदान
२०८१-१२-३०

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३७ जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक (हेभी) उन्नत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित सवारी चालक उन्नत तालिम २९औं समूह अन्तर्गत उनीहरूलाई तालिम प्रदान गरिएको हो ।    तालिम समापनका अवसरमा सोही महाशाखामा आइतबार आयोजित कार्यक्रममा प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । तालिमले सवारी साधनको मर्मत सम्भार, सवारी चलाउँदा अपनाउने सुरक्षा विधि, ट्राफिक नियम सम्बन्धी ज्ञान प्रदान गरेको चर्चा गर्दै प्रहरी नायव उपरीक्षक श्रेष्ठले तालिमबाट प्राप्त सीपलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी ढंगबाट प्रयोग गर्नुपर्ने बताउनुभयो ।   कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक ई. अशोक केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी हवल्दार ४ जना, प्रहरी सहायक हवल्दार २५ जना र प्रहरी जवान ८ जना गरी कूल ३७ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

५१ जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक प्रशासन तालिम प्रदान
२०८१-१२-२७

काठमाडौं, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५१ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक प्रशासन तालिम २५औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा बुधबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले तालिमका दौरानमा हासिल गरेका ज्ञान सीपलाई कार्यक्षेत्रमा ईमान्दारिताका साथ कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । जनतालाई सुरक्षित र सहज ट्राफिक व्यवस्थापनको महशुस गराउनुका साथै सडकमा खटिँदा सहनशील र धैर्यवान भई आफ्नो स्वास्थ्यसमेतलाई ध्यानमा राखी प्राप्त जिम्मेवारीलाई त्रुटिरहित ढंगबाट निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।   कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक शैलेश न्यौपानेले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत फागुन ११ गतेदेखि संचालित ३५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक २४ जना र प्रहरी सहायक निरीक्षक २७ जना गरी कुल ५१ जना प्रशिक्षार्थीहरूले तालिम हासिल गरेको जानकारी दिनुभयो । 

हराएका २० वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण
२०८१-१२-२६

काठमाडौं,  विभिन्न मितिमा हराएका २० वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले मंगलबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रहरी उपरीक्षक दिपक गिरीले १३ वटा मोटरसाइकल र ७ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो ।  विभिन्न मितिमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यकाको जगाती, चुनदेवी, बानेश्वर, गौरीघाट, मंगलबजार, ईमाडोल, लुभु, सोह्रखुट्टे, कंलकी, नयाँबसपार्क, बाफल, थली, नेपालटार र मुलपानी लगायतका स्थानबाट ती सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो ।    

औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८१-१२-२३

काठमाडौं, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम शनिबार सम्पन्न भएको छ ।  काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा संचालित “लागूऔषध विरूद्धको महाअभियान” अन्तर्गत नेपाल औषधि व्यवसायी संघ, बागमती प्रदेशको सहकार्यमा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा उक्त सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र नेपाल औषधि व्यवसायी संघका अध्यक्ष ध्रुव नारायण श्रेष्ठ बीच लागूऔषध विरूद्ध आपसी सहयोग, समन्वय र सहकार्य सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको थियो ।     कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले लागूऔषध रोकथाम तथा नियन्त्रण गर्नको लागि यस्ता कार्यक्रम अत्यन्तै महत्वपूर्ण हुने चर्चा गर्दै आगामी दिनमा अन्य सरोकारवाला निकायसँग समेत समन्वय र सहकार्य गर्दै जाने बताउनुभयो । लागूऔषध दुर्व्यसनको निराकरणको अभियान प्रहरीको एकल प्रयासले मात्र सम्भवन नहुने उल्लेख गर्दै यसका लागि सबै सरोकारवाला पक्ष तथा तहको संयुक्त प्रयास जरूरी रहेको उहाँले उल्लेख गर्नुभयो ।  कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल, बागमती प्रदेश नेपाल औषधि व्यवसायी संघका अध्यक्ष ध्रुव नारायण श्रेष्ठ र ह्रदय रोग विशेषज्ञ डा.ओम मूर्ती अनिलले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।  काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लागूऔषधको परिचय, वर्गिकरण, असरहरू, लागूऔषध ओसारपसार र सेवनको तथ्याङ्क, कानूनी प्रावधान, औषधि व्यवसायीहरूको भूमिका र जिम्मेवारी लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।  कार्यक्रममा जीवन विज्ञान प्रतिष्ठानका प्रतिनिधि, नेपाल औषधि व्यवसायी संघ काठमाडौं, भक्तपुर र ललितपुरका अध्यक्ष तथा प्रतिनिधिहरू, औषधि व्यावसायीहरू, सामुदायिक सेवा केन्द्रका प्रतिनिधिहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

आसरा सुधार केन्द्रकी अध्यक्ष रूपा थापाको स्वागत तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
२०८१-१२-२२

काठमाडौं, आसरा सुधार केन्द्र रानीबारीकी नवनियुक्त अध्यक्ष श्रीमती रूपा थापालाई शुक्रबार आयोजित एक कार्यक्रमबीच सोही केन्द्रका पदाधिकारीहरूले केन्द्रको कार्यालय रानीबारीमा हार्दिक स्वागत गर्नुभएको छ । उक्त अवसरमा नवनियुक्त अध्यक्ष श्रीमती रूपा थापाले आसरा सुधार केन्द्रकी निवर्तमान अध्यक्ष श्रीमती लक्ष्मी कुँवरलाई दोसल्ला ओढाई बिदाइ गर्नुका साथै उहाँलाई सम्मानपत्र तथा आसरा गतिविधिलाई समेटेर तयार पारिएको फोटो एल्बमसहितको मायाँको चिनो प्रदान गर्नुभयो । साथै सोही अवसरमा नव वर्ष २०८२ सालको शुभकामना आदान प्रदान कार्यक्रम समेत सम्पन्न भएको छ ।  कार्यक्रममा केन्द्रकी नवनियुक्त अध्यक्ष थापाले केन्द्रमा आयोजना गरिएको आन्तरिक खेलकुद प्रतियोगिताको विभिन्न विधामा उत्कृष्ट हुने उपचाररत सदस्यहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो । सो अवसरमा केन्द्रकी नवनियुक्त अध्यक्ष थापाले केन्द्रले आफ्नो स्थापना कालदेखि नै सुधारात्मक उपायहरूको अवलम्बन गरी सामाजिक विसंगतीमा फसेका युवापिढीलाई सही बाटोमा ल्याई राष्ट्रको असल एवम् सक्षम नागरिकको रूपमा पुनर्स्थापना गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको चर्चा गर्नुभयो । लागूऔषधको प्रयोग सामाजिक समस्या पनि भएकोले यस्ता कुलतको न्यूनीकरण गर्नु आफैमा ठूलो सामाजिक कार्य भएको उल्लेख गर्दै केन्द्रको उन्नति र प्रगतीमा केन्द्रका कार्यकारिणी समितिका पदाधिकारीहरू एवम् सरोकारवाला नागरिकहरूबाट महत्वपूर्ण सहयोग प्राप्त हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । आसरा सुधार केन्द्रकी कोषाध्यक्ष श्रीमती नविना कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा केन्द्रमा उपचाररत सदस्यहरूद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, केन्द्रका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू तथा उपचाररत सदस्यहरूका अभिभावकहरूको उपस्थिति रहेको थियो ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यद्वारा सञ्चारकर्मीहरूसँग साक्षात्कार
२०८१-१२-२०

काठमाडौं, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बुधबार सञ्चारकर्मीहरूसँग साक्षात्कार गर्नुभएको छ । साक्षात्कारको क्रममा उहाँले सञ्चारकर्मीहरूसँग समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया समेत गर्नुभयो ।  कार्यक्रममा प्रहरी नायव महानिरीक्षक आचार्यले चैत १५ गते तीनकुने लगायतका स्थानमा भएका अराजक गतिविधि सम्बन्धी सिलसिलेवार घटनाक्रमको बारेमा संक्षिप्त जानकारी दिनुभयो । सो अवसरमा विभिन्न सामाजिक सञ्जालबाट प्राप्त भएको उक्त गतिविधि समेटिएको भिडियो समेत प्रस्तुत गरिएको थियो । प्रहरी नायव महानिरीक्षक आचार्यले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको निरूपण गर्दै प्रदर्शनकारी अराजक भई निषेधित क्षेत्र प्रवेश गर्न खोज्दा प्रहरी र प्रदर्शनकारी बीच झडप भएको तथा अराजक गतिविधि नियन्त्रणमा लिनलाई प्रहरीले बल प्रयोगको सिद्धान्त अनुरूप संयमित भई कम भन्दा कम बल प्रयोग गरेको बताउनुभयो । साथै अराजक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याइने समेत उहाँले उल्लेख गर्नुभयो । विभिन्न समसामयिक विषयमा सञ्चारकर्मीहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा विभिन्न संचारमाध्यमका सञ्चारकर्मीहरू तथा प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

प्राविधिक प्रहरीतर्फ नयाँ भर्नाका लागि दरखास्त आव्हान
२०८१-१२-१५

काठमाडौं, नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त प्राविधिक प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न जम्मा १ सय ४ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ ।नयाँ भर्नाका लागि दरखास्त आव्हानमध्ये ईन्जिनियरिङतर्फ प्राविधिक प्रहरी निरीक्षक पदका लागि ११ जना र प्राविधिक प्रहरी सहायक निरीक्षक पदका लागि ४५ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो । यसैगरी स्वास्थ्यतर्फ प्राविधिक प्रहरी निरीक्षक पदका लागि २२ जना, प्राविधिक प्रहरी नायव निरीक्षक पदका लागि १५ जना र प्राविधिक प्रहरी सहायक निरीक्षक पदका लागि ८ जना, केनाईनतर्फ प्राविधिक प्रहरी निरीक्षक पदका लागि १ जना र प्राविधिक प्रहरी सहायक निरीक्षक पदका लागि १ जना तथा हातहतियारतर्फ प्राविधिक प्रहरी निरीक्षक पदका लागि १ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो ।दरखास्त दिने उम्मेदवारहरूले नेपाल प्रहरीको Online Recruitment Management System (ORMS) मार्फत अनलाइन दरखास्त दिनुपर्ने छ । अनलाइनबाट दरखास्त दिन नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np को Career भित्र Online Application वा https://careers.nepalpolice.gov.np बाट फारम भर्न सकिने छ ।ईन्जिनियरिङतर्फ दरखास्त दिने उम्मेदवारहरूले नेपाल प्रहरी प्रधान कार्यालय संचार निर्देशनालय, सूचना प्रविधि निर्देशनालय र भौतिक पूर्वाधार निर्देशनालयमा अनलाईन दरखास्त फारम भर्न सकिने छ । यसैगरी स्वास्थ्यतर्फ नेपाल प्रहरी अस्पताल महाराजगंज, केनाईनतर्फ नेपाल प्रहरी केनाईन कार्यालय सामाखुसी र हातहतियारतर्फ नेपाल प्रहरी प्रधान कार्यालय हातहतियार मर्मत शाखामा अनलाईन दरखास्त फारम भर्न सकिने छ । साथै ७ वटै प्रदेश प्रहरी कार्यालयहरूमा अनलाईन दरखास्त संकलन तथा दर्ता गर्न सकिने छ ।नयाँ भर्ना हुन इच्छुक नागरिकहरुले चैत १८ गतेदेखि २०८२ वैशाख १६ गतेसम्म अनलाइन प्रणालीमार्फत कार्यालय समयभित्र दरखास्त फारम बुझाउन सक्नेछन् ।दरखास्त आव्हान सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ । 

सवारी चालक उन्नत तालिम सुरू
२०८१-१२-११

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालन हुने २९औं समूहको सवारी चालक (हेभी) उन्नत तालिम सुरू भएको छ ।सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले सोमबार आयोजित कार्यक्रमबीच उक्त तालिमको उद्‍घाटन     गर्नुभयो । कार्यक्रममा प्रहरी निरीक्षक ई. अशोक केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी हवल्दार ४ जना, प्रहरी सहायक हवल्दार २५ जना र प्रहरी जवान ८ जना गरी कूल ३७ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

३१ जना प्रहरी कर्मचारीहरूलाई हलुका सवारी चालक तालिम प्रदान
२०८१-१२-०१

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३१ जना प्रहरी कर्मचारीहरूलाई हलुका सवारी चालक तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित हलुका सवारी चालक तालिम २७औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । तालिम समापनको अवसरमा सोही महाशाखामा शुक्रबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक प्रभु प्रसाद ढकालले प्रशिक्षार्थी तथा प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक ढकालले तालिमबाट प्राप्त व्यावसायिक ज्ञान र सीपलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी ढंगबाट प्रयोग गर्नुपर्ने बताउनुभयो ।  कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत माघ २ गतेबाट संचालित ४५ कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी सहायक हवल्दार १ जना र प्रहरी जवान ३० जना गरी जम्मा ३१ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।  

हराएका २० वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण
२०८१-११-२७

काठमाडौं, विभिन्न मितिमा हराएका २० वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले मंगलबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले ६ वटा मोटरसाइकल र १४ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो ।  विभिन्न मितिमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यकाको युएनपार्क, एयरपोर्ट, नयाँबसपार्क, गुहेश्वरी, गौशाला, सुन्दरीजल, कालिमाटी, ठमेल, मालिगाउँ, चुनदेवी, जगाती, दिपज्योती, बौद्ध, गोकर्णेश्वर, नरेफाँट र नेपालटार लगायतका स्थानबाट ती सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो ।  

प्रथम आइजिपि स्कुल लेवल नेश्‍नल तेक्वान्डो च्याम्पियनसिप शुरू
२०८१-११-१६

काठमाडौं,  नेपाल पुलिस स्कुल सामाखुसीको आयोजनामा संचालन हुने प्रथम आइजिपि स्कुल लेवल नेश्‍नल तेक्वान्डो च्याम्पियनसिप-२०८१ शुक्रबारबाट शुरू भएको छ । शनिबार सम्पन्न हुने उक्त प्रतियोगितामा नेपाल पुलिस स्कुल सामाखुसी, नेपाल पुलिस स्कुल काभ्रे, नेपाल पुलिस स्कुल धरान, सशस्त्र प्रहरी स्कुल कीर्तिपुर लगायत ४७ वटा विद्यालय/डोजाङका करिब ६ सय जना तेक्वान्डो खेलाडीहरूको सहभागीता रहेको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी नायव महानिरीक्षक ध्रुव राज राउत, विद्यालयका प्राचार्य राम प्रसाद भुसाल, विभिन्न विद्यालयका खेलाडीहरू, शिक्षकहरू लगायतको उपस्थिति रहेको थियो । 

ट्राफिक प्रशासन तालिम संचालन
२०८१-११-११

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा ट्राफिक प्रशासन २५औं समूहको तालिम आइतबारबाट संचालन भएको छ । सोही कार्यालयका प्रहरी उपरीक्षक संजय बहादुर राउतले तालिम उद्‌घाटन गर्दै तालिममा प्रशिक्षार्थीहरूले व्यवसायिक कामको बारेमा आवश्यक ज्ञान हासिल गर्न उत्साहित, इच्छुक, लगनशील र अनुशासित हुनुपर्ने बताउनुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक शैलेश न्यौपानेले ३५ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक २४ जना र प्रहरी सहायक निरीक्षक २७ जना गरी जम्मा ५१ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

कमाण्ड एण्ड स्टाफ तालिमका अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण
२०८१-११-०८

काठमाडौं, सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा संचालित कमाण्ड एण्ड स्टाफ कोर्स सि.सं.३१ का तालिमरत ६७ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको बिहीबार अवलोकन भ्रमण सम्पन्न भएको छ । अवलोकन भ्रमणमा सहभागी अधिकृतहरूलाई नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले स्वागत गर्दै भम्रण कार्यक्रम सम्बन्धी जानकारी गराउनुभएको थियो । सो क्रममा सहभागी अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याब, पोलिग्राफ सेक्सन, डाटा सेन्टर र प्रहरी सङ्ग्रहालय समेतको अवलोकन गर्नुभयो ।अवलोकन पश्चात आयोजित कार्यक्रममा प्रहरी नायव महानिरीक्षक आचार्यले नेपाल प्रहरीको परिचय, विकासक्रम, काम, कर्तव्य र वर्तमान अवस्था, नेपाली सेना र नेपाल प्रहरी बिचको समन्वय र सहकार्यको क्षेत्र, प्रदेश समायोजन लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । साथै उहाँले अन्तरक्रियाको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरी सम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरूको निरूपण गर्दै समाजमा शान्ति सुरक्षा कायम गर्न दुवै संगठन बिच सूचनाको आदान प्रदान, आपसी सहयोग र समन्वय भइरहने बताउनुभयो ।सो कार्यक्रममा सेनानी सुमन बिक्रम शाहले भ्रमणमा सहभागी तालिमरत अधिकृतहरूको तर्फबाट धन्यवाद सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । 

हेड अफ एनसिबी कन्फरेन्समा सहभागी भई प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा नेतृत्वको टोली स्वदेश फिर्ता
२०८१-११-०७

काठमाडौं, इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा माघ २९ देखि फागुन १ गते गतेसम्म संचालन भएको ‘२०औं हेड अफ एनसिबी कन्फरेन्स’मा नेपालको तर्फबाट सहभागी भई प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा नेतृत्वको टोली बुधबार स्वदेश फर्कनुभएको छ । हेड अफ एनसिबी कन्फरेन्समा मुख्य रूपमा Scenario of Crime Against Child विषय लगायत अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको नियन्त्रण सम्बन्धमा इन्टरपोलका सदस्य राष्ट्रहरूका एनसिबि प्रमुखहरू, इन्टरपोल महासचिव तथा पदाधिकारीहरू बिच समन्वय तथा सहकार्यको विषयहरूमा छलफल भएको थियो । उक्त कन्फरेन्समा नेपालको तर्फबाट एनसिबि काठमाडौंका शाखा प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले Scenario of crime Against child in Nepal विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा नेतृत्वको टोली कन्फरेन्समा सहभागी हुन माघ २७ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । 

प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर कडायतद्वारा सञ्चारकर्मीहरूसँग साक्षात्कार
२०८१-११-०५

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर कडायतले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार सञ्चारकर्मीहरूसँग साक्षात्कार गर्नुभएको छ । साक्षात्कारको क्रममा उहाँले सञ्चारकर्मीहरूसँग समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया समेत गर्नुभयो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक कडायतले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको निरूपण गर्दै सेवाग्राही केन्द्रीत प्रहरी सेवा प्रवाह तथा अपराध अनुसन्धानसँग सम्बन्धित विषयमा काम गर्न विभाग कटिवद्ध रहेको बताउनुभयो । सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी उपरीक्षक राज कुमार सिलवालले अपराध अनुसन्धान विभागको विकासक्रम, अपराध अनुसन्धानमा प्रविधिको प्रयोग, अपराध तथ्याङ्क तथा विश्लेषण, अपराध नियन्त्रण र अनुसन्धानमा गरिएका प्रयासहरू, अपराध अनुसन्धानमा संचारकर्मीसँगको अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा आयोजित उक्त कार्यक्रममा अपराध अनुसन्धान तथा नियन्त्रण सम्बन्धी विविध एवम् सो सम्बन्धी समसामयिक विषयमा सञ्चारकर्मीहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा विभिन्न संचारमाध्यमका सञ्चारकर्मीहरू तथा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो ।

विपद् व्यवस्थापन आधारभूत तालिम सम्पन्न
२०८१-१०-२९

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयमा संचालित ३५ औं समूहको विपद् व्यवस्थापन आधारभूत तालिम मंगलबार सम्पन्न भएको छ ।उक्त अवसरमा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक तारा देवि थापाले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै प्रशिक्षार्थीहरूले तालिमबाट प्राप्त गरेका ज्ञान, सीप र दक्षतालाई आ-आफ्नो कार्य क्षेत्रमा जिम्मेवारी पूर्वक त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो ।कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक राम कुमार दानीले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत पुस १ गतेदेखि संचालित ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी निरीक्षक ३ जना, प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी सहायक हवल्दार ४ जना र प्रहरी जवान २२ जना गरी कुल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

हराएका २० वटा दुई पाङग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण
२०८१-१०-२८

काठमाडौं, विभिन्न मितिमा हराएका २० वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले सोमबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले १८ वटा मोटरसाइकल र ८ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो ।  विभिन्न मितिमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौंको पेप्सीकोला, काँडाघारी, फर्पिङ, कालिमाटी, लैनचौर, गौशाला, धर्मस्थली, नयाँबसपार्क र बौद्ध लगायतका स्थानबाट ती सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो ।  

नेपाल प्रहरी विद्यालय सामाखुसीको २६ औं वार्षिकोत्सव सम्पन्न
२०८१-१०-२१

काठमाडौं,  नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरको प्रमुख आतिथ्यमा नेपाल प्रहरी विद्यालय सामाखुसीको २६ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह २०८१ सोमबार सम्पन्न भएको छ ।कार्यक्रममा संघकी अध्यक्ष कुँवरले सर्वोत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरू, वार्षिक रूपमा उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षक, प्रहरी कर्मचारीहरू, उत्कृष्ट विद्यार्थीहरूको समूह, उत्कृष्ट खेलाडी, उत्कृष्ट विद्यार्थी र पूर्व विद्यार्थीहरूलाई प्रशंसापत्र तथा पुरस्कार सहित सम्मान गर्नुभयो । साथै उहाँले विद्यालयका पूर्व प्राचार्यहरू, पूर्व समादेशकहरू र सहयोगी महानुभावहरूलाई सम्मान पत्र समेत प्रदान गर्नुभयो । उक्त अवसरमा उहाँले विद्यालयको वार्षिक मुखपत्र (दिप्तिका) को विमोचन गर्नुका साथै विद्यार्थीहरूबाट प्रदर्शित विभिन्न क्रियाकलापहरूको अवलोकन समेत गर्नुभयो । कार्यक्रममा संघकी अध्यक्ष कुँवरले आजका विद्यार्थी भोलिको राष्ट्र निर्माणको कर्णधार भएको उल्लेख गर्दै अभिभावक र विद्यालयको निरन्तर सहकार्यमा विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानको साथसाथै व्यवहारिक सीप, आचरण र सामाजिक जिम्मेवारीमा समेत सक्षम बनाउनुपर्ने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी नायव महानिरीक्षक ध्रुव राज राउतले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा विद्यालयका प्राचार्य राम प्रसाद भुसाल, बुढानिलकण्ठ स्कुलका प्राचार्य केशर बहादुर खुलाल, विद्यालयका समादेशक प्रहरी निरीक्षक राजन प्रसाद काफ्ले र विद्यार्थी तथा अभिभावक प्रतिनिधिले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा विद्यालयका संरक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, नेपाल श्रीमती संघका पदाधिकारीहरू, आसरा सुधार केन्द्रका पदाधिकारीहरू, अभिभावकहरू, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा ४६औं पर्यटक प्रहरी दिवस सम्पन्न
२०८१-१०-१२

काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा “४६औं पर्यटक प्रहरी दिवस, २०८१” नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा शनिबार आयोजित एक समारोहबीच सम्पन्न भएको छ । समारोहमा मन्त्री पाण्डेले पर्यटक प्रहरी कार्यमा बिशेष सहयोग पुर्‍याउनुहुने संघसंस्था एवम् व्यक्तित्वहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो । सो अवसरमा मन्त्री पाण्डेले पर्यटकको सुरक्षाका साथसाथै पर्यटकको समस्या एवम् गुनासो सम्बोधनमा पर्यटक प्रहरीले उत्कृष्ट व्यवहारका साथ निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । पर्यटनको प्रवर्द्धन, विकास एवम् सम्बृद्धिमा सम्बद्ध निकायहरूले उत्कृष्ट व्यवहारका साथ आ-आफ्नो क्षमता तथा दक्षता अभिवृद्धि गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।   कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उत्कृष्ट कार्य गर्ने पर्यटक प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो । सोही अवसरमा प्रहरी महानिरीक्षक कुँवरले पर्यटकहरूको सुरक्षा र पर्यटन विकासमा महत्वपूर्ण टेवा पुर्‍याउने उद्देश्य सहित स्थापित पर्यटक प्रहरीले उपलब्ध साधन स्रोतको उपयोग गर्दै निर्वाह गरेको कार्य सराहनीय रहेको उल्लेख गर्नुभयो । पर्यटकीय सुरक्षा व्यवस्थापन कार्य प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने हुँदा यसका लागि सबै सरोकारवाला निकायको समन्वयात्मक भूमिका अपरिहार्य रहेको समेत उहाँले बताउनुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले नेपाल सुन्दर मात्र हैन सुरक्षति पनि छ भनेर विश्वमाझ चिनाउन सके हाम्रो पर्यटन क्षेत्रमा थप आकर्षण पैदा हुने उल्लेख गर्दै पर्यटकको सुरक्षालाई प्राथमिकतामा राखि समग्र पर्यटन क्षेत्रको संरक्षण, विकास र प्रवर्द्धनमा नेपाल प्रहरी सदैव कटिवद्ध भई सेवा प्रवाह गर्ने बताउनुभयो । पर्यटक प्रहरीद्वारा सम्पादित कामकारवाही एवम् प्रदर्शित व्यवहारको प्रभाव राष्ट्रिय रूपमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा समेत पर्ने हुँदा यसमा आवद्ध प्रहरी कर्मचारीहरूले सेवा प्रवाहको स्तर अझ बढाउँदै उच्च व्यावसायिकता र निष्ठाका साथ कार्य गर्न उहाँले निर्देशन दिनुभयो ।  कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव बिनोदप्रकाश सिंह, नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशी र नेपाल एसोसियसन अफ र्‍याफ्टिङ एजेन्सीका निवर्तमान अध्यक्ष शिव अधिकारीले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । पर्यटन विभागका महानिर्देशक डा.नारायण प्रसाद रेग्मीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहले स्वागत मन्तव्य तथा पर्यटक प्रहरी सम्बन्धी संक्षिप्त जानकारी दिनुभयो । कार्यक्रममा नेपाल प्रहरी संगीत विद्यालयबाट सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो ।  कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू लगायत पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०८१-१०-०५

काठमाडौं, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ । समुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत प्रहरी वृत्त मालीगाउँ, प्रहरी वृत्त महाराजगंज र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीको संयुक्त आयोजनामा काठमाडौं महानगरपालिका-४ टुँडालदेवी मन्दिर परिसरको प्राङ्गणमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले समाजमा शान्ति सुरक्षा कायम गर्नको लागि यस्ता कार्यक्रम अत्यन्तै महत्वपूर्ण हुने चर्चा गर्दै आगामी दिनमा समुदाय एवम् विद्यालयस्तरमा समेत यस्ता कार्यक्रम संचालन गर्नु पर्नेमा विशेष जोड दिनुभयो । साथै समाजमा शान्ति सुरक्षा थप मजबुत बनाउनको लागि प्रहरी र नागरिकले एक आपसमा सहयोग, सहकार्य एवम् समन्वय गर्दै अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो ।  कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव श्याम प्रसाद मैनालीले अन्तरक्रियाको महत्व बारे आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्त रजौरेले अन्तरक्रिया कार्यक्रममा प्रहरी कार्य सम्बन्धी उठेका जिज्ञासाहरूको निरूपण गर्नुभएको थियो भने काठमाडौं महानगरपालिका-४ का वडा अध्यक्ष दिनेश महर्जनले स्थानीय तहको कार्य सम्बन्धी उठेका जिज्ञासाहरूको निरूपण गर्नुभएको थियो ।  सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष राम प्रसाद न्यौपानेले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी वृत्त मालीगाउँका प्रहरी नायव उपरीक्षक सुनिल जंग शाहले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा शान्ति सुरक्षाको वर्तमान अवस्था, प्रहरी कार्यमा सुधारका क्षेत्रहरू र सुझाव लगायतका विषयमा छलफल भएको थियो । कार्यक्रममा पूर्व संविधान सभा सदस्य रमा गुरागाई, पूर्व महालेखा परीक्षक तथा नेपाल सरकारका पूर्व सचिव मधु सुदन ढकाल, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, विभिन्न विद्यालयका शिक्षक एवम् विद्यार्थीहरू, स्थानीय भद्रभलादमी लगायतको उपस्थिति रहेको थियो । 

नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्य
२०८१-१०-०४

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ ।नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले शुक्रबार जनाएको छ ।प्रहरी नायव महानिरीक्षक आचार्यलाई ९८५१२९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने छ । 

हलुका सवारी चालक तालिम सुरू
२०८१-१०-०२

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालन हुने २७ औं समूहको हलुका सवारी चालक तालिम सुरू भएको छ ।सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले बुधबार आयोजित कार्यक्रमबीच उक्त तालिमको उद्‍घाटन   गर्नुभयो । कार्यक्रममा प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी सहायक हवल्दार १ जना र प्रहरी जवान ३० जना गरी कूल ३१ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो । 

हराएका ३३ वटा दुई पाङग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण
२०८१-०९-२५

काठमाडौं, विभिन्न मितिमा हराएका ३३ वटा दुई पाङग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले २५ वटा मोटरसाइकल र ८ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो ।  विभिन्न मितिमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको अवस्थामा गठ्ठाघर, काँडाघारी, नेपालटार, कालिमाटी, पद्मोदयमोड, लैनचौर, गौशाला, बानियाटार, धर्मस्थली, नयाँबसपार्क र बौद्ध लगायतका स्थानबाट ती सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो ।  

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीद्वारा सञ्चारकर्मीहरूसँग साक्षात्कार
२०८१-०९-०३

काठमाडौं, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता/सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार सञ्चारकर्मीहरूसँग साक्षात्कार गर्नुभएको छ । साक्षात्कारको क्रममा उहाँले सञ्चारकर्मीहरूसँग समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया समेत गर्नुभयो ।कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले आर्थिक वर्ष २०८१/०८२ को गत ४ महिनाको अवधिमा नेपाल प्रहरीबाट सम्पादित प्रमुख कार्य तथा उपलब्धिहरू सम्बन्धी प्रस्तुतीकरण गर्नुभयो । सो क्रममा उहाँले मानवस्रोत विकास तथा स्रोतसाधन व्यवस्थापनतर्फ प्रहरीको इकाईगत संख्या, भर्ना छनौट सम्बन्धी हाल सम्मको गतिविधि, प्रशिक्षण, नयाँ नियुक्ति/पदस्थापन, सरूवा, बढुवा, कारवाही तथा पुरस्कृतहरूको तथ्याङ्क, भौतिक संरचनाहरूको संख्यात्मक विवरण तथा हालको अवस्था, अस्थायी पोष्टमा कार्यरत एवम् नयाँ स्थापना तथा स्तरवृद्धिको लागि माग भएका इकाईहरूको बारेमा संख्यागत विवरण प्रस्तुत गर्नुभयो । यसैगरी उक्त अवधिमा अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषणतर्फ अपराध नियन्त्रण र अनुसन्धानका आधारभूत पक्षहरू, अपराध दर्ता संख्याको प्रदेशगत तुलनात्मक विवरण, अपराध तथ्याङ्क विश्लेषण, फैसला कार्यान्वयन, बालबालिका खोजतलास सन्बन्धी तथ्याङ्क र घरेलु हिंसा सम्बन्धी तथ्याङ्क समेत उहाँले विश्लेषण गर्नुभयो ।प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले अन्तर्राष्ट्रिय समन्वयतर्फ एनसिबि काठमाडौंले सम्पादन गरेका कार्यहरूको विवरण र संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता बारे जानकारी दिनुभयो । यसैगरी प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापनतर्फ सवारी दुर्घटना सम्बन्धी तथ्याङ्क, ट्राफिक कारवाही सम्बन्धी विवरण, विपद् व्यवस्थापन, राजस्वमा योगदान, नागरिकसँगको सम्बन्ध, सूचना प्रवाह र प्रहरी सेवा, प्रहरी कर्मचारी विरूद्ध उजुरी दर्ता तथा फछर्यौटको तथ्याङ्क, नीति तथा योजना कार्यान्वयनको अवस्था, नेपाल प्रहरीको कार्ययोजना, २०८० लागू गरी कार्ययोजनाको लक्ष्यगत कार्य प्रगति विवरण, हासिल गरेका मुख्य उपलब्धिहरू बारेमा समेत उहाँले उपस्थित सञ्चारकर्मीहरूलाई विस्तृत रूपमा जानकारी दिनुभयो । कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको निरूपण गर्दै आर्थिक अपराधको कारणले अन्य अपराधहरू वृद्धि भएको तथ्याङ्कले देखाएको बताउनुभयो । प्रविधिको बढ्दो दुरूपयोगबाट सिर्जित अपराधहरू चुनौतीको रूपमा रहेको उल्लेख गर्दै विद्यमान स्रोतसाधनको उच्चतम प्रयोग गरी त्यस्ता अपराध नियन्त्रणमा प्रहरी क्रियाशील रहेको उहाँले बताउनुभयो । आन्तरिक सुदृढिकरणलाई संगठनको प्रमुख प्राथमिकतामा राखेर कार्यसम्पादन भइरहेको चर्चा गर्दै प्रहरी कर्मचारीहरू विरूद्ध पर्ने उजुरीलाई कसूरको गम्भीरताको आधारमा विभागीय कारवाहीको दायरामा ल्याउने काम समेत भइरहेको उहाँले बताउनुभयो ।  विभिन्न समसामयिक विषयमा सञ्चारकर्मीहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा विभिन्न संचारमाध्यमका सञ्चारकर्मीहरु तथा प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।  

ट्राफिक नियन्त्रण तालिम सञ्चालन
२०८१-०९-०२

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा १५३औं समूहको ट्राफिक नियन्त्रण तालिम सञ्चालन भएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा मंगलबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रहरी उपरीक्षक संजय बहादुर राउतले उक्त तालिम उद्‍घाटन गर्दै प्रशिक्षार्थीहरूले उपलब्ध स्रोत साधनको उचित सदुपयोग गरी बढीभन्दा बढी उत्सुक तथा सक्रिय भई तालिम हासिल गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक रविन कार्कीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी हवल्दार १ जना, प्रहरी सहायक हवल्दार १५ जना र प्रहरी जवान ४० जना गरी कुल ५६ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो । 

४५ जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण तथा रेखाचित्रण तालिम प्रदान
२०८१-०८-२३

काठमाडौं, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ४५ जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण तथा रेखाचित्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तथा रेखाचित्रण पाँचौ समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक बोहराले सवारी दुर्घटनाको अनुसन्धानको सिलसिलामा दुर्घटनासँग सम्बन्धित विभिन्न किसिमका प्रमाणहरूलाई रेखाचित्रणको माध्यमबाट देखाउन सके दुर्घटनाको अनुसन्धान फलदायी हुने बताउँदै तालिममा सिकाइएका सैद्धान्तिक तथा व्यवहारिक ज्ञानहरूलाई कार्यक्षेत्रमा लागू गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक ज्ञान बहादुर माझीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ७ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार ३ जना, प्रहरी सहायक हवल्दार ११ जना र प्रहरी जवान ३० जना गरी कुल ४५ जना प्रशिक्षार्थीहरूले तालिम हासिल गरेको जानकारी दिनुभयो ।  

नेपाल प्रहरीमा १ हजार २ सय २३ जनाका लागि नयाँ भर्ना आव्हान
२०८१-०८-२१

काठमाडौं, नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त रहेका विभिन्न पदहरूमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कूल १ हजार २ सय २३ जनाको लागि नयाँ भर्ना दरखास्त आव्हान गरिएको छ । नयाँ भर्नामध्ये प्रहरी जवान पदमा १ हजार १ सय ६५ जना र प्रहरी कार्यालय सहयोगीतर्फ ५८ जनाका लागि दरखास्त आव्हान गरिएको हो । जसमध्ये प्रहरी कार्यालय सहयोगीतर्फ भान्छेतर्फ ४७ जना र कुचीकारतर्फ ११ जनाका लागि दरखास्त आव्हान गरिएको हो ।प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदका लागि जिल्ला प्रहरी परिसरहरू काठमाडौं, भक्तपुर र ललितपुर, प्रदेश प्रहरी तालिम केन्द्रहरू विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज) र दिपायल तथा सबै जिल्ला प्रहरी कार्यालयहरूमा दरखास्त फारम लिन र बुझाउन सकिने छ । नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले मंसिर २७ गतेदेखि माघ ७ गतेसम्म सम्बन्धित कार्यालयहरूमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन् । दरखास्त आव्हान सम्बन्धि विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेवसाइटमा समेत राखिएको छ ।

हराएका २७ वटा दुई पाङग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण
२०८१-०८-१३

काठमाडौं, विभिन्न मितिमा हराएका २७ वटा दुई पाङग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले १८ वटा मोटरसाइकल र ९ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो । विभिन्न मितिमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको अवस्थामा काभ्रेपलाञ्चोक, कोटेश्वर, गौशाला, नयाँबसपार्क, सोह्रखुट्टे, मालिगाउँ, मंगलबजार, गोकर्ण, नगरकोट, ताथली र बुद्धनगर लगायतका स्थानबाट हराएका उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो ।  

लाफ्टर फर लाईफ कार्यक्रम सम्पन्न
२०८१-०८-०९

काठमाडौं, प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित ‘लाफ्टर फर लाईफ’ कार्यक्रम सम्पन्न भएको छ ।सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक राईले प्रहरीले कर्तव्य पालनाको सिलसिलामा तनावको स्थिति सामना गर्नुपर्ने र आफ्नो दैनिकी व्यवस्थापनमा समेत समस्या भोग्ने गरेको हुँदा विशेष समय दिएर प्रहरीको दैनिक गतिविधिलाई मनोरञ्जनको रूपमा प्रस्तुत गरी साथ दिनुभएकोमा कलाकार समुहलाई धन्यवाद दिनुभयो ।कार्यक्रममा प्रहरी  अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाली हाँस्य कलाकार सन्दीप क्षेत्रीलाई मायाको चिनो प्रदान गर्नुभयो । देश र जनताको सेवामा अहोरात्र खटिने नेपाल प्रहरीलाई प्रहरी कार्यको सम्मानको लागि तथा व्यस्त जीवनको क्षणलाई राम्रो विश्रामको अवसरको रूपमा परिणत गर्न नेपाली हाँस्य कलाकार सन्दीप क्षेत्री तथा उनको समूहले उक्त कार्यक्रम प्रस्तुत गरेको हो ।    कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरू एवम् प्रहरी जवानहरूको उपस्थिति रहेको थियो । 

नेपाली सेनाका तालिमरत अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण
२०८१-०७-३०

काठमाडौं, नेपाली सैनिक वार कलेज नगरकोटमा तालिमरत All Arms Command and Staff course सि.सं. ५ का ४३ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको शुक्रबार अवलोकन भ्रमण सम्पन्न भएको छ ।सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याब, पोलिग्राफ सेक्सन, डाटा सेन्टर र प्रहरी सङ्ग्राहलय समेतको अवलोकन गर्नुभयो ।अवलोकन पश्चात आयोजित कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको परिचय, विकासक्रम, काम, कर्तव्य र वर्तमान अवस्था, नेपाली सेना र नेपाल प्रहरी बिचको समन्वय र सहकार्यको क्षेत्र, प्रदेश समायोजन लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । साथै उहाँले अन्तरक्रियाको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरी सम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरूको निरूपण गर्दै समाजमा शान्ति सुरक्षा कायम गर्न दुवै संगठन बिच सूचनाको आदान प्रदान, आपसी सहयोग र समन्वय भइरहने बताउनुभयो ।प्रहरी उपरीक्षक श्याम कुमार महत्तोले स्वागत मन्तव्य व्यक्त गर्दै भम्रण कार्यक्रम सम्बन्धी जानकारी गराउनुभएको उक्त कार्यक्रममा प्रमुख सेनानी कञ्चन कृष्ण बस्नेतले भ्रमणमा सहभागी तालिमरत अधिकृतहरूको तर्फबाट धन्यवाद सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नेपाल प्रहरी केनाईन कार्यालय महाराजगंजमा कुकुर पूजा सम्पन्न
२०८१-०७-१५

काठमाडौं, यमपञ्चकको दोस्रो दिन अर्थात कुकुर तिहारका अवसरमा नेपाल प्रहरी केनाईन कार्यालय महाराजगंजमा बिहीबार आयोजित कार्यक्रमबीच कुकुर पूजा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल प्रहरी केनाईन कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डा. देउती गुरूङले प्रहरी कुकुरको प्रतिमामा माल्यार्पण गर्नुका साथै कार्यालयमा रहेका विभिन्न जातका कुकुरहरूलाई पूजा गर्नुभयो । उहाँले अपराध अनुसन्धान तथा खोज कार्यमा यस वर्ष उत्कृष्ट कार्य गर्ने तथा रनिङ प्रतियोगितातर्फ उत्कृष्ट हुने कुकुर ‘टाइगर’, बाधापारतर्फ उत्कृष्ट हुने ‘रोय’ र हाईजम्प प्रदर्शनमा उत्कृष्ट हुने कुकुर ‘रोज’ लाई पुरस्कार प्रदान गर्नुभयो ।  कार्यक्रममा प्रहरी नायव महानिरीक्षक गुरूङले नेपाल प्रहरीको केनाईन सेवाको शुरूवात, विकास तथा विस्तारमा योगदान पुर्‍याउनुहुने अवकाश प्राप्त प्रहरी उपरीक्षक प्रताप कुमार वान्तवा र अवकाश प्राप्त प्रहरी नायव उपरीक्षक स्व. दण्डपाणी भट्टराईको सुपुत्र अमित भट्टराईलाई सम्मानपत्र प्रदान गर्नुभयो । साथै यस वर्ष उत्कृष्ट कार्य गर्ने सोही कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई समेत उहाँले पुरस्कार प्रदान गर्नुभयो । कार्यक्रममा उक्त कार्यालयका प्रहरी कर्मचारीहरू र प्रहरी कुकुरहरुले हातहतियार तथा विष्फोटक पदार्थको खोजी तथा पहिचान, लागूऔषधको खोजी तथा पहिचान, अपराधीको खोजी एवं पहिचान, हाइजम्प प्रतियोगिता, दौड प्रतियोगिता, आज्ञापालन तथा व्यक्तिगत सुरक्षा कला, बाधापार र खोजी तथा उद्दार कार्य लगायतको प्रदर्शनी गरेका थिए । कार्यक्रमा अवकाश प्राप्त प्रहरी उपरीक्षक प्रताप कुमार वान्तवाले सेवामा रहँदा भएगरेका अनुभव व्यक्त गर्नुहुँदै अपराध अनुसन्धान तथा नियन्त्रणका लागि समयानुकुल तालिम दिन सकेमा थप प्रभावकारी हुने बताउनुभयो ।प्रहरी उपरीक्षक डा. राम चन्द्र सत्यालले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक डा. चेत नारायण ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र प्रमाणमुखी बनाउने उद्देश्यकासाथ विगत लामो समयदेखि अपराध अनुसन्धान तथा खोज कार्यमा तालिम प्राप्त कुकुरहरुको प्रयोग हुँदै आएको छ । कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरु, संचारकर्मी लगायत अतिथिहरू समेतको उपस्थिति रहेको थियो ।

हराएका २५ वटा दुई पाङग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण
२०८१-०७-१४

काठमाडौं, विभिन्न मितिमा हराएका २५ वटा दुई पाङग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले बुधबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले १७ वटा मोटरसाइकल र ८ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो । विभिन्न मितिमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको अवस्थामा सातदोबाटो, पुल्चोक, मंगलबजार, टिकाथली, जगाती, ठिमी, ढल्को, बौद्ध, माकलबारी, एयरपोर्ट, तिनपिप्ले, महाराजगञ्ज, बलम्बु, गोकर्णेश्वर, मुलपानी, बालाजु र महादेबटार लगायतका स्थानबाट हराएका उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो ।  

३० जना प्रहरी कर्मचारीहरूलाई हेभी सवारी चालक तालिम प्रदान
२०८१-०७-१३

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३० जना प्रहरी कर्मचारीहरूलाई हेभी सवारी चालक तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित हेभि सवारी चालक तालिम १५औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । सोही महाशाखामा मंगलबार आयोजित तालिम समापन कार्यक्रममा महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भोला बहादुर रावलले प्रशिक्षार्थीहरू तथा प्रशिक्षकलाई प्रमाणपत्र वितरण गर्नुभयो । उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक रावलले संगठनको आवश्यकता अनुसार हेभी सवारी साधनहरू चलाउन तथा परिचालन गर्नको निमित्त तालिम प्रदान गरिएको बताउनुभयो । प्रशिक्षार्थीले तालिमबाट प्राप्त गरेका ज्ञान, सिप र दक्षतालाई  थप सजग र सतर्क भई आ-आफ्नो कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक ई. अशोक केसीले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै असोज २ गतेबाट संचालित ३० कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी सहायक हवल्दार १२ जना र प्रहरी जवान १८ जना गरी कूल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो । 

फौजदारी न्याय प्रणालीमा देखिएका चुनौतिहरू र सुधारका उपायहरू विषयक गोष्ठी सम्पन्न
२०८१-०७-११

काठमाडौं, प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित फौजदारी न्याय प्रणालीमा देखिएका चुनौतिहरू र सुधारका उपायहरू विषयक एक दिवसीय गोष्ठी आइतबार सम्पन्न भएको छ ।   गोष्ठी उद्‍घाटन पश्चात प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा प्रकाशित नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको संग्रह भाग-२ विमोचन गर्नुभयो ।कार्यक्रममा प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले कानूनको शासनको प्रवर्द्धन गर्दै न्यायपूर्ण समाजको स्थापना गर्ने कार्यमा न्यायपालिका, महान्यायाधिवक्ताको कार्यालय एवम् नेपाल प्रहरीको महत्वपूर्ण भूमिका रहने चर्चा गर्दै तीन वटै निकायको संलग्नतामा हुन लागेको यस गोष्ठी एवम् अन्तरक्रियाले सम्बद्ध फौजदारी न्याय प्रशासनको प्रवर्द्धन एवम् सुदृढिकरणमा समेत थप योगदान पुर्‍याउँदै मुलुकमा दण्डहिनताको अवस्थाको अन्त्य गर्ने कार्यमा समेत थप मद्दत पुग्ने विश्वास लिएको बताउनुभयो ।प्रधान न्यायाधीश राउतले फौजदारी न्याय प्रणालीको प्रभावकारीताको लागि न्यायिक इतिहासको विभिन्न कालखण्डमा भएका प्रयास र अनुभवका साथै संवैधानिक कानूनी परिवर्तन एवम् जनअपेक्षा अनुरूपको सुदृढ र प्रभावकारी फौजदारी न्याय प्रणालीको विकास र स्थापना गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै फौजदारी न्यायका परम्परागत मान्यता अवधारणा र मापदण्डबाट माथि उठेर अपराध अनुसन्धानमा नविन शैलीको विकास गर्दै अनुसन्धान र अभियोजनको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा विकसित, स्वीकृत र अवलम्बित मान्यता र मापदण्डको अनुशरण गरिनु जरूरी रहेको बताउनुभयो ।  नेपाल प्रहरी, महान्यायाधिवक्ताको कार्यालय र सरकारी वकिलको संस्थागत तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्दै जानसके देखिएका चुनौतिहरू चिर्न सफल हुने बताउँदै फौजदारी न्याय प्रणालीलाई थप प्रभावकारी एवम् विश्वसनीय बनाउनको निम्ति आवद्ध निकायहरूलाई थप सक्षम, निष्पक्ष बनाउन अपरिहार्य रहेको बताउनुभयो । अनुसन्धान तथा अभियोजनको निष्पक्षतामा नै समग्र फौजदारी न्याय प्रशासनको प्रभावकारीता हुनेमा उहाँले जोड दिनुभयो । संविधानद्वारा प्रत्याभूत गरिएको व्यक्तिको हक अधिकारको सम्मान गर्दै अपराध अनुसन्धानलाई वैज्ञानिक तथ्य, एवम् प्रमाणमा आधारित बनाई अगाडि बढ्नुको विकल्प नभएको बताउँदै उहाँले अनुसन्धानलाई बयानमुखी भन्दा सबुत प्रमाणमुखी बनाउन सके अपराधका तथ्य प्रमाणबाट स्थापित हुने र दोषीले सजाय पाउने अवस्थाबाट समाजमा दण्डहिनताको संस्कृतिको अन्त्य हुने विश्वास लिन सकिने बताउनुभयो ।  गोष्ठीमा महान्यायाधिवक्ता रमेश वडालले अनुसन्धान र अभियोजनमा देखिएका कमी कमजोरीहरू सुधार गर्दै जानुपर्ने बताउँदै गोष्ठीबाट आएका सुझावहरूलाई यस्ता कमी कमजोरीलाई सम्बोधन गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा गृहसचिव गोकर्णमणि दुवाडीले अपराधको प्रभावकारी रोकथाम र परिणाममुखी अनुसन्धानको साथै अनुसन्धानको क्रममा संविधान प्रदत्त हक अधिकारहरूको संरक्षण गरी प्रभावकारी न्याय सम्पादन गर्ने मार्ग तय गर्न प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने हुँदा फौजदारी न्याय प्रणाली सुधारका लागि अनुसन्धान, अभियोजन र निर्णय एवम् फैसला गर्ने तीन वटै संस्थाहरूको परस्पर प्रभावकारी समन्वय हुन आवश्यक रहेको बताउनुभयो । यस गोष्ठीले तीन वटै निकाय बिच नविनतम् विचारका साथै महत्वपूर्ण निष्कर्ष निकाल्ने विश्वास लिएको उहाँले व्यक्त गर्नुभयो । गृहसचिव दुवाडीले समाजको विकासक्रम र गतिशिलता सँगै अपराधमा प्रविधिको प्रयोग तीव्र रूपमा विस्तार भइरहेको उल्लेख गर्दै अपराधको नयाँ शैली र सञ्जाललाई निस्तेज बनाउन फौजदारी कानूनको समयानुकुल संशोधन एवम् परिमार्जन सँगसँगै अनुसन्धान अभियोजन र फैसलामा पनि शैली र संयन्त्रको आधुनिकिकरण, प्रविधिकरण एवम् वैज्ञानिकिकरण गर्न जरूरी रहेको बताउनुभयो । साथै उहाँले आ-आफ्नो कार्यक्षेत्र अनुरूप विभिन्न क्षेत्रमा कार्यरत रहेता पनि हाम्रो मुल लक्ष्य भनेकै कसूर तथा अपराधको नियन्त्रण, निष्पक्ष अनुसन्धान र कानून बमोजिमको सजाय मार्फत सुरक्षित समाजको निर्माण गर्नु नै भएको बताउनुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले फौजदारी न्याय प्रणालीको प्रभावकारीता अभिवृद्धि गर्न, यसका चुनौति र समाधानका उपायहरू पहिल्याउने उद्देश्यका साथ आयोजित यस गोष्ठीले फौजदारी न्याय प्रणालीका सबै महत्वपूर्ण स्तम्भहरूलाई एक साथ राखेर छलफल र अन्तरक्रियाले साझा धारणाको विकास गर्ने अपेक्षा लिएको एवम् गोष्ठीले फौजदारी न्याय प्रणालीलाई अझ सुदृढ बनाउने बताउनुभयो । अनुसन्धानकर्ता, अभियोजनकर्ता र न्याय निरूपणकर्ता बिचको व्यावसायिक समन्वयात्मक सम्बन्धले अनुसन्धान, अभियोजन र न्याय निरूपण कार्य त्रुटिरहित र प्रभावकारी भई न्यायको अनुभूतिसँगै कानूनी शासनको प्रत्याभूति समेत सुनिश्चितता हुने उहाँले बताउनुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले प्रभावकारी र प्रमाणमुखी अनुसन्धान नेपाल प्रहरीको प्रमुख जिम्मेवारी रहेको चर्चा गर्दै संगठनले यस जिम्मेवारीलाई गम्भीर र संवेदनशील रूपमा लिएको बताउनुभयो । अपराध अनुसन्धानको क्रममा परम्परागत तौर तरिकालाई अक्षुण्ण राख्दै प्रविधिको उच्चतम प्रयोग गरी अनुसन्धान कार्यलाई वस्तुगत, प्रमाणमुखी समयानुकूल बनाउँदै आएको उहाँले बताउनुभयो ।  नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले स्वागत मन्तव्य व्यक्त गर्नुका उक्त गोष्ठीमा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । गोष्ठीमा सर्वोच्च अदालतका रजिस्ट्रार बिमल पौडेलले सरकारवादी फौजदारी मुद्दाहरूको न्याय निरूपणको अवस्था, नयाँ चुनौति, न्यायपालिकाको रणनीति तथा फौजदारी न्याय प्रशासनका सरोकारवाला निकायहरूसँग अदालतको अपेक्षा, नायव महान्यायाधिवक्ता संजीव राज रेग्मीले सरकारवादी फौजदारी न्याय प्रशासनमा अभियोजनको अवस्था, नयाँ चुनौति, सुधारका रणनीति र फौजदारी न्याय प्रशासनका सरोकारवाला निकायहरूसँग अभियोजनकर्ताको अपेक्षा, प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले अपराध अनुसन्धानको अवस्था, नयाँ चुनौति, सुधारको लागि प्रयोग गरिएका रणनीति र फौजदारी न्याय प्रशासनमा सरोकारवाला निकायहरूसँग नेपाल प्रहरीको अपेक्षा एवम्  उपत्यका प्रहरी कार्यालय र सात वटै प्रदेश प्रहरी कार्यालयहरूका प्रतिनिधिहरूले अपराध अनुसन्धानमा देखिएका चुनौतिहरू, अदालत तथा सरकारी वकिल कार्यालयसँगको अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।   गोष्ठीको दौरानमा नायव महान्यायाधिवक्ता डा. टेक बहादुर घिमिरे, न्यायाधीश हेमन्त रावल, अवकाश प्राप्त प्रहरी महानिरीक्षक प्रकाश अर्याल, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र नेपाल ल क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. रमेश पराजुली लगायतले प्रस्तुतीकरण एवम् छलफलमा उठेका विविध विषयका जिज्ञासाहरूको निरूपण गर्नुभएको थियो ।  नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा आयोजित उक्त गोष्ठीमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, सहन्यायाधिवक्ताहरू, जिल्ला न्यायाधीशहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, कानून व्यवसायीहरू लगायतको उपस्थिति एवम् प्रदेश प्रहरी प्रमुखहरू तथा नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूको भर्चुएल उपस्थिति रहेको थियो ।  

हराएका २६ वटा दुई पाङग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण
२०८१-०६-२०

काठमाडौं, विभिन्न ठाउँ र मितिमा हराएका २६ वटा दुई पाङग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले १६ वटा मोटरसाइकल र १० वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो । विभिन्न मितिमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा परिवर्तित नम्बर प्लेट राखेको अवस्थामा काँडाघारी, सानोठिमी, नरेफाँट, बालकुमारी, भिमसेनगोला, गौरीघाट, महाराजगंज, बुढानिलकण्ठ, नेपालटार, ठमेल र कलंकी लगायतका स्थानबाट हराएका उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो ।  

नेपाल प्रहरीको महिला भलिबल टिमलाई काभा वुमन्स भलिबल क्लब च्याम्पियनसिपको उपाधि
२०८१-०६-०६

काठमाडौं, मित्रराष्ट्र माल्दिभ्समा भदौ ३० गतेदेखि असोज ५ गतेसम्म संचालित काभा वुमन्स भलिबल क्लब च्याम्पियनसिप प्रतियोगिताको उपाधि नेपाल प्रहरीको महिला भलिबल टोलीले हासिल गरेको छ ।प्रतियोगितामा शनिबार भएको फाइनल खेलमा उज्वेकिस्तानको हुमो क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल प्रहरीको महिला भलिबल टोलीले उक्त उपाधि हासिल गरेको हो । प्रतियोगितामा नेपाल प्रहरीको महिला भलिबल टोलीका उषा भण्डारी उत्कृष्ट आउट साइड हिटर तथा सर्वोत्कृष्ट खेलाडी, सुमित्रा रेग्मी उत्कृष्ट मिडल ब्लकर ट्रायल र शान्तिकला तामाङ उत्कृष्ट लिबेरो घोषित भए । 

हेभी सवारी चालक तालिम सुरू
२०८१-०६-०२

 काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालन हुने १५ औं समूहको हेभी सवारी चालक तालिम सुरू भएको छ ।सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले बुधबार आयोजित कार्यक्रमबीच उक्त तालिमको उद्‍घाटन   गर्नुभयो । कार्यक्रममा प्रहरी निरीक्षक ई. अशोक केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ३० दिन कार्यअवधिको उक्त तालिममा प्रहरी सहायक हवल्दार १२ जना र प्रहरी जवान १८ जना गरी कूल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

६० जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण तालिम प्रदान
२०८१-०५-३०

काठमाडौं, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ६० जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तालिम १५२औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक बोहराले सेवा प्रवाहको क्रममा आफ्नो बोली, बचन र व्यवहारलाई अझ उत्कृष्ट बनाउनुपर्ने उल्लेख गर्नुभयो । ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणको लागि अनुशासित एवम् मर्यादित भई तालिमबाट प्राप्त व्यावसायिक सीप एवम् क्षमतालाई संगठनको उद्देश्य अनुरूप प्रयोग गर्न प्रशिक्षार्थीहरूलाई उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुनिल जंग शाहले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत साउन ६ गतेदेखि संचालित ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक हवल्दार २१ जना र प्रहरी जवान ३९ जना गरी कुल ६० जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिनुभयो । 

विपद् व्यवस्थापन आधारभूत तालिम सम्पन्न
२०८१-०५-३०

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयमा संचालित ३४औं समूहको विपद् व्यवस्थापन आधारभूत तालिम आइतबार सम्पन्न भएको छ ।उक्त अवसरमा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक तारा देवि थापाले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै प्रशिक्षार्थीहरूले तालिमबाट प्राप्त गरेका ज्ञान, सीप र दक्षतालाई आ-आफ्नो कार्य क्षेत्रमा जिम्मेवारी पूर्वक त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो ।कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक राजन प्रसाद भट्टराईले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत साउन ६ गतेदेखि संचालित ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक २ जना, प्रहरी सहायक निरीक्षक ४ जना, प्रहरी सहायक हवल्दार ८ जना र प्रहरी जवान १६ जना गरी कुल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक तथा प्रहरी सहायक निरीक्षक पदमा नयाँ भर्नाका लागि दरखास्त आव्हान
२०८१-०५-२८

काठमाडौं, नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ । प्रहरी निरीक्षक पदका लागि ६४ जना र प्रहरी सहायक निरीक्षक पदका लागि २ सय ५६ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो ।  प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा दरखास्त दिने उम्मेदवारहरूले नेपाल प्रहरीको Online Recruitment Management System (ORMS) मार्फत अनलाइन दरखास्त दिनुपर्ने छ । अनलाइनबाट दरखास्त दिन नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np को Career भित्र Online Application वा https://careers.nepalpolice.gov.np मा गई दरखास्त फारम भर्न सकिनेछ । नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले भदौ ३० गतेदेखि असोज ३० गतेसम्म दरखास्त फारम भर्न सक्नेछन् ।दरखास्त आव्हान सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।

एप्लिकेसन अफ सिसिटिभि एण्ड ड्रोन इन पुलिस अपरेशन एण्ड इन्भेष्‍टिगेशन अनुशिक्षण समापन
२०८१-०५-२७

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय संचार निर्देशनालयमा संचालित दोस्रो समूहको एप्लिकेसन अफ सिसिटिभि एण्ड ड्रोन इन पुलिस अपरेशन एण्ड इन्भेष्‍टिगेशन अनुशिक्षण बिहीबार समापन भएको छ । उक्त अवसरमा सोही निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक ई. गोपाल बहादुर रेग्मीले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै प्रहरी कामकारवाहीलाई थप प्रमाणमुखी बनाउन अनुशिक्षणबाट प्राप्त सैद्धान्तिक एवम् व्यवहारिक ज्ञान सीप फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । प्रहरी उपरीक्षक अंशु कुमार सिंहले स्वागत मन्तव्य तथा अनुशिक्षण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा प्रहरी उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले प्रशिक्षार्थीहरूको तर्फबाट मन्तव्य व्यक्त गर्नुभएको थियो । गत भदौ २३ गतेदेखि संचालित ५ कार्यदिन अवधिको उक्त अनुशिक्षणमा प्रहरी उपरीक्षक १ जना, प्रहरी नायव उपरीक्षक ७ जना र प्रहरी निरीक्षक ७ जना गरी कुल १५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।

श्रव्यदृश्य आधारभूत तालिम उद्‌घाटन
२०८१-०५-०६

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखामा संचालन हुने छैंटौ समूहको श्रव्यदृश्य आधारभूत तालिमको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‌घाटन गर्नुभयो ।सो अवसरमा प्रहरी नायव महानिरीक्षक कार्कीले प्रशिक्षार्थीहरूले पूर्णरूपमा समर्पित, लगनशील एवं दत्तचित्त भएर प्रशिक्षणमा सहभागी हुनुपर्नेमा जोड दिँदै प्राप्त ज्ञान, सीपबाट श्रव्यदृश्य सामग्री निर्माणमा थप व्यावसायिक बन्न प्रशिक्षार्थीहरूलाई निर्देशन दिनुभयो । घटना, दुर्घटना तथा अपराधको अनुसन्धान गरी घटनामा संलग्न दोषीलाई कारबाहीको दायरमा ल्याउन श्रव्य दृश्य सामग्रीको सहयोगी भूमिका रहने उहाँले चर्चा गर्नुभयो । तालिमलाई उपलब्धिमूलक बनाउन आवश्यक रहेको उल्लेख गर्दै  तालिमबाट अनन्त ज्ञान आर्जन गरी सिकेका सीपलाई कार्यक्षेत्रमा प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।प्रहरी नायव उपरीक्षक रविन श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक सचिता थापा मगरले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।  कुल ३० कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार १ जना र प्रहरी सहायक हवल्दार ४ जना र प्रहरी जवान १४ जना गरी जम्मा २० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

३९ जना प्रहरी कर्मचारीहरूलाई हलुका सवारी चालक उन्नत तालिम प्रदान
२०८१-०४-२३

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३९ जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक (हलुका) उन्नत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित सवारी चालक उन्नत तालिम २८ औं समूह अन्तर्गत उनीहरूलाई तालिम प्रदान गरिएको हो ।   तालिम समापनका अवसरमा सोही महाशाखामा बुधबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक भोला बहादुर रावलले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । तालिमले प्रशिक्षार्थीहरूमा व्यावसायिक सीप अभिवृद्धि गरेको चर्चा गर्दै प्रहरी वरिष्ठ उपरीक्षक रावलले तालिमबाट प्राप्त सीपलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी ढंगबाट प्रयोग गर्नुपर्ने बताउनुभयो ।  कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै साउन ४ गतेबाट संचालित १६ कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार ५ जना, प्रहरी सहायक हवल्दार २० जना र प्रहरी जवान १४ जना गरी जम्मा ३९ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो । 

नेपाल प्रहरी श्रीमती संघको ४०औं वार्षिक साधारणसभा सम्पन्न
२०८१-०४-१५

काठमाडौं, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरको प्रमुख आतिथ्यमा सोही संघको ४०औं वार्षिक साधारणसभा नेपाल पुलिस हेल्थ क्लब भृकुटीमण्डपमा मंगलबार आयोजित एक कार्यक्रम बीच सम्पन्न भएको छ ।सो अवसरमा संघकी अध्यक्ष श्रीमती कुँवरले संघलाई आउँदा दिनहरूमा अझ प्रभावकारी र गुणस्तरीय बनाई उत्कृष्ट संस्थाको रूपमा विकास गर्न सबै सदस्यहरूले मन, वचन र कर्मले काम गर्नुपर्ने बताउनुभयो । सम्पूर्ण प्रहरी कर्मचारीका परिवारहरूको साझा चौतारीको रूपमा रहेको संघलाई आगामी दिनमा समयसापेक्ष, अझ सबल र सुदृढ बनाउँदै लैजानुपर्ने उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा सोही संघकी महासचिव श्रीमती अनुश्री पाख्रीनले संघबाट आर्थिक वर्ष २०८०।०८१ मा भएका कार्य प्रगति तथा वार्षिक गतिविधि विवरण तथा संघकी कोषाध्यक्ष श्रीमती कल्पना गिरीले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक आय-व्यय र आर्थिक वर्ष २०८१/०८२ को अनुमानित आय-व्ययको विवरण प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रममा उपस्थित संघका पदाधिकारीहरू तथा सदस्यहरू बीच संघको काम कारवाही, आगामी योजना तर्जुमा लगायत विविध विषयमा छलफल समेत भएको थियो ।  

नेपाल प्रहरी श्रीमती संघलाई शैक्षिक सामग्री हस्तान्तरण
२०८१-०४-११

काठमाडौं, नेपाल प्रहरी श्रीमती संघलाई KOICA Nepal ले शैक्षिक सामग्री तथा न्यानो कपडा हस्तान्तरण गरेको छ । नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको आयोजना तथा KOICA Nepal को सहकार्यमा नेपाल पुलिस हेल्थ क्लब भृकुटीमण्डपमा शुक्रबार आयोजित कार्यक्रमबीच ‍शैक्षिक सामग्री तथा न्यानो कपडा हस्तान्तरण गरिएको हो ।  कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले हस्तान्तरण गरिएका शैक्षिक सामग्री नेपाल पुलिस स्कुल सामाखुशी काठमाडौंमा अध्ययनरत अमर अशक्त प्रहरी परिवारका सन्तती तथा कमजोर आर्थिक अवस्था भएका तथा जेहेन्दार विद्यार्थीहरूलाई प्रदान गरिने बताउनुभयो । साथै न्यानो कपडा नेपाल प्रहरी अस्पतालको कोल्ड वार्डमा उपचारार्थ रहनु भएका घाइते तथा बिरामीहरूलाई उपलब्ध गराउने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो । आगामी दिनमा पनि नेपाल प्रहरी श्रीमती संघ र KOICA Nepal  बीच मानव कल्याण तथा सामाजिक सेवाको क्षेत्रमा समन्वय र सहकार्य रहिरहने विश्वास उहाँले  व्यक्त गर्नुभयो । कार्यक्रममा KOICA Nepal का प्रतिनिधि Gibum Kim ले आगामी दिनमा पनि नेपाल प्रहरी श्रीमती संघसँग समन्वय र सहकार्य गर्दै जाने बताउनुभयो । सो अवसरमा नेपाल प्रहरी श्रीमती संघकी कोषाध्यक्ष कल्पना गिरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।  कार्यक्रममा श्रीमती संघका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, KOICA Nepal का पदाधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।

नवनियुक्त प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८१-०४-०९

काठमाडौं, खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नवनियुक्त भएकामध्ये विभागीयतर्फका ६७ जना प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक भिम प्रसाद ढकालले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।२०८० कात्तिक ३ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताको २०८१ असार ९ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ ६७ र  खुलातर्फ २९ जना गरी कुल ९६ जना प्रहरी निरीक्षकहरू उत्तीर्ण भएका छन् । जसमा ९ जना महिला रहेका   छन् । नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८१ साउन ३ गतेको निर्णयले साउन ९ गतेदेखि लागू हुने गरी प्रहरी निरीक्षक पदमा नियुक्त भएका हुन् ।दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन गर्ने क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ढकालले नवनियुक्त भएका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै आम नागरिकको केन्द्र विन्दुमा रहेर कर्तव्य निर्वाह गर्न निर्देशन दिनुभयो । आगामी दिनमा निष्ठावान्, इमानदार र जवाफदेही भई अझ बढी व्यावसायिकता प्रदर्शन गर्दै प्राप्त जिम्मेवारीलाई वहन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू एवम् प्रहरी अधिकृत तथा जवानहरू समेतको उपस्थिति रहेको थियो ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीद्वारा सञ्चारकर्मीहरूसँग साक्षात्कार
२०८१-०४-०६

काठमाडौं, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार सञ्चारकर्मीहरूसँग साक्षात्कार गर्नुभएको छ । साक्षात्कारको क्रममा उहाँले सञ्चारकर्मीहरूसँग समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया समेत गर्नुभयो ।कार्यक्रममा प्रहरी नायव महानिरीक्षक कार्कीले गत आर्थिक वर्षको २०८० साउन १ गतेदेखि २०८१ असार मसान्तसम्मको एक वर्षको अवधिमा नेपाल प्रहरीबाट सम्पादित प्रमुख कार्य तथा उपलब्धीहरू सम्बन्धी प्रस्तुतीकरण गर्नुभयो । सो क्रममा उहाँले मानवस्रोत विकास तथा व्यवस्थापनतर्फ प्रहरी जनशक्ति अन्तर्गत दरबन्दी, कार्यरत संख्या र दर्जागत संख्याको साथै उपत्यका प्रहरी कार्यालय र ७ वटै प्रदेशमा कार्यरत जनशक्ति बारे जानकारी दिनुभयो । प्रहरीको इकाईगत संख्या, अन्य निकायको समन्वयमा परिचालित प्रहरी इकाईहरू, नेपाल प्रहरीको भैतिक संरचनाहरूको संख्यात्मक विवरण तथा हालको अवस्था र अस्थायी पोष्टमा कार्यरत एवम् नयाँ स्तरवृद्धिको लागि माग भएका इकाईहरू बारेमा संख्यागत विवरण प्रस्तुत गर्नुभयो । यसैगरी उक्त अवधिमा भएका नयाँ नियुक्तिको लागि सिफारिस, छनौटको क्रममा रहेका पदहरू, नयाँ नियुक्ति/ पदस्थापन, सरूवा, बढुवा, कारवाही तथा पुरस्कारको साथै स्वदेश तथा वैदेशिक प्रशिक्षण र प्रहरी कल्याण कोष बारेमा तथ्याङ्क सहितको विवरण प्रस्तुत गर्नुभयो । एक वर्षको अवधिको अपराध अनुसन्धान तथ्याङ्क प्रस्तुतीकरण गर्नुको साथै प्रदेशगत मुद्दा दर्ता, तुलनात्मक अपराध तथ्याङ्क, मुख्य अपराधहरू, फैसला कार्यान्वयन र बालबालिका खोजतलास सन्बन्धी तथ्याङ्क समेत उहाँले विश्‍लेषण गर्नुभयो । सो अवधिमा भएका गम्भीर प्रकृतिका अपराध घटनाहरूको सफल अनुसन्धान, अन्तर्राष्ट्रिय समन्वय तथा सहायता, सूचना प्रवाह र प्रहरी सेवा, संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता, विपद् व्यवस्थापन, राजस्वमा योगदान, प्रहरी कार्यमा प्रविधिको प्रयोग, नेपाल प्रहरीको कार्ययोजना, २०८० लागू गरी कार्ययोजनाको लक्ष्यगत कार्य प्रगति विवरण, हासिल गरेका मुख्य उपलब्धीहरू बारेमा प्रष्ट पार्नुभयो । साथै उहाँले अपराध नियन्त्रण र अनुसन्धान, भौतिक पूर्वाधार क्षमता अभिवृद्धि र स्रोत व्यवस्थापन योजना, सूचना प्रविधि र सञ्चार, कार्य र स्वास्थ्य सेवातर्फ नेपाल प्रहरीको भावी योजना सम्बन्धी उपस्थित सञ्चारकर्मीहरूलाई विस्तृत रूपमा जानकारी दिनुभयो । प्रहरी नायव महानिरीक्षक कार्कीले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको निरूपण गर्दै आर्थिक अपराधको कारणले अन्य समग्र अपराधहरू वृद्धि भएको तथ्याङ्कले देखाएको बताउनुभयो । परम्परागत अपराध तथा आर्थिक अपराधको नियन्त्रण एवम् अनुसन्धान गरी कानूनी दायरामा ल्याउन नेपाल प्रहरी संवेदनशील रहेको उहाँले बताउनुभयो । लागूऔषध नियन्त्रण एवम् रोकथाममा नेपाल प्रहरीले थप सक्रिय भई कार्य गर्दै आइरहेको उल्लेख गर्दै समुदाय-प्रहरी साझेदारी मार्फत विभिन्न चेतना मुलक कार्यक्रम संचालन गरी सामाजिक अपराध न्यूनीकरण गर्न थप क्रियाशिल हुने उहाँले बताउनुभयो ।   सो अवसरमा नेपाल प्रहरी अस्पतालका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. आशिष दत्तले आत्महत्या न्यूनीकरण तथा  व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन तथा कार्ययोजना २०८१ सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । सो क्रममा उहाँले विगत ५ आर्थिक वर्षको अपराध शीर्षक अनुसारको तुलनात्मक कसुर दर्ता विवरण, आत्महत्याको घटना, घर परिवार, नाता सम्बन्ध, इष्टमित्र भित्र आत्महत्या तथा आत्महत्या प्रयासको घटनाको अवस्था, आत्महत्याको प्रयास गरेका व्यक्तिहरूलाई समुदायको व्यवहारको अवस्था, आत्महत्याका कारण सबैभन्दा बढी असर परेको समूह तथा वर्ग लगायतका विषयमा जानकारी दिनुभएको थियो । विभिन्न समसामयिक विषयमा सञ्चारकर्मीहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा विभिन्न संचारमाध्यमका सञ्चारकर्मीहरु तथा प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।  

नेपाल पूर्व प्रहरी कलाकार संघको विधिवत् उद्‌घाटन
२०८१-०४-०६

काठमाडौं, अवकाश प्राप्त प्रहरी महानिरीक्षक दुर्लभ कुमार थापाले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आइतबार आयोजित कार्यक्रम बिच नेपाल पूर्व प्रहरी कलाकार संघको विधिवत् उद्‍घाटन गर्नुभयो । उक्त अवसरमा कलाकार मिथिला शर्मा बोहराद्वारा स्थापित २०८१ को गोपाल योञ्जन सङ्गीत साधना पुरस्कार प्रसिद्ध संगीतकार शिला बहादुर मोक्तानलाई, चेतन कार्की गीति वाङ्‍मय पुरस्कार प्रसिद्ध गीतकार श्रीपुरूष ढकाललाई, हाडा एन्ड पाल हास्य वाङ्‍मय पुरस्कार प्रसिद्ध हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरियो ।   उक्त संघका अध्यक्ष राम बहादुर थापाले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा संघकी वरिष्ठ सल्लाहकार मिथिला शर्मा बोहराले स्रष्टा सम्मान कार्यक्रमको बारेमा मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै उक्त संघका संस्थापक संरक्षक क्षेत्र बहादुर गुरूङले स्वागत मन्तव्य व्यक्त तथा कोषाध्यक्ष गीता गुरूङले संघको उद्देश्य बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, प्रहरी अधिकृतहरू, अवकाश प्राप्त प्रहरी कर्मचारीहरू, नेपाली संगीत, साहित्य तथा वाङ्‍मय विधामा उल्लेखनीय योगदान पुर्‍याउनु भएका महानुभावहरूको उपस्थिति रहेको थियो । 

ट्राफिक नियन्त्रण तालिम सञ्चालन
२०८१-०४-०६

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा १५२औं समूहको ट्राफिक नियन्त्रण तालिम सञ्चालन भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित एक कार्यक्रममा सोही कार्यालयका प्रहरी उपरीक्षक विश्वराज खड्काले उक्त तालिम उद्‍घाटन गर्दै प्रशिक्षार्थीहरूले बढीभन्दा बढी उत्सुक तथा सक्रिय भई तालिम हासिल गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर थापाले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक हवल्दार २२ जना र प्रहरी जवान ३८ जना गरी कुल ६० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो । 

वैवाहिक जीवनमा भावनात्मक सम्बन्ध विषयक कार्यशाला गोष्ठी सम्पन्न
२०८१-०४-०४

काठमाडौं, नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको आयोजना तथा सिप्रदी टाटा मोटर्स प्रालिको सहकार्यमा ‘वैवाहिक जीवनमा भावनात्मक सम्बन्ध’ विषयक एक दिवसीय कार्यशाला गोष्ठी नेपाल पुलिस हेल्थ क्लब भृकुटीमण्डपमा शुक्रबार सम्पन्न भएको  छ । गोष्ठीमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले नेपाल प्रहरी कर्मचारीका परिवार (श्रीमती) हरूलाई वैवाहिक जीवनमा भावनात्मक सम्बन्ध विषयमा जानकारी हासिल गर्न र पारिवारिक जीवनमा आईपर्ने विविध चुनौतीहरूलाई सकारात्मक भावले सुमधुर रूपमा समाधान गर्न सक्ने क्षमता अभिवृद्धि गराउने उद्देश्यले गोष्ठीको आयोजना गरिएको बताउनुभयो । आफ्नो ब्यक्तिगत, पारिवारिक तथा वैवाहिक जीवनमा सकारात्मक प्रभाव पर्ने गरी शारीरिक र मानसिक समस्या एवम् चुनौतिहरूको समाधान गरी सफल, खुसी र सुखी वैवाहिक जीवन यापन गर्न गोष्ठीले टेवा पुर्‍याउने अपेक्षा लिएको उहाँले बताउनुभयो ।नेपाल प्रहरी श्रीमती संघकी उपाध्यक्ष श्रीमती विन्दु अधिकारी ढकालले स्वगत मन्तव्य व्यक्त गर्नुको साथै गोष्ठी सम्बन्धी जानकारी दिनुभएको उक्त अवसरमा प्रशिक्षक किशु झाले सहभागीहरूलाई प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, सिप्रदी टाटा मोटर्स प्रालि थापाथली काठमाडौंका दिपेश पौडेल लगायतको उपस्थिति रहेको थियो । 

हराएका २१ वटा दुई पाङग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण
२०८१-०३-३०

काठमाडौं, विभिन्न ठाउँ र मितिमा हराएका तथा चोरी भएका २१ वटा दुई पाङग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रहरी उपरीक्षक विश्‍वराज खड्काले १३ वटा मोटरसाइकल र ८ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो । विभिन्न मितिमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा परिवर्तित नम्बर प्लेट राखेको अवस्थामा सिंहदरबार, कपन, रामहिटी गौशाला, नयाँबसपार्क, बालाजु, टोखा, मालिगाउँ, रानिवन, गौरीघाट, बौद्ध, बुद्धनगर, कालिमाटी, मैतिदेवी र चुनदेवी लगायतका स्थानबाट हराएका उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो । 

पूर्व प्रहरी कर्मचारी परिषद् नेपालको १२ औं साधारण सभा सम्पन्न
२०८१-०३-२१

काठमाडौं, पूर्व प्रहरी कर्मचारी परिषद् नेपालको १२ औं साधारण सभा शुक्रबार सम्पन्न भएको छ । अवकाश प्राप्त प्रहरी उपरीक्षक चिन्त बहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा उहाँले प्रहरी सेवामा रहँदा आफ्नो अनुभव बारे चर्चा गर्नुभयो ।  कार्यक्रममा अवकाश प्राप्त प्रहरी उपरीक्षक चिन्त बहादुर श्रेष्ठ लगायत ७५ वर्ष माथिका अवकाश प्राप्त प्रहरीहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई र प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले शुभकामना सहित आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभयो । परिषद्का अध्यक्ष अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक रमेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपत्यका संयोजक अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक शारदा भट्ट रंजितले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने केन्द्रीय महासचिव अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक गुप्त बहादुर श्रेष्ठले २०७९/०८० को कार्य प्रगति प्रतिवेदन, कोषाध्यक्ष अवकाश प्राप्त प्रहरी नायव उपरीक्षक केशवराज भट्टराईले २०७९/०८० को लेखापरीक्षण तथा आय-व्यय प्रतिवेदन र केन्द्रीय महासचिव सनन्दन प्रसाद कुर्मीले २०८०/०८१ को कार्य योजना प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा नेपाल प्रहरी अस्पताल महाराजगंबाट खटिएको चिकित्सकीय टोलीले अवकाश प्राप्त प्रहरी कर्मचारीहरूको स्वास्थ्य परिक्षण गरेको थियो । उक्त कार्यक्रममा अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी वरिष्ठ अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो ।

सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षकको बिदाइ
२०८१-०३-१८

काठमाडौं, निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले प्रहरी सेवाबाट हालै सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक उमेश राज जोशीलाई मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमबीच बिदाइ गर्नुभएको छ ।उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा जवानहरूले समेत सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक जोशीलाई शुभकामना सहित हार्दिक बिदाइ गर्नुभएको थियो ।सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक जोशी वि.सं. २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । प्रहरी अतिरिक्त महानिरीक्षक जोशी प्रहरी नियमावली २०७१ बमोजिम ५६ वर्षीय उमेर हदको कारण असार १९ गते अवकास हुन लाग्नु भएको हो ।

१५ जना प्रहरी कर्मचारीलाई आधारभूत डिजिटल फोटोग्राफी तालिम प्रदान
२०८१-०३-१७

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय फोटोग्राफी शाखाले १५ जना प्रहरी कर्मचारीहरुलाई आधारभूत डिजिटल फोटोग्राफी तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो शाखामा संचालित तेस्रो समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रहरी सह-प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्‍व अधिकारीले सोमबार आयोजित तालिम समापन कार्यक्रममा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो । साथै उहाँले तालिममा प्राप्त सैद्वान्तिक एवम् व्यवहारिक ज्ञानको आ-आफ्नो कार्यक्षेत्रमा उच्चतम प्रयोग गर्न प्रशिक्षार्थीहरूलाई निर्देशन दिनुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक चन्चला श्रेष्ठले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत जेठ ६ गतेदेखि संचालित ३५ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी सहायक निरीक्षक २, प्रहरी सहायक हवल्दार १ जना र प्रहरी जवान १२ जना गरी कुल १५ जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिनुभयो ।

शैक्षिक गुणस्तर अभिवृद्धि तथा अपराध न्यूनीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०८१-०३-१५

प्युठान, मल्लरानी गाउँपालिका-४ स्थित जिल्ला समन्वय समितिको सभाहलमा शैक्षिक गुणस्तर अभिवृद्धि तथा अपराध न्यूनीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ ।  जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्यमा मल्लरानी गाउँपालिकाले उक्त कार्यक्रम आयोजना गरेको हो ।कार्यक्रमका प्रमुख अतिथि तथा शिक्षाविद् प्रा.डा. विद्यानाथ कोईरालाले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षकहरूको भूमिका महत्वपूर्ण हुने चर्चा गर्दै शिक्षकहरूले बालबालिकाको मनोभावना बुझी सोही अनुरूप व्यवहार गर्नुपर्ने र सँधै सकारात्मक सोँचका साथ आफ्नो कर्तव्य पालना गर्नुपर्ने बताउनुभयो ।जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्‍वर थापाले अपराधको तथ्याङ्क प्रस्तुत गर्दै अपराध न्यूनीकरणमा विद्यालय र शिक्षकहरूको भूमिका र किशोरावस्थाका बालबालिकाहरू संलग्न हुन सक्ने अपराधजन्य क्रियाकलापहरूको बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा मल्लरानी गाउँपालिकाका उपाध्क्षय रमेश श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि यस कार्यक्रम फलदायी हुने विचार व्यक्त गर्नुभयो ।मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख कर्ण बहादुर बुढा क्षेत्री, मल्लरानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिर बहादुर सेजुवाल, पालिकाका जनप्रतिनिधिहरू, पालिका अन्तर्गत रहेका विद्यालयहरूका विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, प्रधानाध्यापक तथा शिक्षकहरू लगायतको सहभागिता रहेको थियो । यसैगरी सरूमारानी गाउँपालिका-४ बड्डाँडास्थित गाउँपालिकाको सभाहलमा अपराध न्यूनीकरण तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको थियो ।  जिल्ला प्रहरी कार्यालय प्युठान र सरूमारानी गाउँपालिका सहकार्यमा आयोजित उक्त कार्यक्रम शिक्षाविद् प्रा.डा. विद्यानाथ कोईरालाको प्रमुख आतिथ्यता तथा सरूमारानी गाउँपालिकाका अध्यक्ष झग बहादुर विश्‍वकर्माको अध्यक्षतामा सम्पन्न भएको हो ।

लैंगिक हिंसा, घरेलु हिंसा तथा सामाजिक सञ्जालको दुरूपयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८१-०३-१४

काठमाडौं, नागार्जुन नगरपालिका-२ स्वयम्भूस्थित रीड मोडल स्कुलमा लैंगिक हिंसा, घरेलु हिंसा तथा सामाजिक सञ्जालको दुरूपयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप, प्रहरी वृत्त स्वयम्भू र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र इचंगुनारायणको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।  सो अवसरमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र इचंगुनारायणका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि प्रताप दानीले लैंगिक हिंसा, घरेलु हिंसा तथा सामाजिक सञ्जालबाट हुने विसंगति एवम् विकृतिलाई न्यूनीकरण गरी सभ्य र सुरक्षित समाज निर्माण गर्न कार्यक्रमले सहयोग गर्ने चर्चा गर्नुभयो । अपराधमुक्त समाज निर्माण गर्न नागरिक समाज र प्रहरीबीच सहकार्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी उपाध्यक्ष तथा कार्यक्रमका सभापति श्रीमती कल्पना गिरीले आफ्नो टोल छिमेकमा हुने लैंगिक तथा घरेलु हिंसा र विद्युतीय अपराधलाई निर्मुल पार्नलाई कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । इन्टरनेट र सामाजिक सञ्जालबाट हुने आपराधिक कार्यहरू बढ्न नदिन समयमानै सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।  प्रहरी वृत्त स्वयम्भूका प्रमुख प्रहरी नायव उपरीक्षक पुर्णिमा कुमारी चन्दले स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्यबारे जानकारी दिनुभएको उक्त कार्यक्रममा लैंगिक हिंसा तथा घरेलु हिंसा न्यूनीकरण सम्बन्धी सचेतनामूलक नाटक “समान युग”, साइबर अपराध सम्बन्धी सचेतनामूलक नाटकका साथै सामुहिक सहचरी नृत्य तथा सामुदायिक प्रहरी साझेदारी गीतमा नृत्य प्रस्तुत गरिएको थियो ।कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, शिक्षक एवम् विद्यार्थीहरू, संचारकर्मी, प्रहरी अधिकृत तथा जवानहरू लगायतको उपस्थिति रहेको थियो ।

नेपाल प्रहरीका केन्द्रीय सह-प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी
२०८१-०३-१०

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी सह-प्रवक्ता तोकिएको छ ।नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीलाई केन्द्रीय प्रहरी सह-प्रवक्ता तोकिएको उक्त सचिवालयले सोमबार जनाएको छ ।प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीलाई ९८५१२९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने छ ।

४५ जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण तथा रेखाचित्रण तालिम प्रदान
२०८१-०३-१०

काठमाडौं, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ४५ जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण तथा रेखाचित्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तथा रेखाचित्रण चौथो समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सोमबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जिवन कुमार श्रेष्ठले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले सवारी दुर्घटनाको अनुसन्धानको सिलसिलामा सवारी दुर्घटनासँग सम्बन्धित विभिन्न किसिमका प्रमाणहरूलाई रेखाचित्रणको माध्यमबाट देखाउन सके अनुसन्धान प्रभावकारी हुने विचार व्यक्त गर्नुभयो ।कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक शेखर जंग मल्लले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ७ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार ४ जना, प्रहरी सहायक हवल्दार १४ जना र प्रहरी जवान २६ जना गरी कुल ४५ जना प्रशिक्षार्थीहरूले तालिम हासिल गरेको जानकारी दिनुभयो ।

घरेलु हिंसा तथा विद्युतीय अपराध न्यूनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८१-०३-०६

ललितपुर, गोदावरी नगरपालिकाको सभा हलमा घरेलु हिंसा तथा लैंगिक हिंसा न्यूनिकरण एवम् सामाजिक संजालको दुरूपयोग लगायतका विषयमा सचेतनामूलक कार्यक्रम बिहीबार सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको आयोजना र प्रहरी वृत्त चापागाउँ ललितपुरको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले सचेतनामूलक कार्यक्रम ज्यादै प्रभावकारी र महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिनुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले आफ्नो टोल छिमेकमा हुने लैंगिक तथा घरेलु हिंसा र विद्युतीय अपराधलाई निर्मुल पार्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । प्रविधि र ईन्टरनेटको माध्यमबाट हुने विद्युतीय अपराध हुन नदिन समयमै सचेत हुनुपर्ने उल्लेख गर्दै उहाँले कार्यक्रमबाट सकारात्मक प्रभाव पर्नुको साथै विभिन्न किसिमका हिंसा न्यूनिकरण गर्न टेवा पुग्ने विश्‍वास व्यक्त गर्नुभयो ।  प्रहरी वृत्त चापागाँउका प्रमुख प्रहरी नयाव उपरीक्षक डिल बहादुर मल्लले स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्यबारे जानकारी दिनुभएको उक्त कार्यक्रममा प्रहरी निरीक्षक दिपक प्रसाद रिजालले साइवर अपराध सम्बन्धी कानूनी प्रावधानहरू बारेमा जानकारी दिनुभएको थियो ।  कार्यक्रममा घरेलु हिंसा न्यूनिकरण सम्बन्धी ‘समान युग’ र विद्युतीय अपराध न्यूनिकरण सम्बन्धी ‘मोबाइल क्राइम’ नामक नाटक प्रदर्शनीको साथै सामूहिक सहचारी नृत्य प्रस्तुत गरिएको थियो ।  कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, स्थानीय जन प्रतिनिधिहरू, विभिन्न शिक्षण संस्थाका शिक्षक/शिक्षिका एवम् विद्यार्थीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, संचारकर्मी, प्रहरी अधिकृत एवम् जवानहरू लगायतको उपस्थिति रहेको थियो ।  

घरेलु हिंसा तथा विद्युतीय अपराध न्यूनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८१-०३-०३

काठमाडौं, कीर्तिपुर नगरपालिका-१ पुरानो दरबारमा घरेलु हिंसा तथा लैंगिक हिंसा न्यूनिकरण एवम् सामाजिक संजालको दुरूपयोग लगायतका विषयमा सचेतनामूलक कार्यक्रम सोमबार सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको आयोजना र प्रहरी वृत्त कीर्तिपुरको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले आफ्नो टोल छिमेकमा हुने लैंगिक तथा घरेलु हिंसा र विद्युतीय अपराधलाई निर्मुल पार्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । प्रविधि र ईन्टरनेटको माध्यमबाट हुने विद्युतीय अपराध हुन नदिन समयमै सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । प्रहरी वृत्त कीर्तिपुरका प्रमुख प्रहरी नयाव उपरीक्षक भुवनेश्‍वर प्रसाद साहले स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्यबारे जानकारी दिनुभएको उक्त कार्यक्रममा अधिवक्ता राधिका खतिवडाले साइवर अपराध सम्बन्धि कानूनी प्रावधानहरू बारेमा जानकारी दिनुभएको थियो ।  कार्यक्रममा घरेलु हिंसा न्यूनिकरण सम्बन्धी ‘समान युग’ र विद्युतीय अपराध न्यूनिकरण सम्बन्धी ‘मोबाइल क्राइम’ नामक नाटक प्रदर्शनीको साथै सामूहिक सहचारी नृत्य प्रस्तुत गरिएको थियो ।  कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, स्थानीय जन प्रतिनिधिहरू, विभिन्न शिक्षण संस्थाका शिक्षक/शिक्षिका एवम् विद्यार्थीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, संचारकर्मी, प्रहरी अधिकृत एवम् जवानहरू लगायतको उपस्थिति रहेको थियो ।  

दक्षिण सुडानस्थित अनमिस (UNMISS) मिसनबाट स्वदेश फिर्ता भएको प्रहरी टोलीलाई स्वागत
२०८१-०३-०२

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले संयुक्त राष्ट्र संघको अनुरोधमा शान्ति स्थापनार्थ दक्षिण सुडानस्थित अनमिस (UNMISS) मिसनमा खटिई आफ्नो एक वर्ष कार्यकाल सफलतापूर्वक सम्पन्न गरी स्वदेश फिर्ता भएका प्रहरी टोलीलाई आइतबार स्वागत गर्नुभयो । उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक भट्टराईले शान्ति स्थापनामा सहभागी भई स्वदेश फिर्ता हुनुभएका प्रहरी कर्मचारीहरूलाई प्रशंसा पत्र प्रदान गर्दै संगठनले दिएको जिम्मेवारीलाई संयुक्त राष्ट्र संघको मापदण्ड अनुरूप उच्च मनोबलका साथ प्रभावकारी रूपमा पुरा गरी स्वदेश फिर्ता भएकोमा बधाई दिनुभयो । मिसनमा रहँदा आर्जन गरेको ज्ञान, सीप र अनुभवलाई सदुपयोग गरी स्वदेशमा पनि संगठनले दिएको जिम्मेवारीलाई रचनात्मक तरिकाबाट पुरा गर्नुपर्ने उहाँले बताउनुभयो । २०८० जेठ ११ गते खटिई गई गत जेठ ११ गते स्वदेश फिर्ता भएका १४ जना र २०८० जेठ १७ गते खटिई गई गत जेठ १७ गते स्वदेश फिर्ता भएका ३ जनासहितको उक्त टोलीमा प्रहरी नायव उपरीक्षक २ जना, प्रहरी निरीक्षक ११ जना र प्रहरी नायव निरीक्षक ४ जना गरी १७ जना प्रहरी कर्मचारीको सहभागिता रहेको थियो । 

५१ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
२०८१-०३-०२

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५१ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक प्रशासन तालिम २४औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले तालिमका दौरानमा हासिल गरेका ज्ञान सीपलाई कार्यक्षेत्रमा ईमान्दारिताका साथ कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । जनतालाई सुरक्षित र सहज ट्राफिक व्यवस्थापनको महशुस गराउनुका साथै सडकमा खटिँदा सहनशील र धैर्यवान भई आफ्नो स्वास्थ्यसमेतलाई ध्यानमा राखी प्राप्त जिम्मेवारीलाई त्रुटिरहित ढंगबाट निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।   कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक दलराम टमाटाले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत वैशाख २३ गतेदेखि संचालित ३५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक २१ जना र प्रहरी सहायक निरीक्षक ३० जना गरी कुल ५१ जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिनुभयो । 

ट्राफिक नियन्त्रण तथा रेखाचित्रण चौथो समूहको तालिम सञ्चालन
२०८१-०३-०२

काठमाडौ, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा ट्राफिक नियन्त्रण तथा रेखाचित्रण  चौथो समूहको तालिम सञ्चालन भएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित एक कार्यक्रममा सोही कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जिवन कुमार श्रेष्ठले तालिम उद्घघाटन गर्दै बढ्दो सवारी दुर्घटनाको अनुसन्धानको सिलसिलामा सवारी दुर्घटनासँग सम्बन्धित विभिन्न किसिमका प्रमाणहरुलाई रेखाचित्रणको माध्यमबाट देखाउन सके अनुसन्धान सहज हुने विचार व्यक्त गर्नुभयो ।कार्यक्रममा तालिम संयोजक प्रहरी  निरीक्षक शेखर जंग मल्लले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ७ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार ४ जना, प्रहरी सहायक हवल्दार १३ जना र प्रहरी जवान २७ जना गरी कुल ४५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो ।

घरेलु हिंसा तथा विद्युतीय अपराध न्यूनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८१-०३-०१

  काठमाडौं डल्लुस्थित गितामाता माध्यामिक विद्यालयमा घरेलु हिंसा तथा विद्युतीय अपराध न्यूनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम शनिबार सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको आयोजना एवम् प्रहरी वृत्त स्वयम्भू, काठमाडौं महानगरपालिका-१५ वडा कार्यालय, सामुदायिक सेवा मञ्च तथा सामुदायिक प्रहरी सेवा केन्द्र स्वयम्भूको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले प्रविधि र ईन्टरनेटको माध्यमबाट हुने विद्युतीय अपराध हुन नदिन समयमै सचेत हुनुपर्ने बताउनुभयो । कार्यक्रमबाट सकारात्मक प्रभाव पर्नुको साथै विभिन्न किसिमका हिंसा न्यूनिकरण गर्न टेवा पुग्ने विश्‍वास उहाँले व्यक्त गर्नुभयो ।  कार्यक्रममा काठमाडौं महानगरपालिका-१५ का वडा अध्यक्ष इश्‍वरमान डंगोलले सचेतनामूलक कार्यक्रम ज्यादै प्रभावकारी र महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिनुपर्ने बताउनुभयो । सामुदायिक प्रहरी सेवा केन्द्र स्वयम्भूका अध्यक्ष राजु खरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा अधिवक्ता राधिका खतिवडाले साइवर अपराध सम्बन्धि कानूनी प्रावधानहरू बारेमा जानकारी दिनुभएको थियो ।   कार्यक्रममा घरेलु हिंसा न्यूनिकरणसम्बन्धी ‘समान युग’ र विद्युतीय अपराध न्यूनिकरण सम्बन्धी ‘तराजु’ नामक नाटक प्रदर्शनीको साथै सामूहिक सहचारी र समुदाय प्रहरी साझेदारी सम्बन्धी सामूहिक नृत्य प्रस्तुत गरिएको थियो ।   कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, स्थानीय जन प्रतिनिधिहरू, विभिन्न शिक्षण संस्थाका शिक्षक/शिक्षिका एवम् विद्यार्थीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, संचारकर्मी, प्रहरी अधिकृत एवम् जवानहरू लगायतको उपस्थिति रहेको थियो ।  

नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
२०८१-०३-०१

काठमाडौं, नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा अल्का अस्पताल प्रालि जावलाखेल ललितपुरको प्राविधिक सहयोगमा प्रहरी वृत्त कालिमाटीमा नि:शुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ ।कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले निस्वार्थ रूपमा सेवा दिन र स्वास्थ्य शिविर कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने विशेषज्ञ चिकित्सक तथा प्राविधिकलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।  सो अवसरमा संघकी अध्यक्ष कुँवरले स्वास्थ्य शिविरबाट विभिन्न स्वास्थ्य सम्बन्धि समस्या पहिचान भई स्वास्थ्य उपचार प्राप्त गरी प्रहरी कर्मचारीको व्यक्तिगत स्वास्थ्य उपचारमा थप टेवा पुग्ने विश्‍वास व्यक्त गर्नुभयो ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्त रजौरे र काठमाडौं महानगरपालिका-१४ का वडा अध्यक्ष सुमन श्रेष्ठले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी वृत्त कालिमाटीका प्रमुख प्रहरी नायव उपरीक्षक रूपक खड्काले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । शिविरमा अल्का अस्पताल प्रालिका विशेषज्ञ चिकित्सक तथा प्राविधिक कर्मचारीहरूबाट कुल ३ सय जनाको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधिहरू समेत वितरण गरिएको थियो ।

हराएका १९ वटा दुई पाङग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण
२०८१-०२-२७

काठमाडौं, विभिन्न ठाउँ र मितिमा हराएका १९ वटा दुई पाङग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले १३ वटा मोटरसाइकल र ६ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नु भएको  हो । विभिन्न मितिमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा परिवर्तित नम्बर प्लेट राखेको अवस्थामा नागढुङ्गा, बौद्ध, एयरपोर्ट, काडाँघारी, सुकेधारा, महाराजगञ्ज, नयाँबसपार्क, नेपालटार, माकलबारी, स्वयम्भू, सोह्रखुट्टे र ठमेल लगायतका स्थानबाट हराएका उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो । 

घरेलु हिंसा तथा विद्युतीय अपराध न्यूनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८१-०२-२०

ललितपुर, ललितपुरस्थित पाटन संग्रहालय मंगलबजारमा घरेलु हिंसा तथा विद्युतीय अपराध न्यूनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम आइतबार सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको आयोजना एवम् जिल्ला प्रहरी परिसर ललितपुरको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सचेतनामूलक कार्यक्रम ज्यादै प्रभावकारी, महत्वपूर्ण, फलदायी र प्रेरणादायी रहेको उल्लेख गर्दै अन्य ठाउँमा पनि कार्यक्रम गर्नुपर्ने आवश्‍यकता औंलाउनुभयो । ललितपुर महानगरपालिकाले पनि महिला हिंसा तथा साइबर अपराध नियन्त्रण गर्ने नीति लिएको चर्चा गर्दै प्रहरीसँग सहकार्य गरी काम गर्ने उहाँले बताउनुभयो । उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले समाजका विकृती विसंगती अन्त्य गर्न सचेतना फैलाउने उद्देश्यले संचालन गरिएको कार्यक्रम निकै फलदायी भएको बताउनुभयो ।  कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले ‘प्रविधि र ईन्टरनेटको माध्यमबाट हुने विद्युतीय अपराध हुन नदिन सचेत हुनुपर्ने बताउनुभयो । कार्यक्रमबाट सकारात्मक प्रभाव पर्नुको साथै विभिन्न किसिमका हिंसा न्यूनिकरण गर्न टेवा पुग्ने विश्‍वास उहाँले व्यक्त गर्नुभयो ।  ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले हिंसा तथा साइवर अपराध नियन्त्रणको लागि सामाजिक सञ्जालको सहि सदुपयोग गर्नुपर्ने बताउनुभयो । जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा अधिवक्ता राधिका खतिवडाले महिलामाथि हुने विभिन्न हिंसा तथा साइवर अपराध सम्बन्धमा भएका कानूनी व्यवस्थाहरू सम्बन्धमा प्रकाश पार्नुभएको थियो ।   कार्यक्रममा घरलु हिंसा न्यूनिकरणसम्बन्धी ‘समान युग’ र विद्युतीय अपराध न्यूनिकरण सम्बन्धी ‘तराजु’ नामक नाटक प्रदर्शनीको साथै सामूहिक सहचारी र समुदाय प्रहरी साझेदारी सम्बन्धी सामूहिक नृत्य प्रस्तुत गरिएको थियो ।  कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, स्थानीय जन प्रतिनिधिहरू, विभिन्न शिक्षण संस्थाका शिक्षक/शिक्षिका एवम् विद्यार्थीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, संचारकर्मी, प्रहरी अधिकृत एवम् जवानहरू लगायतको उपस्थिति रहेको थियो ।  

नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्की
२०८१-०२-२०

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी तोकिएको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीलाई केन्द्रीय प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी तोकिएको उक्त सचिवालयले आइतबार जनाएको छ ।प्रहरी नायव महानिरीक्षक कार्कीलाई ९८५१२९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने छ । प्रहरी नायव महानिरीक्षक कार्कीले यसअघि प्रहरी वरिष्ठ उपरीक्षक पदमा कार्यरत रहँदा समेत नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता एवम् सूचना अधिकारीको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।

नेपाल प्रहरी अस्पताल र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा उपेन्द्र देवकोटा फाउन्डेसनबीच समझदारीपत्रमा हस्ताक्षर
२०८१-०२-१६

काठमाडौं, नेपाल प्रहरी अस्पताल महाराजगंज र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा उपेन्द्र देवकोटा फाउन्डेसन बाँसबारीबीच न्यूरो सेवा आदानप्रदान सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा फाउन्डेसनका कार्यकारी अध्यक्ष प्रा.डा. मधु दिक्षित देवकोटाको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा नेपाल प्रहरी अस्पतालको तर्फबाट अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा फाउन्डेसनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मिलन गुरूङले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । साथै प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंह र प्रमुख कार्यकारी अधिकृत गुरूङले उक्त समझदारीपत्र आदानप्रदान समेत गर्नुभयो ।कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धन्यवाद व्यक्त गर्दै आगामी दिनमा दुवै निकायको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । यस समझदारीबाट वहालवाला, अवकाश प्राप्त प्रहरी कर्मचारी र तिनका परिवारलाई न्यूरो सम्बन्धी उपचारमा थप सहजता हुने उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कुँवरले समझदारीलाई कागजको दस्तावेज मात्र नभई उपलब्धीमूलक रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । दुवै निकायको समन्वय र सहकार्यबाट दुवै पक्षलाई लाभ हुने उल्लेख गर्दै उहाँले नेपाल प्रहरी भविष्यमा पनि यस्ता सेवामूखी काममा हातेमालो गर्न तयार रहेको बताउनुभयो । सो अवसरमा उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा फाउन्डेसनका कार्यकारी अध्यक्ष प्रा.डा. मधु दिक्षित देवकोटाले फाउन्डेसनलाई समझदारी योग्य सम्झेकोमा नेपाल प्रहरीलाई धन्यवाद दिँदै यसबाट गुणस्तरीय सेवा, शिक्षा र रिसर्चमा सहयोग पुग्ने बताउनुभयो । उक्त अस्पताल तथा फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत मिलन गुरूङले समझदारी अक्षरस कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दै नेपाल प्रहरी अस्पतालको न्यूरो क्षेत्रमा विकास गर्न सहयोग गर्नुको साथै सम्बन्धित विषयमा तालिम दिन समेत फाउन्डेसन तयार रहेको उल्लेख गर्नुभयो । उक्त सम्झौता अनुसार अस्पतालको सेवा सुविधा अन्तर्गत विशेषज्ञ सेवाहरू आदानप्रदान गर्ने, आवश्यकताको आधारमा तालिम तथा सेमिनारमा सहभागी गराइने, वहालवाला प्रहरी कर्मचारी र तिनका आश्रित परिवार तथा पूर्व प्रहरी कर्मचारी र तिनका आश्रित परिवारलाई औषधी र कन्जुमेवल आइटम वाहेक ओपिडी, वेड भर्ना, अप्रेसन लगायतमा हाल लिइरहेको दरमा ७५ प्रतिशत शुल्क तथा नेपाल प्रहरी अस्पतालबाट रिफर हुने अन्य जो कोहीलाई ती सेवामा ९० प्रतिशत शुल्क मात्र न्यूरो अस्पतालले लिने उल्लेख गरिएको छ । साथै नेपाल प्रहरी अस्पतालबाट रिफर हुने वहालवाला प्रहरी कर्मचारी र तिनका आश्रित परिवार तथा पूर्व प्रहरी कर्मचारी र तिनका आश्रित परिवारको नेपाल प्रहरी अस्पतालबाट उपलब्ध रिपोर्टहरू न्यूरो अस्पतालले स्वीकारी उपचार गर्ने लगायतका सुविधा उपलब्ध हुनेछन् । सम्झौता २०८१ जेठ १६ गतेदेखि कार्यान्वयन भई ५ वर्ष अवधिको लागि लागू हुनेछ ।उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू,वरिष्ठ प्रहरी अधिकृतहरू लगायत उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा फाउन्डेसनका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोह सम्पन्न
२०८१-०२-११

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा शुक्रबार आयोजित विशेष समारोहबीच सोही प्रतिष्ठानमा संचालित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२औं (पोष्ट ग्रयाजुएट डिप्लोमा इन पुलिस साइन्स १३औं) समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा प्रधानमन्त्री दाहालले तालिममा सर्वप्रथम तथा कवाज प्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक पवन कुमार परियारलाई स्वर्गीय “कुलानन्द विद्या सर्वप्रथम पुरस्कार” प्रदान गर्नुभयो । साथै उहाँले सर्वद्वितीय एवम् प्रहरी युक्ति तथा कारवाही प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक सगुन खड्का, सर्वतृतीय तथा अध्ययन प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक आयुष ढुङ्गाना, मस्केट्री तथा चाँदमारी प्रथम एवम् शारीरिक व्यायाम प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक गोकुल कुमार धानुकलाई पुरस्कार प्रदान गर्नुभयो ।समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कठिन र चुनौतीपूर्ण घडीमा राष्ट्रले सुम्पेको हरेक जिम्मेवारीलाई नेपाल प्रहरीले कुशलतापूर्वक निर्वाह गर्दै आएको स्मरण गर्नुभयो । गौरवमय इतिहास बोकेको संगठनका आज दीक्षित अधिकृतहरूले आफ्नो जिम्मेवारी व्यावसायिकतापूर्वक निर्वाह गर्दै नागरिकलाई एक कुशल प्रहरीले प्रदान गर्ने सेवाको अनुभूति हुने गरी सेवा प्रदान गर्न सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । तालिमका दौरानमा गरेको मेहेनतले भोलिका दिनमा कार्यक्षेत्रमा आउन सक्ने हरेक चुनौतीको सामना गर्न सफल र सक्षम हुने विश्वास लिएको बताउँदै प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘तालिममा सिकेको सीपमार्फत अपराध नियन्त्रण र अनुसन्धानका क्रममा आउने अवरोधहरू चिर्दै कार्यसम्पादन परिणाममुखी बनाउन सफल हुने विश्वास लिएको छु । साथै, कर्तव्य पालनाको सिलसिलामा कत्ति पनि विचलित नभई आफ्नो पदीय दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्नुहुनेछ भन्ने कुरामा पनि म विश्वस्त छु ।’ प्रधानमन्त्री दाहालले नागरिकप्रति उत्तरदायी, मानवअधिकारप्रति संवेदनशील, निष्पक्ष, व्यवसायिक एवम् कानूनी राज्यको अवधारणाप्रति प्रतिवद्ध प्रहरी जनशक्तिबाट मात्र नागरिक र प्रहरीबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन सम्भव हुने भएकाले राष्ट्रले सुम्पेको जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्नसक्ने दक्ष र योग्य जनशक्ति उत्पादनतर्फ प्रशिक्षण केन्द्र संवेदनशील हुनुपर्ने उल्लेख गर्नुभयो । उक्त अवसरमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले प्रहरी प्रतिष्ठानले राष्ट्रप्रति समर्पित, योग्य र सक्षम प्रहरी जनशक्ति उत्पादन गर्दै आएको बताउनुभयो । नेपाल प्रहरीलाई सक्षम, सुदृढ र जनमैत्री सुरक्षा संगठनको रूपमा विकास तथा विस्तार गर्न प्रहरी कर्मचारीको व्यावसायिकता र वृतिविकासमा टेवा दिन तथा प्रतिकूल परिस्थितिमा पनि राष्ट्रप्रतिको सेवाभावलाई दृढ बनाई राख्न प्रतिष्ठानले निर्वाह गरेको भूमिकाको उहाँले उच्च प्रशंसा गर्नुभयो । सुरक्षा फौजमा रहेर देशको सेवा गर्ने अवसर सबैलाई प्राप्त नहुने बताउँदै गृहमन्त्री लामिछानेले भन्नुभयो, ‘अनेकौं चुनौतिपन सँगै आफूलाई योग्य प्रमाणित गरेर तपाईंहरूले राष्ट्र सेवाको ऐतिहासिक अवसर प्राप्त गर्नुभएको छ । राष्ट्रले गरेको लगानी र दिएको जिम्मेवारी प्रति आत्मबोध गर्दै यहाँहरूले इमानदार र व्यावसायिक भएर जिम्मेवारी निर्वाह गर्नुहुनेछ भन्ने कुरामा म पूर्ण विश्‍वस्त छु ।’ विधिको शासन र कानूनको सर्वोच्चतालाई शीरमा राखेर सरकारको नीति, योजना र कार्यक्रमलाई अक्षरस पालना गर्दै शान्ति सुरक्षा प्रवर्द्धन, अपराध नियन्त्रण र सार्वजनिक सेवा प्रवाहमा नागरिकमैत्री सेवा दिनेमा विश्‍वस्त रहेको उहाँले बताउनुभयो । प्रहरी कर्मचारीहरूको वृत्तिविकासलाई न्यायसंगत र सेवा सुविधालाई समायानुकूल बनाउन नीतिगत, कानूनी  व्यावसायिक र व्यवहारिक रूपमा प्राथमिकता निर्धारण गरी आवश्यक सुधार गर्न सरकार प्रतिवद्ध रहेको उहाँले बताउनुभयो ।  समारोहमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवा केवल रोजगारी मात्रै नभई एउटा विशिष्ट जीवनशैली भएको चर्चा गर्दै यस सेवामा आवद्ध हुन उच्चानुशासन पवित्र निष्ठा, अदम्य साहस, निरन्तर सिकाई र अविचलित समर्पणको आवश्यकता रहने बताउनुभयो । अपराधको अन्तर्राष्ट्रियकरण, बढ्दो आप्रवासन, संगठित अपराधको वृद्धि एवम् बदलिँदो संस्कृतिले उब्जाएका नवीन चुनौतिहरूको सामना गर्न समायानुकूल सक्षम, सक्रिय, व्यावसायिक प्रहरी अधिकृतहरू आज यस समारोहमाझ दीक्षित भएको विश्वास उहाँले व्यक्त गर्नुभयो । प्रहरी नीलो वर्दीमा राज्यको कानुनी अधिकार गाँसिएको बताउँदै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, ‘दीक्षित हुन लागेका सबै प्रहरी निरीक्षकहरूलाई एउटा मन्त्र सँधै मनन गर्न निर्देशित गर्न चाहन्छु । राज्यले प्रदान गरेका अधिकारहरूलाई शक्तिको रूपमा होइन यसलाई राज्यले सुम्पिएको जिम्मेवारीको रूपमा ग्रहण गर्नु हुनेछ ।’ समारोहमा उक्त प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनु भएको थियो । साथै उहाँले स्वागत मन्तव्य एवम् तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै २०७९ मंसिर २५ गतेबाट शुरू भएको त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा संचालित पोष्ट ग्रयाजुएट डिप्लोमा इन पुलिस साइन्स समावेश भएको उक्त तालिममा १८ महिला सहित कुल १ सय ४९ जना प्रहरी निरीक्षकहरू सहभागी भएकोमा सबैजनाले सफलतापूर्बक तालिम हासिल गरेको जानकारी दिनुभयो ।प्रशिक्षार्थीहरूले कवाज प्रदर्शन तथा नेपाल प्रहरी संगीत विद्यालयद्वारा सांगितिक धुन प्रस्तुत गरिएको उक्त समारोहमा दीक्षित प्रहरी निरीक्षकहरूलाई आ-आफ्ना अभिभावकहरूले दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको थियो ।दीक्षान्त समारोहमा संघीय सांसद एवम् पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधान, प्रधानसेनापति प्रभुराम शर्मा, गृह सचिव एकनारायण अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, पूर्व प्रहरी महानिरीक्षकहरू, प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक तथा समादेशकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरू, संचारकर्मीहरू, प्रशिक्षार्थीहरूका अभिभावकहरू तथा अन्य आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो । 

बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी शुरू
२०८१-०२-०८

काठमाडौं, नेपाल सरकार गृहमन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा विद्यमान सुरक्षा अवस्था, समस्या तथा चुनौति र आगामी कार्यभार लगायतका विषयमा बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८१ शुरू भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलले मकवानपुरको हेटौंडामा मंगलबार आयोजित समारोह बिच उक्त गोष्ठीको उद्‌घाटन गर्नुभयो ।  गृहसचिव एकनारायण अर्यालको अध्यक्षतामा संचालित उद्‍घाटन शत्रमा बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पूर्ण बहादुर दर्जीले गोष्ठीको उद्देश्यबारे जानकारी दिनुभएको थियो । गोष्ठीको उद्‍घाटन शत्रमा बागमती प्रदेश अन्तर्गतका १३ जिल्लामध्ये ९ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवं आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभयो । गोष्ठीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, नेपाली सेनाका उपरथी बिष्णु राउत, गृह मन्त्रालयका पदाधिकारीहरू, बागमती प्रदेशस्तरीय सुरक्षा निकायका प्रमुखहरू, प्रदेश अन्तर्गतका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको छ । दुई दिवसीय उक्त गोष्ठी बुधबार सम्पन्न हुने कार्यक्रम रहेको छ ।

वित्तिय लगानी सम्बन्धी कसूरको अनुसन्धान विषयक गोष्ठी सम्पन्न
२०८१-०२-०५

काठमाडौं, सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी सम्बन्धी कसूरको अनुसन्धान विषयक एकदिने गोष्ठी शनिबार सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको आयोजनामा नेपाल प्रहरी प्रधान कार्यालयमा उक्त गोष्ठी सम्पन्न भएको हो ।कार्यक्रममा नायव महान्यायाधिवक्ता गोपाल प्रसाद रिजालले सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तिय लगानी सम्बन्धी कानून र यसको कार्यान्वयन, चुनौति र समाधान लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभयो ।गोष्ठीमा सहभागीहरूले राखेका जिज्ञासाहरूको निरूपण गर्दै नायव महान्यायाधिवक्ता रिजालले सम्पत्ति शुद्धिकरणमा अनुसन्धान र अभियोजनका लागि यस गोष्ठीमा भएको छलफल अत्यन्तै उपलब्धीमूलक भएको बताउनुभयो । साथै सम्पत्ति शुद्धिकरणमा संलग्न सबै सरोकारवाला निकायहरूले संवेदनशीलता अपनाई प्रचलित कानूनको अधिनमा रही कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले सम्पत्ति शुद्धिकरणको अनुसन्धानको क्रममा देखिएका समस्या तथा चुनौतिलाई समाधान गर्न गोष्ठीमा भएको छलफल तथा अन्तरक्रिया फलदायी हुने विचार व्यक्त गर्नुभयो । उक्त अवसरमा नेपाल राष्ट्र बैंकका निर्देशक डा. हरि कुमार नेपालले समेत गोष्ठीमा सहभागीहरूले राखेका जिज्ञासाहरूको निरूपण गर्नुभएको थियो । नेपाल राष्ट्र बैंक वित्तिय जानकारी ईकाइका उपनिर्देशक स्वरूप श्रेष्ठले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण मुद्दाको अनुसन्धानको क्रममा गर्नुपर्ने समन्वयकारी निकाय सम्बन्धी जानकारी, वित्तिय जानकारी ईकाइको भूमिका सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको उक्त गोष्ठीमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग नेपाल प्रहरी शाखा पुल्चोक ललितपुरका तर्फबाट प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनीले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी सम्बन्धी मुद्दाहरूको अनुसन्धान प्रक्रिया र पद्दतीहरूको सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो । प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले धन्यवाद मन्तव्य राख्नुभएको उक्त गोष्ठीमा नेपाल राष्ट्र बैंक वित्तिय जानकारी ईकाइका निर्देशक दिर्घ बहादुर रावल, उच्च/ विशेष/ जिल्ला सरकारी वकिल कार्यालयका पदाधिकारीहरू तथा नेपाल राष्ट्र बैंक वित्तिय जानकारी ईकाइका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।यसैगरी गोष्ठीमा नेपाल प्रहरीका विशिष्टिकृत ब्यूरोका प्रतिनिधिहरू, उपत्यकास्थित मुद्दा चल्ने प्रहरी कार्यालयका प्रमुख एवम् अनुसन्धान अधिकृतहरूका साथै जिल्ला प्रहरी कार्यालयहरू काभ्रे, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा, रसुवा र इलाका प्रहरी कार्यालय बनेपा र इलाका प्रहरी कार्यालय गजुरी धादिङका प्रमुख एवम् अनुसन्धान अधिकृतहरूको समेत सहभागीता रहेको थियो ।

नेपाल प्रहरी श्रीमती संघद्वारा २८ जनालाई सिलाई कटाई उन्नत तालिम प्रदान
२०८१-०२-०१

काठमाडौं,अमर प्रहरी परिवार, अशक्त प्रहरी परिवार, बहालवाला प्रहरी परिवार र पूर्व प्रहरी परिवारका सदस्यहरूलाई व्यक्तित्व विकास गरी आत्मानिर्भर बनाउन सीपमूलक तालिम दिने उद्देश्यका साथ २८ जना सदस्यहरूलाई सिलाई कटाई उन्नत तालिम प्रदान गरिएको  छ ।नेपाल प्रहरी श्रीमती संघको आयोजना, नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाको समन्वय तथा काठमाडौं उपत्यका प्रहरी कार्यालय कल्याण शाखा रानीपोखरीको आर्थिक सहयोगमा प्रथम समूह अन्तर्गत ३ महिना अवधिको उक्त सीपमूलक तालिम प्रदान गरिएको हो । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले संघको कार्यालय भृकुटीमण्डपमा मंगलबार आयोजित एक कार्यक्रमबीच उक्त तालिम समापन गर्नुभयो । सो अवसरमा संघकी अध्यक्ष कुँवरले तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र तथा सिलाई मेसिन हस्तान्तरण गर्नुभयो ।  सो अवसरमा संघकी अध्यक्ष कुँवरले तालिमबाट हासिल गरेका व्यावसायिक ज्ञान र सीपलाई प्रयोग गरी व्यक्तित्व विकासका साथै स्वरोजगार भई प्रशिक्षार्थीहरू आत्मनिर्भर हुने अपेक्षा लिइएको बताउनुभयो । साथै आगामी दिनहरूमा अन्य सीपमूलक तालिम प्रदायक संघसंस्था तथा निकायहरूसँग आवश्यक समन्वय र सहकार्य गरी संघले विभिन्न तालिमहरू सञ्चालन गर्ने उहाँले बताउनुभयो । तालिम संयोजक श्रीमती अनिता गुरूङले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा संघका पदाधिकारीहरू, नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक रेवती ढकाल, प्रशिक्षकहरू तथा प्रहरी कर्मचारीहरू समेतको उपस्थिति रहेको थियो ।

नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्की
२०८१-०१-३१

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले सोमबार जनाएको छ ।प्रहरी वरिष्ठ उपरीक्षक कार्कीलाई ९८५१२९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने छ ।

‘महिला, शान्ति र सुरक्षा’ विषयक कार्यशाला सञ्चालन
२०८१-०१-३१

काठमाडौं, नेपाल प्रहरीको समन्वय र सहकार्य तथा International Police Peacekeeping Operations Support Programs (IPPOS) र United Nations Institute for Training and Research (UNITAR) को आयोजनामा महिला, शान्ति र सुरक्षा (Women, peace and Security-WPS) विषयक कार्यशाला शुरू भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले सोमबार आयोजित एक कार्यक्रमबीच उक्त कार्यशालाको उद्‌घाटन गर्नुभयो । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले नेपाल प्रहरीले महिला प्रहरी अधिकृतहरूलाई सक्रिय रूपमा भर्ना र तालिम दिएर संयुक्त राष्ट्र संघीय लैंगिक समानता रणनीतिप्रति बलियो प्रतिबद्धता देखाएको चर्चा गर्नुभयो । उहाँले नेपाल प्रहरीले लैंगिक समानता, प्रवर्द्धन र सुरक्षा क्षेत्रमा महिला सशक्तिकरणमा आफ्नो समर्पण देखाउँदै संयुक्त राष्ट्र संघ शान्ति मिसनमा महिलाको सहभागिता समेत बढाएको उल्लेख गर्नुभयो । वर्तमान नीतिहरूको मूल्याङ्कन गर्न र लैंगिक समानता, लैंगिक मूल प्रवाहीकरण र शान्ति प्रक्रियामा महिला सहभागिताको प्रवर्द्धनमा अन्तरहरू पहिचान गर्न कार्यशाला सफल हुने विचार व्यक्त गर्नुभयो । कार्यशालामा हुने छलफल, विश्लेषण र सहकार्यको माध्यमबाट सहभागीहरूले भविष्यमा महिला, शान्ति र सुरक्षाका लागि गरिएका पहल कार्यान्वयन गर्न रणनीति विकास गर्न सहयोग पुग्ने विश्‍वास उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा IPPOS का प्रोग्राम म्यानेजर Marcus Cornelius र UNITAR का Masa Dikanovic ले कार्यशालाको उद्देश्य र महत्वबारे आ-आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । आगामी जेठ ४ गते समापन हुने उक्त कार्यशालामा नेपाल प्रहरीबाट ७ जना, सशस्त्र प्रहरी बल नेपालबाट २ जनाको साथै अष्ट्रेलिया, बंगालादेश, भुटान, ब्राजिल, बुर्किना फासो, चीन, फिजी, गाम्बिया, जर्मनी, इन्डोनेशिया, नेदरल्याण्ड, नाइजर, रूवान्डा, सेनेगल, सामावो, तान्जेनिया, युएई लगायतका विभिन्न राष्ट्रका प्रहरी अधिकृतहरूको साथै UN Women, UN Light Coordination Mechanism (LCM) का प्रतिनिधि समेत गरी जम्मा ३१ जनाको सहभागिता रहेको छ ।

नेपाली सेनाका तालिमरत अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण
२०८१-०१-०९

काठमाडौं, नेपाली सैनिक वार कलेज नगरकोटमा संचालित सि.सं.१२ हायर कमाण्ड तथा म्यानेजमेन्टका तालिमरत ३५ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको आइतबार अवलोकन भ्रमण सम्पन्न भएको छ । अवलोकन भ्रमणमा सहभागीहरूलाई  प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले स्वागत गर्दै भम्रण कार्यक्रम सम्बन्धी जानकारी गराउनुभएको थियो । सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डाटा सेन्टर, पोलिग्राफ शाखा, डिजिटल फरेन्सिक ल्याब र सङ्ग्राहलय समेतको अवलोकन गर्नुभयो ।अवलोकन पश्चात आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले तालिमरत अधिकृतहरूले नेपाल प्रहरी सम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरूको निरूपण गर्दै नेपाली सेनासँग नेपाल प्रहरीको आत्मीय सम्बन्ध रहेको उल्लेख गर्नुभयो । विभिन्न कालखण्डमा नेपाल प्रहरीले नेपाली सेनासँग सहकार्य गर्दै आएको चर्चा गर्दै उहाँले समाजमा शान्ति सुरक्षा कायम गर्न दुवै संगठन बिच सूचनाको आदान प्रदान, आपसी सहयोग र समन्वय भइरहेको एवम् आउँदा दिनमा समेत अझ प्रभावकारी ढंगले यसको निरन्तरता हुने बताउनुभयो ।सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई र नेपाली सेनाका सहायक रथी दिपेश जंग शाहले कृतज्ञताको चिनो आदान प्रदान गर्नुभयो । कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको परिचय, विकासक्रम, काम, कर्तव्य र वर्तमान अवस्था, नेपाली सेना र नेपाल प्रहरी बिचको समन्वय र सहकार्यको क्षेत्र, प्रदेश समायोजनाका समस्या लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । साथै उहाँले अन्तरक्रियाको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरी सम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरुको निरूपण समेत गर्नुभएको थियो । उक्त कार्यक्रममा महासेनानी सूर्य बहादुर थापाले भ्रमणमा सहभागी तालिमरत अधिकृतहरूको तर्फबाट धन्यवाद सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । तालिमरत अधिकृतहरूमा ३ जना महिला र ३२ जना पुरूषको साथै ६ जना प्रशिक्षक अधिकृतहरूको सहभागिताको रहेको थियो । 

आपराधिक घटनाको समाचार सम्प्रेषण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०८१-०१-०९

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको आयोजनामा आपराधिक घटनाको समाचार सम्प्रेषण सम्बन्धी अन्तरक्रिया कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार सम्पन्न भएको छ । कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले सञ्चारकर्मीहरूसँग साक्षात्कार गर्दै अपराध अनुसन्धानसँग सम्बन्धित विषयमा छलफल समेत गर्नुभयो ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको निरूपण गर्दै व्यक्ति विशेष भन्दा पनि सेवाग्राही केन्द्रीत प्रहरी सेवा प्रवाह तथा अपराध अनुसन्धानसँग सम्बन्धित विषयमा काम गर्न विभाग कटिवद्ध रहेको   बताउनुभयो । प्रहरीबाट प्रवाह हुने अपराधका घटना लगायत जनचासो सम्बन्धी कुनै पनि सूचनाहरू नेपाल प्रहरीको मिडिया नीति, सांगठनिक कार्य नीतिको अधिनमा रहि सम्बन्धित कार्यालयका सूचना अधिकारी वा कार्यालय प्रमुख वा तोकिएको अधिकृतबाट प्राप्त गर्न सकिने उल्लेख गर्नुभयो । सो कार्यमा देखा परेका समस्याहरूलाई सुधार गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा कार्यसम्पादन हुने उहाँले बताउनुभयो । यस्ता कार्यक्रम मार्फत सूचना प्रवाहमा देखा पर्ने समस्या एवम् चुनौतिहरूको पहिचान भई त्यसको निराकरणका लागि अन्तरक्रियाबाट प्राप्त सुझाव एवम् अपेक्षा अत्यन्तै फलदायी हुने र त्यसको कार्यान्वयनमा विभाग कटिवद्ध रहने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।  कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका शाखा अधिकृत सारदा चालिसे र प्रेस काउन्सिल नेपालका शाखा अधिकृत महेन्द्र राज सिंह समेतले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको निरूपण गर्नुभएको थियो । सो क्रममा उहाँहरूले सञ्चार माध्यमहरूबाट सम्प्रेषण हुने कुनै पनि घटनाहरूले अपराध अनुसन्धान तथा नियन्त्रणमा प्रभाव नपार्ने हिसाबले आफ्नो क्षेत्राधिकारभित्र रहेर कुनै पनि पूर्वाग्रह नराखी सम्प्रेषण हुनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले आपराधिक घटनाको समाचार सम्प्रेषण गर्ने सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । सो क्रममा उहाँले नेपाल प्रहरीको मिडिया नीति, नेपाल प्रहरीको अपेक्षा/ मातहत कार्यालयहरूबाट संकलित सुझावहरू बारे जानकारी दिनुभएको थियो । अपराध अनुसन्धान तथा नियन्त्रण सम्बन्धी विविध एवम् सो सम्बन्धी समसामयिक विषयमा सञ्चारकर्मीहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा विभिन्न संचारमाध्यमका सञ्चारकर्मीहरू तथा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो ।

६० जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण तालिम प्रदान
२०८१-०१-०९

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ६० जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तालिम १५१औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले सेवा प्रवाहको क्रममा आफ्नो बोली, बचन र व्यवहारलाई अझ उत्कृष्ट बनाउनुपर्ने उल्लेख गर्नुभयो । आर्थिक प्रलोभनमा नपरी अनुशासित एवम् मर्यादित भई तालिमबाट प्राप्त व्यावसायिक सीप एवम् क्षमतालाई संगठनको उद्देश्य अनुरूप प्रयोग गर्न प्रशिक्षार्थीहरुलाई उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर थापाले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत फागुन १० गतेदेखि संचालित उक्त तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार १० जना र प्रहरी जवान ४८ जना गरी कुल ६० जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिनुभयो । 

PINK CAREATHON अन्तर्गत दौड प्रतियोगिता सम्पन्न
२०८१-०१-०८

काठमाडौं, नेपाल प्रहरी श्रीमती संघको सहकार्य तथा लेजर पोर्ट नेपालको आयोजनामा PINK CAREATHON अन्तर्गत Walk and Run दौड प्रतियोगिता कार्यक्रम शनिबार सम्पन्न भएको छ ।काठमाडौं महानगरपालिकाका उप-प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।उक्त प्रतियोगिताको उप-प्रमुख डंगोलले झन्डा उठाएर शुभारम्भ गर्नुभएको थियो । सो अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै उहाँले प्रतियोगिता मानसिक र शरीरिक स्वास्थ्यको लागि अत्यन्तै उपयोगी रहेको चर्चा गर्नुभयो ।कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवर लगायत संघका पदाधिकारीहरू एवम् लेजर पोर्ट नेपालका पदाधिकारीहरूले दौड प्रतियोगिताका विजयीहरूलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।उक्त दौड प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय तथा काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहतमा कार्यरत महिला प्रहरी कर्मचारी र विभिन्न संघसंस्थाका महिला प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो । प्रतियोगितामा ३ किलोमिटर, ५ किलोमिटर र १० किलोमिटर दूरीको दौड भएको थियो ।

३० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक उन्नत तालिम प्रदान
२०८०-१२-२०

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक (हेभी) उन्नत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित सवारी चालक उन्नत तालिम २७औं समूह अन्तर्गत उनीहरूलाई तालिम प्रदान गरिएको हो ।   तालिम समापनका अवसरमा सोही महाशाखामा मंगलबार आयोजित कार्यक्रममा प्रहरी उपरीक्षक ई. कमलेन्द्र लाल कर्णले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो । तालिमले सवारी साधनको मर्मत सम्भार, सवारी चलाउँदा अपनाउने सुरक्षा विधि, ट्राफिक नियम सम्बन्धी ज्ञान प्रदान गरेको चर्चा गर्दै प्रहरी उपरीक्षक कर्णले तालिमबाट प्राप्त सीपलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी ढंगबाट प्रयोग गर्नुपर्ने बताउनुभयो ।  कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक ई. अन्जन राज खरेलले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै चैत १ गतेबाट संचालित १६ कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार ४ जना, प्रहरी सहायक हवल्दार २० जना र प्रहरी जवान ६ जना गरी जम्मा ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो । 

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालद्वारा सञ्चारकर्मीहरूसँग साक्षात्कार
२०८०-१२-१५

काठमाडौं, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार सञ्चारकर्मीहरूसँग साक्षात्कार गर्नुभएको छ । साक्षात्कारको क्रममा उहाँले सञ्चारकर्मीहरूसँग समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया समेत गर्नुभयो ।कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ढकालले २०७९ चैत १० गतेदेखि २०८० फागुन मसान्तसम्म विगत एक वर्षमा नेपाल प्रहरीबाट सम्पादित प्रमुख कार्य तथा उपलब्धीहरू सम्बन्धी प्रस्तुतीकरण गर्नुभयो । सो क्रममा उहाँले मानवस्रोत विकास तथा व्यवस्थापनतर्फ प्रहरी जनशक्ति, नियुक्ति, बढुवा, सरूवा, एक वर्षको अवधिको अपराध अनुसन्धान तथ्याङ्क प्रस्तुतीकरण गर्नुको साथै तथ्याङ्क विश्‍लेषण समेत गर्नुभयो । सो अवधिमा भएका गम्भीर प्रकृति एवम् राष्ट्रिय चर्चामा आएका अपराध घटनाहरूको सफल अनुसन्धान, अन्तर्राष्ट्रिय समन्वय तथा सहायता, प्रहरी कार्य, सुरक्षा तथा राजस्व संकलन, बन्द हड्ताल/विरोधका गतिविधि, अवैध/वेवारिसे हातहतियार नष्ट, प्रहरी प्रशासन, मनोबल तथा कल्याण, प्रहरी कल्याणकारी कार्यक्रम, नेपाल प्रहरी श्रीमती संघबाट सम्पादित कार्यक्रमहरू, प्रदेश प्रहरी कार्यालयका अभियानहरू, नीति तथा योजना कार्यान्वयनको अवस्था, प्रहरी समायोजन एवम् उपलब्धी/भावी योजना सम्बन्धी उपस्थित सञ्चारकर्मीहरूलाई उहाँले विस्तृत रूपमा जानकारी दिनुभयो । प्रहरी नायव महानिरीक्षक ढकालले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको निरूपण गर्दै नेपाल प्रहरीको कार्ययोजना, २०८० लागू गरी कार्ययोजनाबाट अपराध रोकथाम, नियन्त्रण एवम् अनुसन्धान गर्ने, सम्बन्धित अन्य सरोकारवाला निकायहरूसँग समन्वय गर्ने, प्रविधिलाई जोड दिने लगायतका विषयलाई प्राथमिकतामा राखेर नेपाल प्रहरीले कार्य गर्दै आइरहेको बताउनुभयो । कार्ययोजना तथा प्रदेश प्रमुखहरूले प्रहरी महानिरीक्षकज्यूसँग गरेको कार्यसम्पादन सम्झौता नै प्रहरी अधिकृतहरूको मूल्याङ्कनको कडि भएको र उक्त सम्झौता बमोजिम सम्पन्न भएका कार्यहरू सन्तोषजनक रहेको र आगामी दिनमा विस्तार गर्दै लैजाने उल्लेख गर्दै प्रहरी नायव महानिरीक्षक ढकालले भन्नुभयो, “प्रहरी महानिरीक्षकज्यूबाट पनि विशेष गरी सम्पूर्ण कामहरूको अतिरिक्त प्रहरी शुद्धिकरण हुनुपर्छ, इमानदार हुनुपर्छ, व्यावसायिक हुनुपर्छ, निष्ठावान हुनुपर्छ तबमात्रै हामीले नागरिकलाई उचित सेवा दिन सक्छौं, नागरिकलाई सुशासन दिन सक्छौं, नागरिकलाई शान्ति सुरक्षाको अनुभूति दिन सक्छौं भन्ने मान्यतामै हाम्रो नेतृत्व र संगठन अगाडि बढिराखेको छ ।”   प्रहरी नायव महानिरीक्षक ढकालले जबरजस्ती करणी एवम् आत्महत्या जस्तो अपराध परिवारमै, चिनजानकै व्यक्तिबाट धेरै हुने गरेको तथ्याङ्कले देखाएको बताउँदै जबरजस्ती करणी एवम् महिलाप्रति हुने दुर्व्यवहार न्यूनीकरण गर्नका लागि प्रहरीले विभिन्न अभियानहरू नै संचालन गरेको बताउनुभयो । आत्महत्या रोक्नको लागि सचेतनाको अतिरिक्त स्थानीय विज्ञहरू एवम् नागरिकसँग समन्वय परामर्श दिने कार्य समेत भएको उल्लेख गर्दै आत्महत्या न्यूनीकरण गर्न प्रहरीले मात्रै सम्भव नहुने हुँदा परिवारबाट अभिभावकत्वको साथै समाजका अगुवा एवम् अन्य संघसस्था/निकाय तथा स्थानीय तह समेतले समन्वय गर्दै महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो । गस्ती पेट्रोलिङलाई बढाउने, प्रहरीको उपस्थिति बढाउने लगायत सचेतना अभियान फैलाउने काम समेत तीव्र गतिमा भइरहेको उहाँले चर्चा गर्नुभयो ।  प्रहरी नायव महानिरीक्षक ढकालले जनसंख्या, शहरीकरण, जनघनत्व आर्थिक क्रियाकलापहरू अन्यको तुलनामा जहाँ धेरै हुन्छ त्यहाँ अपराधका घटनाहरू पनि बढि हुने उल्लेख गर्दै अपराध किन सिर्जना भइरहेको छ, अपराधका घटना किन हुन्छन् भन्ने सन्दर्भमा पनि प्रहरी संगठनले चासो राख्दै तथ्य संकलन र अनुसन्धान गर्ने नीति लिएको बताउनुभयो । स्थानीय तह लगायत सरोकारवाला निकाय अनुसन्धान भई सुझाव प्राप्त भएमा त्यस्ता सुझावबाट अपराध रोकथाम गर्न सहयोग पुग्ने विचार व्यक्त     गर्नुभयो । अहिलेको अवस्थामा राष्ट्रकै समस्याको रूपमा देखा परेको युवावर्गहरू विदेश जाने परिपाटीको असर नेपाल प्रहरीमा पनि रहेको हुँदा नेपाल प्रहरीमा भर्नाको लागि स्थानीय युवाहरूलाई आकर्षित गर्न मातहत प्रहरी कार्यालयहरूमा विभिन्न कार्यक्रमहरू संचालन गरी प्रयास गरिरहेको उहाँले उल्लेख गर्नुभयो । संगठनको हितको लागि सञ्चारकर्मीहरूबाट प्राप्त उपयोगी राय सुझावप्रति आभार व्यक्त गर्दै प्रहरी र सञ्चारकर्मीहरू बिच सहकार्य र समन्वयलाई अझ राम्रो र प्रगाढ बनाउँदै समाजलाई सुरक्षित, शान्त बनाउने अभियानमा एकसाथ हिँड्न सकौं भन्ने कामना समेत उहाँले व्यक्त गर्नुभयो । विभिन्न समसामयिक विषयमा सञ्चारकर्मीहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा विभिन्न संचारमाध्यमका सञ्चारकर्मीहरु तथा प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।  

हराएका २० वटा दुईपाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
२०८०-१२-१३

काठमाडौं, विभिन्न मितिमा हराएका २० वटा दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले मंगलबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच सोही कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले १८ वटा मोटरसाइकल र २ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा, केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा पेप्सीकोला, कपन, बौद्ध, गौशाला, सुन्धारा, माछापोखरी, स्वयम्भू, चापागाउँ, बुङ्गमती लगायतका स्थानबाट हराएका सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो । चालु आर्थिक वर्षको हालसम्म ट्राफिक प्रहरीले आज बुझाइएका २० वटा सहित २ सय ८५ वटा सवारी साधन सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ । अवैध रूपमा नेपाल भित्रिएका १७ वटा सवारी साधनलाई भने भन्सार कार्यालयमा बुझाइएको प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले सोही कार्यक्रममा जानकारी दिनुभयो । चालु आर्थिक वर्षको हालसम्म चोरीका २४ वटा दुईपाङ्ग्रे सवारी साधन सहित संलग्न २९ जनालाई पनि कारवाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । सवारी साधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरु जडान गरी सवारी साधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपायहरु अवलम्वन गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।

३० जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान
२०८०-१२-१२

काठमाडौं, नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीले ३० जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही कार्यालयमा ३३औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो । उक्त तालिम समापनका अवसरमा सोमबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डम्बर बहादुर बिकले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक हरिकृष्ण केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै माघ १५ गतेदेखि संचालित उक्त तालिममा प्रहरी निरीक्षक १ जना, प्रहरी नायव निरीक्षक १ जना, प्रहरी सहायक निरीक्षक २ जना, प्रहरी सहायक हवल्दार ३ जना र प्रहरी जवान २३ जना गरी जम्मा ३० जना प्रशिक्षार्थीहरूले सफलतापूर्वक तालिम हासिल गरेको जानकारी दिनुभयो ।  

सकारात्मक सोँच तथा तनाव व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
२०८०-१२-१२

प्यूठान, प्यूठान जिल्लास्थित सुरक्षाकर्मीहरूलाई लक्षित ‘सकारात्मक सोँच तथा तनाव व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम’ आइतबार सम्पन्न भएको छ ।  जिल्ला प्रहरी कार्यालय प्यूठानको आयोजना, जिल्ला प्रशासन कार्यालय प्यूठानको समन्वय तथा कर्ण सकारात्मक कोषको प्राविधिक सहयोगमा मल्लरानी गाउँपालिका-४ खलङ्गास्थित जिल्ला समन्वय समितिको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कर्ण सकारात्मक कोषका संरक्षक कर्ण शाक्यले किताबी ज्ञान भन्दा जिवनको भोगाइ र अनुभवबाट सिप आर्जन गर्नुपर्ने चर्चा गर्नुभयो । कुनै पनि काम उद्देश्य सहित गर्नुपर्ने, सकारात्मक र अटल सोच राख्नुपर्ने, पद र अधिकारको सदुपयोग गर्नुपर्ने एवम् समय व्यस्थापनमा बिशेष जोड दिनुपर्ने विचार व्यक्त गर्दै उहाँले संकिर्ण सोँचको अन्त्य गरी प्रहरी जीवनलाई व्यवसायिक बनाउनु पर्दछ र सधैँ सकारात्मक सोँच राखी काम गर्नुपर्ने बताउनुभयो । सो अवसरमा कार्यक्रमका अध्यक्ष एवंम् प्यूठान जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले हाम्रो जिम्मेवारीले पनि  हामीलाई तनावको अवस्थामा पुर्‍याउने हुनाले तनाव व्यवस्थापन आफैबाट सकारात्मक सोँचका साथ सुरु गर्नुपर्ने बताउनुभयो । जिल्ला प्रहरी कार्यालय प्यूठानका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक इश्‍वर थापाले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको औचित्य बारेमा जानकारी दिनुभएको उक्त कार्यक्रममा कर्ण सकारात्मक कोषका प्रमुख सल्लाहकार जोस बहादुर निरौलाले तनावको परिभाषा, यसका प्रकार, लक्षण र समाधान, नकारात्मक तनावले पुर्‍याउने क्षतिको सम्बन्धमा जानकारी दिँदै तनाव व्यवस्थापनको व्यवहारिक अभ्यास समेत गराउनु भएको थियो ।कार्यक्रममा जिल्लास्थित सुरक्षा निकाय एवम् विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।

मस्तिष्कघात सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
२०८०-१२-०९

 काठमाडौं, नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयमा उपेन्द्र देवकोटा फाउण्डेसनको आयोजनामा मस्तिष्कघात सम्बन्धी सचेतना कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।   कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंहले प्रहरी कर्मचारीहरूको स्वास्थ्य सेवाप्रति प्रहरी अस्पतालको दायित्व रहेको र प्रहरी कर्मचारीहरूको स्वास्थ्यलाई प्राथमिकतामा राखेर प्रहरी अस्पतालले विभिन्न प्रहरी युनिटहरूमा स्वास्थ्य जाँच सम्बन्धी कार्यक्रम संचालन समेत गरेको उल्लेख गर्नुभयो ।   उपेन्द्र देवकोटा फाउण्डेसनका प्रमुख कार्यकारी अधिकृत मिलन गुरूङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा सोही फाउण्डेसनका डा. धनश्याम खेरल, डा. सुवास फुयाँल र डा. सुरज थुलुङले मस्तिष्कघात सम्बन्धी प्रस्तुतिकरण गर्नुका साथै उपस्थित प्रहरी अधिकृतहरूबाट उठेका जिज्ञासाहरूको निरूपण समेत गर्नुभयो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवम् जवानहरूको उपस्थिति रहेको थियो ।      

सवारी चालक (हेभी) उन्नत तालिम शुरू
२०८०-१२-०१

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा २७ औं समूहको सवारी चालक (हेभी) उन्नत तालिम संचालन भएको छ ।उक्त तालिमको सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले महाशाखामा बिहीबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । प्रहरी निरीक्षक ई. अञ्जन राज खरेलले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी हवल्दार ४ जना, प्रहरी सहायक हवल्दार १८ जना र प्रहरी जवान ८ जना गरी जम्मा ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो । 

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा उत्कृष्ट महिला प्रहरी कर्मचारी सम्मानित
२०८०-११-२४

काठमाडौं, नेपाल प्रहरी श्रीमती संघले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा उत्कृष्ट महिला प्रहरी कर्मचारीहरूलाई सम्मान समेत गरेको छ ।नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले संघको कार्यालय भृकुटिमण्डपमा बिहीबार आयोजित कार्यक्रमबिच उत्कृष्ट महिला प्रहरी कर्मचारीहरू प्रहरी सहायक हवल्दार सविता कार्की र प्रहरी जवान रविना तामाङलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।   सो अवसरमा संघकी अध्यक्ष कुँवरले यस कार्यक्रमबाट महिला प्रहरी कर्मचारीहरूलाई सकारात्मक उर्जा प्राप्त हुनुका साथै आफ्नो पेशाप्रति अझ व्यवसायिक, कर्तव्यनिष्ट भई सेवामा लाग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा संघकी पदाधिकारीहरू, महिला प्रहरी कर्मचारी तथा परिवार, प्रहरी अधिकृत लगायतको उपस्थिति रहेको थियो । 

३० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक उन्नत तालिम प्रदान
२०८०-११-२३

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक उन्नत (यान्त्रिक ज्ञान) तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित सवारी चालक उन्नत तालिम १६औं समूह अन्तर्गत उनीहरूलाई तालिम प्रदान गरिएको हो ।   तालिम समापनका अवसरमा सोही महाशाखामा बुधबार आयोजित कार्यक्रममा प्रहरी उपरीक्षक ई. कमलेन्द्र लाल कर्णले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो । प्रहरी उपरीक्षक कर्णले दक्ष सवारी चालकहरूको कमिलाई परिपूर्ति गर्नुका साथै तालिमा प्राप्त गरेका ज्ञान, सीप तथा कौशललाई आ-आफ्नो कार्यक्षेत्रमा प्रभावकारी रूपमा प्रयोग गर्नुपर्ने बताउनुभयो ।  कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गत माघ १६ गतेबाट संचालित ३० कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी सहायक निरीक्षक ३ जना, प्रहरी वरिष्ठ हवल्दार ३ जना, प्रहरी हवल्दार ४ जना, प्रहरी सहायक हवल्दार ६ जना र प्रहरी जवान १४ जना गरी जम्मा ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो ।  

निबन्ध प्रतियोगिता र सचेतनामूलक नाटक प्रदर्शनी सम्पन्न
२०८०-११-१८

भक्तपुर, नेपाल प्रहरी श्रीमती संघद्वारा भक्तपुर दरबारस्क्वायरमा आयोजित ‘अपराध अनुसन्धानमा नेपाल प्रहरीको भूमिका विषयमा निबन्ध प्रतियोगिता र लैंगिक हिंसा तथा घरेलु हिंसा न्यूनीकरण सम्बन्धी सचेतनामूलक “समान युग” नाटक प्रदर्शनी कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।  सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका अध्यक्ष रजनी जोशी र नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले निबन्ध प्रतियोगितामा प्रथम हुने महेन्द्र शान्ति माबि बालकोटमा अध्ययनरत समता सापकोटा, द्वितीय हुने पदम माबि दरबारस्क्वायरमा अध्ययनरत कौशुभ थापा र तृतीय हुने बासु माबि ब्यासीमा अध्ययनरत सुप्रेम सुलुलाई पुरस्कार प्रदान गर्नुभयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले समाजमा लैंगिक हिंसा तथा घरेलु हिंसा न्यूनिकरण सम्बन्धी सचेतना फैलाउनु पर्ने आवश्यक रहेको उल्लेख गर्दै सभ्य र सुरक्षित समाज निर्माणमा यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । सो अवसरमा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले लैंगिक हिंसा रोक्न जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले धन्यवाद ज्ञापन गर्दै बालबालिकाहरूमा अन्तरनिहीत क्षमताको उजार गर्ने उद्देश्यले निबन्ध प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । आफ्नो टोल छिमेकमा हुने लैंगिक तथा घरेलु हिंसालाई न्यूनीकारण गर्ने उद्देश्यले सचेतना कार्यक्रमको समेत आयोजना गरिएको उहाँले बताउनुभयो । प्रहरी नायव उपरीक्षक दिप्ती कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी निरीक्षक रामकृष्ण श्रेष्ठले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा नेपाल प्रहरी संगीत विद्यालयद्वारा सचेतनामूलक नाटक एवम् गीति नाटक प्रस्तुत गरिएको थियो । उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न शिक्षण संस्थाका शिक्षक/शिक्षिका एवम् विद्यार्थीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, प्रहरी अधिकृत एवम् जवानहरू लगायतको उपस्थिति रहेको थियो ।  

नेपाल पुलिस स्कुल साँगाको ४०औं स्थापना दिवस तथा वार्षिक खेलकुद दिवस सम्पन्न
२०८०-११-१२

काठमाडौं, नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरको प्रमुख आतिथ्यमा शनिबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल साँगाको ४०औं स्थापना दिवस तथा वार्षिक खेलकुद दिवस सम्पन्न भएको छ । उक्त अवसरमा सङ्घकी अध्यक्ष कुँवरले विद्यालयको वार्षिक म्यागजिन ‘दीपिका’ ३३औं अङकको लोकार्पण गर्नुका साथै विद्यालयका पूर्व प्राचार्यहरू तथा पूर्व समादेशकहरूलाई सम्मान समेत गर्नुभयो । सो अवसरमा सङ्घकी अध्यक्ष कुँवरले विद्यालयको स्थापना दिवसमा आयोजित विविध अतिरिक्त क्रियाकलापका विजेताहरू, उत्कृष्ट शिक्षकहरू तथा उत्कृष्ट प्रहरी कर्मचारीहरूलाई नगद, शिल्ड, मेडल, पुरस्कार तथा प्रशंसापत्र वितरण गर्नुभयो । साथै उहाँले विद्यार्थीहरूले निर्माण गरी प्रदर्शनीमा राखेका विभिन्न विज्ञान तथा कला प्रदर्शनीको अवलोकन समेत गर्नुभयो ।  कार्यक्रममा सङ्घकी अध्यक्ष कुँवरले प्रहरी स्कुल साँगाले विगतमा शैक्षिक गतिविधि, अतिरिक्त क्रियाकलाप र खेलकुदमा उल्लेखनीय उपलब्धी हासिल गरेको चर्चा गर्दै आगामी दिनमा अझ प्रभावकारी, लक्ष्यभेदी र उपलब्धीमूलक कार्यक्रम संचालन गरी उज्यालो र सुनौलो भविष्य रचना गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो । विद्यार्थीको शारीरिक तथा मानसिक विकासका लागि विद्यालय हर तरहबाट खट्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।  नेपाल पुलिस स्कुल साँगाको व्यवस्थापन समितिका अध्यक्ष नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीले धन्यवाद ज्ञापन गर्नुको साथै विद्यालयमा स्थापित २३ वटा अक्षयकोषको उद्देश्य अनुरूप विभिन्न विधामा ५९ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नुभयो ।   नेपाल पुलिस स्कुल साँगाका प्राचार्य मोहन पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा विद्यार्थीहरुले मार्चपास, जुडो, कराते, तेक्वान्दो, जिम्न्यास्टिक तथा विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।  उक्त अवसरमा नेपाल प्रहरी श्रीमती सङ्घका पदाधिकारीहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, स्थानीय जनप्रतिनिधिहरू एवम् अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

दक्षता अभिवृद्धिका लागि ६० जनालाई ट्राफिक नियन्त्रण तालिम सञ्चालन
२०८०-११-१०

काठमाडौं, ट्राफिक प्रहरीको दक्षता अभिवृद्धिका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ६० जना प्रहरी कर्मचारीहरूका लागि ट्राफिक नियन्त्रण तालिम सञ्चालन गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा संचालित ट्राफिक नियन्त्रण १५१ औं समूहको तालिमको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले सोही कार्यालयमा बिहीबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले सडकमा सवारी साधनको चापलाई व्यवस्थापन, सहज आवागमन र दुर्घटना न्यूनीकरण गर्नलाई आवश्यक व्यावसायिक ज्ञान, सीप, कौशल तालिममा प्रदान गरिने बताउनुभयो । यस प्रशिक्षणमा प्रशिक्षार्थीहरूले बढीभन्दा बढी उत्सुक तथा सक्रिय भई तालिम हासिल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।   कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर थापाले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ दिन कार्य अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार ११ जना  र प्रहरी जवान ४७ जना गरी कुल ६० जना प्रशिक्षार्थीहरु सहभागी रहेको जानकारी दिनुभयो ।

कमाण्ड तथा स्टाफ तालिमका अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण
२०८०-११-०८

काठमाडौं,  सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा संचालित कमाण्ड एण्ड स्टाफ कोर्स सि.सं.३० का तालिमरत ६२ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको मंगलबार अवलोकन भ्रमण सम्पन्न भएको छ । अवलोकन भ्रमणमा सहभागीहरूलाई प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले स्वागत गर्दै भम्रण कार्यक्रम सम्बन्धी जानकारी गराउनुभएको थियो ।  सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डाटा सेन्टर, पोलिग्राफ शाखा, डिजिटल फरेन्सिक ल्याब र सङ्ग्राहलय समेतको अवलोकन गर्नुभयो । कार्यक्रममा नेपाल प्रहरीसँग सम्बन्धित ‘विलिभ इन ब्लु’ नामक वृतचित्रको समेत प्रस्तुतीकरण गरिएको थियो  । अवलोकन पश्चात आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले नेपाल प्रहरीको परिचय, विकासक्रम, काम, कर्तव्य र वर्तमान अवस्थाबारे प्रस्तुतीकरण गर्नुभयो । साथै उहाँले अन्तरक्रियाको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरी सम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरुको निरुपण गर्दै समाजमा शान्ति सुरक्षा कायम गर्न दुवै संगठन बिच आपसी सहयोग र समन्वय भइरहेको एवं आउँदा दिनमा समेत अझ प्रभावकारी ढंगले यसको निरन्तरता हुने बताउनुभयो ।  सो अवसरमा सह-सेनानी राकेश बस्नेतले भ्रमणमा सहभागी तालिमरत अधिकृतहरुको तर्फबाट धन्यवाद सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो ।  तालिमरत अधिकृतहरूमा २ जना महिला र ६० जना पुरूषको सहभागिता रहेको थियो । जसमध्ये भारत, पाकिस्तान, कोरिया, माल्दिभ्स, केन्या र नाईजेरीयाका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरूकोसमेत सहभागिता रहेको थियो । 

५० जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान
२०८०-११-०१

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५० जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तालिम १५०औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।   काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा मंगलबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । साथै उहाँले सेवा प्रवाहको क्रममा आफ्नो बोली, बचन र व्यवहारलाई अझ उत्कृष्ट बनाउँदै तालिमबाट प्राप्त व्यावसायिक सीप एवम् क्षमताको कार्यान्वयनमा कटिवद्ध हुनुपर्नेमा जोड दिनुभयो ।  कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक रबिन कार्कीले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत पुस २ गतेदेखि संचालित उक्त तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार ९ जना र प्रहरी जवान ३९ जना गरी कुल ५० जना प्रशिक्षार्थीहरुले सफलतापूर्वक तालिम हासिल गरेको जानकारी दिनुभयो । 

लैंगिक हिंसा तथा घरेलु हिंसा न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
२०८०-१०-२८

काठमाडौं बौद्धस्थित शेर्पा पार्टी प्यालेसमा लैंगिक हिंसा तथा घरेलु हिंसा न्यूनिकरण सम्बन्धी सचेतना ‘समान युग नाटक प्रदर्शनी’ कार्यक्रम आइतबार सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमती संघको आयोजना एवम् प्रहरी वृत्त बौद्ध, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र जोरपाटी एवम् गोकर्णेश्वर नगरपालिका-६ समेतको संयुक्त सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले आफ्नो टोल छिमेकमा हुने लैंगिक तथा घरेलु हिंसालाई निर्मुल पार्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । यस्ता कार्यक्रमबाट समाजमा हुने गरेका विभिन्न किसिमका हिंसा न्यूनिकरणमा टेवा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।  सामुदायिक सेवा केन्द्र जोरपाटीका अध्यक्ष एवम् गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नवराज लामाले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी वृत्त बौद्धका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा नेपाल प्रहरी श्रीमती संघकी कानूनी सल्लाहकार राधिका खतिवडा र गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाल प्रहरी संगीत विद्यालयद्वारा सचेतनामूलक नाटक एवम् गीति नाटक प्रस्तुत गरिएको थियो ।  कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, स्थानीय जन प्रतिनिधिहरू, विभिन्न शिक्षण संस्थाका शिक्षक/शिक्षिका एवम् विद्यार्थीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, प्रहरी अधिकृत एवम् जवानहरू लगायतको उपस्थिति रहेको थियो ।  

नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
२०८०-१०-२७

काठमाडौं, नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा अल्का अस्पताल प्रालि जावलाखेल ललितपुरको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा नि:शुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ ।कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले निस्वार्थ रूपमा सेवा दिन र स्वास्थ्य शिविर कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने विशेषज्ञ चिकित्सक तथा प्राविधिकलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।  सो अवसरमा संघकी अध्यक्ष कुँवरले स्वास्थ्य शिविरबाट विभिन्न स्वास्थ्य सम्बन्धि समस्या पहिचान भई स्वास्थ्य उपचार प्राप्त गरी प्रहरी कर्मचारी तथा प्रहरी परिवारका व्यक्तिगत स्वास्थ्य उपचारमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखेरलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा अल्का अस्पताल प्रालिका अध्यक्ष कुमार थापाले शिविर संचालनको उद्देश्यसहितको मन्तव्य व्यक्त गर्नुभएको थियो ।शिविरमा अल्का अस्पताल प्रालिका विशेषज्ञ चिकित्सक तथा प्राविधिक कर्मचारीहरूबाट कुल ३ सय ३ जनाको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधिहरू समेत वितरण गरिएको थियो ।

नेपाल प्रहरीमा १ हजार ९ सय ५० जनाका लागि नयाँ भर्ना आव्हान
२०८०-१०-२६

काठमाडौं, नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त रहेका विभिन्न पदहरूमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कूल १ हजार ९ सय ५० जनाको लागि नयाँ भर्ना दरखास्त आव्हान गरिएको छ । नयाँ भर्नामध्ये प्रहरी जवान पदमा १ हजार ८ सय ५६ जना र प्रहरी कार्यालय सहयोगीतर्फ ९४ जनाका लागि दरखास्त आव्हान गरिएको हो । जसमध्ये प्रहरी कार्यालय सहयोगीतर्फ भान्छेतर्फ ५३ जना, हजामतर्फ ७ जना, कुचिकारतर्फ २० जना र खेलाडीतर्फ १४ जनाका लागि दरखास्त आव्हान गरिएको हो । प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदका लागि जिल्ला प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज) र दिपायल तथा ७७ वटै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त फारम लिन र बुझाउन सकिने छ । साथै प्रहरी कार्यालय सहयोगी (खेलाडी) पदमा दरखास्त दर्ता गर्न इच्छुक उम्मेदवारहरूको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौंमा मात्र दरखास्त फाराम दर्ता हुनेछ ।  नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले फागुन २ गतेदेखि चैत ९ गतेसम्म सम्बन्धित कार्यालयहरुमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन् ।दरखास्त आव्हान सम्बन्धि विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेवसाइटमा समेत राखिएको छ ।

लैंगिक हिंसा तथा घरेलु हिंसा सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८०-१०-२४

काठमाडौं, काठमाडौं बालाजुस्थित बाईसधारा पार्कमा लैंगिक हिंसा तथा घरेलु हिंसा न्यूनिकरण सम्बन्धी सचेतनामूलक ‘समान युग नाटक प्रदर्शनी’ कार्यक्रम बुधबार सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमती संघको आयोजना एवम् प्रहरी वृत्त बालाजु, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बोहराटारको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले ‘शान्त समृद्ध समाजको आधार, घरेलु हिंसा रहित परिवार’ भन्ने भनाइलाई हृदयगमन गरी आफ्नो टोल छिमेकमा भइरहेको लैंगिक तथा घरेलु हिंसा न्यूनिकरणको लागि आफू पनि जागौं,  अरूलाई पनि जगाऔं र यस्ता किसिमका हिंसालाई समाजमा जरैदेखि निर्मुल पारौं भन्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । यस कार्यक्रमबाट सकारात्मक प्रभाव परि समाजमा हुने गरेका विभिन्न किसिमका हिंसा न्यूनिकरणमा केही हद सम्म टेवा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।  कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी नायव उपरीक्षक लक्ष्मी खनालले घरेलु हिंसा सामाजिक अपराध भएको र यसले समाज र घर परिवार, एवम् व्यक्तिले लिने निर्णयमा ठूलो असर पुर्‍याउने हुनाले यस्ता हिंसा न्यूनिकरण गर्नका लागि प्रहरी, सबै स्थानीय निकाय एवम् विभिन्न संघसंस्थाले प्रभावकारी रूपमा कार्य गर्दै आइरहेको बताउनुभयो । यस्ता कार्यक्रमले लैंगिक एवम् घरेलु हिंसा सम्बन्धी जनचेतना फैलाउन सहयोग पुर्‍याएको र यस्ता हिंसा भएमा सम्बन्धित निकायमा जान समेत उपस्थित महानुभावलाई उहाँले अनुरोध गर्नुभयो ।   कार्यक्रममा सामुदायिक सेवा केन्द्र बोहराटारका अध्यक्ष शिव कुमार बोहराले धन्यवाद मन्तव्य व्यक्त गर्दै यस सचेतनामूलक कार्यक्रमले समाजमा हुने लैंगिक एवम् घरेलु हिंसा न्यूनिकरणमा टेवा पुग्ने बताउनुभयो । कार्यक्रममा नेपाल प्रहरी संगीत विद्यालयका कलाकारद्वारा सचेतनामूलक नाटक एवम् गीति नाटक प्रस्तुत गरिएको थिए ।  कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, स्थानीय जन प्रतिनिधिहरू, विभिन्न शिक्षण संस्थाका शिक्षक/शिक्षिका एवम् विद्यार्थीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, संचारकर्मी, प्रहरी अधिकृत एवम् जवानहरू लगायतको उपस्थिति रहेको थियो ।  

इन्टरपोलबाट नोटिस जारी भएका फरार प्रतिवादी तिव्र रूपमा पक्राउ पर्दै
२०८०-१०-२१

काठमाडौं, इन्टरपोलबाट रेड नोटिस जारी भएको पाँच दिनभित्रै फरार प्रतिवादी खोटाङका १९ वर्षीय किरण राई कतारबाट पक्राउ परे । इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रहरूको समन्वयमा विभिन्न मुद्दामा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएका चार जना फरार प्रतिवादीलाई दुबई र कुवेतबाट एक हप्ताभित्रै पक्राउ गरी गत पुस पहिलो हप्ता नेपाल ल्याइयो । देशमा अपराध गरी विदेशमा फरार रहेका प्रतिवादीहरूलाई इन्टरपोलको सक्रियतामा पक्राउ गरी स्वदेश फिर्ता ल्याएर कानूनी पक्रिया अगाडि बढाउने कामले तिव्रता पाएको छ ।     फरार प्रतिवादीहरूको अन्तर्राष्ट्रिय स्तरमा खोजतलासको लागि नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट विभिन्न नोटिस जारी हुने गर्दछ । सन् १९९१ देखि हालसम्म १ सय ६८ जनाविरूद्ध रेड नोटिस, २४ जना विरूद्ध एल्लो नोटिस, १ जनाविरूद्ध ब्ल्यु नोटिस, १ जनाविरूद्ध ब्ल्याक नोटिस, १ जनाविरूद्ध पर्पल नोटिस र १ सय ३ जनाविरूद्ध  डिफ्युजन नोटिस जारी भएको छ । ती मध्ये ६१ रेड नोटिस, ११ एल्लो नोटिस, १ ब्ल्याक नोटिस, १ पर्पल नोटिस र ३५ डिफ्युजन नोटिस हाल कारबाहीको प्रक्रियामा छन् । कारबाहीको प्रक्रियामा रहेका रेड नोटिस जारी भएकामध्ये ५५ जना नेपाली र ६ जना विदेशी नागरिक, एल्लो नोटिस जारी भएका ११ जना नेपाली नागरिक र डिफ्युजन नोटिस जारी भएकामध्ये ३० जना नेपाली र ५ जना विदेशी नागरिक रहेका छन् ।  फरार प्रतिवादीहरूकाविरूद्ध इन्टरपोलद्वारा नोटिस जारी गर्ने र पक्राउ पर्ने क्रम जारी छ । सो क्रममा सन् २०२४ फेब्रुअरी २ तारिखमा मात्र ६ जनाविरूद्ध रेड नोटिस जारी भएको छ । ती मध्ये वैदेशिक रोजगार ठगीमा ४ जना र सहकारी ठगीमा २ जना छन् । नोटिस जारी गर्न एनसीबी काठमाडौंले गर्ने अनुरोधका सम्बन्धमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “सन् १९६७ देखि एनसिबी काठमाडौंले इन्टरपोलको सुरक्षित एवं बिश्वव्यापी प्रहरी संचार प्रणालीको सुविधाबाट इन्टरपोलका सदस्य राष्ट्रहरुसँग समन्वय र सूचना आदान-प्रदान गर्दै आएको छ । सोही सुविधाकै कारण एनसिबी काठमाडौंले विभिन्न नोटिस एवं डिफ्यूजन जारी गर्नका लागि इन्टरपोल महासचिवालयमा अनुरोध गर्ने गर्दछ ।” नोटिस जारीको साथै विदेशमा फरार रहेका प्रतिवादीहरू इन्टरपोल तथा सम्बन्धित सदस्य राष्ट्रको प्रहरीसँगको समन्वय र सहयोगमा पक्राउ गरी नेपाल ल्याउन नेपाल प्रहरी सक्रिय छ । यस कार्यलाई पछिल्लो समय उच्च प्राथमिकताका साथ तिव्रता दिएको छ । हालसम्म युएईबाट १९ जना, कतारबाट ९ जना, साउदी अरेबियाबाट ३ जना, भारत  र कुबेतबाट ३/३ जना, मलेसिया/मकाउ र चीनबाट २/२ जना र थाइल्याण्ड/क्यानडा/युएसए/पोर्चुगल तथा बहराईनबाट १/१ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी नेपाल फिर्ता ल्याएको   छ । यसैगरी नोटिस तथा डिफ्युजन जारी भएका ४ जनालाई नेपालमा नै पक्राउ गर्न नेपाल प्रहरी सफल भएको छ । पक्राउ पर्नेहरूमध्ये कर्तव्य ज्यान, ठगी, अपहरण, डकैती, वन्यजन्तु अपराध, बैंकिङ कसूर, सुन तस्करी, संगठित अपराध, कीर्ते, लागूऔषध ओसारपसार, साईबर अपराध, वैदेशिक रोजगार ठगी, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार लगायत मुद्दाका फरार प्रतिवादी रहेका    छन् । ती प्रतिवादीहरूलाई कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याउने गरिएको छ ।        वारेन्ट जारी भएका फरार अभियुक्तहरूको खोजीका लागि रेड नोटिस, वारेन्ट जारी नभएका तथा अनुसन्धान कै क्रममा रहेका फरार अभियुक्तहरूको खोजीका लागि डिफ्युजन नोटिस, सनाखत नभएका मानव शवको पहिचान गर्नका लागि ब्ल्याक नोटिस, हराएका मानिसहरूको अन्तर्राष्‍ट्रिय स्तरमा खोजी कार्यका लागि एल्लो नोटिस, अपराधीले अपराध गर्न प्रयोग गरेका हतियार, बिष्‍फोटक प्रदार्थ तथा खतराजन्य अन्य चिजबस्तु लुकाएको स्थानको बारेमा जानकारी दिन ओरेन्ज नोटिस, आपराधिक कार्यविधिको बारेमा जानकारी दिन पर्पल नोटिस, व्यक्तिको आपराधिक क्रियाकलापकबाट सार्वजनिक सुरक्षामा हुनसक्ने सम्भावित खतराको बारेमा जानकारी गराउन ग्रीन नोटिस तथा अपराधमा संलग्न व्यक्तिको खोजतलास तथा जानकारी प्राप्त गर्न ब्लु नोटिस जारी हुने गर्छ । फरार प्रतिवादी पक्राउ सम्बन्धमा प्रहरी नायव महानिरीक्षक ढकाल भन्नुहुन्छ, “नेपालमा अपराध गरेर विश्वको जुनसुकै कुनामा गएपनि इन्टरपोलको सहयोगमा नेपाल प्रहरीले छोड्दैन ।”सन् १९२३ मा स्थापना भएको इन्टरपोलमा हाल १ सय ९६ सदस्य राष्ट्रहरू छन् । नेपाल इन्टरपोलको १०० औँ सदस्य राष्ट्र   हो । हरेक सदस्य राष्‍ट्रमा विश्‍वभरिका सदस्य राष्‍ट्रहरूसँग सम्पर्क गर्न एक सम्पर्क केन्द्र स्थापना गरिएको हुन्छ, जसलाई नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी) भनिन्छ । नेपाल प्रहरी संगठनका प्रहरी प्रमुखले हेड अफ एनसिबीको भूमिका निर्वाह गर्ने व्यवस्था रहेको छ । हाल प्रहरी महानिरिक्षक बसन्त बहादुर कुँवर इन्टरपोल नेपालका प्रमुख रहनुभएको छ । 

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा लैंगिक हिंसा एवम् लागूऔषध दुर्व्यसन विरूद्ध प्रभातफेरी र सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८०-१०-२०

कास्की, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा लैंगिक हिंसा तथा लागूऔषध दुर्व्यसन विरूद्ध प्रभातफेरी र सचेतनामूलक कार्यक्रम शनिबार सम्पन्न भएको छ ।   नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्की एवम् सामुदायिक सेवा केन्द्रहरूको समन्वयमा आयोजित उक्त कार्यक्रमको सुरूमा विभिन्न विद्यालय, आमा समुह, युवा क्लव तथा अन्य सरोकारवाला निकायहरुका प्रतिनिधिहरुको सहभागितामा लैंगिक हिंसा तथा लागूऔषध दुर्व्यसन सम्बन्धी विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेट, व्यानर, भजन, बाजा र झाँकीसहितको प्रभातफेरी र्‍याली पोखराको मानव अधिकार चोक प्रस्थान भई पोखरा महानगरपालिका-४ कुमुदिनि होम्स बोर्डिङ स्कुलको सभाहलमा आएर औपचारिक कार्यक्रमा परिणत भएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले  लैंगिक हिंसा र लागूऔषध दुर्व्यसन सामाजिक समस्याको रूपमा रहिरहेको र यसलाई निर्मुल पार्न आफू गम्भीर रूपमा लागि परिरहेको बताउनुभयो । समाजबाट लागूऔषध दुर्व्यसन निस्तेज गर्न लागूऔषधको असर र समस्या सम्बन्धी शिक्षा प्रदान गर्नु नै प्रमुख उपाय भएको उल्लेख गर्दै यस कार्यमा नेपाल प्रहरीले निभ्याएको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । साथै लागूऔषधको दुरूपयोग गर्ने र समाजमा अराजकता पैदा गरी अन्य हिंसा निम्त्याउनेलाई बिना हिचकिचावट कानूनी कारवाही गर्न समेत उहाँले निर्देशन दिनुभयो । नेपाल प्रहरी श्रीमती संघले देशभर गरेका सचेतनामूलक कार्यक्रमहरु अत्यन्तै प्रभावकारी रहेको समेत उहाँले बताउनुभयो ।उक्त प्रभातफेरी तथा सचेतनामूलक कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाको विशिष्ट आतिथ्यता तथा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवर, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बिकासराज खनालको विशेष आतिथ्यता रहेको थियो ।कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक श्रवण कुमार बिकले कास्कीमा लागूऔषध दुर्व्यसनी तथा लैंगिक हिंसाको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो भने पोखरा थियटरको तर्फबाट जनचेतनामूलक नाटक, राष्ट्रिय प्रज्ञा प्रतिष्ठान पोखराको तर्फबाट जनचेतनामूलक सारङ्गीको गित र विभिन्न नृत्यहरू प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्नुभएको थियो भने नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशकी अध्यक्ष कमला खनालले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । 

सुशासन, सामाजिक न्याय र समृद्धिका लागि सुरक्षा व्यवस्था सुदृढ गर्न आवश्यक : उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ
२०८०-१०-१९

काठमाडौं, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल सरकारले लिएको “सुशासन, सामाजिक न्याय र समृद्धि” को लक्ष्य हासिल गर्न स्थानीय प्रशासन र सुरक्षा संयन्त्रको प्रभावकारी परिचालन महत्वपूर्ण आधार भएकोले नागरिक सरोकारका सेवाको प्रभावकारी व्यवस्थापन गर्दै राज्यले लिएको आर्थिक, सामाजिक र भौतिक विकासको लक्ष्य पूरा गर्न सुरक्षा व्यवस्था सुदृढ गर्न आवश्यक रहेको बताउनुभएको छ । नेपाल सरकार गृह मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशको आयोजनमा विद्यमान सुरक्षा अवस्था, समस्या तथा चुनौति र आगामी कार्यभार लगायतका विषयमा शुक्रबारदेखि पोखरामा सुरु भएको गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८० को उद्‍घाटन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले उक्त कुरा बताउनुभएको हो । गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने कार्यमा सुरक्षा तथा राज्यका सबै निकायहरुको अहम् दायित्व रहेको बताउँदै संविधान र कानुनले व्यवस्था गरे बमोजिम मात्र निर्दिशत हुने, संस्थागत एवं व्यावसायिक समन्वय र सहकार्यलाई प्रवर्धन गर्ने, सामूहिक एवम् व्यक्तिगत जवाफदेहिताको संस्कृति निर्माण गरी नागरिक पहिले भन्ने सिद्वान्त अनुकूल कार्य गर्न उहाँले निर्देशन दिनुभयो । संघीय व्यवस्थाको कार्यान्वयन सँगै नयाँ नयाँ अवसर तथा चुनौतिहरू देखापरेको बताउँदै गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “शासकीय प्रणाली तथा प्रविधिमा हुने परिवर्तनले सामाजिक जीवनका विविध आयामहरूमा समेत प्रभाव पारेको हुन्छ जसलाई सुरक्षाका दृष्टिकोणबाट हेर्‍यो भने हिजोका समस्या, सम्भावना तथा चुनौतिहरु आज नहुन सक्छन् वा भिन्न रुपमा प्रकटित हुन सक्दछन् त्यसैले हाम्रा नीति, कार्यक्रम, आन्तरिक क्षमता समेत त्यसै अनुरुप निरन्तर समायोजन गर्दै जानुपर्ने आवश्यकता रहन्छ ।” तहगत सरकारका निकायहरू बीचको समन्वय बढाउँदै स्थानीय प्रशासन र सुरक्षा निकायको परिचालनलाई थप प्रभावकारी बनाउन यस प्रकारका अन्तरक्रियात्मक कार्यशाला गोष्ठीको विशेष महत्व हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।गृह प्रशासनको पहिलो प्राथमिकता एवम् नागरिकको प्रमुख अपेक्षा सुशासन, शान्ति र सामाजिक सुव्यवस्था कायम नै रहेको उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले सुशासन, स्थिरता र विकासका लागि मन्त्रालयले प्रदेश तथा स्थानीय सरकारको सहकार्यमा निरन्तर कार्य गरिरहेको बताउनुभयो । स्थानीय प्रशासन तथा सुरक्षा निकायले समयमै सूचना संकलन विश्लेषण गर्ने र वित्तीय प्रकृतिका उजुरी गुनासोको पूर्ण सकृयताकासाथ फछ्यौट गरी कानुनी कारवाहीलाई अगाडि बढाउन उच्च प्राथमिकता दिई कार्य गर्नुपर्ने उहाँको भनाइ छ ।गृहमन्त्री श्रेष्ठले लागू औषध दुरुपयोग नियन्त्रण, प्राकृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण साना हातहतियारको अवैध ओसारपसार नियन्त्रण गैर व्यावसायिक कृयाकलापको नियन्त्रण गरी उपभोक्ता र सर्वसाधारणको हित संरक्षण समेत उत्तिकै महत्वपूर्ण विषय भएकोले यो क्षेत्रहरूमा समेत योजनावद्व रुपमा कार्ययोजना बनाई कार्य गर्न आग्रह गर्नुभयो । गण्डकी प्रदेशस्तरिय सुरक्षा गोष्ठीबाट यस प्रदेशको विषयमा केन्द्रित भई राष्ट्रियस्तरमा समेत शान्ति, सुशासन र स्थिरताको लागि उपयोगी हुने सुझाव, रणनीति र कार्ययोजना निर्माण हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा भारतसँग र चीनसँग जोडिने सीमा नाका रहे पनि त्यसको अपेक्षित लाभ लिन नसकिएको उल्लेख गर्दै संघीयताको कार्यान्वयन गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो । गण्डकी प्रदेश विपद् जोखिमयुक्त प्रदेश पनि भएको बताउँदै उहाँले विपद् जोखिमको सामना गर्न सुरक्षाकर्मीलाई त्यही किसिमको साधनस्रोत आवश्यक हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।गोष्ठीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले गुण्डागर्दी, अराजक भीड र सामाजिक अपराध नियन्त्रण गर्नु अहिलेको अर्को सुरक्षा चुनौति भएको उल्लेख गर्दै सामाजिक सञ्जालको दुरूपयोग गरी धार्मिक तथा जातीय अतिवाद बढाउने तथा सहिष्णु समाजको सदभावमा विग्रह ल्याई निहित स्वार्थ पूरा गर्ने गतिविधि नियन्त्रण गर्ने स्पष्ट कार्ययोजना बनाएमा मात्र प्रहरीलाई सेवा प्रावहमा सहज हुने बताउनुभयो ।   सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गण्डकी प्रदेश अन्तर्गत विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू एवम् प्रदेश अन्तर्गत प्रहरी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको उक्त गोष्ठीमा गृह मन्त्रालयका सचिव दिनेश भट्टराई, प्रदेश सचिव यमुना प्रधान लगायतले गोष्ठी सम्बन्धमा प्रकाश पार्नुभएको थियो । दुई दिवसीय उक्त गोष्ठी शनिबार सम्पन्न हुनेछ ।

सवारी दुर्घटनामा कमी गर्न सबै सरोकारवाला निकाय जिम्मेवार हुन आवश्यक
२०८०-१०-१८

काठमाडौं, देशभर सवारी दुर्घटनाबाट विभिन्न समयमा ठूलो धनजनको क्षति हुने गरेको छ । तीव्र गति, ओभरटेक लगायतका कारण हुने  त्यस्ता दुर्घटनाबाट हुने धनजनको क्षति न्यूनिकरण गर्न, सुरक्षित र सहजीकरण गर्न नेपाल प्रहरी चौबिसै घण्टा खटिएको छ । चेतनामूलक कार्यक्रम, चेकिङ लगायत सडक व्यवस्थापनसँग सम्बन्धित सबै निकायहरूसँग समन्वयको साथै कानून बमोजिम गर्नुपर्ने सबै काम प्रहरीले गरिरहेको छ । नेपाल प्रहरीको सक्रियताको कारण दुर्घटना संख्या घट्दै गएको र ट्राफिक नियम उल्लंघन गर्ने क्रम कम भएको छ । यसलाई अझै न्यूनिकरण गर्दै धनजनको क्षति हुनबाट जोगाउन सरोकारवाला सबै निकाय जिम्मेवार हुन आवश्यक छ ।  यस आर्थिक वर्ष २०८०/०८१ को गत साउनदेखि पुस महिनासम्म देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १ हजार १ सय ३७ जनाको मृत्यु भएको छ । तीमध्ये ८ सय ५४ जना पुरूष, २ सय ९ जना महिला, ५० जना बालक र २४ जना बालिका रहेका छन् । साथै ती दुर्घटनामा परी १६ हजार ३३५ जना घाइते भएका थिए । घाइतेमध्ये ३ हजार २१३ जना गम्भीर र १३ हजार १२२ जना सामान्य घाइते भएका थिए । सडक विस्तार, कतिपय स्थानमा सडक मर्मत र गाडी थपिदै गईरहेको अवस्थाले गर्दा दुर्घटना निम्त्याउने गर्दछ । दुर्घटना न्यूनिकरण गर्ने सम्बन्धमा चालिएका कदमबारे नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ , “ डिजिटल प्रविधि, सिसिटिभि, ट्राफिक लाईट, मापसे चेकिङ लगायतका अवयब थप गर्ने विषयमा हाम्रो चासो छ, जसले अझै राम्रो किसिमले दुर्घटना नियन्त्रण गर्न सकिन्छ । सरोकारवाला सबै निकायले आ-आफ्नो जिम्मेवारी पूर्णरूपमा ईमानदार भई काम गरेमा दुर्घटनामा कमी ल्याउन सहज हुने हाम्रो अपेक्षा छ ।” सो अवधिमा देशभर १२ हजार ८५६ वटा सवारी दुर्घटना भएका थिए । जसमध्ये काठमाडौं उपत्यकामा ५ हजार ८६५ वटा, कोशी प्रदेशमा १ हजार ६३९ वटा, मधेश प्रदेशमा ३ हजार १९० वटा, बागमती प्रदेशमा ७ सय ६ वटा, गण्डकी प्रदेशमा १ सय ९५ वटा, लुम्बिनी प्रदेशमा ६ सय ६ वटा, कर्णाली प्रदेशमा ४ सय ९५ वटा र सुदूरपश्चिम प्रदेशमा १ सय ६० वटा सवारी दुर्घटना भएका थिए । दुर्घटनामा ८ सय ७४ वटा ट्रक/ट्याङकर, २ सय १३ वटा टिपर, ३५ वटा डोजर/ लोडर/ स्काभेटर, १ हजार ४९६ वटा बस, २ सय ९४ वटा माइक्रोबस, ४ हजार ६२५ वटा जिप/कार, ३ सय २४ वटा ट्याक्टर, ७ सय ४१ वटा टेम्पो, ११ हजार ४० वटा  मोटरसाइकल, ७ सय ९९ वटा शारीरिक शक्तिले चल्ने र ५८ वटा अन्य गरी जम्मा २० हजार ४ सय १९ वटा सवारी साधनहरू संलग्न रहेका थिए । दुर्घटनामा १० हजार ३५३ वटा सवारी साधनहरू क्षति भएका छन् ।  तथ्याङ्क विश्लेषण गर्दा सबै भन्दा बढि दुर्घटना काठमाडौं उपत्यकामा र सबै भन्दा कम सुदूरपश्चिम प्रदेशमा भएका थिए भने सबै भन्दा बढि मोटरसाइकल दुर्घटनामा परेका छन् । तीव्र गतिमा गुड्ने सवारी साधनहरू बढि दुर्घटनामा परेको देखिन्छ । तीव्र गति लगायत दुर्घटनाका विविध कारणहरू छन् । सो अवधिमा तीव्र गतिको कारण ५ हजार ६४० वटा, बाटो काट्दा यात्रुको कारण ७ सय ५६ वटा, मापसे ६ सय ९४ वटा, ट्राफिक नियम उल्लंघन ५ सय ७४ वटा, सवारी चालक अनुमतिपत्र प्राप्त नभएको ४ सय ६० वटा, ओभरटेक ३ सय ५३ वटा लगायत ओभरलोड, ब्रेक फेल, मोबाइल फोन प्रयोग, यान्त्रिक गडबडी, झुण्डीएर यात्रा जस्ता प्रमुख कारणले समेत सवारी दुर्घटना भएका छन् । साथै जीर्ण सडक, कच्ची सडक, उकालो ओरालो, साघुँरो सडक, हुस्सु कुहिरो, बाढि पहिरो र चौपायको कारण समेत दुर्घटना हुने गरेको छ । दुर्घटना न्यूनिकरण गर्नेबारे प्रहरी नायव महानिरीक्षक ढकाल भन्नुहुन्छ, “नेपाल प्रहरीले ट्राफिक चेकिङलाई तीव्र बनाउने, सवारी नियम पालना गराउन सचेतनामूलक कार्यक्रम संचालन गर्ने, नियम उल्लंघन गर्ने सवारी चालकलाई कारवाही तथा जरिवाना गर्ने गरेको छ । दुर्घटनाबाट हुने जनधनको क्षतिबाट गम्भीर असर पर्छ । त्यसैले दुर्घटना न्यूनिकरणको लागि नेपाल प्रहरीले कडाईका साथ ट्राफिक व्यवस्थापनमा जोड दिँदै आएको छ ।” यसले ट्राफिक सम्बन्धी सचेतना जनमानसमा पुर्‍याउन र दुर्घटनाबाट बच्न मद्दत पुगेको उहाँले बताउनुभयो । सो अवधिमा बिहान ६ देखि दिउँसो १२ बजेसम्म ३ हजार ४७ वटा, दिउँसो १२ देखि साँझ ६ बजेसम्म ४ हजार ९५९ वटा, साँझ ६ देखि राति १२ बजेसम्म ४ हजार २६१ वटा र राति १२ देखि बिहान ६ बजेसम्म ५ सय ८१ वटा दुर्घटना भएको देखिन्छ । ८ वटा दुर्घटनाको समय खुल्न सकेको छैन् । दुर्घटना बढि हुने समयमा ट्राफिक चेकिङको संख्या थप गरिने गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्ट भन्नुहुन्छ, “ दुर्घटनाबाट हुने क्षति गम्भीर छ । यसको न्यूनिकरणको लागि ट्राफिक प्रहरीले बढि दुर्घटना हुने स्थानमा चेकिङ बढाउने र सचेतनामूलक चिन्हहरू राख्ने लगायतका कामहरू निरन्तर रूपमा गरिरहेको छ ।”     

सवारी चालक उन्नत (यान्त्रिक ज्ञान) तालिम शुरू
२०८०-१०-१६

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा १६ औं समूहको सवारी चालक उन्नत (यान्त्रिक ज्ञान) तालिम संचालन भएको छ ।उक्त तालिमको सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले महाशाखामा मंगलबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । प्रहरी निरीक्षक ई. अशोक केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ३० कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक निरीक्षक ३ जना, प्रहरी वरिष्ठ हवल्दार ३ जना, प्रहरी हवल्दार ४ जना, प्रहरी सहायक हवल्दार ६ जना र प्रहरी जवान १४ जना गरी जम्मा ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो । 

पर्यटन क्षेत्रको विकासका निम्ति पहिलो र आधारभूत सर्त नै सुरक्षा- मन्त्री सुदन किराती
२०८०-१०-१२

काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री सुदन किरातीले देशको आर्थिक विकासको सम्भावनाको क्षेत्र पर्यटन भएकोले पर्यटन क्षेत्रको विकासका निम्ति पहिलो र आधारभूत सर्त नै सुरक्षा भएको बताउनुभएको छ । पर्यटनको विकासमा सुरक्षा भएपछि मात्रै सम्रग पर्यटन क्षेत्रको विकासको अनुभूति गर्न सकिने समेत उहाँले चर्चा गर्नुभयो । नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा शुक्रबार आयोजित “४५औं पर्यटक प्रहरी दिवस, २०८०” समारोहलाई सम्बोधन गर्दै मन्त्री किरातीले उक्त कुरा बताउनुभएको हो ।  समारोहमा मन्त्री किरातीले पर्यटन क्षेत्र तथा पर्यटक प्रहरी कार्यमा विशेष योगदान पुर्‍याउने विभिन्न संघसंस्थाका व्यक्तित्वहरूलाई सम्मान-पत्र प्रदान गर्नुभयो ।   सो अवसरमा मन्त्री किरातीले पर्यटकको साथी पर्यटक प्रहरी भएको चर्चा गर्दै पर्यटकको सुरक्षाका साथसाथै देशको कानून अनुसार पर्यटकले गर्ने गतिविधि बारेमा सचेत गराउन पर्यटक प्रहरीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । पर्यटन क्षेत्रबाट रोजगारी सिर्जना गरी आर्थिक विकास गर्दै सुन्दर र सम्वृद्ध समाज निर्माण गर्न सबै आवद्ध सरोकारवाला निकायहरू अग्रसर हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।  कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई नगद तथा प्रशंसापत्र प्रदान गर्नुभयो । सोही अवसरमा प्रहरी महानिरीक्षक कुँवरले पर्यटक प्रहरीले विगत लामो समयदेखि देशका विभिन्न पर्यटकीय क्षेत्रहरूमा पर्यटकहरूको सेवा सुविधा र गुनासो व्यवस्थापनको लागि गर्दै आएको कार्य सराहनीय रहेको चर्चा गर्दै आगामी दिनमा सेवा प्रवाहको स्तर अझ बढाउँदै लैजान यसमा आवद्ध प्रहरी कर्मचारीहरू कृतसंकल्पित रहनु पर्ने बताउनुभयो । अतिथि देवो: भव: को मन्त्रलाई आत्मसाथ गर्दै उच्च व्यावसायिकता र निष्ठाका साथ आगामी दिनमा समेत नेपाल प्रहरीको मात्र नभई नेपालकै ईज्जत वृद्धि गर्ने लक्ष्य सहित आफ्नो कर्म निदृष्ट गर्न पर्यटक प्रहरीमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूमा उहाँले विशेष अनुरोध गर्नुभयो ।   नेपाल सुन्दर मात्र हैन सुरक्षति पनि छ भनेर विश्वमाझ चिनाउन सके हाम्रो पर्यटन क्षेत्रमा थप आकर्षण पैदा हुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, ‘हाम्रो उद्देश्य, नेपाल भ्रमणमा पाल्नु हुने कुनै पनि विदेशी पाहुना लगायत आन्तरिक पर्यटनमा रमाउने हाम्रा स्वदेशी नागरिकहरूले कतै नकारात्मक अनुभव गर्न नपरोस् र उहाँहरूलाई आइपर्ने समस्याहरूको व्यावसायिक समाधान होस् भन्ने नै हो ।’  उक्त समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा.दिपक काफ्ले र होटल व्यवसायी संघ नेपालका अध्यक्ष विनायक शाहले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । संस्कृति पर्यटन विभागका महानिर्देशक चक्र बहादुर बुढाले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै उहाँहरूले पर्यटक प्रहरी दिवसको अवसरमा आयोजित टेबलटेनिस प्रतियोगिताका उत्कृष्ट प्रहरी कर्मचारीहरूलाई मेडल तथा प्रमाण-पत्र समेत प्रदान गर्नुभयो ।   कार्यक्रममा पर्यटक प्रहरीको गतिविधी समेटिएको वृत्तचित्र प्रर्दशन तथा नेपाल प्रहरी संगीत विद्यालयबाट सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो ।  कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरु लगायत पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

ईलाका प्रहरी कार्यालय बगनाह भुरिगाउँको नवनिर्मित भवनहरू उद्‍घाटन
२०८०-१०-१०

 बर्दिया, प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले ईलाका प्रहरी कार्यालय बगनाह भुरिगाउँ बर्दिया परिसरमा नवनिर्मित कार्यालय, ब्यारेक, हिरासत कक्ष तथा भान्साघर लगायतका भवनहरूको मंगलबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन  गर्नुभयो । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको निरीक्षण समेत गर्नुभयो ।कार्यक्रममा प्रहरी नायव महानिरीक्षक कडायतले भवन निर्माणको कार्यलाई त्रुटीरहित तवरले सम्पन्न गर्ने ईन्द्रधनु अछाम निर्माण सेवा टिकापुरका प्रतिनिधि बाँधुराम चौधरी र लुम्बिनी प्रदेश प्रहरी कार्यालय आवास तथा भौतिक शाखाका प्रहरी वरिष्ठ नायव निरीक्षक श्याम बहादुर बलायरलाई प्रशंसापत्र प्रदान गर्नुका साथै जिल्ला भरी उत्कृष्ट कार्य गर्ने २० जना प्रहरी कर्मचारीहरूलाई नगद पुरस्कार समेत प्रदान गर्नुभयो ।उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक कडायतले स्रोत साधन र संरचनाहरूको अभावमा समेत कुनै सम्झौता नगरी नेपाल प्रहरीले आफ्ना जिम्मेवारी पूरा गर्दै आइरहेको उल्लेख गर्दै नवनिर्मित संरचनाहरूले प्रहरीलाई थप हौसला, उर्जा र मनोवलका साथ व्यावसायिक तवरले स्तरीय सेवा प्रवाह गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।लुम्बिनी प्रदेश सरकारको नियमित बजेटबाट कुल ३ करोड ७८  लाख ४१ हजार ७९ रूपैयाँ  लागतमा उक्त भवनहरू निर्माण कार्य सम्पन्न भएको हो ।साथै सोही अवसरमा प्रहरी नायव महानिरीक्षक कडायतले बर्दिया जिल्लास्थित प्रहरी कार्यालयका कार्यालय प्रमुख, तथा प्रहरी अधिकृत एवम् जवानहरूलाई शान्ति सुरक्षा तथा अपराध अनुसन्धानमा आफ्नो व्यवसायिकता प्रदर्शन गर्न, प्रमाणमुखी अनुसन्धान गर्न, प्रहरीको आचरण र व्यवहारमा सुधार ल्याउनु पर्ने लगायतका विषयमा निर्देशन समेत दिनुभयो ।

अपराध अनुसन्धान समीक्षा गोष्ठी सम्पन्न
२०८०-१०-०८

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको आयोजनामा संचालन भएको एक दिवसीय ‘अपराध अनुसन्धान समीक्षा गोष्ठी-२०८०’ सोमबार सम्पन्न भएको छ । गोष्ठी समापन समारोहलाई सम्बोधन गर्दै नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले यस गोष्ठीको दौरान प्राप्त तथ्य र तथ्याङ्कका साथै अनुसन्धान कर्ता र सरकारी वकिल समेतको प्रत्यक्ष रुपमा अभिव्यक्त बुझाई र अनुभवले अपराध अनुसन्धानको आगामी योजना निर्माणका लागि महत्वपूर्ण हुने अपेक्षा रहेको बताउनुभयो ।   प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले यस गोष्ठीले अपराध अनुसन्धानको सवल पक्षहरूलाई उत्कृष्ट अभ्यासको रुपमा कार्यान्वयन गर्ने, देखिएका समस्या र चुनौतीलाई योजनाबद्ध रूपमा सम्बोधन गरी आगामी रणनीति र योजना निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । अपराध नियन्त्रण र अनुसन्धानमा बहुपक्षिय सहयोग र समन्वय आवश्यक भएकोले केन्द्र, प्रदेश, जिल्ला र ईलाका तहसम्मले सबैबाट सहयोग प्राप्त गर्न पहल गर्ने अपेक्षा रहेको उहाँले बताउनुभयो । गोष्ठीमा महान्यायाधिवक्ताको कार्यालय, सरकारी वकिल कार्यालय, सहकारी विभाग, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, मानव बेचबिखन अनुसन्धान व्यूरो, लागूऔषध नियन्त्रण व्यूरो, साइबर व्यूरो, केन्द्रीय अनुसन्धान व्यूरो, जिल्ला प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरका प्रतिनिधीहरूले अपराध अनुसन्धानको अवस्था, अनुसन्धानमा देखिएका चुनौतीहरू लगायतका विषयवस्तुमा प्रस्तुतीकरण गर्नुभएको थियो । उक्त गोष्ठीमा अपराध अनुसन्धानमा देखिएका समस्या र त्यसका समाधान लगायतका विषयवस्तुहरूमा विस्तृत छलफल गरिएको थियो ।कार्यक्रममा सहन्यायाधिवक्ताहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो । 

INTERPOL Project SOTERIA परियोजना अन्तर्गत संचालित दुई वटा प्रशिक्षण कार्यक्रम सम्पन्न
२०८०-१०-०५

 काठमाडौं, इन्टरपोल महासचिवालयद्वारा INTERPOL Project SOTERIA परियोजना अन्तर्गत संचालित दुई वटा प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएका छन् ।  नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित दुई छुट्टाछुट्टै कार्यक्रम बिच उक्त प्रशिक्षण समापन गरिएको हो । साथै उहाँले दुवै प्रशिक्षणमा सहभागीहरूलाई प्रमाणपत्र समेत प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले विभिन्न एजेन्सीहरू बिचको सहकार्य महत्त्वपूर्ण रहेको चर्चा गर्दै यी प्रशिक्षणले विचार र अभ्यासहरूको आदान प्रदान गर्नुका साथै सहयोगी भावनालाई थप प्रगाढ बनाउने बताउनुभयो । अन्तर्राष्ट्रिय र संगठित अपराध विरूद्धको लडाइँमा संयुक्त प्रयासको आवश्यकता छ र त्यस्ता पहलहरू मार्फत बढाइएको सहकार्यले नेपाललाई मात्र नभई इन्टरपोलका सबै सदस्य राष्ट्रहरूलाई पनि फाइदा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । यस्ता अन्तर-संगठनात्मक प्रशिक्षण कार्यक्रमहरूले प्रशिक्षार्थीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै कार्यस्थलमा एकता र अनुकूल वातावरण सिर्जना गर्न मद्दत गर्ने उहाँले उल्लेख गर्नुभयो । दातृ निकायमा संलग्न व्यक्तिहरूबाट हुन सक्ने यौनजन्य दुर्व्यवहारको रोकथाम गर्ने प्रयोजनार्थ उक्त परियोजना अन्तर्गत SOTERIA Operational Training for Border Management Officials विषयक र INTERPOL Policing Capabilities Programme (IPCP) विषयक प्रशिक्षण कार्यक्रम माघ २ गतेबाट संचालन भएका थिए ।  उक्त प्रशिक्षणमध्ये त्रिभुवन विमानस्थल कार्यालय गौचरमा संचालन भएको SOTERIA Operational Training for Border Management Officials विषयक प्रशिक्षणमा नेपाल प्रहरीका १३ जना अधिकृतहरू र अध्यागमन विभागका ७ जना अधिकृतहरु गरी जम्मा २० जना र नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा संचालन भएको INTERPOL Policing Capabilities Programme (IPCP) विषयक प्रशिक्षणमा नेपाल प्रहरीका अधिकृतहरु २० जना अधिकृतहरूको सहभागिता रहको थियो । दुवै प्रशिक्षणमा INTERPOL Project Soteria अन्तर्गतबाट ५ जना प्रशिक्षकहरू समेतबाट प्रशिक्षण प्रदान गरिएको थियो ।  

३१ जना प्रहरी कर्मचारीहरूलाई हलुका सवारी चालक तालिम प्रदान
२०८०-१०-०५

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३१ जना प्रहरी कर्मचारीहरूलाई हलुका सवारी चालक तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित हलुका सवारी चालक तालिम २६औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । तालिम समापनको अवसरमा सोही महाशाखामा शुक्रबार आयोजित कार्यक्रममा प्रहरी उपरीक्षक ई. कमलेन्द्र लाल कर्णले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो । प्रहरी उपरीक्षक कर्णले दक्ष सवारी चालकहरूको कमिलाई परिपूर्ति गर्नुका साथै समय सापेक्ष रूपमा नयाँ प्रविधियुक्त सवारी साधनहरूबारे प्रशिक्षार्थीहरूलाई तालिममा ज्ञान, सीप प्रदान गरिएको बताउनुभयो ।  कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक ई. अशोक केसीले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत मंसिर ५ गतेबाट संचालित ४५ कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी सहायक हवल्दार २ जना र प्रहरी जवान २९ जना गरी जम्मा ३१ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो ।  

नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल
२०८०-१०-०३

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाललाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाललाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले बुधबार जनाएको छ । प्रहरी नायव महानिरीक्षक ढकाललाई ९८५१२-९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने छ ।

३० जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान
२०८०-१०-०२

काठमाडौं, नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीले ३० जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही कार्यालयमा ३२औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो । उक्त तालिम समापनका अवसरमा मंगलबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डम्बर बहादुर बिकले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो । उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक बिकले तालिमले प्रशिक्षार्थीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई उपयोग गरेमा कार्यक्षेत्रमा काम गर्न सहज हुने बताउनुभयो ।  कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक राम कुमार यादवले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गत मंसिर ४ गतेदेखि संचालित उक्त तालिममा प्रहरी सहायक निरीक्षक ३ जना, प्रहरी सहायक हवल्दार ३ जना र प्रहरी जवान २४ जना गरी जम्मा ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो । 

जेष्ठ नागरिक लक्षित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
२०८०-०९-२८

काठमाडौं, प्रहरी कर्मचारीका परिवारका जेष्ठ नागरिक (बुवा/आमा) लक्षित नेपाल पुलिस हेल्थ क्लब भृकुटीमण्डपमा नि:शुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमती संघको आयोजना र नेपाल प्रहरी अस्पताल महाराजगंजको प्राविधिक सहयोगमा उक्त शिविर संचालन गरिएको हो ।उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले शिविरमा सहभागी जेष्ठ नागरिकहरूलाई सम्मान समेत गर्नुभयो । सो अवसरमा उहाँले देश र नागरिकको सेवामा तल्लीन रहँदा कार्यव्यस्तताको कारण प्रहरी कर्मचारीहरूले आफ्ना बुवाआमाको हेरचाह तथा स्वास्थ्य उपचारमा उचित समय दिन नसक्दा स्वास्थ्यमा पर्न सक्ने असरलाई हृदयङ्‍गम गरी स्वास्थ्य शिविर संचालन गरिएको बताउनुभयो । स्वास्थ्य समस्याको पहिचान भई स्वास्थ्य उपचार प्राप्त गरी रोग निधानको लागि शिविरले टेवा पुर्‍याउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।शिविरमा नेपाल प्रहरी अस्पतालका विशेषज्ञ चिकित्सक तथा प्राविधिक कर्मचारीहरूबाट प्रहरी कर्मचारीका परिवारका कुल २५ जना जेष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधिहरू समेत वितरण गरिएको थियो ।

प्रहरी जवान आधारभूत तालिमका ५२ जना प्रहरी जवान दीक्षित
२०८०-०९-२३

काठमाडौं, प्रहरी जवान आधारभूत तालिमका ५२ जना प्रहरी जवान सोमबार दीक्षित भएका छन् । नेपाल प्रहरी शिक्षालय भरतपुरको तत्वावधानमा नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपनमा संचालित २-६ समूहको तालिममा सहभागी उनीहरू दीक्षित भएका   हुन् ।   नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपनमा आयोजित दीक्षान्त समारोहमा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी नायव महानिरीक्षक विकास राज खनालले विभिन्न विधामा उत्कृष्ट प्रशिक्षार्थीहरूलाई पुरस्कार प्रदान गर्नुभयो ।  दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक खनालले तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा प्रयोग गरी आम नागरिकले उत्कृष्ट प्रहरी सेवाको अनुभूति गर्न सक्ने गरी कार्य गर्न प्रशिक्षार्थीहरूलाई निर्देशन दिनुभयो । शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धान, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन लगायतका मुख्य जिम्मेवारीका साथै राज्यले सुम्पिने विशेष जिम्मेवारीहरू पूरा गर्ने कार्यमा प्रहरी जवान नेपाल प्रहरी संगठनको मेरूदण्डको रूपमा रहेको चर्चा गर्दै प्रहरी नायव महानिरीक्षक खनालले कार्यक्षेत्रमा प्रहरी जवानले बोल्ने बोली र व्यवहारले समग्र संगठनको प्रतिनिधित्व गर्ने हुनाले उनीहरूको बोली र व्यवहार अत्यन्त विनम्र एवम् व्यवसायिक हुनुपर्नेमा जोड दिनुभयो । समारोहमा नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदलका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले शब्द उच्चारणबाट प्रशिक्षार्थीहरूलाई शपथ ग्रहण गराउनुका साथै धन्यवाद ज्ञापन समेत गर्नुभएको थियो । तालिम संयोजक प्रहरी नायव उपरीक्षक रेमश बहादुर पालले स्वागत मन्तव्य एवम् तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गत २०७९ फागुन १५ गतेदेखि संचालित २३४ कार्यदिन अवधिको उक्त तालिममा ५२ जना प्रशिक्षार्थीहरु दीक्षित भएको जानकारी दिनुभयो । 

अपराध रोकथाम र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अन्तरक्रिया
२०८०-०९-२१

प्युठान, समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अपराध रोकथाम र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि माध्यामिक तहका प्रधानाध्यापकहरूसँग जिल्ला प्रहरी कार्यालय प्युठानमा शनिबार दुई दिवसीय अन्तरक्रिया कार्यक्रम सुरू भएको छ । अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि जिल्ला न्यायाधीश पुनाराम खनालले प्रधानाध्यापक र शिक्षकहरूले समाजमा घट्ने अपराध रोकथाम तथा अनुसन्धानमा प्रहरीलाई सूचना दिई सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । प्रहरीसँग सहकार्य एवम् साझेदारी गरी समाजलाई अपराधरहित बनाउन र न्यायसम्पादनको लागि सहयोग पुर्‍याउन उहाँले अनुरोध समेत गर्नुभयो । जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्य, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्युठानको आयोजना एवम् नेपाल जेसुईट सामाजिक संस्थाको प्राविधिक सहयोगमा दोस्रो समूहको उक्त अन्तरक्रिया कार्यक्रम संचालन गरिएको हो । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्युठानका कार्यालय प्रमुख शिवराज पण्डितको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सेन्टजेभियर्स स्कुल जावलाखेलका प्रधानाध्यापक, प्युठानको मल्लरानी, ऐरावती, गौमुखी, झिमरूक र नौबहिनी गाउँपालिका अन्तर्गतका २७ वटा माध्यामिक विद्यालयका प्रधानाध्यापकहरू र नेपाल जेसुईट सामाजिक संस्थाका निर्देशक समेतको उपस्थिति रहेको थियो ।

कारागारमा रहेका थुनुवाहरूलाई एक दिने नि:शुल्क स्वास्थ्य परीक्षण कार्यक्रम
२०८०-०९-२१

प्युठान, समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कारागार कार्यालय खलंगा प्युठानमा रहेका थुनुवाहरूलाई एक दिने नि:शुल्क स्वास्थ्य परीक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय प्युठान र जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्य तथा अनुरोधमा प्यूठान अस्पताल बिजुवार प्युठानको प्राविधिक सहयोगमा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा महिला ८ जना र पुरूष ८५ जना गरी जम्मा ९३ जना थुनुवाहरूको स्वास्थ्य परीक्षण गरिएको थियो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय प्युठानका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्याल, जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्‍वर थापा लगायत प्युठान अस्पतालका स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।

अपराध रोकथाम र शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०८०-०९-२०

प्युठान, समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय प्युठानमा सञ्चालित दुई दिवसीय अपराध रोकथाम र शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धी अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।  जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्य, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्युठानको आयोजना एवम् नेपाल जेसुईट सामाजिक संस्थाको प्राविधिक सहयोगमा माध्यामिक तहका प्रधानाध्यापकहरूसँग उक्त अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रम समापनका अवसरमा अन्तरक्रियामा सहभागी प्रधानाध्यापकहरूलाई नेपाल जेसुईट सामाजिक संस्थाबाट प्रमाणपत्र प्रदान गरिएको थियो । अन्तरक्रियामा प्युठान र स्वर्गद्वारी नगरपालिका तथा माण्डवी र सरूमारानी गाउँपालिका अन्तर्गतका २९ वटा विद्यालयका प्रधानाध्यापकहरू, सेन्टजेभियर्स स्कुल जावलाखेलका प्रधानाध्यापक, नेपाल जेसुईट सामाजिक संस्थाका निर्देशक एवम् प्रतिनिधिहरू समेतको सहभागिता रहेको थियो । 

अपराध रोकथाम र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रधानाध्यापकहरूसँग अन्तरक्रिया
२०८०-०९-२०

प्युठान, समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अपराध रोकथाम र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि माध्यामिक तहका प्रधानाध्यापकहरूसँग जिल्ला प्रहरी कार्यालय प्युठानमा बिहीबार दुई दिवसीय अन्तरक्रिया कार्यक्रम सुरू भएको छ । अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय प्युठानका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले प्रधानअध्यापक र शिक्षकहरूले अपराधको उजागर गर्ने र अपराध अनुसन्धान तथा कानून कार्यन्वयनमा प्रहरीलाई सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्‍वर थापाले अपराधको रोकथामका लागि सूचना प्रवाह र अनुसन्धान समेतमा प्रधानअध्यापकहरूले विशेष जिम्मेवारी र कर्तव्य निर्वाह गरी प्रहरीलाई सहयोग पुर्‍याउन अनुरोध गर्नुभयो । जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्य, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्युठानको आयोजना एवम् नेपाल जेसुईट सामाजिक संस्थाको प्राविधिक सहयोगमा उक्त अन्तरक्रिया कार्यक्रम संचालन गरिएको हो । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्युठानका कार्यालय प्रमुख शिवराज पण्डितको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्युठान र स्वर्गद्वारी नगरपालिका तथा माण्डवी र सरूमारानी गाउँपालिका अन्तर्गतका २७ वटा विद्यालयका प्रधानाध्यापकहरू, सेन्टजेभियर्स स्कुल जावलाखेलका प्रधानाध्यापक, नेपाल जेसुईट सामाजिक संस्थाका निर्देशक र स्थानीय संचारकर्मीहरू समेतको उपस्थिति रहेको थियो ।  साथै झिमरूक गाउँपालिका-१ बालुवास्थित अमर प्राथमिक विद्यालयमा जिल्ला प्रहरी कार्यालय प्युठानले बिहीबार विद्यालय सम्पर्क कार्यक्रम संचालन गरेको छ । कार्यक्रममा उक्त विद्यालयलाई प्राविधिक शैक्षिक सामग्री टेलिभिजन हस्तान्तरण गरिएको छ । 

प्रहरी कर्मचारीका परिवारका लागि च्याउँ खेती सम्बन्धी स्थलगत तालिम प्रदान
२०८०-०९-१५

प्यूठान, समुदाय-प्रहरी साझेदारी कार्यक्रम अर्न्तगत प्रहरी कर्मचारीका परिवारहरूका लागि सिताके च्याउँ खेती सम्बन्धी स्थलगत तालिम प्रदान गरिएको छ ।  एकिकृत कृषी तथा पशुपंक्षी विकास कार्यालय प्यूठानको आयोजना तथा जिल्ला प्रहरी कार्यालय प्यूठानको समन्वय र सहकार्यमा जिल्ला प्रहरी कार्यालय प्यूठानको प्राङ्गणमा आइतबार उक्त तालिम संचालन गरिएको थियो ।  सो अवसरमा जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्‍वर थापाले यस्ता सीपमूलक तालिमले प्रहरी कर्मचारीका परिवारहरूलाई आयआर्जन तथा आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा एकिकृत कृषी तथा पशुपंक्षी विकास कार्यालय प्यूठानका निमित्त कार्यालय प्रमुख उमेशचन्द्र श्रेष्ठले सिताके च्याँउ खेती सम्बन्धी तालिम नमुनाको रूपमा जिल्लामै पहिलो पटक संचालन गरिएको र यसलाई आगामी दिनमा थप विस्तार गर्ने लक्ष्य लिएको बताउनुभयो । उक्त कार्यक्रममा कृषि अधिकृत केशवराज खनाल र कृषि प्रशिक्षक आमोश चौधरीबाट स्थलगत अनुशिक्षण तथा अभ्यास समेत गराइएको थियो । 

नेपाल पुलिस क्लबलाई नेपाल प्रो क्लब च्याम्पियनसिपको उपाधि
२०८०-०९-१५

काठमाडौं, पर्सा क्रिकेट संघको आयोजनामा वीरगंजमा संचालित नेपाल प्रो क्लब च्याम्पियनसिप टि-२० क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हासिल गरेको छ । वीरगंजस्थित नारायणी रंगशालामा शनिबार भएको फाइनल खेलमा पर्सा-११ लाई १ सय रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लबले उक्त उपाधिसँगै ५ लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।टस जितेर पहिलो ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको थियो । पुलिसका लागि करण केसीले अवजित ४० रनको योगदान गरे । उनले केवल १७ बलमा पाँच छक्का प्रहार गरेका थिए । यसैगरी अर्जुन साउदले २६ रन, शंकर राणाले १९ रन, ओपनर दिलीप नाथले १७ रन, कप्तान आरिफ शेखले १६ रन, अमित श्रेष्ठले ७ रन, रशिद खानले ७ रन, सुनिल धमलाले २ रन, शेर मल्लले १ रन र सागर ढकालले १ रनको योगदान दिएका थिए ।  १ सय ४६ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पर्सा-११ ले ११ ओभरमा अलआउट हुँदै केवल ४५ रन मात्रै बनाएको थियो । बलिङतर्फ नेपाल पुलिस क्लबका बलर सागर ढकाल एक्लैले चार विकेट लिए । यसैगरी ललित राजवंशी र रासिद खानले दुई/दुई विकेट लिए भने करण केसी र शेर मल्लले समान एक/एक विकेट लिए । फाइनल खेलमा नेपाल पुलिस क्लबका करण केसी म्यान अफ द म्याच घोषित भए । 

नेपाल प्रहरी श्रीमती संघ र नोबेल अस्पताल विराटनगरबीच सम्झौता
२०८०-०९-०२

मोरङ, नेपाल प्रहरी श्रीमती संघ र नोवेल मेडिकल कलेज टिचिङ अस्पताल बिराटनगरबीच नेपाल प्रहरीका कर्मचारी तथा आश्रित परिवारलाई उपचार सेवामा २५ प्रतिशत छुट दिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।नेपाल प्रहरी श्रीमती संघको तर्फबाट संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुवँर र उक्त अस्पतालको तर्फबाट अस्पतालका प्रबन्ध निर्देशक ईन्दिरा शर्मा (बराल)ले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सोमबार आयोजित कार्यक्रममा उक्त सम्झौता-पत्रमा हस्ताक्षर गर्नुभयो । सो अवसरमा संघकी अध्यक्ष कुँवरले प्रहरी कर्मचारीहरू र आश्रित परिवारहरूको स्वास्थ्यमा पहुँच पुर्‍याउने उद्देश्यले सम्झौता गरिएको उल्लेख गर्दै यसले सकल दर्जाको मनोवल उच्च भई शान्ति सुरक्षा कार्यमा थप सहजता प्रदान हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नोवेल मेडिकल कलेजकी प्रवन्ध निर्देशक इन्दिरा शर्मा (बराल)ले सामाजिक उत्तरदायित्व बहन गर्दै जनताको सुरक्षामा खटिने नेपाल प्रहरीका कर्मचारीहरुलाई उपचारमा सहुलियत उपलब्ध गराईएको र आगामी दिनमा दुवै पक्षको समन्वय र सहकार्यमा सहुलियतमा थप गर्दै लगिने लक्ष्य रहेको बताउनुभयो ।नेपाल प्रहरीका बहालवाला कर्मचारीहरू तथा आश्रित परिवार सदस्यहरू (आमा, बुवा, श्रीमान वा श्रीमती, अविवाहित छोरा, छोरीहरू) लाई उपचारको क्रममा बहिरङ्ग विभागमा उपचार गराउँदा बिरामी दर्ता निःशुल्क तथा अस्पतालले प्रदान गर्ने सबै सेवा शुल्कमा २५ प्रतिशत छुटका साथै भर्ना भई उपचार गराउँदा समेत अन्तरङ्ग विभागमा अस्पतालले प्रदान गर्ने सबै सेवा शुल्कमा २५ प्रतिशत छुट उपलब्ध हुने सम्झौता-पत्रमा उल्लेख गरिएको छ । हाललाई १ वर्षको सम्झौता अवधि रहेकोमा पुन थप गर्दै लगिने समेत सम्झौता पत्रमा उल्लेख गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोला, नोवेल मेडिकल कलेजका कार्यकारी निर्देशक राजेश नेपाल लगायत प्रहरी अधिकृतहरू तथा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । हस्ताक्षर कार्यक्रमपश्चात संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले प्रदेश प्रहरी कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभएको थियो ।

दक्षता अभिवृद्धिका लागि ५० जनालाई ट्राफिक नियन्त्रण तालिम सञ्चालन
२०८०-०९-०२

काठमाडौं, ट्राफिक प्रहरीको दक्षता अभिवृद्धिका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५० जना प्रहरी कर्मचारीहरूका लागि ट्राफिक नियन्त्रण तालिम सञ्चालन गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा संचालित उक्त तालिमको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सोही कार्यालयमा सोमबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक भट्टले सडकमा सवारी साधनको व्यवस्थापन, सहज आवागमन र दुर्घटना न्यूनीकरण गर्नलाई आवश्यक व्यावसायिक ज्ञान, सीप, कौशल तालिममा प्रदान गरिने बताउनुभयो । अन्य सरोकारवाला निकायहरूसँगको समन्वय लगायतका विषयमा ज्ञान दिइने यस प्रशिक्षणमा प्रशिक्षार्थीहरूले बढीभन्दा बढी उत्सुक तथा सक्रिय भई तालिम हासिल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।   कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक रबिन कार्कीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ दिन कार्य अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार ९ जना  र प्रहरी जवान ३९ जना गरी कुल ५० जना प्रशिक्षार्थीहरु सहभागी रहेको जानकारी दिनुभयो ।

प्रहरी निरीक्षकद्वय थापा तथा श्रेष्ठ र प्रहरी वरिष्ठ नायव निरीक्षक नेपाली सम्मानित
२०८०-०८-२५

काठमाडौं, इन्टरपोलद्वारा आयोजित प्रतियोगितामा सर्वोत्कृष्ट सूचनामूलक छोटो भिडियो निर्माण गर्ने प्रहरी निरीक्षकद्वय नारायण थापा र उमेश गुरुङ श्रेष्ठ तथा सगरमाथामा नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चद्वारा सम्मानित हुनुभएको छ ।  उक्त मञ्चद्वारा सोमबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आयोजित कार्यक्रममा उहाँहरूलाई सम्मान गरिएको हो । कार्यक्रममा मञ्चका अध्यक्ष पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहराले प्रहरी निरीक्षकद्वयको सम्मान प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई हस्तान्तरण गर्नुभयो भने प्रहरी वरिष्ठ नायव निरीक्षक नेपालीलाई समेत सम्मान गर्नुभयो । कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षक बोहराले नेपाल प्रहरीले इन्टरपोलमा प्राप्त गरेको यस ऐतिहासिक उपलब्धीले पूर्व प्रहरीहरूको समेत गौरव बढेको बताउनुभयो । यस्ता अभिनव सोच र साहसिक कार्यहरुले अन्य प्रहरी कर्मचारीहरूलाई समेत प्रोत्साहन मिल्ने चर्चा गर्दै यसले नेपाल प्रहरीलाई महत्वपूर्ण कार्यहरू जिम्मेवारीका साथ बहन गर्न थप हौसला र प्रेरणा मिलोस भन्ने कामना गर्नुभयो ।    उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले धन्यवाद ज्ञापन गर्दै इन्टरपोलको शताब्दी वर्षको अवसरमा नेपाल प्रहरीले नेपालको प्रतिनिधित्व गरेर नेपाल र नेपालीको सम्मान बढाउन सफल भएको बताउनुभयो । यस सिर्जनशील कार्यमा पूर्व प्रहरी कर्मचारीहरूको समेत योगदान रहेको चर्चा गर्दै यस उपलब्धीले अन्तर्राष्ट्रिय प्रहरी समन्वयलाई नयाँ शिखरमा पुर्‍याएको र आगामी दिनमा अन्तर्राष्ट्रिय समन्वय थप प्रभावकारी रुपमा गर्न सहज हुने उहाँले उल्लेख गर्नुभयो ।  सम्मानित हुने प्रहरी निरीक्षकद्वय नारायण थापा र उमेश गुरुङ श्रेष्ठद्वारा नेपाललाई प्रतिनिधित्व गर्दै निर्माण गरिएको “Let’s Save the Planet - INTERPOL 100” विषयक सूचनामूलक छोटो भिडियो इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा सहभागी इन्टरपोलका १९५ सदस्य राष्ट्रहरूमध्ये नेपाल सर्वोत्कृष्ट घोषित भएको थियो ।  यसैगरी सम्मानित हुने प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली इन्टरपोल स्थापनाको १०० वर्षको अवसरमा नेपालको तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल हुनुभएको थियो । सम्मान कार्यक्रममा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू लगायत प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

२९औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी २०८० उद्‍घाटन
२०८०-०८-२०

काभ्रेपलाञ्चोक, नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा सोही विद्यालयमा संचालन हुने २९औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिता २०८० को प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरीले बुधबार रेफ्रीलाई बल हस्तान्तरण गरी उद्‍घाटन गर्नुभयो । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक चौधरीले खेलकुदले विद्यार्थीहरूमा सकारात्मक सम्बन्ध स्थापना गरी शारीरिक रूपमा तन्दुरुस्त एवं अध्ययनको दिनचर्यामा अनुशासन थप्दै शैक्षिक क्षेत्रमा राम्रो प्रर्दशन गर्न प्रेरित गर्ने बताउनुभयो । फुटबल नेपाल प्रहरीको पहिचान र इतिहाससँग जोडिएको उल्लेख गर्दै खेलकुदलाई पहिचान, गौरव र आवश्यकताको रुपमा विकास गर्दै लैजानु पर्नेमा उहाँले जोड दिनुभयो ।  सोही विद्यालयका प्राचार्य मोहन पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा विद्यालयका समादेशक प्रहरी नायव उपरीक्षक निरन्जन दत्त भट्टले धन्यबाद ज्ञापन गर्नुभएको थियो । उद्‍घाटन कार्यक्रममा नेपाल पुलिस स्कुल साँगाका विद्यार्थीहरुले नृत्य प्रस्तुत गर्नुकासाथै प्रतियोगितामा सहभागी विद्यालयका विद्यार्थीहरुले मार्च पास गरेका थिए ।  प्रतियोगिता अन्तर्गत आज भएको उद्‍घाटन खेलमा नेपाल पुलिस स्कुल साँगाको ए टीमले काठमाडौं युनिभर्सिटी हाईस्कुल धुलिखेललाई ५ का विरूद्ध ० गोल अन्तरले पराजित गरेको छ । प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका ए र बि टीम, नेपाल पुलिस स्कुल धरान र सामाखुसी, सैनिक आवासीय माध्यामिक विद्यालय, सशस्त्र प्रहरी विद्यालय लगायत काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका गरी जम्मा १६ विद्यालयका १७  टीमको सहभागिता रहेको छ ।  कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानीय तहका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रमुखहरु, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरु, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अवधारण प्रहरीसँग विद्यार्थी कार्यक्रम सम्पन्न
२०८०-०८-१८

मोरङ, समुदाय-प्रहरी साझेदारी अवधारण अन्तर्गत ईलाका प्रहरी कार्यालय रंगेली मोरङमा ‘प्रहरीसँग विद्यार्थी’ कार्यक्रम  सोमबार सम्पन्न भएको छ । उक्त कार्यालयको आयोजना र मिनिलेण्ड अंग्रेजी माविको समन्वयमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।प्रहरी कार्यालयबाट प्रवाह हुने सेवामा सर्वसुलभ पहुँच, प्रहरी र नागरिकबीच सुमधुर सम्बन्धको विकास, समुदाय-प्रहरी सम्बन्ध सुदृढिकरण गर्ने उद्देश्य अनुरूप लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सिलसिलामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । सो अवसरमा इलाका प्रहरी कार्यालय रंगेली परिसरभित्र विभिन्न जातको करिब १ सय वटा विरुवाहरु वृक्षारोपण गरिएको थियो भने कार्यालयको मानव मस्तिष्क आकारको पुस्तकालयमा विद्यालयकोतर्फबाट २५ थान जीवनपयोगी पुस्तकहरु थप गरिएको थियो । साथै उपस्थित शिक्षक तथा विद्यार्थीहरुलाई कार्यालय अवलोकन गराई लैंगिक हिंसा, जबरजस्ती करणी, बालयौन दुरुपयोग जस्ता समस्याहरुको विषयमा उजुरी दिने माध्यम, प्रक्रिया, कानुनी व्यवस्था बारेमा प्रशिक्षण प्रदान गरिएको थियो ।      

सेवा निवृत्त प्रहरी कर्मचारी लक्षित कार्यशाला गोष्ठी सम्पन्न
२०८०-०८-१८

प्युठान, जिल्ला प्रहरी कार्यालय प्युठानमा सेवा निवृत्त प्रहरी कर्मचारी लक्षित एक दिवसीय कार्यशाला गोष्ठी आइतबार सम्पन्न भएको छ । उक्त कार्यालय तथा मातहत समेतबाट आगामी १ वर्षभित्र सेवा निवृत्त भई अवकाशमा जाने कर्मचारीहरूको लागि व्यवसाय तथा उद्यम सम्बन्धी गोष्ठी आयोजना गरिएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्युठानका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक इश्‍वर थापाले अवकाश पछिका दिनहरूमा सकृय र स्वस्थ जीवन बिताउन गोष्ठीमा भएका छलफल र निष्कर्षले सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । साथै राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय खलंगाका निमित्त प्रमुख दिल बहादुर चौधरीले अवकाश प्राप्त प्रहरी कर्मचारीलाई व्यापार व्यवसाय गर्दा राष्ट्रिय वाणिज्य बैंकले उपलब्ध गराउने कर्जा र सेवाबारे जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला घरेलु तथा साना उद्योग कार्यालय प्युठानका प्रमुख सरोज भण्डारी, डिभिजन वन कार्यालय प्युठानका प्रतिनिधि तथा कर्मचारी मिलन केन्द्र प्युठानका अध्यक्ष हरि प्रसाद पौडेल, प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई प्युठानका कार्यालय प्रमुख चुमानसिंह गिरी, एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्युठानका कर्मचारी समेतले जानकारीमूलक प्रशिक्षण प्रदान गर्नुका साथै सहभागीहरूसँग अन्तरक्रिया गर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालय प्युठानको आयोजना तथा कर्मचारी मिलन केन्द्र प्युठानको समन्वय र सहकार्यमा जिल्ला प्रहरी कार्यालय प्युठानको तालिम हलमा उक्त कार्यशाला गोष्ठी सम्पन्न भएको हो । 

४१औं आइजिपि रनिङ शिल्ड फुटबल प्रतियोगिता सम्पन्न
२०८०-०८-१५

काठमाडौं, निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित एक कार्यक्रमबीच राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित ४१औं आइजिपि रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८० सम्पन्न भएको छ ।  कार्यक्रममा निमित्त प्रहरी महानिरीक्षक राईले प्रतियोगितामा बिजयी हुने गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा टिमका खेलाडी तथा अफिसियलहरूलाई पदक, प्रमाण-पत्र, रनिङ कप र नगद पुरस्कार प्रदान गर्नुभयो । साथै उहाँले प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र एवम् म्याच रेफ्री, प्रायोजकहरू, सहभागी टिमहरु र अफिसियलहरुलाई मायाको चिनो प्रदान गर्नुभयो ।सो अवसरमा निमित्त प्रहरी महानिरीक्षक राईले खेलाडीहरूबाट प्रदर्शन भएको अनुशासन, खेल कौशल र सामूहिक भावना नेपाल प्रहरीभित्रको भातृत्वभाव र स्व-अनुशासनको प्रतिविम्व भएको उल्लेख गर्दै खेलकुदले सिकाउने यस्ता व्यवसायिक  गुण र आचारणहरू आत्मसाथ गरी संगठनको वृहत्तर हित र संस्थागत विकासमा योगदान दिन उपस्थित प्रहरी कर्मचारीहरूलाई आग्रह गर्नुभयो । नेपाल प्रहरीमा खेलकुदलाई अझै सशक्त बनाउन नेपाल प्रहरी खेलकुद समितिबाट सम्भाव्यता खोजी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।कार्यक्रममा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले फाइनल खेलका म्यान अफ दि म्याचलाई पुरस्कार तथा द्वितीय हुने टिमका खेलाडी तथा अफिसियलहरुलाई पदक, प्रमाणपत्र, चेक, नगद पुरस्कार र ट्रफी प्रदान गर्नुभयो । साथै उहाँले कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै संगठन र राष्ट्रको शिर उच्च बनाउन सफल खलेकुदको विकासका लागि नेपाल प्रहरीले पुर्‍याउँदै आएको योगदान अतुलनीय रहेको चर्चा गर्नुभयो ।प्रतियोगिता मूल आयोजक समितिका संयोजक प्रहरी नायव महानिरीक्षक रबिन्द्र केसीले प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य अञ्जन धमला तथा अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।आज भएको फाइनल खेलमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको टिमले नेपाल प्रहरी प्रधान कार्यालय नक्सालको टिमलाई १-० गोल अन्तरले पराजित गरेको थियो । प्रतियोगितामा प्रथम हुने टिमले १ लाख १ हजार रुपैयाँ र  द्वितीय हुने टिमले ५१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय टिमका शंकर घर्ती मगर सर्वोत्कृष्ट खेलाडी, गण्डकी प्रदेश प्रहरी कार्यालय टिमका आशिष थारू सर्वाधिक गोलकर्ता र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय टीमले फेयर प्ले अवार्ड प्राप्त गरी १०/१० हजार रूपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।मंसिर ६ गतेबाट शुरू भएको उक्त प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको साथै सातवटै प्रदेश प्रहरी कार्यालयका १० वटा टिमको सहभागिता रहेको थियो ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी अधिकृतहरु, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

५० जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान
२०८०-०८-१४

काठमाडौं, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५० जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तालिम १४९औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा बिहीबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले सेवा प्रवाहको क्रममा आफ्नो बोली, बचन र व्यवहारलाई अझ उत्कृष्ट बनाउनुपर्ने उल्लेख गर्दै तालिमबाट प्राप्त व्यावसायिक सीप एवम् क्षमतालाई संगठनको उद्देश्य अनुरूप प्रयोग गर्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिनुभयो ।  कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक दलराम टमटाले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत असोज ७ गतेदेखि संचालित उक्त तालिममा प्रहरी हवल्दार १ जना, प्रहरी सहायक हवल्दार १२ जना र प्रहरी जवान ३७ जना गरी कुल ५० जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिनुभयो । 

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
२०८०-०८-१३

काठमाडौं, इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना भइरहेको इन्टरपोलको ९१औं महासभाको पहिलो दिन उक्त प्रतियोगितामा सहभागी इन्टरपोलका १९५ सदस्य राष्ट्रहरूमध्ये नेपाल सर्वोत्कृष्ट घोषित भएको हो ।  नेपाललाई प्रतिनिधित्व गर्दै नेपाल प्रहरीका प्रहरी निरीक्षक नारायण थापा र प्रहरी निरीक्षक उमेश गुरुङ श्रेष्ठद्वारा निर्माण गरिएको “Let’s Save the Planet - INTERPOL 100” विषयक सूचनामूलक छोटो भिडियो सर्वोत्कृष्ट घोषणा भएको हो । भिडियोमा जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, Artificial Intelligence का कारण भविष्यमा हुनसक्ने समस्याहरू समाधान गर्न र दिगो विकासको लक्ष्य प्राप्त गर्न यूएनको मुख्य साझेदारको रूपमा रहेको इन्टरपोलको अहम भूमिका हुने विषय समेटिएको   छ ।  INTERPOL President Major General Dr. Ahmed Naser AL-RAISI बाट नेपाल प्रहरीलाई सम्मान स्वरूप प्रमाणपत्र प्राप्त भएको छ ।  इन्टरपोल स्थापनाको १०० वर्षलाई विशेष उत्सवको रूपमा मनाउन INTERPOL Innovation Centre द्वारा “How do you envisage INTERPOL connecting and empowering global law enforcement for a safer world in 2030” विषयमा आधारित रहि उक्त भिडियो प्रतियोगितामा सहभागी हुन सम्पूर्ण १९५ सदस्य राष्ट्रहरुलाई आह्वान गरिएको थियो ।  उक्त महासभामा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसहितको नेपाली प्रतिनिधि मण्डल सहभागी रहेको छ । 

अवकाश प्राप्त प्रहरी कर्मचारीहरूलाई लक्षित कृषि सम्बन्धी स्थलगत तालिम सम्पन्न
२०८०-०८-१०

प्युठान, अवकाश प्राप्त प्रहरी कर्मचारी तथा अमर शहिद प्रहरी परिवारका निमित्त एक दिवसीय कृषि सम्बन्धी तालिम प्यूठान नगरपालिका-९ मरन्ठानास्थित वडा कार्यालयको सभाहलमा शुक्रबार सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठान, एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई प्युठानको संयुक्त आयोजनामा सीपमूलक एवम् व्यवसायिक तालिम, सहज पारिवारिक वातावरण तयार गर्ने हेतूले र अवकाश प्राप्त प्रहरी कर्मचारी, अमर शहिद प्रहरी परिवारलाई मनोसामाजिक स्वास्थ्य प्रवर्द्धन र आर्थिक सबलीकरण गरी मनोबल अभिवृद्धि गर्नका लागि उक्त तालिम संचालन गरिएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वर थापाले सामूहिक सहकार्यले अवकाश प्राप्त प्रहरी कर्मचारीहरू तथा अमर शहिद प्रहरी परिवारको पारिवारिक जीवनमा सुधार हुने, शारीरिक मानसिक रूपमा स्वस्थ रहन सहयोग पुग्नुका साथै उत्पादन र आर्थिक रूपमा समेत टेवा पुग्ने बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई प्युठानका कार्यालय प्रमुख चुमान सिंह गिरी, एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्युठानका निमित्त कार्यालय प्रमुख उमेश चन्द्र श्रेष्ठले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुको साथै सहभागीहरूबाट उठेका जिज्ञासा र सवालहरूको जवाफ दिनुभएको थियो । सो अवसरमा प्युठान नगरपालिका-२ का वडाध्यक्ष तथा नेपाल पूर्व प्रहरी संघ प्युठानका जिल्ला अध्यक्ष मोहन सिंह बिष्ट, प्यूठान नगरपालिका-९ का वडाध्यक्ष विकास केसी र पूर्व वडा अध्यक्ष नेयर सिंह केसीले समेत आ-आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्युठानले महिला लक्षित तरकारी उन्नत बीउ किट अमर प्रहरी परिवारका महिलाहरूलाई जनही १/१ थान वितरण गर्नुका साथै उपस्थित सम्पूर्णलाई रातो मुलाको बीउ र आलुमा छर्ने कीटनाशक औषधि वितरण गरी सोको प्रयोग गर्ने तरिका सम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो । 

४१औं आइजिपि रनिङ शिल्ड फुटबल प्रतियगिता शुरू
२०८०-०८-०६

काठमाडौं, नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा ४१औं आइजिपि रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८० बुधबारबाट शुरू भएको छ ।  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले रेफ्रीलाई फुटबल हस्तान्तरण गरी उक्त प्रतियोगिताको उद्‍घाटन गर्नुभयो ।उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक भण्डारीले नेपाल प्रहरीमा हुने आन्तरिक खेलकुद प्रतियोगिताहरू स्तरीय खेलाडी उत्पादनको आधारको रूपमा रहेकोले प्रतियोगिताहरूको सम्भाव्यता खोजी गरी संचालनको लागि प्रयास गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै प्रतियोगितामा सहभागी टिमहरूलाई खेल अवधिभर उच्च अनुशासनमा रही आफ्नो खेल कौशल प्रदर्शन गर्न समेत उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा प्रहरी नायव उपरीक्षक रूकेश तण्डुकारले प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । आजै भएको पहिलो खेलमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको टिमले मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरलाई ५ का विरूद्ध शून्य गोल अन्तरले पराजित गरेको छ भने दोस्रो खेलमा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल टिम र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी टिम गोल रहित बराबरीमा टुंगिएको थियो । मंसिर १५ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको साथै सातवटै प्रदेश प्रहरी कार्यालयका टिमको सहभागिता रहेको छ । 

नेपाल प्रहरी श्रीमती संघद्वारा भूकम्प पीडितको सहयोगार्थ चेक हस्तान्तरण
२०८०-०७-२७

काठमाडौं, नेपाल प्रहरी श्रीमती संघले भूकम्प पीडितको सहयोगार्थ ५ लाख ५५ हजार ५ सय ५५ रूपैयाँको चेक हस्तान्तरण गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले संघको तर्फबाट उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो । चेक हस्तान्तरणको अवसरमा संघका अन्य पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।  जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका भूकम्प प्रभावितहरूको सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषको लागि उक्त रकमको चेक हस्तान्तरण गरिएको उक्त संघले जनाएको छ ।     

नेपाल पुलिस क्लबलाई प्रथम वीरगंज गोल्डकप उपाधि
२०८०-०७-२६

काठमाडौं, वीरगंजमा संचालित प्रथम वीरगंज गोल्डकप २०८० को उपाधि नेपाल पुलिस क्लबले हासिल गरेको छ । उक्त गोल्डकपको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई टाईब्रेकरमा २ का विरूद्ध शून्य गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि जित्न सफल भएको हो । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रथम वीरगंज गोल्डकपको उपाधि जित्न सफल नेपाल पुलिस क्लब फुटबल टिमलाई नेपाल प्रहरीको तर्फबाट हार्दिक बधाई दिनुभएको छ ।  गोल्डकपको उपाधिसँगै नेपाल पुलिस क्लबले ११ लाख ११ हजार १ सय ११ रूपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । साथै फाइनल खेलमा नेपाल पुलिस क्लबका गोलकिपर प्रहरी सहायक हवल्दार शुत्रधन चौधरी म्यान अफ द म्याच घोषित भए ।  कात्तिक १८ गतेदेखि संचालित उक्त प्रतियोगितामा नेपाल पुलिस क्लबका प्रहरी सहायक हवल्दार शुत्रधन चौधरी बेष्ट गोलकिपर, प्रहरी जवान उज्ज्वल राई बेष्ट मिडफिल्डर र प्रहरी हवल्दार चेत कुमार घिमिरे बेष्ट कोच घोषित भएका छन् ।   

नेपाल प्रहरी केनाईन कार्यालय महाराजगंजमा कुकुर पूजा सम्पन्न
२०८०-०७-२६

काठमाडौं, यमपञ्चकको दोस्रो दिन अर्थात कुकुर तिहारका अवसरमा नेपाल प्रहरी केनाईन कार्यालय महाराजगंजमा आइतबार आयोजित कार्यक्रमबीच कुकुर पूजा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले कार्यालयमा रहेका विभिन्न जातका कुकुरहरूलाई पूजा गर्नुभयो । साथै उहाँले अपराध अनुसन्धान तथा खोज कार्यमा यस वर्ष उत्कृष्ट कार्य गर्ने कुकुर ‘रियो’, बाधापार र हाईजम्पतर्फ प्रदर्शनमा उत्कृष्ट हुने कुकुर ‘रोज’ र रनिङतर्फ ‘टाईगर’लाई पुरस्कार प्रदान गर्नुभयो । साथै यस वर्ष उत्कृष्ट कार्य गर्ने सोही कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई समेत उहाँले पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले तिहार र कुकुर पूजाको शुभकामना व्यक्त गर्दै केनाईनले विभिन्न अपराधको सफल अनुसन्धान तथा प्रहरी कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै नेपाल प्रहरी संगठनको छवि उच्च पारेको बताउनुभयो । केनाईनले केन्द्रमा मात्र नभई प्रदेशस्तरमा समेत उत्कृष्ट कार्य सम्पादन गर्दै आएको उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा उक्त कार्यालयका प्रहरी कर्मचारीहरू र प्रहरी कुकुरहरुले हातहतियार तथा विष्फोटक पदार्थको खोजी तथा पहिचान, लागूऔषधको खोजी तथा पहिचान, अपराधीको खोजी एवं पहिचान, हाइजम्प प्रतियोगिता, दौड प्रतियोगिता, आज्ञापालन तथा व्यक्तिगत सुरक्षा कला, बाधापार र खोजी तथा उद्दार कार्य लगायतको प्रदर्शनी गरेका थिए । नेपाल प्रहरी केनाईन कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. देउती गुरूङले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा प्रहरी उपरीक्षक डा. राम चन्द्र सत्यालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र प्रमाणमुखी बनाउने उद्देश्यकासाथ विगत लामो समयदेखि अपराध अनुसन्धान तथा खोज कार्यमा तालिम प्राप्त कुकुरहरुको प्रयोग हुँदै आएको छ । कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरु, संचारकर्मी लगायत अतिथिहरू समेतको उपस्थिति रहेको थियो ।

नेपाल प्रहरी केनाईन कार्यालय परिसरमा नवनिर्मित व्यारेक भवन उद्‌घाटन
२०८०-०७-२६

काठमाडौं, नेपाल प्रहरी केनाईन कार्यालय महाराजगंज परिसरमा नवनिर्मिति महिला प्रहरी व्यारेक भवन उद्‍घाटन भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले आइतबार सोही कार्यालयमा आयोजित कार्यक्रमबीच उक्त भवनको उद्‌घाटन गर्नुभएको हो । साथै उहाँले नवनिर्मित व्यारेक भवनको निरीक्षण समेत गर्नुभयो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले नवनिर्मित महिला प्रहरी व्यारेक भवनले लैंगिकमैत्री वातावरणको सिर्जना गर्नुका साथै महिला प्रहरीहरूको कार्यसम्पादनमा समेत उत्प्रेरणा बढाउने विश्वास व्यक्त गर्नुभयो । भौतिक पूर्वाधार प्रहरी कार्य सम्पादनको प्रमुख कडी भएको चर्चा गर्दै नवनिर्मित व्यारेक भवनको उचित सदुपयोग र नियमित मर्मत संभारमा सबैको सक्रियता हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रहरी निरीक्षक ई.शम्भु प्रसाद कोइरीले नवनिर्मित व्यारेक भवन सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारबाट प्राप्त बजेटबाट दुई तले उक्त व्यारेक भवन कुल ९९ लाख ६६ हजार ५ सय १५ रूपैयाँ ५३ पैसाको लागतमा निर्माण सम्पन्न भएको हो । कुल २८५६/३५ वर्ग फिट क्षेत्रफलमा रहेको उक्त व्यारेक भवनको भुइँ तलामा दुई वटा व्यारेक कोठा र पहिलो तलामा एउटा व्यारेक हल रहेका छन् ।

ट्राफिक प्रहरीद्वारा १८ ओटा दुईपाङग्रे सवारी साधन हस्तान्तरण
२०८०-०७-२४

काठमाडौं, विभिन्न मितिमा हराएका १८ ओटा दुईपाङ्ग्रे सवारी साधन खोजी गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । सोही कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले १२ ओटा मोटरसाइकल र ६ ओटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक भट्टले हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको बताउनुभयो । सवारी धनी स्वयम् पनि विशेष सजग हुनुको साथै सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, सुरक्षा साइरनहरू जडान लगायतका विभिन्न उपायहरू अवलम्वन गर्न उहाँले आग्रह गर्नुभयो ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त ८ सय ३२ ओटा निवेदनको आधारमा खोजी गर्ने क्रममा फेला परेका १ सय ७७ मध्ये १ सय ३४ ओटा सवारी साधन चालु आर्थिक वर्षमा ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाएको छ । चालु आर्थिक वर्षमै चोरीका ११ ओटा मोटरसाइकलसहित संलग्न १३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान तथा कारबाहीका लागि विभिन्न प्रहरी कार्यालयमा पठाएको छ ।  साथै सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।  

अवकाश प्राप्त प्रहरी कर्मचारीहरूलाई लक्षित एक दिने कृषि सम्बन्धी स्थलगत तालिम सम्पन्न
२०८०-०७-१८

प्युठान, अवकाश प्राप्त प्रहरी कर्मचारीहरूको मनोसामाजिक स्वास्थ्य प्रवर्द्धन र आर्थिक सबलिकरण गरी मनोबल अभिवृद्धि गर्नका लागि अवकाश प्राप्त प्रहरी कर्मचारीहरू लक्षित एक दिने कृषि सम्बन्धी स्थलगत तालिम/अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।समुदाय-प्रहरी साझेदारी कार्यक्रम तथा लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आत्म-हत्या न्यूनीकरण कार्ययोजना, २०८० अन्तर्गत रहि पुन:स्थापना-सीपमूलक एवम् व्यवसायिक तालिम, सहज पारिवारिक वातावरण तयार गर्ने हेतूले प्युठान जिल्लाका करिब ४० जना अवकाश प्राप्त प्रहरी कर्मचारीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वर थापाले सेवानिवृत्त जीवनमा सक्रिय जीवनशैली, पारस्परिक सद्‍भाव र सामुहिक सहकार्यले जीवनस्तर सबल हुने र मनोसामाजिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न गई अवकाश प्राप्त प्रहरी कर्मचारीहरुको व्यक्तिगत तथा पारिवारिक जीवनमा उल्लेखनीय सुधार हुने धारणा व्यक्त गर्नुभयो ।सो अवसरमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई प्युठानका कार्यालय प्रमुख चुमान सिंह गिरी र एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्युठानका निमित्त कार्यालय प्रमुख गणेश श्रेष्ठले व्यवसायिक कृषि, दर्ता प्रक्रिया, नेपाल सरकार एवं प्रदेश सरकारले कृषकहरुका लागि प्रदान गरेका अनुदानहरुका सम्बन्धमा प्रशिक्षण प्रदान गर्नुका साथै उपस्थित अवकाश प्राप्त प्रहरी कर्मचारीहरूको जिज्ञासा तथा सवालहरूको समुचित जवाफ दिनुभएको थियो भने नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति प्युठानका अध्यक्ष सञ्जय रिजालले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालय प्युठानको आयोजना तथा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई प्युठान र एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्युठानको सहयोग तथा समन्वयमा प्यूठान नगरपालिका-२ को सभाहलमा उक्त तालिम/अभिमुखिकरण कार्यक्रम गरिएको थियो ।प्युठान नगरपालिका-२ का वडाध्यक्ष एवं नेपाल पूर्व प्रहरी जिल्ला कार्यसमिति प्युठानका अध्यक्ष मोहन सिंह बिष्ट लगायत अन्य कार्यपालिकाका सदस्यहरु समेतको उपस्थिति रहेको उक्त कार्यक्रममा उपस्थित अवकाश प्राप्त प्रहरी कर्मचारीहरूलाई प्युठानी रातो मुलाको बिउ समेत वितरण गरिएको थियो ।

३० जना प्रहरी कर्मचारीहरूलाई हेभी सवारी चालक तालिम प्रदान
२०८०-०७-१६

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३० जना प्रहरी कर्मचारीहरुलाई हेभि सवारी चालक तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित हेभि सवारी चालक तालिम १४औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । सोही महाशाखामा बिहीबार आयोजित तालिम समापन कार्यक्रममा महाशाखाका प्रहरी उपरीक्षक ई. कमलेन्द्र लाल कर्णले प्रशिक्षार्थीहरु तथा प्रशिक्षकलाई प्रमाणपत्र वितरण गर्नुभयो ।   उक्त अवसरमा प्रहरी उपरीक्षक कर्णले संगठनको आवश्यकता अनुसार भित्रिएका नविनतम प्रविधिका विभिन्न किसिमका हेभी सवारी साधनहरू चलाउन तथा परिचालन गर्नको निमित्त तालिम प्रदान गरिएको बताउनुभयो । प्रशिक्षार्थीले तालिमबाट प्राप्त गरेका ज्ञान, सिप र दक्षतालाई आ-आफ्नो कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत असोज ४ गतेबाट संचालित ३० कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी सहायक हवल्दार १६ जना र प्रहरी जवान १४ जना गरी कूल ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो । 

प्रहरी निरीक्षक तथा प्रहरी सहायक निरीक्षक पदमा नयाँ भर्नाका लागि दरखास्त आव्हान
२०८०-०७-०३

काठमाडौं, नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ । प्रहरी निरीक्षक पदका लागि ९६ जना र प्रहरी सहायक निरीक्षक पदका लागि २ सय ६० जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो । प्रहरी निरीक्षक पदमा दरखास्त दिने उम्मेदवारहरूले नेपाल प्रहरीको Online Recruitment Management System (ORMS) मार्फत अनलाइन दरखास्त दिनुपर्ने छ । अनलाइनबाट दरखास्त दिन नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np को Career भित्र Online Application वा https://careers.nepalpolice.gov.np मा गई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा ७ वटै प्रदेश प्रहरी कार्यालयहरूमध्ये एक छनौट गरी फारम भर्न सकिने छ ।  साथै प्रहरी सहायक निरीक्षक पदमा दरखास्त दिन काठमाडौं उपत्यका प्रहरी शिक्षालय महाराजगंज काठमाडौं तथा ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज) र दिपायलमा उम्मेदवार स्वयम् उपस्थित भई दरखास्त फारम संकलन तथा दर्ता गर्न सकिने छ । नयाँ भर्ना हुन इच्छुक नागरिकहरुले कात्तिक १९ गतेदेखि मंसिर २९ गतेसम्म प्रहरी निरीक्षकको हकमा अनलाइन प्रणालीमार्फत र प्रहरी सहायक निरीक्षकको हकमा सम्बन्धित कार्यालयहरूमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन् ।दरखास्त आव्हान सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।

६८औं प्रहरी दिवसका अवसरमा प्रहरी ब्याण्ड डिस्प्ले तथा सुरक्षा साँस्कृतिक सचेतना कार्यक्रम सम्पन्न
२०८०-०६-२६

काठमाडौं, निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा ६८औं प्रहरी दिवस २०८० को अवसरमा काठमाडौं महानगरपालिका-२१ लगनमा शुक्रबार प्रहरी ब्याण्ड डिस्प्ले तथा सुरक्षा साँस्कृतिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा निमित्त प्रहरी महानिरीक्षक थापाले नागरिक र प्रहरी हातेमालो गर्दै समाजका विकृति विसंगति अन्त्य गर्न, विभिन्न किसिमका अपराध रोकथाम र नियन्त्रण गर्न तथा दुर्घटना न्यूनीकरण गर्नका लागि नेपाल प्रहरीले सचेतनामूलक कार्यक्रम गर्दै आएको बताउनुभयो । नजिकै आउँदै गरेका चाडपर्वहरूलाई सुरक्षितसाथ मनाउनका लागि नेपाल प्रहरीले छुट्टै कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याएको उहाँले उल्लेख गर्नुभयो ।काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख विद्या सुन्दर शाक्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी वृत्त जनसेवाका प्रमुख प्रहरी नायव उपरीक्षक भेषराज रिजालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।प्रहरी वृत्त जनसेवा, जनसेवा सामुदायिक केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र महाकालस्थान र लगं:खल:को संयुक्त  आयोजित उक्त कार्यक्रममा नेपाल प्रहरीको सङ्गीत विद्यालयका प्रहरी नायव उपरीक्षक भुला राज खनालको नेतृत्वको प्रहरी ब्याण्ड टोलीले देशभक्तिपूर्ण साङ्गीतिक धुन प्रस्तुत गरेको थियो । साथै सोही अवसरमा जनचेतनामूलक लोक दोहोरी, नृत्य तथा नाटकसमेत प्रस्तुत गरिएको थियो ।कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी अधिकृतहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरु लगायत आमन्त्रित महानुभावहरूको साथै स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो । 

६८औं प्रहरी दिवसको अवसरमा वृक्षरोपण
२०८०-०६-२६

मोरङ, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा  ६८औं प्रहरी दिवसको अवसरमा बिहीबार वृक्षरोपण कार्यक्रमको आयोजना गरिएको छ ।नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवी परिसमा आयोजित उक्त कार्यक्रममा उपस्थित प्रहरी अधिकृत तथा प्रहरी जवानहरूद्वारा विभिन्न जातका १ सय भन्दा बढी बिरूवाहरु रोपिएको थियो । वृक्षरोपणको क्रममा प्रहरी नायव महानिरीक्षक बास्तोलाले रोपिएका बिरूवाको संरक्षण, सम्वर्धन समेत गरी वातावरणलाई सफा, स्वच्छ, सुन्दर तथा सन्तुलित बनाउने कार्यमा सम्पूर्ण प्रहरी कर्मचारी निरन्तर लाग्नुपर्ने बताउनुभयो । उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ कोशी  प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोला तथा संघका पदाधिकारीहरु समेतले वृक्षरोपण गरेका थिए ।६८औं प्रहरी दिवसको अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय तथा अन्तर्गतका सम्पूर्ण प्रहरी कार्यालय परिसरमा एक हजार भन्दा बढी विभिन्न जातको रूख तथा फलफुलका बिरूवाहरु रोपिएका छन् ।   

६८औं प्रहरी दिवशको अवसरमा विद्यार्थीहरूलाई स्टेशनरी सामग्री तथा ब्याग वितरण
२०८०-०६-२६

सुनसरी, ६८औं प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोलाको प्रमुख आतिथ्यतामा बिहीबार आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई स्टेशनरी सामग्री तथा ब्याग वितरण गरिएको  छ ।प्रदेश संघकी अध्यक्ष श्रीमती बास्तोला लगायतका पदाधिकारीहरूले धरान उपमहानगरपालिका-१६ स्थित भगवती आधारभूत  विद्यालयमा अध्ययनरत ९० जना विद्यार्थीहरुलाई स्टेशनरी सामग्री तथा ब्याग वितरण गर्नुभएको हो । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले सेवा नै धर्म हो भन्ने भावनाका साथ निरन्तररूपमा यस्ता कार्यक्रमहरू संचालन गरिरहेको छ ।कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, संचारकर्मीहरु, विद्यालयका पूर्व विद्यार्थीहरु तथा स्थानीयवासीको समेत उपस्थिति रहेको थियो ।

एप्लिकेसन अफ सिसिटिभी एण्ड ड्रोन इन पुलिस अपरेशन एण्ड इन्भेष्टिगेशन अनुशिक्षण समापन
२०८०-०६-२५

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय संचार निर्देशनालयले २० जना प्रहरी अधिकृतहरूलाई एप्लिकेसन अफ  सिसिटिभी एण्ड ड्रोन इन पुलिस अपरेशन एण्ड इन्भेष्टिगेशन अनुशिक्षण प्रदान गरेको छ  । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही  निर्देशनालयमा संचालित प्रथम समूह अन्तर्गत उनीहरुलाई उक्त अनुशिक्षण प्रदान गरिएको हो ।   उक्त अनुशिक्षण समापनका अवसरमा बिहीबार आयोजित कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय संचार निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक ई. गोपाल बहादुर रेग्मीले अनुशिक्षण समापन गर्दै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो । कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक रेग्मीले अपराध अनुसन्धान तथा प्रहरी कार्यमा अनुशिक्षण महत्त्वपूर्ण सावित हुने चर्चा गर्दै अनुशिक्षणको क्रममा हासिल गरेका ज्ञान सीपलाई आ-आफ्नो कार्य क्षेत्रमा प्रभावकारी ढंगबाट प्रयोग गर्नुपर्ने बताउनुभयो ।  सो अवसरमा प्रहरी उपरीक्षक ऋषिराम कंडेलले प्रशिक्षार्थीहरूको तर्फबाट अनुशिक्षण सम्बन्धी अनुभवसहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा अनुशिक्षण संयोजक प्रहरी उपरीक्षक अंशु कुमार सिंहले स्वागत मन्तव्य तथा अनुशिक्षण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ५ कार्यदिन अवधिको उक्त अनुशिक्षणमा प्रहरी उपरीक्षक १ जना, प्रहरी नायव उपरीक्षक ३ जना र प्रहरी निरीक्षक १६ जना गरी जम्मा २० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो । 

६८औं प्रहरी दिवसका अवसरमा प्रहरी ब्याण्ड डिस्प्ले
२०८०-०६-२४

ललितपुर, ६८औं प्रहरी दिवस २०८० को अवसरमा ललितपुरको पाटन दरबार स्क्वायर परिसरमा बुधबार प्रहरी ब्याण्ड डिस्प्ले तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा वरिष्ठ कलाकार किरण केसीले आफ्नो प्रस्तुती गर्नुभएको थियो भने नेपाल प्रहरीको सङ्गीत विद्यालयका प्रहरी नायव उपरीक्षक भुला राज खनालको नेतृत्वको प्रहरी ब्याण्ड टोलीले देशभक्तिपूर्ण साङ्गीतिक धुन प्रस्तुत गरेको थियो । साथै ज्यापु समाजद्वारा धिमे नृत्य, बाद्य शिरोमणी शैलेन्द्र शाक्यद्वारा सङ्गीत प्रदर्शनी र चरिया नृत्य (भैरव काली, कुमारी नृत्य)समेत प्रस्तुत गरिएको थियो ।कार्यक्रममा प्रहरी अधिकृतहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरु लगायत आमन्त्रित महानुभावहरूको साथै स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।

१९औं एशियन गेम्समा सहभागी खेलाडी तथा अफिसियलहरूलाई स्वागत
२०८०-०६-२३

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका महाराजगंजका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी लगायत सिनियर प्रहरी अधिकृतहरुले १९औं एशियन गेम्समा सहभागी खेलाडी तथा अफिसियलहरूलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको छ । सन् २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म मित्रराष्ट्र चीनमा सम्पन्न भएको १९औं एशियन गेम्स अन्तर्गत कराते, कबड्डी, भारोत्तोलन तथा भलिबल खेलमा उत्कृष्ट खेल प्रदर्शन गरी स्वदेश फिर्ता भएका खेलाडी तथा अफिसियलहरुलाई स्वागत गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक भण्डारीले हार्दिक बधाई तथा शुभकामना समेत व्यक्त गर्नुभयो । उक्त प्रतियोगितामा नेपालले प्राप्त गरेको १ रजत र १ कास्य गरी कुल २ पदकमध्ये कराते खेल अन्तर्गत नेपाल पुलिस क्लबमा आवद्ध कराते खेलाडी एरिका गुरुङले नेपालको कराते खेल इतिहासमै पहिलो पटक एशियन गेम्सको फाईनलमा प्रवेश गर्न सफल भई नेपाललाई रजत पदक दिलाउनु भएको थियो भने आफ्नो डेब्यू खेलमा नै कास्य पदक जित्न सफल नेपाली कबड्डी टिममा नेपाल पुलिस क्लबका खेलाडीहरू प्रहरी सहायक हवल्दारहरू नितु गुरुङ, मानमती विष्ट र अर्पणा चौधरी सहभागी हुनुभएको थियो ।  यसैगरी नेपाल पुलिस क्लबका भारोत्तोलन खेलाडी प्रहरी जवान विशाल सिंह विष्टले कुल ३०१ केजी वजन उचाली तीन राष्ट्रिय कीर्तिमानको साथै नेपाली भारोत्तोलन खेल इतिहासमा ३०० केजी भन्दा बढी वजन उचाल्ने पहिलो नेपाली खेलाडीको ऐतिहासिक राष्ट्रिय कीर्तिमान बनाउन सफल हुनुभएको थियो भने प्रहरी कार्यालय सहयोगी सागर भण्डारीले कुल ३०३ केजी वजन उचाली तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाउनुका साथै नेपाली भारोत्तोलन खेल इतिहासमा हालसम्मकै सबैभन्दा बढी वजन उचाल्ने खेलाडीको ऐतिहासिक राष्ट्रिय कीर्तिमान समेत बनाउन सफल हुनुभएको थियो ।

विशेष सुरक्षा योजनाका साथ शान्ति सुरक्षा कायम गर्नुपर्ने - निमित्त प्रहरी महानिरीक्षक टेक प्रसाद राई
२०८०-०६-२२

काठमाडौं, निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले प्रदेश प्रहरी प्रमुखहरूले आ-आफ्नो क्षेत्रमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीहरूको विश्लेषण गर्दै सोही अनुरूप विशेष सुरक्षा योजना बनाई शान्ति सुरक्षा कायम गर्नुपर्ने बताउनुभएको  छ ।  प्रदेश प्रहरी प्रमुखहरूलाई समसामयिक विषयमा नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल रुपमा भिडियो कन्फ्रेन्स मार्फत् सोमबार निर्देशन दिँदै निमित्त प्रहरी महानिरीक्षक राईले उक्त कुरा बताउनुभएको हो ।  निमित्त प्रहरी महानिरीक्षक राईले नजिकिँदै गरेका चाडपर्वमा हुनसक्ने कालोबजारी एवम् तस्करी नियन्त्रणको साथै सवारी दुर्घटना न्यूनीकरणका लागि अझ बढी सक्रियताका साथ जिम्मेवारी बहन गर्नुपर्ने बताउनुभयो । हालै देश विदेशमा घट्न गएका अप्रिय घटनाबाट उत्पन्न हुन सक्ने चुनौतीलाई विशेष ख्याल गर्दै शान्ति सुरक्षा सहज बनाउन अन्य सरोकारवाला निकायहरूसँग समन्वय गर्दै कार्यसम्पदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  उक्त अवसरमा सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु तथा प्रतिनिधिले आ-आफ्नो क्षेत्रको शान्ति सुरक्षाको अवस्था, विशेष सुरक्षा योजना तय तथा कार्यान्वयन र भइरहेका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो ।   कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको साथै वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति एवम् सात वटै प्रदेश प्रहरी प्रमुखहरु तथा प्रतिनिधिको भर्चुअल उपस्थिति रहेको थियो ।  

प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगित सुरू
२०८०-०६-२१

काठमाडौं, ६८औं प्रहरी दिवस २०८० को अवसरमा प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सुरु भएको छ ।नेपाल प्रहरी खेलकूद समितिका सदस्य सचिव तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले प्रतिष्ठानमा आइतबार आयोजित एक कार्यक्रमबीच रेफ्रीलाई बल हस्तान्तरण गरी उक्त प्रतियोगिताको उद्‍घाटन गर्नुभयो ।सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक भण्डारीले शान्ति सुरक्षा अमन चयन कायम राख्ने, अपराध नियन्त्रण र अनुसन्धान जस्तो गहन जिम्मेवारी बोकेको नेपाल प्रहरीले खेलकुद क्षेत्रलाई समेत उच्च प्राथमिकतामा राखेको बताउनुभयो । राष्ट्रिय खेलकुद क्षेत्रको उल्लेख्य हिस्सा ओगटेको नेपाल प्रहरीको खेलकुद इतिहास गर्व गर्न लायक रहेको बताउँदै हालै संचालन भइररहेको एसियन गेममा नेपाल प्रहरीका खेलाडीले प्राप्त गरेको सफलताले राष्ट्र र संगठनको शिर उच्च बनाएको उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा प्रहरी नायव उपरीक्षक रूकेश तण्डुकारले स्वागत तथा खेलकुद प्रतियोगिता सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको थियो । प्रतियोगितामा प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र ७ वटै प्रदेश प्रहरी कार्यालयका गरी १० टिमको सहभागिता रहेको छ ।

सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह-२०८० समापन
२०८०-०६-१९

 काठमाडौं, काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा राष्ट्रिय सभागृह भृकुटीमण्डपमा शुक्रबार आयोजित विशेष समारोहबीच ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह-२०८०’ को समापन भएको छ । समारोहमा उप-प्रमुख डंगोलले उत्कृष्ट ट्राफिक प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो । सो अवसरमा समारोहलाई सम्बोधन गर्दै उप-प्रमुख डंगोलले ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीको साथसाथै सडक प्रयोगकर्ताको पनि उत्तिकै जिम्मेवारी र दायित्व रहेकोले सबैले सचेत भएर आफ्नो भूमिका र कर्तव्य पूरा गर्नुपर्ने बताउनुभयो । काठमाडौं महानगरपालिकाले यातायातलाई विशेष प्राथिमकताको रुपमा राखेको उल्लेख गर्दै महानगरपालिकालाई सुरक्षित सहर बनाउनका लागि ट्राफिक सँगैसगै रोड सेफ्टीका विषयहरूलाई महत्व दिई सचेतना कार्यक्रम गर्दै आएको र महानगरपालिकालाई थप प्रविधिमैत्री बनाउँदै लैजान सिसिटिभी जडान, सडक वत्ती र धुलोरहित सडकका लागि विभिन्न सरोकारवाला निकायहरूसँग समन्वय गरी काम गर्दै आएको उहाँले बताउनुभयो । समारोहमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले उत्कृष्ट चालक, सह-चालक एवम् उत्कृष्ट महानगर प्रहरी बलका कर्मचारीलाई प्रशंसापत्र प्रदान गर्नुभयो । प्रहरी अतिरिक्त महानिरीक्षक थापाले आमनागरिकमा सडक सुरक्षाका सम्बन्धमा सकारात्मक सन्देश प्रवाह गर्न ट्राफिक सप्ताह सफल भएको विश्वास व्यक्त गर्दै आगामी दिनमा समेत आमनागरिक एवं अन्य सरोकारवाला निकायबाट सुझाव र सहयोग प्राप्त हुने अपेक्षा रहेको बताउनुभयो । सो अवसरमा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण सहयोग गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधिहरूलाई प्रशंसापत्र प्रदान गर्दै ट्राफिक व्यवस्थापन सम्बद्ध निकायहरूले आपसी समन्वय र सहकार्य गर्दै जानुपर्ने बताउनुभयो ।  कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वाँर तथा वरिष्ठ कलाकार मनोज गजुरेलले सडक सुरक्षा बारेमा आ-आफ्नो धारणासहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।   कार्यक्रममा यातायात व्यवस्था बिभागका महानिर्देशक उद्धब प्रसाद रिजाल, सडक बिभागका महानिर्देशक सुशिलबाबु ढकाल, संघीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणका कार्यकारी निर्देशक ई. कुबेर नेपाली, विभिन्न संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधिहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीहरू, यातयात व्यवसायिहरु, संचारकर्मी लगायत प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।   कार्यक्रममा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह अवधिभरमा गरिएको विभिन्न कार्यक्रमहरूको सन्दर्भमा रहेर तयार पारिएको वृत्तचित्रसमेत प्रस्तुत गरिएको थियो ।काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा सवारी दुर्घटनाबाट हुने जनधनको क्षतिलाई काम गर्न तथा सडक सभ्यता अभिवृद्धि गर्ने उद्देश्यले यही असोज १४ गतेदेखि १९ गतेसम्म विभिन्न ट्राफिक सचेतना मूलक कार्यक्रम सञ्चालन भएको थियो । 

२० जना प्रहरी कर्मचारीलाई श्रव्यदृश्य आधारभूत तालिम प्रदान
२०८०-०६-१४

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखाले २० जना प्रहरी कर्मचारीलाई श्रव्यदृश्य आधारभूत तालिम प्रदान गरेको    छ  । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही शाखामा संचालित पाँचौ समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।   उक्त तालिम समापनका अवसरमा आइतबार आयोजित कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र तथा प्रशिक्षकहरूलाई प्रशंसापत्र वितरण गर्नुभयो । प्रहरी नायव महानिरीक्षक कडायतले अहिले प्रविधिको युग भएकोले तालिमको दौरानमा सिकाइएका विभिन्न ज्ञान सीप प्रहरी कर्मचारीहरुको व्यवसायिक तथा व्यक्तिगत जीवनमा फलदायि हुने विश्वास व्यक्त गर्नुभयो । प्राप्त ज्ञानलाई अझै पूर्णता ल्याउनका लागि आफ्नो कार्यक्षेत्रमा गएपश्चात थप अभ्यास गर्दै आफ्नो काममा निखारता ल्याउनुपर्ने बताउनुभयो । अपराध अनुसन्धानमा प्रविधि र प्राविधिक ज्ञानको प्रयोगले साइबर क्राइम, बैंकिङ कसूरजन्य अपराध नियन्त्रणदेखि प्रहरीले सम्पादन गर्ने हरेक कार्यमा ठूलो सहयोग हुने अपेक्षा रहेको उहाँले बताउनुभयो ।   कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक कालिका कार्कीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ३० कार्यदिन अवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक १ जना, प्रहरी सहायक निरीक्षक २ जना, प्रहरी हवल्दार १ जना, प्रहरी सहायक हवल्दार ३ जना र प्रहरी जवान १३ गरी जम्मा २० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो । प्रशिक्षककोतर्फबाट प्रशिक्षक पुरुषोत्तम घिमिरे र प्रशिक्षार्थीकोतर्फबाट प्रहरी नायव निरीक्षक राम प्रसाद मैनालीले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा श्रव्यदृश्य आधारभूत पाचौं समूहद्वरा तयार पारिएको ट्राफिक सम्बन्धी श्रव्यदृश्य सामग्री प्रस्तुत गरिएको थियो ।  

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठबाट सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह-२०८० उद्‍घाटन
२०८०-०६-१४

काठमाडौं, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभागृह भृकुटीमण्डपमा आइतबार आयोजित विशेष समारोहबीच ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह-२०८०’ को पानसमा दीप प्रज्वलन गरी उद्‌घाटन गर्नुभयो । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथद्वारा संयुक्त रूपमा आयोजित उक्त कार्यक्रमको सुरुमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टरराई, सुरक्षा निकायहरु, काठमाडौं ललितपुर भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु एवम् सरोकारवाला निकायहरुका प्रतिनिधिहरुको सहभागितामा सडक सुरक्षा सम्बन्धी विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेट सहितको प्रभातफेरि र्‍याली दरबारमार्गबाट शुरू भई पुरानो बसपार्क हुँदै राष्ट्रिय सभागृहमा पुगेर मूल समारोह कार्यक्रममा परिणत भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले ट्राफिक सचेतना सप्ताहले आमनागरिकमा ट्राफिक चेतनाको स्तर जागरित गर्ने सक्षम हुने बताउनुभयो । सडक दुर्घटनाबाट नेपालले ठूलो क्षति वेहोर्दै आएको सन्दर्भमा यस्तो स्थितिलाई अत्यन्त गर्नु र आउन नदिन सचेत हुन सबैको गम्भीर जिम्मेवारी रहेको बताउनुभयो । ट्राफिक प्रहरीको कार्य मात्र नभई सडकको गुणस्तर, सडकको क्षमता, सवारी साधनको गुणस्तरीयता, सवारी चालक र अन्य समुदायको चेतना र आचरणले समेत सडक दुर्घटनाको न्यूनीकरणका लागि ठूलो भूमिका निर्वाह गर्ने उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उपत्यकामा चुनौतीको रूपमा रहेको ट्राफिक व्यवस्थापनका सम्बन्धमा नेपाल प्रहरी र सरोकारवाला पक्षहरूबीच सहकार्य अभिवृद्धिका माध्यमबाट सडक सुरक्षा कायम गर्दै आमनागरिकमा प्रभावकारी ढंगबाट सेवा प्रवाह गर्ने उद्देश्यका साथ काठमाडौं महानगरपालिकासँगको संयुक्त आयोजनामा आयोजित यस सप्ताहले दुर्घटना तथा क्षति न्यूनीकरणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । सडक सुरक्षा एवं ट्राफिक व्यवस्थापन नागरिकको जिउ धनको सुरक्षासँग जोडिएको गम्भीर र महत्त्वपूर्ण क्षेत्रको रुपमा रहेको ट्राफिक व्यवस्थापनमा नेपाल प्रहरी सदैव कटिबद्ध रहेको उहाँले बताउनुभयो । यस महत्वपूर्ण र चुनौतीपूर्ण जिम्मेवारीमा खटिएका ट्राफिक प्रहरीलाई जनस्तरबाट सहयोग र सद्‍भाव आवश्यक रहेको चर्चा गर्नुहुँदै उहाँले नेपाल प्रहरीले ल्याएको योजना कार्यान्वयनमा सडक प्रयोगकर्ता लगायत कानून कार्यान्वयन गर्ने पक्ष तथा सम्पूर्ण सरोकारवाला निकायहरूबाट सहयोग समन्वय र सहकार्य निरन्तर प्राप्त हुने अपेक्षा रहेको बताउनुभयो । कार्यक्रममा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, यातयाव व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजाल, राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, वरिष्ठ कलाकार हरिवंश आचार्य, काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले सडक सुरक्षा बारेमा आ-आफ्नो धारणासहितको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयद्वारा निर्माण गरिएको ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी वृत्तचित्र प्रस्तुत गरिएको थियो ।  

नेपाल पुलिस क्लव क्रिकेट टीमका कप्तान दिपन्द्र सिंह ऐरीद्वारा विश्व कीर्तिमान कायम
२०८०-०६-१४

काठमाडौं, नेपाल पुलिस क्लव क्रिकेट टीमका कप्तान समेत रहेका दिपेन्द्र सिंह ऐरीले मित्रराष्ट्र चीनमा सञ्चालन भइरहेको १९औं एशियन गेम्समा टी-२० क्रिकेटतर्फ विश्व रेकर्ड कायम गर्न सफल भएका छन् । सन् २०२३ सेप्टेम्बर २७ मा मंगोलिया विरुद्धको खेलमा राष्ट्रको प्रतिनिधित्व गर्दै राष्ट्रिय पुरूष क्रिकेट टीमको तर्फबाट आफूले सामना गरेको पहिलो ६ बलमा ६ छक्का प्रहार गर्दै ९ बलमा अर्धशतक पूरा गरी उनले विश्व कीर्तिमान कायम गरेका हुन् । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीको तर्फबाट कप्तान ऐरीलाई हार्दिक बधाई दिनुको साथै नेपाली क्रिकेट टीम र  खेलाडीहरूमा सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।  सन् २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म मित्र राष्ट्र चीनमा सञ्चालन भइरहेको उक्त १९औं एशियन गेम्समा     नेपाल प्रहरीको तर्फबाट पुरुष क्रिकेट, कराँते, महिला फुटबल, टेबलटेनिस, तेक्वान्दो, उसु, जुडो, बक्सिङ, ब्याडमिण्टन, कबड्डी, आर्चरी, महिला भलिबल, पुरुष भलिबल, एथ्लेटिक्स तथा भारोत्तोलन लगायतका खेलहरूमा सहभागी भएका कुल ४७ जना खेलाडीहरू (एक जना अफिसियल सहित) रहेका छन् । 

प्रहरी जवान आधारभूत तालिमका २ हजार ४ सय ११ जना प्रहरी जवान दीक्षित
२०८०-०६-०७

काठमाडौं, विभिन्न प्रदेश प्रहरी तालिम केन्द्र तथा गणहरूमा २०७९ कात्तिक २० गतेदेखि संचालित प्रहरी जवान आधारभूत तालिममा सहभागी २ हजार ४ सय ११ जना प्रहरी जवानहरू आइतबार दीक्षित भएका छन् । ती मध्ये ४ सय ६७ जना महिला र १ हजार ९ सय ४४ जना पुरूष रहेका छन् ।नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालको दीक्षान्त समारोहमा प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार केसीले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त गणबाट १ सय १ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् । काठमाडौं उपत्यका प्रहरी शिक्षालय महाराजगंजको दीक्षान्त समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रहरी नायव महानिरीक्षक रबिन्द्र केसीले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त शिक्षालयबाट १ सय ३ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।  नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासीको दीक्षान्त समारोहमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त महाविद्यालयबाट १ सय ८९ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको दीक्षान्त समारोहमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त तालिम केन्द्रबाट २ सय ९५ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् । मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर राजविराजको दीक्षान्त समारोहमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त तालिम केन्द्रबाट २ सय ८३ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् ।बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीको दीक्षान्त समारोहमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त तालिम केन्द्रबाट २ सय ८० जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् । गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराको दीक्षान्त समारोहमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरूङले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त तालिम केन्द्रबाट २ सय ७७ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलको दीक्षान्त समारोहमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश राज जोशीले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त तालिम केन्द्रबाट २ सय ८७ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगंज)को दीक्षान्त समारोहमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त तालिम केन्द्रबाट ३ सय जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलको दीक्षान्त समारोहमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त तालिम केन्द्रबाट १ सय ९६ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् । साथै सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र (प्रहरी प्रशिक्षण स्थल बुडर, डोटी) बाट १ सय जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् ।दीक्षान्त समारोहका प्रमुख अतिथिहरूले आ-आफ्नो दीक्षान्त समारोहमा प्रहरी जवान आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीहरूलाई बधाई तथा सफलताको कामना व्यक्त गर्दै आवश्यक निर्देशनसमेत दिनुभएको थियो ।

विश्व सम्पदा सूचीमा सूचीकृत स्थानहरुको सरसफाइ कार्यक्रम सम्पन्न
२०८०-०६-०६

काठमाडौं,  “सेवा नै धर्म हो”  भन्ने मूल नाराका साथ नेपाल प्रहरी श्रीमती संघको “सामाजिक उत्तरदायित्व क्रियाकलाप” अन्तर्गत विश्व सम्पदा सूचीमा सूचीकृत स्थानहरूको सरसफाई तथा संरक्षण कार्यक्रमको सिलसिलामा शनिबार श्री स्वयम्भू महाचैत्य विहार परिसर, स्वयम्भूको सरसफाई तथा फोहोरमैला व्यवस्थापन गरिएको छ । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी पराजुली कुँवरको नेतृत्वमा उक्त संघका पदाधिकारीहरू, स्वयम्भू व्यवस्थापन तथा संरक्षण समितिका सदस्यहरू, प्रहरी वृत्त स्वयम्भू, प्रहरी कर्मचारी, स्थानीय जनप्रतिनिधि तथा स्थानीय भद्रभलाद्‍मीहरूको सहभागितामा सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो । यसअघि विश्व सम्पदा सूचीकृत पशुपति मन्दिर परिसरमा समेत सरसफाई तथा फोहोर व्यवस्थापन कार्यक्रम सम्पन्न गरिएको थियो ।

हेभी सवारी चालक तालिम सुरू
२०८०-०६-०४

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा १४ औं समूहको हेभी सवारी चालक तालिम संचालन भएको छ ।उक्त तालिमको सोही महाशाखाका प्रहरी नायव उपरीक्षक ई.अनुप श्रेष्ठले बिहीबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्दै हेभी सवारी साधन चलाउन र सामान्य मर्मत सम्भार गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम संचालन गरिएको हो । प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै उक्त तालिममा प्रहरी सहायक हवल्दार १६ जना र प्रहरी जवान १४ जना गरी जम्मा ३० जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।  

हरितालिका तीजको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
२०८०-०५-२९

काठमाडौं, नेपाली महिलाहरूको महान चाड हरितालिका तीज २०८० को अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयमा शुभकामना आदान प्रदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।  कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले कार्यक्रममा उपस्थित सम्पूर्ण महिला प्रहरी कर्मचारीहरु एवं नेपाल प्रहरीमा कार्यरत सम्पूर्ण महिला प्रहरी कर्मचारीहरूलाई शुभकामना व्यक्त गर्नुभयो । शुभकामना आदान प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको उक्त अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयभित्र कार्यरत महिला प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो । 

३० जना प्रहरी कर्मचारीलाई विपद व्यवस्थापन आधारभूत तालिम प्रदान
२०८०-०५-२६

काठमाडौं, नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीले ३० जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही कार्यालयमा संचालित ३१औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।  उक्त तालिम समापनका अवसरमा मंगलबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डम्बर बहादुर बिकले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो । उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक बिकले तालिमले प्रशिक्षार्थीहरूको व्यक्तिगत जीवनशैलीमा सकारात्मक भूमिका खेल्ने तथा कार्यक्षेत्रमा थप उर्जा प्रदान गर्ने चर्चा गर्दै तालिममा हासिल गरेका ज्ञान एवम् सीपलाई प्रकोप तथा विपद्को समयमा खोजी तथा उद्दार कार्यमा नागरिकले अपेक्षा गरे अनुरुप सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।  कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक हरिकृष्ण केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुहुँदै गत साउन ४ गतेदेखि संचालित ४५ कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी नायव निरीक्षक २ जना, प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी सहायक हवल्दार ८ जना र प्रहरी जवान १९ जना गरी जम्मा ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।कार्यक्रममा विपद व्यवस्थापन सम्बन्धि श्रव्यदृश्य सामग्री प्रस्तुत गरिएको थियो । 

३० जना प्रहरी कर्मचारीहरूलाई हलुका सवारी चालक तालिम प्रदान
२०८०-०५-२४

काठमाडौं,  नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३० जना प्रहरी कर्मचारीहरुलाई हलुका सवारी चालक तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित हलुका सवारी चालक तालिम २६औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।  तालिम समापनको अवसरमा सोही महाशाखामा आइतबार आयोजित कार्यक्रममा प्रहरी उपरीक्षक ई. कमलेन्द्र लाल कर्णले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो । प्रहरी उपरीक्षक कर्णले नेपाल प्रहरीमा रहेका परिमार्जित भएर आएका नयाँ प्रविधिका सवारी साधनहरुको बारेमा प्रशिक्षार्थीहरूलाई तालिममा ज्ञान, सीप प्रदान गरिएको बताउनुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक ई. अन्जन राज खरेलले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत भदौ ४ गतेबाट संचालित १६ कार्यदिन अवधि रहेको उक्त तालिममा जम्मा ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो । 

हरितालिका तीज विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
२०८०-०५-२२

काठमाडौं, नेपाल प्रहरी श्रीमती संघद्वारा आयोजित हरितालिका तिज २०८० को अवसरमा विशेष शुभकामना आदान प्रदान कार्यक्रम शुक्रबार राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगंजमा सम्पन्न भएको छ । सो अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले सम्पूर्णमा तीजको शुभकामना व्यक्त गर्दै आपसी सद्‍भाव कायम राख्न सहयोग पुगोस् भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । यसले आफ्नो धर्म, संस्कृतिको जगेर्ना गर्न र सद्‍भाव वृद्धि गर्न योगदान पुर्‍याउने विश्चास उहाँले व्यक्त गर्नुभयो । सोही अवसरमा संघका पदाधिकारी तथा सदस्यहरूद्वारा कविता वाचन, नृत्य लगायतका विविध सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो ।  कार्यक्रममा निजामती कर्मचारी श्रीमती संघकी अध्यक्ष श्रीमती अन्जना अर्याल, सैनिक श्रीमती संघकी अध्यक्ष श्रीमती सुनिता शर्मा, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल, नेपाल प्रहरी श्रीमती संघकी संस्थापक अध्यक्ष श्रीमती बसुन्धरा लामा, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु तथा पूर्व पदाधिकारीहरू, केन्द्रका कार्यकारिणी समितिका पदाधिकारीहरु तथा सदस्यहरू लगायत आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो ।

बहुआयामिक चुनौतिहरूलाई सम्बोधन गर्न सुदृढ अन्तर्राष्ट्रिय सहयोग आवश्यक- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’
२०८०-०५-२१

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध, आतंकवाद लगायतका बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न विश्वव्यापी, क्षेत्रीय र उप-क्षेत्रीय स्तरहरूमा सुदृढ अन्तर्राष्ट्रिय सहयोग र समन्वय आवश्यक रहेको बताउनुभएको छ ।  इन्टरपोल स्थापनाको शताव्दी दिवसको अवसरमा सेप्टेम्बर ७ लाई अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस मनाउने घोषणा गरिए अनुरूप नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उक्त कुरा बताउनुभएको हो ।  सो अवसरमा प्रधानमन्त्री दाहालले समारोहलाई दिप प्रज्वलन गरी विधिवत रूपमा उद्‍घाटन गरी विशेष संस्मरणात्मक आवरणमा टाँचा लगाउनुका साथै ‘इन्टरपोल कफि टेबल बुक’ विमोचन समेत गर्नुभयो ।  प्रधानमन्त्री दाहालले डिजिटल युगमा प्रविधिको दुरूपयोगबाट भएका अपराधिक क्रियाकलापहरूलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय प्रहरी सहयोगको विशेष महत्त्व हुने बताउनुहुँदै यस्ता अपराधिक क्रियाकलापलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न आपसी सूचना आदान प्रदान हुनुपर्ने उल्लेख गर्नुभयो । नागरिकहरू भय र शोषणबाट मुक्त हुन सक्ने वातावरण सिर्जना गर्न सबै सुरक्षा निकाय मिलेर काम गर्नुपर्ने चर्चा गर्दै मानवअधिकारको संरक्षणलाई प्राथमिकतामा राखी र न्याय, निष्पक्षता र उत्तरदायित्वका सिद्धान्तहरू पालना गरी कानून कार्यान्वयनको सुनिश्चित गर्दै कानून कार्यान्वयन गर्ने निकाय र समुदायबीच विश्वास निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।प्रधानमन्त्री दाहालले इन्टरपोलसँगको साझेदारीमा नेपाल प्रहरीको उपलब्धी र योगदानको स्मरण गर्ने ‘इन्टरपोल कफि टेबल बुक’ सार्वजनिक गरिएको चर्चा गर्नुहुँदै पुस्तक प्रहरीको कडा परिश्रम र व्यावसायिकताको प्रमाण भएको बताउनुभयो । कानून र व्यवस्था कायम राख्न, अन्तर्राष्ट्रिय अपराधसँग लड्न र नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न नेपाल प्रहरीका प्रयासहरू उक्त पुस्तकले प्रदर्शन गरेको बताउनुहुँदै ‘विशेष संस्मरणात्मक आवरण’ जारी गर्नाले नेपाल र इन्टरपोलबीचको बलियो सम्बन्धको प्रतीक, विश्वव्यापी अपराध विरुद्धको लडाईंमा आवश्यक एकता र सहकार्यको प्रतिनिधित्व गरेको उल्लेख गर्नुभयो ।  समारोहमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले अन्तर्राष्ट्रिय अपराध र आतंकवाद विरुद्धको विश्वव्यापी लडाईंमा इन्टरपोल अमूल्य साझेदार भएको बताउनुहुँदै अन्तर्राष्ट्रिय प्रहरी सहयोग अभिवृद्धि गर्न, महत्वपूर्ण सूचनाको आदान प्रदानलाई सहज बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । नेपाल प्रहरीले कानून कार्यान्वयन गर्दै शान्ति सुव्यवस्था कायम राख्न निर्वाह गरेको भूमिका प्रंशसनीय रहेको उल्लेख गर्नुहुँदै एनसिबी काठमाडौंले अन्तर्राष्ट्रिय अपराध, मानव बेचबिखन, लागूऔषध ओसारपसार र अन्य गैरकानूनी गतिविधिहरु विरुद्ध लड्न अथक प्रयास गरिरहेको चर्चा गर्नुभयो । अन्तर्राष्ट्रिय प्रहरी सहयोगलाई सुदृढ गर्ने हाम्रो प्रतिबद्धता रहेको बताउनुहुँदै नेपाल सरकार र सम्बद्ध निकायहरू अन्तर्राष्ट्रिय सहयोगी र साझेदारहरूसँग समन्वय अभिवृद्धि गर्न दृढ संकल्पित रहेको उल्लेख गर्नुभयो ।कार्यक्रममा National Central Bureau (NCB) काठमाडौं नेपालका प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धन्यवाद ज्ञापन गर्नुहुँदै अन्तर्राष्ट्रिय अपराध विरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायबाट पनि प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो । मानव बेचबिखन, साइबर अपराध, आतंकवाद, लागूपदार्थ ओसार पसार जस्ता क्रियाकलापलाई नियन्त्रण गर्न यस्तो प्रतिबद्धता महत्त्वपूर्ण रहने चर्चा गर्दै सबै राष्ट्रहरूबीच आपसी सहयोग, सूचनाको आदान प्रदान एवम् समन्वय हुनुपर्ने उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले विश्वमा नयाँ सुरक्षा खतराहरूलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय प्रहरी सहयोग महत्त्वपूर्ण रहेको चर्चा गर्नुहुँदै ‘ग्लोबल भिलेज’ को अवधारणाले अन्तर्राष्ट्रिय अपराध विरूद्ध प्रभावकारी रूपमा लड्नका लागि कानून कार्यान्वयन गर्ने निकायबीचको सहकार्यको आवश्यकतामा जोड दिनुभयो । अन्तर्राष्ट्रिय प्रहरी सहयोग दिवसले पनि प्रहरीमा महिलाको महत्वपूर्ण भूमिकालाई उजागर गरेको उल्लेख गर्नुहुँदै  नेपाल प्रहरीमा बढ्दो महिला सहभागिताले कानून कार्यान्वयनमा थप योगदान पुर्‍याउन सक्ने विश्वास व्यक्त गर्नुभयो । हाल नेपाल प्रहरीमा ११ प्रतिशतभन्दा बढी महिला सहभागिता रहेको र समुदायको माग तथा आवश्यकता अनुसार संख्या बढाइने उहाँले उल्लेख गर्नुभयो ।  नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले स्वागत मन्तव्य व्यक्त तथा कार्यक्रम सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको उक्त समारोहमा अन्तर्राष्ट्रिय समन्वयमा प्रहरीको भूमिका र महत्वका बारेमा तयार पारिएको डकुमेन्ट्री भिडियोसमेत प्रस्तुत गरिएको थियो ।  कार्यक्रममा परराष्ट्र मन्त्री नारायण प्रकाश साउद, सञ्‍चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकार शंकरदास बैरागी, महान्यायाधिवक्ता डा. दिनमणी पोखरेल, राजदूतहरू, गृह सचिव लगायत निजामती सेवा तथा सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरू, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष एवम् पदाधिकारीहरू, सञ्चारकर्मीहरू, अन्य विशिष्ट आमन्त्रित महानुभावहरू लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, तालिम केन्द्रका प्रमुखहरू एवम् सबै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुको भर्चुअल उपस्थिति रहेको थियो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह
२०८०-०५-१९

काठमाडौं, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित जनसरोकारका विषयहरूको तथ्याङ्क, विवरण, अन्तर्वार्ता र अन्य गतिविधि सम्प्रेषण गर्नुभएको छ ।  सो अवधिमा उहाँले अनलाइन मिडिया ४० वटा, पत्रपत्रिका २३ वटा, टेलिभिजन १५ वटा, सर्वसाधारण ३ जना, पूर्व प्रहरी कर्मचारी २ जना, संस्था/अनुसन्धानकर्ता/रेडियो/मनोविद/गृहमन्त्रालय/विद्यार्थी समेत गरी ७ जना, स्टुडियोमा अन्तर्वार्ता ३ वटा र अन्य ६ गरी जम्मा ९९ जना व्यक्ति र संस्थालाई गतिविधि सम्प्रेषण गर्नुभएको हो । सम्प्रेषण गरिएका विषयहरूमा नक्कली शैक्षिक प्रमाणपत्रमा पक्राउ परेकाहरूको विवरण, अपहरण तथा अवैध हातहतियार, कारागारमा रहेका विदेशी नागरिकहरूको विवरण, समग्र अपराध तथ्याङ्क, लागूऔषध, साईबर क्राइम, बैंकिङ कसूर, जबरजस्ती करणी तथा जबरजस्ती करणी उद्योग, वैवाहिक जबरजस्ती करणी, महिला हिंसा, सार्वजनिक सवारीमा महिलामाथि भएको हिंसा, लैंगिक हिंसा, जातीय छुवाछुत, मानव वेचविखन, अवैध विदेशी मुद्रा, अवैध सुन बरामद, उत्कृष्ट काम गरी पुरस्कार प्राप्त गर्ने प्रहरी कर्मचारीहरूको विवरण, प्रहरी कल्याण कोषमा कल्याणकारी कार्य र नेपाल प्रहरीले बरामद गरेका हतियार नष्टको विवरण छन् । यसैगरी विषालु पदार्थ सेवनबाट भएको मृत्यु तथा घाइते, सवारी दुर्घटना, सर्पले टोकेर भएको मृत्यु तथा घाइते, मनसुन जन्य घटना तथा विपद् व्यवस्थापन, डुबी मृत्यु भएकाहरूको तथ्याङ्क, मोबाइल चोरी, आत्महत्या, हिरासतमा भएको मृत्यु तथा थुनुवा फरार, अवैध मदिरा, विदेशी नागरिक पक्राउ, पाकेटमार, बोक्सीको आरोपमा पक्राउ परेकाहरूको तथ्याङ्क तथा विवरण लगायत रहेका छन् ।     नेपालको संविधान २०७२ को सूचनाको हक, सूचनाको हक सम्बन्धी ऐन २०६४ तथा सूचनाको हक सम्बन्धी नियमावली २०६५, नेपाल प्रहरीको संचारमाध्यम (मिडिया) सम्बन्धी नीति २०६० ले सार्वजनिक चासो र नागरिकसँग सरोकार राख्ने विषयसँग सम्बन्धित सूचना प्रवाह गर्न प्रत्येक सार्वजनिक निकायमा अनिवार्य रूपमा प्रवक्ता/सूचना अधिकारीलाई मिडियासँग समन्वय गर्ने व्यवस्था अनुरूप आम नागरिकको सूचनाको हकको सम्मान गर्दै संगठनको नीति अनुरूप प्रहरी नायव महानिरीक्षक कडायतले विगतमा जस्तै साउन महिनामा पनि प्रहरी कारवाही, शान्ति सुरक्षा तथा अपराध अनुसन्धान लगायतका सार्वजनिक सरोकारका विषयहरूमा जानकारी उपलब्ध गराउनु भएको हो ।  साथै नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी प्रवक्ताको सचिवालय मातहत रहेको केन्द्रीय प्रहरी समाचार कक्ष मार्फत दैनिक दुई पटक समाचारसँग सम्बन्धित तस्बिरसहितको ‘दैनिक समाचार बुलेटिन’, श्रव्यदृश्य शाखाबाट पाक्षिक रूपमा ‘प्रहरी अनुरोध कार्यक्रम’ र जनसम्पर्क शाखाबाट हप्तामा दुई पटक ‘प्रहरी रेडियो कार्यक्रम’ तथा ‘प्रहरी द्वैमासिक’ मार्फत सूचना सम्प्रेषण हुँदै आएको छ ।  

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा ई-लाईब्रेरी सेवा शुभारम्भ
२०८०-०५-१८

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र त्रिभुवन विश्चविद्यालय केन्द्रीय पुस्तकालयबीच सोही प्रतिष्ठानमा ई-लाईब्रेरी सेवा संचालन कार्यको शुभारम्भ भएको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले सोमबार आयोजित कार्यक्रममा ई-लाईब्रेरी औपचारिक रूपमा शुभारम्म गर्दै ई-लाईब्रेरी सेवामा उपलब्ध ई-स्रोतहरुको उपयोग गर्ने विधिको नमुना समेत प्रदर्शन गर्नुभएको थियो । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक भण्डारीले सेवा संचालनले प्रहरीमा अध्ययन संस्कृतिको विकास हुने विश्चास व्यक्त गर्दै यसबाट प्रशिक्षण प्रदायक संस्थाहरूमा अध्ययन, अध्यापन तथा अन्वेषण कार्यको साथै प्रशिक्षक तथा प्रशिक्षार्थीहरुको सिकाईको स्तर, चेतना र व्यक्तित्व विकासमा टेवा पुग्ने बताउनुभयो । प्रहरी कर्मचारीहरुलाई दक्ष, व्यवसायिक र समय सापेक्ष रूपमा उत्कृष्ट बनाउने सन्दर्भमा प्रशिक्षण प्रदायक कार्यालयहरुको महत्त्वमाथि चर्चा गर्दै उहाँले प्राप्त ज्ञानको आदान प्रदानले वौद्धिक प्रहरी जनशक्ति उत्पादनमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका निमित्त प्रमुख सागर सुवेदीले नेपाल प्रहरीसँग सहकार्य गर्ने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्दै सम्पूर्णलाई ई-स्रोतहरुको अधिक्तम प्रयोग गर्न आग्रह गर्नुभयो । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयले रिमोट एक्सेस सुविधा सहित व्यवस्था गरेको ई-लाईब्रेरीमा लाखौंको संख्यामा अध्ययन सामग्रीहरू रहेका छन् । विश्वविद्यालयले खरिद गरेको EBSCO HOST, PROQUEST Database मा ई-पुस्तक, शोधपत्र तथा जर्नलहरू प्रयोग गर्न सकिने छ । यस सेवाका माध्यमबाट अन्तर्राष्ट्रिय संघसंस्था, नेशनल लाईब्रेरी अफ ईन्डिया र एशियन डेभलभमेन्ट बैंकका स्रोतहरू एवम् अध्ययन अध्यापनका लागि सहयोगी हुने नि:शुल्क डाटावेशहरू पनि प्रयोग योग्य रहेको उक्त अवसरमा जानकारी दिईयो ।  कार्यक्रममा प्रतिष्ठानका वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य, त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका सूचना अधिकारी, सिनियर प्रहरी अधिकृतहरूको साथै भर्चुएल माध्यमबाट नेपाल प्रहरी शिक्षालयका निर्देशक, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालयका प्राचार्य, सात वटै प्रदेश प्रहरी तालिम केन्द्रका समादेशकहरु र काठमाडौं उपत्यका प्रहरी शिक्षालयका समादेशक समेतको उपस्थिति रहेको थियो ।कार्यक्रमकै अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका ४ सय ८३ जना प्रहरी कर्मचारीहरू ई-लाईब्रेरी सेवासँग आवद्ध हुनुका साथै उक्त सेवाको सदस्यता लिने क्रम जारी रहेको छ ।

पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरूको विवरण राखिएको वेवसाइट उद्‍घाटन
२०८०-०५-१७

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले “पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरूको विवरण” राखिएको वेवसाइट udb.nepalpolice.gov.np को आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । उद्‍घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले निर्माण भएको वेवसाइटको सुरक्षाको साथसाथै नागरिक एपमा जोड्न सके अझै प्रभावकारी हुने बताउनुभयो । वेवसाइटलाई कुनै पनि समस्या नआउने गरी प्रभावकारी रूपमा संचालन गर्दै धेरै भन्दा धेरै सरोकारवाला व्यक्तिहरूको पहुँचमा पुर्‍याई बढी भन्दा बढी पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरू सनाखत गर्न सहज र सक्षम हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । नागरिक स्तर र यससँग सम्बन्धित सरोकारवाला पक्षको सहयोग लिँदै प्रारम्भिक रूपमै शवको सनाखत हुने वातारण सिर्जना गर्ने र त्यस्ता किसिमका विवरण संकलन गरेर वेवसाइटमा राख्ने विषयमा सम्बन्धित विभागले नियमित रूपमा अनुगमन गर्नुपर्ने बताउनुभयो ।  कार्यक्रममा वेवपेज निर्माण गर्ने कम्पनी योङ्‍गमाइन्ड्स क्रियसन प्रालिका प्रबन्ध निर्देशक डा.श्रीधर मरासैनीले वेवसाइटको प्रयोगको प्रभावकारिता र विशेषताहरूको बारेमा जानकारी दिनुभएको थियो ।  दुर्घटना, प्राकृतिक विपद् वा अन्य कारणबाट मृत्यु भई पहिचान हुन नसकेका वा हकवाला वा आफन्तले फेला पार्न नसकी वेवारिसे शवहरूको उचित रूपमा व्यवस्थापन गर्ने उद्देश्यले त्यस्ता शवहरूको विस्तृत विवरणसहित छुट्टै वेवपेज निर्माण गर्ने राज्य व्यवस्था तथा सुशासन समितिको २०७८ वैशाख २ गतेको निर्णयबमोजिम नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको पहलमा पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरूको विवरण समेटि सम्पूर्ण विवरण एकै ठाउँबाट जानकारी लिन सकिने तथा कसैले व्यक्तिको पहिचान गरेमा आफ्नो जानकारी र विवरण रिपोर्ट गर्न सक्ने गरी निर्माण गरिएको वेवसाइट आजैबाट प्रयोगमा आएको उक्त अवसरमा जानकारी दिइयो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू र योङ्‍गमाइन्ड्स क्रियसन प्रालिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।  

नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको भवन शिलान्यास
२०८०-०५-१३

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर्माण हुने भवनको प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले बुधबार आयोजित कार्यक्रमबीच शिलान्यास गर्नुभएको छ । शिलान्यास कार्यक्रममा उपस्थित नेपालका लागि मित्रराष्ट्र गणतन्त्र कोरियाका महामहिम राजदुत Park Tae-Young र प्रहरी महानिरीक्षक कुँवरले संयुक्त रूपमा उक्त भवनको ताम्रपत्र अनावरण गर्नुको साथै भवन निर्माण कार्य शुरूवातको लागि भूमि पूजन समेत गर्नुभयो ।उक्त अवसरमा राजदुत Park Tae-Young ले वर्तमान समयमा बढ्दै गएको साईबर अपराधको अनुसन्धान तथा नियन्त्रणका लागि नेपाल प्रहरीले साईबर ब्यूरोको क्षमताको स्तरोन्नति गर्दै आमनागरिकलाई साईबर अपराधबाट जोगाउन थप प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । आगामी दिनमा साईबर व्यूरोको क्षमता अभिवृद्धिका लागि नेपाल प्रहरीसँग आपसी सहयोग तथा सहकार्य गर्ने उहाँले बताउनुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले विज्ञान र प्रविधिको क्षेत्रमा देखिएको विकास नेपालमा मात्र नभई हाल विश्वमै ठूलो आयाम र चुनौतिको रूमपमा खडा भएको र यसले नेपाल प्रहरीको कार्यक्षेत्रमा समेत ठूलो परिवर्तन ल्याएको बताउनुभयो । सीमित साधन स्रोत एवं पूर्वाधारका वावजुद साइबर व्यूरोले आफ्नो क्षमता र दक्षताले सम्भव भएसम्मको सेवा प्रवाह गर्दै आइरहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा साईबर अपराधसँग सम्बन्धित विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणको लागि साईबर व्यूरोको संरचना सुदृढिकरण, प्रविधि र दक्ष जनशक्तिको उपलब्धता अत्यन्त जरूरी भएको बताउनुभयो ।प्रहरी महानिरीक्षक कुँवरले मित्रराष्ट्र कोरियाबाट उपलब्ध भएको सहयोग नेपाल प्रहरीको संस्थागत विकासको सन्दर्भमा दूरगामी महत्वको प्रारम्भ विन्दुको रूपमा रहने विश्वास व्यक्त गर्नुभयो । सुसज्जित साइबर व्यूरो निर्माण गर्न कोरियाली सरकार, कोईका र कोरियाली जनताको प्रशंसा गर्दै उहाँले निर्माण हुने भवन नेपाल र कोरियाबीच मित्रताको प्रतिकको रूपमा रहने चर्चा गर्नुभयो ।   उक्त कार्यक्रममा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोईका) नेपालका Country Director Mooheon Kong ले शुभकामना मन्तव्य व्यक्त गर्दै यस प्रोजेक्ट अनुरूप नेपाल प्रहरीको साइबर व्यूरोको स्तोरन्नति र जनशक्तिको क्षमता अभिवृद्धि गरी साईबर अपराध नियन्त्रणमा प्रभावकारी ढंगबाट कार्य सम्पादन गर्न सहजिकरण हुने बताउनुभयो । सो अवसरमा साईबर ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नबिन्द अर्यालले स्वागत मन्तव्य व्यक्त तथा भवन निर्माण सम्बन्धमा संक्षिप्त जानकारी प्रस्तुत गर्दै मित्रराष्ट्र गणतन्त्र कोरिया सरकारको सहयोगमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोईका) द्वारा भवन निर्माण हुन लागेको बताउनुभयो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, कोईकाका प्रतिनिधिहरू, स्थानीय निकायका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, प्रहरी अधिकृतहरु लगायतको उपस्थिति थियो ।

आसरा सुधार केन्द्र रानीबारीको २५औं वार्षिक साधारणसभा सम्पन्न
२०८०-०५-१०

काठमाडौं, आसरा सुधार केन्द्रकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरको अध्यक्षतामा आसरा सुधार केन्द्र रानीबारीको २५औं वार्षिक साधारणसभा सोही केन्द्रमा आइतबार आयोजित कार्यक्रमबीच सम्पन्न भएको छ ।सो अवसरमा केन्द्रकी अध्यक्ष कुँवरले सीमित स्रोत र साधनका बाबजुद विभिन्न उपचारात्मक विधि अपनाई विगत २६ वर्षदेखि हालसम्म ५ हजार ८ सय ७८ जना लागूऔषध प्रयोगकर्ताहरूलाई समाजमा पुनर्स्थापना गराउने कार्यमा केन्द्रले योगदान पुर्‍याएको बताउनुभयो । लागूऔषध सम्बन्धि विभिन्न जनचेतनामूलक कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्दै  सेवालाई अझ बढी गुणस्तरीय बनाउन केन्द्र कटिबद्ध हुनुपर्ने उहाँले बताउनुभयो । उक्त केन्द्रकी सचिव श्रीमती सिता ज्ञवालीले वार्षिक कार्य प्रतिवेदन प्रस्तुत गर्नुभएको सो कार्यक्रममा केन्द्रकी कोषाध्यक्ष श्रीमती नबिना कार्कीले आर्थिक वर्ष २०७९/०८० को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, आसरा सुधार केन्द्रका कार्यकारिणी समितिका पदाधिकारीहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, केन्द्रका सल्लाहकारहरू लगायत प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।

श्रव्यदृश्य आधारभूत तालिम संचालन
२०८०-०५-०५

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखामा पाँचौ  समूहको श्रव्यदृश्य आधारभूत तालिम संचालन भएको छ । सोही शाखाका प्रमुख प्रहरी नायव उपरीक्षक रूपक खड्काले मंगलबार आयोजित कार्यक्रमबीच उक्त तालिमको उद्‍घाटन गर्दै नेपाल प्रहरीका विविध गतिविधिका साथै विभिन्न सचेतनामूलक श्रव्यदृश्य सामग्री निर्माण गर्न तालिममा सिकाईने ज्ञान, सीप, कौशल र प्रयोगात्मक अभ्यास उपयोगी हुने भएकोले अनुशासित भई उत्कृष्ट तरिकाले तालिम हासिल गर्नुपर्ने बताउनुभयो ।   तालिम संयोजक प्रहरी निरीक्षक कालिका कार्कीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ३० कार्यदिन अवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक १ जना, प्रहरी सहायक निरीक्षक २ जना, प्रहरी हवल्दार १ जना, प्रहरी सहायक हवल्दार ३ जना र प्रहरी जवान १३ गरी जम्मा २० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो । 

नेपाल प्रहरी श्रीमती संघको ३९औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
२०८०-०५-०४

 काठमाडौं, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा नेपाल प्रहरी श्रीमती संघको ३९औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले पानसमा दिप प्रज्वलन गरी उद्‍घाटन गर्नुभएको उक्त कार्यक्रममा उहाँले संघबाट प्रकाशित वार्षिक स्मारिका “सहचरी २०८०” को विमोचन समेत गर्नुभयो । उक्त अवसरमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले विगत लामो समयदेखि आँखा उपचार र मोतिविन्दुको शल्यक्रिया गरी आफूलाई पूर्ण रूपमा आँखा उपचारको क्षेत्रमा समर्पित राखी विश्वसामु अन्धोपन निवारणमा नेपाललाई अव्वल स्थान दिलाउन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण योगदान पुर्‍याउनु हुने तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंका संस्थापक एवम् कार्यकारी निर्देशक प्रा.डा.सन्दुक रूइतलाई सम्मानपत्र प्रदान गर्नुभयो । सो अवसरमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले समाज सेवाका विभिन्न क्रियाकलापमा नेपाल प्रहरी श्रीमती संघले पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । नेपाल प्रहरी संगठनलाई अझ प्रभावकारी बनाई प्रहरी अधिकृत तथा जवानहरूको मनोवल उच्च राख्न संघको समेत सक्रिय भूमिका रहने हुँदा त्यसतर्फ सशक्त रूपमा अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । विभिन्न क्षेत्रमा समाज सेवामा भूमिका निर्वाह गर्ने सवै संस्थालाई एकिकृत गर्दै आपसी सहयोगका साथै ज्ञान, सीपको प्रयोग गरेर सम्वृद्ध समाज निर्माण गर्ने नीति तय गर्दै सकारात्मक कदम चाल्नेतर्फ छलफल भइरहेको उहाँले बताउनुभयो । समारोहमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले यौनजन्य हिंसा, जवरजस्ती करणीका पीडित तथा प्रभावितलाई उद्धार, संरक्षण र पुनर्स्थापनाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउनु हुने रक्षा नेपालका अध्यक्ष मेनुका थापा एवम् सामाजिक सेवाको क्षेत्रमा सराहनीय तथा प्रशंसनीय कार्यको उच्च कदर गर्दै नेपाल स्नेही काखकी संस्थापक अध्यक्ष नेहा पोखरेल, मेरूदण्ड पक्षघात समूह नेपाल माकलवारी काठमाडौंका संस्थापक अध्यक्ष ऋषिराम ढकाल र प्राणनाथ माईती वृद्धाआश्रम पनौती काभ्रेपलाञ्चोकको संस्थापक अध्यक्ष रघुनाथ तिमल्सिनालाई सम्मानपत्र प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले राष्ट्रसेवकको सहचरीका रूपमा सहधर्मिणीहरुको एकताको प्रतिक र संगमस्थलको रूपमा संघले थप ऊर्जाशील भएर सेवाका नवीन क्षेत्रको पहिचान गरी आफ्नो दायरा अझ फराकिलो बनाउने विश्वास व्यक्त गर्नुभयो । नेपाल प्रहरी श्रीमती संघले सोही प्रकृतिका अन्य संघहरुबाट भएका असल अभ्यासहरुको आदान-प्रदान गरी कल्याणका कार्यक्रमलाई अझ वृहत र प्रभावकारी बनाउन जरूरी रहेको उल्लेख गर्दै आगामी दिनमा नेपाल प्रहरीका परिवारको लागि थप कल्याणकारी क्षेत्रको पहिचान गरी कार्यक्रमलाई कार्ययोजनामा समावेश गरेर कार्यान्वयनमा ल्याउन सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । समारोहमा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले संघले सामाजिक क्षेत्रमा पुर्‍याएको सेवाको प्रशंसा गर्दै आगामी दिनमा संघले प्रवाह गर्ने सेवालाई अझ फराकिलो बनाउदै समाजलाई सुदृढ रूपमा अगाडि बढाउन संघको क्रियाशील भूमिका रहने विश्वास व्यक्त गर्नुभयो । महिलाको सहभागिता अर्थपूर्ण हुनुपर्ने उल्लेख गर्दै काठमाडौं महानगरपालिकाले नेपाल प्रहरी श्रीमती संघसँग सहकार्य गर्दै अगाडि बढ्ने उहाँले बताउनुभयो ।  उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले सामाजिक सेवाको क्षेत्रमा प्रशंसनीय एवं उल्लेखनीय कार्यको उच्च कदर गर्दै सपनाको चाहना, समृद्ध नेपाल संस्थाकी अध्यक्ष सपना रोका मगर, स्टार हस्पिटल प्रालिका कार्यकारी अध्यक्ष किशोर कुमार महर्जन, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रका कार्यकारी अधिकृत दिपक घिमिरे, कलेज अफ विजनेस म्यानेजमेन्टका संचालक एवं प्रधानाध्यापक सि.ए. सुमन न्यौपाने, नेपाल पुलिस स्कुल गरुडा रौतहटकातर्फबाट प्रधानाध्यक विना झालाई प्रशंसापत्र प्रदान गर्नुभयो । साथै उहाँले २०७९ सालको एसईई परीक्षामा प्रहरी विद्यालयहरूबाट सर्वोत्कृष्ट अंक ल्याउन सफल नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकमा अध्ययनरत छात्र ईमोन गौतम नेपाल र नेपाल प्रहरी स्कुल धरान सुनसरीमा अध्ययनरत छात्र आभुषण तिम्सिनालाई प्रशंसापत्र एवम् नगद पुरस्कार प्रदान गर्नुभयो । समारोहमा संघकी अध्यक्ष कुँवरले धन्यवाद मन्तव्य व्यक्त गर्दै संघलाई आजको अवस्थासम्म पुर्‍याउन विभिन्न माध्यमहरुद्वारा सहयोग उपलब्ध गराउनुहुने महानुभावहरु, संघ संस्थाहरु तथा सम्पूर्ण सहयोगी हातहरुप्रति हार्दिक आभार प्रकट गर्नुभयो । आगामी दिनमा पनि यस्तै मानवीय सहयोग र सेवाको निरन्तरताको अपेक्षा रहेको उल्लेख गर्दै संघले सेवाको क्षेत्र विस्तार गरी प्रहरी परिवार तथा सन्ततीहरूको हितका साथै सामाजिक, मानव कल्याणकारी एवं परोपकारी सेवाको क्षेत्रमा अझ नवीन कार्यहरू संचालन गरी सेवा प्रदान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । नेपाल प्रहरी श्रीमती संघकी महासचिव अनुश्री पाख्रिनले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरुद्वारा सहचरी गीत प्रस्तुत गर्नुभएको थियो भने विभिन्न कलाकारहरूद्वारा साँस्कृतिक नृत्य तथा गीति नाटक प्रस्तुत गरिएको थियो ।  सो अवसरमा संघ तथा प्रदेशद्वारा गरिएका विविध कार्यक्रम तथा गतिविधि समेटिएको वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो । समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, संघका संस्थापक अध्यक्ष बसुन्धारा लामा, गृह मन्त्रालय तथा काठमाडौं महानगरपालिकाका पदाधिकारीहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, निजामती कर्मचारी श्रीमती संघकी अध्यक्ष, सैनिक श्रीमती संघकी अध्यक्ष, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष लगायत तीन वटै संघका पूर्व अध्यक्ष तथा पदाधिकारीहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरु, सञ्चारकर्मीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु एवम् आमन्त्रित अतिथिहरुको समेत उपस्थिति रहेको थियो ।

नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहको आठौं वार्षिकोत्सव सम्पन्न
२०८०-०४-२३

नवलपरासी(पश्चिम), राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईको प्रमुख आतिथ्यमा मंगलबार आयोजित एक समारोहबीच नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहको आठौं बार्षिकोत्सव सम्पन्न भएको छ ।  सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक राईले महाविद्यालयमा नवनिर्मित बास्केटबल कोर्टको उद्‍घाटन तथा महाविद्यालयद्वारा प्रकाशित ‘युक्ति दर्पण-२०८०’ स्मारिकाको बिमोचन गर्नुको साथै वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगितामा बिजयी खेलाडीहरूलाई मेडल, प्रमाणपत्र तथा प्रशंसापत्र प्रदान गर्नुभयो । साथै सोही महाविद्यालयमा कार्यरत प्रहरी हवल्दार वीर बहादुर घर्तीको छोरी बिमा कुमारी घर्तीले २०७९ सालको एसइई परीक्षामा उत्कृष्ट अंक हासिल गरेको हुँदा छात्रवृत्ति स्वरूप नगद १० हजार रूपैयाँद्वारा उहाँले सम्मान गर्नुभयो ।उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक राईले महाविद्यालयले प्रशिक्षणमैत्री वातावरणमा प्रशिक्षण सञ्चालन गर्न आग्रह गर्दै तालिमको गुणस्तर र व्यवसायिकतालाई असर पर्ने जस्ता कार्यहरू हुन नदिनेतर्फ सबै प्रशिक्षकवर्ग सचेत रहनुपर्ने बताउनुभयो । नेपाल प्रहरीले अपराध अनुसन्धान गर्ने, शान्ति सुरक्षा एवं अमन चयन कायम गर्दै नागरिक अधिकारको संरक्षण, सम्वर्द्धन गर्नुपर्ने भएकोले नागरिक सुरक्षाको क्रममा जनताको मौलिक हक सुनिश्चित हुने गरी प्रहरी सेवा प्रदान गर्न सक्ने दक्ष प्रहरी जनशक्ति तयार गर्न तद्अनुरुपको सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गर्न समेत उहाँले आग्रह गर्नुभयो ।  नेपाल प्रहरी युक्त तालिम महाविद्यालय जर्गाह नवलपरासी(पश्चिम)का प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक भोला बहादुर रावलले उक्त अवसरमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । वार्षिकोत्सवको अवसरमा महाविद्यालय परिसरमा वृक्षरोपण समेत गरिएको थियो । कार्यक्रममा सुनवल नगरपालिकाका नगर प्रमुख विमला अर्याल, रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादव, जिल्ला प्रशासन कार्यालय नवलपरासी(पश्चिम)का निमित्त प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा समिति नवलपरासी(पश्चिम)का सदस्यहरू, प्रहरी अधिकृतहरू, सुनवल नगरपालिका-११ का वडा अध्यक्ष, प्रहरी जवानहरू र प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो ।    

अटो मेकानिक्स तालिम सुरू
२०८०-०४-२१

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा नवौं समूहको अटो मेकानिक्स तालिम संचालन भएको छ ।उक्त तालिमको सोही महाशाखाका प्रहरी उपरीक्षक ई. कमलेन्द्र लाल कर्णले आइतबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्दै सवारी साधन छिटो छरितो रूपमा मर्मत संभार गराउन दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम संचालन गरिएको बताउनुभयो । प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा १ सय २० कार्यदिन अवधिको उक्त तालिममा जम्मा २५ जना प्राविधिक प्रहरी जवानहरूको सहभागिता रहेको जानकारी दिनुभयो । 

नेपाल प्रहरीमा चार दिनको अवधिमा २ सय ८६ जना प्रहरी कर्मचारीहरूको बढुवा सिफारिस
२०८०-०४-११

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीको प्रशासन तथा प्राविधिक समूहका विभिन्न उप-समूहतर्फका विभिन्न दर्जाहरूमा गरी जम्मा २ सय ८६ जनाको बढुवा सिफारिस सूची प्रकाशन गरेको छ । यही साउन ४ देखि ७ गतेसम्म चार दिनको छोटो अवधिमा जनपद समूहतर्फका २ वटा पद र प्राविधिक तर्फका विभिन्न २२ वटा पद गरी जम्मा २४ वटा पदमा २ सय ८६ जनाको बढुवाका लागि सिफारिस सूची प्रकाशन गरिएको हो ।नेपाल प्रहरीले प्रहरी कर्मचारीहरूको जेष्ठता, उत्कृष्टता, कार्यक्षमता मूल्याङ्कन, भौगोलिक क्षेत्रमा काम गरेको अनुभव लगायत प्रहरी संगठनको नीतिअनुरूप तोकिएको मापदण्डको आधारमा निष्पक्ष एवं पारदर्शी रूपमा बढुवा सिफारिस गरेको हो ।बढुवा सिफारिस हुनेहरूमध्ये नेपाल प्रहरी अस्पताल चिकित्सकतर्फ १४ जना, सूचना प्रविधि कम्प्युटरतर्फ १ जना र सञ्चारतर्फ १ जना गरी जम्मा १६ जनालाई प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको छ । त्यसैगरी जनपद प्रहरी समूह प्रशासनतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा ६४ जनालाई सिफारिस गरिएको छ । साथै प्राविधिक प्रहरी समूहतर्फको सूचना प्रविधि/कम्प्यूटरतर्फ २ जना, स्वास्थ्य उप-समूह प्यारामेडिक्सतर्फ १ जना, नर्सिङतर्फ १ जना, ईन्जिनियरिङ उप-समूह अवास तथा भौतिक ईन्जिनियरिङतर्फ २ जना, सञ्चारतर्फ २ जना गरी जम्मा ८ जना प्रहरी वरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् ।त्यसैगरी जनपद समूहतर्फ जम्मा १ सय २२ जना प्रहरी नायव निरीक्षकहरू प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवाका लागि सिफारीस भएका छन् भने प्राविधिक प्रहरी समूह ईन्जिनियरिङ उपसमूह आवास तथा भौतिक ईन्जिनियरिङतर्फ १ जना र सूचना प्रविधि/कम्प्यूटरतर्फ ६ जना गरी जम्मा ७ जना प्रहरी नायव निरीक्षक पदबाट प्रहरी वरीष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् ।त्यसैगरी प्राविधिक प्रहरी समूहकै प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा स्वास्थ्य तर्फको प्यारामेडिक्समा १ जना, संगीततर्फ ६ जना, केनाईनतर्फ ७ जना र मेकानिकल ईन्जिनियरिङ तथा सवारीतर्फ २ जना, सूचना प्रविधि/कम्प्यूटरतर्फ ७ जना समेत गरी जम्मा २३ जना प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् ।त्यसैगरी प्राविधिक प्रहरी समूह केनाईनतर्फ ५ जना र संगीततर्फ ७ जना गरी जम्मा १२ जना प्रहरी वरिष्ठ हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् । प्राविधिक प्रहरी समूहकै प्यारामेडिक्सतर्फ १३ जना, सवारीतर्फ १३ जना, सूचना प्रविधि/कम्प्युटरतर्फ ६ जना र हातहतियारतर्फको १ जना गरी जम्मा ३३ जना प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवाका लागि सिफारिस भएका छन् भने प्राविधिक प्रहरी समूहतर्फ आवास तथा भौतिक ईन्जिनियरिङतर्फ १ जना प्रहरी जवानबाट प्रहरी सहायक हवल्दार पदमा  सिफारिस भएका छन् ।

मेट्रो ट्राफिक एफएमको ११औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
२०८०-०४-०८

काठमाडौं, मेट्रो ट्राफिक एफएम व्यवस्थापन समितिका अध्यक्ष तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलको प्रमुख आतिथ्यमा मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको ११औं वार्षिकोत्सव कार्यक्रम सोमबार सम्पन्न भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आयोजित उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक पोखरेलले विज्ञापन दाताहरू र सूचना दाताहरूलाई कदरपत्र एवम् एफएममा कार्यरत उत्कृष्ट ३ जना प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले जनसंख्या र सवारी साधनको वृद्धिले ट्राफिक व्यवस्थापन र अपराधिक गतिविधि दिन प्रतिदिन नयाँनयाँ ढंगबाट बढ्दै गइरहेको र समय अनुरुप चुनौतीपूर्ण बन्दै गइरहेको बताउनुभयो । यस्तो अवस्थामा मेट्रो ट्राफिक एफएमले प्रसारण गर्ने सूचना तथा कार्यक्रमले सवारी दुर्घटना न्यूनीकरण तथा अपराध रहित समाजको निर्माणमा ठूलो भूमिका निर्वाह गरेको उहाँले उल्लेख गर्नुभयो । सडक प्रयोग गर्ने सही तरिकाको बारेमा ट्राफिक जनचेतना फैलाउँदै दुर्घटना न्यूनीकरण गर्न उद्देश्यका साथै सडक पुन:निर्माण, जोखिम न्यूनीकरण तथा अपराध विरूद्ध जनचेतना जागृत गर्न थप योगदान पुर्‍याउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।  कार्यक्रममा मेट्रो ट्राफिक एफएमका स्टेशन म्यानेजर प्रहरी नायव उपरीक्षक ई.विशाल ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गर्दै मेट्रो ट्राफिक एफएमको गतिविधि तथा आगामी कार्ययोजनाबारे जानकारी दिनुभएको थियो । सो अवसरमा विज्ञापन दाताहरूमध्ये जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाका प्रमुख डा.अर्चना श्रेष्ठ र सहकारी विभागका शाखा अधिकृत प्रेम राज लुइटेलले आ-आफ्नोतर्फबाट शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।   कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षकहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, समुदाय-प्रहरी साझेदारी समितिका प्रतिनिधिहरु, प्रहरी अधिकृतहरु लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।  

साताव्यापी ‘यात्रुसँग दुई मिनेट’ ट्राफिक चेतनामूलक कार्यक्रम सुरू
२०८०-०४-०३

काठमाडौं, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले काठमाडौं उपत्यकामा साताव्यापी ‘यात्रुसँग दुई मिनेटʼ ट्राफिक चेतनामूलक कार्यक्रम बुधबारबाट सुरू गरेको छ । सोही कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले सुन्धारास्थित काठमाडौं मल अगाडि बस बिसौनीमा ‘यात्रुसँग दुई मिनेट’ ट्राफिक चेतनामूलक कुराकानी गर्दै सन्देशमूलक सामग्री समेत वितरण गरी उक्त कार्यक्रमको सुरूवात गर्नुभएको हो । कार्यक्रम सुरुवात गर्दै प्रहरी नायब महानिरीक्षक पोखरेलले नियम विपरीत सवारी साधन चलाएमा, बढी भाडा लिएमा,  दुर्व्यवहार गरेमा र आरक्षण सिटको पालना नगरेमा प्रहरीको हटलाइन नम्बर १०० र ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न यात्रुलाई अनुरोध गर्नुभयो । जथाभावी सवारी चढ्ने र ओर्लने, झ्याल ढोकाबाट हात तथा टाउको बाहिर निकाल्ने जस्ता कार्यले पनि सवारी दुर्घटना हुँदै आएका छन् । सुरक्षित सडक यात्राका लागि चालक र परिचालकलाई चेतनामूलक कार्यक्रम गर्दै आएको ट्राफिक प्रहरीले यात्रुको पनि महत्वपूर्ण जिम्मेवारी रहने भएकाले उक्त कार्यक्रमको सुरूवात गरेको हो ।कार्यक्रममा बस बिसौनीबाट मात्र गाडी चढौं, पकेटमारीबाट बचौं, दुर्व्यवहार र अन्य आपराधिक कृयाकलापबाट बचौं लगायत यात्रुले पैदल हिंड्दा र बाटो काट्दा पालना गर्नुपर्ने आधारभूत जानकारी सहितको पर्चा पम्प्लेट यात्रुलाई वितरण गर्नुका साथै ट्राफिक जनचेतना अभिवृद्धिका लागि विभिन्न चोकहरूमा व्यानर समेत प्रदर्शन गरिएको थियो । यात्रुको आवत जावत बढी हुने स्थानहरू काठमाडौंका न्यूरोड, शान्तीवाटिका, कालिमाटी, कलंकी, महाराजगञ्ज, चावहिल, गौशाला, कोटेश्वर लगायत भक्तपुर र ललितपुरका विभिन्न बस बिसौनीमा आगामी १० गतेसम्म यो कार्यक्रम सञ्चालन गरिने उक्त कार्यालयले जनाएको छ । 

ट्राफिक नियन्त्रण १४८औं समूहको तालिम सञ्चालन
२०८०-०४-०२

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय  रामशाहपथमा १४८औं समूहको ट्राफिक नियन्त्रण तालिम सञ्चालन भएको छ ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सोही कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमबीच उक्त तालिमको उद्‍घाटन गर्नुभयो । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक भट्टले सडकमा सवारी साधनको सहज आगमन र दुर्घटना न्यूनीकरण गर्नलाई  आवश्यक ऐन र कानुन प्रयोग गर्ने सम्बन्धमा व्यावसायिक ज्ञान, सीप, कौशल तालिममा प्रदान गरिने बताउनुभयो । अन्य सरोकारवाला निकायहरूसँगको समन्वय लगायतका विषयमा ज्ञान दिइने यस प्रशिक्षणमा प्रशिक्षार्थीहरूले बढीभन्दा बढी उत्सुक भई तालिम हासिल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।   कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक अनिल कुमार उप्रेतीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ दिन कार्य अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार १ जना, प्रहरी साहयक हवल्दार १० जना  र प्रहरी जवान २९ जना गरी कुल ४० जना प्रशिक्षार्थीहरु सहभागी रहेको जानकारी दिनुभयो ।

‘ट्राफिक भायोलेसन रेकर्ड सिस्टम सफ्टवयेर’ सात प्रदेशका २१ जिल्लामा संचालन
२०८०-०४-०१

काठमाडौं, सात वटै प्रदेश मातहतका २१ वटा जिल्लाहरूमा ‘ट्राफिक भायोलेसन रेकर्ड सिस्टम सफ्टवयेर’ साउन १ गतेबाट  संचालनमा आएको छ । सवारी नियम उल्लंघन कसूरहरूको जरिवाना वापत राजश्व संकलनलाई प्रदेशगत रूपमा बैंकिङ प्रणालीमा जोड्ने योजना अनुरूप उक्त सिस्टम संचालन गरिएको हो । उक्त सिस्टम कोशी प्रदेश अन्तर्गतका सुनसरी, मोरङ र झापा, मधेश प्रदेश अन्तर्गतका सिरहा, पर्सा र महोत्तरी, बागमती प्रदेश अन्तर्गतका सिन्धुली, काभ्रे र मकवानपुर, गण्डकी प्रदेश अन्तर्गतका कास्की, तनहुँ र नवलपरासी (पूर्व), लुम्बिनी प्रदेश अन्तर्गतका रूपन्देही, दाङ र बाँके, कर्णाली प्रदेश अन्तर्गतका सुर्खेत, सल्यान र दैलेख र सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली, कंचनपुर र डोटी जिल्लामा लागू भएको नेपाल प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले जनाएको छ । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा नवनिर्मित कार्यालय भवनहरू उद्‍घाटन
२०८०-०३-२५

कैलाली, सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले धनगढी उपमहानगरपालिका-२ स्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको हाताभित्र नवनिर्मित कार्यालय भवन, आवास तथा मेश भवनहरूको सोमबार एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । साथै उहाँले भवन निर्माणमा सहयोग पुर्‍याउनु हुने अवकास प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक उत्तम राज सुवेदी लगायतका महानुभावहरूलाई प्रशंसा-पत्र प्रदान गर्नुभयो । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री शाहले प्रदेश प्रहरीलाई गर्नुपर्ने आवश्यक सहयोगका लागि प्रदेश सरकार सदैव तत्पर रहेको बताउनुभयो ।  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले धन्यवाद ज्ञापन गर्दै प्रहरीलाई प्राप्त नयाँ भवनसँगै कार्यरत प्रहरी कर्मचारीहरुको मनोवल उच्च तथा कार्य सम्पादन क्षमता वृद्धि भई समग्र शान्ति सुरक्षामा गुणात्मक प्रतिफल दिने गरी प्रहरी सेवा स्तरिय हुँदै जाने उल्लेख गर्नुभयो । सुदूरपश्चिम प्रदेश तालिम केन्द्र दिपायलका प्रहरी वरिष्ठ उपरीक्षक गणेश चन्दले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त  कार्यक्रममा प्रहरी नायव उपरीक्षक सुमन दाहालले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै सुदूरपश्चिम प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट बिनियोजित कूल २३ करोड ८६ लाख ९४ हजार ४ सय ४१ रूपैयाँ लागतमा उक्त भवनहरू निर्माण सम्पन्न भएको जानकारी दिनुभयो ।  कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मुख्यमन्त्रीहरु, प्रदेश सरकारका मन्त्रीहरू, धनगढी उप-महानगरपालिका प्रमुख, सरकारी कार्यालयका प्रमुख  तथा प्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू, पूर्व प्रहरी संगठनका पदाधिकारीहरू, नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेशका पदाधिकारीहरू, संचारकर्मी, समाजसेवी तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

१५ जना प्रहरी कर्मचारीलाई आधारभूत डिजिटल फोटोग्राफी तालिम प्रदान
२०८०-०३-२५

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय फोटोग्राफी शाखाले १५ जना प्रहरी कर्मचारीहरुलाई आधारभूत डिजिटल फोटोग्राफी तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो शाखामा संचालित दोस्रो समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।  नेपाल प्रहरी प्रधान कार्यालय फोटोग्राफी शाखामा सोमबार आयोजित तालिम समापन कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो । उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक खत्रीले कुनै पनि अपराधको अनुसन्धानको सिलसिलामा फोटोहरू महत्वपूर्ण प्रमाणको रूपमा प्रयोग हुने भएकोले सोही अनुरूप प्रभावकारी रूपमा काम गर्न निर्देशन दिनुभयो । तालिममा सिकेका ज्ञान, सीप, नविन विधि, प्रविधि र कौशललाई सबै प्रशिक्षार्थीहरूले आ-आफ्नो कार्यक्षेत्रमा इमानदारिताका साथ प्रयोग गर्दै उत्कृष्ट ढङ्गले काम गरी फोटोग्राफीको क्षेत्रबाट संगठनको छविलाई उच्च राख्न थप योगदान पुर्‍याउने विश्वास उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक घन बहादुर थापाले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत जेठ १६ गतेदेखि संचालित ३५ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी सहायक निरीक्षक १ जना र प्रहरी जवान १४ जना गरी कुल १५ जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिनुभयो ।

४० जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
२०८०-०३-२०

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ४० जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक प्रशासन तालिम २३औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा बुधबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले तालिमका दौरानमा हासिल गरेका ज्ञान सीपलाई कार्य क्षेत्रमा ईमान्दारिताका साथ कार्यान्वयन गरी जनतालाई सुरक्षित र सहज ट्राफिक व्यवस्थापनको महशुस गराउनुका साथै बद्लिदो समय अनुसार आफूलाई पनि परिवर्तन गर्दै लैजानु पर्ने बताउनुभयो ।  कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुनिल जंग शाहले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत जेठ ९ गतेदेखि संचालित ३५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक १८ जना र प्रहरी सहायक निरीक्षक २२ जना गरी कुल ४० जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिनुभयो ।   

कसूर अनुसन्धान गर्ने निकायहरूबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०८०-०३-१९

काठमाडौं, राष्ट्रिय अपराध सूचना केन्द्रको स्थापना र अपराध सम्बन्धी अभिलेखको सूचना आपसमा आदान प्रदान गर्न समन्वयका लागि कसूरको अनुसन्धान गर्ने निकायहरूबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार सम्पन्न भएको छ ।  कार्यक्रममा आभारसहितको मन्तव्य व्यक्त गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कसूर अनुसन्धान गर्ने निकायहरू राष्ट्रिय अपराध सूचना केन्द्रमा आवद्ध भएमा सूचनाको आदानप्रदानको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि राम्रो हुने  बताउनुभयो । सूचना केन्द्रलाई पूर्णरूपमा कार्यान्वयन गरी सबै सरोकारावाला निकायहरूबीच आपसी सहयोग एवं समन्वय गरी सूचना आदान प्रदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । व्यक्तिको गोपनियता र मौलिक हकलाई मध्यनजर गर्दै अनुसन्धानलाई सहजिकरण गर्नका लागि कुनै पनि अपराधमा संलग्न रहेका व्यक्तिहरूको विवरण आदानप्रदान गर्न सकेमा कसूर अनुसन्धान गर्ने निकायहरू लाभान्वित हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै कार्यक्रमको विषयवस्तु र उद्देश्यका बारेमा जानकारी दिनुभएको थियो । सूचना केन्द्र साझेदारीको आवश्यकता, नेपाल प्रहरीलाई प्राप्त जिम्मेवारी, हालसम्मको प्रगति, कार्यान्वयनका लागि गर्नुपर्ने कार्यहरू, तत्काल गर्न सकिने कार्यहरू लगायतका विषयमा आधारित रहेर सहभागीहरूबीच छलफल तथा अन्तरक्रिया भएको उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालयका प्रहरी उपरीक्षक सरोज शाक्यले राष्ट्रिय अपराध सूचना केन्द्रको परिचय र स्थापनाको उद्देश्य लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेत, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक, राजश्व अनुसन्धान विभागका महानिर्देशक, वैदेशिक रोजगार विभागका महानिर्देशक, आन्तरिक राजश्व विभागका महानिर्देशक, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सहन्यायाधिवक्ता, प्रहरी नायव महानिरीक्षकहरू, वन तथा भू-संरक्षण विभागका उप-महानिर्देशक, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको सचिवालयका प्रतिनिधि, भन्सार विभागका प्रतिनिधि, नेपाल राष्ट्र बैंक वित्तीय जानकारी ईकाईका प्रतिनिधि लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो । 

ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८०-०३-१७

कैलाली, धनगढी उपमहानगरपालिका-५ तारानगरस्थित मालिकार्जुन दार्चुला सेवा समितिको सभाहलमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ट्राफिक सचेतनामूलक कार्यक्रम आइतबार बिहान सम्पन्न भएको छ ।  सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री रमेश धामीको प्रमुख आथित्यमा सम्पन्न भएको उक्त कार्यक्रममा सवारी दुर्घटनाबाट बचौं र बचाऔं, सवारी दुर्घटना न्युनीकरणमा तपाई हाम्रो भूमिका लगायत ट्राफिक सचेतना सम्बन्धी जानकारीमुलक कक्षा सञ्चालन गरी तारानगरदेखि धनगढी ट्राफिक चौराहासम्म हात हातमा ट्राफिक सचेतना सम्बन्धी प्लेकार्ड र पर्चा पम्पलेटहरुसहित र्‍यालीसमेत गरिएको थियो । सोही समितिको आयोजना र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा सम्पन्न भएको उक्त कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय अतरियाका कार्यालय प्रमुख, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, मालिकार्जुन दार्चुला सेवा समितिका अध्यक्ष, समाजसेवी, व्यवसायी, संचारकर्मी, बिद्यालयका शिक्षक तथा विद्यार्थी, गाडीका चालक, सह-चालक, खेलाडी लगायत आम सर्वसाधारणको उपस्थिति रहेको थियो ।     

प्रहरी चौकी मुक्ली सोलुखुम्बुको नवनिर्मित भवन उद्‍घाटन
२०८०-०३-०१

सोलुखुम्बु, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले प्रहरी चौकी मुक्ली सोलुखुम्बुको नवनिर्मित भवनको शुक्रबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । सो अवसरमा प्रहरी नायव महानिरीक्षक बास्तोलाले नयाँ भवन निर्माणका लागि प्रहरीलाई आफ्नो अमूल्य जग्गा प्रदान गर्ने जग्गादाता तथा भवन निर्माणमा सहयोग गर्ने महानुभावहरुलाई सम्मानपत्र तथा प्रशंसापत्र प्रदान गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक बास्तोलाले गास बास र कपासको उचित ब्यवस्थापनले प्रहरी कर्मचारीमा थप मनोवल बृद्धि हुने उल्लेख गर्नुभयो । आम नागरिकमा प्रदान हुने प्रहरी सेवा स्तरीय हुने धारणा ब्यक्त गर्दै उहाँले कानूनको परिधिमा रही जनचाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।कोशी प्रदेश सरकारबाट बिनियोजित १ करोड ६६ लाख ३८ हजार ५६० रुपैयाँ को लागतमा उक्त प्रहरी चौकीको निर्माण कार्य सम्पन्न भएको हो ।

विभिन्न समयमा बरामद भएका ६ हजार २ सय ६८ थान हातहतियार नष्ट गरिएको
२०८०-०२-३०

काठमाडौं, विभिन्न मिति र स्थानबाट कानून बमोजिम जफत भएका, प्राप्त हुन आएका, बरामद भएका वा वेवारिसे भरुवा बन्दुक ६ हजार १ सय ८९ थान, विभिन्न प्रकारका पेस्तोल ६४ थान, म्याग्नम १ थान, एयर गन १ थान र नाम नखुलेको १३ थान गरी जम्मा ६ हजार २ सय ६८ थान हातहतियार मंगलबार कानून बमोजिम नष्ट गरिएको छ ।  नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षकसमेतका प्रतिनिधिहरू, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, कोष तथा लेखा नियन्त्रण कार्यालय लैनचौर एवम् स्थानीय प्रतिनिधि र बुढानिलकण्ठ नगरपालिका-११ का वडाअध्यक्ष लगायतको रोहबरमा काठमाडौं महानगरपालिका-११ स्थित नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन परिसरमा हातहतियार, खरखजाना एवम् विष्फोटक पदार्थ व्यवस्थापन निर्देशिका, २०६९ को दफा ८(३)  बमोजिम नष्ट गरिएको तथा फलामलाई पत्रु बनाई कानून बमोजिम व्यवस्थापन एवम् संरक्षणको लागि उक्त कार्यदलको जिम्मा लगाइएको छ । उक्त हातहतियारहरू दीर्घकालीन व्यवस्थापन गर्नको लागि हातहतियार, खरखजाना एवम् विष्फोटक पदार्थ व्यवस्थापन निर्देशिका, २०६९ को दफा ५ बमोजिम गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको २०८० जेठ १७ गतेको पत्रद्वारा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरीको अध्यक्षतामा गठित प्राविधिक टोलीले जेठ १८ गतेको बैठकमा कानूनी प्रक्रिया अनुसार नष्ट गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।  

३० जना प्राविधिक प्रहरी कर्मचारीहरूलाई हलुका सवारी चालक तालिम प्रदान
२०८०-०२-३०

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखा सामाखुशीले ३० जना प्राविधिक प्रहरी कर्मचारीहरुलाई हलुका सवारी चालक तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित हलुका सवारी चालक तालिम २५औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।  सोही महाशाखामा मंगलबार आयोजित तालिम समापन कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ई. दिनेश केसीले प्रशिक्षार्थीहरु तथा प्रशिक्षकहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो ।  उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक केसीले हलुका सवारी साधनको परिचालन, रेखदेख र मर्मत संभार गर्न समयसापेक्ष नयाँ प्रविधिको बारेमा दक्षता अभिवृद्धि गर्न तालिम प्रदान गरिएको बताउनुभयो । प्रशिक्षार्थीले तालिमबाट प्राप्त गरेका ज्ञान, सिप र क्षमताको विकास गरी कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक ई. अशोक केसीले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत वैशाख ५ गतेबाट संचालित ४५ कार्यदिन अवधि रहेको उक्त तालिममा प्राविधिक प्रहरी जवान ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो । 

हेड अफ एनसिबी कन्फ्रेन्समा सहभागी भई प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर स्वदेश फिर्ता
२०८०-०२-२८

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा सिंगापुरमा जेठ २४ देखि २६ गतेसम्म संचालन भएको ‘१८औं हेड अफ एनसिबी कन्फ्रेन्स’मा नेपालको तर्फबाट सहभागी भई आइतबार स्वदेश फर्कनुभएको छ । प्रहरी महानिरीक्षक कुँवरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गर्नुभयो । विमानस्थलमा कुराकानी गर्दै प्रहरी महानिरीक्षक कुँवरले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा प्रहरी वरिष्ठ नायब निरीक्षक पुरूषोत्तम नेपालीले फहराएको इन्टरपोलको झण्डा इन्टरपोलका अध्यक्ष र महासचिवलाई कार्य समितिका सदस्यहरूको उपस्थितिमा मेगा कार्यकमबीच नेपाल प्रहरीकोतर्फबाट हस्तान्तरण गरिएको जानकारी दिनुभयो । आगामी नोभेम्बरमा अष्ट्रियाको भियानामा हुने इन्टरपोलको महासभामा प्रहरी वरिष्ठ नायब निरीक्षक नेपालीलाई विशेष आमन्त्रण गरी सम्मान गर्ने कार्यक्रम घोषणा भएको उहाँले बताउनुभयो । यस कार्यले नेपाल र एनसिबी काठमाडौंको छवि माथि उठेको र विश्वसामू नेपालको अस्तित्व उजागर भई नेपाल प्रहरीको इतिहासमा महत्वपूर्ण घटनाको रूपमा रहने उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कुँवरले उक्त कन्फ्रेन्समा इन्टरपोलका १९५ सदस्य राष्ट्रमध्ये १३३ राष्ट्रका एनसिबी प्रमुखहरूबीच ईन्टरपोलका सदस्य राष्ट्रहरूको नेटवर्कलाई बलियो र प्रभावकारी बनाउने, अन्तरदेशीय अपराध नियन्त्रणका लागि आपसी समन्वय र सहकार्य गर्ने र आतकंवाद जस्ता अपराधहरूको नियन्त्रण लगायतका विषयहरुमा बृहत छलफल भई विभिन्न प्रस्ताव पारित भएको बताउनुभयो । कन्फ्रेन्स अत्यन्त महत्वपूर्ण र उपलब्धिमूलक भएको उहाँले उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवर कन्फ्रेन्समा सहभागी हुन जेठ २२ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । कन्फ्रेन्समा एनसिबी काठमाडौं नेपालका शाखा प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर ज.ब.रा. समेतको सहभागिता रहेको थियो । 

निमित्त प्रहरी महानिरीक्षक टेक प्रसाद राईबाट इस्ट्राटेजिक कमाण्ड एण्ड म्यानेजमेन्ट तालिम समापन
२०८०-०२-२५

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित तेस्रो समूहको इस्ट्राटेजिक कमाण्ड एण्ड म्यानेजमेन्ट (एससिएम) तालिमको निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईको प्रमुख आतिथ्यमा सोही प्रतिष्ठानमा बिहीबार आयोजित कार्यक्रमवीच समापन भएको छ ।कार्यक्रममा निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक राईले सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस तालिमले प्रशिक्षार्थीहरूलाई रणनीति निर्माण, नेतृत्व क्षमता एवम् व्यवस्थापनका क्षेत्रमा थप दक्षता हासिल भएको विचार व्यक्त गर्नुभयो । यस्ता तालिमलाई समयानुकूल परिवर्तन र परिमार्जन गदै लैजाने उल्लेख गर्दै उहाँले संगठनको उद्देश्य एवम् लक्ष्य हासिल गर्नलाई तालिम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।तालिम संयोजक प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक केदार ढकालले प्रशिक्षार्थीहरूकोतर्फबाट तालिमको अनुभवसहितको मन्तव्य व्यक्त गर्नुभएको थियो भने तालिम सम्बन्धि गतिविधि समेटेर तयार पारिएको भिडियो समेत प्रस्तुतीकरण गरिएको थियो । यही जेठ १ गतेबाट संचालित उक्त तालिममा प्रहरी नायव महानिरीक्षक ५ जना र प्रहरी वरिष्ठ उपरीक्षक १० जना गरी कुल १५ जना वरिष्ठ प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो । 

ट्राफिक प्रशासन २३औं समूहको तालिम सञ्चालन
२०८०-०२-०९

काठमाडौं,  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय  रामशाहपथमा २३औं समूहको ट्राफिक प्रशासन तालिम सञ्चालन भएको छ ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सोही कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमबीच उक्त तालिमको उद्‍घाटन गर्नुभयो । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक भट्टले सवारी दुर्घटना न्यूनीकरण गर्न तथा सवारी आवागमन व्यवस्थापन गर्न तालिम उपयोगी रहेको चर्चा गर्दै तालिममा प्रदान गरिने व्यवसायिक ज्ञान, सिपलाई प्रशिक्षार्थीहरूले बढीभन्दा बढी उत्सुक भई हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।   कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुनिल जंग शाहले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ३५ दिन कार्य अवधि रहेको उक्त तालिममा प्रहरी नायव निरीक्षक १८ जना र प्रहरी सहायक निरीक्षक २२ जना गरी कुल ४० जना प्रशिक्षार्थीहरु सहभागी रहेको जानकारी दिनुभयो ।

७० जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान
२०८०-०२-०८

काठमाडौं, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ७० जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तालिम १४७औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सोमबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले सेवा प्रवाहको क्रममा आफ्नो बोली, बचन र व्यवहारलाई अझ उत्कृष्ट बनाउनुपर्ने उल्लेख गर्दै तालिमबाट प्राप्त व्यावसायिक सीप एवम् क्षमतालाई संगठनको उद्देश्य अनुरूप काम गर्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिनुभयो ।  कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुनिल मल्लले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत चैत १४ गतेदेखि संचालित उक्त तालिममा प्रहरी हवल्दार ३ जना, प्रहरी सहायक हवल्दार २० जना र प्रहरी जवान ४७ जना गरी कुल ७० जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिनुभयो । 

वडा प्रहरी कार्यालय विराटनगरको नव-निर्मित कार्यालय भवन उद्‍घाटन
२०८०-०२-०७

मोरङ, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले वडा प्रहरी कार्यालय विराटनगरको नव-निर्मित कार्यालय भवनको आइतबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो ।    उद्‍घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश प्रहरीलाई सुदृढ गर्ने, प्रविधिमैत्री बनाउने, बिपद् व्यवस्थापनका लागि आवश्यक सामग्री उपलब्ध गराउने र शान्ति सुरक्षा र सु-शासनमा प्रहरीको प्रभावकारी भूमिकाको लागि प्रहरीलाई चाहिने भौतिक पूर्वाधारदेखि विभिन्न प्रकारका सेवा सुबिधाहरुका लागि आवश्यक बजेट व्यवस्था गरिने बताउनुभयो । साथै उहाँले हालै स्थापना भएको कोशी प्रदेश प्रहरी अस्पताललाई थप स्तरोन्नति गरी सुविधा सम्पन्न अस्पताल बनाउनका निम्ति प्रदेश सरकार प्रतिबिद्ध रहेको समेत उल्लेख गर्नुभयो । कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले धन्यवाद ज्ञापन गर्दै भवन निर्माण भएसँगै प्रहरीबाट प्रवाह हुने सेवामा थप सहजता र गुणस्तर आउनुका साथै प्रहरीको कार्य क्षमतामा समेत अभिवृद्धि हुने विश्वास ब्यक्त गर्नुभयो । साथै नव-निर्मित भवनको समुचित व्यवस्थापन गरी समय-समयमा मर्मत संभार तथा रेखदेख हुनुपर्नेमा उहाँले जोड दिनुभयो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक दिपक पोखरेलले स्वागत मन्तब्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा शहरी विकास कार्यालयका ईन्जिनियर रुद्र नारायण मिश्रले निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । चार तला र ३४ कोठा भएको उक्त कार्यालय भवन कोशी प्रदेश सरकार, भौतिक पुर्वाधार बिकास मन्त्रालयबाट बिनियोजित ४ करोड ४ लाख ६३ हजार ८ सय ४३ रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको हो । कार्यक्रममा भौतिक पुर्वाधार विकास मन्त्री दुर्गा प्रसाद चापागाई, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईराला, कोशी प्रदेशका प्रमुख सचिव डा. दिपक काफ्ले, सडक पुर्वाधार तथा शहरी विकास मन्त्रालयका सचिव मोहनराज चापागाई, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेत, जिल्ला अदालत मोरङका न्यायाधीश दुर्गा प्रसाद ढुङ्गेल, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादव, विभिन्न संघ संस्थाका प्रतिनिधि, पूर्ब प्रहरी कर्मचारीहरु, स्थानीय नागरिक समाजका प्रमुख तथा प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।         

नेपाल प्रहरीका कर्मचारीद्वारा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण
२०८०-०२-०३

काठमाडौं, अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को १००औं सदस्यता प्राप्‍त गरेको नेपालले इन्टरपोलको शताब्दी वर्ष भव्यताका साथ मनाउने कार्यक्रम अन्तर्गत नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक प्रहरी वरिष्‍ठ नायव निरीक्षक पुरूषोत्तम नेपालीले २०८० जेठ २ गते मंगलबार बिहान १०:१५ बजे विश्‍वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका छन् ।  उक्त अवसरमा आरोही नेपालीले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा सहित नेपाल प्रहरी तथा इन्टरपोलको झण्डा फहराउन सफल भएका छन् ।  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट २०७९ चैत ३० गते आवश्यक निर्देशन तथा शुभकामना सहित उक्त झण्डाहरु हस्तान्तरण गरी प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपाली सहितको आरोहण दल २०८० वैशाख २ गते काठमाडौंबाट प्रस्थान गरेको थियो । पहिलो पटक वि.सं. २०३१ सालमा नेपाल प्रहरीको ९ सदस्यीय टोलीले ६९२० मिटर उचाईको टुकुचे हिमाल सफलतापूर्वक आरोहण गरेको थियो । साथै २०३३ असोज १६ गते नेपाल प्रहरी कर्मचारीको २७ सदस्यीय टोली र २०४१ भदौ २६ गते नेपाल प्रहरी महिला दलको ३१ सदस्यीय टोलीले ६११९ मिटर उचाईको लोबुचे हिमाल सफलातापूर्वक आरोहण गरेका थिए ।नेपाल प्रहरीले विगतमा सगरमाथाको सरसफाई अभियान तथा विभिन्न हिमालहरू आरोहण सफलतापूर्वक गरेको सन्दर्भमा यस्ता प्रेरणादायी एवम् साहसिक कार्यले भविष्यमा निरन्तरता पाउने विश्‍वास नेपाल प्रहरीले लिएको छ । यस आरोहणले इन्टरपोलको शताब्दी वर्ष भव्यतापूर्वक मनाईएको सन्देश विश्वसामु प्रवाह हुनुका साथै नेपाल लगायत इन्टरपोलका सदस्य राष्ट्रहरुको अपराधिक कृयाकलापहरु विरुद्ध ऐक्यवद्धता रहेको र नेपाल प्रहरीको यस सफल आरोहणले विश्वभरका पर्वतारोही पर्यटकहरुमा थप सुरक्षाको अनुभूति दिलाउनुका साथै नेपालको पर्यटन प्रवर्द्धन भई अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्‍वास लिइएको छ ।

वरिष्ठ प्रहरी अधिकृत सहितको पाँच सदस्यीय टोली अमेरिका प्रस्थान
२०८०-०१-२५

काठमाडौं, मित्रराष्ट्र अमेरिकामा आयोजना हुने Leadership Exchange कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको नेतृत्वमा पाँच सदस्यीय टोली सोमबार अमेरिका प्रस्थान गरेको छ । प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यसँगै कार्यक्रममा सहभागी हुने टोलीका अन्य सदस्यहरूमा प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी, प्रहरी नायव महानिरीक्षक रामदत्त जोशी, प्रहरी वरिष्ठ उपरीक्षक ए.एम. चन्द्र बहादुर धामी र प्रहरी उपरीक्षक सन्तोष खड्का रहनुभएको छ । उहाँहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी नायव महानिरीक्षक लगायत प्रहरी अधिकृतहरूले शुभकामनासहित हार्दिक विदाइ गर्नुभयो । वैशाख २७ देखि २९ गतेसम्म संयुक्त राज्य अमेरिकाको वासिङ्टन डि.सी. र न्यूयोर्कमा संचालन हुने उक्त कार्यक्रममा भाविष्यमा हुने सुरक्षा चुनौती र आतंकवाद,  डिजिटल अपराध, क्रिप्टोकरेन्सी कारोबार लगायतका वित्तीय अपराध अनुसन्धान तथा नियन्त्रण र यस सम्बन्धी ज्ञान तथा अनुभव आदान प्रदान हुने छ । कार्यक्रमबाट नेपाल र मित्रराष्ट्र अमेरिकाका सुरक्षा निकायहरूबीचको सम्बन्ध सुमधुर हुने अपेक्षा गरिएको छ ।

इन्टरपोलको शताब्दी वर्षको अवसरमा नेपाल प्रहरीको कर्मचारीद्वारा लोबुचे हिमाल आरोहण
२०८०-०१-१७

काठमाडौं, अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) स्थापनाको शताब्दी वर्षको अवसरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न जाने क्रममा नेपाल प्रहरी पहरा गण सामाखुशीमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली तथा आरोहण दलले शुक्रबार ६११९ मिटर उचाईको लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको छ । सन् १९२३ मा स्थापना भएको इन्टरपोलको शताब्दी वर्ष भव्यताका साथ मनाउने योजना अन्तर्गत इन्टरपोलको १००औं सदस्य राष्ट्र नेपालको तर्फबाट नेपाल प्रहरीको कर्मचारीले सर्वोच्च शिखर सगरमाथा आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झण्डा सहित नेपाल प्रहरी र इन्टरपोलको झन्डाहरू फहराउनका लागि प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले गत चैत ३० गते नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा आरोहणमा जान लागेका प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीलाई राष्ट्रिय झन्डा, नेपाल प्रहरीको झन्डा, इन्टरपोलको झन्डा एवम् आरोहणमा प्रयोग हुने सामग्रीहरू हस्तान्तरण गर्नुका साथै आरोहण दललाई शुभकामनासहित विदाइ गर्नुभएको थियो ।नेपाल प्रहरीले विभिन्न कालखण्डमा पर्वत, हिमाल आरोहण गरिसकेको छ । साथै नेपाल प्रहरीमा हिमाली शाखा स्थापना भई प्रहरी कर्मचारीहरु र नेपाल प्रहरी परिवार संघका पदाधिकारीहरुले समेत विभिन्न हिमालहरु सफलतापूर्वक आरोहण गर्नुका साथै सगरमाथा सफाई अभियानमा सहभागी भएको र विभिन्न आरोहण दलमा सम्पर्क अधिकृतको रुपमा भूमिका समेत निर्वाह गरिसकेको छ । आरोहणमार्फत कुनै पनि आपराधिक क्रियाकलाप हुन नदिने र कानून कार्यान्वयनमा नेपालको पूर्णरुपमा एक्यवद्धता रहेको भन्ने सन्देश विश्वसामु प्रवाह हुने र यसबाट नेपालको पर्यटन प्रवर्धन भई अर्थतन्त्रमा थप टेवा पुग्नुका साथै प्रहरीको उपस्थितिले विश्वभरका पर्वतारोही पर्यटकहरूमा थप सुरक्षाको अनुभूति बढ्ने विश्वास रहेको छ । पहिलो पटक विसं २०३१ सालमा प्रहरी कर्मचारीका ९ सदस्य टोलीले ६९२० मिटर उचाईको टुकुचे हिमाल सफलतापूर्वक आरोहण गरेको थियो । हिमाली भेगको सुरक्षाका निम्ति प्रहरी कर्मचारीलाई सक्षम बनाउने उदेश्यका साथ विसं २०३३ सालमा नेपाल प्रहरी पर्वतारोहण तथा साहसिक प्रतिष्ठान स्थापना भएपश्चात नेपाल प्रहरी कर्मचारीको २७ सदस्य टोलीले विसं २०३३ असोज १६ गते र नेपाल प्रहरी महिला दलको ३१ सदस्य टोलीले विसं २०४१ भदौ २६ गते ६११९ मिटर उचाईको लोबुचे हिमाल सफलातापूर्वक आरोहण गरेका थिए ।                           

नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी नायव महानिरीक्षक कुबेर कडायत
२०८०-०१-१४

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक कुबेर कडायतलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक कुबेर कडायतलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले बिहीबार जनाएको छ । प्रहरी नायव महानिरीक्षक कडायतलाई ९८५१२-९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय र बुढानिलकण्ठ नगरपालिकाबीच सिसिटिभि जडान गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर
२०८०-०१-१२

काठमाडौं, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र बुढानिलकण्ठ नगरपालिकाबीच बुढानिलकण्ठ नगरपालिकाको क्षेत्रभित्र शहरी सुव्यवस्थापनका लागि सिसिटिभि क्यामेरा जडान, संचालन, मर्मत संभार र सूचनाको उपयोग गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर भएको छ । बुढानिलकण्ठ नगरपालिकाको कार्यालय हात्तीगौडामा मंगलबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको तर्फबाट कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवाली र बुढानिलकण्ठ नगरपालिकाको तर्फबाट नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले उक्त समझदारी-पत्रमा हस्ताक्षर गर्नुका साथै समझदारी-पत्र आदान प्रदान समेत गर्नुभयो । सो अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीले सिसिटिभि जडानले घटित अपराधहरूको छिटो छरितो तवरबाट अनुसन्धान गर्न, चोरी, लुटपाट, सवारी दर्घुटना, छुटेका सामानको पहिचान लगायत विभिन्न अपराधिक घटनाको सफल अनुसन्धान गर्न तथा प्रहरीले प्रवाह गर्ने सेवालाई थप प्रभावकारी बनाउन टेवा पुग्ने बताउनुभयो । आगामी दिनमा शान्ति सुरक्षा, विकासका कार्यक्रम, अपराध नियन्त्रण र अनुसन्धानमा नगरपालिकासँग थप सहकार्य गर्दै जाने उहाँले उल्लेख गर्नुभयो । सो कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले सिसिटिभि जडानले विभिन्न विकृतिका कार्यहरूको पहिचान गर्न एवम् नागरिकलाई थप सुरक्षाको प्रत्याभूति गराउन सहयोग पुग्ने बताउनुभयो । सिसिटिभि जडान पश्चात त्यसको उचित रेखदेख र  मर्मत सम्भार पनि हुनेपर्नेमा उहाँले जोड दिँदै आगामी दिनमा नेपाल प्रहरीसँग थप सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम आर्यालले सम्झौताको महत्व, प्रभावकारी उपयोग सम्बन्धी जानकारी दिनुभयो । बुढानिलकण्ठ क्षेत्रभित्र शान्ति सुरक्षा, अमन चयन, पारदर्शी शहरी व्यवस्थापन, अपराध नियन्त्रण, दुर्घटना न्यूनिकरण, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण न्यूनिकरण, सार्वजनिक सम्पत्ति संरक्षण, नदी किनारा तथा साँस्कृतिक एवम् सम्पदा क्षेत्रहरूको संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, रात्रीकालिन आवागमन व्यवस्थापन, ट्राफिक जाम तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रण तथा समग्र शहरी सुशासनसँग सम्बन्धित विषयहरूमा सहकार्य गरी सिसिटिभि जडानको लागि दुवै पक्षबीच सम्झौता भएको हो । बुढानिलकण्ठ नगरपालिकाको क्षेत्रभित्र सिसिटिभि जडानको लागि लागत ईस्टिमेट बमोजिम ५ करोड रूपैयाँको बोलपत्र आव्हान गरी चालू आ.ब. २०७९/८० मा २ करोड ५० लाख विनियोजित रकम पेश्किवापत उपत्यका प्रहरी कार्यालयलाई उपलब्ध हुने र ठेक्का सम्झौता बमोजिम हुने बाँकी रकम आगामी आ.ब.२०८०/०८१ मा भुक्तानी हुने गरी बुढानिलकण्ठ नगरपालिकाले उपलब्ध गराउने समेत सम्झौता-पत्रमा उल्लेख गरिएको छ । साथै सिसिटिभि जडान गरिने विभिन्न स्थानहरू दुवै पक्षको सहमतिमा उच्चतम प्रविधिको क्यामेरा प्रयोग गर्ने संख्या निर्धारण गरिने समेत सम्झौता-पत्रमा उल्लेख गरिएको छ । कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका पदाधिकारीहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

काठमाडौं उपत्यका प्रहरी कार्यालय र काठमाडौं महानगरपालिकाबीच सिसिटिभि जडान गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर
२०८०-०१-०७

काठमाडौं, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र काठमाडौं महानगरपालिकाबीच काठमाडौं महानगरपालिका क्षेत्रभित्र सिसिटिभि क्यामेरा जडान, संचालन मर्मत सम्भार र सूचनाको उपयोग गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर भएको छ ।काठमाडौं महानगरपालिकाको सम्पर्क कार्यालय राष्ट्रिय सभागृहमा बिहीबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको तर्फबाट कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवाली र काठमाडौं महानगरपालिकाको तर्फबाट महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले उक्त समझदारी-पत्रमा हस्ताक्षर गर्नुका साथै समझदारी-पत्र आदान प्रदान समेत गर्नुभयो । सो अवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नेपाल प्रहरीसँग आगामी दिनमा समेत सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने बताउनुभयो । सो कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीले सिसिटिभि क्यामेरा जडानले शान्ति सुरक्षाका साथै आपराधिक क्रियाकलाप नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै आउँदा दिनमा समेत महानगरपालिकासँग सहकार्य गर्दै जाने बताउनुभयो । कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले सम्झौताको महत्व, प्रभावकारी उपयोग सम्बन्धी जानकारी दिनुभयो । काठमाडौं क्षेत्रभित्र शान्ति सुरक्षा, अमन चयन, पारदर्शी शहरी व्यवस्थापन, अपराध नियन्त्रण, दुर्घटना न्यूनिकरण, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण न्यूनिकरण, सार्वजनिक सम्पत्ति संरक्षण, नदी किनारा तथा साँस्कृतिक एवम् सम्पदा क्षेत्रहरूको संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, रात्रीकालिन आवागमन व्यवस्थापन, ट्राफिक जाम तथा अन्य अनैतिक गतिविधि नियन्त्रण तथा समग्र शहरी सुशासनसँग सम्बन्धित विषयहरूमा सहकार्य गरी सिसिटिभि जडानको लागि काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई ६ करोड रूपैयाँ उपलब्ध गराउने सम्झौता-पत्रमा उल्लेख  गरिएको छ । साथै सिसिटिभि जडान गरिने विभिन्न स्थानहरू दुवै पक्षको सहमतिमा एकिन गरिने तथा जडान हुने सिसिटिभि प्रणाली नेपाल प्रहरीले निर्धारण गरेको मापदण्ड अनुसारको हुने समेत सम्झौता-पत्रमा उल्लेख गरिएको छ । कार्यक्रममा काठमाडौं महानगरपालिकाका पदाधिकारीहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

नेपाल प्रहरीका तेक्वान्दो खेलाडीलाई सफलता
२०७९-१२-३०

काठमाडौं, नेपाल तेक्वान्दो संघको आयोजनामा बुधबार भएको ‘1st NTA Open Poomsae League Championship 2023’ अन्तर्गत नेपाल प्रहरीका तेक्वान्दो खेलाडीले ५ स्वर्ण, २ रजत र ६ कास्य गरी कुल १३ पदक हासिल गर्दै नेपाल प्रहरीको टिम च्याम्पियन भएको छ ।  प्रतियोगिता अन्तर्गत पुरूष सिंगल पुम्सेतर्फ प्रहरी सहायक हवल्दारहरू कमल श्रेष्ठ र जित बहादुर बोटले स्वर्ण पदक, महिला सिंगल पुम्सेतर्फ प्रहरी सहायक हवल्दार सिता तामाङले स्वर्ण पदक, पेयर पुम्सेतर्फ प्रहरी सहायक हवल्दार कमल श्रेष्ठ र सिता तामाङले स्वर्ण पदक एवम् पुरूष ग्रुप पुम्सेतर्फ प्रहरी सहायक हवल्दार जित बहादुर बोट, प्रहरी जवान प्रेम बहादुर लिम्बु र प्रहरी जवान आश्मिन राउतले स्वर्ण पदक हासिल गरेका छन् ।  यसैगरी पेयर पुम्सेतर्फ प्रहरी जवान निशा दर्नाल र प्रहरी जवान आश्मिन राउतले रजत पदक, महिला ग्रुप पुम्सेतर्फ प्रहरी जवान निशा दर्नाल, प्रहरी जवान सबिना घले र सुशिला राईले रजत पदक हासिल गरेका छन् । यसैगरी महिला ८ वर्ष मुनितर्फ रिया श्रेष्ठ, महिला सिंगल पुम्सेतर्फ सुशिला राई, पुरूष सिंगल पुम्सेतर्फ प्रहरी जवान प्रेम बहादुर लिम्बु र प्रहरी जवान आश्मिन राउत, पेयर पुम्सेतर्फ प्रहरी सहायक हवल्दार जित बहादुर बोट र सुशिला राई तथा पुरूष ग्रुप पुम्सेतर्फ प्रहरी जवान अन्जना चौधरी, प्रहरी जवान प्रदिप चौधरी र सागर बरालले कास्य पदक हासिल गर्न सफल भएका छन् । 

३० जना प्रहरी कर्मचारीहरूलाई हेभी सवारी चालक तालिम प्रदान
२०७९-१२-२२

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखा सामाखुशीले ३० जना प्रहरी कर्मचारीहरुलाई हेभि सवारी चालक तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित हेभि सवारी चालक तालिम १३औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । सोही महाशाखामा बुधबार आयोजित तालिम समापन कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ई. दिनेश केसीले प्रशिक्षार्थीहरु तथा प्रशिक्षकलाई प्रमाणपत्र वितरण गर्नुभयो ।  उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक केसीले हेभी सवारी साधनको परिचालन, रेखदेख र मर्मत संभार गर्न समय सापेक्ष नयाँ प्रविधिको बारेमा दक्षता अभिवृद्धि गर्न तालिम प्रदान गरिएको बताउनुभयो । प्रशिक्षार्थीले तालिमबाट प्राप्त गरेका ज्ञान, सिप र दक्षतालाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत फागुन १५ गतेबाट संचालित ३० कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार १ जना, प्रहरी सहायक हवल्दार १४ जना र प्रहरी जवान १५ जना गरी कूल ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो । 

आसरा सुधार केन्द्रकी अध्यक्ष लक्ष्मी कुँवरको स्वागत तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
२०७९-१२-२१

काठमाडौं, आसरा सुधार केन्द्र रानीबारीकी नवनियुक्त अध्यक्ष श्रीमती लक्ष्मी कुँवरलाई मंगलबार आयोजित एक कार्यक्रमबीच सोही केन्द्रका पदाधिकारीहरुले केन्द्रको कार्यालय रानीबारीमा हार्दिक स्वागत गर्नुभएको छ । उक्त अवसरमा नवनियुक्त अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले आसरा सुधार केन्द्रकी निवर्तमान अध्यक्ष श्रीमती कुसुम लता सिंहलाई दोसल्ला ओढाई बिदाइ गर्नुका साथै उहाँलाई सम्मानपत्र तथा आसरा गतिविधिलाई समेटेर तयार पारिएको फोटो एल्बमसहितको मायाँको चिनो प्रदान गर्नुभयो । साथै सोही अवसरमा नव वर्ष २०८० सालको शुभकामना आदान प्रदान कार्यक्रम समेत सम्पन्न भएको छ ।  कार्यक्रममा केन्द्रकी नवनियुक्त अध्यक्ष कुँवरले केन्द्रमा आयोजना गरिएको आन्तरिक खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने उपचाररत सदस्यहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो । सो अवसरमा केन्द्रकी नवनियुक्त अध्यक्ष कुँवरले लागूऔषध प्रयोगकर्ताहरुलाई उपचार गरी घर परिवार र समाजमा पुनर्स्थापन गराई उनीहरुको सुखद भविष्य निर्माण गर्ने पवित्र उद्देश्य राखी विशुद्ध कल्याणकारी र परोपकारी सेवा भावका साथ समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि लागूऔषध विरुद्दको विभिन्न जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आइरहेको चर्चा गर्दै आगामी दिनमा अझ परिस्कृत तथा स्तरीय तरिकाले थप कार्यक्रमहरु संचालन गर्दै जाने बताउनुभयो । आफ्नो कार्यकालमा केन्द्रको भूमिकालाई अझ थप बहुआयमिक बनाई केन्द्रको उद्देश्य प्राप्तिका लागि अझ सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त ‍गर्दै उहाँले केन्द्रको उन्नति र प्रगतीमा केन्द्रका कार्यकारिणी समितिका पदाधिकारी तथा कर्मचारीहरूबाट पूर्ण रुपमा सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । आसरा सुधार केन्द्रकी सचिव श्रीमती सिता ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा केन्द्रमा उपचाररत सदस्यहरुद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, केन्द्रका पदाधिकारीहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा उपचाररत सदस्यहरुका अभिभावकहरुको उपस्थिति रहेको थियो ।

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरको स्वागत
२०७९-१२-१९

काठमाडौं, नेपाल प्रहरी श्रीमती सघंकी नवनियुक्त अध्यक्ष श्रीमती लक्ष्मी कुँवरलाई आइतबार आयोजित एक कार्यक्रमबीच सोही सघंका पदाधिकारीहरुले संघको कार्यालय भृकुटीमण्डपमा हार्दिक स्वागत गर्नुभएको छ । सो अवसरमा अध्यक्ष कुँवरले संस्थागत परम्परा र नबिन आवश्यकतालाई सन्तुलन कायम गर्दै संस्थागत उद्देश्य प्राप्तिका लागि सबै पदाधिकारीहरूले साझा मन, वचन र कर्मका साथ काम गर्नुपर्ने बताउनुभयो ।  समाजिक कल्याणकारी कार्य गर्ने पवित्र उद्धेश्य राखी स्थापित संघले संचालन गर्दै आएका गतिविधिलाई अझै प्रभावकारी रुपमा अगाडि बढाउँदै निरन्तरता दिने र आवश्यक सुधार समेत गर्दै लैजाने उल्लेख गर्दै उहाँले यस कार्यमा सबैको सल्लाह र सुझाव रहने विश्वास व्यक्त गर्नुभयो । साथै सोही अवसरमा संघकी निवर्तमान अध्यक्ष श्रीमती कुसुम लता सिंह लगायत पूर्व पदाधिकारीहरूको समेत बिदाई गरिएको थियो ।     संघकी कोषाध्यक्ष श्रीमती अनुश्री पाख्रीनले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा संघका पदाधिकारीहरु, सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारीहरु, सदस्यहरु र प्रहरी अधिकृत तथा जवानहरुको समेत उपस्थिति रहेको थियो ।

ट्राफिक नियन्त्रण १४७ औं समूहको तालिम सञ्चालन
२०७९-१२-१४

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय  रामशाहपथमा १४७ औं समूहको ट्राफिक नियन्त्रण तालिम सञ्चालन भएको छ ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सोही कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमबीच उक्त तालिमको उद्‍घाटन गर्नुभयो । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक भट्टले सवारी दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक आवागमनलाई सहज बनाउन तालिम उपयोगी रहेको चर्चा गर्दै तालिममा प्रदान गरिने व्यवसायिक ज्ञान, सिपलाई प्रशिक्षार्थीहरूले बढीभन्दा बढी उत्सुक भई हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।   कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुनिल जंग शाहले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ दिन कार्य अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार ३ जना, प्रहरी सहायक हवल्दार २० जना र प्रहरी जवान ४७ जना गरी कुल ७० जना प्रशिक्षार्थीहरु सहभागी रहेको जानकारी दिनुभयो ।

७२ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान
२०७९-१२-०९

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ७२ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तालिम १४६औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।  सोही कार्यालयमा बिहीबार आयोजित तालिम समापन कार्यक्रममा कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक मिरा चौधरीले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त अवसरमा प्रहरी नायब महानिरीक्षक चौधरीले आफ्नो आचरण र व्यवहारमा सुधार गर्दै संगठनको छवि तथा गरिमा उच्च हुने गरी जनअपेक्षा अनुरूप काम गर्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिनुभयो ।  कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक अनिल कुमार उप्रेतीले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत माघ १० गतेदेखि संचालित उक्त तालिममा प्रहरी सहायक हवल्दार १६ जना र प्रहरी जवान ५६ जना गरी जम्मा ६९ जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिनुभयो ।

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०७९-१२-०८

काठमाडौं, नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ चैत ६ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनु भएका ५ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका बसन्त बहादुर कुँवर, टेक प्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी अधिकृतहरुको व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवनको सफलताको शुभकामना दिँदै पदोन्नति भएका मध्यबाटै संगठन प्रमुख हुने भएकोले आगामी दिन संगठन प्रमुखको रुपमा प्राप्त हुने जिम्मेवारी बहन गर्नका लागि तयार रहन निर्देशन दिनुभयो ।   प्रहरी महानिरीक्षक सिंहले लामो समयपछि पदोन्नति सुचारू भएकोमा नेपाल सरकारप्रति आभार व्यक्त गर्दै संगठनको उच्च तहमा रहने प्रहरी अधिकृतहरुलाई चौतर्फी रुपमा चुनौतीको सामना गर्नु पर्ने भएकोले उक्त चुनौती  र जिम्मेवारीलाई कुशलता पूर्वक निर्वाह गर्नुपर्ने बताउनुभयो । प्रहरी महानिरीक्षक सिंहले संगठनको नेतृत्वसँगै नेपाल प्रहरीलाई कसरी गतिशिल र चलायमान बनाउन सकिन्छ भन्ने बारेमा योजना बनाउनु पर्ने बताउँदै संगठनको आगामी नेतृत्व अव्बल व्यक्तिको हातमा जाने विश्वाससमेत व्यक्त गर्नुभयो ।  उक्त अवसरमा पदोन्नति हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी महानिरीक्षकलगायत बढुवा प्रकियामा सहभागी सम्पूर्णप्रति आभार व्यक्त गर्दै पदोन्नतिसँगै गहन जिम्मेवारीको बढोत्तरी हुने हुँदा प्राप्त जिम्मेवारी कुशलतापूर्वक बहन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । संगठनप्रति बफादार रहि संगठनको श्रीवृद्धि गर्न दृढ संकल्पित रहने बताउनु हुँदै उहाँले समग्र सुरक्षा र अपराध अनुसन्धानको जिम्मेवारी बोकेको प्रहरी संगठनमा संगठनप्रति व्यवसायिक र निष्ठावान रहि जिम्मेवारी बहन गर्ने कार्यमा सबैको सत्प्रयास अपरिहार्य रहेको विचार व्यक्त गर्नुभयो । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरुको उपस्थिति रहेको थियो ।

नेपाल प्रहरी प्रधान कार्यालयमा बैण्ड कन्सर्ट कार्यक्रम सम्पन्न
२०७९-११-१८

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार बैण्ड कन्सर्ट कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी संगीत विद्यालय र बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌बाट सामूहिक रुपमा उक्त कन्सर्ट सम्पन्न भएको हो । सो अवसरमा नेपाल प्रहरी संगीत विद्यालयका तर्फबाट प्रहरी नायव उपरीक्षक भुला राज खनाल समेतको टोली र बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का तर्फबाट Music Director, Captain Esther Hayes एवं Assistant Music Director Captain Sunil Gurung समेतको टोलीद्वारा विभिन्न सुमधर धुन प्रस्तुत गरिएको थियो ।  उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले Defence Attache, Colonel, Paul Smith, बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का Music Director, Captain  Esther Hayes, बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का Assistant Music Director Captain Sunil Gurung लाई कृतज्ञताको चिनो प्रदान गर्नुभयो । सोही अवसरमा Defence Attache, Colonel, Paul Smith र बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌को तर्फबाट Music Director, Captain  Esther Hayes ले प्रहरी महानिरीक्षक सिंहलाई समेत कृतज्ञताको चिनो प्रदान गर्नुभयो । वि.सं.२००९ सालमा शुरु भएको नेपाल प्रहरी संगीत विद्यालय बैण्डद्वारा विभिन्न राष्ट्रिय दिवस, खेलकुद, संगठनका विभिन्न कार्यक्रम एवं विभिन्न स्थलहरूमा समयसमयमा सहभागिता र कन्सर्टको आयोजना गर्ने गरेको छ । बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌ र नेपाल प्रहरी संगीत विद्यालयको सम्बन्ध सन् २००४ सालदेखि नै रहँदै आएको छ । संयुक्त रुपमा यी दुवै बैण्डहरूद्वारा समन्वय र सहकार्यमा संयुक्त तालिम र कन्सर्टहरू हुने गरेका छन् ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का प्रतिनिधिहरू लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो । 

नेपाल प्रहरी श्रीमती संघद्वारा शौचालय हस्तान्तरण
२०७९-११-१७

काठमाडौं, नेपाल प्रहरी श्रीमती संघद्वारा गोकर्णेश्वर नगरपालिका-६ स्थित वडा कार्यालय अगाडि सार्वजनिक स्थानमा जडान गरिएको प्रोटेवल सार्वजनिक शौचालय गोकर्णेश्वर नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।  नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती कुसुम लता सिंहले बुधबार आयोजित एक कार्यक्रमबीच गोकणेश्वर नगरपालिकाका प्रमुख दिपक कुमार रिसाललाई उक्त शौचालय हस्तान्तरण गर्नुभएको हो ।  कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख रिसालले शौचालयले पैदलयात्री तथा सेवाग्राहीलाई सहज हुने उल्लेख गर्दै शौचालयको संरक्षणमा नगरपालिकाले विशेष ध्यान दिने बताउनुभयो ।  कार्यक्रममा संघकी अध्यक्ष श्रीमती सिंहले सिभिल बैंकसँग समन्वय तथा सहकार्य गरी सार्वजनिक हितको लागि नागरिक जीवनमा सहजता होस् भन्ने हेतूले सर्वसाधरणको बढी आवतजावत हुने स्थानमा शौचालय संचालन गरिएको बताउनुभयो । सानो प्रयासले स्वच्छ वातावरणका लागि सरसफाइमा समेत सहयोग पुग्ने अपेक्षा उहाँले गर्नुभयो ।  गोकर्णेश्वर नगरपालिकाका उप-प्रमुख सान्नानी लामाले समेत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नवराज लामाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, स्थानीय बासिन्दा लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहको थियो । 

हेभी सवारी चालक तालिम सुरू
२०७९-११-१५

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा १३औं समूहको हेभी सवारी चालक तालिम सोमबारबाट सुरु भएको छ । जम्मा ३० कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार १ जना, प्रहरी सहायक हवल्दार १४ जना र प्रहरी जवान १५ जना गरी जम्मा ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । सवारीसँग सम्बन्धित विभिन्न ऐन, नियम तथा कानुनको बारेमा जानकारी गराउनु, सेफ्टी र डिफेन्सीभ ड्राइभिङ सम्बन्धी ज्ञान तथा टेक्निक प्रदान गर्नु, लेन अनुसाशन तथा ट्राफिक चिन्हहरुका बारेमा जानकारी गराउनु, हेभी सवारी साधन चलाउन, सामान्य मर्मत सम्भार गर्न र आवश्यकता अनुसार निरीक्षक गर्न सक्ने बनाउनु, विभिन्न  परिस्थिति तथा मौसम अनुसार हेभी साधन चलाउँदा ध्यान दिनुपर्ने कुराहरुको बारेमा ज्ञान प्रदान गर्ने तालिमको उद्देश्य रहेको छ । 

नेपाल पुलिस स्कुल साँगाको ३९औं स्थापना दिवस तथा वार्षिक खेलकुद दिवस सम्पन्न
२०७९-११-१२

काभ्रेपलाञ्चोक, नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष श्रीमती कुसुम लता सिंहको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल साँगाको ३९औं स्थापना दिवस तथा वार्षिक खेलकुद दिवस सम्पन्न भएको छ । उक्त अवसरमा सङ्घकी अध्यक्ष सिंहले विद्यालयको वार्षिक म्यागजिन ‘दीपिका’ ३२औं अङकको लोकार्पण गर्नुका साथै विद्यालयमा स्थापित २३ वटा अक्षयकोषको उद्देश्य अनुरूप विभिन्न विधामा ६४ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नुभयो । साथै उहाँले विद्यालयको स्थापना दिवसमा आयोजित विविध अतिरिक्त क्रियाकलापका विजेताहरु, उत्कृष्ट शिक्षकहरू तथा उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई नगद, शिल्ड, मेडल, पुरस्कार तथा प्रशंसापत्र वितरण गर्नुभयो । साथै उहाँले विद्यार्थीहरुले निर्माण गरी प्रदर्शनीमा राखेका विभिन्न विज्ञान तथा कला प्रदर्शनीको अवलोकनसमेत गर्नुभयो ।  कार्यक्रममा सङ्घकी अध्यक्ष सिंहले देश भरिका विद्यालय शिक्षाको क्षेत्रमा नेपाल प्रहरी विद्यालयको छुट्टै स्थान र गरिमा रहेको चर्चा गर्दै नेपाल पुलिस स्कुल साँगाले किताबी ज्ञानमा मात्रै सीमित नभई अतिरिक्त क्रियाकलाप र सह-शिक्षात्मक क्रियाकलापहरूलाई नियमित रूपमा संचालन गरी विद्यार्थीहरूको चौतर्फी विकासमा जोड दिँदै आएको बताउनुभयो । प्रतिभावान् र कर्मठ नागरिक उत्पादन गरी मुलुकको विकासमा टेवा पुर्‍याउन विद्यालयले ठूलो भूमिका खेल्ने उल्लेख गर्दै उहाँले प्रहरी विद्यालयले पनि आफ्नो भूमिकालाई अझ बढी गतिशील र प्रभावकारी बनाउदै जाने विश्वास व्यक्त गर्नुभयो । नेपाल पुलिस स्कुल साँगाका प्राचार्य मोहन पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा विद्यालयका समादेशक प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईले धन्यबाद ज्ञापन गर्नुभएको थियो । सोही अवसरमा विद्यार्थीहरुले मार्चपास, जुडो, कराते, तेक्वान्दो, जिम्न्यास्टिक तथा विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त अवसरमा नेपाल प्रहरी श्रीमती सङ्घका पदाधिकारीहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, स्थानीय जनप्रतिनिधिहरु, अभिभावकहरुसमेतको उपस्थिति रहेको थियो ।

नेपाली सेनाका तालिमरत अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण
२०७९-११-०५

काठमाडौं, सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा संचालित कमाण्ड एण्ड स्टाफ सि.सं.२९ का तालिमरत ९२ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको शुक्रबार अवलोकन भ्रमण सम्पन्न भएको छ । अवलोकन भ्रमणमा सहभागीहरूलाई  प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र जिसीले स्वागत मन्तव्य व्यक्त गर्दै भम्रण कार्यक्रम सम्बन्धी जानकारी गराउनुभएको थियो ।  सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डाटा सेन्टर, पोलिग्राफ शाखा, डिजिटल फरेन्सिक ल्याब र सङ्ग्राहलय समेतको अवलोकन गर्नुभयो । अवलोकन पश्चात आयोजित कार्यक्रममा प्रहरी उपरीक्षक दिप शम्शेर राणाले नेपाल प्रहरीको परिचय, विकासक्रम, काम, कर्तव्य र वर्तमान अवस्थाबारे प्रस्तुतीकरण गर्नुभएको थियो । साथै उहाँले अन्तरक्रियाको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरी सम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरुको निरुपण गर्दै समाजमा शान्ति सुरक्षा कायम गर्न दुवै संगठन बिच सूचनाको आदान प्रदान, आपसी सहयोग र समन्वय भइरहेको एवं आउँदा दिनमा समेत अझ प्रभावकारी ढंगले यसको निरन्तरता हुने बताउनुभयो ।  नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले नेपाल प्रहरीकोतर्फबाट मायाको चिनो प्रदान गर्नुभएको उक्त कार्यक्रममा सेनानी दिल बहादुर गुरूङले भ्रमणमा सहभागी तालिमरत अधिकृतहरुको तर्फबाट धन्यवाद सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो ।  तालिमरत अधिकृतहरूमा ३ जना महिला र ८९ जना पुरूषको सहभागिता रहेको थियो । जसमध्ये अमेरिका, बेलायत, भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, बंगलादेश, केन्या र नाईजेरीयाका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरूकोसमेत सहभागिता रहेको थियो । 

आइपिएस तालिममा सहभागी प्रहरी निरीक्षक सागर तिमिल्सिना पुरस्कृत
२०७९-१०-२९

काठमाडौं, मित्रराष्ट्र भारतको हैदराबादस्थित सरदार बल्लभभाइ पटेल राष्ट्रिय पुलिस एकेडेमीमा सञ्चालित आइपिएस तालिममा सहभागी नेपाल प्रहरीका प्रहरी निरीक्षक सागर तिमिल्सिना पुरस्कृत भएका छन् । प्रहरी निरीक्षक तिमिल्सिनालाई Tonk Cup for Equitation उपाधी सहित पुरस्कृत गरिएको हो । सरदार वल्लभभाइ पटेल राष्ट्रिय पुलिस एकेडेमीमा शनिबार सम्पन्न दीक्षान्त समारोहमा भारत सरकारका गृहमन्त्री अमित शाहले प्रहरी निरीक्षक तिमिल्सिनालाई पुरस्कार प्रदान गर्नुभएको हो । दीक्षान्त समारोहमा नेपाल प्रहरीको तर्फबाट प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको समेत उपस्थिति रहेको थियो । समारोहमा सरिक भई आइतबार स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा कुराकानी गर्दै प्रहरी महानिरीक्षक सिंहले उक्त तालिमको दौरन नेपाल प्रहरीका अधिकृतहरुले देखाएको कला, कौशल र प्रशिक्षार्थीहरुले देखाएको व्यवसायिकता  र दक्षताप्रति एकेडेमीका प्रमुखबाट उच्च प्रशंसा भएको बताउनुभयो । तालिम समापन पश्चातको छलफलको क्रममा हाल आधारभूत तालिममा मात्रै सहभागिता रहँदै आएकोमा साइबर अपराध, मानव बेचबिखन, क्रिप्टोकरेन्सीलगायतका विभिन्न किसिमका उन्नत तालिममा समेत संयुक्त रुपमा सहभागी हुने विषयमा समझदारी भएको बताउनुभयो । हाल नेपाल प्रहरीका ५ जना अधिकृतहरुले सहभागिता जनाउँदै आएकोमा यो संख्यालाई वृद्धि गर्ने विषयमा समेत छलफल भएको उहाँले जानकारी दिनुभयो ।  २०७८ चैत १४ गतेदेखि सुरू भएको उक्त तालिममा नेपाल प्रहरीबाट प्रहरी निरीक्षकहरु प्रवेश कार्की, एल्जिना राई, रविन्द्र चन्द, निर बहादुर बानियाँ र सागर तिमिल्सिना गरी ५ जना प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।

इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलन सम्पन्न
२०७९-१०-२७

काठमाडौं, संयुक्त अरब इमिरेट्सको अबुधाबीमा २०७९ माघ २४ देखि २६ गतेसम्म संचालन भएको इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलन बिहीबार सम्पन्न भएको छ । नेशनल सेन्ट्रल ब्यूरो (एनसिबि) काठमाडौं नेपालका प्रमुख समेत रहनुभएका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको नेतृत्वमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा समेत उक्त सम्मेलनमा सहभागी हुनुभएको   थियो ।  त्रिदिवसीय उक्त सम्मेलनमा एसियाली मुलुकका प्रहरी प्रमुखहरू, इन्टरपोलका प्रतिनिधि मण्डल तथा विभिन्न सरोकारवाला निकायहरुबीच आर्थिक अपराध, मानव बेचबिखन, साइबर अपराध र आतंकवाद जस्ता अन्तरदेशीय अपराधहरुको नियन्त्रणका लागि आवश्यक प्रहरी समन्वय लगायतका विषयहरुमा बृहत छलफल भएको थियो । 

प्रहरी कार्यालय सहयोगी पदमा नयाँ भर्ना आव्हान
२०७९-१०-२७

काठमाडौं, नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी कार्यालय सहयोगी पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कूल १ सय ३७ जनाको लागि नयाँ भर्ना दरखास्त आव्हान गरिएको छ । जसमध्ये भान्छेतर्फ ८२ जना, हजामतर्फ १५ जना, सिलाई/बुनाईतर्फ १० जना र कुचिकारतर्फ ३० जनाका लागि दरखास्त आव्हान गरिएको हो ।उक्त पदका लागि जिल्ला प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज बाँके) र दिपायल तथा सबै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त फारम पाइने र बुझाउन सकिने छ ।नयाँ भर्ना हुन इच्छुक नागरिकहरुले फागुन १ गतेदेखि ३० गतेसम्म सम्बन्धित कार्यालयहरुमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन् ।उक्त भर्ना सम्बन्धी विस्तृत विवरण सहितको सूचना नेपाल प्रहरीको वेबसाइटमा समेत  राखिएको छ । 

‘हिडौं साथ साथ’ (Let us Walk Together) वाकाथोन कार्यक्रम सम्पन्न
२०७९-१०-२७

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ६७औं वार्षिकोत्सवको अवसरमा पुनर्मिलन, भातृत्व र सहकार्यको भाव सहित आयोजित हिडौं साथ साथ (Let us Walk Together) वाकाथोन कार्यक्रम कानून न्याय तथा संसदीय मामिला मन्त्री ध्रुब बहादुर प्रधानको प्रमुख आतिथ्यतामा शुक्रबार सम्पन्न भएको छ ।उक्त वाकाथोनको मन्त्री प्रधान र निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले बेलुनमा बाँधिएको "Let us Walk Together" “हिडौं साथ साथ” लेखिएको ब्यानर संयुक्त रुपमा उडाएर शुभारम्भ गर्नुभएको थियो ।उक्त अवसरमा निमित्त प्रहरी महानिरीक्षक सहकुल बहादुर थापाले धन्यवाद ज्ञापन गर्दै वितगका राम्रो कामलाई अनुशरण गर्दै प्रतिष्ठानको वृहत क्रियाकलापलाई अझ उर्जा प्राप्त होस् भन्ने हेतूले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । यस्ता क्रियाकलापले अग्रजहरूबाट विचारको आदान प्रदान गर्न महत्वपूर्ण सहयोग पुग्ने उहाँले उल्लेख गर्नुभयो । कानून न्याय तथा संसदीय मामिला मन्त्री ध्रुब बहादुर प्रधान, निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक थापा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका पूर्व समादेशकहरू, प्रहरी नायब महानिरीक्षकहरु तथा प्रहरी अधिकृतहरु, प्रहरी निरीक्षक आधारभूत तालिमका प्रशिक्षार्थी एवम् प्रतिष्ठानका कर्मचारीहरुको सहभागितामा प्रतिष्ठानबाट सुरु भएको पदयात्रा बालुवाटार, भाटभटेनी, नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, गैरी धारा, बालुवाटार हुँदै पुनः प्रतिष्ठानमा पुगेर समापन समारोहमा परिणत भएको थियो ।

ट्राफिक प्रहरीलाई ट्राफिक ब्यवस्थापन सामग्री हस्तान्तरण
२०७९-१०-२६

काठमाडौं, नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथलाई ट्राफिक ब्यवस्थापनका लागि प्रयोग गरिने सामग्रीहरू हस्तान्तरण गरेको छ ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा बुधबार आयोजित एक कार्यक्रमकाबीच एशोसिएसनको तर्फबाट अध्यक्ष ध्रुव थापाले ट्राफिक ब्यवस्थापनका लागि प्रयोग गरिने १ सय थान फ्लोरोसेन्ट ज्याकेट तथा सिसिटिभि मोनिटरिङलाई थप प्रभावकारी रुपमा सन्चालन गर्न ५ थान कम्प्युटर र ५ थान माउस काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक मीरा चौधरीलाई हस्तान्तरण गर्नुभएको हो ।  कार्यक्रममा प्रहरी नायव महानिरीक्षक चौधरीले उक्त एशोसिएसनलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत काठमाडौं उपत्यकाका ट्राफिक व्यवस्थापनमा एशोसिएसन र ट्राफिक कार्यालयबीच सहकार्य रहने बताउनुभयो ।  सो अवसरमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष थापाले ट्राफिक जनचेतना अभिवृद्धिका साथै सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीसँग निरन्तर रुपमा सहकार्य गर्दै आगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले  बढ्दो ट्राफिक समस्या समाधान तथा न्यूनिकरणको लागि नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच भबिष्यमा पनि थप योजनाहरु बनाई समन्वयात्मक रुपमा अगाडि बढ्ने सहमति समेत भएको जानकारी दिनुभयो ।  

हराएको २० थान दुई पाङग्रे सवारी साधन फेला पारी सम्बन्धितलाई हस्तान्तरण
२०७९-१०-२६

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हराएका २० थान दुई पाङग्रे सवारी साधन फेला पारी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।  दुई पाङ्ग्रे सवारी साधन हराएको भनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त भएका निवेदनको आधारमा सो कार्यालयबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा हराएका १३ वटा मोटरसाइकल र ७ वटा स्कुटर फेला पारी सम्बन्धितलाई हस्तान्तरण गरेको हो ।  गत साउनदेखि दुई पाङ्ग्रे सवारी साधन हराएको भनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा ९ सय ९७ वटा निवेदन प्राप्त भएका थिए । प्राप्त निवेदनको आधारमा चोरी भएका सवारी साधन ट्राफिक प्रहरीले खोजी गर्ने क्रममा ३ सय १४ थान  सवारी साधन अनुसन्धानका लागि ल्याएको थियो । जसमध्ये साउनमा ७३ थान, भदौमा ४० थान, असोजमा ३० थान, कात्तिकमा १४ थान, मंसिरमा ३७ थान र पुसमा ५१ थान सवारी साधन सम्बन्धित धनीलाई जिम्मा लगाइएको थियो । साथै माघ महिनामा मात्र ४३ थान सवारी साधन सम्बन्धित धनीलाई ट्राफिक प्रहरीले हस्तान्तरण गरेको छ ।  साथै यस आर्थिक वर्षमा २४ थान चोरीका मोटरसाइकल सहित पक्राउ परेका २६ जनालाई थप अनुसन्धान र आवश्यक कारवाहीका लागि विभिन्न प्रहरी वृत्तहरूमा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि स्वयं सवारी धनी पनि बिशेष चनाखोका साथै सजक हुनुपर्ने र सवारी चालक थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको प्रयोग गर्न अनुरोध समेत गर्नुभएको छ । 

निमित्त प्रहरी महानिरीक्षक सहकुल बहादुर थापाबाट प्रहरी निरीक्षक आधारभूत तालिम उद्‍घाटन
२०७९-१०-२५

काठमाडौं, निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा संचालित ‘Post Graduate Diploma In Police Sciences (PGDPS)’ कार्यक्रम समावेश भएको प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२औं समूह(PGDPS १३औं ब्याच) को सोही प्रतिष्ठानमा बुधबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो ।  उद्‍घाटन कार्यक्रमलाई सम्बोधन गर्दै निमित्त प्रहरी महानिरीक्षक थापाले प्रहरी निरीक्षक आधारभूत तालिम अन्तर्गत संचालित यो कोर्सबाट सामाजिक उत्तरदायी, सिर्जनशील र परिणाममुखी व्यावसायिक प्रहरी अधिकृतहरूको विकास गरी नेपाल प्रहरीको दक्ष जनशक्ति परिपूर्ति गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो ।  प्रहरी निरीक्षक दर्जा नेपाल प्रहरीको मेरूदण्ड भएकोले प्रहरीलाई नागरिकसँग प्रत्यक्ष रूपमा जोड्न अहम भूमिका  निर्वाह गर्ने चर्चा गर्दै निमित्त प्रहरी महानिरीक्षक थापाले प्रशिक्षार्थीहरूले यस्तो महत्वपूर्ण जिम्मेवारीलाई हृदयङ्गम गर्दै भविष्यमा कुशल प्रहरी अधिकृतको रूपमा व्यावसायिक कार्यसम्पादन गरी संगठन तथा राष्ट्रको लागि महत्वपूर्ण योगदान दिन सक्ने काबिल अधिकृतको रूपमा रुपान्तरणका लागि पूर्ण वफादारिताका साथ तालिम सम्पादन गर्ने विश्वास लिएको बताउनुभयो । अहिलेको बद्लिदो परिस्थितिमा पुलिसिङ ज्यादै चुनौतिपूर्ण रहेको बताउँदै वर्तमान समयमा प्रहरी शान्ति सुरक्षाका साथै सामाजिक विकासका हरेक पक्षहरूसँग सरोकार राख्ने भएकोले प्रहरी अधिकृतहरू बौद्धिक रूपमा रचनात्मक कार्य अघि बढाउन सक्ने हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।   प्रहरी निरीक्षक आधारभूत तालिम प्रहरी संगठनको सबै भन्दा माथिल्लो प्रवेश विन्दुमा दिईने आधारभूत प्रहरी तालिम भएकोले  प्रतिष्ठानले विशेष अभिरूचि र प्रभामिकताका साथ हेर्ने गरेको बताउँदै निमित्त प्रहरी महानिरीक्षक थापाले तालिम मापदण्ड बमोजिम सरल, सहज र प्रभावकारी ढंगबाट प्रशिक्षण संचालनको व्यवस्थापन मिलाउन तथा अथक मेहनत, परिश्रम र लगावका साथ कटिवद्ध हुन प्रतिष्ठानमा कार्यरत प्रशिक्षक वर्गहरूलाई आग्रह गर्नुभयो । साथै प्रशिक्षण अवधिभर उच्च अनुशासन, कडा मेहनत, लगनशिलता र व्यावसायिक निष्ठाका साथ हरेक प्रशिक्षण क्रियाकलापमहरूमा सहभागी भई सफलतापूर्वक तालिम सम्पन्न गर्न प्रशिक्षार्थीहरूलाई उहाँले निर्देशन दिनुभयो ।  कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले नेपाल प्रहरी निस्वार्थ रूपमा सेवा प्रदान गर्ने संगठन भएको चर्चा गर्दै व्यवहार एवम् आफ्नो चरित्रलाई अझै राम्रो बनाउँदै आफ्नो कमि कमजोरीलाई आफैले औल्याउँदै सुधार गर्न प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।  सोही प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्यायले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी उपरीक्षक रमेश थापाले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै तालिम सम्बन्धी जानकारी दिनुभएको थियो । उक्त तालिममा खुल्ला प्रतिस्पर्धाबाट उत्तीर्ण विभागीयतर्फका प्रहरी निरीक्षक १ सय १० जना र खुल्लातर्फबाट नवनियुक्त प्रहरी निरीक्षक ३९ जना गरी कूल १ सय ४९ जना प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुको सहभागिता रहेको छ । PGDPS सम्बन्धि वृत्तचित्र समेत प्रदर्शन गरिएको उक्त कार्यक्रममा PGDPS कार्यक्रमका सल्लाहकार प्रा.डा.राजीव विक्रम राणा, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।

नेपाल टेलिकमद्वारा नेपाल प्रहरीलाई प्रशंसापत्र प्रदान
२०७९-१०-२२

काठमाडौं, नेपाल टेलिकमले आफ्नो १९औं बार्षिकोत्सवको अवसरमा नेपाल प्रहरीलाई प्रशंसापत्रद्वारा सम्मान गरेको छ । २०७८ माघ १ गतेदेखि २०७९ पुस ३० गते सम्मको अवधिमा नेपाल टेलिकमको सबैभन्दा बढी सियूजी सेवा प्रयोग गरेकोले नेपाल प्रहरीलाई प्रशंसापत्रद्वारा सम्मान गरेको हो ।  नेपाल टेलिकमको १९औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रमबीच सूचना तथा संचार प्रविधि मन्त्री रेखा शर्माले प्रदान गर्नुभएको उक्त प्रशंसा-पत्र नेपाल प्रहरीकोतर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय संचार निर्देशनालयका प्रहरी बरिष्ठ उपरीक्षक ई.गोपाल बहादुर रेग्मीले ग्रहण गर्नुभएको हो । 

मोटरसाइकल आउटराइडर्स तालिम समापन
२०७९-१०-२२

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालित २२औं समूहको मोटरसाइकल आउटराइडर्स तालिम आइतबार समापन भएको छ ।  उक्त अवसरमा सोही महाशाखाका प्रहरी उपरीक्षक ई. कमलेन्द्र लाल कर्णले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै प्रशिक्षार्थीले आफ्नो कार्य क्षेत्रमा गई संगठनले निर्दिष्ठ गरेको लक्ष्य प्राप्तिका लागि आफूलाई दिएको जिम्मेवारी त्रुटिरहित ढंगबाट कार्यसम्पदान गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक ई. अशोक केसीले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत पुस ५ गतेदेखि संचालित उक्त तालिममा प्रहरी नायव निरीक्षक १ जना, प्रहरी सहायक निरीक्षक ३ जना र प्रहरी जवान २५ जना गरी कुल २९ जना प्रशिक्षार्थीहरु सहभागिता रहेको जानकारी दिनुभयो ।

ईन्टरपोलको १००औं वर्ष मनाउने कार्यक्रमको विधिवत रुपमा सुरुवात
२०७९-१०-२०

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा शुक्रबारबाट संचालन भएको ४०औं आइजिपि रनिङ शिल्ड फुटबल प्रतियोगिता २०७९ को उद्‍घाटन खेलमा सोही प्रतिष्ठान कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले “INTERPOL Centenary” इंकित् फुटबल प्रदान गर्दै ईन्टरपोलको १००औँ वर्ष मनाउने कार्यक्रमको विधिवत् रुपमा सुरुवात गर्नुभएको छ ।ईन्टरपोल स्थापना गरिएको १०० वर्षको यात्रामा यस वर्षलाई विशेष उत्सवको रुपमा मनाउन सदस्य राष्ट्रहरूले विभिन्न कार्यक्रमको आयोजना र्नहुन भनी ईन्टरपोल महासचिवालयबाट अनुरोध भए बमोजिम नेपाल प्रहरीले उक्त प्रतियोगितामा ईन्टरपोलको १००औँ वर्ष मनाउने कार्यक्रमको सुरुवात गरेको हो ।अर्को १०० वर्षमा प्रहरी सामु आउने नयाँ चुनौतिहरुको सामना गरी "सुरक्षित संसार निर्माणका" लागी ईन्टरपोल सदस्यतालाई सशक्त बनाउन र यस शताब्दिको अनुभवलाई निरन्तरता दिन यो वर्ष नेपाल प्रहरीले पनि साहसिक, क्षमता अभिवृद्धी, खेलकुद, सामाजिक तथा अन्य विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै मनाउने National Central Bureau (NCB)ले बताएको    छ । सन् १९२३ मा अष्ट्रियाको भियनामा १९ राष्ट्रहरुद्वारा अन्तर्राष्ट्रिय रुपमा बढ्दो अपराध नियन्त्रण गर्ने उद्देश्यका साथ विभिन्न देशका प्रहरीहरुबीच समन्वय र सहयोगको लागि तत्काल देखिएको आवश्यक्तालाई मध्यनजर गर्दै ईन्टरपोलको स्थापना गरिएको   थियो । सन् १९६७ मा जापानको क्योटोमा भएको महासभाबाट नेपालले १०० औँ सदस्य राष्ट्रको रुपमा सद्स्यता प्राप्त गरी नेपाल प्रहरी प्रधान कार्यालयमा स्थापित National Central Bureau(NCB)ले विभिन्न कानून कार्यान्वयन गर्ने ईकाइहरुसँगको सहकार्यमा अन्तर्राष्ट्रिय प्रहरी समन्वयका लागि कार्य सम्पादन गर्दे आएको छ ।

४०औं आइजिपि रनिङ शिल्ड फुटबल प्रतियोगिता उद्‍घाटन
२०७९-१०-२०

काठमाडौं, नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालन हुने ४०औं आइजिपि रनिङ शिल्ड फुटबल प्रतियोगिता २०७९ शुक्रबार उद्‌घाटन भएको छ ।   राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले नेपाल प्रहरी इन्टरपोल को १००औं सदस्य भएको र इन्टरपोल को १००औं वार्षिक उत्सवको अवसरमा प्राप्त भएको फुटबल रेफ्रीलाई हस्तान्तरण गरी उक्त प्रतियोगिताको उद्‍घाटन गर्नुभयो । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक थापाले खेलकुदले मानिसको शारीरिक र मानसिक विकासमा टेवा पुर्‍याउने चर्चा गर्दै मानव जिवनमा खेलकुद अतिनै महत्वपूर्ण रहेको बताउनुभयो । यस्ता प्रतियोगिताले एक कुसल खेलाडीको पहिचान गर्न, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आफ्नो कुसलता प्रदर्शन गर्ने सक्ने क्षमतावान खेलाडी उत्पादन गर्न थप सहयोग पुर्‍याउने उहाँले बताउनुभयो ।  प्रहरी अतिरिक्त महानिरीक्षक थापाले संगठनभित्र आफ्नै व्यवसायिकतामा अहोरात्र खटिने जनशक्ति केवल प्रहरीको रूपमा मात्र नभई खेलकुदको माध्यमबाट पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो देशको पहिचान बनाउन सफल हुने बताउनुभयो ।   कार्यक्रममा प्रहरी नयाव उपरीक्षक रूकेश तण्डुकारले स्वागत मन्तव्य तथा प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभयो ।  माघ २९ गते सम्म संचालन हुने उक्त प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको साथै सातवटै प्रदेश प्रहरी कार्यालयको टिम गरी जम्मा १० टिमको सहभागिता रहेको छ ।        

३० जना प्रहरी कर्मचारीलाई विपद व्यवस्थापन आधारभूत तालिम प्रदान
२०७९-१०-१८

काठमाडौ, नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीले ३० जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही कार्यालयमा संचालित २८ औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।  उक्त तालिम समापनका अवसरमा बुधबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो । उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक कडायतले तालिमले प्रशिक्षार्थीको व्यवसायिक जिवनमा निपुर्णता ल्याएको विश्वास व्यक्त गर्दै दैविक प्रकोप तथा विपदको समयमा खोजी तथा उद्दार कार्यमा नागरिकले अपेक्षा गरे अनुरुप सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।  कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुहुँदै गत मंसिर १८ गतेदेखि संचालित  ४५ कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी नायव निरीक्षक १ जना, प्रहरी सहायक निरीक्षक २ जना, प्रहरी हवल्दार १ जना र प्रहरी जवान ३६ जना गरी जम्मा ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो । कार्यक्रममा विपद व्यवस्थापन सम्बन्धि श्रव्यदृश्य समाग्री प्रस्तुत गरिएको थियो । 

राष्ट्रिय दलित आयोगका अध्यक्ष तथा सदस्यहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०७९-१०-१८

काठमाडौं, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माको प्रमुख आतिथ्यतामा नेपाल प्रहरीद्वारा आयोजित राष्ट्रिय दलित आयोगका पदाधिकारी एवम् कर्मचारीहरूसँग अन्तरक्रिया कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार सम्पन्न भएको छ ।  कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपालको संविधान, ऐन र कानूनलाई क्रियाशिल बनाउन राष्ट्रिय दलित आयोगको गठन भएको र आयोगको भूमिकालाई प्रभावकारी बनाउन र दलितसँग सम्बन्धित कानूनको कार्यान्वयनमा नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै कानून कार्यान्वयनमा नेपाल प्रहरीले अझै प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।  दलित विरूद्ध दैनिक जसो घटना घटिरहेको भएता पनि मुद्दा दर्ता अत्यन्त न्यून रहेको बताउँदै राष्ट्रिय दलित आयोगका अध्यक्ष विश्वकर्माले पहुँच नहुनेहरूको लागि न्यायको सबैभन्दा पहुँच हुने कार्यालय नै प्रहरीको हुने भएकोले प्रहरीले कुनै पनि विभेद नगरी न्याय सम्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । समाजिक सञ्जाल मार्फत दलित समुदायको मान प्रतिष्ठमा आँच आउने गतिविधि हुने गरेकोले त्यस्ता गतिविधिमा संलग्नलाई कानूनको दायरामा ल्याउन आग्रह गर्दै अध्यक्ष विश्वकर्माले शक्ति र सार्वजनिक पद धारण गरेको आधारमा दलित माथि दमन र दुर्व्यहार गर्ने कार्यलाई निरूत्साहित गर्न प्रहरीले आवश्यक कार्य गर्नुपर्ने बताउनुभयो । साथै उहाँले आयोगप्रति नेपाल प्रहरीको अपेक्षालाई कार्यान्वयन गराउन आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै दलितको विषयमा शून्य सहनशिलता नीति अपनाएर सोही अनुरूप दलितहरूको समस्यालाई सम्बोधन गर्न राज्यका सवै सरोकारवाला निकायहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने समेत बताउनुभयो ।  सो अवसरमा राष्ट्रिय दलित आयोगकी सदस्य मीना देवी सोवले राष्ट्रिय दलित आयोग र नेपाल प्रहरीवीचको यो अन्तरक्रिया अत्यन्तै प्रभावकारी भएकोले हरेक तीन/तीन महिनामा यस्ता अन्तरक्रिया आयोजना हुनुपर्ने बताउनुभयो । साथै उहाँले यस्तो अन्तरक्रिया कार्यक्रममा महिला प्रहरीको सहभागीता बढाउन समेत आग्रह गर्नुभयो ।  यसै अवसरमा राष्ट्रिय दलित आयोगका सदस्य मेहले पार्कीले स्कुले जीवनमा प्रहरीबाट प्राप्त प्रेरणालाई स्मरण गर्दै आफू प्रहरी संगठनप्रति सकारात्मक र प्रहरी कर्मचारीप्रति हार्दिकता रहेको बताउनुभयो । नेपाल प्रहरीले दलित सेल गठन गरेको प्रति धन्यवाद व्यक्त गर्दै जातीय विभेदका घटनामा निर्मम ढंगले अनुसन्धान गर्न समेत उहाँले आग्रह गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरीले गर्ने कामहरू कनूनको दायराभित्र रहेर सम्पादन हुने उल्लेख गर्दै नेपाल प्रहरीले नियमित रूपमा आयोगसँग समन्वय गरी दलितसँग सम्बन्धित समस्या समाधान गर्न सदैव प्रतिवद्ध रहेको बताउनुभयो ।  प्रहरी महानिरीक्षक सिंहले दलित समुदायलाई होच्याएर वा प्रतिष्ठामा आँच आउने गतिविधि गर्ने व्यक्तिलाई कानूनको दायरामा ल्याउन समेत प्रहरी क्रियाशिल रहेको बताउँदै सामाजिक सञ्जालमार्फत देश बाहिर रहेर त्यस्ता गतिविधि गर्नेलाई नियन्त्रणमा लिन कठिन भएता पनि त्यसतर्फ समेत आवश्यक कदम चालिने बताउनुभयो । दलितहरूको प्रतिनिधित्वका लागि नेपाल प्रहरीको भर्ना प्रकृयामा राज्यले अंगिकार गरेको समावेशी प्रावधानलाई अक्षरस पालना गरिएको समेत उहाँले बताउनुभयो । सो अवसरमा उहाँले नेपाल प्रहरी दलित समुदायको सबैभन्दा बढी प्रतिनिधित्व भएको संगठन रहेको बताउनु हुँदै दलित समुदायको प्रतिनिधित्वको लागि नेपाल प्रहरी सदैव सकारात्मक रहेको समेत बताउनुभयो । राष्ट्रिय दलित आयोगका अध्यक्ष एवम् पदाधिकारीहरुको उपस्थितिका लागि आभार व्यक्त गर्दै आगामी दिनमा निरन्तर रुपमा अन्तरक्रिया आयोजना हुने विश्वास व्यक्त गर्नुभयो ।  सो अवसरमा राष्ट्रिय दलित आयोगका निमित्त सचिव मनिता श्रेष्ठले नेपाल प्रहरीमा दलित समुदायको प्रतिनिधित्व उत्साहजनक रहेको चर्चा गर्दै नीतिगत सुधारको लागि प्रहरीबाट लिखित सुझावको अपेक्षा रहेको र यसले आगामी दिनमा योजना  निर्माण र कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सेवाग्राहीको विभेदसँग सम्बन्धित मुद्दाहरूको उचित सम्बोधनमा महत्वपूर्ण दायित्व निर्वाह गर्न समेत उहाँले नेपाल प्रहरीलाई आग्रह गर्नुभयो ।  कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभागका प्रहरी नायव महानिरीक्षक उमेश राज जोशीले दलित समुदायको हकहित संरक्षणमा नेपाल प्रहरी अन्तर्गत दलित समुदायसँग सम्बन्धित नेपालमा बिद्यमान कानूनी व्यवस्था, नेपाल प्रहरीमा दलित समुदायको प्रतिनिधित्वको वर्तमान अवस्था, दलित सेलको काम कर्तव्य, दलित समुदाय माथि हुन सक्ने अपराध, विभेद, हिंसा र यसका स्वरूपहरू, दलित समुदायका नागरिकहरूलाई प्रहरी सेवा प्रवाह तथा कामकारवाहीमा प्रहरी कर्मचारीले ध्यान दिनुपर्ने कुराहरू सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।  अन्तरक्रियामा सहभागीहरूले जातीय विभेद लगायत दलितसँग सम्बन्धित समस्याहरूको समाधानका सम्बन्धमा आ-आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।    कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, राष्ट्रिय दलित आयोगका प्रतिनिधिहरू, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

२५ जना प्रहरी कर्मचारीलाई अटोमेकानिक्स तालिम प्रदान
२०७९-१०-१७

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय, सवारी महाशाखाले २५ जना प्राविधिक प्रहरी जवानहरुलाई अटोमेकानिक्स तालिम प्रदान गरेको छ ।  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सवारी महाशाखामा संचालित अटोमेकानिक्स तालिम आठौं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।महाशाखामा मंगलबार आयोजित तालिम समापन कार्यक्रममा प्रहरी उपरीक्षक ई. कमलेन्द्र लाल कर्णले तालिम समापन गर्दै प्रशिक्षार्थीहरु तथा प्रशिक्षकहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो । सो अवसरमा उहाँले सवारी साधनमा आईपर्न सक्ने यान्त्रिक समस्याको तत्काल समाधान गर्न तालिममा प्रदान गरिएको चर्चा गर्दै प्रशिक्षार्थीले हासिल गरेका सिप कार्यक्षेत्रमा प्रभावकारी तवरले कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । साउन १० गतेबाट संचालित १ सय २० कार्यदिन अवधि रहेको उक्त तालिममा प्राविधिक प्रहरी जवान २५ जनाको सहभागिता रहेको थियो ।

नि:शुल्क आँखा शिविर सम्पन्न
२०७९-१०-१४

काठमाडौं, नेपाल प्रहरी श्रीमती संघको आयोजना र तिलगंगा आँखा अस्पतालसँगको सहकार्यमा नेपाल प्रहरी श्रीमती संघको कार्यालय भृकुटीमण्डपमा संचालित नि:शुल्क आँखा शिविर शनिबार सम्पन्न भएको छ । शिविरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती कुसुमलता सिंहले निस्वार्थ रूपमा सेवा प्रदान गरी आँखा शिविर कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने समाजसेवी सुवास पाठक, तिलगंगा आँखा अस्पताल, सोही अस्पतालका विशेषज्ञ चिकित्सक तथा मेडिकल टिमका कर्मचारीहरू डा. स्वीकृती श्रेष्ठ, डा. सदिक्षा श्रेष्ठ, सरोज देवकोटा, बासुदेव अधिकारी, अमृत खनाल, गजेन्द्र कुमार महत्तो, स्नेहा थापा मगर, बिवश कार्की, सम्झना जोशी, जित बहादुर ठकुरी र लाल बहादुर तामाङलाई प्रशंसापत्र प्रदान गर्नुभयो । साथै उहाँले नेपाल प्रहरी श्रीमती संघले प्रहरी कर्मचारी, प्रहरी परिवार तथा सर्वसाधरणलाई लक्षित गर्दै विभिन्न किसिमका स्वास्थ्य शिविर संचालन गर्दै आएको बताउनुभयो । कुनै पनि व्यक्तिले समयमा आँखाको ज्योति गुमाउन नपरोस् भन्ने उद्देश्यले संचालन गरिएको यस शिविरबाट आँखा सम्बन्धी देखिने समस्याको पहिचान भई उपचारमा सहयोग पुग्ने अपेक्षा रहेको उहाँले उल्लेख गर्नुभयो । शिविरमा तिलगंगा आँखा अस्पतालका विशेषज्ञ चिकित्सक तथा प्राविधिक कर्मचारीहरूबाट प्रहरी कर्मचारी, प्रहरी परिवार तथा सर्वसाधरण गरी कुल ३ सय १४ जनाको आँखा परीक्षण गर्नुका साथै आवश्यक औषधिहरू समेत वितरण गरिएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यमा ४४औं पर्यटक प्रहरी दिवस सम्पन्न
२०७९-१०-१२

काठमाडौं,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यमा “४४औं पर्यटक प्रहरी दिवस, २०७९” नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा बिहीबार आयोजित एक समारोहबीच सम्पन्न भएको छ । समारोहमा माननीय मन्त्री किरातीले पर्यटक प्रहरीको गतिविधि सम्बन्धी भिडियोको शुभारम्भ गर्नुका साथै पर्यटक प्रहरीसँग सूचना सम्मलित पकेट डायरी समेत विमोचन गर्नुभयो ।   सो अवसरमा माननीय मन्त्री किरातीले पर्यटकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सिमित साधनस्रोतमा पर्यटक प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै पर्यटक प्रहरीलाई आउँदा दिनमा अझ सशक्त बनाउँदै लैजानुपर्ने बताउनुभयो । पर्यटनको विकासमा पूर्वाधारको निर्माणसँगै संस्कारको पनि उत्तिकै महत्व हुने चर्चा गर्दै प्राकृतिक सम्पदा र मानवीय सम्पदालाई सँगै मिसाएर पर्यटकीय वातावरण निर्माणमा सवै सरोकारवाला निकायले आपसी समन्वय गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।  कार्यक्रममा माननीय राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले पर्यटन क्षेत्रमा विशेष योगदान पुर्‍याउनुहुने विभिन्न संघ संस्थाहरूलाई सम्मानपत्र प्रदान गर्दै पर्यटक प्रहरीलाई अझ बढी सेवामैत्री र जनमैत्री बनाउन आवश्यक कार्ययोजना एवम् नीति तयार गरी सोही अनुरूप आगाडि बढ्नुपर्ने बताउनुभयो । पर्यटनको प्रवर्द्धन, विकास एवम् सम्बृद्धिमा सम्बद्ध निकायहरूले आ-आफ्नो क्षमता तथा दक्षतालाई अझ बढी क्रियाशिल भई प्रदर्शन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।     कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई नगद तथा प्रशंसापत्र प्रदान गर्दै नेपाल प्रहरीको महत्वपूर्ण विशिष्टिकृत ईकाईको रूपमा पर्यटक प्रहरीको स्थापना भई पर्यटक प्रहरीले नेपालमा आउने पर्यटकलाई सुरक्षित गन्तव्य हो भन्ने महसुस गराउन उल्लेखनिय भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । पर्यटकलाई सेवा विस्तार सँगै उनीहरूको सुरक्षासँग सम्बन्धित बिषयमा प्रहरी संवेदनशील भई कार्यसम्पादन गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।  प्रहरी महानिरीक्षक सिंहले पर्यटकको आगमनले देशलाई चिनाउन विशेष अवसर रहन र राष्ट्रको अर्थतन्त्रमा समेत टेवा पुग्ने चर्चा गर्दै नेपालमा रहदा बस्दा आइपर्ने विविध समस्याहरूलाई सहजीकरण एवम् सम्बोधन गरी पर्यटन प्रवर्द्धन गर्न सवै सरोकारवाला निकायको सहयोग र समन्वय आवश्यक रहेको बताउनुभयो । पर्यटक प्रहरीले गर्ने व्यवहारको प्रभाव अन्तर्राष्ट्रिय क्षेत्रमा प्रसार हुने र यसले देशलाई नै प्रतिविम्वित गर्न सक्ने हुनाले सकारात्मक सन्देश प्रवाह गर्न नेपाल प्रहरी सदैव कटिवद्ध रहेको उहाँले बताउनुभयो ।   उक्त समारोहमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक मसउँद आलम खाँ, नेपाल पर्यटन वोर्डका कार्यकारी निर्देशक डा. धनन्जय रेग्मी लागयतले आ-आफ्नो मन्तव्य व्यक्त गर्दै नेपाललाई सुरक्षित पर्यटक गन्तव्यको रुपमा विकास गर्दै लैजानको लागि सबै सरोकारवाला निकायसँग हातेमालो गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका महानिर्देशक होम प्रसाद लुइटेलले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले स्वागत मन्तव्य तथा पर्यटक प्रहरी सम्बन्धी प्रस्तुतिकरण गर्नुभएको थियो ।  कार्यक्रममा पर्यटक प्रहरीको गतिविधी सम्बन्धी भिडियो प्रर्दशन तथा नेपाल प्रहरी संगीत विद्यालयबाट सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो ।  कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरु लगायत पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

ट्राफिक नियन्त्रण १४६ औं समूहको तालिम सञ्चालन
२०७९-१०-१०

काठमाडौं,राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय  रामशाहपथमा १४६ औं समूहको ट्राफिक नियन्त्रण तालिम सञ्चालन भएको छ ।    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सोही कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमबीच उक्त तालिमको उद्‍घाटन गर्नुभयो । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक भट्टले सवारी दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक आवागमनलाई सहज बनाउन तालिम उपयोगी रहेको चर्चा गर्दै तालिममा प्रदान गरिने व्यवसायिक ज्ञान, सिपलाई प्रशिक्षार्थीहरूले बढीभन्दा बढी उत्सुक भई हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।   कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक अनिल कुमार उप्रेतीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ दिन कार्य अवधि रहेको उक्त तालिममा प्रहरी सहायक हवल्दार १४ जना र प्रहरी जवान ५५ जना गरी कुल ६९ जना प्रशिक्षार्थीहरु सहभागी रहेको जानकारी दिनुभयो ।

४४ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तथा रेखाचित्रण तालिम प्रदान
२०७९-१०-०३

काठमाडौं, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ४४ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तथा रेखाचित्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तथा रेखाचित्रण तालिम तेस्रो समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।सोही कार्यालयमा मंगलबार आयोजित तालिम समापन कार्यक्रममा कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक मिरा चौधरीले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक चौधरीले बढ्दो सवारी दुर्घटना नियन्त्रण तथा अनुसन्धानको सिलसिलामा सवारी दुर्घटनासँग सम्बन्धित विभिन्न किसिमका प्रमाणहरु संकलन गर्न प्रहरी कर्मचारीहरुलाई तालिमले थप सहयोग पुर्‍याउने  बताउनुभयो ।कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक संतोष रोक्काले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत पुस २२ गतेदेखि संचालित उक्त तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार ११ जना र प्रहरी जवान ३१ जना गरी जम्मा ४४ जना प्रशिक्षार्थीहरूले सफलतापूर्वक तालिम हासिल गरेको जानकारी दिनुभयो ।

साइबर अपराधमा कानूनी प्रणाली र डिजिटल फरेन्सिक सम्बन्धि क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी सम्पन्न
२०७९-०९-२९

काठमाडौं,  नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटी र KOICA (Korea International cooperation Agency) को संयुक्त आयोजनामा संचालन भएको साइबर अपराधमा कानूनी प्रणाली र डिजिटल फरेन्सिक सम्बन्धि दुई दिवसीय दोस्रो क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी शुक्रबार सम्पन्न भएको छ ।  गोष्ठी समापनको अवसरमा आयोजित कार्यक्रममा साइबर व्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले धन्यवाद ज्ञापन गर्दै गोष्ठीमा भएको छलफल तथा अन्तरक्रियाले साइबर अपराध अनुसन्धानको क्षेत्रमा महत्वपूर्ण ज्ञान हासिल भएको चर्चा गर्नुभयो । गोष्ठीमा भएका सैदान्तिक अभ्यासलाई व्यवहारमा लागू गर्न सके अझै फलदायी हुने अपेक्षा राख्दै आगामी दिनहरूमा समेत यस्ता गोष्ठीलाई निरन्तरता दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।   उक्त अवसरमा KOICA नेपालका प्रोजेक्ट मेनेजर प्रो. गिबुम किमले सहभागीहरूबीच छलफल र सक्रिय सहभागीताले गोष्ठी फलदायी भएको चर्चा गर्नुभयो । नेपाल प्रहरीलाई साइबर अपराध अनुसन्धान र डिजिटल फरेन्सिकको क्षमता अभिवृद्धिमा आफ्नो टिमको निरन्तर सहयोग रहने उहाँले बताउनुभयो ।     गोष्ठीमा कोरियास्थित विश्वविद्यालयका प्रोफेसरहरूले Introduction of  Criminal Justice and role of prosecutors in Korea, International legal framework on Cybercrime, Transborder access to cloud data and jurisdiction, Artificial intelligence in digital Forensics र Cyber Security threats and the police’s response लगायतका विषयमा दुई दिनसम्म प्रशिक्षण प्रदान गर्नुभएको थियो । मानवअधिकार, डिजिटल फरेन्सिक एन्ड इन्टरनेशनल कन्भेन्सन सम्बन्धि जानकारी प्रदान गरी साइबर अपराधविरुद्ध नेपाल प्रहरीको क्षमतालाई सुदृढ गर्ने उद्देश्यले उक्त कार्यशाला गोष्ठी आयोजना गरिएको हो ।  गोष्ठीमा KOICA नेपालका प्रतिनिधिहरू, नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो, साइबर व्यूरो, सूचना प्रविधि निर्देशनालय, डिजिटल फरेन्सिक ल्याब र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो । 

नि:शुल्क स्वास्थ्य शिविर तथा विपन्न परिवारहरूका लागि न्यानो कम्बल वितरण कार्यक्रम सम्पन्न
२०७९-०९-२९

बारा, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुमलता सिंहको प्रमुख आतिथ्यमा बारा महागढीमाई नगरपालिका-७ तेलकुवामा नि:शुल्क स्वास्थ्य शिविर तथा विपन्न परिवारहरूका लागि न्यानो कम्बल वितरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ । सो अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुम लता सिंहले महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवलाई फस्ट एड किट बक्स प्रदान गर्नुभयो । कार्यक्रममा महागढीमाई नगरपालिका वडा नम्बर २ र ७ का २ सय २३ जना विपन्न परिवारलाई संघकी अध्यक्ष कुसुमलता सिंह लगायत संघका अन्य सदस्यहरुबाट २/२ थान गरी जम्मा ४ सय ४६ थान न्यानो कम्बल वितरण गरिएको थियो ।कार्यक्रममा मधेश प्रदेश प्रहरी अस्पताल रूपनी सप्तरीका प्राविधिक प्रहरी उपरीक्षक डा.नविन कुमार चौधरी सहितका विशेषज्ञ टोली र वीरगंज हेल्थ केयर पर्साका डा.मनोज कुमार कुशवाहा समेतको १५ जना विशेषज्ञ चिकित्सकहरूको टोलीद्वारा ४ सय ३२ जना स्थानीय विपन्न वर्गलाई बाल रोग, जनरल फिजिसियन, स्त्री तथा प्रसुती रोग, हाडजोर्नी लगायत विभिन्न रोगहरूको स्वास्थ्य परिक्षण तथा स्थानीय औषधि निर्माताबाट प्राप्त १ लाख ४२ हजार ५ सय रूपैयाँ बराबरको  औषधि तथा मधेश प्रदेश प्रहरी अस्पतालबाट प्राप्त औषधिहरू नि:शुल्क वितरण गरिएको थियो ।नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा मधेश प्रदेश प्रहरी अस्पताल रूपनी, सप्तरी र वीरगंज हेल्थ केयर पर्साको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर धनुषाका प्रमुख प्रहरी नायव महानिरीक्षक मसाऊँद आलम खाँको विशेष आतिथ्य रहेको थियो भने महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवको सभापतित्व रहेको थियो ।                                                        

साइबर अपराधमा कानूनी प्रणाली र डिजिटल फरेन्सिक सम्बन्धि क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी शुरु
२०७९-०९-२८

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय साइबार व्यूरो भोटाहिटी र KOICA (Korea International cooperation Agency) को संयुक्त आयोजनामा साइबर अपराधमा कानूनी प्रणाली र डिजिटल फरेन्सिक सम्बन्धि दुई दिवसीय दोस्रो क्षमता अभिवृद्धि  कार्यशाला गोष्ठी काठमाडौंमा बिहीबार शुरू भएको छ ।  गोष्ठी शुभारम्भ गर्दै साइबर व्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले साइबर अपराधमा भएका अपराधका ढाँचा, साइबर अपराधमा प्रयोग भएका विभिन्न प्रविधि र अन्तर्राष्ट्रियस्तरमा साइबर अपराध नियन्त्रणमा भएका प्रयासहरू लगायतका विषयमा गोष्ठीमा छलफल तथा अन्तरक्रिया हुने भएकोले सहभागी प्रहरी कर्मचारीहरूले गोष्ठीबाट बढी भन्दा बढी फाइदा लिनुपर्ने बताउनुभयो । उक्त अवसरमा KOICA नेपालका प्रोजेक्ट मेनेजर प्रो.Gibum kim ले कोइका परियोजना सम्बन्धमा विषयमा जानकारी दिँदै कार्यशाला गोष्ठीमार्फत सहभागीहरूले साइबर अपराध अनुसन्धान र डिजिटल फरेन्सिकको बारेमा नयाँ जानकारी हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै साइबर अपराध अनुसन्धान र डिजिटल फरेन्सिकको क्षेत्रमा भएको अनुभव समेत गोष्ठीमा आदानप्रदान गरिने उहाँले बताउनुभयो ।  गोष्ठीमा कोरियास्थित विश्वविद्यालयका प्रोफेसरहरूले Introduction of  Criminal Justice and role of prosecutors in Korea, International legal framework on cyber crime, Trasnborder access to the cloud data and jurisdiction, Artificial intelligence in digital Forensics र Cyber Security threats and the police’s response लगायतका विषयमा प्रशिक्षण गराउने कार्यक्रम रहेको छ । मानवअधिकार, डिजिटल फरेन्सिक एन्ड इन्टरनेशनल कन्भेन्सन सम्बन्धी जानकारी प्रदान गरी साइबर अपराधविरुद्ध नेपाल प्रहरीको क्षमतालाई सुदृढ गर्ने उद्देश्यले उक्त कार्यशाला गोष्ठी आयोजना गरिएको उक्त अवसरमा जानकारी दिइयो । शुक्रबार सम्पन्न हुने उक्त गोष्ठीमा KOICA नेपालका प्रतिनिधिहरू, नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो, साइबर व्यूरो, सूचना प्रविधि निर्देशनालय, डिजिटल फरेन्सिक ल्याब र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकृतहरूको सहभागिता रहेको छ । 

पाठ्यक्रम परिमार्जन सम्बन्धी पदपूर्ति समितिको बैठक सम्पन्न
२०७९-०९-२६

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार नेपाल प्रहरीमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गरिने विभिन्न पदहरूको पाठ्यक्रम निर्माण तथा परिमार्जन सम्बन्धी पदपूर्ति समितिको बैठक सम्पन्न भएको छ ।  लोकसेवा आयोगका सदस्य माधव बेल्वासे, गृह सचिव विनोद प्रकाश सिंह, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, लोकसेवा आयोगका सहसचिव, प्रहरी नायव महानिरीक्षकहरू, लोकसेवा आयोगका उपसचिव लगायत अन्य वरिष्ठ प्रहरी अधिकृतहरूको सहभागितामा उक्त बैठक सम्पन्न भएको हो ।  कार्यक्रममा प्रहरी नायव महानिरीक्षक दिपक थापाले  पाठ्यक्रम निर्माण तथा परिमार्जन समिति गठन, पाठ्यक्रम परिमार्जन सम्बन्धी कानूनी प्रावधानहरू, नेपाल प्रहरीमा जनपद तथा प्राविधिक प्रहरी समूहतर्फ विभिन्न पदहरूको पाठ्यक्रम सम्बन्धी संख्यात्मक विवरण, मौजुदा पाठ्यक्रममा भएका व्यवस्था र परिमार्जन गरिएका व्यवस्थाहरू लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।  सो क्रममा उहाँले लोक सेवा आयोगको ‘सुरक्षा निकाय, अन्य सङ्घीय सरकारी सवा र संगठित संस्थाका पदपूर्तीको लागि दिइने परीक्षाको पाठ्यक्रम सम्बन्धी मापदण्ड, २०७९’ व्यवस्था भए बमोजिम सबै पदहरूको पाठ्यक्रमको ढाँचालाई एकरूपता कायम गरिएको बताउनुभयो ।   उक्त बैठकमा जनपद तथा प्राविधिक प्रहरी समूहतर्फका विभिन्न पदहरूको पाठ्यक्रम निर्माण तथा परिमार्जन सम्बन्धमा छलफल समेत भएको थियो । 

विभिन्न दुर्घटना तथा घटनाको अनुसन्धानमा महत्त्वपूर्ण बन्दै सिसिटिभि फुटेज
२०७९-०९-२४

काठमाडौं, गत साउन २४ गते दिउँसो काठमाडौं लाजिम्पाटमा होम ट्युसन पढ्न गएकी १८ वर्षीया किशोरी साँझसम्म कोठामा नफर्किएको र सम्पर्क विहिन भएको सूचना प्राप्त भएपश्चात काठमाडौं उपत्यका प्रहरी कार्यालयको सिसिटिभि मनिटरिङबाट उनी चढेको ट्याक्सी र किशोरी झरेको स्थान पत्ता लगाई चालकलाई सोधपुछ र अनुसन्धान गर्दा किशोरीलाई फेला पार्न प्रहरी सफल भयो । यसैगरी गत भदौ २० गते दिउँसो काठमाडौं पुतलीसडकस्थित सेन्चुरी बैंकबाट पैसा निकाली फर्किने क्रममा मिरा लामाको ५० हजार रुपैयाँ हराएकोमा सिसिटिभि मनिटरिङबाट बिभिन्न क्यामेरा फलोअप गर्दा पुतलीसडकको क्यामेरामा एक मोटरसाइकल  चालकले टिपी लगेको देखिए पश्चात चालकलाई झिकाई उक्त रकम महिलालाई फिर्ता दिलाउन प्रहरी सफल भयो । विदेश जानका लागि गत मंसिर १७ गते सिरहाबाट कोटेश्वर आई नम्बर नखुलेको भाडाको बसमा कोटेश्वरदेखि कलंकी खसीबजारसम्म जाने क्रममा सिरहाका २८ वर्षीय पाण्डव दोङको नगद २ लाख रुपैयाँ र मोबाइल १ थान सहितको झोला छुटेकोमा सिसिटिभि मनिटरिङबाट बिभिन्न क्यामारा फलोअप गर्दा कलंकी खसीबजारमा पीडित ओर्लिएको गाडी नम्बर पत्ता लगाई चालकलाई सम्पर्कमा ल्याएर पीडितलाई नगद सहितको झोला बुझाउन प्रहरी सफल भयो । यी त केही प्रतिनिधि घटना हुन् । यसरी काठमाडौं उपत्यका प्रहरी कार्यालयको सिसिटिभि मनिटरिङ कक्षमा दैनिकै विभिन्न प्रकारका घटनाहरूको निगरानी गर्न तथा घटिसकेका घटनाहरूको फुटेज पहिचान गरी विश्लेषण गर्न त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरू तल्लीन हुन्छन् । साथै सिसिटिभि मनिटरिङ कक्षले पिक आवरमा हुने दैनिक ट्राफिक चापको व्यवस्थापनका साथै विभिन्न समयमा राजनीतिक दल वा अन्य समूहले गर्ने जुलुस, सभा र सम्मेलनमा पसेर हुलदङ्गा गर्ने समूहलाई निगरानी गरी प्रभावकारी प्रहरी परिचालन गर्ने गर्दछ ।  काठमाडौं उपत्यकामा सिसिटिभि क्यामेराको बढ्दो प्रयोगले विभिन्न प्रकारका आपराधिक तथा गैरकानुनी कार्यलाई नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । साथै उपत्यकाका मुख्य-मुख्य सडकहरू र महत्वपूर्ण स्थानहरूमा अपराध अनुसन्धान, नियन्त्रण, न्यूनिकरण तथा रोकथामका साथै ट्राफिक व्यवस्थापनका निमित्त सिसिटिभि क्यामेराको प्रभावकारिता बढ्दै गएको छ ।  नेपाल प्रहरीले आफ्नै अप्टिकल फाईबर प्रयोग गरी २०६३ सालमा जम्मा ११ वटा क्यामेरा मार्फत प्रहरी कन्ट्रोल रुमबाट मनिटरिङ गर्दै आएकोमा हाल आईपी क्यामराहरू १०५१ वटा रहेका छन् भने उपत्यका प्रहरी कार्यालयका मातहत कार्यालयहरुमा समेत गरी  जम्मा ३२३१ वटा क्यामेराहरु संचालित छन् । समाजमा शान्ति सुरक्षा कायम गर्न, सवारी दुर्घटना न्यूनिकरण तथा दुर्घटना भएमा उक्त घटनामा संलग्नलाई पहिचान तथा कारवाही गर्न, चोरी डकैती लगायतका आपराधिक क्रियाकलापलाई न्यूनिकरण तथा नियन्त्रण गर्दै प्रहरी परिचालनलाई सहज र प्रभावकारी बनाउने उद्देश्यले काठमाडौं उपत्यका लगायत देशभरका विभिन्न सहरहरूमा सिसिटिभि क्यामेरा जडान बृद्धि हुँदै गएको पाईन्छ ।  कुनै पनि सवारी दुर्घटना वा घटना पश्चात पीडितले सिसिटिभि फुटेजका लागि सम्बन्धित प्रहरी कार्यालयहरूमा निवेदन दिने व्यवस्था गरिएको छ । निवेदन प्राप्त पश्चात सम्बन्धित प्रहरी कार्यालयहरूले सिसिटिभि फुटेज प्राप्तिका लागि कारण सहित काठमाडौं उपत्यका प्रहरी कार्यालयमा अनुरोध गरे पश्चात मात्र उक्त कार्यालयले घटना अनुसन्धान प्रयोजनार्थ फुटेज उपलब्ध गराउँछ । कतिपय अवस्थामा पीडित आफै काठमाडौं उपत्यका प्रहरी कार्यालयमा उपस्थित भई सिसिटिभि फुटेज हेर्न चाहेमा घटनाको गाम्भिर्यताका आधारमा फुटेज देखाई घटना अनुसन्धानमा सहयोगी हुने अवस्थामा सम्बन्धित प्रहरी कार्यालयमा फुटेज उपलब्ध गराउने गरिन्छ ।  गत आर्थिक वर्ष २०७८/०७९ मा काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट सवारी दुर्घटना, समान छुटेको/ हराएको, चोरी, लुटपाट, सवारी साधन हराएको, मानिस हराएको लगाएत अन्य विभिन्न घटनाहरुमा कुल २१७६ र चालु आर्थिक वर्षको पहिलो पाँच महिना मंसिर मसान्तसम्म ८६८ फुटेज माग भएकोमा गत वर्ष १२६४ र चालु आर्थिक वर्षमा ४६२ फुटेजहरु उपलब्ध गराईएको छ । सोही फुटेजहरुको आधारमा गत वर्ष ७८२ र चालु आर्थिक वर्षमा २६८ वटा घटनाहरुमा फुटेजको सहायताले घटना अनुसन्धान गरी निचोडमा पुग्न प्रहरी सफल भएको छ । यसैगरी आर्थिक वर्ष ०७८/०८९ मा उपलब्ध गराईएका फुटेजकै आधारमा ट्राफिक नियम उल्लंघन गरी फरार ७४०७ जना, ट्राफिक लेन/फिल्ड अनुशासन कारबाही ३८४० जना र चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म ट्राफिक नियम उल्लंघन गरी फरार ३९८७ जना, ट्राफिक लेन/फिल्ड अनुशासन कारबाही १८५७ जनालाई  सिसिटिभिकै आधारमा पहिचान तथा फलोअप गरी कारवाहीको दायरामा ल्याउन प्रहरी सफल भएको छ ।  काठमाडौं उपत्यका प्रहरी कार्यालयले सिसिटिभि क्यामेराको प्रभावकारिताको लागि VMS (Video Management Software) सहितको क्यामराहरुको संचालनलाई थप विस्तार गर्दै अझ बढी प्रभावकारी बनाउने उद्देश्य लिएको छ भने राजधानी प्रवेश गर्ने तथा बाहिरीने मुख्य नाकाहरुमा Lane Alignment सहितको सर्भिलेन्स सिष्टमको संचालन र सहरको मूख्य चोकहरुमा सिसिटिभिको मेरुदण्डको रुपमा रहेको अप्टिकल फाईबर प्रयोग गरी Public Address System समेत संचालनमा ल्याउने योजना रहेको छ ।             

ट्राफिक नियन्त्रण तथा रेखा चित्रण तालिम सञ्चालन
२०७९-०९-२२

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा ट्राफिक नियन्त्रण तथा रेखा चित्रण तेस्रो समूहको तालिम सञ्चालन भएको छ । सोही कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले शुक्रबार आयोजित एक कार्यक्रमबीच तालिम उद्‍घाटन गर्दै बढ्दो सवारी दुर्घटना न्यूनीकरण एंव नियन्त्रण तथा अनुसन्धानको सिलसिलामा सवारी दुर्घटनासँग सम्बन्धित विभिन्न किसिमका प्रमाणहरुलाई रेखाचित्रणको माध्यमबाट देखाउन सके अनुसन्धान सफल हुने बताउनुभयो । साथै उहाँले घटनास्थलको रेखा चित्रणले सवारी दुर्घटना सम्बन्धी अनुसन्धानमा ठूलो भूमिका खेल्ने बताउँदै प्रशिक्षार्थीले तालिममा सिकाइने ज्ञान सिपलाई जिज्ञासु भई हासिल गर्न समेत आग्रह गर्नुभयो ।कार्यक्रममा तालिम सह संयोजक प्रहरी निरीक्षक प्रसिद्धिका कँडेलले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ७ दिन कार्य अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी  सहायक हवल्दार ११ जना र प्रहरी जवान ३२ जना गरी कुल ४५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो ।

नेपाली सेनाका तालिमरत अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण
२०७९-०९-२१

नेपाली सैनिक वार कलेज नगरकोटमा तालिमरत All Arms Command and Staff course (AACSC) सि.सं. ४ का ४५ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको बिहीबार अवलोकन भ्रमण सम्पन्न भएको छ । सो क्रममा उहाँहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याब, पोलिग्राफ सेक्सन, डाटा सेन्टर र प्रहरी सङ्ग्राहलय समेतको अवलोकन गर्नुभयो । अवलोकन पश्चात आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक डा.मनोज कुमार केसीले नेपाल प्रहरीको परिचय, विकासक्रम, काम, कर्तव्य र वर्तमान अवस्थाबारे प्रस्तुतीकरण गर्नुभएको थियो । साथै उहाँले अन्तरक्रियाको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरी सम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरुको निरुपण गर्दै समाजमा शान्ति सुरक्षा कायम गर्न दुवै संगठन बिच सूचनाको आदान प्रदान, आपसी सहयोग र समन्वय भइरहेको एवं आउँदा दिनमा समेत अझ प्रभावकारी रुपमा एक आपसमा सहयोग हुने बताउनुभयो । प्रहरी उपरीक्षक सरोज पौडेलले स्वागत मन्तव्य व्यक्त गर्दै भम्रण कार्यक्रम सम्बन्धी जानकारी गराउनुभएको उक्त कार्यक्रममा सेनानी ईश्वरी ठकुरीले भ्रमणमा सहभागी तालिमरत अधिकृतहरुको तर्फबाट धन्यवाद सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । 

नेपाल प्रहरी र नेपाल चलचित्रकर्मी एवम् चलचित्र विज्ञहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०७९-०९-२०

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालयमा नेपाल प्रहरी र नेपाल चलचित्रकर्मी एवम् चलचित्र विज्ञहरुसँग अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ । अन्तरक्रियालाई सम्बोधन गर्दै नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेक प्रसाद राईले कलाकार र चलचित्र क्षेत्रबीचको समन्वय र सहयोग आदानप्रदानको लागि यो अन्तरक्रिया आयोजना गरिएकोले चलचित्र क्षेत्रलाई आवश्यक सहयोग गर्न नेपाल प्रहरी सदैव तत्पर रहेको बताउनुभयो ।  नेपाल प्रहरीको प्रमुख दायित्व नागरिकको जीउधनको सुरक्षा गर्ने भएकोले प्रहरी राम्रो भएमा मात्र समाज राम्रो हुने र प्रहरीलाई नकारात्मक चरित्रको रूपमा मात्र प्रस्तुत गर्दा प्रहरी सेवा प्रति नागरिकको आकर्षण कम हुनसक्ने प्रति चिन्ता व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक राईले चलचित्रको सिर्जना र कथा मर्नु हुँदैन भन्नेतर्फ समेत नेपाल प्रहरी सजग रहेको बताउनुभयो । साथै उहाँले तल्लो दर्जाको प्रहरी कार्यक्षेत्रका वास्तविक हिरो भएकाले उनीहरूको कथावस्तुलाई चलचित्रले समेटोस् भन्ने अपेक्षा व्यक्त गर्दै चलचित्र क्षेत्रको अपेक्षा पुरा गर्न नेपाल प्रहरी सदैव प्रतिवद्ध रहेको बताउनुभयो । चलचित्र क्षेत्रसँग सम्बद्ध व्यक्तिहरूले साइबर सुरक्षाको सम्बन्धमा व्यक्त गरेको चिन्ताप्रति लक्षित गर्दै प्रहरी नायव महानिरीक्षक राईले यस सम्बन्धमा साइबर व्यूरो मार्फत  प्रभावकारी रुपमा काम गर्न सकिने बताउनुभयो ।  अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीले चलचित्र छायांकनको क्रममा प्रहरीसँग सम्बन्धित हातहतियार, पोशाक, सवारीसाधन र छायाकंनस्थलको प्रयोगलाई थप व्यवस्थित गर्न नेपाल प्रहरीको महत्वपूर्ण सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले चलचित्र छायाकंनको क्रममा र हलमा फिल्म लागेको पहिले दिनमै मोबाइलमार्फत दृश्य खिचेर युटुबमार्फत प्रसारण गरिदिनाले निर्माताको करोडौं नोक्सान भएकोले यसलाई नियमन गर्न प्रहरीको सहयोगको समेत अपेक्षा गर्नुभयो । पछिल्लो समयमा चलचित्र छायांकनमा ड्रोनको प्रयोग अनिवार्य जस्तै भएकोले यसको प्रयोग सहजिकरणमा नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।  सो अवसरमा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले चलचित्र निर्माणको क्रममा नेपाल प्रहरीसँग सम्बन्धित दृश्यहरू सुधार गर्न प्रयत्नरत रहेको बताउनु हुँदै यसका लागि नेपाल प्रहरीको तर्फबाट समन्वय अधिकृत व्यवस्थापन गरिदिए अझ सहज हुने उल्लेख गर्नुभयो ।  कार्यक्रममा वरिष्ठ कलाकार निर शाहले नेपाल प्रहरीसँग चलचित्र उद्योगको इतिहास जोडिएको चर्चा गर्दै आगामी दिनमा समेत पारस्परिक सहयोग आदान प्रदान गर्न नेपाली चलचित्र उद्योग तयार रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । केही संवेदनशील विषयमा निर्णय लिँदा त्यस क्षेत्रका विज्ञको आवश्यकता पर्ने उल्लेख गर्दै वरिष्ठ कलाकार शाहले चलचित्रमा प्रहरीको चरित्र, प्रहरीसँग सम्बन्धित प्रसंग उल्लेख भएका संवेदनशील विषयमा सुधार गर्न चलचित्र सम्बद्ध व्यक्तिहरूसँग निरन्तर रूपमा अन्तरक्रिया हुनुपर्ने बताउनुभयो । समस्या समाधान गर्न लामो विवेचना र विश्लेषण आवश्यक पर्ने भएकोले यसतर्फ आवश्यक समन्वय हुनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा सहभागिहरूले चलचित्र निर्माणका दौरान महसुस गरेका अप्ठ्यारा र त्यसको सहजिकरणका लागि नेपाल प्रहरीको भूमिकाको बारेमा आफ्ना धारणाहरू व्यक्त गर्नुभएको थियो । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै कार्यक्रमको उद्देश्य, पृष्ठभूमि र अन्तरक्रियाका विषयवस्तुहरूको बारे प्रकाश पार्नु भएको थियो । चलचित्रमा देखाइने प्रहरीले गर्ने क्रुर व्यवहारसँग सम्बन्धि दृश्य वास्तविक जीवनमा मानव अधिकार विरूद्धको कार्य भएकोले उक्त दृश्य देखाउनु सान्दर्भिक नहुने समेत उहाँले बताउनुभयो । उक्त कार्यक्रममा नेपाल चलचित्रमा प्रहरीसँग सम्बन्धित भूमिका, कथावस्तु अनुसार चलचित्रमा पक्राउ परेका व्यक्तिहरु उपर कानुनसम्मत एवम् मानवोचित व्यवहार प्रस्तुत, चलचित्र छायाङ्कन पूर्व प्रहरी प्रधान कार्यालयसँग समन्वय लगायतका विषयमा, प्रहरीले निर्माण गरेका जनचेतनामूलक श्रव्यदृश्य सामग्री चलचित्र हलमा प्रसारण गर्ने पद्दतीको विकास लगायतका विषयमा छलफल भएको थियो । कार्यक्रममा वरिष्ठ कलाकार कृष्ण मल्ल, वरिष्ठ संगितकार सम्भुजित बास्कोट, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र निर्माण संघ, गितकार संघ नेपाल, द्वन्द्व कलाकार संघ, टेलिभिजन कलाकर्मी मञ्च लगायत संस्थाका अध्यक्ष तथा पदाधिकारीहरू, चलचित्र विज्ञहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरु समेतको उपस्थिति रहेको थियो ।

प्राविधिक प्रहरी अधिकृत आधारभूत तालिम समापन
२०७९-०९-१४

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाको प्रमुख आतिथ्यमा सोही प्रतिष्ठानमा सञ्चालित प्रहरी अधिकृत (प्राविधिक) आधारभूत ३०औं समूहको तालिम बिहीबार आयोजित एक समारोहबिच समापन भएको छ ।समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक थापाले तालिममा सर्वप्रथम तथा शारीरिक व्यायाम प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. दिपक बाबु मग्राती, सर्वद्वितीय तथा चाँदमारी प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. सागर पन्त, सर्वतृतीय प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक विनोद न्यौपाने, अध्ययन प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. केशव श्रेष्ठ र कवाज एवम् प्रहरी युक्ति तथा कारबाही प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. पुजा श्रेष्ठलाई पुरस्कार एवम् प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक थापाले दीक्षित भएका अधिकृतहरुले तालिमबाट आर्जन गरेको ज्ञान, सीप र कौशलहरुको सही र उचित उपयोग गरी आफ्‍नो कार्यक्षेत्रमा व्यवसायिक सफलता हासिल गर्ने विश्वास व्यक्त गर्दै सफल कार्य क्षेत्रको शुभकामना समेत व्यक्त गर्नुभयो ।  तालिम दिर्घ सेवामा सदैव एक आधार स्तम्भको रुपमा रहने र व्यावसायिक जीवनशैलीमा समेत उल्लेखनीय स्थान बनाउने विश्वास व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले दीक्षित भएका अधिकृतहरुलाई आधारभूत प्रशिक्षणले आफ्नो कार्यक्षेत्रमा व्यावसायिक प्रहरी कर्मचारी बनाई नेपाल प्रहरीको जनपद प्रहरी समूहसँग गर्ने सहकार्य, उचित समन्वय र आकस्मिक एवं संकटकालीन अवस्थामा समेत आवश्यकता अनुसार नियमित प्रहरी कार्य गर्न सक्ने गरी प्रशिक्षित गरिएको उल्लेख गर्नुभयो ।सोही प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरूङले धन्यवाद ज्ञापन गर्नुभएको उक्त समारोहमा प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द थपलियाले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनुको भएको थियो । सो अवसरमा तालिम संयोजक प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेलले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गत साउन १५ गतेबाट संचालित ९५ दिन कार्यावधिको उक्त तालिममा सहभागी प्राविधिकतर्फका प्रहरी नायब उपरीक्षक २ जना तथा प्रहरी निरीक्षक २९ जना गरी ३१ जना प्रशिक्षार्थीहरुले सफतलापूर्वक तालिम सम्पन्न गरेको जानकारी दिनुभयो ।  प्रहरी सेवाका प्राविधिक अधिकृतहरुलाई संगठनको मुलभूत कार्यहरु, सांगठानिक स्वरुप, प्रशासन र व्यवस्थापन प्रक्रिया, प्रहरी आचरण एंव व्यवहारबारे सैद्धान्तिक र व्यवहारिक ज्ञान दिलाई संगठनको एक उच्च अनुशाशित सबल तथा जिम्मेवार सदस्यमा रुपान्तरण गर्नु प्रशिक्षणको मुख्य उद्धेश्य रहेको थियो ।

ईलाका प्रहरी कार्यालय आठराई तेह्रथुममा नवनिर्मित कार्यालय भवनको उद्‍घाटन
२०७९-०९-१२

तेह्रथुम, १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले ईलाका प्रहरी कार्यालय आठराई तेह्रथुममा नवनिर्मित कार्यालय भवन मंगलबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ ।  १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक गिरीले भौतिक सुबिधा सम्पन्न भवनहरूले प्रहरी कर्मचारीहरूमा थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत हौसला प्रदान हुने बताउनुभयो । साथै नवनिर्मित भवनको प्राप्तिसँगै नागरिकहरुको जिउधनको सुरक्षामा प्रहरी कर्मचारीहरू अझ बढी दत्तचित भएर काम गर्नुपर्ने उल्लेख गर्नुभयो । नवनिर्मित भवन १ नम्बर प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट बिनियोजित २ करोड ६९ लाख ५ सय ४५ रुपैयाँको लागतमा निर्माण सम्पन भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।  उक्त कार्यक्रममा स्थानीय जन प्रतिनिधीहरु, प्रहरी कर्मचारीरहरू,  संचारकर्मी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।  

जिल्ला प्रहरी कार्यालय महोत्तरीमा नवनिर्मित सिनियर प्रहरी अधिकृत निवासको उद्‍घाटन
२०७९-०९-०७

महोत्तरी, मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक मसऊद आलम खाँले जिल्ला प्रहरी कार्यालय महोत्तरीको परिसरमा नवनिर्मित सिनियर प्रहरी अधिकृत निवासको बुधबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ ।  उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक खाँले भौतिक पूर्वधारमा सुधार भएजस्तै प्रहरी कर्मचारीले आफ्नो आचरण र व्यवहार सुधार गर्नुपर्ने उल्लेख गर्दै कार्यालयमा आउने सेवाग्राहीलाई प्रभावकारी प्रहरी सेवा प्रदान गर्नुपर्ने बताउनुभयो । नागरिकले सुरक्षा मापदण्ड अपनाई सुरक्षाप्रति सचेत रहदा प्रहरीले प्रदान गर्न सुरक्षा सेवामा थप सहज हुने उल्लेख गर्दै प्रहरीको काम कारवाहीलाई अझ बढी चुस्त दुरुस्त बनाउन नागरिकले समाजमा हुने हरेक गैर कानुनी क्रियाकलापको सूचना प्रहरीलाई दिनुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले धन्यवाद मनत्व्य व्यक्त गर्नुभएको थियो । उक्त सिनियर प्रहरी अधिकृत निवास नेपाल सरकारको नियमित बजेटबाट १ करोड ४० लाख ५६ हजार ५ सय ३४ रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । उक्त कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, स्थानीय प्रतिनिधि, संचारकर्मी, पूर्व प्रहरी संगठन महोत्तरीका पदाधिकारी लगायता प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।   

मोटरसाइकल आउटराईडर्स तालिम शुरु
२०७९-०९-०५

काठमाडौं,  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा २२औं समूहको मोटरसाइकल आउटराइडर्स तालिम संचालन भएको छ ।उक्त तालिमको सोही महाशाखाका प्रहरी उपरीक्षक ई. कमलेन्द्र लाल कर्णले महाशाखामा मंगलबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । सो अवसरमा प्रहरी उपरीक्षक कर्णले मोटरसाइकल आउटराईडर्स चालक जनशक्ति उत्पादन गर्नु तालिमको उद्देश्य रहेको उल्लेख गर्दै प्रशिक्षकहरुबाट दिईएको ज्ञान र सिपलाई अनुशासित भएर हासिल गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रहरी निरीक्षक ई. अशोक केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ३५ दिन कार्य अवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक १ जना,  प्रहरी सहायक निरीक्षक ३ जना, र प्रहरी जवान २५ जना गरी जम्मा २९ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

६२ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान
२०७९-०८-२९

काठमाडौं, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ६२ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तालिम १४५औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।  सोही कार्यालयमा बिहीबार आयोजित तालिम समापन कार्यक्रममा कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक मिरा चौधरीले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त अवसरमा प्रहरी नायब महानिरीक्षक चौधरीले संगठनले प्रदान गरेको अवसरलाई सदुपयोग गरी तालिमपश्चात आफ्नो आचरण र व्यवहारमा सुधार गर्दै संगठनको छवि तथा गरिमा उच्च हुने गरी काम गर्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिनुभयो । तालिमले व्यक्तिगत तथा व्यावसायिक दृष्टिकोणले समेत प्रशिक्षार्थीहरुको जीवनमा महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।  कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक दल राम टमटाले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत भदौ ३० गतेदेखि संचालित उक्त तालिममा प्रहरी हवल्दार ३ जना, प्रहरी सहायक हवल्दार १८ जना र प्रहरी जवान ४१ जना गरी जम्मा ६२ जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिनुभयो ।

नेपाल प्रहरी श्रीमती संघ र मेघा अस्पताल प्रालिबीच सम्झौतापत्रमा हस्ताक्षर
२०७९-०८-२३

काठमाडौं,  नेपाल प्रहरी श्रीमती संघ र ललितपुर महानगरपालिका-३ धोबीघाटस्थित मेघा अस्पताल प्रालिबीच बहालवाला प्रहरी कर्मचारी परिवार, अमर प्रहरी परिवार तथा पूर्व प्रहरी कर्मचारी र तिनका आश्रित परिवारलाई उक्त अस्पतालमा उपलब्ध स्वास्थ्य उपचार सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  नेपाल प्रहरी श्रीमती संघकोतर्फबाट संघकी अध्यक्ष श्रीमती कुसुम लता सिंह तथा मेघा अस्पतालकोतर्फबाट अस्पतालका अध्यक्ष किशोर जंग राणा र चिकित्सा निर्देशक डा.ईवराज सिम्खडाले संघको कार्यालय भृकुटीमण्डपमा शुक्रबार आयोजित कार्यक्रममा उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुको साथै सम्झौतापत्र आदानप्रदान समेत गर्नुभयो । कार्यक्रममा संघकी अध्यक्ष सिंहले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणको अतिरिक्त प्राकृतिक प्रकोप, आपद विपदमा समेत आफ्नो ज्यानको प्रवाह नगरी सेवामा खटिएका प्रहरी कर्मचारी, अमर प्रहरी तथा पूर्व प्रहरी कर्मचारीहरूले पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गरी अस्पतालमा स्वास्थ्य उपचार तथा औषधिको लागि छुट दिने गरी भएको सम्झौता प्रति कृतज्ञता व्यक्त गर्नुभयो । साथै उहाँले आगामी दिनमा समेत संघ र अस्पतालबीचको सहकार्य र समन्वय भइरहने बताउनुभयो । सो अवसरमा अस्पतालका अध्यक्ष किशोर जंग राणाले नागरिक सुरक्षामा खटिने प्रहरी कर्मचारी तथा प्रहरी कर्मचारीका परिवारलाई अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवा लाभदायी हुने बिचार व्यक्त गर्दै आगामी दिनमा समेत अस्पताल र संघबीच आवश्यक सहकार्य हुने बताउनुभयो ।  उक्त सम्झौता अनुसार अस्पतालको सेवा सुविधा अन्तर्गत आइसियु वेड, वार्ड वेड, क्याविन रूम, ल्याव र एक्सरेमा ५० प्रतिशत छुट, ओपिडि  डाक्टर, आइसियू वार्ड तथा क्याविन वार्ड डाक्टर राउण्ड, ओटी अपरेशन र डाक्टरले दिने सुविधामा ३० प्रतिशित र फार्मेसी औषधिमा १५ प्रतिशत छुट दिने उल्लेख गरिएको छ । साथै आर्थिक अवस्था कमजोर भई उपचार गराउन असमर्थ रहेको भनी सिफारिस भई आएमा वार्षिक ३ जनासम्म अस्पतालले नि:शुल्क उपचारको व्यवस्था गर्नेछ । सम्झौता आगामी मंसिर २३ गतेदेखि कार्यान्वयन भई २०८४ मंसिर २२ गतेसम्म ५ वर्षका लागि लागू हुनेछ ।  उक्त अवसरमा मेघा अस्पतालका पदाधिकारीहरू, श्रीमती संघका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।  

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेक प्रसाद राई दक्षिण कोरिया प्रस्थान
२०७९-०८-०४

काठमाडौं, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेक प्रसाद राई आइतबार मित्रराष्ट्र दक्षिण कोरियाको सिओल प्रस्थान गर्नुभएको छ ।  परराष्ट्र मन्त्रालय दक्षिण कोरियाको आयोजनामा मंसिर ५ गतेदेखि १० गतेसम्म संचालन हुने ‘फ्रेन्ड्स अफ कोरिया’ बिषयक कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट सहभागी हुन प्रहरी नायव महानिरीक्षक राई त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।  उहाँको अनुपस्थितिमा प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हाल्नु हुनेछ । प्रहरी वरिष्ठ उपरीक्षक कार्कीलाई ९८५१२९२१११ मा सम्पर्क गर्न सकिनेछ । 

नेपाल प्रहरी श्रीमती संघ र निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल(प्याव्सन)बीच सम्झौतापत्रमा हस्ताक्षर
२०७९-०७-२०

काठमाडौं, नेपाल प्रहरी श्रीमती संघ र निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल(प्याव्सन)बीच बहालवाला प्रहरी कर्मचारीका परिवार, अमर प्रहरी परिवार तथा पुर्व प्रहरी परिवारका सन्ततीहरूलाई प्याबसनसँग आवद्ध सदस्य विद्यालयहरूमा छात्रवृत्ति तथा भर्ना शुल्क नलिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल प्रहरी श्रीमती संघकोतर्फबाट संघकी अध्यक्ष श्रीमती कुसुम लता सिंह र निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) कोतर्फबाट प्याबसनका अध्यक्ष डीके ढुंगानाले संघको कार्यालय भृकुटीमण्डपमा आइतबार आयोजित कार्यक्रममा उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुको साथै सम्झौतापत्र आदानप्रदान समेत गर्नुभयो । कार्यक्रममा संघकी अध्यक्ष सिंहले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणको अतिरिक्त प्राकृतिक प्रकोप, आपद विपदमा समेत आफ्नो ज्यानको प्रवाह नगरी देश र जनताको लागि खटिएका प्रहरी कर्मचारी, अमर प्रहरी तथा पूर्व प्रहरी कर्मचारीहरूले पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गरी प्याबसनले प्रदान गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुभयो । साथै उहाँले आगामी दिनमा समेत संघ र प्यावसनबीचको सहकार्य र समन्वय भइरहने बताउनुभयो । प्याबसनका अध्यक्ष डीके ढुंगानाले राम्रो काम थालनी भएको चर्चा गर्दै शान्ति सुरक्षाका लागि अनवरत खटिने प्रहरी कर्मचारीका सन्ततीहरूलाई शैक्षिक सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो । साथै नेपाल श्रीमती संघसँगको समन्वय र सहकार्यमा शैक्षिक गुणस्तर स्तरोन्नती गर्न यस्ता सम्झौताले थप टेवा पुग्ने विचार उहाँले व्यक्त गर्नुभयो ।   प्याबसनसँग आवद्ध सदस्य विद्यालयहरूमा विद्यालय शिक्षा कक्षा १ देखि १२ सम्म छात्रवृत्ति कार्यक्रम संचालन  गर्ने  र एक सदस्य विद्यालयले १ जना विद्यार्थी पूर्ण दिवा छात्रवृत्ति उपलब्ध गराउने तथा छात्रवृत्तिमा समावेश नभएकाको हकमा भर्ना शुल्क नलिने गरी विद्यार्थी भर्ना गरिने उक्त सम्झौतापत्रमा उल्लेख गरिएको छ । प्रस्तुत  सम्झौता आगामी २०८१ सालसम्म २ वर्षका लागि लागू हुनेछ ।  उक्त अवसरमा प्याबसनका पदाधिकारीहरू, श्रीमती संघका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

केनाईन कार्यालय महाराजगंजमा कुकुर पूजा सम्पन्न
२०७९-०७-०७

काठमाडौं, यमपञ्चकको दोस्रो दिनका अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग केनाईन कार्यालय महाराजगंजमा आयोजित कार्यक्रमबीच सोमबार कुकुर पूजा सम्पन्न भएको छ । कार्यक्रममा उक्त कार्यालयकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. देउती गुरूङले कार्यालयमा रहेका विभिन्न तालिम प्राप्त कुकुरहरूलाई पूजा गर्नुभयो । साथै उहाँले यस वर्षको उत्कृष्ट कुकुर ‘पप्पी’, आज भएका प्रतियोगितामा दौडमा उत्कृष्ट हुने कुकुर ‘रुरु’, हाइजम्पमा उत्कृष्ट हुने कुकुर ‘रिया’ र  बाधापारमा उत्कृष्ट हुने कुकुर ‘रोज’लाई पुरस्कार तथा मेडल प्रदान गर्नुभयो । उक्त अवसरमा प्रहरी उपरीक्षक डा. रामचन्द्र सत्यालले स्वागत मन्तव्य व्यक्त गर्दै विभिन्न स्थानको अपराध अनुसन्धान गर्न नेपाल प्रहरीका कुकुरहरूले पुर्‍याएको सहयोगबारे जानकारी दिनुभएको थियो । कार्यक्रममा कार्यालयमा रहेका तालिम प्राप्त कुकुरहरुले बाधापार, ट्रयाकर डगको काम, रेस्क्यू डगको काम, रनिङ्ग कम्पिटिसन, हाईजम्प कम्पिटिसन, सबुदको खोजी कार्य, अपराधीको खोजी एवं पहिचान, हातहतियार तथा विष्फोटक पदार्थ खोजी एवं पहिचान, लागूऔषध खोजी एवं पहिचान, रिमोट कन्ट्रोल कला पर्दशनी, डग आकृती बनाउने, आज्ञापालन कला प्रदर्शनी लगायतका कार्यहरु गरेका थिए । नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र प्रमाणमुखी बनाउने उद्देश्यकासाथ विगत लामो समयदेखि अपराध अनुसन्धान लगायतका कार्यमा तालिमप्राप्त कुकुरहरुको प्रयोग हुँदै आएको छ । साथै सोही अवसरमा प्रदेशका  केनाईन कार्यालयहरुमा समेत आजै कुकुर पूजा गरिएको थियो । कार्यक्रममा प्रहरी अधिकृतहरु, संचारकर्मीहरू एवम् स्थानीय बासिन्दाहरुको समेत उपस्थिति रहेको थियो ।

गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोह सम्पन्न
२०७९-०७-०६

काठमाडौं, गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा आइतबार आयोजित विशेष समारोहबीच सोही प्रतिष्ठानमा संचालित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८१औं (पोष्ट ग्याजुएट डिप्लोमा इन पुलिस साइन्स १२औं) समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ ।समारोहमा गृहमन्त्री खाणले तालिममा सर्वप्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक कैलाश लिम्बुलाई स्वर्गीय कुलानन्द स्मृति पुरस्कार प्रदान गर्नुभयो । साथै उहाँले सर्वद्वितीय प्रशिक्षार्थी प्रहरी निरीक्षक आदर्श गिरी, सर्वतृतीय प्रशिक्षार्थी प्रहरी निरीक्षक आशिस पोखरेल, अध्ययन प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक गोविन्द प्रसाद भण्डारी, कवाज प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक अभय लामा, मस्केट्री तथा चाँदमारी प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक पूर्ण बहादुर केसी र शारीरिक व्यायाम र प्रहरी युक्ति तथा कारवाही प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक सनम मल्ललाई पुरस्कार प्रदान गर्नुका साथै उत्कृष्ट प्रशिक्षकहरूलाई समेत पुरस्कार प्रदान गर्नुभयो । उक्त अवसरमा गृहमन्त्री खाणले मुलुकमा शान्ति सुरक्षा स्थापना गर्ने, नागरिकको जनधनको सुरक्षा सुनिश्चित गर्ने, महिला बालबालिका, जेष्ठ नागरिकको पूर्ण सुरक्षा प्रत्याभूति गर्ने क्रममा तथा आम नागरिकलाई न्याय र आत्मसम्मानको अनुभूति गराउन ऐन कानूनले निर्दिष्ट गरेका जिम्मेवारीलाई पूर्ण पालना गरी कानूनी राज्यको प्रत्याभूति दिन दीक्षित हुने प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो । कानूनले तोकेका जिम्मेवारी निर्वाह गर्ने क्रममा प्रहरीलाई आइपर्ने हर चुनौतिमा नेपाल सरकार र गृहमन्त्रालयको पूर्ण साथ रहने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो । गृहमन्त्री खाणले तालिमका दौरान प्रशिक्षार्थीले बगाएको पसिनाले भोलिका दिनमा फिल्डमा आउनसक्ने हर चुनौतिको सामना गर्न सफल र सक्ष्म हुने विश्वास व्यक्त गर्नुका साथै तालिममा सिकेका सिप मार्फत अपराध नियन्त्रण र अनुसन्धान क्रममा आउने अवरोधहरूलाई परिणाममुखी बनाउन सफल हुने अपेक्षा रहेको उल्लेख गर्नुभयो । कठिन र चुनौतिपूर्ण घडीमा राष्ट्रले सुम्पेका हर जिम्मेवारीलाई नेपाल प्रहरीले कुशलतापूर्वक निर्वाह गर्दै आएको बताउँदै उहाँले दीक्षित हुने अधिकृतहरू हरेक जिम्मेवारी व्यावसायिकता पूर्वक निर्वाह गर्दै नागरिकलाई महसुस हुने गरी सेवा प्रदान गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।  गृहमन्त्री खाणले नेपाल प्रहरी जस्तो गतिशिल संगठनमा तालिमको महत्व बारे नेपाल सरकार र गृह मन्त्रालय पूर्ण जनाकार रहेको चर्चा गर्दै नेपाल प्रहरीका तालिममा आवश्यकता अनुरूप बजेट विनियोजन हुँदै आएको तथा विकसित चुनौतिको सामना गर्न सक्ष्म जनशक्तिको विकास गर्न संगठनले थप नयाँ तालिमको महसुस गरेमा नेपाल सरकार र गृह मन्त्रालय सकारात्मक रहेको समेत उल्लेख गर्नुभयो । समारोहमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेतृत्व विकास प्रहरी निरीक्षक तालिमको अभिन्न अंग रहेको चर्चा गर्दै यस तालिमले दीक्षित हुने प्रशिक्षार्थीहरूको नेतृत्व क्षमतालाई अभिवृद्धि गरी कठिन समयमा उपयुक्त निर्णय लिने मात्र नभई आफू मातहतका दर्जालाई उत्प्रेरित गरी तोकिएको जिम्मेवारी सम्पन्न गर्ने क्षमता प्रदान गरेको विश्वास व्यक्त गर्नुभयो । हाम्रो समाज र आम नागरिकले प्रहरीबाट उच्च अपेक्षाहरू गरेको बताउँदै प्रहरी महानिरीक्षक सिंहले विवेकसम्मत भई व्यावसायिकता अंगिकार गरेमा मात्र आम नागरिकका जायज तथा कानूनसम्मत अपेक्षा पूरा गर्न सकिने उल्लेख  गर्नुभयो । व्यावसायिक उत्कृष्टता, निष्ठा र ईमानदारीको उच्चतम् स्तर कायम गरी कार्यक्षेत्रमा आफूलाई प्रस्तुत गर्न दीक्षित हुने प्रशिक्षार्थीहरूलाई उहाँले निर्देशन दिनुभयो । कानूनले निर्दिष्ट गरेको गरेको परिधि भित्र रही अपराध अनुसन्धान र कानून कार्यान्वयनमा कठोरता अपनाउन एवम् गैरकानूनी तथा आपराधिक क्रियाकलाप विरूद्ध थप निर्मम हुन समेत उहाँले निर्देशन दिनुभयो । चेन अफ कमाण्ड नेपाल प्रहरीले अवलम्बन गर्दै आएको महत्वपूर्ण कार्यशैली रहेको बताउँदै यस कार्यशैलीको प्रवर्द्धन गरी अक्षुण्ण राख्नु सबैको कर्तव्य रहेको बताउनुभयो । साथै चेन अफ कमाण्ड बाहिर रहेर गरिने वृत्तिविकास र अवसरको परिकल्पना प्रति संगठन कठोर रहेको समेत उहाँले बताउनुभयो । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारले नेपाल प्रहरीलाई महत्वपूर्ण जिम्मेवारी सुम्पेको बताउँदै प्रहरी महानिरीक्षक सिंहले आफूलाई प्राप्त जिम्मेवारीलाई निष्पक्ष र त्रुटिरहित तवरले सम्पन्न गर्न उपस्थित प्रहरी अधिकृतलाई निर्देशन दिनुभयो । उक्त अवसरमा मन्तव्य व्यक्त गर्दै त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डीन सह-प्रा.डा. हरि प्रसाद अधिकारीले पिजीडिपीएस कार्यक्रमले प्रहरी कर्मचारीहरूलाई अनुशासन र शिक्षा विकास गर्न प्रश्रय दिएको बताउनुभयो । प्रहरी संगठनको आवश्यकता अनुसार  पिजीडिपीएस कार्यक्रमलाई समयानुकुल परिमार्जन गर्दै लैजानु पर्ने उल्लेख गर्दै संगठनको सेवालाई थप चुस्त र दुरुस्तरूपमा कार्य सम्पादन गर्नका लागि प्रहरी कर्मचारीहरूमा प्रतिवद्धता, निरन्तरता र समन्वय आवश्यक रहेको चर्चा गर्नुभएको समारोहमा उक्त प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनुको साथै स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो । साथै उहाँले तालिम सम्बन्धी जानकारी दिँदै २०७८ साउन १३ गतेबाट सुरु भएको त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा संचालित पोष्ट ग्याजुएट डिप्लोमा इन पुलिस साइन्स समावेश भएको उक्त तालिममा १४ महिला सहित कुल १ सय ४६ जना प्रहरी निरीक्षकहरु सहभागी भएकोमा सबैजनाले सफलतापूर्बक तालिम हासिल गरेको बताउनुभयो ।प्रशिक्षार्थीहरुले कवाज प्रदर्शन तथा नेपाल प्रहरी संगीत बिद्यालयद्वारा सांगितीक धुन प्रस्तुत गरिएको उक्त समारोहमा दीक्षित प्रहरी निरीक्षकहरुलाई आ-आफ्ना अभिभावकहरुले दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको थियो ।दीक्षान्त समारोहमा महान्यायधिवक्ता खम्म बहादुर खाती, गृह सचिव विनोद प्रकाश सिंहका साथै सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, पूर्व प्रहरी महानिरीक्षकहरु, प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक तथा समादेशकहरु, नेपाली सेना तथा सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृतहरु, प्रहरी नायव महानिरीक्षकहरु तथा वरिष्ठ अधिकृतहरु, संचारकर्मीहरु, प्रशिक्षार्थीहरुका अभिभावकहरु तथा अन्य आमन्त्रित महानुभावहरुको उपस्थिति रहेको थियो । 

नवौं राष्ट्रिय खेलकुद २०७९ मा नेपाल प्रहरीलाई ६१ स्वर्ण
२०७९-०७-०४

कास्की, राष्ट्रिय खेलकुद परिषदको आयोजनामा गण्डकी प्रदेशका विभिन्‍न जिल्लामा आयोजना भएको “नवौं राष्ट्रिय खेलकुद -२०७९” अन्तर्गत विभिन्न खेलहरूमा नेपाल प्रहरीले ६१ स्वर्ण, ६१ रजत र ७३ कास्य गरी कुल १ सय ९५ पदक प्राप्त गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।   विभिन्न प्रतियोगितामध्ये नेपाल प्रहरीले भारोत्तोलनमा १२ स्वर्ण र ७ रजत, तेक्वान्दोमा ११ स्वर्ण, ४ रजत र १ कास्य, करातेमा ९ स्वर्ण, ३ रजत र ५ कास्य, जुडोमा ६ स्वर्ण, ३ रजत र ८ कास्य, टेबल टेनिसमा ६ स्वर्ण, २ रजत र ३ कास्य,  एथलेटिक्समा २ स्वर्ण, ७ रजत र ६ कास्य, ब्याडमिन्टनमा २ स्वर्ण, २ रजत र २ कास्य, पुरूष क्रिकेटमा १ स्वर्ण, महिला क्रिकेटमा १ स्वर्ण, कुस्तीमा १ स्वर्ण, ७ रजत र ५ कास्य, पौडीमा १ स्वर्ण ८ रजत र ११ कास्य, फुलकन्ट्‍याक्ट करातेमा १ स्वर्ण, १ रजत र ३ कास्य, सफ्ट टेनिसमा १ स्वर्ण, १ रजत र १ कास्य, शारीरिक सुगठनमा १ स्वर्ण, १ रजत र ३ कास्य, सुटिङमा १ स्वर्ण, १ रजत र ३ कास्य, आर्चरीमा १ स्वर्ण, २ रजत र १ कास्य, बक्सिङमा १ स्वर्ण, १ रजत र १ कास्य, उसुमा १ स्वर्ण, ३ रजत र ९ कास्य, बुद्धिचालमा १ स्वर्ण, २ रजत र १ कास्य, ट्रायथलनमा १ स्वर्ण, १ रजत र १ कास्य, कब्बडीमा १ रजत र १ कास्य, महिला फुटबलमा १ रजत, महिला भलिबलमा १ रजत, लन टेनिसमा १ रजत र २ कास्य, पुरूष भलिबलमा १ कास्य तथा आईटिएफ तेक्वान्दोमा ४ कास्य गरी कुल १ सय ९५ पदक प्राप्त गरेको हो । नेपाल प्रहरीका खेलाडीहरूमध्ये महिलातर्फ २२ स्वर्ण, ३० रजत र ३८ कास्य,  पुरूषतर्फ ३७ स्वर्ण, २८ रजत र ३३ कास्य तथा मिश्रित टिमतर्फ २ स्वर्ण, ३ रजत र २ कास्य पदक जित्न सफल भएका छन् । गत असोज २८ गतेदेखि औपचारीक रूपमा उद्‍घाटन भएको नवौं राष्ट्रिय खेलकुद-२०७९ अन्तर्गत २९ खेलमा नेपाल प्रहरीका ४ सय ९५ जना खेलाडीहरू सहभागी भएका थिए । जसमध्ये १९८ महिला खेलाडी र २९७ पुरुष खेलाडी थिए भने ९२ जना अफिसियल गरी कूल ५ सय ८७ जना खेलाडी तथा अफिसियलहरूको सहभागिता रहेको थियो ।

नवौं राष्ट्रिय खेलकुद : हाल सम्म नेपाल प्रहरीलाई ५८ स्वर्ण
२०७९-०७-०३

 कास्की, नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत हालसम्म विभिन्न खेलहरूमा नेपाल प्रहरीले ५८ स्वर्ण, ५२ रजत र ५६ कास्य गरी कुल १ सय ६६ पदक प्राप्त गरेको छ ।  विभिन्न प्रतियोगितामध्ये नेपाल प्रहरीले भारोत्तोलनमा १२ स्वर्ण र ७ रजत, तेक्वान्दोमा ११ स्वर्ण, ४ रजत र १ कास्य, करातेमा ९ स्वर्ण, ३ रजत र ५ कास्य, जुडोमा ६ स्वर्ण, ३ रजत र ८ कास्य, टेबल टेनिसमा ६ स्वर्ण, २ रजत र १ कास्य,  एथलेटिक्समा २ स्वर्ण, ४ रजत र ४ कास्य, ब्याडमिन्टनमा २ स्वर्ण, २ रजत र २ कास्य, पुरूष क्रिकेटमा १ स्वर्ण, महिला क्रिकेटमा १ स्वर्ण, कुस्तीमा १ स्वर्ण, ७ रजत र ५ कास्य, पौडीमा १ स्वर्ण ८ रजत र ११ कास्य, फुलकन्ट्‍याक्ट करातेमा १ स्वर्ण, १ रजत र ३ कास्य, सफ्ट टेनिसमा १ स्वर्ण र १ कास्य, शारीरिक सुगठनमा १ स्वर्ण, १ रजत र ३ कास्य, सुटिङमा १ स्वर्ण, १ रजत र ३ कास्य, आर्चरीमा १ स्वर्ण, २ रजत र १ कास्य, बक्सिङमा १ स्वर्ण, १ रजत र १ कास्य, महिला भलिबलमा १ रजत, बुद्धिचालमा ३ रजत, लन टेनिसमा १ रजत र २ कास्य, ट्रायथलनमा १ रजत र १ कास्य, तथा आईटिएफ तेक्वान्दोमा ४ कास्य गरी कुल १ सय ६६ पदक प्राप्त गरेको हो । नेपाल प्रहरीका खेलाडीहरूमध्ये महिलातर्फ २२ स्वर्ण, २४ रजत र ३० कास्य,  पुरूषतर्फ ३४ स्वर्ण, २५ रजत र २५ कास्य तथा मिश्रित टिमतर्फ २ स्वर्ण, ३ रजत र १ कास्य पदक जित्न सफल भएका छन् । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत बुधबार भएको भारोत्तोलन प्रतियोगितामा नेपाल पुलिस क्लबकी विद्या राईले महिला ८७ केजी तौल माथि स्न्याचमा कीर्तिमान कायम गर्दै स्वर्ण पदक जितिन् ।  उनले स्न्याचतर्फ ७६ र क्लीन एण्ड जर्कमा ८८ गरी कुल १६४ केजी भार बहन गर्दै स्वर्ण जितेका हुन् । स्न्याचमा यसअघि ७५ केजीको कीर्तिमान रहेकोमा विद्याले १ केजी बढी भार बहन गर्दै कीर्तिमान कायम गरेकी हुन् । यसैगरी पुरूष ९६ केजी तौल समूहमा नेपाल पुलिस क्लबका विशाल सिंह बिष्‍टले क्लीन एण्ड जर्कमा राष्ट्रिय कीर्तिमान कायम गर्दै स्वर्ण पदक जितेका छन् । उनले स्न्याचतर्फ १२० र क्लीन एण्ड जर्कमा १६१ गरी कुल २८१ तौल भार उठाउँदै स्वर्ण जितेका हुन् । यस्तै १०२ केजी तौल समूहमा नेपाल पुलिस क्लबका सन्देश गुरुङले स्न्याचमा कीर्तिमान कायम गर्दै स्वर्ण पदक जितेका छन् । उनले स्न्याचमा ११३ केजी र क्लीन एण्ड जर्कमा १३९ गरी कुल २५२ केजी भार उठाएका हुन् । यसैगरी पुरूष १०९ केजी माथि तौल समूहमा नेपला पुलिस क्लबका सागर भण्डारीले स्न्याचमा ११५ केजी र क्लीन एण्ड जर्कमा १३५ गरी कुल २५० केजी भार उठाउँदै स्वर्ण पदक जितेका छन् । यसैगरी पुरूष १०९ केजी तौल समूहमा नेपाल पुलिस क्लबका राजिव महर्जनले स्न्याचमा ११३ केजी र क्लीन एण्ड जर्कमा १२५ गरी कुल २३८ केजी भार उठाउँदै रजत पदक प्राप्त गरे । साथै महिला ८७ केजी तौल समूहमा नेपाल पुलिस क्लबकी जयन्ती श्रेष्‍ठले स्न्याचमा ६३ केजी र क्लीन एण्ड जर्कमा ७४ गरी कुल १३७ केजी भार उठाउँदै रजत पदक प्राप्त गरिन् । सो प्रतियोगितामा नेपाल पुलिस क्लबले सर्वाधिक १२ स्वर्ण र ७ रजत गरी कुल १९ पदक जित्दै टिम च्याम्पियन समेत बन्न सफल भएको छ ।  नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको महिला ज्याभ्लिङ थ्रोमा नेपाल पुलिस क्लबकी चन्द्रकला लाम्गादेले नयाँ राष्ट्रिय कीर्तिमान बनाउँदै स्वर्ण पदक जितेकी छिन् । उनले ४७.६० मिटर थ्रो गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन् । यस अघि आठौं राष्ट्रिय खेलकुदमा आर्मीकी लक्ष्मी थारूले ४२.२७ थ्रो गर्दै कीर्तिमान बानएकी थिइन् ।  यस्तै एथलेटिक्स अन्तर्गत ८०० मिटर दौडमा नेपाल पुलिस क्लबका तेज बहादुर कार्कीले रजत पदक प्राप्त गरेका छन् ।  नवौं राष्ट्रिय खेलकुद अन्तर्गत बुधबार भएको ट्रायथलनमा नेपाल प्रहरीका श्रेवी महर्जनले रजत तथा मौलिक महर्जनले कास्य पदक प्राप्त गरेका छन् । श्रेवीले निर्धारित दुरी १ घण्टा १९ मिनट १५ सेकेन्डमा पुरा गरेकी थिइन भने मौलिकले निर्धारित दुरी १ घण्टा १४ मिनट ५६ सेकेन्डमा पुरा गरेका थिए ।  यस्तै पोखरा रंगशालास्थित बुधबार भएको ब्याडमिन्टन प्रतियोगितामा नेपाल पुलिस क्लबका प्रिन्स दाहाल मेन्स सिंगल बिधामा स्वर्ण पदक जितेका छन् । सोही बिधामा नेपाल पुलिस क्लबकै बिष्णु कटुवालले रजत जिते । यस्तै मिक्स डबल्सतर्फ नेपाल पुलिस क्लबका जीवन आचार्य र निता लम्सालको जोडीले आर्मीका प्रफुल महर्जन र रशिला महर्जनको जोडीलाई २१-१२, २१-११ को सेटमा पराजित गर्दै स्वर्ण पदक जितेका छन् । यस्तै मेन्स डबल्सतर्फ नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र सुदिप सेढाईको जोडीले आर्मीका प्रफुल महर्जन र रूकेश महर्जनको जोडीलाई २१-१९ र २१-१७ को सेटमा पराजित गर्दै स्वर्ण पदक जित्न सफल भएका छन् । साथै सोही बिधामा नेपाल पुलिस क्लबका बिष्णु कटुवाल र जिवन आचार्यले कार्य पदक प्राप्त गरे ।  नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखराको आर्चरी मैदानमा भएको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबका नगेन्द्र आचार्यले मेन्स स्ट्याडर्डतर्फ स्वर्ण पदक जितेका छन् भने मेन्स रिकर्भतर्फ तिलक पुन मगरले रजत प्राप्त गरेका छन् । यस्तै मेन्स स्ट्याडर्डको टिम बिधातर्फ नगेन्द्र आचार्य, जिवन पुन र हरि बहादुर बुढाले कास्य पदक प्राप्त गरेका छन् ।  नवौं राष्ट्रिय खेलकुद अन्तर्गत बुधबार भएको टेबल टेनिस प्रतियोगितामा मेन्स संगिलतर्फ नेपाल प्रहरीका श्यान्टु श्रेष्‍ठ र वुमेन्स सिंगलतर्फ नबिता श्रेष्‍ठले स्वर्ण पदक जिते । साथै नेपाल पुलिस क्लबका एलिना महर्जनले वुमेन्स सिंगलतर्फ रजत पदक प्राप्त गरिन् । यस्तै सुटिङ प्रतियोगिता अन्तर्गत एयर पेस्तोल पुरुष एकलतर्फ नेपाल पुलिस क्लबका सुकदेव चौधरीले स्वर्ण जिते भने एयर राईफल पुरुष एकलतर्फ नेपाल पुलिस क्लबका धन बहादुर वि.क.ले कास्य पदक जितेका छन् । यस्तै बक्सिङ प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लबका चन्द्र बहादुर थापाले स्वर्ण जिते भने नेपाल पुलिस क्लबका दिवाना शेर्माले रजत र निशा तामाङले कास्य पदक प्राप्त गरे ।  नवौं राष्ट्रिय खेलकुद अन्तर्गत बुधबार भएको जुडो प्रतियोगितामा नेपाल पुलिस क्लबका मनिष महत्तो, दिपा गुरुङ र राजन जोशीले स्वर्ण पदक जितेका छन् । सोही प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लबका मदु रोक्का मगर र पुजा राजवँशीले रजत तथा श्रीराम मकाजु, रजनी मगर र भावना घर्ती मगरले कास्य पदक प्राप्त गरेका छन् । 

इन्टरपोलको ९०औं महासभा समुउद्‍घाटन
२०७९-०७-०१

काठमाडौं, प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलको ९०औं महासभाको आज भारतको नयाँ दिल्लीमा समुउद्‍घाटन भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक समारोहबीच समुउद्‍घाटन गर्नुभएको उक्त महासभामा भाग लिन प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको नेतृत्वमा ५ सदस्यीय टोली हिजो सोमबार नै त्यसतर्फ प्रस्थान गरेको थियो ।    उद्‍घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले अहिलेको ग्लोबलाइजेसनको युगमा इन्टरपोल बिना विश्वको कल्पना गर्न नसकिने भएकोले इन्टरपोललाई अझ सशक्त बनाउनुपर्ने बताउनुभयो । विशेषत: साइबर क्राइम, टेरोरिजम र बालबालिकामाथिको शोषण अन्त्य गर्न अन्तर्राष्ट्रिय प्रहरी समन्वय र सहयोगलाई अझ मजबुद बनाउँदै लैजान अपरिहार्य रहेको उहाँले उल्लेख गर्नुभयो ।  उद्‍घाटन समारोहमा भारत सरकारका गृहमन्त्री अमित शाह लगायतका मन्त्रीहरुको सहभागिता रहेको थियो । उक्त महासभामा नेपाल सहित १ सय ७५ राष्ट्रका प्रहरी प्रमुख तथा उच्च अधिकृतहरूको सहभागिता रहेको छ ।  भारत सरकारले यो आयोजनालाई अत्यन्त महत्वपूर्ण रूपमा लिएको छ । 

नवौं राष्ट्रिय खेलकुद : हाल सम्म नेपाल प्रहरीलाई २९ स्वर्ण
२०७९-०७-०१

कास्की, नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत हाल सम्म विभिन्न खेलहरूमा नेपाल प्रहरीले २९ स्वर्ण, १९ रजत र ३३ कास्य गरी कुल ८० पदक प्राप्त गरेको छ ।  विभिन्न प्रतियोगितामध्ये नेपाल प्रहरीले एथलेटिक्समा १ स्वर्ण, ३ रजत र ३ कास्य, पुरूष क्रिकेटमा १ स्वर्ण, महिला क्रिकेटमा १ स्वर्ण, करातेमा ७ स्वर्ण, २ रजत र ४ कास्य, कुस्तीमा ४ कास्य, टेबल टेनिसमा ४ स्वर्ण, १ रजत र १ कास्य, तेक्वान्दोमा ८ स्वर्ण,३ रजत र १ कास्य, पौडीमा १ स्वर्ण, ४ रजत र ११ कास्य, फुलकन्ट्‍याक्ट करातेमा १ स्वर्ण, १ रजत र २ कास्य, बुद्धिचालमा १ रजत, भारोत्तोलनमा ४ स्वर्ण र ३ रजत, लन टेनिसमा ३ कास्य, ब्याडमिन्टनमा १ कास्य तथा शारीरिक सुगठनमा १ स्वर्ण, १ रजत र ३ कास्य गरी कुल ८१ पदक प्राप्त गरेको हो । नेपाल प्रहरीका खेलाडीहरूमध्ये महिलातर्फ ११ स्वर्ण, ९ रजत र १८ कास्य,  पुरूषतर्फ १६ स्वर्ण, १० रजत र १५ कास्य तथा मिश्रित टिमतर्फ २ स्वर्ण पदक जित्न सफल भएका छन् ।  नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको १ सय १० मिटर पुरूष हर्डल्समा नेपाल पुलिस क्लबका चन्द्रदेव जोशीले रजत पदक प्राप्त गरे । उनले निर्धारित दुरी १५.८१ सेकेन्डको समयमा पुरा गरी रजत जितेका हुन् । यसैगरी एथलेटिक्सको डिस्कस थ्रोमा नेपाल पुलिस क्लबका पुस्कल खड्काले रजत प्राप्त गरे । उनले ३२.७५ मिटर दुरी फ्याल्दै सो पदक जितेका हुन् ।  नवौं राष्ट्रिय खेलकुद अन्तर्गत  सोमबार भएको कुस्ती खेलमा नेपाल पुलिस क्लबका सन्धया दुवे, सालु कुमारी, बिनोद सहनी र दिपेश राउत कमकरलर कास्य पदक जितेका छन् । यसैगरी करातेमा नेपाल पुलिस क्लबका सन्तोष श्रेष्‍ठ, एरिका गुरुङ र नविन रसाईलीले स्वर्ण जितेका छन् भने स्विकार राई र सुनिता महर्जनले कास्य पदक जिते । यस्तै टेबल टेनिस प्रतियोगिता अन्तर्गत मेन्स डबल्स ईभेन्टमा नेपाल पुलिस क्लबका विनेश खनिया र श्यान्टु श्रेष्‍ठले स्वर्ण जितेका छन् ।  नवौं राष्ट्रिय खेलकुद अन्तर्गत सोमबार भारोत्तोलन प्रतियोगितामा नेपाल पुलिस क्लबकी टिकामाया गुरुङले स्वर्ण पदक जित्न सफल भइन् । उनले स्न्याचतर्फ ६० र क्लीन एण्ड जर्कमा ८० गरी कुल १४० केजी भार उठाउँदै स्वर्ण जितेकी हुन् । सोही प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लबका देवी कुमारी चौधरी र अशोक कुमार शाहले कास्य पदक प्राप्त गरे ।  यस्तै पोखराको सभाहलमा सोमबार भएको शरीरिक सुगठन प्रतिस्पर्धामा नेपाल पुलिस क्लबका सुकदेव कार्कीले रजत जिते भने रत्न सुन्दर डाकुसी, सुरज डंगोल र सनम मुलगुठीले कास्य पदक जिते । यस्तै लन टेनिस प्रतियोगिता अन्तर्गत वुमेन्स डबल्समा नेपाल पुलिस क्लबकी बिष्णा भण्डारी र शिषम चन्दले कास्य पदक प्राप्त गरे । यसैगरी पोखराको फिसटेल एकेडेमीमा सोमबार भएको पौडी प्रतियोगिता अन्तर्गत पुरूषतर्फ ४०० मिटर फ्रिस्टायल रिलेमा नेपाल पुलिस क्लबका गौरव लामा, दिपंकर अवाले, संकर्षण बहादुर रघुवंशी र सुविज्ञ मान तुलाधर सम्मिलित टिमले रजत पदक प्राप्त गरे । उनीहरूले निर्धारित दुरी ३ मिनेट ४६.३७ सेकेन्ड समयका साथ रजत जितेका हुन् । यस्तै सोही प्रतियोगिता अन्तर्गत महिलातर्फ २०० मिटर ब्रेष्टस्ट्रोकमा नेपाल पुलिस क्लबकी अदिप्सा वैधले कास्य पदक जित्न सफल भइन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार भएको तेक्वान्डोमा नेपाल पुलिस क्लबका ईन्दिरा राई र अभिशेक बरालले स्वर्ण पदक जिते भने आशुतोष बरालले रजत पदक प्राप्त गरे । 

नेपाल प्रहरीको महिला क्रिकेट टिमलाई स्वर्ण पदक
२०७९-०७-०१

      कास्की, पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत मंगलबार भएको महिला २०-२० क्रिकेट फाइनल खेलमा नेपाल पुलिस क्लबले सशस्र प्रहरीको महिला क्रिकेट टिमलाई पराजित गर्दै स्वर्ण पदक जित्न सफल भएको छ । ११ औं राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता अन्तर्गत भएको फाइनल खेलमा नेपाल पुलिस क्लबले एपिएफलाई ५ रनले पराजित गरेको हो । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ८९ रनको योगफल तयार बनाएको थियो । जवाफी ब्याटिङमा आएको एपिएफले २० ओभरमा ७ विकेटको क्षतिमा ८४ रन मात्र बनाएको थियो ।  प्रतियोगिता अन्तर्गत ब्याटिङतर्फ नेपाल पुलिस क्लबकी काजल श्रेष्ठले २७ रन, कविता कुँवरले ११ रन, सम्झना खड्काले २१ रन, रुबिना क्षेत्रीले ८ रन, अप्सरी बेगमले नटअउट २ रन र कविता जोशीले नटआउट १३ रन जोडेका थिए भने अतिरिक्त ७ रन प्राप्त भएको थियो । बलिङतर्फ नेपाल पुलिस क्लबकी ईश्वरी विष्टले २ विकेट, रूबिना क्षेत्री, संगिता राई, हिरूमाई रायले समान १ विकेट लिएका थिए ।  खेलमा नेपाल पुलिस क्लबकी ईश्वरी विष्ट प्लेयर अफ द म्याच घोषित भइन् ।

नवौं राष्ट्रिय खेलकुद : हाल सम्म नेपाल प्रहरीलाई २१ स्वर्ण
२०७९-०६-३१

कास्की, नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत हाल सम्म विभिन्न खेलहरूमा नेपाल प्रहरीले २१ स्वर्ण, १० रजत र १८ कास्य गरी कुल ४९ पदक प्राप्त गरेको छ ।  विभिन्न प्रतियोगितामध्ये नेपाल प्रहरीले एथलेटिक्समा १ स्वर्ण, १ रजत र ३ कास्य, पुरूष क्रिकेटमा १ स्वर्ण, करातेमा ४ स्वर्ण, २ रजत र २ कास्य, टेबल टेनिसमा ३ स्वर्ण, १ रजत र १ कास्य, तेक्वान्दोमा ६ स्वर्ण,२ रजत र १ कास्य, पौडीमा १ स्वर्ण, २ रजत र ७ कास्य, फुलकन्ट्‍याक्ट करातेमा १ स्वर्ण, १ रजत र १ कास्य, भारोत्तोलनमा ३ स्वर्ण र १ रजत, लन टेनिसमा २ कास्य, ब्याडमिन्टनमा १ कास्य तथा शारीरिक सुगठनमा १ स्वर्ण गरी कुल ४८ पदक प्राप्त गरेको हो । नेपाल प्रहरीका खेलाडीहरूमध्ये महिलातर्फ ८ स्वर्ण, ५ रजत र ९ कास्य एवम् पुरूषतर्फ १३ स्वर्ण, ४ रजत र ९ कास्य पदक जित्न सफल भएका छन् ।  नवौं राष्ट्रिय खेलकुद अन्तर्गत भारोत्तोलन प्रतियोगितामा नेपाल पुलिस क्लबले पहिलो स्वर्ण जितेको छ । पोखरा उद्योग वाणिज्य संघको हलमा आइतबार देखि शुरू भएको भारोत्तोलनमा प्रतियोगितामा महिला ४५ केजी तौल समूहमा नेपाल पुलिस क्लबकी हिरामोती थारूले स्वर्ण जितेकी हुन् । उनले स्न्याचतर्फ ५० र क्लीन एण्ड जर्कमा ६५ गरी कुल ११५ केजी भार उठाउँदै स्वर्ण जितेकी हुन् । सो तौल समूहमा ७ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । साथै प्रतियोगिता अन्तर्गत नेपाल पुलिक क्लबका संगिता राई र मुई लामाले समेत स्वर्ण जितेका छन् भने दिलिप यादवले रजत जितेका छन् ।  प्रतियोगितामा महिला र पुरूष दुवैतर्फ गरी १०-१० इभेन्टमा खेल हुनेछ । जसमा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएका छन् । प्रतियोगितामा २० स्वर्ण, २० रजत र २० कास्य पदकका लागि खेल हुने छन् ।  यसैगरी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरा ब्याडमिन्टन कभर्डहलमा आइतबार भएको प्रतिस्पर्धामा  पुरूषतर्फ नेपाल पुलिस क्लबले कास्य पदक प्राप्त गरेको छ । यस्तै पोखराको सभाहलमा आइतबार भएको शरीरिक सुगठन प्रतिस्पर्धामा नेपाल पुलिस क्लबका डेभिड बलामीले स्वर्ण जितेका छन् । ६० केजी तौलतर्फको प्रतिस्पर्धामा उनले स्वर्ण जितेका हुन् ।  यसैगरी पोखराको फिसटेल एकेडेमीमा आइतबार भएको पौडी प्रतियोगिता अन्तर्गत पुरूषतर्फ ८०० मिटर फ्रिस्टायल रिलेमा युवान लाल श्रेष्‍ठ, सनिल कुमार थापा मगर, संकर्षण बहादुर रघुवंशी र सुविज्ञ मान तुलाधर सम्मिलित टिमले ८ मिनट २७:८९ सेकेन्ड समयका साथ स्वर्ण जितेका छन् । महिलाको ८०० मिटर फ्रिस्टायलतर्फ भएको प्रतिस्पर्धामा नेपला पुलिस क्लबकी आर्य महर्जनले रजत र समिरा शोभा थापा मगरले कास्य पदक जितेका छन् । सोही प्रतियोगिता अन्तर्गत ५० मिटर ब्रेष्टस्ट्रोकको पुरूषतर्फ नेपाल पुलिस क्लबका दिपंकर अवालले कास्य पदक प्राप्त गरेका छन् । महिलाको २०० मिटर फिस्टायलमा नेपाल पुलिस क्लबकी आर्य महर्जनाले रजत र समिरा शोभा थापाले कास्य जिते । साथै ४०० मिटर फ्रिस्टायल रिलेमा नेपाल पुलिस क्लबकी अदिप्सा वैध, आर्य महर्जन, समिरा सोभा थापा मगर र मेगन गुरुङले कास्य पदक प्राप्त गरे ।  यसैगरी पोखराको प्रदर्शनी केन्द्रमा शनिबार सम्पन्न भएको फुलकन्ट्‍याक्ट कराते प्रतियोगितामा नेपाल पुलिस क्लबले १ स्वर्ण, १ रजत र १ कास्य पदक प्राप्त गरेको छ । प्रतियोगिता अन्तर्गत पुरूतर्फको ५५-६० केजी तौल समूहमा नेपाल पुलिस क्लबका सुशान लामिछानेले स्वर्ण जितेका थिए । प्रतियोगिता अन्तर्गत महिलातर्फको ४०-४५ केजी तौल समहूमा नेपाल पुलिस क्लबकी अञ्जना ढुंगेलले रजत तथा खुलातर्फ अमिर देउलाले कास्य पदक प्राप्त गरेका थिए ।  यसैगरी पोखरा रंगशालामा आइतबार भएको एथलेटिक्स प्रतियोगिता अन्तर्गत हाईजम्पमा नेपाल पुलिस क्लबका रेशन कुमार दनुवारले १.७५ मिटर उचाई नाघेर कास्य पदक जित्न सफल भए ।  यसैगरी पोखराको कोल्माबहकोट समाज हलमा आइतबार भएको टेबल टेनिस प्रतियोगिता अन्तर्गत मिक्स डबल ईभेन्टमा नेपाल पुलिस क्लबले स्वर्ण जितेको छ । उक्त ईभेन्टमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ११-७, ५-११, ८-११,११-५, ९-११ को ३-२ ले पराजित गर्दै स्वर्ण जितेको हो । साथै वुमन्स डबलतर्फ नेपाल पुलिस क्लबले रजत र कास्य पदक प्राप्त गरेको छ ।  नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलमा स्टान्डर्ड (३०मिटर)विधाको एकल पुरूषतर्फ नेपाल पुलिस क्लबका नगेन्द्र आचार्य फाइनल प्रवेश गरेका छन् । आइतबार भएको सेमिफाइनल खेलमा उनले गण्डकीका कृष्ण भण्डारीलाई ७-३ सेटले पराजित गरेका हुन् । 

नेपाल प्रहरीको पुरूष हक्की टिम सेमिफाइनल प्रवेश
२०७९-०६-३१

कास्की, पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत सोमबार भएको पुरूष हक्की खेलमा नेपाल पुलिस क्लबले समूह चरणको अन्तिम खेलमा विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ ।   पोखरास्थित गौरीशंकर खेल मैदान ह्‍याम्जामा भएको खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ८-० गोल अन्तरले पराजित गरेको हो । नेपाल पुलिस क्लबको लागि केशवराज जोशीले ३, महेश धामी र शशी दर्लामीले समान २ तथा गणेश सिंह ठगुन्नाले १ गोल गरेका थिए ।  जितसँगै समूहमा 'बि' मा ९ अंक सहित समूह विजेता बन्दै नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश गरेको हो ।  नेपाल पुलिस क्लबले समूह 'ए' को उपविजेता सँग कात्तिक २ गते सेमिफाइनल खेल खेल्नेछ ।   

नेपाल प्रहरीको महिला क्रिकेट टिम फाइनल प्रवेश
२०७९-०६-३१

कास्की, पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत सोमबार भएको महिला २०-२० क्रिकेट खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशनलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । ११ औं राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता अन्तर्गत सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई ३६ रनले पराजित गरेको हो । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय २३ रनको योगफल तयार बनाएको थियो । जवाफी ब्याटिङमा आएको बागमती प्रदेशले २० ओभरमा ८ विकेटको क्षतिमा ८७ रन मात्र बनाएको थियो ।  प्रतियोगिता अन्तर्गत ब्याटिङतर्फ नेपाल पुलिस क्लबकी काजल श्रेष्ठले ४६ रन, कविता कुँवरले २६ रन, अप्सरी बेगमले ६ रन, रुबिना क्षेत्रीले नटअउट १७ रन र कविता जोशीले नटआउट १५ रन जोडेका थिए भने अतिरिक्त १३ रन प्राप्त भएको थियो । बलिङतर्फ नेपाल पुलिस क्लबकी कविता कुँवरले ३ विकेट, ईश्वरी विष्टले २ विकेट, रूबिना क्षेत्री र संगिता राईले समान १ विकेट लिएका थिए ।  खेलमा ब्याटिङमा ३५ बल खेल्दै २ चौका र १ छक्का सहित २६ रन तथा बलिङमा ३ विकेट लिएकी नेपाल पुलिस क्लबकी कविता कुँवर प्लेयर अफ द म्याच घोषित भइन् । नेपाल प्रहरीको महिला क्रिकेट टिमले कात्तिक १ गते सशस्र प्रहरीको महिला क्रिकेट टिमसँग स्वर्ण पदकको लागि फाइनल प्रतिस्पर्धा गर्नेछ ।  

नेपाल प्रहरीको महिला फुटबल टिम सेमिफाइनल प्रवेश
२०७९-०६-३०

स्याङजा, नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत आइतबार भएको महिला फुटबल खेलमा नेपाल पुलिस क्लबले समूह चरणको दोस्रो खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।   स्याङजाको वालिङमा भएको खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई १०-० गोल अन्तरले पराजित गरेको हो । नेपाल पुलिस क्लबको लागि रेखा पौडेलले ६ गोल, निर्मला बिकले २ गोल, दिपा न्यौपानेले १ गोल र अनुस्का शेर्पाले १ गोल गरेका थिए ।   जितसँगै नेपाल प्रहरीको महिला फुटबल टिम समूह 'ए' मा ६ अंक सहित समूह विजेता बन्दै सेमिफाइनममा प्रवेश गरेको छ । नेपाल प्रहरीको महिला फुटबल टिमले कात्तिक १ गते समूह 'सि'को उपविजेता सँग सेमिफाइनल खेल खेल्नेछ ।

नेपाल प्रहरीको पुरूष हक्की टिम दोस्रो खेलमा पनि विजयी
२०७९-०६-३०

  कास्की, पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत आइतबार भएको पुरूष हक्की खेलमा नेपाल पुलिस क्लबले दोस्रो जित हात पारेको छ ।  पोखरास्थित गौरीशंकर खेल मैदान ह्‍याम्जामा भएको खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । नेपाल पुलिस क्लबको लागि केशवराज जोशी, महेश धामी, शशी दर्लामी र श्रवण कुमार तामाङले समान १ गोल गरेका थिए ।  दुई समूहमा विभाजित पुरूष हक्की प्रतियोगितामा नेपाल पुलिस क्लब समूह 'बि' मा रहेको छ । जसमा कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेश रहेका छन् । नेपाल पुलिस क्लबले समूह चरणको अन्तिम खेल लुम्बिनी प्रदेश सँग असोज ३१ गते खेल्नेछ ।   

नेपाल प्रहरीको पुरूष भलिबल टिम दोस्रो खेलमा पनि बिजयी
२०७९-०६-२९

कास्की, पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत शनिबार भएको पुरूष भलिबल खेलमा नेपाल पुलिस क्लबले आफ्नो दोस्रो खेलमा पनि सफलता प्राप्त गरेको छ । पोखरा रंगशालामा संचालित खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई २५-१२, २५-८ र २५-२१ को सोझो सेटमा पराजित गरेको हो । जितसँगै नेपाल प्रहरीको पुरूष भलिबल टिम समूह 'ए' को विजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेको छ । नेपाल पुलिस क्लबले आगामी खेल कात्तिक १ गते समूह 'सि' को उपविजेतासँग क्वाटरफाइनल खेल खेल्नेछ । यसैगरी नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत पोखरा रंगाशालामा भएको लन टेनिस खेलमा नेपाल प्रहरीका खेलाडीहरू विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् । पुरूष सिङलतर्फ आर्यान गिरी र पुरूष डबलतर्फ आर्यान गिरी तथा प्रणव मानन्धरले आफ्नो खेलमा विजयी हुँदै सेमिफाइनल प्रवेश गरेका हुन् ।

नेपाल प्रहरीको महिला फुटबल टिमको विजयी सुरूवात
२०७९-०६-२७

स्याङजा, नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत बिहीबार भएको महिला फुटबल खेलमा नेपाल पुलिस क्लब आफ्नो पहिलो खेलमा विजयी भएको छ । स्याङजाको वालिङमा भएको उक्त खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई ५-० गोल अन्तरले पराजित गरेको हो । नेपाल पुलिस क्लबको लागि निरु थापाले २ गोल र रेखा पौडेलले ३ गोल गरेका थिए । तीन समूहमा विभाजित महिला फुटबल प्रतियोगितामा नेपाल प्रहरीको महिला फुटबल टिम समूह ‘ए’ मा रहेको छ । जसमा नेपाल पुलिस क्लब, बागमती प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् । नेपाल पुलिस क्लबले समूह चरणको अन्तिम खेल लुम्बिनी प्रदेशसँग असोज ३० गते खेल्ने छ । 

नेपाल प्रहरीको महिला क्रिकेट टिम दोस्रो खेलमा पनि विजयी
२०७९-०६-२६

कास्की, पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत बुधबार भएको महिला २०-२० क्रिकेट खेलमा नेपाल पुलिस क्लब दोस्रो खेलमा पनि विजयी भएको छ । ११ औं राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले आफ्नो दोस्रो खेलमा १ नम्बर  प्रदेशलाई १ सय १८ रनले पराजित गरेको हो । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपाल पुलिस क्लबले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ५८ रनको योगफल तयार बनाएको थियो । जवाफी ब्याटिङमा आएको १ नम्बर प्रदेशले २० ओभरमा ८ विकेटको क्षतिमा ४० रन मात्र बनाएको थियो ।  प्रतियोगिता अन्तर्गत ब्याटिङतर्फ नेपाल पुलिस क्लबकी कविता कुँवरले ३७ रन, काजल श्रेष्ठले ६ रन, सम्झना खड्काले ६० रन, अप्सरी बेगमले २१ रन र रूबिना क्षेत्रीले १६ रन जोडेका थिए भने अतिरिक्त १८ रन प्राप्त भएको थियो । बलिङतर्फ नेपाल पुलिस क्लबकी सबनम राई, कविता कुँवर र कविता जोशीले समान १ विकेट लिएका थिए र हिरुमई रायले ३ विकेट लिएकी थिइन । खेलमा ४३ बलमा १० चौका सहित ६० रन बनाएकी नेपाल पुलिस क्लबकी सम्झना खड्का प्लेयर अफ द म्याच घोषित भइन् । जितसँगै नेपाल प्रहरीको महिला क्रिकेट टिम समूह 'बी' मा ४ अंक सहित पहिलो स्थानमा रहेको छ । नेपाल प्रहरीको महिला क्रिकेट टिमले असोज २८ गते लुम्बिनी प्रदेश सँग तेस्रो खेल खेल्नेछ ।                        

हलुका सवारी चालक उन्नत तालिम शुरू
२०७९-०६-२५

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा २५ औं समूहको हलुका सवारी चालक उन्नत तालिम संचालन भएको छ ।उक्त तालिमको सोही महाशाखाका प्रहरी उपरीक्षक ई. कमलेन्द्र लाल कर्णले महाशाखामा मंगलबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । सो अवसरमा प्रहरी उपरीक्षक कर्णले दक्ष हलुका सवारी चालक जनशक्ति उत्पादन गर्नु तालिमको उद्देश्य रहेको उल्लेख गर्दै प्रशिक्षकहरुबाट दिईएको ज्ञान र सिपलाई अनुशासित भएर हासिल गर्न प्रशिक्षार्थीहरूलाई आग्रह गर्नुभयो । कार्यक्रममा प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा १६ दिन कार्य अवधिको उक्त तालिममा प्रहरी वरिष्ठ हवल्दार १ जना,  प्रहरी हवल्दार ३ जना, प्रहरी सहायक हवल्दार ६ जना र प्रहरी जवान १८ जना गरी जम्मा २८ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

नेपाल प्रहरीको महिला क्रिकेट टिमको विजयी सुरूवात
२०७९-०६-२४

कास्की, पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत सोमबार भएको महिला २०-२० क्रिकेट खेलमा नेपाल पुलिस क्लब आफ्नो पहिलो खेलमा विजयी भएको छ । ११ औं राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको हो । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित १६ ओभरको खेलमा ६ विकेटको क्षतिमा १ सय १० रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा आएको कर्णाली प्रदेश १०.२ ओभरमा ७ विकेटको क्षतिमा १७ रन बनाएको अवस्थामा वर्षाले खेल प्रभावित भएपछि डिएल मेथोडको आधारमा नेपाल पुलिस क्लब विजयी भएको हो । खेलमा सर्वाधिक २५ रन बनाएकी नेपाल पुलिस क्लबकी सम्झना खड्का प्लेयर अफ द म्याच घोषित भइन् । प्रतियोगिता अन्तर्गत ब्याटिङतर्फ नेपाल पुलिस क्लबकी कविता कुँवरले १६ रन, काजल श्रेष्ठले १६ रन, सम्झना खड्का २५ रन, अप्सरी बेगमले ४ रन, रेवती धामीले १४ रन, कविता जोशीले ८ रन र रूबिना क्षेत्रीले ९ रन जोड्दै उक्त योगफल बनाएका थिए भने बलिङतर्फ सबनम राई, संगिता राई, कविता जोशी, ईश्वरी बिष्ट र हिरुमई रायले समान १ विकेट लिएका थिए ।  दुई समूहमा विभाजित महिला क्रिकेट प्रतियोगितमा नेपाल प्रहरीको महिला क्रिकेट टिम समूह 'बी' मा रहेको छ । जसमा कर्णाली प्रदेश, १ नम्बर प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् । समूह 'ए' मा सशस्त्र प्रहरी, मधेश प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश रहेका छन् । नेपाल प्रहरीको महिला क्रिकेट टिमले असोज २६ गते १ नम्बर प्रदेशको टिमसँग दोस्रो खेल र असोज २८ गते लुम्बिनी प्रदेशसँग तेस्रो खेल खेल्नेछ ।  नवौँ राष्ट्रिय खेलकुद २०७९ मा नेपाल प्रहरीको तर्फबाट विभिन्न खेलमा ४९५ जना खेलाडी र ९२ जना अफिसियल गरी कुल ५८७ जनाको सहभागिता रहेका छन् । एथलेटिक्स,  क्रिकेट, फुटबल, आई टि एफ तेक्वान्दो, आर्चरी, उसु, कबड्डी, कराँते, कुस्ती, खो–खो, गल्फ, जुडो, टेबल–टेनिस, ट्रायथलन, तेक्वान्दो, पौडी, फुल कन्ट्याक्ट कराँते, बक्सिङ, बास्केटबल, बुद्धिचाल, भलिवल, भारोत्तोलन, रग्बी (7A Side), लन टेनिस, व्याडमिन्टन, शारीरिक सुगठन, सफ्ट टेनिस, सुटिङ र हक्कीमा नेपाल प्रहरीका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।       

नेपाल प्रहरीलाई ४० थान ब्रेथलाइजर सहितका सामग्री हस्तान्तरण
२०७९-०६-१४

काठमाडौं, विश्‍व स्वास्थ्य संगठन नेपाल शाखा र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयुक्त सहयोगमा नेपाल प्रहरीलाई ४० थान ब्रेथलाइजर र ब्रेथलाइजरमा प्रयोग हुने आवश्यक उपकरण २४ हजार थान सामग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास र विश्व स्वास्थ्य संगठन नेपाल शाखाका प्रतिनिधि डा. एलिसनले नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका निमित्त प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त बहादुर कुँवरलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा शुक्रबार आयोजित एक क्रार्यक्रमबीच संयुक्त रुपमा उक्त सामग्रीहरू हस्तान्तरण गर्नुभएको हो ।उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक कुँवरले हस्तान्तरण भएका सामग्रीहरू सवारी साधनको बढी भीडभाड हुने स्थानमा रहेका ट्राफिक प्रहरी कार्यालयमा ब्रेथलाइजर वितरण गरिने उक्त अवसरमा जानकारी दिनुभयो । कार्यक्रममा महाशाखाका निर्देशक डा.चुमनलालले सवारी चालकहरूले मादक पदार्थ सेवन गरे/नगरेको परीक्षण गरी सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि नेपाल प्रहरीलाई सहयोग हुने बताउनुभयो । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने सवारी चालकलाई ध्यानमा राखी दुर्घटना न्यूनिकरण गर्न उक्त सामग्रीहरू हस्तान्तरण गरिएको उक्त अवसरमा जानकारी दिइयो । प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय व्यवस्थापक महाशाखाका निर्देशक डा. सर्वेश शर्मा, रोड सेप्टी काउन्सिलका प्रतिनिधि सरोज प्रधान, उपभोक्ता हित संरक्षण मंचका अध्यक्ष ज्योती बानिया, स्वास्थ्य सेवा विभाग कुष्ठरोग तथा अपाङ्गता व्यवस्थापन महाशाखाका डा.रवीन्द्र बासकोटा र प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपलाई कदरपत्र प्रदान
२०७९-०६-१३

काठमाडौं, नेपाललाई पर्यटकमैत्री तथा सुरक्षित पर्यटकीय गन्तव्य स्थल बनाउने अभियानमा उल्लेखनीय योगदान पुर्‍याए बापत पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपलाई उच्च प्रशंसा र सम्मान स्वरुप कदरपत्र प्रदान गरिएको छ । ४३ औं विश्‍व पर्यटन दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीको प्रमुख आतिथ्यता तथा पर्यटन विभागका प्रमुख होम प्रसाद लुईटेल र पर्यटन बोर्डका कार्यकारी निर्देशक धनन्जय रेग्मीको उपस्थितिमा मंगलबार नेपाल पर्यटन बोर्डको हल भृकुटीमण्डपमा आयोजित कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको हो । 

हलुका सवारी चालक तालिम समापन
२०७९-०६-१२

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालित २४औं समूहको हलुका सवारी चालक तालिम बुधबार समापन भएको छ । उक्त अवसरमा सोही महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक ई. दिनेश केसीले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै प्रशिक्षार्थीले तालिमबाट प्राप्त गरेका ज्ञान, सिप र दक्षतालाई आ-आफ्नो कार्य क्षेत्रमा जिम्मेवारी पूर्वक त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक ई. अन्जनराज खरेलले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत साउन १७ गतेदेखि संचालित उक्त तालिममा प्रहरी सहायक हवल्दार ७ जना र प्रहरी जवान २५ जना गरी कुल ३२ जना प्रशिक्षार्थीहरु सहभागिता रहेको जानकारी दिनुभयो ।

ईलाका प्रहरी कार्यालय बेलबारीको नवनिर्मित कार्यालय भवन उद्‍घाटन
२०७९-०६-११

मोरङ, १ नम्बर प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीको प्रमुख आतिथ्यमा ईलाका प्रहरी कार्यालय बेलवारीको नवनिर्मित कार्यालय भवनको मंगलबार बिहान उद्‍घाटन भएको छ । भवन उद्‍घाटन पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले जनताको जीउधनको सुरक्षाको प्रमुख जिम्मेवारी बोकेको प्रहरी पहिला आफैमा सुरक्षित हुनुपर्ने भएकोले प्रहरी बस्ने भवन सुरक्षित र व्यवस्थित बनाउन प्रदेश सरकार हरदम तयार रहेको बताउनुभयो । कार्यक्रममा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने गरी खटिने प्रहरीको गाँस, बास र कपासमा सरकारले बिशेष ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले धन्यवाद ज्ञापन गर्दै चौबिसै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरुलाई भौतिक सुबिधा सम्पन्न यस्ता भवनले थप मनोवल बढ्ने र हौसलाका साथ दुरुस्त भई कार्यक्षेत्रमा खटिन प्रेरणा मिल्ने बताउनुभयो । उक्त साँढे २ तले नवनिर्मित भवन १ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट विनियोजित २ करोड २९ लाख १३ हजार २ सय ७६ रुपैया २५ पैसाको लागतमा निर्माण कार्य सम्पन्न भएको हो । कार्यक्रममा स्थानीय जन प्रतिनिधिहरु, नागरिक समाजका प्रमुख तथा प्रतिनिधिहरु, संचारकर्मी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो । 

आत्महत्या न्यूनीकरण सम्बन्धी विशेष सचेतना कार्यक्रम सम्पन्न
२०७९-०६-०२

काठमाडौं, गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा आत्महत्या न्यूनीकरण सम्बन्धी विशेष सचेतना कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आइतबार सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको तत्वावधानमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा आयोजित उक्त कार्यक्रमको शुरुमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू, विभिन्न विद्यालयका शिक्षक तथा शिक्षिका, विद्यार्थीहरु एवम् सरोकारवाला निकायहरुका प्रतिनिधिहरुको सहभागितामा समुदाय-प्रहरी साझेदारीअन्तर्गत आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेटसहितको प्रभातफेरि प्रदर्शनीमार्गबाट शुभारम्भ भई पदमोदय मोड, पुतलीसडक, कमलादी हुँदै उक्त प्रतिष्ठानमा आएर कार्यक्रममा परिणत भएको थियो । गृहमन्त्री खाणले पानसमा दीप प्रज्वलन तथा गमलामा जल सिंचन गरी उद्‍घाटन भएको उक्त कार्यक्रममा समाजमा कुनै पनि नेपालीको अकालमा मृत्यु नहोस् भन्नेतर्फ नेपाल सरकार सजग र प्रतिवद्ध रहेको बताउनुभयो । साथै उहाँले राज्यको पहिलो दायित्व नै आम नागरिकको जीवन रक्षा गर्ने भएको उल्लेख गर्दै वर्तमान सरकार नागरिकको जीवन रक्षाको लागि प्रतिवद्ध रहेको एवम् नेपाल प्रहरीले जन धनको रक्षा, शान्ति सुरक्षाको लागि प्रतिवद्धतापूर्वक बलिदानीपूर्ण कार्य गरिरहेको बताउनुभयो । राष्ट्रका कर्णधार युवा भाइबहिनीहरूको सहभागिताले प्रतिबद्धता र सचेतना थपेको चर्चा गर्दै गृहमन्त्री खाणले भन्नुभयो, “यो कार्यक्रमको माध्यमबाट देशभरिकै आम नागरिकहरू कसैले पनि आत्महत्याको बाटो नरोज्नुहोस् । जीवन महत्वपूर्ण छ, जीवनको जन्म र सृष्टि राम्रा कार्यका लागि भएको छ, आफ्नो जीवनलाई अझै महत्वपूर्ण बनाऊँ, आफ्नो क्षमतालाई अभिबृद्धि गराऊँ, अरुलाई सहयोग गर्ने काम गरौँ ।” सहभागी युवाहरूले समाजमा सचेतना जगाउन तथा नेपालमा आत्महत्याको घटनालाई न्यूनीकरण गर्ने र रोक्ने प्रतिवद्धता गर्न उहाँले आग्रह गर्नुभयो । नागरिक सुरक्षा र हितका लागि सुरक्षा निकायहरूको क्षमता अभिवृद्धि, आधुनीकिकरण, साधन स्रोतको समुचित प्रबन्ध गर्नेतर्फ नेपाल सरकार प्रतिवद्ध रहेको र यसमा समस्त जनप्रतिनिधिहरूले पनि साथ दिने विश्चास उहाँले व्यक्त गर्नुभयो ।  कार्यक्रममा महान्यायाधिवक्ता खम्मबहादुर खातीले नेपालमा आत्महत्या बढ्दो अवस्थामा रहेको र आत्महत्या हुनुका कारण तथा समस्याहरू पहिचान गरेर त्यस्ता घटनाहरू न्यूनीकरण गर्न सबै सरोकारवाला निकायहरुको समन्वय आवश्यक रहेको बताउनुभयो । आत्महत्या रोकथाम तथा न्यूनीकरणको लागि विभिन्न सचेतना कार्यक्रम अत्यन्तै महत्वपूर्ण हुने चर्चा गर्दै उहाँले यसका लागि सामुदायिक क्रियाकलापमा सहभागिता, सकारात्मक सोंच, काउन्सिलिङ लगायतका कार्यहरूमा जोड दिनुपर्ने बताउनुभयो ।  उक्त अवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आत्महत्याको मुख्य कारकको रूपमा डिप्रेसन पनि भएको उल्लेख गर्दै आफ्नो कमजोरी तथा असफलतालाई नकारात्मक सोच्न नहुने र असफलताले नै सफलताको मार्ग प्रशस्त गर्ने भएकोले सकारात्मक सोंचका साथ अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।  कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नागरिकको जीवन रक्षा गर्ने नेपाल प्रहरीको मूल दायित्व बोध गरी नेपाल प्रहरीको कार्ययोजना, २०७९ अन्तर्गत आत्महत्या न्यूनीकरण कार्यक्रम अनुरूप देशभर आत्महत्या दरलाई न्यूनीकरण गर्न आम नागरिकलाई सुसूचित गराउने उद्देश्य एवम् नेपाल प्रहरीको एकल प्रयासमा आत्महत्या रोकथाममा उल्लेखनीय सफलता हासिल गर्न नसकिने भएकोले सरोकारवाला निकायहरूको बृहत् सहभागितामा यो कार्यक्रम संचालन गरिएको बताउनुभयो  ।  आत्महत्या पछाडि व्यक्तिको मानसिकतासँगै सामाजिक, आर्थिक र व्यक्तिगत कारणहरू हुने सक्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले आत्महत्या रोकथामलाई सदैव प्राथमिकतामा राख्दै आएको बताउनुभयो । आत्महत्याको कारणहरू पहिल्याउँदै सम्बन्धित सरोकारवालाहरू सक्रिय भई आ-आफ्नो भूमिका अनुरूप उपयुक्त र प्रभावकारी हस्तक्षेप गर्न सकेमा आत्महत्याको दरमा कमी आउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।  कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य, गृहमन्त्रालयका सहसचिव गोविन्द प्रसाद रिजाल, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले आ-आफ्नो मन्तव्य व्यक्त गर्दै आत्महत्या रोकथाम तथा न्यूनीकरणमा नेपाल सरकार र सम्वद्ध सबै निकाय एवम् संघसंस्थाबीच हातेमालो गरी अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।   काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र बहादुर धानुकले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी अस्पतालका मनोचिकित्सक प्रहरी उपरीक्षक डा. आशिस दत्तले आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।  कार्यक्रममा सामुदायिक सेवा केन्द्रहरूको तर्फबाट सामुदायिक सेवा केन्द्र गोंगबुका अध्यक्ष राकेश सिंह, विद्यालयकोतर्फबाट अरनिको ईन्टरनेश्नल सेकेण्डरी स्कुल एण्ड कलेज ताल्छिखेलका किरण जंग बिष्टले आत्महत्या न्यूनीकरणमा सचेतना कार्यक्रमको महत्व बारेमा आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा गृहमन्त्रालयका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, नागरिक समाज, संचारकर्मीहरु, विद्यार्थी एवम् आमन्त्रित महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।   विश्वभर बढ्दो आत्महत्याको दरलाई न्यूनीकरण गर्न सर्वपक्षीय सहभागितामा आमनागरिकलाई सुसूचित गराउने उद्देश्यले सन् २०२१ देखि सन् २०२३ सम्मको लागि तय गरिएको विश्व आत्महत्या रोकथाम दिवस सम्बन्धी अन्तर्राष्ट्रिय नारा ‘कर्म मार्फत आशाको सृजना गरौं’ भन्ने मूल नाराका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो । साथै सातै प्रदेशको राजधानीमा प्रदेश स्तरीय र सबै जिल्ला र सदरमुकामहरूमा समेत समुदाय-प्रहरी साझेदारीको ब्यानरमा विभिन्न कार्यक्रमको आयोजना गरी आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम संचालन गरिएको छ । 

३१ जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान
२०७९-०५-३१

काठमाडौं, नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीले ३१ जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही कार्यालयमा २७ औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो । उक्त तालिम समापनका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो ।उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक कडायतले तालिमको अवधिमा सिकेका विभिन्न ज्ञान, सीप र कौशललाई उपयोग गरी कार्यक्षेत्रमा गरिने काममा परिवर्तन तथा निखरता ल्याउन सकेमा मात्र तालिमको औचित्य पुष्टी हुने विचार व्यक्त           गर्नुभयो । यस्ता किसिमका तालिम प्रहरी हुँदा मात्र नभई अवकाशपछि पनि आफ्नो क्षेत्रमा हुने विपद्जन्य घटना न्यूनीकरण गर्न समेत अत्यन्तै महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।  कार्यक्रममा तालिम संयोजक प्रहरी उपरीक्षक बाल नरसिंह राणाले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गत साउन ८ गतेदेखि संचालित उक्त तालिममा प्रहरी नायव निरीक्षक १ जना, प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हवल्दार ४ जना, प्रहरी सहायक हवल्दार ६ जना र प्रहरी जवान १९ जना गरी जम्मा ३१ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो । 

नेपाल प्रहरी प्रधान कार्यालय र पतंजलि योग समिति नेपालबीच सम्झौता-पत्रमा हस्ताक्षर
२०७९-०५-३०

    काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी प्रधान कार्यालय र पतंजलि योग समिति नेपालबीच नेपाल प्रहरी अन्तर्गतका कार्यालयहरूमा योगाभ्यास गराउने सम्बन्धी सम्झौता-पत्रमा हस्ताक्षर भएको छ ।  नेपाल प्रहरीको तर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग वृत्ति विकास महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सुशील सिंह राठौर र पतंजलि योग समिति नेपालको तर्फबाट सोही समितिका मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्रले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी कर्मचारीहरूले योगको माध्यमबाट थप उर्जा प्राप्त गरी सक्रियताका साथ सेवा प्रवाहमा लाग्ने विश्वास व्यक्त गर्नुभयो । सम्झौतापत्रमा हस्ताक्षर हुनुपूर्व पनि नेपाल प्रहरी प्रधान कार्यालय र विभिन्न तालिम प्रदायक कार्यालयहरूले योगाभ्यास गराउँदै आइरहेको चर्चा गर्दै आगामी दिनमा नेपाल प्रहरीले संस्थागत रूपमा योगाभ्यासका लागि प्रहरीबाटै दक्ष जनशक्ति उत्पादन गराउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।  कार्यक्रममा पतंजलि योग समिति नेपालका संरक्षक एवं पूर्व प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्र विक्रम महतले नेपाल प्रहरी र पतंजलि योग समितिबीचको सहकार्य एवं समन्वयमा विगतमा समेत विभिन्न योगाभ्यास गराउँदै आएको चर्चा गर्दै यो सम्झौता मार्फत आगामी दिनमा प्रहरी कर्मचारीहरू योगाभ्यासमा थप सहभागी हुने उल्लेख गर्नुभयो ।  कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक सुशील सिंह राठौरले शारीरिक, मानसिक र आत्मिकरूपमा स्वस्थ्य हुन योगाभ्यास महत्वपूर्ण हुने भएकोले यस सम्झौतामार्फत प्रहरी कर्मचारीहरू लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।     सम्झौता अनुरूप नेपाल प्रहरी अन्तर्गतका तोकिएका कार्यालयहरू तथा तालिम प्रदायक निकायहरूमा संचालित तालिमका प्रशिक्षार्थीहरूलाई योगाभ्यास गराउने र तालिम प्रदायक निकायहरूमा योग प्रशिक्षक प्रशिक्षण गराउने लक्ष्य रहेको छ ।  कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू एवं पतंजलि योग समिति नेपालका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । 

ट्राफिक नियन्त्रण १४५ औं समूहको तालिम सञ्चालन
२०७९-०५-३०

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय  रामशाहपथमा १४५ औं समूहको ट्राफिक नियन्त्रण तालिम सञ्चालन भएको छ ।    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीले सोही कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच उक्त तालिमको उद्‍घाटन गर्नुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक दल राम टमटाले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ दिन कार्य अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार ३ जना, प्रहरी सहायक हवल्दार १८ जना र प्रहरी जवान ४२ जना गरी कुल ६३ जना प्रशिक्षार्थीहरु सहभागी रहेको जानकारी दिनुभयो ।

५४ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान
२०७९-०५-२७

काठमाडौं, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५४ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तालिम १४४औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।सोही कार्यालयमा सोमबार आयोजित तालिम समापन कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक भट्टले ट्राफिक प्रहरीले कानुन संम्मत ढंगले संयमित, धर्यवान र कर्तव्यनिष्ठ भएर तालिममा प्राप्त गरेको ज्ञान सिपलाई व्यवहारमा उतारी ट्राफिक व्यवस्थापनमा आफ्नो उत्कृष्ट योगदान दिनुपर्ने बताउनुभयो ।  कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत साउन ३ गतेदेखि संचालित उक्त तालिममा प्रहरी हवल्दार ४ जना, प्रहरी सहायक हवल्दार ११ जना र प्रहरी जवान ३९ जना गरी जम्मा ५४ जना प्रशिक्षार्थीहरूले सफलतापूर्वक तालिम हासिल गरेको जानकारी दिनुभयो ।

इलेक्ट्रोनिक अटो टेम्पो हस्तान्तरण
२०७९-०५-२५

मोरङ, इटहरी उपमहानगरपालिका-६ स्थित बजाज सोरुमले १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरलाई ९ सिट क्षमताको एउटा बिद्युतिय अटो टेम्पो हस्तान्तरण गरेको छ ।समुदाय-प्रहरी साझेदारी कार्यक्रमको अवधारणा अनुरुप शुक्रबार आयोजित कार्यक्रमबीच बजाज सोरुमका प्रवन्धक प्रदिप सन्थालियाले चालक सहित ९ सिट क्षमता भएको बिद्युतीय अटो टेम्पो १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीलाई हस्तान्तरण गर्नुभएको हो ।कार्यक्रममा प्रहरी नायव महानिरीक्षक गिरीले उक्त बिद्युतिय अटो टेम्पो बिशेष गरी आत्महत्या रोकथाम तथा न्यूनिकरण अभियान एवम् प्रहरी गस्ती पेट्रोलिङको लागि परिचालन हुने उल्लेख गर्नुभयो । कार्यक्रममा बजाज सोरुमका प्रवन्धक सन्थालियाले प्रहरी नागरिकको निम्ति अहोरात्र खटि रहेको चर्चा गर्दै आगामी दिनहरुमा समेत प्रहरीलाई आवश्यक सहयोग गर्दै जाने बताउनुभयो । 

प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीबाट मिसनबाट स्वदेश फिर्ता भएको टोलीलाई स्वागत
२०७९-०५-२२

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीले संयुक्त राष्ट्र संघको अनुरोधमा शान्ति स्थापनार्थ दक्षिण सुडानस्थित अनमिस (UNMISS) मिसनमा खटिई आफ्नो एक वर्ष कार्यकाल सफलतापूर्वक सम्पन्न गरी स्वदेश फिर्ता भएको प्रहरी टोलीलाई बुधबार स्वागत गर्नुभयो । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक लोहनीले संगठनले दिएको जिम्मेवारीलाई संयुक्त राष्ट्र संघको मापदण्ड अनुरुप उच्च मनोबलका साथ प्रभावकारी रुपमा पुरा गरी स्वदेश फिर्ता भएकोमा बधाई दिनुभयो । स्वदेशमा पनि संगठनले दिएको जिम्मेवारीलाई रचनात्मक तरिकाबाट पुरा गर्न मन, वचन र कर्मले तयार रहनु पर्ने उहाँले बताउनुभयो । २०७८ साउन ३१ गते खटिई गई गत साउन ३१ गते स्वदेश फिर्ता भएको उक्त टोलीमा प्रहरी निरीक्षक १ जना, प्रहरी वरिष्ठ नायव निरीक्षक ८ जना, प्रहरी नायव निरीक्षक २ जना र प्रहरी सहायक निरीक्षक २ जना गरी जम्मा १३ जना प्रहरी कर्मचारीको सहभागिता रहेको थियो । 

निमित्त प्रहरी महानिरीक्षक सहकुल बहादुर थापाबाट प्रदेश प्रहरी प्रमुख लगायत मातहत कार्यालयका प्रमुखहरूलाई निर्देशन
२०७९-०५-१४

काठमाडौं, निमित्त प्रहरी महानिरीक्षक सहकुल बहादुर थापाले प्रदेश प्रहरी प्रमुख, ब्यूरो प्रमुख, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख र प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरुलाई समसामयिक विषयमा नेपाल प्रहरी प्रधान कार्यालयमा भर्चुअल रुपमा भिडियो कन्फ्रेन्स मार्फत् मंगलबार निर्देशन दिनुभएको छ ।  उक्त अवसरमा निमित्त प्रहरी महानिरीक्षक थापाले अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्राथमिकतामा राखी चाडबाड केन्द्रीत सुरक्षा योजना बनाई काम गर्न निर्देशन दिनुभयो । प्रविधिजन्य तथा आर्थिक अपराधको अनुसन्धानमा अझ बढि संवेदनशील हुनुपर्ने उल्लेख गर्दै आगामी दिनमा आउन सक्ने चुनौतिहरूको बिश्लेषण गरी सोही अनुरूप कार्ययोजना बनाई आगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  निमित्त प्रहरी महानिरीक्षक थापाले चाडबाडको बेलामा हुन सक्ने सडक दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला निकायसँग आवश्यक समन्वय एवं सहकार्य गरी अगाडि बढ्न समेत निर्देशन दिनुभयो । आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र धाँधली रहित तवरले सम्पन्न गर्नका लागि आवश्यक तयारी गर्न समेत उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक अरुण कुमार बिसी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायव महानिरीक्षक श्याम ज्ञवाली, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक मीरा चौधरी, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक किरण राणा लगायतका प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो । 

प्रहरी जवान आधारभूत तालिमका ५ हजार १ सय ३१ जना प्रहरी जवान दीक्षित
२०७९-०५-०९

काठमाडौं, विभिन्न प्रदेश प्रहरी तालिम केन्द्र तथा गणहरूमा २०७८ असोज १७ गतेदेखि संचालित प्रहरी जवान आधारभूत तालिममा सहभागी ५ हजार १ सय ३१ जना प्रहरी जवानहरू बिहीबार दीक्षित भएका छन् । ती मध्ये ७ सय १४ जना महिला र ४ हजार ४ सय १७ जना पुरूष रहेका छन् ।१ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको दीक्षान्त समारोहमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त दीक्षान्त समारोहमा १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र बिराटनगरका ५ सय २४ जना, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी सुनसरीका ९२ जना र १ नम्बर प्रदेश प्रहरी गण बिराटनगरका ९८ जना गरी जम्मा ७ सय १४ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर राजविराजको दीक्षान्त समारोहमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक मसऊद आलम खाँले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त तालिम केन्द्रबाट ३ सय ७ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् ।बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीको दीक्षान्त समारोहमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त तालिम केन्द्रबाट ५ सय २८ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् । साथै बागमती प्रदेश प्रहरी गण हेटौंडाको दीक्षान्त समारोहमा वागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण  गर्नुभयो । संयुक्त रूपमा आयोजित उक्त कार्यक्रममा सो गणबाट १ सय ४२ जना र नेपाल प्रहरी विशेष सुरक्षा गण मकवानपुरबाट ९५ जना गरी २ सय ३७ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् ।नेपाल प्रहरी शिक्षालय भरतपुरको दीक्षान्त समारोहमा सोही शिक्षालयका प्रहरी नायव महानिरीक्षक सन्दिप भण्डारीले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त शिक्षालयबाट २ सय १२ जना प्रशिक्षार्थीहरू दीक्षित भएका   छन् ।गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराको दीक्षान्त समारोहमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त तालिम केन्द्रबाट ३ सय ८१ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलको दीक्षान्त समारोहमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्यायले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त तालिम केन्द्रबाट ४ सय ८६ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् । साथै नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल नवलपरासीबाट ९८ जना र लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर बाँकेबाट ९६ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् ।नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासीको दीक्षान्त समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरूङले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त महाविद्यालयबाट ४ सय ११ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् ।कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगंज)को दीक्षान्त समारोहमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त तालिम केन्द्रबाट ४ सय ८५ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् । साथै कर्णाली प्रदेश प्रहरी गण सुर्खेतबाट ९७ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् ।सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलको दीक्षान्त समारोहमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी नायव महानिरीक्षक मोहन कुमार आचार्यले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त तालिम केन्द्रबाट ३ सय ९३ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् । साथै सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र  (प्रहरी प्रशिक्षण स्थल  बुडर, डोटी) बाट २ सय ९७ जना, नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरबाट ९९ जना र सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीबाट ९८ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् ।काठमाडौं उपत्यका प्रहरी शिक्षालय महाराजगंजको दीक्षान्त समारोहमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक किरण राणाले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त शिक्षालयबाट ९५ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् ।नेपाल प्रहरी केन्द्रीय बिशेष कार्यदल कपनको दीक्षान्त समारोहमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विष्णु कुमार केसीले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त दीक्षान्त समारोहमा ९७ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् ।दीक्षान्त समारोहका प्रमुख अतिथिहरूले प्रहरी जवान आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीहरूलाई बधाई तथा सफलताको कामना व्यक्त गर्दै आवश्यक निर्देशनसमेत दिनुभएको थियो ।

प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकबाट मातहत प्रहरी कर्मचारीलाई निर्देशन
२०७९-०५-०६

काठमाडौं, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकले सोही कार्यालय तथा मातहत कार्यालयका प्रमुखहरूलाई कार्यालयको सभाहलमा  सोमबार  निर्देशन दिनु हुँदै उपत्यका प्रहरीको कार्यशैली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबिम्बको रूपमा रहने हुनाले अझै उत्कृष्ठ ढंगले कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरि भरपर्दो सुरक्षा योजना निर्माण गर्न मातहत कार्यालयलाई निर्देशन दिँदै प्रहरी  अतिरिक्त महानिरीक्षक धानुकले आउँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि आवश्यक समन्वय र सहकार्यमार्फत् स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने गरी तयारी गर्न समेत निर्देशन दिनुभयो । कसैको लोभ, प्रलोभन वा आश्वासनमा नपरि गैरकानूनी क्रियाकलापमा संलग्नलाई कानूनी दायरामा ल्याउन निर्देशन दिँदै उहाँले आर्थिक पारदर्शिता, महिला हिंसा, यौनजन्य हिंसालाई शुन्य सहनशिलतामा प्रहरी कारवाहीलाई अगाडी बढाउन र उपत्यकाको ट्राफिक व्यवस्थापनमा योजना बनाई कार्यान्वयन गर्न समेत निर्देशन दिनुभयो ।  कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, उपत्यकास्थित प्रहरी वृत्त तथा प्रभागका कार्यालय प्रमुखहरूको उपस्थिति रहेको थियो ।

श्रव्यदृश्य आधारभूत तालिम उद्‌घाटन
२०७९-०५-०५

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखामा संचालन हुने चौथो समूहको श्रव्यदृश्य आधारभूत तालिमको प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले आइतबार उद्‌घाटन गर्नुभयो ।सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले अपराध अनुसन्धान नेपाल प्रहरीको प्रमुख दायित्व भएकोले तालिमपश्चात प्राप्त हुने ज्ञान, सीपबाट श्रव्यदृश्य सामग्री निर्माणमा थप व्यावसायिक बन्न प्रशिक्षार्थीहरूलाई निर्देशन दिँदै यस्ता सामग्रीले अपराधको मिहिन रूपमा अनुसन्धान गर्न सहयोग पुग्ने भएकोले संवेदशील भएर सीप हासिल गर्नुपर्ने बताउनुभयो । तालिममा के सिकियो भन्दा पनि सिकेको सीपलाई कार्यक्षेत्रमा कसरी उतार्‍यो भन्ने कुरा महत्वपूर्ण रहने भएकोले त्यसतर्फ लगनशील एवं दत्तचित्त भएर प्रशिक्षणमा सहभागी हुन समेत उहाँले प्रशिक्षार्थीहरूलाई निर्देशन दिनुभयो । कुल ३० कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी सहायक निरीक्षक ४, प्रहरी हवल्दार २, प्रहरी सहायक हवल्दार १ र प्रहरी जवान १३ जना गरी जम्मा २० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

नेपाल प्रहरी श्रीमती संघको ३८औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
२०७९-०५-०४

काठमाडौं, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालयमा शनिबार आयोजित विशेष समारोहमा नेपाल प्रहरी श्रीमती संघको ३८औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । मन्त्री रेग्मीले पानसमा दिप प्रज्वलन गरी उद्‍घाटन गर्नुभएको उक्त कार्यक्रममा उहाँले संघबाट प्रकाशित वार्षिक स्मारिका "सहचरी" को विमोचन समेत गर्नुभयो । उक्त अवसरमा मन्त्री रेग्मीले संघलाई निरन्तर रूपमा सहकार्य गरी विभिन्न समाजसेवामूलक कार्यमा उल्लेखनीय सहयोग पुर्‍याउने राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियशन नेपालका अध्यक्ष पाण्डव हमाल र सहअध्यक्ष सुवास न्यौपाने, चितवन मेडिकल कलेज भरतपुर चितवनका सिइओ प्रताप देवकोटा, कलेज अफ मेडिकल साइन्स भरतपुरका डा. सुदिप राज केसी, एभरेष्ट कलेज, प्रिमियर कलेज, कोलम्बस कलेज, काठमाडौं नेशनल कलेज र वेदाज कलेजका संचालक विष्णुहरी पाण्डे तथा लर्ड बुद्ध एकेडेमी फाउन्डेसनका संचालक पंकज जलानलाई प्रशंसापत्र प्रदान गर्नुभयो । सो अवसरमा मन्त्री रेग्मीले नेपाल प्रहरी श्रीमती संघले आगामी दिनमा समाजको कमजोर असहाय एवं बिपन्न वर्गलाई सहयोग गर्नुको साथै क्षमता अभिवृद्धि एवं महिला सशक्तिकरण लगायतका कार्यलाई सहज तुल्याउन सशक्त र प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । साथै मन्त्री रेग्मीले महिलालाई हरेक क्षेत्रमा समान अधिकार दिलाउन सकेमा मात्र समानतामूलक समाज निर्माण गर्न सकिने बताउँदै घरभित्र मात्र नभई कुनै निकायबाट प्रदान हुने सेवाहरूमा पनि महिलाहरूलाई उत्तिनै समान व्यवहार हुनुपर्नेमा जोड दिनुभयो । महिलाविरुद्ध हुने हिंसा तथा भेदभावका गतिविधिलाई नेपाल प्रहरी श्रीमती संघले अझ नजिकबाट निर्‍यालेर हिंसा र भेदभावलाई समाप्त पार्न अझ बढी अग्रसर भएर लाग्न उहाँले आग्रह समेत गर्नुभयो ।     समारोहमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली महिला फुटबल टिमलाई पहिचान दिलाउन महत्वपूर्ण योगदानको कदर गर्दै ANFA WOMEN’S ASSOCIATION का अध्यक्ष पेमा डोल्मा लामा तथा फरक रूपमा सक्षम बालबालिकाहरूलाई अर्न्तदृष्टि संस्थामार्फत सेवा पुर्‍याँउदै आएका अर्न्तदृष्टि नेपालका संचालक नन्दा सिंहलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।  उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुम लता सिंहले कर्तव्यपालनाको सिलसिलामा अमरत्व प्राप्त गर्नुभएका अमर प्रहरी हवल्दार मनोज कुमार र श्रीमती आरती हमालका सुपुत्र हार्दिक हमाललाई ईलेक्ट्रिक स्कुटर हस्तान्तरण गर्नुभयो । साथै संघकी अध्यक्ष कुसुम लता सिंह र डिएभि कलेजका संचालक अनिल केडियाले ललितपुर थसीखेल बस्ने आदित्य अधिकारीलाई +2 अध्ययनको लागि पूर्ण दिवा छात्रवृत्ति प्रदान गर्नुभयो । समारोहमा संघकी अध्यक्ष सिंहले धन्यवाद मन्तव्य व्यक्त गर्दै संघलाई आजको अवस्थासम्म पुर्‍याउन विभिन्न माध्यमहरुद्वारा सहयोग उपलब्ध गराउनुहुने महानुभावहरु, संघ संस्थाहरु तथा सम्पूर्ण सहयोगीहातहरुप्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्तै मानवीय सहयोग र सेवाको निरन्तरताको अपेक्षा रहेको उल्लेख गर्नुभयो । संघलाई थप उर्जामूलक, सेवामूलक र उपलव्धीमूलक बनाई अझ बढी मानव केन्द्रित र विस्तारित सेवा दिँदै जाने विश्वास उहाँले व्यक्त गर्नुभयो । नेपाल प्रहरी श्रीमती संघकी महासचिव सुनम पोखरेलले स्वागत मन्तव्य तथा संघको वार्षिक कार्य प्रगति विवरण प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरुद्वारा सहचरी गीत प्रस्तुत गर्नुभएको थियो भने विभिन्न कलाकारहरूद्वारा साँस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो ।  समारोहमा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला कुमारी पराजुली, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु तथा पूर्व अध्यक्ष एवम् पूर्व पदाधिकारीहरु, नेपाली सेना र सशस्त्र प्रहरी श्रीमती संघका पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरु लगायत बरिष्ठ प्रहरी अधिकृतहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु एवम् आमन्त्रित अतिथिहरुको समेत उपस्थिति रहेको थियो ।

नेपाल प्रहरी श्रीमती संघको ३८औं वार्षीकोत्सवको अवसरमा घरेलु तथा हस्तकला प्रदर्शनी
२०७९-०५-०२

काठमाडौं, नेपाल प्रहरी श्रीमती संघको ३८औं वार्षिकोत्सवको अवसरमा संस्कृति, परम्परागत र पौराणिकताको सम्वर्द्धनका लागि नेपाल प्रहरी प्रधान कार्यालय नक्सालस्थित खेल मैदानमा बिहीबार घरेलु तथा हस्तकला प्रदर्शनी गरिएको छ । नेपाल प्रहरी श्रीमती संघको आयोजनामा भएको उक्त प्रदर्शनीमा स्वनिग : पासा पुच, प्रगति महिला समूह, साकुरा फ्लावर सेन्टर, सावह नेपाल लगायतका संघसंस्थाले विभिन्न घरेलु तथा हस्तकला प्रदर्शन गरेका थिए ।  नेपाल श्रीमती संघकी अध्यक्ष श्रीमती कुसुम लता सिंह, संघका पदाधिकारीहरू, नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरू, नेपाल प्रहरी स्कुल साँगा, नेपाल प्रहरी स्कुल सामाखुसी, एपेक्स स्कुल लगायत १३ वटा विभिन्न विद्यालयका विद्यार्थीहरुले उक्त प्रदर्शनी अवलोकन गर्नुभएको थियो ।  

आसरा सुधार केन्द्रको २४औं वार्षिक साधारणसभा सम्पन्न
२०७९-०४-३१

काठमाडौं, आसरा सुधार केन्द्रकी अध्यक्ष श्रीमती कुसुमलता सिंहको उपस्थितिमा आसरा केन्द्र रानिबारीको २४औं वार्षिक साधारणसभा सोही केन्द्रमा मंगलबार आयोजित कार्यक्रमबीच सम्पन्न भएको छ ।सो अवसरमा केन्द्रकी अध्यक्ष सिंहले सीमित स्रोत र साधनका बाबजुद पनि विगत २५ वर्षदेखि हालसम्म ५ हजार ६ सय ४५ जना पुरुष तथा महिला लागूऔषध प्रयोगकर्ताहरूलाई उपचारात्मक विधि अपनाई सुधारात्मक बाटोमार्फत् समाजमा पुनर्स्थापना गराउने कार्यमा केन्द्रले योगदान पुर्‍याएको बताउनुभयो । कल्याणकारी र परोपकारी सेवाभावका साथ जनचेतनामूलक कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा सञ्चालन गरी सेवा प्रवाहमा संख्यात्मक मात्र नभई गुणात्मक रुपमा सुधार गर्न केन्द्र कटिबद्ध रहेको उहाँले बताउनुभयो । उक्त केन्द्रकी सचिव रूपा थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको सो कार्यक्रममा केन्द्रकी कोषाध्यक्ष नबिना कार्कीले आ.व. २०७८/०७९ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रममा प्रहरी नायव महानिरीक्षक उमेश राज जोशी, आसरा सुधार केन्द्रका कार्यकारिणी समितिका पदाधिकारीहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, केन्द्रका सल्लाहकारहरू लगायत प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।

नेपाल प्रहरी श्रीमती संघको ३८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
२०७९-०४-३०

काठमाडौं,  नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको ३८औं वार्षिकोत्सवको अवसरमा भृकुटीमण्डपस्थित नेपाल पुलिस हेल्थ क्लब परिसरमा सोही संघद्वारा आयोजित रक्तदान कार्यक्रम सोमबार सम्पन्न भएको छ ।नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयलगायत उपत्यकास्थित विभिन्न कार्यालयमा कार्यरत १११ जना पुरुष र १२ जना महिला गरी जम्मा १२३ जना प्रहरी कर्मचारीहरूले रक्तदान गर्नुभयो ।यसैगरी सोही संघको ३८औं वार्षिकोत्सवको अवसरमा संघद्वारा काठमाडौं पशुपति मन्दिर परिसरमा आजै आयोजित रक्तदान कार्यक्रममा २२ जना पुरूष र ३० जना महिला गरी जम्मा ५२ जना महानुभावहरूले रक्तदान गर्नुभयो । ब्लड डनर एशोसियसन नेपाल काठमाडौंको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

बागमती प्रदेश स्तरीय अपराध अनुसन्धान गोष्ठी २०७९ सम्पन्न
२०७९-०४-२६

काठमाडौं, बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद शर्मा खनालको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल एवं बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको संयुक्त आयोजनामा “बागमती प्रदेश स्तरीय अपराध अनुसन्धान गोष्ठी-२०७९” मंगलबार सम्पन्न भएको छ ।  कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री खनालले पछिल्लो समय अपराधिक प्रवृत्तिमा परिवर्तन हुँदै गईरहेकोले अनुसन्धान अधिकृतको क्षमता विकास एवं प्रविधिमुलक अपराध अनुसन्धानका निमित्त अनुसन्धानमा प्रयोग हुने स्रोत साधनको व्यवस्थापनमा जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रममा बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता श्याम नारायण श्रेष्ठले पछिल्लो समय अपराधको ट्रेन्डमा परिवर्तन र यसको क्षेत्र फैलिदै गईरहेकोले प्रहरीलाई थप चुनौति थपिएको हुँदा प्रहरीले आफूलाई सोही अनुसार तयारी अवस्थामा राख्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले अपराध अनुसन्धान प्रविधिमैत्री हुनुपर्ने चर्चा गर्दै अपराध अनुसन्धान गर्ने तल्लो ईकाईमा बास्तविक अनुसन्धानमा देखिएका समस्याको बारेमा जानकारी लिने र समस्या समाधानमा यस गोष्ठी फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । सोही अवसरमा चितवन जिल्लाका जिल्ला न्यायाधीश रितेन्द्र थापाले अपराध अनुसन्धानका तीन अवयवहरु अनुसन्धान, अभियोजन र न्यायालयबीच निरन्तर समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । साथै चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले अपराध अनुसन्धान क्षेत्रलाई विशिष्टिकृत गरी मुद्धा शाखामा काम गर्ने प्रहरी कर्मचारीहरुलाई मोटिभेसन गर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा उच्च सरकारी वकिल कार्यालय हेटौंडाका सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले प्रहरीको क्षमता अभिवृद्धि गर्नुका साथै अनुसन्धानमा सरोकार राख्ने निकायसंगको समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।गोष्ठीमा पहिलो चरणको उद्‌घाटन कार्यक्रममा प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले स्वागत मन्तव्य एवं कार्यक्रमबारे प्रकाश पार्नु भएको थियो भने बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । गोष्ठीमा दोस्रो चरणको कार्यक्रममा बागमती प्रदेश अन्तर्गतका ६ वटा जिल्लाका जिल्ला प्रहरी कार्यालय प्रमुखहरुले अपराध अनुसन्धानको समग्र बस्तुस्थिति र अनुसन्धानमा गरिएका नवीन प्रयोगहरुको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।अपराध अनुसन्धानमा बढेको चुनौतिहरु र समाधानका उपायहरु पत्ता लगाउन अपराध अनुसन्धानमा नयाँ नयाँ प्रविधिको प्रयोग गर्ने, बागमती प्रदेश भित्रका अपराध अनुसन्धान गर्ने ईकाईहरुको वर्तमान अवस्था, विद्यमान जनशक्ति तथा स्रोत र साधनहरुबीचको अधिकतम परिचालन एवं अन्तर कार्यालयबीच समन्वयको विकास गर्ने उद्देश्यका साथ उक्त गोष्ठी आयोजना गरिएको हो । 

नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहको सातौं वार्षिकोत्सव सम्पन्न
२०७९-०४-२३

नवलपरासी(पश्चिम), राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक मुकुन्द राज आचार्यको प्रमुख आतिथ्यमा सोमबार आयोजित एक समारोहबीच नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहको सातौं बार्षिकोत्सव सम्पन्न भएको छ । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक आचार्यले महाविद्यालयद्वारा प्रकाशित ‘युक्ति दर्पण’ स्मारिकाको बिमोचन गर्नुको साथै वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगितामा बिजयी खेलाडीहरूलाई मेडल तथा प्रमाणपत्र र उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई नगद पुरस्कार तथा कदरप्रत्र प्रदान गर्नुभयो ।  उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक आचार्यले अपराध अनुसन्धान, शान्ति सुरक्षा एवं अमनचयन कायम गर्दै नागरिक अधिकारको संरक्षण, सम्वर्द्धन गरी काम गर्नुपर्ने प्रहरी कर्मचारीहरूलाई सोही अनुरुपको सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गर्नुपर्ने बताउनुभयो । साथै उहाँले विशेष उद्देश्य सहित स्थापना भएको महाविद्यालयले विविध प्रकारका व्यावसायिक तालिम संचालन गरी छुट्टै पहिचान बनाउन सफल भएको उल्लेख गर्दै महाविद्यालयमा सञ्चालन हुने अन्य सेवाकालीन तथा आधारभूत तालिम समेत स्तरीय र व्यवसायिक रुपमा सञ्चालन हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।  नेपाल प्रहरी युक्त तालिम महाविद्यालय जर्गाह नवलपरासी(पश्चिम)का प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक मधुसूदन लुइँटेलले उक्त अवसरमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । वार्षिकोत्सवको अवसरमा महाविद्यालय परिसरमा वृक्षरोपण समेत गरिएको थियो । कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान नारी विकास समितिकी अध्यक्ष होम माया पौडेल आचार्य, सुनवल नगरपालिकाका नगर प्रमुख विमला अर्याल, जिल्ला प्रशासन कार्यालय नवलपरासी(पश्चिम)का प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी कर्मचारीहरू र प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो । 

गण्डकी प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी सम्पन्न
२०७९-०४-२३

कास्की, गण्डकी प्रदेश सरकार आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माको प्रमुख आतिथ्यमा गण्डकी प्रदेशस्तरीय एक दिवसीय अपराध अनुसन्धान समीक्षा गोष्ठी आइतबार पोखरामा सम्पन्न भएको छ । उक्त अवसरमा मन्त्री विश्वकर्माले गोष्ठीको उद्‌घाटन गर्दै पछिल्लो समय अपराधका स्वरूप फरक-फरक ढंगले अघि बढेको सन्दर्भमा प्रहरीले पनि सोही अनुसार रणनीति बनाई अपराध अनुसन्धानमा लाग्नुपर्ने बताउनुभयो । समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले फौजदारी न्याय प्रणालीका तीन खम्बा नेपाल प्रहरी, सरकारी वकिल र अदालतबीच आपसी सहयोग, समन्वय र विश्वास आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तीनवटै निकायबीच आपसी समन्वय, सहयोग र विश्वास भएमा मात्र दोषीलाई कारबाही र पीडितलाई न्याय दिन सकिन्छ ।’प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरीको मुख्य दायित्व अपराध अनुसन्धान रहेको र यसलाई अझ बढी निखार्दै अघि बढ्ने विषयमा प्रहरी सधैं दत्तचित्त भएर लाग्नुपर्ने बताउनुभयो । मंसिरमा हुन लागेको संघ र प्रदेशको निर्वाचन निष्पक्ष, भयरहित र स्वतन्त्र तरिकाले सम्पन्न गर्ने वातावरण बनाउने प्रहरीको मुख्य दायित्व रहेकाले सोही अनुसार काम गर्न गण्डकी प्रदेश प्रहरी कार्यालय मातहतका जिल्ला प्रहरी कार्यालय प्रमुखहरूलाई उहाँले निर्देशन समेत दिनुभयो । साथै उहाँले गोष्ठीले गण्डकी प्रदेश अन्तर्गतका सम्पूर्ण मुद्दा चल्ने प्रहरी कार्यालयबीच आपसी समन्वय बढाएर अपराध अनुसन्धानमा दक्ष बनाउने विश्वास समेत व्यक्त गर्नुभयो ।उक्त अवसरमा मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता रोहित राज बाँस्तोलाले गोष्ठीका उपलब्धीलाई कार्यान्वयन गर्न सके प्रहरीले अझै धेरै सफलता हासिल गर्न सक्ने बताउनुभयो ।सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले अपराध अनुसन्धानलाई भरपर्दो, पारदर्शी र विश्वासिलो बनाउन गोष्ठीको आयोजना गरिएको बताउनुभयो । गोष्ठीमा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशी र जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले समेत आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र गण्डकी प्रदेश प्रहरी कार्यालयद्वारा संयुक्त रूपमा आयोजित उक्त गोष्ठीमा गण्डकी प्रदेश मातहतका ११ वटै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूले आ-आफ्नो कार्यालयमा दर्ता भएका मुद्दाको अनुसन्धानमा गरिएका नविन प्रयोगहरूको विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो भने अनुसन्धानको विद्यमान अवस्थाको समीक्षा र अनुसन्धान सम्बन्धी नविन कानुनी व्यवस्था र अभ्यास लगाएतका विषयमा सहभागीहरूबीच छलफल भएको थियो । 

सडक सुरक्षाका लागि ट्राफिक स्वयंसेवक प्रशिक्षण तथा परिचालन कार्यक्रम उद्‌घाटन
२०७९-०४-२२

काठमाडौं, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सडक सुरक्षाका लागि ट्राफिक स्वयंसेवक प्रशिक्षण तथा परिचालन कार्यक्रमको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित एक समारोहबीच उद्‌घाटन गर्नुभएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको आयोजना र काठमाडौं महानगरपालिका, पद्मकन्या बहुमुखी क्याम्पस, कान्तिपुर डेण्टल कलेज तथा अस्पतालसँगको सहकार्यमा आगामी १५ दिनसम्म संचालन गरिने उक्त कार्यक्रमको काठमाडौं महानगरपालिका प्रमुख शाहले पद्मकन्या कलेज सामाजिक कार्य विभागका प्रमुख स्वीकृता राईलाई ट्राफिक स्वयंसेवक ज्याकेट तथा काठमाडौं महानगरपालिकाबाट प्राप्त स्टिकर लगायतका सामग्री हस्तान्तरण गरी उक्त कार्यक्रम शुभारम्भ गर्नुभएको हो । सो अवसरमा काठमाडौं महानगरपालिका प्रमुख शाहले सवारी साधनको हर्नले अशान्ति फैलाउनुको साथै मानसिक स्वास्थ्यमा असर गर्ने तथा ट्राफिक प्रहरीको कार्यमा समेत अवरोध पुर्‍याउने बताउनुभयो । साथै उहाँले सवारीसाधन चालकले धैर्य गरी विस्तारै चलाउँदा सुरक्षित तवरले गन्तव्यमा पुग्न सकिन्छ भन्ने चेतना फैलाउन कार्यक्रम सफल हुने विश्वास व्यक्त गर्दै पहिलेदेखि नै लागू भएको ‘नो हर्न’को अभ्यासलाई थप प्रभावकारी बनाउन ‘नो हर्न’ को स्टिकर र यस सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम संचालन गरिएको उल्लेख गर्नुभयो ।  पद्मकन्या बहुमुखी क्याम्पस बागबजारका प्राध्यापक राजु मल्लले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रमुख प्रहरी नायव महानिरीक्षक मिरा चौधरीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रम अन्तर्गत पद्मकन्या बहुमुखी क्याम्पस बागबजारमा सोसल वर्क संकायको पहिलो र दोस्रो सेमेस्टरमा अध्ययनरत छात्राहरूलाई ट्राफिक स्वयंसेवकको रूपमा थापाथली, पुतलीसडक, कालिमाटी, बानेश्वर लगायत १७ ठाउँमा कार्यक्रम अवधिभर परिचालन गरिने उक्त अवसरमा जानकारी दिइयो ।उद्‍घाटन कार्यक्रम पश्चात काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रमुख प्रहरी नायव महानिरीक्षक मिरा चौधरी लगायत उपस्थित ट्राफिक स्वयंसेवकहरूले सिंहदरबार चोकमा गुडिरहेका सवारी साधनहरूमा ‘नो हर्न’ लेखिएको स्टिकरहरू टाँस समेत गर्नुभयो ।

हलुका सवारी चालक तालिम शुरू
२०७९-०४-१७

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा २४ औं समूहको हलुका सवारी चालक तालिम संचालन भएको छ ।उक्त तालिमको सोही महाशाखाका प्रहरी उपरीक्षक ई.कमलेन्द्रलाल कर्णले महाशाखामा मंगलबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । सो अवसरमा प्रहरी उपरीक्षक कर्णले दक्ष हलुका सवारी चालक जनशक्ति उत्पादन गर्नु तालिमको उद्देश्य रहेको उल्लेख गर्दै प्रशिक्षकहरुबाट दिईएको ज्ञान र सिपलाई अनुशासित भएर हासिल गर्न प्रशिक्षार्थीहरूलाई आग्रह गर्नुभयो । कार्यक्रममा प्रहरी निरीक्षक ई. अन्जनराज खरेलले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ४५ दिन कार्य अवधिको उक्त तालिममा प्रहरी सहायक हवल्दार २ जना र प्रहरी जवान ३० जना गरी जम्मा ३२ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

नेपाल प्रहरी श्रीमती संघको ३८औं वार्षिक साधारणसभा सम्पन्न
२०७९-०४-१५

काठमाडौं, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती कुशुम लता सिंहको प्रमुख आतिथ्यमा सोही संघको ३८औं वार्षिक  साधारणसभा भृकुटीमण्डपमा आइतबार आयोजित एक कार्यक्रमबीच सम्पन्न भएको छ । सो अवसरमा संघकी अध्यक्ष श्रीमती सिंहले संघलाई आउँदा दिनहरूमा स्तरोन्नति गरी अझ प्रभाबकारी बनाई उत्कृष्ट संस्थाको रुपमा विकास गर्न संस्था सम्बद्ध सबैले मन, वचन र कर्मले काम गर्नुपर्ने बताउनुभयो । संघलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा सक्षम संस्थाको रुपमा स्थापित गर्न सरकारी, गैरसरकारी तथा नीजि क्षेत्रसँग समन्वय गरी अगाडि बढ्नुपर्नेमा उहाँले जोड  दिनुभयो ।संघकी अध्यक्ष श्रीमती सिंहले सम्पूर्ण प्रहरी कर्मचारीका परिवारहरूको साझा चौतारीको रूपमा रहेको संघलाई आगामी दिनमा समयसापेक्ष बनाउँदै लैजानुपर्ने उल्लेख गर्नुभयो । विगतमा भएका कार्यहरूको विश्लेषण गरी नयाँ नीति तथा कार्यक्रम बनाई संघको उद्देश्य परिपूर्तिका लागि सवै पदाधिकारीहरूको सहयोग प्राप्त हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा सोही संघकी महासचिव श्रीमती सुनम पोखरेल उपाध्यायले संघको कार्य प्रगति तथा वार्षिक गतिविधि विवरण प्रस्तुत गर्दै संघले विभिन्न संघसंस्थासँग हालै गरेको सम्झौता अनुरुप ती संस्थाबाट प्राप्त हुने सेवा सम्बन्धमा जानकारी दिनुभयो । साथै संघकी कोषाध्यक्ष श्रीमती अनुश्री पाख्रिनले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक आय-व्यय र आर्थिक वर्ष २०७९/०८० को अनुमानित आय-व्ययको विवरण प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रममा उपस्थित संघका पदाधिकारीहरू तथा सदस्यहरूबीच संघको काम कारवाही, आगामी योजना तर्जुमा लगायत विभिन्न विषयमा अन्तरक्रिया समेत भएको थियो । 

अटो मेकानिक्स तालिम संचालन
२०७९-०४-१०

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा आठौं समूहको अटो मेकानिक्स तालिम संचालन भएको छ ।उक्त तालिमको सोही महाशाखाका प्रहरी नायव उपरीक्षक ई.कमलेन्द्रलाल कर्णले महाशाखामा मंगलबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । सो अवसरमा प्रहरी नायव उपरीक्षक कर्णले समय सापेक्ष दक्ष मेकानिक्स उत्पादन गर्नु तालिमको उद्देश्य रहेको उल्लेख गर्दै प्रशिक्षार्थीहरूले बढी भन्दा बढी ज्ञान हासिल गर्न आग्रह गर्नुभयो । कार्यक्रममा प्रहरी निरीक्षक अनुप क्षेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा १ सय २० दिन कार्य अवधिको उक्त तालिममा २५ जना प्राविधिक प्रहरी जवानहरूको  सहभागिता रहेको जानकारी दिनुभयो ।

मेट्रो ट्राफिक एफएमको १०औं वार्षिकोत्सवको अवसरमा अन्तरक्रिया कार्यक्रम
२०७९-०४-०८

काठमाडौं,  मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जनको १०औं वार्षिकोत्सवको अवसरमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा मेट्रो ट्राफिक एफएम व्यवस्थापन समितिकी अध्यक्ष तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथकी प्रमुख प्रहरी नायव महानिरीक्षक मिरा चौधरी र नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सुदर्शन प्रसाद कोइरालाले एफएमलाई सहयोग गर्ने विभिन्न संघसंस्था, व्यक्तिहरु, एमएममा कार्यरत प्रहरी कर्मचारीहरु र एफएमका नियमित श्रोताहरुलाई हार्दिकताको चिनो, प्रंशसापत्र तथा कदरपत्र प्रदान गर्नुभयो ।    उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक चौधरीले उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाको ट्राफिक व्यवस्थापनको लागि सरोकारवालाहरुसँग थप समन्वय र सहकार्य गर्दै ट्राफिक शिक्षा र सूचना प्रवाह प्रभावकारी रुपमा अगाडि बढाउने बताउनुभयो । साथै उहाँले अन्तरक्रिया कार्यक्रममा प्राप्त भएका सल्लाह सुझावलाई आत्मसात गरिने उल्लेख गर्दै आगामी दिनमा समेत यस्ता सहकार्यले निरन्तरता पाउने अपेक्षा गर्नुभयो ।  मेट्रो ट्राफिक एफएमका स्टेशन म्यानेजर प्रहरी नायव उपरीक्षक जयशंकर शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा उपस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, एफएमका श्रोताहरू लगायत प्रहरी कर्मचारीहरूबीच ट्राफिक व्यवस्थापनमा मेट्रो एफएमको भूमिका लगायतका विषयमा अन्तरक्रिया समेत भएको थियो ।   

मेट्रो ट्राफिक एफएमको १०औं वार्षिकोत्सवको अवसरमा ट्राफिक चेतनामूलक साँस्कृतिक कार्यक्रम
२०७९-०४-०६

काठमाडौं, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको प्रमुख आतिथ्यमा काठमाडौं बसन्तपुर डबलीमा मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १०औं वार्षिकोत्सवको अवसरमा आयोजित ट्राफिक चेतनामूलक साँस्कृतिक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।  कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सवारी दुर्घटना हुनुको मूख्य कारण जनचेतनाको कमी भएको उल्लेख गर्दै ट्राफिक, लाइट र लेन अनुशासन सम्बन्धी जानकारी लगायतका विषयमा जनचेतना जगाउन विशेष पहल गर्नुपर्ने बताउनुभयो । त्यसका लागि काठमाडौं महानगरपालिकाले नेपाल प्रहरी र ट्राफिक प्रहरीसँग सहकार्य गर्दै आएको र आगामी दिनमा समेत सहकार्य गर्दै जाने उहाँले चर्चा गर्नुभयो । साथै उहाँले ट्राफिक व्यवस्थापन तथा पार्किङ व्यवस्थापनका लागि महानगरपालिकाले ट्राफिक प्रहरीको समन्वयमा आवश्यक पहल गरिरहेको बताउनुभयो ।  कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले कार्यक्रम आयोजना गर्न सहयोग पुर्‍याउने विभिन्न संस्था तथा महानुभावहरुलाई कदरपत्र प्रदान गर्नुभयो ।  प्रहरी महानिरीक्षक सिंहले ट्राफिक एफएमलाई १०औँ वार्षिकोत्सवको अवसरमा शुभकामना दिँदै विशेषगरी अपराध र ट्राफिक सम्बन्धी प्रभावकारी र प्रशंसनीय सचेतनामूलक जानकारी दिने एफएम सुन्नका लागि सबैमा आग्रह गर्नुभयो । साथै उहाँले सांगितिक प्रस्तुतीबाट मनोरञ्जन समेत दिँदै आएको एफएमलाई यो स्थानमा पुर्‍याउन स्रोता र विशेष गरी महानगरपालिकाको सहयोग रहेको उल्लेख गर्नुभयो ।  कार्यक्रममा काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख विद्या सुन्दर शाक्यले आफ्नो मन्तव्य व्यक्त गर्दै प्रहरी र महानगरपालिकाले आ-आफ्नो क्षेत्रमा सहकार्य गरेर आफूले संचालन गर्ने कार्यमा सफलता हासिल गर्न अग्रसर हुनुपर्ने बताउनुभयो । विगतमा महानरगपालिका, काठमाडौं उपत्यका प्रहरी कार्यालय र ट्राफिक प्रहरीले संचालन गर्दै आएका विभिन्न कार्यक्रमलाई निरन्तरता दिँदै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र बहादुर धानुकले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा मेट्रो ट्राफिक एफएम व्यवस्थापन समितिकी अध्यक्ष काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायव महानिरीक्षक मिरा चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । साँस्कृतिक कार्यक्रमको माध्यमबाट सडक सुरक्षा र ट्राफिक सचेतना फैलाउने उद्देश्यले मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १०औं वार्षिकोत्सवको अवसरमा उक्त साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा नेपाल प्रहरी संगीत विद्यालयद्वारा गायन, नृत्य, नाटक लगायत विभिन्न सांगितिक प्रस्तुती गरिएको थियो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, सडक विभाग, यातायात व्यवस्था विभाग, सडक बोर्ड नेपाल, संघीय सडक सुपरीवेक्षण कार्यालयका प्रमुखहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, काठमाडौं महानगरपालिकाका १२ वटा वडाका प्रमुख तथा प्रतिनिधिहरू, उपत्यकास्थित सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, संचारकर्मी, स्थानीय बासिन्दा लगायतको उपस्थिति रहेको थियो ।

नेपाल प्रहरी श्रीमती संघ र उपत्यकास्थित पाँच वटा कलेजबीच सम्झौतापत्रमा हस्ताक्षर
२०७९-०४-०६

काठमाडौं, नेपाल प्रहरी श्रीमती संघ र काठमाडौंस्थित एभरेष्ट कलेज, प्रिमियर कलेज, कोलम्बस कलेज, काठमाडौं नेशनल कलेज र ललितपुरस्थित वेदास कलेजबीच बहालवाला प्रहरीका परिवार, अमर प्रहरी परिवार तथा पूर्व प्रहरी कर्मचारीका परिवारका सन्ततीहरूलाई छात्रवृत्ति तथा एकमुष्ट वार्षिक शुल्कमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल प्रहरी श्रीमती संघकोतर्फबाट संघकी अध्यक्ष श्रीमती कुसुम लता सिंह र उक्त कलेजहरूका तर्फबाट उक्त कलेजहरूका संचालक बिष्णु हरि पाण्डेले संघको कार्यालय भृकुटीमण्डपमा शुक्रबार आयोजित कार्यक्रममा उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुको साथै सम्झौतापत्र आदानप्रदान समेत गर्नुभयो ।कार्यक्रममा संघकी अध्यक्ष सिंहले सेवा नै धर्म भन्ने मूल मन्त्रको आदर्श वाक्यले निर्देशित नेपाल प्रहरी श्रीमती संघले स्थापनाकाल देखिनै आर्थिक रूपमा विपन्न तथा अवसर नपाएका व्यक्ति तथा समुदायमा मानविय सहयोग गर्दै आइरहेको स्मरण गर्नुभयो । साथै उहाँले संघको स्थापनाको उद्देश्यलाई निरन्तरता दिँदै उल्लेखित प्रस्तावलाई सहर्स स्वीकार गरी सम्झौता सम्पन्न हुनु संघ र कलेजहरूको प्रतिष्ठाको निमित्त गौरवको विषय भएको बताउनुभयो । संघकी अध्यक्ष सिंहले देशको शान्ति सुरक्षाको अतिरिक्त प्राकृतिक प्रकोप तथा अपराध नियन्त्रणमा आफ्नो ज्यानको प्रवाह नगरी देश र जनताको लागि खटिएका प्रहरी कर्मचारी, अमर प्रहरी तथा पूर्व प्रहरी कर्मचारीहरूको योगदानको उच्च मुल्याङ्कन गरी सम्झौतामार्फत् कलेजहरूले प्रदान गरेको सहयोग अतुलनीय भएको बताउनुभयो । साथै उहाँले कलेजहरूको शैक्षिक सेवा विस्तार तथा योगदानका सत्प्रयासहरू आगामी दिनमा अझै विस्तारित हुने विश्वास समेत व्यक्त गर्नुभयो ।सो अवसरमा उक्त कलेजहरूका संचालक बिष्णु हरि पाण्डेले कलेजहरूमार्फत् समाजमा रहेका विभिन्न तह र तप्कामा सेवाभावले योगदान पुर्‍याउन पाउँदा गौरव महशुस भएको बताउनुभयो । साथै उहाँले सम्झौतामार्फत् राम्रो कामको थलानी भएको चर्चा गर्दै नेपाल प्रहरीका परिवारलाई शैक्षिक सहयोग गर्न पाउँदा खुसी लागेको र सम्झौता अन्तर्गतको सुविधा अति आवश्यक हुनेले प्राप्त गर्न सकेमा सम्झौता सार्थक हुने बताउनुभयो । उक्त कलेजहरूमा १०‍+२ को लागि ५ जनालाई पूर्ण छात्रवृत्ति, Bachelor of Computer Application तर्फ २ जनालाई पूर्ण छात्रवृत्ति, Bachelor of Business Management तर्फ १ जनालाई पूर्ण छात्रवृत्ति तथा १०‍+२ व्यवस्थापन संकायतर्फ वार्षिक रूपमा ७५ प्रतिशत छुट र विज्ञान संकायतर्फ ७३ प्रतिशत छुट गर्ने गरी दुवै संकायमा जम्मा ५० जनालाई छुट दिने सम्झौतामा उल्लेख गरिएको छ । प्रस्तुत  सम्झौता यही साउन १ गतेदेखि कार्यान्वयन भई २०८१ असार ३० गतेसम्म २ वर्षका लागि लागू हुनेछ । उक्त अवसरमा प्रहरी नायव महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, विभिन्न कलेजका पदाधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।

३० जना प्रहरी कर्मचारीलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान
२०७९-०४-०६

काठमाडौं,  नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीले ३० जना प्रहरी कर्मचारीहरुलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही कार्यालयमा २६ औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।  उक्त तालिम समापनका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो । उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक कडायतले तालिम संगठनको आवश्यकता पूर्ति गर्नका लागि मात्र नभई विपद्‍को समयमा नागरिकको धनजनको सुरक्षाको लागि समेत उपलब्धीमूलक हुने उल्लेख गर्नुभयो । तालिमको अवधिमा सिकेका विभिन्न सीपलाई आफ्नो कार्यक्षेत्रमा लागू गर्न सकेमा मात्र तालिमको औचित्य पुष्टी हुने विचार उहाँले व्यक्त गर्नुभयो ।  कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक भरत बहादुर बिकले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गत जेठ १७ गतेदेखि संचालित उक्त तालिममा प्रहरी नायव निरीक्षक १ जना, प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी वरिष्ठ हवल्दार २ जना, प्रहरी हवल्दार ४ जना, प्रहरी सहायक हवल्दार ७ जना र प्रहरी जवान १५ जना गरी जम्मा ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।  

हातहतियार मर्मत तथा संभार पुनर्ताजगि तालिम समापन
२०७९-०४-०५

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय हातहतियार मर्मत शाखामा पहिलो समूह अन्तर्गत संचालित हातहतियार मर्मत तथा संभार पुनर्ताजगि तालिम समाप्त भएको छ । उक्त तालिम समापनका अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग, कार्य निर्देशनालयका प्रहरी नायव महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक कुँवरले तालिममा प्राप्त गरेको ज्ञान सिपलाई उच्च मनोबल तथा पूर्ण इच्छा शक्तिका साथ तत्काल संगठनलाई उपयोग हुने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले संगठनमा रहेका हतियारलाई थप चलायमान, मर्मत तथा हतियारमा रहेको समस्याको पहिचान गरी समयमा नै निराकरण गर्न तालिममा सिकाइएका ज्ञानसीपले थप मद्दत पुर्‍याउने विचार व्यक्त गर्नुभयो ।  कार्यक्रममा प्रहरी निरीक्षक ई.सोम प्रसाद पंगेनीले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत असार १२ गतेदेखि संचालित उक्त तालिममा प्रहरी वरिष्ठ हवल्दार १ जना,  प्रहरी हवल्दार १० जना, प्रहरी सहायक हवल्दार १० जना र प्रहरी जवान ४ जना गरी २५ जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिनुभयो ।

साहित्यका माध्यमबाट सडक सुरक्षा सम्बन्धी ट्राफिक जनचेतना प्रवर्धन कार्यक्रम सम्पन्न
२०७९-०४-०३

काठमाडौं, मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १० औं वार्षिकोत्सवको अवसरमा आयोजित साहित्यका माध्यमबाट सडक सुरक्षा सम्बन्धी ट्राफिक जनचेतना प्रवर्धन कार्यक्रम काठमाडौ कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मंगलबार सम्पन्न भएको  छ ।  उक्त अवसरमा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीका कुलपति गंगा प्रसाद उप्रेतीले शान्ति सु-व्यवस्था लगायत बढ्दै गएको सडक सुरक्षामा ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । ट्राफिक प्रहरीले सडक सुरक्षालाई अझ प्रभावकारी बनाउनका लागि साहित्य समाज, विद्यार्थी, युवावर्ग लगायतका हरेक समुदायसँग जनचेतनामूलक अन्तरक्रिया कायक्रमलाई अझ प्रभावकारी रुपमा संचालन गर्नुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो । साथै उहाँले ट्राफिक प्रहरीले संचालन गर्ने हरेक कार्यक्रमलाई प्रवर्धन र सहयोग गर्न नेपाल प्रज्ञा प्रतिष्ठान सदैव तयार रहेको उल्लेख गर्नुभयो ।  उक्त अवसरमा मेट्रो ट्राफिक एफएम व्यवस्थापन समितिकी अध्यक्ष तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रहरी नायव महानिरीक्षक मीरा चौधरीले सामाजका हरेक वर्गसम्म सडक सुरक्षालाई जोड्न साहित्यले अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । साथै उहाँले आफ्नो रचनामा ट्राफिक नियम सम्बन्धी सचेतना फैलाउने विषय राख्न साहित्यकारहरूलाई आग्रह समेत गर्नुभयो ।  कार्यक्रममा कविहरु डा. कृष्णहरि बराल, डा. रजनी ढकाल, डा. साधना प्रतिक्षा, धीरेन्द्र प्रेमर्षि र भीष्म उप्रेतीले आ-आफ्नो रचना वाचन गर्नुभएको थियो । साथै उहाँहरूसँग साहित्यमा ट्राफिक चेतनाका कुरा, साहित्यमा सुरक्षाका कुरा, साहित्य, सडक, समाज र सुरक्षाका कुरा, साहित्यका आँखामा ट्राफिक प्रहरी लगायतका विषयमा अन्तरक्रिया समेत भएको थियो ।    नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’ ले मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा मेट्रो ट्राफिक एफएमका स्टेशन म्यानेजर प्रहरी नायव उपरीक्षक जयशंकर शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।  कार्यक्रममा प्रहरी प्रधान कार्यालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय समेतका प्रहरी अधिकृतहरू, विभिन्न संघ सस्थाका प्रतिनिधिहरु, संचारकर्मी लगायत साहित्य क्षेत्रका आमन्त्रित व्यक्तित्वहरू समेतको उपस्थिति रहेको थियो । 

नेपाल प्रहरी श्रीमती संघ र एन-प्याबसनबीच सम्झौतापत्रमा हस्ताक्षर
२०७९-०३-१९

काठमाडौं, नेपाल प्रहरी श्रीमती संघ र राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएशन नेपाल (एन-प्याबसन)बीच बहालवाला प्रहरी कर्मचारीका परिवार, अमर प्रहरी परिवार तथा पुर्व प्रहरी परिवारका सन्ततीहरूलाई एन-प्याबसनसँग आवद्ध विद्यालयहरूमा छात्रवृत्ति तथा भर्ना शुल्क सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।नेपाल प्रहरी श्रीमती संघकोतर्फबाट संघकी अध्यक्ष श्रीमती कुसुम लता सिंह र एन-प्याबसनकोतर्फबाट एन-प्याबसनका सह-अध्यक्ष सुवास न्यौपानेले संघको कार्यालय भृकुटीमण्डपमा आइतबार आयोजित कार्यक्रममा उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुको साथै उक्त सम्झौतापत्र आदानप्रदान समेत गर्नुभयो । कार्यक्रममा संघकी अध्यक्ष सिंहले शान्ति सुरक्षाको अतिरिक्त प्राकृतिक प्रकोप, आपद विपद तथा अपराध नियन्त्रणमा समेत आफ्नो ज्यानको प्रवाह नगरी देश र जनताको लागि खटिएका प्रहरी कर्मचारी, अमर प्रहरी तथा पूर्व प्रहरी कर्मचारीहरूले पुर्‍याएको योगदानको उच्च मुल्याङ्कन गरी एन-प्याबसनले प्रदान गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुभयो । शैक्षिक सेवा विस्तार तथा योगदानका सत्प्रयासहरू आगामी दिनमा अझै विस्तारित हुने कामना उहाँले व्यक्त गर्नुभयो । एन-प्याबसनका सह-अध्यक्ष सुवास न्यौपानेले राम्रो काम थलानी भएको चर्चा गर्दै नेपाल प्रहरीका परिवारलाई शैक्षिक सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।एन-प्याबसनसँग आवद्ध देशभरका विद्यालय तथा १०‍+२ सम्मको लागि प्रत्येक विद्यालयमा बढीमा १ जना छात्रवृत्ति पर्ने गरी अमर प्रहरी, असहाय र अन्यलाई वार्षिक भर्ना शुल्क नलिने गरी विद्यार्थी भर्ना गरिने उक्त सम्झौतामा उल्लेख गरिएको छ । प्रस्तुत  सम्झौता आगामी साउन १ गतेदेखि कार्यान्वयन भई २०८१ असार ३० गतेसम्म २ वर्षका लागि लागू हुनेछ । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक पुजा सिंह, प्रहरी नायव महानिरीक्षकहरु, श्रीमती संघका पदाधिकारीहरु, एन-प्यावसनका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

अवैध लागूऔषध गाँजाका बोटहरू नष्ट
२०७९-०३-१३

पर्वत, फलेवास नगरपालिका-७ चनौटे, सोही नगरपालिका-१० कुर्घा, माहाशिला गाउँपालिका-५ र पैयु गाउँपालिका-६ का विभिन्न स्थानहरूमा प्राकृतिक रुपमा उम्रिएका करिब १ हजार २ सय २५ वटा अवैध लागूऔषध गाँजाका बोटहरू नष्ट गरिएको  छ ।      ईलाका प्रहरी कार्यालय लुंखुदेउराली, प्रहरी चौकी फलेवास, अस्थाई प्रहरी चौकी खानीगाउँ, अस्थाई प्रहरी पोष्ट भोर्ले, सम्बन्धित वडाका प्रतिनिधिहरु, स्थानीयबासीहरुको लगायतको सहभागितामा उक्त गाँजाका बोटहरू काटी उखेली नष्ट गरिएको हो । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा लागूऔषध तथा घरेलु हिंसाको पहिचान र न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सहित ती गाँजाका बोट समेत नष्ट गरिएको हो ।     

ट्राफिक नियन्त्रण तथा रेखा चित्रण दोस्रो समूहको तालिम सञ्चालन
२०७९-०३-१२

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा ट्राफिक नियन्त्रण तथा रेखा चित्रण दोस्रो समूहको तालिम सञ्चालन भएको छ ।सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले आइतबार आयोजित एक कार्यक्रमबीच तालिम उद्‍घाटन गर्दै ट्राफिक प्रहरी कर्मचारीलाई ट्राफिक कार्यमा व्यावसायिक, दक्ष एवं सिपयुक्त बनाउन तालिम सञ्चालन गरिएको बताउनुभयो । साथै उहाँले बढ्दो सवारी दुर्घटना नियन्त्रण तथा अनुसन्धानको सिलसिलामा सवारी दुर्घटनासँग सम्बन्धित विभिन्न किसिमका प्रमाणहरुलाई रेखाचित्रणको माध्यमबाट देखाउन सके अनुसन्धान सहज हुने विचार व्यक्त गर्नुभयो ।कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक बाल नरसिंह राणाले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ७ दिन कार्य अवधि रहेको उक्त तालिममा प्रहरी वरिष्ठ हवल्दार २ जना, प्रहरी हवल्दार ५ जना, प्रहरी सहायक हवल्दार १३ जना र प्रहरी जवान २४ जना गरी कुल ४४ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो ।

हेभि इक्युपमेन्ट ड्राईभिङ तालिम समापन
२०७९-०३-०२

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालित चौथौं समूहको हेभि इक्युपमेन्ट ड्राईभिङ तालिम  समापन भएको छ । तालिम समापनका अवसरमा बिहीबार आयोजित कार्यक्रममा सोही महाशाखाका प्रहरी उपरीक्षक ई.दिनेश केसीले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै तालिममा प्रदान गरेको ज्ञान, सिप र दक्षतालाई प्रशिक्षार्थीले आ-आफ्नो कार्य क्षेत्रमा आएका समस्याहरुलाई सरल एवं सहज रुपमा समाधान गर्न सक्ष्म हुने विश्वास व्यक्त गर्नुभयो ।    कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक अञ्जन राज खरेलले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत जेठ १६ गतेदेखि संचालित उक्त तालिममा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार ७ जना र प्रहरी सहायक हवल्दार २ जना र प्रहरी जवान ४ जना गरी कुल १५ जना प्रशिक्षार्थीहरु सहभागिता रहेको जानकारी दिनुभयो । तालिममा सहभागी भएका प्रशिक्षार्थीहरुको हेभी इक्युपमेन्ट चलाउन, सामान्य मर्मत संम्भार गर्न, विभिन्न प्राकृतिक प्रकोपमा उद्दार कार्य गर्न, बिपद् व्यवस्थापन लगायत विभिन्न विकास निर्माण कार्यको लागि सहयोग गर्न, विभिन्न परिस्थिति तथा मौसम अनुसार हेभि इक्युपमेन्ट चलाउँदा ध्यान दिनुपर्ने लगायतका बिषयमा तालिम प्रदान गरिएको जानकारी दिइयो ।

नेपाली सेनाका तालिमरत शिक्षार्थीहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण
२०७९-०२-२४

काठमाडौं,  नेपाली सेना सैनिक प्रहरी गण जंगी अड्डा भद्रकालीमा तालिमरत “ सि.सं ६९ सैनिक प्रहरी (महिला मात्र) तालिम” का ४६ जना शिक्षार्थीहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण मंगलबार सम्पन्न भएको छ ।भम्रणको क्रममा शिक्षार्थीहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित पोलीग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्याब समेतको अवलोकन गर्नुभयो ।अवलोकन पश्चात आयोजित कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोका प्राविधिक प्रहरी नायव उपरीक्षक ई. दिपेश जोशीले साईबर ब्यूरोको काम कर्तव्य र अधिकार, रणनीतिहरू, अपराधका प्रकृति, सजाय सम्बन्धी परिचयात्मक प्रस्तुतीकरण गर्नुभएको थियो ।प्रहरी नायव उपरीक्षक पवन कुमार भट्टराईले भ्रमणबारे जानकारी गराउनुभएको उक्त कार्यक्रममा उपसेनानी पूजा थापाले भ्रमणमा सहभागी तालिमरत शिक्षार्थीहरूको तर्फबाट धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।

७७ जना प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम प्रदान
२०७९-०२-१६

काठमाडौं, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ७७ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा रामशाहपथमा संचालित ट्राफिक नियन्त्रण तालिम १४३ औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।उक्त ट्राफिक प्रहरी कार्यालयमा सोमबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक जोशीले तालिममा प्राप्त गरेको ज्ञान सिपलाई कार्यक्षेत्रमा लागू गर्नुपर्नेमा जोड दिँदै आफ्नो कामप्रति समर्पण भई कुशल व्यवसायिक क्षमता प्रदर्शन गरी नागरिकमैत्री सेवा प्रदान गर्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिनुभयो ।कार्यक्रममा प्रहरी निरीक्षक सरोज प्रजापतिले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत फागुन २९ गतेदेखि संचालित ४५ कार्य दिन अवधि रहेको उक्त तालिममा  प्रहरी हवल्दार २  जना, प्रहरी सहायक हवल्दार ७ जना र प्रहरी जवान ६८ जना गरी कुल ७७ जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिनुभयो ।  

हेभी इक्युपमेन्टस ड्राईभिङ तालिम सुरू
२०७९-०२-१६

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा हेभी इक्युपमेन्टस ड्राइभिङ चौथो समूहको तालिम सुरु भएको छ । सोही महाशाखाका प्रहरी उपरीक्षक ई. दिनेश केसीले सोमबार आयोजित कार्यक्रममा उक्त तालिम उद्‌घाटन गर्नुभयो । कार्यक्रममा प्रहरी निरीक्षक ई. अन्जनराज खरेलले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्य अवधिको उक्त तालिममा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार ७ जना, प्रहरी सहायक हवल्दार २ जना र प्रहरी जवान ४ जना गरी जम्मा १५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो । हेभी इक्युपमेन्ट चलाउन, सामान्य मर्मत संभार गर्न, हेभी इक्युपमेन्ट चलाउँदा ध्यान दिनुपर्ने कुराहरुको बारेमा ज्ञान हासिल गर्ने लगायत सोसँग सम्बन्धित समस्याहरुलाई सरल एवं सहज रुपमा समाधान गर्न योग्य र दक्ष हेभी इक्युपमेन्टस चालकको रुपमा जनशक्ति विकास गर्ने तालिमको उद्देश्य रहेको छ । 

मोटर ट्रान्सपोर्ट अफिसर तालिम सुरू
२०७९-०२-१२

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा चौथो समूहको मोटर ट्रान्सपोर्ट अफिसर तालिम सुरु भएको छ । सोही महाशाखाका प्रहरी उपरीक्षक ई. दिनेश केसीले बिहीबार आयोजित कार्यक्रममा उक्त तालिम उद्‌घाटन गर्नुभयो । कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई.कमलेन्द्रलाल कर्णले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै ३५ दिन कार्य अवधिको उक्त तालिममा प्रहरी वरिष्ठ नायव निरीक्षक १ जना, प्रहरी नायव निरीक्षक ४ जना र प्रहरी सहायक निरीक्षक १७ जना गरी जम्मा २२ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो । नेपाल प्रहरीले प्रयोग गर्दै आएका सवारी साधनको उचित मर्मत सम्भार, रेखदेख, नियन्त्रण, परिचालन, व्यवस्थापन लगायत सो सँग सम्बन्धित समस्याहरूलाई सरल एवम् सहज रूपमा समाधान गर्नका लागि दक्ष जनशक्ति विकास गर्ने तालिमको उद्देश्य रहेको छ । 

प्रहरी वरिष्ठ नायव निरीक्षक भट्टलाई निलम्बन गरिएको
२०७९-०१-२९

काठमाडौं, ईलाका प्रहरी कार्यालय सुगरखाल कैलाली दरबन्दी भई हाल कर्णाली प्रदेश सशस्र प्रहरी गण मुख्यालय सुर्खेतमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक नरेन्द्र प्रसाद भट्टलाई निलम्बन गरिएको छ । प्रहरी वरिष्ठ नायव निरीक्षक भट्टले स्थानीय तह निर्वाचन २०७९ मा थप मद्दतको रुपमा सुर्खेतको पञ्चपुरी नगरपालिका-७ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय धनबोट मतदान स्थलमा कमाण्डरको रूपमा खटिएको अवस्थामा नेपाल प्रहरी संगठनको छविमा आँच आउने एवं अन्य प्रहरी कर्मचारीहरुलाई असर पुर्‍याउने किसिमको कार्य गरेको बुझिन आई प्रारम्भिक छानबीन गर्दा आफूलाई सुम्पिएको जिम्मेवारी/दायित्व पूरा नगरी प्रहरी नियमावली, २०७१ विपरित आचरण व्यवहार तथा गैर व्यवसायिक कार्य गरेको पुष्टी हुन आएकोले प्रहरी नियमावली, २०७१ को नियम ११५ को उपनियम ४ बमोजिम निज उपर थप जाँचबुझ एवं छानबिन गर्न सोही नियमको उपनियम (५) बमोजिम वैशाख २९ गतेको प्रहरी उपरीक्षकको निर्णय अनुसार ३ महिनाको लागि निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेत, कर्मचारी प्रशासन शाखाले जनाएको छ ।

६८ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान
२०७८-११-१९

काठमाडौं, महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले ६८ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही महाशाखामा संचालित ट्राफिक नियन्त्रण तालिम १४२औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।सोही महाशाखामा बिहीबार आयोजित तालिम समापन कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक जोशीले तालिममा प्राप्त गरेको ज्ञान सिपलाई कार्यक्षेत्रमा लागू गर्नुपर्नेमा जोड दिँदै आफ्नो आचरण र व्यवहारमा समेत सुधार गरी जनमुखी सेवा प्रदान गर्न प्रशिक्षार्थीहरूलाई निर्देशन दिनुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुनिल जंग शाहले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत पुस २५ गतेदेखि संचालित उक्त तालिममा प्रहरी हवल्दार ६ जना र प्रहरी जवान ६२ जना गरी जम्मा ६८ जना प्रशिक्षार्थीहरूले तालिम हासिल गरेको जानकारी दिनुभयो ।

दुई स्थानका नवनिर्मित प्रहरी चौकी उदघाटन
२०७८-११-१४

काठमाडौं, जिल्ला प्रहरी कार्यालय संखुवासभा मातहत प्रहरी चौकी टुटे देउराली र जिल्ला प्रहरी कार्यालय तेह्रथुम मातहत प्रहरी चौकी जिरिखिम्तीको नवनिर्मित कार्यालय भवनको उदघाटन भएको छ ।१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीले उक्त नवनिर्मित प्रहरी चौकीहरूको हाताभित्र शुक्रबार आयोजित छुट्टाछुट्टै कार्यक्रमबीच उदघाटन गर्नुभएको हो । साथै उहाँले नवनिर्मित भवनहरूको निरीक्षण समेत गर्नुभएको थियो ।सो अवसरमा प्रहरी नायव महानिरीक्षक बिसीले प्रहरी कर्मचारीहरूले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफू बिश्वस्त रहेको बताउँदै कानूनको परिधिमा रही जनचाहनाबमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । प्रहरी नायव महानिरीक्षक बिसीले भवन निर्माणमा उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने व्यक्तित्वहरूलाई प्रशंसापत्रद्वारा सम्मान समेत गर्नुभएको थियो ।नेपाल सरकारबाट विनियोजित २ करोड ६ लाख ३१ हजार ३ सय ३२ रूपैयाँको लागतमा प्रहरी चौकी टुटे देउराली संखुवासभा र प्रदेश सरकारबाट बिनियोजित १ करोड २५ लाख ९२ हजार ९४ रूपैयाँको लागतमा प्रहरी चौकी जिरिखिम्ती तेह्रथुम भवनको निर्माण कार्य सम्पन्न भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।         

पर्वतको मालढुङगामा अस्थायी प्रहरी पोष्टको स्थापना
२०७८-१०-१४

   पर्वत, कुश्मा नगरपालिका-१ मालढुङगामा अस्थायी प्रहरी पोष्ट स्थापना गरी बिहीबारबाट सेवा शुभारम्भ गरिएको छ ।पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बिहीबार आयोजित कार्यक्रममा उक्त पोष्टको उदघाटन गर्नुभएको हो । उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकी, कुश्मा नगरपालिका वडा नम्बर १ का कार्यबाहक वडा अध्यक्ष बीरेन्द्र रिजाल, मालढुङगा टोल सुधार समितिका अध्यक्ष र जनप्रतिनिधिहरु, स्थानीयबासीहरुको उपस्थितिमा रहेको थियो । बढ्दो जनघनत्वसँगै हुन सक्ने गैरकानूनी गतिविधि रोकथाम, मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरीडोरको मिलन बिन्दु रहेको तथा सो लोकमार्गमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण गर्न र कालीगण्डकी नदीबाट हुन सक्ने गिट्टी बालुवाको अवैध उत्खनन् नियन्त्रण गर्न उक्त अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।      

हेभि सवारी चालक तालिम सञ्चालन
२०७८-१०-१३

 काठमाडौं,   राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा १२ औं समूहको हेभि सवारी चालक तालिम बिहीबारबाट सञ्चालन भएको छ । सोही महाशाखाका प्रहरी उपरीक्षक ई. दिनेश केसीले उक्त तालिमको उदघाटन गर्दै सवारी साधनमा नयाँ प्रविधिको बारेमा जानकारी गराई थप दक्ष एवं कुशल चालक तयार गर्नु तालिमको लक्ष्य रहेको बताउनुभयो । कोभिड-१९ को संक्रमणबाट जोगिन पूर्ण सावधानी अपनाई तालिम हासिल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक अनुप श्रेष्ठले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै  ३० कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार २ जना र प्रहरी जवान ३१ जना गरी कूल ३३ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी  दिनुभयो ।

हेभि सवारी चालक तालिम समापन
२०७८-१०-०६

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालित ११औं समूहको हेभि सवारी चालक तालिम बिहीबार समापन भएको छ ।उक्त अवसरमा सोही महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक ई. नरोत्तमलाल प्रधानले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै प्रशिक्षार्थीले तालिमबाट प्राप्त गरेका ज्ञान, सिप र दक्षतालाई आ-आफ्नो कार्य क्षेत्रमा जिम्मेवारी पूर्वक त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो ।कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक अनुप श्रेष्ठले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत मंसिर २९ गतेदेखि संचालित उक्त तालिममा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हवल्दार १ जना र प्रहरी जवान ३० जना गरी कुल ३२ जना प्रशिक्षार्थीहरु सहभागिता रहेको जानकारी दिनुभयो ।

ट्राफिक नियन्त्रण १४२ औं समूहको तालिम सञ्चालन
२०७८-०९-२५

काठमाडौं,  २५ पुस     राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा ट्राफिक नियन्त्रण  १४२औं समूहको तालिम सञ्चालन भएको छ ।      सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले महाशाखामा आइतबार आयोजित एक कार्यक्रमबीच उक्त तालिमको उद्‍घाटन गर्नुभयो । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले ट्राफिक प्रहरी कर्मचारीलाई ट्राफिक कार्यमा व्यवसायिक रुपमा दक्ष एवं ज्ञान तथा सिपयुक्त बनाउन तालिम प्रदान गरिएको बताउनुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुनिल जंग शाहले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ दिन कार्य अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार ६ जना र प्रहरी जवान ६२ जना गरी कुल ६८ जना प्रशिक्षार्थीहरु सहभागि रहेको जानकारी दिनुभयो । बढ्दै गईरहेको सवारी साधनको चापका कारण ट्राफिक व्यवस्थापन कार्यमा दिनानुदिन थप चुनौति आइरहेको परिप्रेक्ष्यमा त्यस्ता चुनौतीहरुलाई पहिचान गरी त्यसको निराकरणका लागि ट्राफिक प्रहरीसँग भएका सीमित श्रोत साधनहरुको उच्चतम प्रयोग गरी ट्राफिक व्यवस्थापन कार्य गर्न तालिमले  सहजता ल्याउने उक्त अवसरमा जानकारी दिइयो । साथै प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले प्रहरी संगठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई पालना गरी सवारी नियम उल्लङ्घन गर्ने चालकहरुले प्रलोभनमा पार्न खोज्दा प्रलोभनमा नपरी त्यस्ता क्रियाकलापमा संलग्न चालक/सहचालकहरुलाई  नियन्त्रणमा लिई कानुनी कार्वाहीको दायरामा ल्याउने ८ जना प्रहरी कर्मचारीहरुलाई रेकर्डमा जनिने गरी नगद पुरस्कार तथा प्रशंसापत्र र १२ जना प्रहरी कर्मचारीहरुलाई प्रशंसापत्र प्रदान गर्नुभयो । पुरस्कृत हुने प्रहरी कर्चारीहरुमा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हवल्दार ४ जना र प्रहरी जवान १५ जना रहेका छन् ।

अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न
२०७८-०८-२१

काभ्रेपलाञ्चोक,  आप्रवासनको असर तथा प्रभाव/कामदारलाई सामाजिक बहिस्कारण प्रभाव न्यूनिकरण सम्बन्धी नेपाल प्रहरीसँग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम काभ्रेको धुलिखेलमा सोमबार सम्पन्न भएको छ । नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा स्वीस सरकार विकास सहयोग एसडिसीको सहयोग र सिभिक फोरम फर सस्टेनेबल डेभलपमेन्ट काभ्रेपलाञ्चोकको व्यवस्थापनमा सुरक्षित आप्रवासन परियोजनाले सरोकारवालाहरुसँग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम संचालन गरिएको हो ।धुलिखेल नगरपालिकाका उपप्रमुख विमला कुमारी पौडेल शर्माको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्र बहादुर खत्रीले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो भने सिभिक फोरम फर सस्टेनेबल डेभलपमेन्ट काभ्रेपलाञ्चोकका प्रमुख कार्यकारी अधिकृत बसन्त कुँवरले सहभागीहरुबाट उठेका विविध जिज्ञासाको निरुपण गर्नुभएको थियो ।  कार्यक्रममा हेल्भेटास नेपालका कार्यक्रम अधिकृत कमल बहादुर रोक्कायले ‘बैदेशिक रोजगारको वर्तमान अबस्था, अवसर तथा चुनैतीहरु’, जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले ‘संशोधित बैदेशिक रोजगार ऐन, २०६४ ले प्रदान गरेको प्रमुख जिल्ला अधिकारीको भूमिका र आप्रवासी श्रोत केन्द्रसँगको सहकार्य’ र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी निरीक्षक संजिता श्रेष्ठले ‘MOU between DoFE and CIB, Nepal Police’ र ‘बैदेशिक रोजगार ठगी नियन्त्रणमा नेपाल प्रहरीको भूमिका’ सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।  उक्त कार्यक्रममा प्रहरी अधिकृत तथा जवानहरु एवम् सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।   

नवनिर्मित स्मार्ट पुलिस कन्ट्रोल रुम उद्‍घाटन
२०७८-०८-०७

ललितपुर, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीले महानगरीय प्रहरी परिसर ललितपुरमा नवनिर्मित स्मार्ट पुलिस कन्ट्रोल रुमको सोमबार उद्‍घाटन गर्नुभएको छ । उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक सुवेदीले स्मार्ट पुलिस कन्ट्रोल रुमको निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई प्रशंसापत्र समेत प्रदान गर्नुभयो ।महानगरीय प्रहरी परिसर ललितपुरमा विभिन्न माध्यमबाट प्राप्त हुने विविध प्रकारका सूचनालाई छिटो एवं चुस्त रुपमा प्रहरी परिचालन गरी अपराध रोकथाम तथा नियन्त्रणका लागि गरिएका प्रहरी परिचालनको प्रकृया समेत कम्प्युटरमा अभिलेखीकृत हुने गरी उक्त कन्ट्रोल रुम निर्माण गरिएको उक्त परिसरले जनाएको छ ।     

ट्राफिक प्रशासन तालिम संचालन
२०७८-०८-०१

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा ट्राफिक प्रशासन २२औं समूहको तालिम मंगलबारबाट संचालन भएको छ । सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले तालिम उद्‌घाटन गर्दै संगठनको उद्देश्य बमोजिम संचालित तालिममा प्रशिक्षार्थीहरुले ट्राफिक प्रहरीले गर्नुपर्ने व्यवसायिक कामको बारेमा आवश्यक ज्ञान हासिल गर्न उत्साहित, इच्छुक, लगनशील र अनुशासित हुनुपर्ने बताउनुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले ३५ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक ११ जना र प्रहरी सहायक निरीक्षक २९ जना गरी जम्मा ४० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो ।

६४ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान
२०७८-०७-२८

काठमाडौं, महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले ६४ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको   छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही महाशाखामा संचालित ट्राफिक नियन्त्रण तालिम १४१औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।  सोही महाशाखामा आइतबार आयोजित तालिम समापन कार्यक्रममा महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले संगठनले प्रदान गरेको अवसरलाई सदुपयोग गरी तालिम उपलब्धीमूलक बनाउन आफ्नो आचरण र व्यवहारमा सुधार गर्दै जनमुखी काम गर्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिनुभयो । दक्ष र योग्य ट्राफिक प्रहरी बन्न  तालिमले दिलाएको ज्ञान सीपलाई आफ्नो कार्यक्षेत्रमा लागू गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुवास खडकाले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत भदौ २७ गतेदेखि संचालित उक्त तालिममा प्रहरी हवल्दार ४ जना र प्रहरी जवान ६० जना गरी जम्मा ६४ जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिनुभयो ।   

आइपिएस तालिममा सहभागी नेपाल प्रहरीका ३ जना प्रहरी निरीक्षकहरु पुरस्कृत
२०७८-०७-२७

काठमाडौं,  मित्रराष्ट्र भारतको हैदराबादस्थित सरदार बल्लभभाइ पटेल राष्ट्रिय पुलिस एकेडेमीमा सञ्चालित आइपिएस तालिममा सहभागी नेपाल प्रहरीका ३ जना प्रहरी निरीक्षक पुरस्कृत भएका छन् ।पुरस्कृत हुनेहरूमा प्रहरी निरीक्षकहरु अनिल थापा, किरण रावत र सिमोन धिताल रहेका छन् । थापालाई The BSF Trophy for Proficiency in Outdoor Subjects, रावतलाई The Jaipur Cup for PT for Gentlemen Probationers र धिताललाई The Jaipur Cup for PT for Lady Probationers उपाधी सहित पुरस्कृत गरिएको हो ।सरदार वल्लभभाइ पटेल राष्ट्रिय पुलिस एकेडेमीमा शुक्रबार सम्पन्न दीक्षान्त समारोहमा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले उनीहरुलाई पुरस्कार प्रदान गर्नुभएको हो ।दीक्षान्त समारोहमा नेपाल प्रहरीको तर्फबाट प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको समेत उपस्थिति रहेको थियो । सन् २०२० डिसेम्बर २८ देखि सुरू भएको उक्त तालिममा नेपाल प्रहरीबाट प्रहरी निरीक्षकहरु किरण रावत, अनिल थापा, सुवास खतिवडा, होम नाथ रेग्मी र सिमोन धिताल गरी ५ जना प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।

केनाईन महाशाखा महाराजगंजमा कुकुर पूजा सम्पन्न
२०७८-०७-१७

काठमाडौं, यमपञ्चकको दोस्रो दिन अर्थात कुकुर तिहारका अवसरमा प्रहरी प्रधान कार्यालय केनाइन महाशाखा महाराजगंजमा बुधबार आयोजित कार्यक्रमबीच कुकुर पूजा सम्पन्न भएको छ । कार्यक्रममा उक्त महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. देउती गुरूङले महाशाखामा रहेका विभिन्न जातका कुकुरहरूलाई पूजा गर्नुभयो । साथै उहाँले अपराध अनुसन्धान तथा खोज कार्यमा यस वर्ष उत्कृष्ट कार्य गर्ने कुकुर ‘जम्बो’, बाधापार र हाईजम्पतर्फ प्रदर्शनमा उत्कृष्ट हुने कुकुर ‘रिया’, रनिङतर्फ ‘कालु’लाई पुरस्कार प्रदान गर्नुभयो । साथै यस वर्ष उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई समेत उहाँले पुरस्कार प्रदान गर्नुभयो ।  कार्यक्रममा महाशाखाका प्रहरी कर्मचारीहरु र प्रहरी कुकुरहरुले हातहतियार तथा विष्फोटक पदार्थको खोजी तथा पहिचान, लागूऔषधको खोजी तथा पहिचान, अपराधीको खोजी एवं पहिचान, हाइजम्प प्रतियोगिता, दौड प्रतियोगिता, आज्ञापालन तथा व्यक्तिगत सुरक्षा कला, बाधापार, रिमोट कन्ट्रोल कला र खोजी तथा उद्दार कार्य लगायतको प्रदर्शनी गरेका थिए ।  प्रहरी नायव उपरीक्षक डा. रामचन्द्र सत्यालले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा प्रहरी निरीक्षक डा.चेत नारायण ज्ञवालीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र प्रमाणमुखी बनाउने उद्देश्यकासाथ विगत लामो समयदेखि अपराध अनुसन्धान तथा खोज कार्यमा तालिम प्राप्त कुकुरहरुको प्रयोग हुँदै आएको छ । कार्यक्रममा प्रहरी अधिकृतहरु, संचारकर्मी लगायत अतिथिहरु समेतको उपस्थिति रहेको थियो ।

नवनिर्मित प्रहरी चौकी खुम्जुङ सोलुखुम्बुको कार्यालय तथा आवस भवन उद्‍घाटन
२०७८-०७-१३

सोलुखुम्बु, १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीले प्रहरी चौकी खुम्जुङ सोलुखुम्बुको नवनिर्मित कार्यालय तथा आवस भवनको शनिबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । साथै उहाँले उक्त भवन निर्माणमा उल्लेखनीय भूमिका निर्वाह गर्ने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र समेत प्रदान गर्नुभयो । उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक बिसीले गाँस बासको उचित ब्यबस्था भएसँगै प्रहरी कर्मचारीलाई काम गर्न थप हौसला मिल्ने बताउनुभयो । सुन्दर भवनको निर्माण भएसँगै जनमैत्री प्रहरी सेवा र कानूनको परिधिमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई उहाँले निर्देशन समेत दिनुभयो ।१ तले ८ कोठे उक्त भवन कूल १ करोड ६८ लाख ६४ हजार ३ सय ६४ रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।  उद्‍घाटन कार्यक्रममा सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाही, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायव उपरीक्षक कवित कटवाल लगायतको उपस्थिति रहेको थियो ।

विपद् व्यवस्थापन आधारभूत तालिम समापन
२०७८-०६-१७

उदयपुर, २०७८ असोज १२ गते   त्रियुगा नगरपालिका-७ चुहाडे चोकमा डिय्टीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा सोही नगरपालिका-८ बस्ने ३० वर्षीय भवानी चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । डिय्टीमा खटिएको प्रहरीलाई उनले अचानक हातपात गरेकोपछि उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।काठमाडौं, २०७८ असोज १७ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखामा संचालित २२औं समूहको विपद् व्यवस्थापन आधारभूत तालिम आइतबार आयोजित एक कार्यक्रमबीच समापन भएको छ ।तालिम समापनका अवसरमा सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक लालमणी आचार्यले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो । विपद् सम्बन्धि सिकेका विभिन्न सीपलाई आफ्नो कार्यक्षेत्रमा लागू गर्न सकेमा मात्र तालिमको उद्देश्य पूरा हुने बताउदै उहाँले जुनसुकै बेलामा आइपर्ने विपद्‍बाट मानव जीवनको उद्दारका लागि सक्रिय हुन प्रशिक्षार्थीहरूलाई निर्देशन दिनुभयो ।कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक चतर्भुज ओझाले ४५ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक २ जना, प्रहरी सहायक निरीक्षक २ जना, प्रहरी हवल्दार ३ जना र प्रहरी जवान २३ जना गरी जम्मा ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो ।

नवनिर्मित भवनहरू उद्‍घाटन
२०७८-०६-१५

सप्तरी, २०७८ असोज १५ गते जिल्ला प्रहरी कार्यालय सप्तरीको हाताभित्र नवनिर्मित सिनियर प्रहरी अधिकृत निवास, नागरिक सहायता कक्ष र राजगढ गाउँपालिका-१ स्थित प्रहरी चौकी झुटकीको नवनिर्मित भवनहरूको शुक्रबार उद्‍घाटन भएको छ ।उक्त भवनहरूको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश रन्जितकारले उद्‍घाटन गर्नुभएको हो ।नेपाल सरकारको नियमित बजेटबाट निवास एवं प्रहरी चौकी तथा २ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा संचार मन्त्रालय जनकपुरधामको आर्थिक सहयोगमा नागरिक सहायता कक्षको निर्माण कार्य सम्पन्न भएको हो ।कार्यक्रममा २ नम्बर प्रदेश संघिय प्रहरी ईकाइ कार्यालय जनकपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमाशंकर पंजियार, २ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजबिराजका प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल, प्रमुख जिल्ला अधिकारी जनार्दन शर्मा लगायतको उपस्थिति रहेको थियो ।

नेपाली सेनाका तालिमरत अधिकृतहरूबाट प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण
२०७८-०६-१३

नेपाली सेनाका तालिमरत अधिकृतहरूबाट प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमणकाठमाडौं, २०७८ असोज १३ गते नेपाली सैनिक वार कलेज नगरकोटमा Higher Command and Management Course सि.सं. १० का तालिमरत महासेनानी ३१ जना र प्रमुख सेनानी ४ जना गरी ३५ जना अधिकृतहरूबाट प्रहरी प्रधान कार्यालयको बुधबार अवलोकन भ्रमण सम्पन्न भएको छ ।सो क्रममा उहाँहरूले प्रहरी प्रधान कार्यालयस्थित कमाण्ड सेन्टर, केन्द्रीय पोलिग्राफ शाखा, डाटा सेन्टर, केन्द्रीय फरेन्सिक ल्याब, केन्द्रीय हेल्थ डेक्स र सङ्ग्राहलय समेतको अवलोकन गर्नुभयो ।अवलोकन पश्चात आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले भ्रमणको क्रममा तालिमरत अधिकृतहरूलेनेपाल प्रहरी संगठनको इतिहास एवम् कार्य प्रकृति सम्बन्धी यथेष्ट जानकारी हासिल गरेको विश्वास व्यक्त गर्नुभयो । समाजमा शान्ति सुरक्षा स्थापना गर्न तथा अपराध अनुसन्धान एवं नियन्त्रण प्रहरीको प्रमुख दायित्व रहेको उहाँले चर्चा गर्नुभयो ।प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरीप्रति जनताको अपेक्षा धेरै हुने हुनाले जघन्य लगायतका अपराध नियन्त्रण एवं प्रहरीलाई सुम्पिएको जिम्मेवारी निर्वाह गर्न स्थानीय तह तथा समुदायसँग समेत समन्वय गर्दै अगाडि बढेको उल्लेख गर्नुभयो । खुल्ला सिमानाका कारण हुने गरेका सिमावर्ती अपराध नियन्त्रणका लागि समेत प्रहरी संवेदनशील रहेको उहाँले बताउनुभयो ।अन्तरक्रियाको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरी सम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरुको निरुपण गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले समाजमा शान्ति सुरक्षा कायम गर्न दुवै संगठन बिच सूचनाको आदान प्रदान, आपसी सहयोग र समन्वय भइरहेको एवं आउँदा दिनमा समेत अझ प्रभावकारी रुपमा एक आपसमा सहयोग हुने चर्चा गर्नुभयो । प्रहरी समायोजन कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै त्यसमा देखिन सक्ने समस्या तथा चुनौतिको समेत विश्लेषण गरी आवश्यक तयारी भईरहेको उहाँले बताउनुभयो ।कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बसन्त बहादुर कुँवरले भ्रमण टोलीको स्वागत गर्नुहुँदै भम्रण कार्यक्रम सम्बन्धी जानकारी गराउनुभएको थियो ।नेपाली सेनाका महासेनानी सन्तोष कार्कीले भ्रमणमा सहभागी तालिमरत अधिकृतहरुको तर्फबाट मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी उपरीक्षक सविन प्रधानले नेपाल प्रहरीको काम, कर्तव्य र वर्तमान अवस्थाबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।उक्त अवसरमा नेपाली सेनाका सहायक रथीहरु प्रेमध्वज अधिकारी, सागर बहादुर थापा, प्रेम पुन र टंक प्रसाद भट्ट, प्रहरी नायव महानिरीक्षक वसन्त कुमार लामा लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।